२०७३ पौष २६ मंगलबार १०-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन


“मीठे बच्चे– आधाकल्पदेखि जुन ५ विकारको रोग लागेको थियो, त्यो अब छिटै छुट्नेछ। त्यसैले अपार खुशीमा रहने गर।”  

प्रश्न:

तिमी बच्चाहरूले अब कुनचाहिँ सोख राख्नु छ, कुन कुरासँग तिम्रो सम्बन्ध छैन?

उत्तर:

एक बाबाबाट पूरा वर्सा लिने सोख राख्नु छ। मानिसहरूको त अनेक प्रकारका सोख हुन्छन्। तिमीले ती सबै छोड्नुपर्छ। तिमी ईश्वरको बच्चा बनेका छौ, बाबाको साथमा फर्केर जानु छ। त्यसैले यस शरीरसँग सम्बन्ध राख्ने सबै कुरालाई भुल। पेटलाई दुई रोटी खुवाउनु छ र बुद्धि नयाँ दुनियाँमा लगाउनु छ।

गीतः–

जिसका साथी है भगवान्.....

ओम् शान्ति।

जति पनि अनन्य महावीर अडोल बच्चाहरू छन्, उनीहरूले सम्झन्छन्– मनसामा अनेक प्रकारका तूफान पनि आउँछन् र प्राकृतिक आपद-विपद, बिमारी आदि आउँछन् किनकि अब अन्त्यको पम्प हो। मायाले खुब झोक्का लगाउँछ। जो पक्का निश्चय बुद्धि छन्, उनीहरूलाई त थाहा हुन्छ शरीरका हिसाब-किताब पनि चुक्ता हुन्छन्। जब कुनै बिमारी निको हुन लाग्दा खुशी हुन्छ। अब म म यस बिमारीबाट छुट्दैछु। तिमीलाई थाहा छ– बाँकी केही दिन मात्र छ। यो ५ विकारको बिमारी आधाकल्पदेखि लागेको छ, जसबाट मनुष्य अजामिल जस्ता पाप आत्मा बन्छन्। यस्तो दुनियाँ अब थोरै दिन मात्र छ। यो बिमारी अब छिटै छुट्नेछ। दुनियाँले त यी कुरालाई जान्दैनन्, उनीहरू त मानौँ आसुरी बुद्धिका छन्। उनीहरूले त हाय-हाय गर्दै रहनेछन्। तिमीले त यी घटना देखिरहनेछौ। तिम्रो यी कुरासँग कुनै सम्बन्ध छैन। यो कुनै नयाँ कुरा होइन, यो त हुनु नै छ। यसमा डराउनु पर्ने कुनै कुरा छैन। बाँकी केही समय छ। पेटलाई दुई रोटी खुवाउनु छ। अहिले हामीलाई सोख छ– बाबाबाट वर्सा लिने। अनेक प्रकारको बानी मनुष्यहरूको हुन्छ। यहाँ कुनै सोख छैन। शरीरसँग सम्बन्ध राख्ने कुरालाई भुल्नु छ। हामी ईश्वरका बन्यौं। अब वापस बाबाको पास वा साजनको पास जानु छ। उहाँ साजन पनि बडो विचित्रको हुनुहुन्छ। विचित्र हुनाले नै उहाँलाई पूरा याद गर्न सक्दैनन्। यो नयाँ रसम-रिवाज हो। आत्माले परमात्मालाई याद गर्नु छ। यसरी त कहिल्यै याद गरेका छैनौँ आधाकल्पदेखि। सत्ययुगमा केवल यति सम्झन्छौँ– हामी आत्मा हौं, अरू कुनै ज्ञान हुँदैन। हामी आत्मा एक शरीर छोडेर अर्को लिन्छौं। यहाँ त आत्मालाई परमात्मा बनाइदिएका छन्। परमात्मालाई सर्वव्यापी भन्छन्। अब यो पुरानो दुनियाँ त मानौँ तिम्रो लागि छँदै छैन। बुद्धि नयाँ दुनियाँमा लागेको छ। जसरी कुनै नयाँ घर बन्दैछ भने बुद्धि पुरानो घरबाट निस्केर नयाँ घरमा लाग्छ। अहिले यतिका धर्म-सम्मेलन आदि गर्छन् तर एकको पनि बुद्धियोग परमपिता परमात्मासँग छैन। अहिले तिमीलाई सिकाउने बाबा मिल्नुभएको छ। उहाँ नै ज्ञानेश्वर र योगेश्वर हुनुहुन्छ। ईश्वर, जसले आफ्नो साथमा योग लगाउन सिकाउनुहुन्छ, ज्ञानेश्वर मतलब ईश्वरमा नै ज्ञान छ। उहाँले नै ज्ञान र योग सिकाउन सक्नुहुन्छ। जसलाई पक्का निश्चय छ, उनीहरूले त सम्झन्छन्– यस दुनियाँमा हामी थोरै समयको लागि छौं। हामी त अब वापस जानु छ। जसरी नाटकमा कलाकारलाई थाहा हुन्छ बाँकी केही थोरै समय छ फेरि हामी घर जानेछौं। घडीलाई हेर्दै रहन्छन्। तिम्रो हो बेहदको घडी, तिमीलाई थाहा छ– यो अन्तिम जन्म हो। त्यसैले तिमीलाई त धेरै खुशी हुनुपर्छ– हामीले यो पुरानो शरीर छोडेर विश्वको राजकुमार र राजकुमारी बन्छौँ। हाम्रो मम्मा-बाबा पनि गएर राजकुमार-राजकुमारी बन्नुहुन्छ। बच्चाहरू पनि राम्रोसँग दौड लगाएर विजय मालामा नजिक नम्बरमा आउनुपर्छ। बाबासँग कसैले सोधे भने बाबा बताउन सक्नुहुन्छ– तिम्रो चलन यस्तो छ, जसबाट देखिन्छ तिमी अवश्य विजय मालामा नजिक आउनेछौ। स्वयंलाई पनि थाहा हुन्छ– म कहाँसम्म पास हुन्छु? कोही त सम्झन्छन्– म कहिल्यै पनि पास हुन्न होला। हुन त बाबाको बच्चा हुँ, सबै कुरा समर्पण गरेको छु, बाबाको गोदमा बसेको छु, तर धारणा छैन भने उच्च पद मिल्न सक्दैन। जो गृहस्थ व्यवहारमा रहेर सेवा गरिरहेका छन्, उनीहरूले यहाँ रहनेभन्दा राम्रो पद पाउन सक्छन्। साथै यो पनि देखिन्छ– उनीहरू धेरै तीव्र गइरहेका छन्। केवल साथमा रहेर मात्र कहाँ फाइदा हुन्छ र। बादल सागरको पासमा आऊन्, भरून् फेरि गएर बर्सून्।

मुरली त सबैतिर गइरहन्छ। मुरली सुनेर फेरि सुनाउँछन् पनि। धेरै सेवा गर्छन्, उनीहरू राम्रो उच्च पद पाउँछन्, मेहनत छ। यहाँ मेहनत भएन भने गिर्छन्। सारा आधार पुरुषार्थमा छ। आफ्नो नाडी आफैँ पनि देख्न सकिन्छ। बुझ्न सक्छौ– यस पुरुषार्थबाट म के पद पाउँछु! अहिले पुरुषार्थ गरेर उच्च पद पाएनौ भने कल्प-कल्पान्तर यस्तै पद हुनेछ। यो हो बेहदको ड्रामा। आफूलाई अहिले बेहदको बुद्धि मिलेको छ। ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दा धेरै मज्जा हुन्छ। तर मायाको तूफान यस्तो छ, जसले केही न केही उल्टो गराइदिन्छ। राम्रा-राम्रा बच्चाहरूलाई पनि मायाले जित्छ। पछि गएर वृद्धि पनि धेरै हुनेछ। तिम्रो नाम प्रख्यात हुनेछ। अब दिल्लीमा धार्मिक सम्मेलन हुँदैछ। सम्मेलनमा सम्झाउने बडो राम्रो बुद्धि हुनुपर्छ। धेरै राम्रो पत्राचार हुनुपर्छ। प्रमुख जो हुन्छन्, उनीहरूको पहिले सानो कमिटी हुन्छ फेरि ठूलो सम्मेलन आयोजना गर्छन्। पोप आदिको पहिलेदेखि नै सबै प्रबन्ध गरिन्छ। यो पनि सम्मेलनमा धेरै ध्यान दिन्छन्। त्यसैले यस्तो सम्मेलनमा बडो बुद्धिमान् बच्चाहरू चाहिन्छ, जो ठूला राम्रा समझदार छन्, उनीहरूले गएर सम्झाउनुपर्छ। पहिले त यो कुरा बुझ, त्यसको हेड को को हुन्? अहिले बाबा पनि आउनुभएको छ– उहाँ आउनुभन्दा पहिले कसैलाई पनि देवी-देवता धर्मको बारेमा थाहा थिएन। अहिले खुशी हुन्छ– देवी-देवता धर्मका पनि हेड छन्। जो ज्ञानमा परिपक्व छन्, उनीहरूले सम्झन्छन्– अब हामी उनीहरूसँग सोध्न सक्छौं, बताउनुहोस्– सबै धर्ममा उच्च धर्म कुनचाहिँ हो? उनलाई नै हेड बनाउनुपर्छ। तिमी बी. के. हौ सबैभन्दा हेड, तिमी जगत् माता हौ। मान पनि माताहरूको छ। देखाउँछन् पनि– कुमारीहरूले बाण मारे– भीष्म पितामह आदिलाई। यी कुमारीहरूको अगाडि सबै आउनुपर्छ। त्यसैले यो बुझाउनुपर्छ सर्वोच्च को हो? फेरि बुझ्नेछन् सर्वव्यापीको ज्ञान झूटो हो।

अहिले तिमी छौ युद्धको मैदानमा। बाबाको परिचय दिनु– तिम्रो लागि कुनै नयाँ कुरा होइन। राम्रा-राम्रा जो बच्चाहरू छन्, उनीहरूलाई नशा चढेको छ– यो पार्ट त कैयौं पटक हामीले खेलेका छौं। अब यो पुरानो दुनियाँ खतम हुँदैछ। यो पुरानो चोला छोड्नु छ, फेरि शुरुदेखि आएर पार्ट खेल्नेछौं। अहिले तिम्रो बुद्धि विशाल बनेको छ। अब यो पुरानो चोला छोड्नु छ, फेरि ८४ जन्म नयाँ-नयाँ चोला लिन्छौँ। यो बुद्धिमा सधैं रहनुपर्छ– हरेक पार्टधारीलाई आ-आफ्नो पार्टको त थाहा हुनुपर्छ। ८४ जन्म लिएर पार्ट खेल्यौँ। अब खेल पूरा हुन्छ। यो चोला पनि पूरा हुन्छ। सृष्टि पनि तमोप्रधान छ, अब हाम्रो राजधानी स्थापना हुन्छ, फेरि विनाश सुरु हुनेछ। हामी गएर विश्वको मालिक बन्छौँ, अर्को जन्ममा। यहाँ जे पढ्छौँ, त्यसबाट यस जन्ममा नै मिल्छ। तिमीलाई त्यो फेरि याद आयो, हामी गएर दैवी जन्म लिनेछौं फेरि क्षत्रिय जन्म लिनेछौं। यो बुद्धिमा निरन्तर आइरहनुपर्छ, अनि खुशीको पारा चढिरहन्छ। जो राम्रा पुरुषार्थी छन्, उनको बुद्धिमा यस्ता-यस्ता कुरा चलिरहन्छ।

बाबाले सम्झाउनुभएको छ– कर्म त गर्नु नै छ। फेरि आफ्नो यादको चार्टलाई पनि बढाउनु छ। रातको समय राम्रो हुन्छ, यसमा कुनै थकावट हुँदैन। सारा समय त्यस अवस्थामा रहन सक्दैनौ। फेरि तूफान आयो भने थकाइ दिन्छ। नचाहेर पनि तूफान आउँछन्। त्यसले थकाउँछ। बाँकी बाबालाई याद गर्दै रहनु छ। टपिक आदि निकाल्दै रह्यो भने त्यसबाट दिमाग अझै भरपुर हुन्छ। यो बाबाको अनुभव हो। तूफान त धेरै आउनेछन्। जति बलवान बन्छौ, त्यति मायाले धेरै पछार्नेछ। यो एक नियम हो। बाबा भन्नुहुन्छ– माया धेरै बलवान् छ किनकि उसको राज्य अब जाँदैछ, त्यसैले धेरै तूफान मच्चाउँछ। त्यससँग डराउनु हुँदैन। शरीरलाई केही हुन्छ, त्यो पनि कर्मभोग हो। यसमा आत्तिनु हुँदैन। अन्त्यको शरीर हो। बाँकी थोरै समय छ, यसरी खुशीमा रहनु छ। ड्रामामा यस समय तिमी सबैभन्दा उच्च हौ किनकि परमपिता परमात्माको गोद लिएका छौ। तिमीहरूमा पनि जो राम्रा पुरुषार्थी छन्, उनीहरू जस्तो सौभाग्यशाली कोही छैनन्। यो ईश्वरीय सुख धेरै उच्च छ। तिमीले बुझाउन सक्छौ– यहाँ नै स्वर्ग थियो, यो अविनाशी खण्ड हो, अरू कुनै धर्म थिएन। उनीहरू त पछि आएका हुन्। सूर्यवंशी राजधानी पास्ट भयो अनि फेरि चन्द्रवंशी भए। उनीहरूको इतिहास-भूगोलको कसैलाई पनि थाहा छैन। अहिले तिमीलाई थाहा भएको छ। वहाँ कसैले कहाँ जान्दछन् र– सत्ययुग पछि त्रेता हुन्छ, त्यसैले २ कला कम हुनाले त्यो सुख कम हुन जान्छ। यो ज्ञान सत्ययुगमा हुने भए त भित्र-भित्रै अतालिन्छन्। दिल खानेछ, के हामी फेरि उत्रिन्छौं। राजाई नै राम्रो लाग्दैन। यहाँ पनि कसै-कसैले भन्छन्– हामी स्वर्गको मालिक त बन्छौं तर फेरि तल उत्रिनुपर्छ। तर वहाँ फेरि पनि राजाई मिल्ने खुशी हुन्छ। अहिले तिमीलार्इ बाबाले त्रिकालदर्शी बनाइरहनु भएको छ। लक्ष्मी-नारायण जो स्वर्गको मालिक हुन्, यिनीहरू पनि त्रिकालदर्शी होइनन्। संगममा नै बाबा आएर ज्ञानको तेस्रो नेत्र दिएर त्रिकालदर्शी बनाउनुहुन्छ। देवताहरूलाई यी सबै अलंकार किन दिन्छन्? किनकि उनीहरू फाइनलमा छन्। ब्राह्मण त गिर्ने-चढ्ने गरिरहन्छन्। उनीहरूलाई अलंकार कसरी दिन सकिन्छ, शोभा नै दिदैन। ड्रामामा कति आश्चर्यजनक रहस्य छ। स्वदर्शन चक्रधारी ब्राह्मण नै हुन्। यस ज्ञानबाट तिमी देवता बन्छौ। यस समय तिमी स्वदर्शन चक्रधारी, त्रिनेत्री, त्रिकालदर्शी हौ। यो तिम्रो टाइटल हो। यो सबै कुरा बुझ्न र बुझाउनको लागि हो। सबैभन्दा पहिले बाबाको परिचय दिनु छ। परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ? उहाँको नाम नै हो गड फादर। यस्तो कहाँ भनिन्छ र– गड फादर सर्वव्यापी हुनुहुन्छ। उहाँ त बाबा हुनुहुन्छ नि। हामी लेख्दछौ नै परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ? परमपिता भन्दछन् भने अवश्य पिता हुनुभयो नि। बाबा सर्वव्यापी कसरी हुन्छन्! बाबाबाट त वर्सा मिल्नुपर्छ। बाबा त रचयिता हुनुहुन्छ नयाँ दुनियाँको। यी लक्ष्मी-नारायणलाई नयाँ दुनियाँको वर्सा मिलेको छ। वहाँ देवताहरूलाई तेस्रो नेत्रको आवश्यकता रहँदैन। तेस्रो नेत्र अवश्य ब्रह्माद्वारा नै दिनुहुन्छ। त्रिमूर्तिको अर्थ कति राम्रो छ। सम्झाउने बडो रौनक हुनुपर्छ। जो राम्रो प्रशिक्षक हुन्छ, उनलाई सम्झाउने अभ्यास हुन्छ। दिन-प्रतिदिन कसैलाई सम्झाउन धेरै सहज हुँदै जानेछ। परमपिता परमात्मा तपाईंको के सम्बन्ध पर्छ? भन्छन् बाबा हुनुहुन्छ। बाबा हुनुहुन्छ नयाँ दुनियाँको रचयिता। सत्ययुगमा देवी-देवताको राज्य थियो। अवश्य उनीहरूलाई सम्पत्ति मिलेको हुनुपर्छ, परमपिता परमात्माबाट। राजयोग सिकेर राजाई पाउँछन्। हामी सबै बी. के. हौं। कसैलाई पनि सम्झाऊ – हजुरले पनि प्रजापिता ब्रह्मा भन्नुहुन्छ नि। त्यसैले हजुरको पनि पिता हुनुभयो नि। उहाँ शिव पनि पिता हुनुहुन्छ। त्यसैले हजुर पनि ब्रह्माकुमार-कुमारी हुनुहुन्छ। हामीले शिवबाबासँग वर्सा लिइरहेका छौं, हजुरले लिनु भएको छैन। आएर बुझ्नुहोला, पुरुषार्थ गर्नुभएमा तपाईलाई पनि मिल्छ। प्रजापिता ब्रह्मा र जगदम्बा दुई हुन् मुख्य। वर्सा मिल्छ– लक्ष्मी-नारायण पद। बच्चाहरूलाई धेरै प्रकारले सम्झाउनुहुन्छ। ठूलो-ठूलो सम्मेलनमा तिमी बच्चाहरू जाऊ, तब नाम प्रख्यात हुनेछ। हाम्रो कुरा नै ज्ञानको हो, अरू सबैको कुरा हो भक्तिको। ज्ञानबाट हामीलाई अधिकार छ– कसैलाई पनि सोध्ने। तर सबैले छिट्टै बुझ्दैनन्, बहाना धेरै गर्छन्। सम्झन्छन् सारा इज्जत नै चट हुन्छ। लेखिएको छ– कुमारीहरूले भीष्म पितामहलाई जिते। यो हुनु नै छ। ड्रामामा यो पार्ट छ अवश्य। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलार्इ नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालार्इ गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः

१) विजय मालामा आउनको लागि मम्मा-बाबा समान सेवा गर। मुरली धारण गरेर फेरि सुनाऊ। चलन धेरै रोयल राख्नु छ।

२) आफ्नो विशाल बुद्धिले यस बेहदको ड्रामालाई जानेर अपार खुशीमा रहने गर। तूफानसँग डराउनु हुँदैन। ज्ञान मन्थनबाट बुद्धिलाई भरपुर राख्नु छ।

वरदान:

देह-अभिमानको अंश मात्रको पनि बलि चढाउने, महाबलवान भव:-  

सबैभन्दा ठूलो कमजोरी हो देह-अभिमान। देह-अभिमानको सूक्ष्म वंश धेरै ठूलो छ। देह-अभिमानको बलि चढाउनु अर्थात् अंश र वंश सहित समर्पित हुनु। यसरी बलि चढाउनेवाला नै महाबलवान् बन्छ। यदि देह-अभिमानको कुनै पनि अंश लुकाएर राखेमा, अभिमानलाई नै स्वमान सम्झेमा त्यसमा अल्पकालको विजय त देखिन सक्छ तर धेरै समयको हार समाहित छ।

स्लोगन:

इच्छा थिएन तर अच्छा लाग्यो– यो पनि जीवनबन्ध स्थिति हो।