२०७३ पौष २७ बुधबार ११-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन


“मीठे बच्चे– २१ जन्मको लागि सदा सुखी बन्नको लागि यस थोरै समयमा देही-अभिमानी बन्ने बानी बसाल।”  

प्रश्न:

दैवी राजधानी स्थापना गर्नको लागि हरेकलाई कुनचाहिँ सोख हुनुपर्छ?

उत्तर:

सेवाको। ज्ञान रत्नहरूको दान कसरी गर्ने, यो सोख राख। तिम्रो यो पतितलाई पावन बनाउने मिसन हो। त्यसैले बच्चाहरूले राजाईको वृद्धि गर्नको लागि खुब सेवा गर्नुपर्छ। जहाँ मेला आदि लाग्छन्, मनुष्य स्नान गर्न जान्छन्, वहाँ पर्चा छापेर बाँड। सबैलाई सन्देश देऊ।

गीत:–

तुम्हे पाकर हमने जहाँ पा लिया है ....

ओम् शान्ति।

निराकार शिवबाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! देही-अभिमानी भव। आफूलाई आत्मा सम्झ र बाबालाई याद गर। हामी आत्मा हौं, हामीलाई बाबाले पढाउनुहुन्छ। बाबाले सम्झाउनुभएको छ– संस्कार सबै आत्मामा नै रहन्छ। जब माया रावणको राज्य हुन्छ अथवा भक्तिमार्ग सुरु हुन्छ, तब देह-अभिमानी बन्छन्। फेरि जब भक्तिमार्गको अन्त्य हुन्छ, बाबा आएर बच्चाहरूलाई भन्नुहुन्छ– अब देही-अभिमानी बन। तिमीले जुन जप, तप, दान, पुण्य आदि गरेका छौ, त्यसबाट केही पनि फाइदा भएन। ५ विकार तिमी भित्र प्रवेश हुनाले तिमी देह-अभिमानी बनेका छौ। रावणले नै तिमीलाई देह-अभिमानी बनाउँछ। वास्तवमा तिमी देही-अभिमानी थियौ, फेरि अहिले यो अभ्यास गराइन्छ– आफूलाई आत्मा सम्झ। हामीले यो पुरानो शरीर छोडेर नयाँ लिनु छ। सत्ययुगमा यी ५ विकार हुँदैनन्। देवी-देवता, जसलाई श्रेष्ठ पावन भनिन्छ सदा आत्म-अभिमानी हुनाको कारणले २१ जन्म सदा सुखी रहन्छन्। फेरि जब रावण राज्य सुरु हुन्छ, तिमी बदलिएर देह-अभिमानी बन्छौ। यिनलाई सोल-कन्सेस र उनलाई बडी-कन्सेस भनिन्छ। निराकारी दुनियाँमा त सोल कन्सेस र बडी कन्सेसको प्रश्न नै उठ्दैन, त्यो त हो नै साइलेन्स विश्व। यी संस्कार यस संगमयुगमा नै हुन्छन्। तिमीलाई देह-अभिमानीबाट देही-अभिमानी बनाइन्छ। सत्ययुगमा तिमी देही-अभिमानी हुनाको कारण दुःखी बन्दैनौ किनकि ज्ञान छ– हामी आत्मा हौं। यहाँ त सबैले आफूलाई देह सम्झन्छन्। बाबा आएर सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अहिले देही-अभिमानी बन्यौ भने विकर्म विनाश हुनेछन्। फेरि तिमी विकर्माजित बन्छौ। शरीर पनि छ, राज्य पनि गर्छौ भने आत्म-अभिमानी हौ। तिमीलाई यो जुन शिक्षा मिल्छ, यसबाट तिमी आत्म-अभिमानी बन्छौ। सदैव सुखी र हन्छौ। सोल-कन्सेस हुनाले नै तिम्रो विकर्म विनाश हुन्छ। त्यसैले बाबा सम्झाउनुहुन्छ– मलाई याद गर्दै रह्यौ भने विकर्म विनाश हुन्छ। उनीहरू गएर गंगा स्नान गर्छन्, तर त्यो कुनै पतित-पावनी त होइन। न योग अग्नि हो, जसबाट विकर्म विनाश होस्। यस्तो-यस्तो मौकामा तिमी बच्चाहरूलाई सेवा गर्ने मौका मिल्छ। जस्तो समय उस्तै सेवा। कति धेरै मनुष्य स्नान गर्न जान्छन्। कुम्भको मेलामा सबै ठाउँमा स्नान गर्छन्। कोही सागरमा, कोही नदीमा पनि जान्छन्। सबैलाई बाँड्नको लागि कति पर्चा छाप्नु पर्ने हुन्छ। खुब बाँड्नुपर्छ। प्वाइन्ट नै केवल यो होस्– आदरणीय दाजु-भाइ, दिदी-बहिनीहरू विचार गर्नुहोस्, पतित-पावन, ज्ञान सागर र त्यसबाट निस्केका ज्ञान नदीहरूद्वारा पावन बन्न सकिन्छ वा यस पानीको सागर र नदीहरूद्वारा पावन बन्न सकिन्छ? यस पहेलीलाई हल गर्यौँक भने सेकेन्डमा जीवन मुक्ति पाउन सकिन्छ। राज्य भाग्यको वर्सा पनि पाउन सकिन्छ। यस्ता-यस्ता पर्चाहरू हरेक सेन्टरले छपाओस्। नदीहरू त सबै ठाउँमा छन्। नदीहरू निस्कन्छन् धेरै टाढाबाट। नदीहरू त जहाँ-तहाँ धेरै छन्। फेरि किन भन्छन्– यसै नदीमा स्नान गर्नाले पावन हुन्छौँ। खास एक ठाउँमा यति खर्च गरेर दु:ख गरेर किन जान्छन्! यस्तो त होइन, एकदिन स्नान गरेर पावन भइहालिन्छ। स्नान त जन्म-जन्मान्तर गर्छन्। सत्ययुगमा पनि स्नान गर्छन्। वहाँ त हुन्छन् नै पावन। यहाँ त जाडोमा कति मेहनत गरेर स्नान गर्न जान्छन्। त्यसैले उनीहरूलाई सम्झाउनुपर्छ– अन्धाहरूको लठ्ठी बन्नु छ। जगाउनु छ। पतित-पावन आएर पावन बनाउनुहुन्छ। त्यसैले दुःखीहरूलाई बाटो बताउनुपर्छ। यी साना-साना पर्चाहरू सबै भाषाहरूमा छापिएको हुनुपर्छ। लाख-दुई लाख छपाउनु पर्छ। जसको बुद्धिमा ज्ञानको नशा चढेको छ, उनीहरूको बुद्धिले काम गर्छ। यी चित्रहरू २-३ लाख सबै भाषाहरूमा हुनुपर्छ। ठाउँ-ठाउँमा सेवा गर्नु छ। एउटै प्वाइन्ट मुख्य छ, आएर बुझ्नुहोस्– सेकेन्डमा मुक्ति-जीवनमुक्ति कसरी मिल्छ? मुख्य सेन्टरहरूको ठेगानामा पठाऊ, फेरि पढुन् वा नपढुन्। तिमी बच्चाहरूलाई त्रिमूर्तिको चित्रमा सम्झाउनु पर्छ– ब्रह्माद्वारा स्थापना अवश्य हुनु छ। दिन-प्रतिदिन बुझ्दै जान्छन्– वास्तवमा विनाश त सामुन्ने खडा छ। यी झगडा आदि बढ्दै जानेछ। सम्पत्तिको लागि पनि कति झगडा हुन्छ। फेरि भएन भने मारामारी पनि गर्छन्। विनाश त सामुन्ने छ नै। जसले राम्रोसँग गीता भागवत आदि पढ्छन्, उनीहरूले जान्दछन्– वास्तवमा यो त पहिले पनि भएको थियो। त्यसैले तिमी बच्चाहरूलाई राम्रोसँग सम्झाउनु पर्छ– के पानीमा स्नान गर्नाले मनुष्य पतितबाट पावन बन्छन् वा योग अग्निले पावन बन्छन्? भगवानुवाच– मलाई याद गर्नाले नै तिम्रा विकर्म विनाश हुन्छ। जहाँ-जहाँ सेन्टरहरू छन्, वहाँ विशेष मौकामा यस्ता पर्चाहरू निकाल्नु पर्छ। मेला पनि धेरै लाग्छन्, जहाँ धेरै मनुष्य जान्छन्। तर बुझ्छन् मुश्किलले कसैले मात्र। पर्चा बाँड्ने पनि धेरै चाहिन्छ, जसले फेरि सम्झाउन सकुन्। यस्तो ठाउँमा उभिनु पर्छ। यो हो ज्ञान रत्न। सेवाको धेरै सोख हुनुपर्छ। हामीले आफ्नो दैवी बादशाही स्थापना गर्छौं। यो हो नै मनुष्यलाई देवता अथवा पतितलाई पावन बनाउने मिशन। यो पनि तिमीले लेख्न सक्छौ– बाबाले सम्झाउनुभएको छ मनमनाभव। पतित-पावन बेहदका बाबालाई याद गर्छौं भने विकर्म विनाश हुन्छ। यात्राको प्वाइन्ट पनि तिमी बच्चाहरूलाई बारम्बार सम्झाइएको छ। बाबालाई बारम्बार याद गर। सिमर सिमर सुख पाऊ, तनका कलह क्लेष सबै मेटिऊन् अर्थात् तिमी एभरहेल्दी बन्छौ। बाबाले मन्त्र दिनुभएको छ– मलाई सिमर अर्थात् याद गर, यस्तो होइन– बसेर शिव-शिव भन। शिवका भक्तले यसरी शिव-शिव भनेर माला जप्छन्। वास्तवमा हो रुद्र माला। शिव र शालिग्राम। माथि हुनुहुन्छ शिव। बाँकी हुन् साना-साना दाना अर्थात् आत्माहरू। आत्मा यति सानो बिन्दु हो। काला दानाहरूको पनि माला हुन्छ भने शिवको माला पनि बनेको छ। आत्माले आफ्नो पितालाई याद गर्नु छ। बाँकी मुखले शिव-शिव बोल्नुपर्छ। शिव-शिव भन्नाले फेरि बुद्धियोग मालातिर जान्छ। अर्थ त कसैले बुझ्दैन। शिव-शिव भन्नाले विकर्म कहाँ विनाश हुन्छ र। माला फेर्नेहरूसँग यो ज्ञान छैन। विकर्म विनाश तब हुन्छ, जब संगममा डाइरेक्ट शिवबाबा आएर मन्त्र दिनुहुन्छ– म एकलाई याद गर। बाँकी त कसैले चाहे जतिसुकै बसेर शिव-शिव भनोस्, विकर्म विनाश हुँदैन। काशीमा पनि गएर बस्छन्, शिव काशी शिव काशी भनिरहन्छन्। भन्छन् काशीमा शिवको प्रभाव छ। शिवका मन्दिर त धेरै भव्य बनेका छन्। यो सबै हो भक्तिको सामग्री।

तिमीले बुझाउन सक्छौ, बेहदका बाबाले भन्नुहुन्छ– मसँग योग लगाउनाले तिमी पावन बन्छौ। बच्चाहरूलाई सेवाको सोख हुनुपर्छ। बाबा भन्नुहुन्छ– मैले पतितहरूलाई पावन बनाउनु छ। तिमी बच्चाहरूले पनि पावन बनाउने सेवा गर। पर्चा लैजाऊ र सम्झाऊ। भन, यसलाई राम्रोसँग पढ्नुहोस्। मृत्यु त सामुन्ने खडा छ। यो दुःखधाम हो। अब ज्ञान स्नान एक पटक गर्नाले सेकेन्डमा जीवनमुक्ति मिल्छ। फेरि नदीहरूमा स्नान गर्न भट्किन के आवश्यकता छ। हामीलाई सेकेन्डमा जीवनमुक्ति मिल्छ त्यसैले सबैलाई सन्देश देऊ। नत्र कसैले कहाँ यस्तो पर्चा छपाउन सक्छ र। बच्चाहरूलाई सेवाको धेरै सोख हुनुपर्छ। यी जुन बनाइएका छन्, ती सेवाको लागि हुन्। धेरै छन् जसलाई सेवाको सोख छैन। मैले कसरी सेवा गरूँ, बुद्धिमा नै आउँदैन। यसमा बडो राम्रो चमत्कारी बुद्धि चाहिन्छ, जसको खुट्टामा देह-अभिमानको जंजीर छ, उनीहरू देही-अभिमानी बन्न सक्दैनन्। थाहा हुन्छ, यिनीहरू गएर के पद पाउलान्! दया लाग्छ। सबै सेन्टरहरूमा हेरिन्छ– को-को पुरुषार्थमा अगाडि गइरहेका छन्? कोही त आँकका फूल पनि छन्, कोही गुलाबका फूल पनि छन्। हामी फलानो फूल हौं। हामीले बाबाको सेवा गर्दैनौं भने बुझ्नुपर्छ– हामी गएर आँकको फूल बन्नेछौं। बाबाले त धेरै राम्रोसँग सम्झाइरहनु भएको छ। तिमीले हीरा जस्तो बन्ने पुरुषार्थ गरिरहेका छौ। कोही त सच्चा हीरा छन्, कोही कालो पनि छन्। हरेकले आफ्नो ख्याल राख्नुपर्छ। म हीरा जस्तो बन्नु छ। आफैँसँग सोध्नु छ– म हीरा जस्तो बनेको छु? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः

१) देह-अभिमानका जंजीरहरूलाई काटेर देही-अभिमानी बन। आत्म-अभिमानी रहने संस्कार बनाऊ।

२) सेवा गर्ने धेरै सोख राख। बाबा समान पतितलाई पावन बनाउने सेवा गर। सच्चा हीरा बन।

वरदान:

श्रेष्ठ र शुभ वृत्तिद्वारा वाणी र कर्मलाई श्रेष्ठ बनाउने, विश्व परिवर्तक भव:-  

जो बच्चाहरूले आफ्नो कमजोर वृत्तिहरूलाई मेटाएर शुभ र श्रेष्ठ वृत्ति धारण गर्ने व्रत लिन्छन्, उनीहरूलाई यो सृष्टि पनि श्रेष्ठ देखिन्छ। वृत्तिसँग दृष्टि र कृतिको पनि कनेक्सन छ। कुनै पनि राम्रो वा खराब पहिले वृत्तिमा धारण हुन्छ फेरि वाणी र कर्ममा आउँछ। वृत्ति श्रेष्ठ हुनु अर्थात् वाणी र कर्म स्वतः श्रेष्ठ हुनु। वृत्तिबाट नै भाइब्रेशन, वायुमण्डल बन्छ। श्रेष्ठ वृत्तिको व्रत धारण गर्नेवाला विश्व परिवर्तक स्वतः बन्छ।

स्लोगन:

विदेही वा अशरीरी बन्ने अभ्यास गर्यौ् भने कसैको पनि मनको भावलाई जान्न सक्छौ।