01.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो मोहको धागो अब टुट्नु पर्छ किनकि यो सारा दुनियाँ विनाश हुँदै छ , यस पुरानो दुनियाँको कुनै चीजमा पनि रूचि नहोस् ।

प्रश्न:
जुन बच्चाहरूलाई रूहानी मस्ती चढेको हुन्छ, उनको टाइटल के हुन्छ? मस्ती कुन बच्चाहरूलाई चढ्छ?

उत्तर:
रूहानी मस्तीमा रहने बच्चाहरूलाई भनिन्छ मस्त कलंधर। उनीहरू नै कलंगीधर बन्छन्। उनीहरूलाई राजाइपनको मस्ती चढिरहन्छ। बुद्धिमा रहन्छ अब हामी फकिरबाट अमीर बन्ने छौं। मस्ती उनीहरूलाई चढ्छ जो रुद्रमालामा आउनेवाला छन्। नशा ती बच्चाहरूलाई रहन्छ जसलाई अब हामी घर जानु छ, फेरि नयाँ दुनियाँमा आउनु छ भन्ने निश्चय हुन्छ।

ओम् शान्ति ।
रूहानी बाबा रूहानी बच्चाहरू सँग वार्तालाप गरिरहनु भएको छ। यसलाई भनिन्छ रूहानी ज्ञान आत्माहरूप्रति। परमात्मा हुनु हुन्छ ज्ञानका सागर। मनुष्य कहिल्यै ज्ञानका सागर हुन सक्दैनन्। मनुष्य हुन् भक्तिका सागर। हुन त सबै मनुष्य नै हुन्। जो ब्राह्मण बन्छन् उनीहरू ज्ञान सागरबाट ज्ञान लिएर मास्टर ज्ञान सागर बन्छन्। फेरि देवताहरूमा न भक्ति हुन्छ, न ज्ञान हुन्छ। देवताहरूले यो ज्ञान जान्दैनन्। ज्ञानका सागर एकै परमपिता परमात्मा हुनु हुन्छ, त्यसैले उहाँलाई हीरा समान भनिन्छ। उहाँ नै आएर कौडीबाट हीरा, पत्थरबुद्धिबाट पारसबुद्धि बनाउनु हुन्छ। मनुष्यहरूलाई केही पनि थाहा छैन। देवता नै फेरि आएर मनुष्य बन्छन्। देवता बन्छन् श्रीमतबाट। आधा कल्प त्यहाँ कसैको मतको आवश्यकता पर्दैन। यहाँ त धेरै गुरुहरूको मत लिइरहन्छन्। अब बाबाले सम्झाउनु भएको छ, सतगुरुको श्रीमत मिल्छ। सिक्खहरूले भन्छन् सदगुरु अकाल। त्यसको अर्थ पनि जान्दैनन्, केवल पुकार्छन् मात्र सतगुरु अकालमूर्त अर्थात् सद्गति गर्नेवाला अकालमूर्त। अकालमूर्त परमपिता परमात्मालाई नै भनिन्छ। सतगुरु र गुरुमा पनि रात-दिनको फरक छ। त्यसैले उनीहरूले ब्रह्माको दिन र रात भनिन्छ। ब्रह्माको दिन, ब्रह्माको रात भनिन्छ। त्यसैले अवश्य ब्रह्माले पुनर्जन्म लिन्छन्। ब्रह्मा नै यी देवता विष्णु बन्छन्। तिमी शिवबाबाको महिमा गर्छौ। उहाँको हीरा समान जन्म छ।

अहिले तिमी बच्चाहरू गृहस्थ व्यवहारमा रहेर पनि पावन बन्छौ। तिमीले पवित्र बनेर फेरि यो ज्ञान धारण गर्नु छ। कुमारीहरूलाई त कुनै बन्धन हुँदैन। उनीहरूलाई केवल माता-पिता भाइ-बहिनीको स्मृति रहन्छ। फेरि बिवाह भएपछि दुई परिवार हुन्छन्। अब बाबा तिमीलाई भन्नुहुन्छ अशरीरी बन। तिमीहरू सबैलाई फर्केर जानु छ। तिमीहरूलाई पवित्र बन्ने युक्ति पनि बताउँछु। पतित-पावन म नै हुँ। म सुनिश्चित गर्छु तिमीले मलाई याद गर्यौ भने यस योग अग्निबाट तिम्रो जन्म-जन्मान्तरको पाप भस्म हुन्छ। जसरी पुरानो सुन आगोमा राख्यो भने त्यसको मिलावट निस्किन्छ, सच्चा सुन रहन्छ। यो पनि योग अग्नि हो। यस संगममा नै बाबाले यो राजयोग सिकाउनु हुन्छ, त्यसैले उहाँको महिमा छ। राजयोग जो भगवानले सिकाउनु भएको थियो, त्यही सबैले सिक्न चाहन्छन्। बेलायतबाट पनि संन्यासीहरूले धेरैलाई लिएर आउँछन्। उनीहरूले सम्झन्छन् यिनीहरूले संन्यास गरेका छन्। अब संन्यासी त तिमी पनि हौ। तर बेहदको संन्यासलाई कसैले पनि जान्दैनन्। बेहदको संन्यास त एकै बाबाले सिकाउनु हुन्छ। तिमीलाई थाहा छ यो पुरानो दुनियाँ खतम हुँदैछ। यस दुनियाँको कुनै चीजमा हाम्रो रूचि रहनु हुँदैन। फलानोले शरीर छोड्यो गएर अर्को लियो पार्ट खेल्नको लागि, हामी किन रुने? मोहको धागो टुटेको छ। हाम्रो सम्बन्ध जुटेको छ अब नयाँ दुनियाँसँग। यस्ता बच्चाहरू पक्का मस्त कलंगीधर हुन्छन्। तिमीहरूमा राजाइपनको मस्ती छ। बाबामा पनि मस्ती छ नि म गएर यस्तो कलंगीधर बन्ने छु, गरिबबाट धनवान् बन्ने छु। भित्र मस्ती चढेको छ त्यसैले मस्त कलंधर भनिन्छ। यिनको त साक्षात्कार पनि गर्छन्। त्यसैले जसरी यिनलाई मस्ती चढेको छ, त्यस्तै तिमीहरूलाई पनि चढ्नु पर्छ। तिमी पनि रुद्र मालामा उनिन्छौ। जसलाई पक्का निश्चय छ, उसलाई नशा चढ्छ। हामी आत्माहरू त अब घर जानु छ। फेरि नयाँ दुनियाँमा आउने छौं। यस निश्चयबाट जसले यिनलाई देख्छन् उनले बच्चा (श्रीकृष्ण) देख्ने छन्। कति शोभायमान छन्। कृष्ण त यहाँ छैनन्। उनको पछि कति हैरान हुन्छन्। झुला बनाउँछन्, उनलाई दूध पिलाउँछन्। त्यो हो जड चित्र, यो त वास्तविक हो। यिनलाई पनि निश्चय छ म बालक बन्ने छु। तिमी बच्चीहरू पनि दिव्य दृष्टिद्वारा सानो बच्चा देख्छौ। यी आँखाद्वारा त देख्न सकिदैन। आत्मालाई जब दिव्य दृष्टि मिल्छ तब शरीरको भान रहँदैन। त्यस समय आफूलाई महारानी र उनलाई बच्चा सम्झन्छन्। यो साक्षात्कार पनि यस समय धेरैलाई हुन्छ। सेतो पोशाकधारीको पनि साक्षात्कार धेरैलाई हुन्छ। फेरि उनलाई भनिन्छ तिमी यिनको पासमा जाऊ, ज्ञान लियौ भने यस्तो राजकुमार बन्छौ। यो जादुगरी भयो नि। सौदा पनि धेरै राम्रो गर्छन्। कौडी लिएर हीरा-मोती दिन्छन्। हीरा जस्तो तिमी बन्छौ। तिमीलाई शिवबाबाले हीरा जस्तो बनाउनु हुन्छ, त्यसैले महिमा उहाँको हो। मानिसहरूले त नबुझ्नाले जादू जादू भन्छन्। जो आश्चर्यवत् भागन्ती हुन्छन् ती गएर उल्टो-सुल्टो सुनाउँछन्। यस्ता धेरै विश्वासघाती बन्छन्। यस्ता विश्वासघाती बन्नेले उच्च पद पाउन सक्दैनन्। यस्तालाई भनिन्छ गुरुका निन्दक, उनले पद पाउँदैनन्। यहाँ त सत्य बाबा हुनु हुन्छ नि। यो पनि अहिले तिमीले बुझेका छौ। मनुष्यले त भन्छन् उहाँ युग-युगमा आउनु हुन्छ। ठीक छ, चार युग छन् फेरि २४ अवतार कसरी भन्न सकिन्छ? फेरि भन्छन् ढुङ्गा-माटो, कण-कणमा परमात्मा हुनु हुन्छ, त्यसरी त सबै परमात्मा हुने भए। बाबा भन्नुहुन्छ म कौडीबाट हीरा बनाउनेवाला, मलाई फेरि ढुङ्गा-माटोमा राखिदिएका छन्। सर्वव्यापी भए त सबैमा हुनु पर्यो, फेरि त केही मूल्य रहेन। मेरो कति अपकार गर्छन्। बाबा भन्नुहुन्छ यो पनि ड्रामामा निश्चित छ। जब यस्ता बन्छन् तब फेरि बाबा आएर उपकार गर्नुहुन्छ अर्थात् मनुष्यलाई देवता बनाउनु हुन्छ।

विश्वको इतिहास-भूगोल फेरि दोहोरिन्छ। सत्ययुगमा फेरि यी लक्ष्मी-नारायण नै आउँछन्। त्यहाँ केवल भारतवर्ष नै हुन्छ। सुरुमा धेरै कम देवताहरू हुन्छन् फेरि वृद्धि हुँदै-हुँदै पाँच हजार वर्षमा कति धेरै भए। अहिले यो ज्ञान अरू कसैको बुद्धिमा छैन। बाँकी भक्ति छ। देवताहरूको चित्रको महिमाको गायन छ। यो बुझेका छैनन् यी चैतन्यमा थिए, फेरि कहाँ गए? चित्रहरूको पूजा गर्छन् तर उनीहरू छन् कहाँ? उनीहरू पनि तमोप्रधान बनेर फेरि सतोप्रधान बन्नु पर्छ। यो कसैको बुद्धिमा आउँदैन। यस्ता तमोप्रधान बुद्धिलाई फेरि सतोप्रधान बनाउने बाबाको नै काम हो। यी लक्ष्मी-नारायण बितिसके त्यसैले यिनीहरूको महिमा छ। उच्च भन्दा उच्च एक भगवान् नै हुनु हुन्छ। बाँकी त सबै पुनर्जन्म लिंदै रहन्छन्। सर्वोच्च बाबाले नै सबैलाई मुक्ति-जीवनमुक्ति दिनु हुन्छ। उहाँ नआएको भए अझै कौडीतुल्य तमोप्रधान बन्ने थिए। जब यिनले राज्य गर्थे तब हीरातुल्य थिए। त्यहाँ कुनै पूजा आदि गर्दैनथे। पूज्य देवी-देवताहरू नै पुजारी बने, वाममार्गमा विकारी बने। यो कसैलाई थाहा छैन, यी सम्पूर्ण निर्विकारी थिए। तिमी ब्राह्मणहरूमा पनि यी कुरा नम्बरवार बुझेका छन्। स्वयंले नै पूरा बुझेका छैनन् भने अरूलाई के बुझाउँछन्। नाम छ ब्रह्माकुमार-कुमारी, बुझाउन जानेनन् भने नोक्सान गर्छन्। त्यसैले भन्नु पर्छ म दिदीलाई बोलाउँछु, उहाँले तपार्इंलाई सम्झाउनु हुन्छ। भारत नै हीरा जस्तो थियो, अहिले कौडी जस्तो छ। कंगाल भारतलाई शिरताज कसले बनाउँछ? लक्ष्मी-नारायण अहिले कहाँ छन्, हिसाब बताउन्। बताउन सक्दैनन्। त्यो हो भक्तिको सागर। त्यही नशा चढेको छ। तिमी हौ ज्ञान सागर। उनीहरू त शास्त्रलाई नै ज्ञान सम्झन्छन्। बाबा भन्नुहुन्छ शास्त्रमा छ भक्तिको रीति-रिवाज। जति तिमीमा ज्ञानको तागत भरिदै जान्छ त्यति तिमी चुम्बक बन्छौ। अनि फेरि सबैलाई आकर्षण हुन्छ। अहिले छैन। जति बाबालाई याद गर्छन्, जति योग गर्छन् त्यति शक्ति मिल्छ। यस्तो होइन, सदा बाबालाई याद गर्छन्। फेरि त यो शरीर पनि रहँदैन। अझै धेरैलाई सन्देश दिनु छ, सन्देशवाहक बन्नु छ। तिमी बच्चाहरू नै सन्देशवाहक बन्छौ, अरू कोही बन्दैन। क्राइष्ट आदि आएर धर्म स्थापना गर्छन्, उनलाई सन्देशवाहक भनिदैन। क्रिश्चियन धर्म स्थापना गरे, अरू त केही पनि गरेनन्। उनी कसैको शरीरमा आए फेरि उनको पछि अर्को आउँछ। यहाँ त यो राजधानी स्थापना भइरहेको छ। पछि गएर तिमीहरू सबैलाई साक्षात्कार हुन्छ हामी के-के बन्ने छौं, यो यो हामीले विकर्म गर्यौं। साक्षात्कार हुन समय लाग्दैन। काशी कलवट खान्छन्, कुवामा हाम्फाल्थे। अहिले त सरकारले बन्द गरायो। उनीहरूले सम्झन्थे हामीलाई मुक्ति मिल्छ। बाबा भन्नुहुन्छ मुक्ति त कसैले पाउन सक्दैन। केही समयमा मानौं सबै जन्मको दण्ड मिल्छ। फेरि नयाँ जन्म देखि हिसाब-किताब सुरु हुन्छ। फर्केर त कोही पनि जान सक्दैन, गएर कहाँ रहन्छन्? आत्माहरूको वंशावली नै बिग्रिन्छ। नम्बरवार आउँछन् फेरि जान्छन्। बच्चाहरूलाई साक्षात्कार हुन्छ अनि यी चित्र आदि बनाउँछन्। ८४ जन्मको सारा सृष्टि-चक्रको आदि-मध्य-अन्त्यको ज्ञान तिमीलाई मिलेको छ। फेरि तिमीहरूमा पनि नम्बरवार छन्। कोही धेरै अङ्कले पास हुन्छन् कोही कम। १०० अङ्क त कसैको हुँदैन। १०० हुन्छ नै एक बाबाको। त्यो त कोही बन्न सक्दैन। अलि-अलि फरक पर्छ। समान बन्न सक्दैनन्। कति धेरै मनुष्य छन् सबैको स्वरूप आ-आफ्नो छ। आत्माहरू सबै कति साना बिन्दु छन्। मनुष्य कति ठूला-ठूला छन् तर स्वरूप एकको अर्को सँग मिल्दैन। जति आत्माहरू छन्, त्यति नै फेरि हुन्छन्। तबसम्म त्यहाँ घरमा रहन्छन्। यो पनि ड्रामा बनेको छ। यसमा केही पनि अन्तर हुन सक्दैन। एक पटक जुन सुटिङ भयो, त्यही फेरि देख्ने छौ। तिमीले भन्छौ ५ हजार वर्ष पहिले पनि हामी यसरी मिलेका थियौं। एक सेकेन्ड पनि कम बढी हुन सक्दैन। ड्रामा हो नि। जसलाई यी रचयिता र रचनाको ज्ञान बुद्धिमा छ, उनलाई भनिन्छ स्वदर्शन चक्रधारी। बाबाबाट नै यो ज्ञान मिल्छ। मनुष्यले मनुष्यलाई यो ज्ञान दिन सक्दैनन्। भक्ति सिकाउँछन् मानिसले, ज्ञान सिकाउनु हुन्छ एक बाबाले। ज्ञानका सागर त एकै बाबा हुनु हुन्छ। फेरि तिमी ज्ञान नदी बन्छौ। ज्ञानसागर र ज्ञान नदीबाट नै मुक्ति-जीवनमुक्ति मिल्छ। त्यो त हो पानीको नदी। पानी त सधैं छ नै। ज्ञान मिल्छ नै संगममा। पानीको नदी त भारतमा बगि नै रहेका छन्, बाँकी त यतिका शहर खतम हुन्छन्। खण्ड नै रहने छैन। वर्षात् त पर्छ। पानी, पानीमा गएर मिल्छ। यही भारत खण्ड हुन्छ।

अहिले तिमीलाई सारा ज्ञान मिलेको छ। यो हो ज्ञान, बाँकी हो भक्ति। हीरा जस्तो एकै शिवबाबा हुनु हुन्छ, जसको जयन्ती मनाइन्छ। सोध्नु पर्छ शिवबाबाले के गर्नु भएको थियो? उहाँ त आएर पतितहरूलाई पावन बनाउनु हुन्छ। आदि-मध्य-अन्तको ज्ञान सुनाउनु हुन्छ। तब त गायन छ ज्ञान सूर्य प्रगटा... ज्ञानबाट दिन, भक्तिबाट रात हुन्छ। अब तिमीलाई थाहा छ हामीले ८४ जन्म पूरा गर्यौं। अब बाबालाई याद गर्नाले पावन बन्छौ। फेरि शरीर पनि पावन मिल्छ। तिमीहरू सबै नम्बरवार पावन बन्छौ। कति सहज कुरा छ। मुख्य कुरा हो यादको। धेरै छन् जसलाई स्वयं आत्मा सम्झेर बाबालाई याद गर्न पनि आउँदैन। फेरि पनि बच्चा बनेका छन् त्यसैले स्वर्गमा त अवश्य आउँछन्। यस समयको पुरुषार्थ अनुसार नै राजाई स्थापना हुन्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते, रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः
१) सधैं यसै नशामा रहनु छ हामी मास्टर ज्ञानसागर हौं, स्वयंमा ज्ञानको तागत भरेर चुम्बक बन्नु छ, रूहानी सन्देशवाहक (पैगम्बर) बन्नु छ।

२) कुनै पनि यस्तो कर्म गर्नु हुँदैन जसबाट सतगुरुको नाम बदनाम होस्। जे भए पनि कहिल्यै रुनु हुँदैन।


वरदान:
ज्ञानको साथमा गुणहरूलाई इमर्ज गरेर सर्वगुण सम्पन्न बन्ने गुणमूर्त भव

हरेकमा ज्ञान धेरै छ, तर अब आवश्यकता छ गुणहरूलाई इमर्ज गर्ने। त्यसैले विशेष कर्मद्वारा गुणदाता बन। संकल्प गर मलाई सदैव गुणमूर्त बनेर सबैलाई गुणमूर्त बनाउने कर्तव्यमा तत्पर रहनु छ। यसमा व्यर्थ देख्ने, सुन्ने वा गर्ने फुर्सद मिल्ने छैन। यस विधिले स्वयंको वा सर्वको कमजोरीहरू सहजै समाप्त हुन्छ। त्यसैले यसमा हरेकले निमित्त पहिलो नम्बर सम्झेर सर्वगुण सम्पन्न बन्ने र बनाउने उदाहरण बन।

स्लोगन:
मनसाद्वारा योगदान, वाचाद्वारा ज्ञान-दान र कर्मणाद्वारा गुणहरूको दान गर।