01.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यस शरीर रूपी कपडालाई यहाँ नै छोड्नु छ , त्यसैले यसबाट ममत्व मेटाइदेऊ , कुनै पनि मित्र सम्बन्धी याद नआओस्।

प्रश्न:
जुन बच्चाहरूमा योगबल छ, उनीहरूको लक्षण के हुन्छ?

उत्तर:
उनीहरूलाई कुनै पनि कुराले अलिकति पनि आघात पर्दैन, कहीं पनि लगाव हुँदैन। मानौं, आज कसैले शरीर छोड्यो भने पनि दु:ख हुन सक्दैन किनकि उनलाई थाहा छ ड्रामामा उसको यत्ति नै पार्ट थियो। आत्माले एक शरीर छोडेर अर्को शरीर लिन्छ।

ओम् शान्ति ।
यो ज्ञान धेरै गुप्त छ, यसमा नमस्ते पनि गर्नु पर्दैन। दुनियाँमा नमस्ते अथवा राम-राम आदि भन्छन्। यहाँ यो सबै कुरा चल्न सक्दैन किनकि यो एक परिवार हो। परिवारमा एकले अर्कालाई नमस्ते वा गुडमर्निङ्ग गरोस् त्यत्ति सुहाउँदैन। घरमा त खानपिन गर्यो, अफिसमा गयो, यो चलिरहन्छ। नमस्ते गर्ने आवश्यकता हुँदैन। गुडमर्निङ्गको चलन पनि युरोपियनहरूद्वारा निस्केको हो। नत्र पहिला केही चलन थिएन। कोही सतसङ्गमा आपसमा मिल्दा नमस्ते गर्छन्, पाउ पर्छन्। यो पाउ आदि पर्नु नम्रताको लागि सिकाउँछन्। यहाँ त तिमी बच्चाहरू देही-अभिमानी बन्नु छ। आत्माले आत्मालाई के गर्छ र? फेरि पनि भन्नु त पर्ने हुन्छ नि। जसरी बाबालाई भनिन्छ बाबा नमस्ते। अनि बाबाले पनि भन्नुहुन्छ मैले साधारण ब्रह्मा तनद्वारा तिमीलाई पढाउँछु, यिनीद्वारा स्थापना गराउँछु। कसरी? त्यो त जब बाबा सम्मुख हुनुहुन्छ तब सम्झाउनु हुन्छ, नत्र कसैले कसरी बुझ्न सक्छन्। बाबाले सम्मुख बसेर सम्झाउनु हुन्छ अनि मात्र बच्चाहरूले बुझ्छन्। दुवैलाई नमस्ते गर्नु पर्छ बापदादा नमस्ते। बाहिरकाले यदि यो कुरा सुने भने अल्मलिन्छन् यो के भन्छन् बापदादा। डबल नाम पनि धेरै मानिसहरूको हुन्छ नि। जस्तै लक्ष्मी-नारायण अथवा राधेकृष्ण... पनि नाम छन्। यो त मानौं स्त्री-पुरुष एकै भए। तर यहाँ त हुनुहुन्छ बापदादा। यी कुरालाई तिमी बच्चाहरूले मात्र बुझ्न सक्छौ। अवश्य पनि बाबा महान् हुनुहुन्छ। त्यो नाम डबल छ तर हो त एक जना। फेरि दुईवटा नाम किन राखेका हुन्? अहिले तिमी बच्चाहरूलाई थाहा छ यो गलत नाम हो। बाबालाई अरू त कसैले पनि पहिचान गर्न सक्दैनन्। तिमीले भन्छौ नमस्ते बापदादा। बाबाले फेरि भन्नुहुन्छ नमस्ते जिस्मानी रूहानी बच्चाहरू! तर यति लामो त सुहाउँदैन। शब्द त ठिकै हो। तिमी अहिले जिस्मानी बच्चा पनि हौ भने रूहानी पनि हौ। शिवबाबा सबै आत्माहरूका बाबा हुनुहुन्छ र फेरि प्रजापिता पनि अवश्य छन्। प्रजापिता ब्रह्माका सन्तान भाइ-बहिनी हुन्। प्रवृत्तिमार्ग हुन्छ। तिमी हौ सबै ब्रह्माकुमार-कुमारीहरू। ब्रह्माकुमार ब्रह्माकुमारीहरू भएपछि प्रजापिता पनि सिद्ध हुन्छ। यसमा अन्ध-श्रद्धाको कुनै कुरा छैन। भन, ब्रह्माकुमार ब्रह्माकुमारीहरूलाई बाबाद्वारा वर्सा मिल्छ। ब्रह्माबाट मिल्दैन, ब्रह्मा पनि शिवबाबाका बच्चा हुन्। सूक्ष्मवतनवासी ब्रह्मा, विष्णु, शंकर यी हुन् रचना। यिनीहरूका रचयिता हुनुहुन्छ शिव। शिवको लागि त कसैले भन्न सक्दैन यिनको रचयिता को? शिवको रचयिता कोही पनि हुँदैन। ब्रह्मा, विष्णु, शंकर यी हुन् रचना। यिनीहरू भन्दा पनि माथि हुनुहुन्छ शिव, सबै आत्माहरूका पिता। यदि रचयिता हुनुहुन्छ भने फेरि प्रश्न उठ्छ कहिले रचना गर्नु भयो? होइन, यो त अनादि हो। यतिका आत्माहरूलाई कहिले रचना गर्नु भयो? यो प्रश्न उठ्न सक्दैन। यो ड्रामा अनादि रूपमा चलिरहन्छ, बेअन्त छ। यसको कहिल्यै अन्त्य हुँदैन। यी कुरा तिमी बच्चाहरूमा पनि नम्बरवार सम्झन्छन्। यो धेरै सहज छ। एक बाबा सिवाय अरू कसैसँग लगाव नहोस्, चाहे कोही मरुन् वा बाँचून्। गायन पनि छ अम्मा मरे तो भी हलुवा खाना...। मानौं कोही पनि मर्छ, चिन्ताको कुरा छैन किनकि यो ड्रामा अनादि बनेको छ। ड्रामा अनुसार उसलाई यतिबेला जानु नै थियो, यसमा गर्नै के सकिन्छ र? अलिकति पनि दु:खी हुनु छैन। यो हो योगबलको अवस्था। नियमले भन्छ अलिकति पनि आघात पर्नु हुँदैन। सबै कलाकार हुन् नि। आ-आफ्नो पार्ट खेलिरहन्छन्। प्यारा बच्चाहरूलाई यो ज्ञान मिलेको छ।

बाबासँग भन्छन् हे परमपिता परमात्मा आएर हामीलाई लैजानुहोस्। यतिका सबै शरीरको विनाश गराएर सबै आत्माहरूलाई साथमा लैजानु, यो त धेरै कठिन काम हो। यहाँ कोही मर्यो भने १२ महिनासम्म रोइरहन्छन्। बाबाले त यति धेरै आत्माहरूलाई लैजानुहुन्छ। सबैका शरीर यहीँ छुट्छन्। बच्चाहरूलाई थाहा छ महाभारत लडाईं भएपछि लामखुट्टे जसरी जान्छन्। प्राकृतिक प्रकोप पनि आउने छ। यो सारा दुनियाँ परिवर्तन हुन्छ। अहिले हेर इंगलेण्ड, रशिया आदि कति शक्तिशाली छन्। सत्ययुगमा यी सबै कहाँ थिए र? दुनियाँमा यो पनि कसैको बुद्धिमा आउँदैन हाम्रो राज्यमा यी कोही पनि थिएनन्। एउटै धर्म, एउटै राज्य थियो, तिमीहरू मध्ये पनि नम्बरवार छन् जसको बुद्धिमा यो कुरा राम्ररी बस्छ। यदि धारणा भएको भए त्यसको सदैव नशा चढिरहन्थ्यो। कसैलाई नशा धेरै मुश्किलले चढ्छ। मित्र सम्बन्धी आदि सबैबाट याद निकालेर एक बेहदको खुशी रहिरहोस्, धेरै कमाल हो। हो, यो पनि अन्त्यमा हुन्छ। अन्त्यमा नै कर्मातीत अवस्था हुन्छ। शरीरको पनि भान टुट्छ। पुग्यो, अब हामी जान्छौं, यो समान्य कुरा जस्तै हुन्छ। जसरी नाटक खेल्नेहरू नाटक खेलेपछि घर जान्छन्। यो देहरूपी कपडा त तिमीले यहाँ नै छोड्नु पर्छ। यो कपडा यहीँ लिन्छौ, यहीँ छोड्नु पर्छ। यो सबै नयाँ कुरा तिम्रो बुद्धिमा छ, अरू कसैको बुद्धिमा छैन। अल्फ र बे। अल्फ हुनुहुन्छ सबैभन्दा माथि। भन्छन् ब्रह्माद्वारा स्थापना, शंकरद्वारा विनाश, विष्णुद्वारा पालना। ठिक छ, तर शिवबाबाको के काम हो? उच्च भन्दा उच्च शिवबाबालाई कसैले पनि चिन्दैन। भन्छन् उहाँ त सर्वव्यापी हुनुहुन्छ। यो सबै उहाँकै रूप हो। सारा दुनियाँको बुद्धिमा यो कुरा पक्का भएको छ, त्यसैले सबै तमोप्रधान बनेका छन्। बाबा भन्नुहुन्छ सारा दुनियाँको दुर्गति भएको छ। फेरि म नै आएर सबैलाई सद्गति दिन्छु। यदि सर्वव्यापी हुनुहुन्छ भने के सबै भगवानै भगवान हुन् त? एकातिर भन्छन् सबै भाइ भाइ, फेरि भन्छन् सबै पिता नै पिता, बुझ्दै बुझ्दैनन्। अहिले तिमी बच्चाहरूलाई बेहदका पिताले भन्नुहुन्छ प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। तिमीले यी दादा वा मम्मालाई पनि याद गर्नु छैन। बाबाले त भन्नुहुन्छ न मम्मा, न बाबा, कसैको पनि केही पनि महिमा छैन। शिवबाबा नभए यी ब्रह्माले पनि के गर्थे? यिनलाई याद गरेर के होला! हो, तिमीले जानेका छौ यिनीद्वारा हामीले वर्सा लिइरहेका छौं, यिनीबाट होइन। यिनले पनि उहाँबाटै वर्सा लिन्छन्, त्यसैले याद उहाँलाई नै गर्नुपर्छ। यी त बीचमा दलाल हुन्। नारी र पुरुषको विवाह भएपछि याद त एक अर्काले गर्छन् नि। विवाह गराउने विचमा दलाल भयो। यिनीद्वारा बाबाले तिमी आत्माहरूलाई आफूसँग विवाह गराउनु हुन्छ। त्यसैले गायन गर्छन् सद्गुरु मिला दलाल के रूप में। सद्गुरु कुनै दलाल हुनुहुन्न। सद्गुरु त निराकार हुनुहुन्छ। हुन त गुरु ब्रह्मा, गुरु विष्णु भन्छन् तर ती कुनै गुरु होइनन्। सद्गुरु एक बाबा मात्रै हुनुहुन्छ जसले सबैको सद्गति गर्नुहुन्छ। बाबाले तिमीलाई सिकाउनु भएको छ, तब तिमीले अरूलाई पनि मार्ग बताउँछौ र सबैलाई भन्छौ देखेर पनि नदेखौं। बुद्धि शिवबाबा तिरै लागि रहोस्। यी आँखाबाट जे जति देख्छौ सबै कब्रदाखिल हुन्छ। याद एक बाबालाई नै गर्नु छ, नकि यिनलाई। बुद्धिले भन्छ यिनीबाट कहाँ वर्सा मिल्छ र। वर्सा त बाबाद्वारा मिल्छ। जानु पनि बाबाकै साथमा छ। विद्यार्थीले विद्यार्थीलाई कहाँ याद गर्छन् र! विद्यार्थीले त शिक्षकलाई याद गर्छन् नि। विद्यालयमा जुन तीक्ष्ण विद्यार्थी हुन्छन् उनीहरूले फेरि अरूको पनि उन्नति गराउने कोसिस गर्छन्। बाबाले पनि भन्नुहुन्छ एकले अर्कालाई माथि उठाउने कोसिस गर तर तकदिरमा छैन भने पुरुषार्थ पनि गर्दैनन्। थोरैमा नै राजी हुन्छन्। प्रदर्शनीमा धेरै आउँछन् तिनीहरूलाई बुझाउनु पर्छ। धेरै जनालाई बुझाइयो भने धेरै उन्नति हुन्छ। निमन्त्रण दिएर बोलाउँछन्। अनि ठूला-ठूला समझदार व्यक्तिहरू आउँछन्। निमन्त्रणा नगरी बोलाउँदा त अनेक प्रकारका मानिसहरू आउँछन्। के-के उल्टो-सुल्टो बोलिरहन्छन्। रोयल मानिसको चालचलन पनि सभ्य हुन्छ। रोयल मानिस सभ्यतापूर्वक भित्र प्रवेश गर्छन्। चालचलन पनि धेरै फरक हुन्छ। अरूको हिंडाइ, बोलाइमा कुनै सभ्यता हुँदैन। मेलामा त सबै प्रकारका मानिसहरू आउँछन्, कसैलाई मनाही गरिदैन त्यसैले कहीं पनि निमन्त्रण पत्र पठाएर बोलाइयो भने सभ्य राम्रा-राम्रा मानिसहरू आउँछन्। फेरि उनीहरू गएर अरूलाई पनि सुनाउँछन्। कहिलेकाहीँ महिलाहरूको मात्र कार्यक्रम राख्यौ भने केवल महिलाहरू मात्र आएर हेरुन् किनकि कति ठाउँमा महिलाहरू धेरै पर्दामा रहेका हुन्छन्। त्यसैले केवल महिलाहरूको मात्र कार्यक्रम होस्। पुरुष कोही पनि नआओस्। बाबाले सम्झाउनु भएको छ सबैभन्दा पहिला तिमीले यो बुझाउनु छ शिवबाबा निराकार हुनुहुन्छ। शिवबाबा र प्रजापिता ब्रह्मा दुवै बाबा हुनुहुन्छ। दुवै समान त हुन सक्नुहुन्न, जसले गर्दा दुवै बाबाबाट वर्सा मिलेस्। वर्सा दादाको या बाबाको मिल्छ। दादाको सम्पत्तिमा हक लाग्छ। जस्तोसुकै कपूत बच्चा भए पनि दादाद्वारा वर्सा मिल्छ। यो यहाँको नियम हो। सम्झन्छन् पनि, यिनलाई पैसा मिल्यो भने एक वर्षभित्र उडाइदिन्छन्। तर सरकारको यस्तो नियम छ जुन दिनै पर्छ। सरकारले केही गर्न सक्दैन। बाबा त अनुभवी छन्। एक राजाको बच्चा थियो, एक करोड रूपयाँ १२ महिनामा खतम गरिदियो। यस्ता पनि हुन्छन्। शिवबाबाले त भन्नुहुन्न मैले देखेको छु। यी दादाले भन्छन् मैले यस्ता धेरै उदाहरण देखेको छु। यो दुनियाँ त धेरै फोहोरी छ। यो हो नै पुरानो दुनियाँ, पुरानो घर। पुरानो घरलाई सधैं भत्काउनु पर्ने हुन्छ। यी लक्ष्मी-नारायणको राजाई, घर हेर कति फस्टक्लास छन्।

अहिले तिमीले बाबाद्वारा ज्ञान लिइरहेका छौ तिमी पनि नरबाट नारायण बन्छौ। यो हो नै सत्य नारायणको कथा। यो पनि तिमी बच्चाहरूले नै बुझ्छौ। तिमीहरू मध्ये पनि सबै अहिले फूल बनेका छैनन्, यसमा धेरै राम्रो सभ्यता (रोयलटी) चाहिन्छ। तिमीले दिन-प्रतिदिन उन्नति गरिरहन्छौ। फूल बन्दै जान्छौ।

तिमी बच्चाहरूले प्यारसँग भन्छौ बापदादा। यो पनि तिम्रो नयाँ भाषा हो, जुन मनुष्यको समझमा आउन सक्दैन। मानौं, बाबा जहाँ गए पनि बच्चाहरूले भन्छन् बापदादा नमस्ते। बाबाले अवश्य पनि जवाफ दिनुहुन्छ जिस्मानी बच्चाहरूलाई नमस्ते। यस्तो भन्नुपर्छ नि। कसैले सुने भने भन्छन् यो त नयाँ कुरा हो, बापदादासँगसँगै कसरी भन्नुहुन्छ। बाबा र दादा दुवै एक कहिल्यै हुन्छन् र? नाम पनि दुवैका अलग्गै छन्। शिवबाबा, ब्रह्मा दादा। तिमीहरू यी दुवैका बच्चा हौ। तिमीले जानेका छौ यिनीभित्र शिवबाबा बस्नुभएको छ। हामी बापदादाका सन्तान हौं। यति पनि बुद्धिमा याद रह्यो भने खुशीको पारा चढिरहन्छ। त्यस्तै ड्रामामा पनि पक्का निश्चय हुनुपर्छ। मानौं, कसैले शरीर छोड्यो, गएर अर्को पार्ट खेल्छ। हरेक आत्मालाई अविनाशी पार्ट मिलेको छ, यसमा केही पनि ख्याल चल्नु आवश्यक छैन। उसले गएर अर्को पार्ट खेल्नुपर्छ। फर्काएर ल्याउन त सकिँदैन। ड्रामा हो नि। यसमा रुने कुनै कुरा छैन। यस्ता अवस्था भएका नै गएर निर्मोही राजा बन्छन्। सत्ययुगमा सबै निर्मोही हुन्छन्। यहाँ कोही मर्यो भने कति रून्छन्। बाबालाई पाएपछि फेरि रुनु पर्ने आवश्यकता नै छैन। बाबाले कति राम्रो मार्ग बताउनु हुन्छ। कन्याहरूको लागि त धेरै राम्रो छ। पिताले फाल्तु पैसा खर्च गरुन् अनि तिमी गएर नर्कमा पर। यस भन्दा त भन मैले यो पैसाले रूहानी युनिभर्सिटी कम हस्पिटल खोल्छु। धेरैको कल्याण गर्यौं भने तपाईंलाई पनि पुण्य मिल्छ, मलाई पनि पुण्य मिल्छ। बच्चाहरू स्वयं पनि उत्साहमा रहने बनून् मैले पनि विश्वलाई स्वर्ग बनाउनको लागि तन-मन-धन सबै खर्च गरुँ। यति नशा हुनुपर्छ। दिने भए देऊ, नदिने भए नदेऊ। तिमीले आफ्नो र अरू धेरैको कल्याण गर्न चाहँदैनौ? यति मस्ती हुनुपर्छ। खास कुमारीहरू त धेरै तत्पर हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्नो चालचलन धेरै सभ्य राख्नुपर्छ। धेरै शिष्टतासँग कुरा गर्नुपर्छ। नम्रताको गुण धारण गर्नुपर्छ।

२) यी आँखाबाट जे जति देखिन्छ, ती सबै विनाश हुन्छन्। त्यसैले देखेर पनि देख्नु छैन। एक शिवबाबाको नै याद गर्नुपर्छ। कुनै देहधारीलाई होइन।

वरदान:
विशेषता रूपी सञ्जीवनी बूटीद्वारा मूर्छितलाई सुरजित गर्ने विशेष आत्मा भव

हरेक आत्मालाई श्रेष्ठ स्मृतिको, विशेषताको स्मृति रूपी सञ्जीवनी बूटी खुवाऊ अनि ऊ मूर्छितबाट सुरजित हुन्छ। विशेषताको स्वरूपको दर्पण उसको सामुन्ने राख। अरूलाई स्मृति दिलायौ भने तिमी विशेष आत्मा अवश्य बन्छौ। यदि तिमीले कसैलाई कमजोरी सुनायौ भने उसले छिपाउँछ, टारिदिन्छ। तिमीले विशेषता सुनायौ भने स्वयं नै आफ्नो कमजोरी स्पष्ट अनुभव गर्नेछ। यसै सञ्जीवनी बूटीद्वारा मूर्छितलाई सुरजित गरेर उडदै जाऊ अनि उडाउँदै जाऊ।

स्लोगन:
नाम-मान-शान र साधनहरूको संकल्पमा पनि त्याग नै महान् त्याग हो।