01.04.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी ईश्वरीय सेलभेसन आर्मी हौ , तिमीले सबैलाई सद्गति दिनु छ , सबैको प्रीत एक बाबासँग जोड्नु छ।

प्रश्न:
मनुष्यले आफ्नो अक्कल (बुद्धि) कुन कुरामा लगाउँछन् र तिमीले आफ्नो अक्कल कहाँ लगाउनु छ?

उत्तर:
मनुष्यले त आफ्नो अक्कल आकाश र सृष्टिको अन्त्य प्राप्त गर्नमा लगाइरहेका छन् तर यसबाट त कुनै फाइदा छैन। यसको अन्त्य त मिल्न सक्दैन। तिमी बच्चाहरूले आफ्नो अक्कल लगाउँछौ पूज्य बन्नको लागि। उनलाई दुनियाँले पूजा गर्दैन। तिमी बच्चाहरू त पूज्य देवता बन्छौ।

गीत:
तुम्हें पाके हमने...

ओम् शान्ति ।
बच्चाहरूले बुझिसकेका छन्, यो हो ज्ञानमार्ग। त्यो हो भक्तिमार्ग। अब प्रश्न उठ्छ भक्तिमार्ग राम्रो वा ज्ञानमार्ग राम्रो? दुई चीज भए नि। भनिन्छ ज्ञानद्वारा सद्गति हुन्छ। अवश्य भनिन्छ भक्ति र ज्ञान दुवै अलग-अलग हुन्। मनुष्यले सम्झन्छन् भक्ति गर्नाले ज्ञान मिल्छ तब सद्गति हुन्छ। भक्तिको बीचमा ज्ञान आउन सक्दैन। भक्ति सबैको लागि हो, ज्ञान पनि सबैको लागि हो। यो समय हो पनि कलियुगको अन्त्य। त्यसैले अवश्य सबैको दुर्गति हुन्छ त्यसैले पुकार्छन् पनि र गाउँछन् पनि अरू संग तोडेर अब तिमी संग जोड्छु। अब उहाँ को हुनुहुन्छ? कोसँग जोड्ने? यो त बुझ्दैनन्। अक्सर गरेर बुद्धि कृष्णतर्फ जान्छ। हामी सच्चा प्रीत तिमीसँग जोडौं। जब कृष्णसँग नै प्रीत जोड्छन् भने फेरि गुरु, गोसाईं अरू कसैको आवश्यकता नै छैन। कृष्णलाई नै याद गर्नु पर्ने हो। कृष्णको चित्र त सबैसँग छ। कृष्णजयन्ती पनि मनाउँछन् अनि फेरि त अरू कसैकहाँ जाने आवश्यकता नै छैन। जस्तै मीराले एकसँग सम्बन्ध जोडिन्। काम-काज गर्दा पनि कृष्णलाई नै याद गरिरहिन्। घरमा रहनु, काम गर्नु, खानपान गर्नु त पर्ने हुन्छ। सच्चा प्रीत एक कृष्णसँग जोडिन्। मानौं उनीहरू प्रियतमा र प्रियतम भए। कृष्णलाई याद गर्नाले फल पनि मिल्छ। कृष्णलाई त सबैले जानेका छन्। गाउँछन् पनि सच्चा प्रीत मैले तिमीसँग जोडेको छु। अब सबैभन्दा उच्च, सत्य त परमपिता नै हुनुहुन्छ। सबैलाई वर्सा दिने एउटै बाबा हुनुहुन्छ। उहाँलाई कसैले पनि जान्दैन। भन्न त भन्छन् परमपिता परमात्मा शिव, तर कहिले आउनु हुन्छ, यो जानेका छैनन्। शिवजयन्ती हुन्छ भने अवश्य उहाँ आउनु भएको हुनुपर्छ। कहिले, कसरी आउनु हुन्छ, आएर के गर्नुहुन्छ? कसैलाई थाहा छैन। कुनै पनि मनुष्यले जानेका छैनन् सबैलाई सद्गति गर्नुहुन्छ। तर कसरी गर्नुहुन्छ? सद्गतिको अर्थ के हो! केही पनि बुझ्दैनन्। शिवबाबाले त अवश्य स्वर्गको बादशाही दिनुभएको हुनुपर्छ नि। तिमी बच्चाहरू! जो त्यस धर्मका थियौ, तिमीलाई यो थाहा थिएन, बिर्सेका थियौ भने फेरि अरूले कसरी जान्न सक्छन्? अहिले शिवबाबाद्वारा तिमीले जानेका छौ र अरूलाई बताउँछौ। तिमी हौ ईश्वरीय सेलभेसन आर्मी। सेलभेसन भन वा सद्गति गर्ने आर्मी भन। अहिले तिमी बच्चाहरूमाथि जिम्मेवारी छ। तिमीले चित्रहरूद्वारा पनि बुझाउन सक्छौ। भाषाहरू धेरै छन्। मुख्य भाषाहरूमा चित्र बनाउनु पर्छ। भाषाहरूको पनि धेरै झंझट छ, त्यसैले प्रदर्शनी पनि बनाउनु पर्छ। चित्रहरूमा सम्झाउन धेरै सहज हुन्छ। गोलामा पनि सारा ज्ञान छ, सिँढी केवल हिन्दुहरूको लागि हो। यसमा अरू कुनै धर्म छँदै छैन। यस्तो कहाँ भारत तमोप्रधान बन्छ, अरू चाहिँ बन्दैनन्। तमोप्रधान त सबै बन्छन्। त्यसैले उनीहरूको लागि पनि हुनुपर्छ। यो सबै सेवाको ख्याल बुद्धिमा आउनु पर्छ। दुई पिताको रहस्य पनि सम्झाउनु छ। वर्सा रचयिताबाट मिल्छ। यो पनि सबै धर्मकाले जानेका छन् लक्ष्मी-नारायण भारतका पहिला महाराजा-महारानी थिए वा भगवान-भगवती थिए। ठीक छ, उनीहरूलाई यो स्वर्गको राज्य कसरी मिल्यो? अवश्य भगवानद्वारा मिल्यो। कसरी, कहिले मिल्यो, यो कसैलाई पनि थाहा छैन। गीतामा कृष्णको नाम राखेर फेरि प्रलय देखाइदिएका छन्। रिजल्ट केही पनि छैन। यो तिमी बच्चाहरूले सम्झाउनु छ। चित्र त सबैतर्फ छन्। लक्ष्मी-नारायणको चित्र पनि छ। हुन त ड्रेस, अनुहार आदि अर्कै हुन्छ। जसलाई जे आयो त्यो बसेर बनाएका छन्। श्रीनाथ-श्रीनाथिनी, यी राधे-कृष्ण हुन् नि। श्री राधे, श्री कृष्ण त ताजधारी हुँदैनन्। काला पनि हुँदैनन्। राजधानी लक्ष्मी-नारायणको हुन्छ, नकि राधा-कृष्णको। मन्दिर त अनेक प्रकारका बनाएका छन्। नाम त एउटै राख्छन् लक्ष्मी-नारायण। डिनायस्टी लक्ष्मी-नारायणको भनिन्छ। राम-सीताको घराना, लक्ष्मी-नारायणको घराना हुन्छ, राधे-कृष्णको घराना हुँदैन। यो कुरा मनुष्यहरूको ख्यालमा नै छैन। तिमी बच्चाहरूले पनि नम्बरवार पुरुषार्थ अनुसार जानेका छौ। जसलाई सेवाको सोख छ, उनीहरू त उमङ्गसँग बोल्न थाल्छन्। कसैले भन्छन् हामीले बुझेका छौं तर बिस्तारै बिस्तारै मुख खुल्ने युक्तिहरू पनि रच्नुपर्छ। कतिले सम्झन्छन् वेद-शास्त्र अध्ययन गर्नाले, यज्ञ, तप आदि गर्नाले, तीर्थ आदि गर्नाले परमात्मालाई प्राप्त गर्न सकिन्छ। तर भगवानले भन्नुहुन्छ यी सबै मदेखि टाढा पुर्याउने मार्ग हुन्। ड्रामामा सबैले दुर्गति पाउनु नै छ त्यसैले फेरि यस्तो कुरा बताउँछन्। पहिला हामीले पनि भन्थ्यौं भगवान मानौं चोटी हुनुहुन्छ, जो जहाँबाट गए पनि पुगिन्छ। मनुष्यहरूले अनेक प्रकारका मार्ग समातेका छन्। भक्तिमार्गका मार्गहरूबाट जब थाक्छन् अनि फेरि भगवानलाई नै पुकार्छन् हे पतित-पावन, हजुर आएर पावन बन्ने मार्ग बताउनुहोस्। हजुर विना पावन हुन सक्दैनौं, थाकिसक्यौं। भक्तिले दिन-प्रतिदिन पूरा थकाउँछ। अहिले त मेला आदिमा कति लाखौं गएर जम्मा हुन्छन्, कति फोहोर हुन्छ। अब त अन्त्य भएको छ। दुनियाँलाई परिवर्तन गर्नु छ। वास्तवमा दुनियाँ एउटै हो। २ भाग बनाएका छन्। त्यसैले मनुष्यले सम्झन्छन् स्वर्ग, नर्क अलग-अलग दुनियाँ हो तर यो आधा-आधा छ। माथि सत्ययुग फेरि त्रेता, द्वापर, कलियुग। कलियुगमा तमोप्रधान बन्नु नै छ। सृष्टि पुरानो हुन्छ, यी कुरालाई कसैले बुझ्दैन। अलमलिएका छन्। कसैले कृष्णलाई भगवान, कसैले रामलाई भगवान भनिदिन्छन्। आजकल त मनुष्यले आफूलाई भगवान भनिदिन्छन्। हामी ईश्वरका अवतार हौं। देवताहरू भन्दा पनि मनुष्य अगाडि भएका छन्। देवताहरूलाई फेरि पनि देवता नै भनिन्छ। यहाँ त फेरि मनुष्यलाई भगवान भनिदिन्छन्। यो हो भक्तिमार्ग। देवताहरू त स्वर्गमा रहन्थे। अहिले कलियुग, आइरन एजमा फेरि मनुष्य भगवान कसरी हुन सक्छन्? बाबा भन्नुहुन्छ म आउँछु नै संगमयुगमा, जबकि मैले नै आएर दुनियाँलाई ट्रान्सफर गर्नुपर्छ। कलियुगबाट सत्ययुग हुन्छ बाँकी सबै शान्तिधाममा जान्छन्। त्यो हो निराकारी दुनियाँ। यो हो साकारी दुनियाँ। निराकारी वृक्ष पनि सम्झाउनको लागि ठूलो बनाउनु पर्छ। ब्रह्म महत्तत्त्व पनि त्यति नै ठूलो छ, जति ठूलो आकाश छ। दुवैको अन्त्य पाउन सकिँदैन। गर्न त कोसिस गर्छन्, एरोप्लेन आदिमा जान्छन् तर अन्त्य पाउन सक्दैनन्। समुद्र नै समुद्र... आकाश नै आकाश छ। त्यहाँ त केही पनि छैन। गर्न त कोसिस धेरै गर्छन् तर यी सबै कुराबाट फाइदा के? सम्झन्छन् हामीले आफ्नो अक्कल लगाउँछौं। यो हो मनुष्यको अक्कल, साइन्सको घमण्ड पनि मनुष्यहरूमा छ। जसले जति नै अन्त्य पाए पनि उनलाई सारा दुनियाँले त पुज्दैन। देवताहरूको त पूजा हुन्छ। तिमी बच्चाहरूलाई बाबाले कति उच्च बनाउनु हुन्छ। सबैलाई लिएर जानुहुन्छ शान्तिधाम। हुन त यो सबै जानेका छन् हामी मूलवतनबाट आउँछौं तर जसरी तिमीले बुझेका छौ, त्यसैगरी दुनियाँले जान्दैन। त्यो के हो, कसरी आत्माहरू त्यहाँ रहन्छन् फेरि नम्बरवार आउँछन्। यो कसैले जानेका छैनन्। ब्रह्म महत्तत्त्वमा निराकारी वृक्ष छ। यो कुरा जानेका छैनन्, सत्ययुगमा थोरै रहन्छन्। बाँकी सबै आत्माहरू मूलवतनमा रहन्छन्। जस्तै यो साकारी वतन हो, त्यस्तै त्यो मूलवतन हो। वतन कहिल्यै खाली हुँदैन। न यो, न त्यो। जब अन्त्य हुन्छ, तब ट्रान्सफर हुन्छन्। केही त यस वतनमा रहन्छन्। सारा वतन खाली भयो भने फेरि त प्रलय हुने भयो। प्रलय हुँदैन। अविनाशी खण्ड हो नि। यो सबै कुरा बुद्धिमा राख्नु छ। सारा दिन यही ख्याल चलिरहोस् हामीले कसैको कल्याण गरौं। तिम्रो प्रीत जुटेको छ, त्यसैले उहाँको परिचय देऊ। उहाँ बाबा हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। कसरी मिल्छ, त्यो हामीले बताउन सक्छौं। बताउनेहरू पनि नम्बरवार छन्। कसैले त धेरै राम्रोसँग भाषण गर्छन्, कसैले गर्न सक्दैनन् भने सिक्नुपर्छ। हरेक बच्चाले आफ्नो कल्याण गर्नु छ। जब मार्ग मिलेको छ भने अरूको कल्याण गर्नु छ। दिल हुन्छ अरूलाई पनि बाबाबाट वर्सा दिलाऊँ। रूहानी सेवा गरौं। सबैले अरूको सेवा गर्छन्।

बाबा आएर रूहानी सेवा सिकाउनु हुन्छ, अरू कसैले पनि रूहानी सेवा गर्न जानेका छैनन्। रूहानी बाबाले नै आत्माहरूको सेवा गर्नुहुन्छ। जिस्मानी सेवा त जन्म-जन्मान्तर धेरै गर्यौं, अब अन्तिम जन्ममा रूहानी सेवा गर्नु छ, जो बाबाले सिकाउनु भएको छ। कल्याण यसमा छ, अरू कुनैमा फाइदा छैन। गृहस्थ व्यवहारमा पनि रहनु छ, सम्बन्ध निर्वाह गर्नु छ। उनलाई पनि यही सम्झाएर कल्याण गर्नु छ। प्रीत छ भने केही सुन्छन्। कति त डराउँछन् थाहा छैन हामीले पनि संन्यास गर्नु पर्ने हो कि! आजकल त संन्यासी धेरै छन् नि। कफनी पहिरिएर दुई शब्द सुनायो, खाना त मिलि नै हाल्छ, कहीं न कहींबाट। कुनै दोकानमा जान्छन्, दुई पुरी दिन्छन्। फेरि अर्कोको पासमा जान्छन्, पेट पूजा हुन्छ। भिखारीहरू पनि अनेक प्रकारका हुन्छन्। बाबासँग त एकै प्रकारको वर्सा मिल्छ। बेहदको बादशाही मिल्छ, सदा निरोगी बन्छौं। धनवान मुश्किलले उठ्छन्। गरिबहरूको पनि कल्याण गर्नुपर्छ। बाबाले प्रदर्शनीहरू धेरै गराउन लगाइरहनु भएको छ किनकि अनपढ धेरै छन् नि। मन्त्री आदिले सोच्छन् यो ज्ञान राम्रो छ, अनि सबैले सुन्न थाल्छन्। हो, पछि गएर तिम्रो नाम प्रत्यक्ष हुन्छ, फेरि धेरै आउने छन्। मैला निकाल्न समय लाग्छ। रात-दिन कोही लाग्यो भने सायद निस्कन सक्छ। आत्मा शुद्ध बनिसकेपछि त फेरि यो शरीर पनि छोड्छ। यी सबै बुझ्नु पर्ने कुरा हुन्। प्रदर्शनीमा पनि सम्झाउनु पर्छ। मुख्य हो सारा यहाँको कुरा। भारतवर्षको उत्थान भएपछि सबैको उत्थान हुन्छ। प्रोजेक्टर भन्दा पनि प्रदर्शनीमा धेरै सेवा हुन सक्छ। बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छ। दिन-प्रतिदिन तिम्रो नाम प्रत्यक्ष हुँदै जान्छ। यो पनि लेख्नुपर्छ ५ हजार वर्ष पहिला पनि यस्तै भएको थियो। यो त धेरै अद्भुत कुरा हो। बाबाले इशारा दिनुहुन्छ। बच्चाहरूले धेरै कुरा बिर्सिन्छन्। जे भए पनि भनिन्छ आज भन्दा ५ हजार वर्ष पहिला पनि यस्तै भएको थियो। हुन त धेरै स्पष्ट कुरा छ, तर जब कसैको बुद्धिमा यो बस्यो भने मात्र। अखबारमा छाप्न सक्छौ ताकि केही बुझून् त सही। ज्ञानमार्गमा धेरै फस्टक्लास अवस्था हुनुपर्छ। यस्ता-यस्ता कुरालाई याद गरेर हर्षित पनि रहनु पर्छ। अभ्यास भएपछि फेरि अवस्था धेरै हर्षित र आनन्ददायी हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) अरू सबैबाट बुद्धिको प्रीत तोडेर एक बाबासँग जोड्नु छ। सबैको प्रीत एक बाबासँग जोड्ने सेवा गर्नु छ।

२) सच्चा-सच्चा रूहानी सेवाधारी बन्नु छ। आफ्नो पनि कल्याण गर्नु छ र अरूलाई पनि मार्ग बताउनु छ। अवस्था धेरै हर्षित र आनन्ददायी बनाउनु छ।

वरदान:
एक बाबाको स्मृतिद्वारा सच्चा सुहागको अनुभव गर्ने भाग्यवान् आत्मा भव

जसले कुनै पनि आत्माको बोली सुनेर पनि सुन्दैन, कुनै अन्य आत्माको स्मृति संकल्प वा स्वप्नमा पनि ल्याउँदैन अर्थात् कुनै पनि देहधारीको झुकावमा आउँदैन, एक बाबा दोस्रो न कोही यो स्मृतिमा रहन्छ, उसलाई अविनाशी सुहागको तिलक लाग्छ। यस्तो सच्चा सुहागवाला नै भाग्यवान् हो।

स्लोगन:
आफ्नो श्रेष्ठ स्थिति बनाउनको लागि अन्तर्मुखी बनेर फेरि बहिर्मुखतामा आऊ।