01.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीलाई देवता बन्नु छ त्यसैले मायाको अवगुणहरूलाई त्याग गर । रिसाउनु , पिट्नु , दु:ख दिनु , खराब काम गर्नु , चोरी गर्नु यी सबै महापाप हुन्।

प्रश्न:
यो ज्ञानमा कुन बच्चाहरू अगाडि जान सक्छन्? घाटा कसलाई पर्छ?

उत्तर:
जसलाई आफ्नो खाता राख्न आउँछ, ऊ यस ज्ञानमा धेरै अगाडि जान सक्छ। घाटा उसलाई पर्छ जो देही-अभिमानी रहँदैन। बाबा भन्नुहुन्छ व्यापारीहरूलाई बही खाता राख्ने बानी हुन्छ, उनीहरू यहाँ पनि अगाडि जान सक्छन्।

गीत:
मुखडा देख ले प्राणी.......

ओम् शान्ति ।
रूहानी पार्टधारी बच्चाहरूप्रति बाबाले सम्झाउनु हुन्छ किनकि आत्माले नै पार्ट खेलिरहेको छ बेहदको नाटकमा। पार्ट हो त मनुष्यहरूको नै। बच्चाहरूले यस समयमा पुरुषार्थ गरिरहेका छन्। पढ्न त वेद-शास्त्र पढ्छन्, शिवको पूजा गर्छन् तर बाबा भन्नुहुन्छ यसबाट कसैले मलाई प्राप्त गर्न सक्दैन किनकि भक्ति हो नै उतरती कला। ज्ञानबाट सद्गति हुन्छ भने अवश्य अरू कहींबाट गिर्छन् पनि होला। यो एउटा खेल हो, जसलाई कसैले पनि जान्दैन। शिव लिङ्गलाई जब पूजा गर्छन्, त्यसलाई ब्रह्म भनिदैन। त्यसोभए को हुन्, जसलाई पूजा गरिन्छ? त्यसलाई पनि ईश्वर सम्झेर पूजा गर्छन्। तिमीले जब सुरु-सुरुमा भक्ति सुरु गर्छौ, त्यतिबेला हीराको शिवलिङ्ग बनाउँछौ। अहिले त गरिब भएका छौ त्यसैले ढुङ्गाको बनाउँछौ। हीराको लिङ्ग त्यतिबेला ४, ५ हजारको होला। यतिबेला त त्यसको मूल्य ५-७ लाख हुन्छ। यस्तो हीरा अहिले मुश्किलले पाइन्छ। पत्थरबुद्धि बनेका छौ त्यसैले पूजा पनि पत्थरकै गर्छौ, ज्ञानहीन भएर। जब ज्ञान हुन्छ अनि तिमीले पूजा गर्दैनौ। चैतन्य सम्मुखमा हुनुहुन्छ, उहाँलाई नै तिमीले याद गर्छौ। बुझेका छौ, यादबाट विकर्म विनाश हुन्छ। गीतमा पनि भनिएको छ हे बच्चाहरू! प्राणी भनिन्छ आत्मालाई। प्राण निस्केपछि फेरि मुर्दा हुन्छ। आत्मा निस्केर जान्छ। आत्मा हो अविनाशी। आत्माले जब शरीरमा प्रवेश गर्छ तब चैतन्य हुन्छ। बाबा भन्नुहुन्छ हे आत्माहरू! आफूभित्र जाँच गर, कहाँसम्म दैवी गुणहरूको धारणा भएको छ? कुनै विकार त छैन? चोरी आदिको कुनै आसुरी अवगुण त छैन? आसुरी अकर्तव्य गर्नाले फेरि गिर्छौ। उच्च पद पाउन सक्दैनौ। खराब बानीलाई अवश्य मेटाउनु छ। देवताहरू कहिल्यै कसैसँग रिसाउँदैनन्। यहाँ असुरहरूद्वारा कति मार खान्छन् किनकि तिमी दैवी सम्प्रदायको बन्यौ भने माया कतिसम्म दुस्मन बन्न पुग्छ। मायाका अवगुणहरूले काम गर्छन्। पिट्नु, कसैलाई दु:ख दिनु, खराब काम गर्नु यी सबै पाप हुन्। तिमी बच्चाहरू त अति शुद्ध रहनु पर्छ। चोरी-चकारी आदि गर्नु त महान् पाप हो। बाबासँग तिमीले प्रतिज्ञा गर्दै आएका छौ बाबा! मेरो त हजुर नै हुनुहुन्छ, दोस्रो न कोही। हजुरलाई नै याद गर्छु। भक्तिमार्गमा गाउँछन् अवश्य, तर उनीहरूलाई थाहा छैन, याद गर्नाले के हुन्छ? उनीहरूले त बाबालाई चिनेका छैनन्। एकातिर भन्छन्, नाम-रूपबाट अलग हुनुहुन्छ, अर्कोतिर फेरि लिङ्गको पूजा गर्छन्। तिमीले राम्रोसँग बुझेर फेरि बुझाउनु छ। बाबा भन्नुहुन्छ जज गर, महात्मा कसलाई भन्नुपर्छ? श्रीकृष्ण त साना बच्चा स्वर्गका राजकुमार हुन्, उनी महात्मा हुन् या आजकलका कलियुगी मनुष्य? उनी त विकारबाट पैदा हुँदैनन्। त्यो हो निर्विकारी दुनियाँ। यो हो विकारी दुनियाँ। निर्विकारीलाई धेरै टाइटलहरू दिन सकिन्छ, विकारीको टाइटल के हुन्छ? श्रेष्ठाचारी त एक बाबाले नै बनाउनु हुन्छ। उहाँ हुनुहुन्छ उच्च भन्दा उच्च, सबै मनुष्यहरू पार्टधारी हुन् त्यसैले पार्ट निर्वाह गर्न त अवश्य आउनै पर्छ। सत्ययुग हो श्रेष्ठ मनुष्यहरूको दुनियाँ। जनावर आदि सबै श्रेष्ठ हुन्छन्। त्यहाँ माया रावण हुँदैन। त्यहाँ यस्ता कुनै तमोगुणी जनावर हुँदैनन्। भनिन्छ मयूर-मयुरनीले विकारबाट बच्चा जन्माउँदैनन्। मयूरको आँसु खस्छ, त्यसलाई मयुरनीले धारण गर्छे। यसलाई भारतको राष्ट्रिय चरा भनिन्छ। सत्ययुगमा पनि विकारको नाम हुँदैन। मयूरको प्वाँख, पहिलो नम्बर, जो विश्वको राजकुमार हुन् श्रीकृष्ण, उनको शिरमा लगाउँछन्। कुनै रहस्य त होला नि। यी सबै कुरा बाबाले रिफाइन गरेर सम्झाउनु हुन्छ। त्यहाँ बच्चाहरू कसरी पैदा हुन्छन्, त्यो त तिमीलाई थाहा छ। त्यहाँ विकार हुँदैन। बाबा भन्नुहुन्छ तिमीलाई देवता बनाउँछु त्यसैले आफ्नो पूरा जाँच गर। मेहनत विना विश्वको मालिक कसरी बन्न सक्छौ।

जसरी तिमी आत्मा बिन्दु हौ त्यसैगरी बाबा पनि बिन्दु हुनुहुन्छ। यसमा अलमलिनु पर्ने कुनै आवश्यकता छैन। कसैले भन्छन् हामीले बाबालाई देखौं। बाबा भन्नुहुन्छ देख्नको लागि त तिमीले धेरै पूजा गरिसक्यौ, फाइदा केही पनि भएन। अब यथार्थ रूपले म तिमीलाई सम्झाउँछु। ममा सारा पार्ट भरिएको छ। सर्वोच्च आत्मा हुँ नि, सर्वोच्च पिता। कुनै पनि बच्चाले आफ्नो लौकिक पितालाई यस्तो भन्दैन। एउटैलाई नै भनिन्छ। संन्यासीहरूको त बच्चा हुँदैन जसले पिता भनून्। उहाँ त सबै आत्माहरूका पिता हुनुहुन्छ, जसले वर्सा दिनुहुन्छ। उहाँको कुनै गृहस्थ आश्रम त छँदै छैन। बाबा बसेर सम्झाउनु हुन्छ तिमीले नै ८४ जन्म भोगेका छौ। पहिला-पहिला तिमी सतोप्रधान थियौ फेरि तल उत्रिदै आएका हौ। अहिले कसैले आफूलाई सर्वोच्च भन्दैन, अहिले त नीच सम्झन्छन्। बाबा बारम्बार मूल कुरा सम्झाउनु हुन्छ, आफूभित्र हेर म भित्र कुनै विकार त छैन, राती दिनहुँ आफ्नो खाता राख। व्यापारीले सधैं खाता हेर्छन्। सरकारी नोकरी गर्नेहरूले खाता राख्दैनन्। उनीहरूले त निश्चित तलब पाउँछन्। यस ज्ञानमार्गमा व्यापारीहरू अगाडि जान सक्छन्, पढे-लेखेका अफिसरहरू त्यति अगाडि जाँदैनन्। व्यापारमा त आज ५० कमायो, भोलि ६० कमाउँछन्। कहिले घाटा पनि पर्छ। सरकारी नोकरी गर्नेहरूको निर्धारित तलब हुन्छ। यो कमाईमा पनि यदि देही-अभिमानी रहेनन् भने घाटा पर्छ। माताहरूले त व्यापार गर्दैनन्। उनीहरूको लागि त झन् सजिलो छ। कन्याहरूको लागि पनि सहज छ किनकि माताहरूलाई त सिँढीबाट उत्रिनुपर्छ। बलिहारी उनैको मानिन्छ जसले यति मेहनत गर्छन्। कन्याहरू त विकारमा गएकै छैनन् भने फेरि छोडून् पनि के? पुरुषहरूलाई त मेहनत गर्नु पर्ने हुन्छ। कुटुम्ब परिवारको सम्हाल गर्नुपर्छ। जुन सिँढी चढेका छन्, उत्रिनु पर्ने हुन्छ। घरी-घरी मायाले थप्पड हानेर गिराइदिन्छ। अहिले तिमी बी.के. बनेका छौ। कुमारीहरू पवित्र नै हुन्छन्। सबैभन्दा बढी हुन्छ पतिको प्रेम। तिमीले त पतिहरूका पनि पति परमात्मालाई याद गर्नु छ, अरू सबैलाई बिर्सिनु छ। माता-पिताहरूको बच्चाहरूसँग मोह हुन्छ। बच्चाहरू त हुन्छन् नै अन्जान। बिहे गरेपछि मोह हुन सुरु हुन्छ। पहिला स्त्री प्यारो लाग्छ अनि विकारहरूमा धकेल्ने सिँढी सुरु हुन्छ। निर्विकारी भएसम्म कुमारीहरू पुजिन्छन्। तिम्रो नाम हो बी.के.। तिमी महिमा लायक बनेर फेरि पूजा लायक बन्छौ। बाबा नै तिम्रो टिचर पनि हुनुहुन्छ। त्यसैले तिमी बच्चाहरूमा नशा हुनुपर्छ, हामी विद्यार्थी हौं। भगवानले अवश्य भगवान-भगवती नै बनाउनु हुन्छ। केवल सम्झाइन्छ भगवान एउटै हुनुहुन्छ। बाँकी सबै हुन् भाइ-भाइ, अरू कुनै सम्बन्ध छैन। प्रजापिता ब्रह्माबाट रचना हुन्छ फेरि वृद्धि हुँदै जान्छ। आत्माहरूको वृद्धि हुन्छ भनिदैन। वृद्धि मनुष्यहरूको हुन्छ। आत्माहरू त सीमित संख्यामा छन्। धेरै आइरहन्छन्। जबसम्म त्यहाँ छन्, आइरहन्छन्। वृक्ष बढिरहन्छ, सुकेर जाँदैन। यसको तुलना वरको रुखसँग गरिन्छ। आधार छँदै छैन। बाँकी सारा रुख खडा रहन्छ। तिम्रो पनि यस्तै हो। आधार छँदै छैन, केही-केही चिन्ह बाँकी छ। अहिलेसम्म पनि मन्दिर बनाइरहन्छन्। मनुष्यहरूलाई थाहा छैन, देवताहरूको राज्य कहिले थियो। फेरि कहाँ गयो? यसको ज्ञान तिमी ब्राह्मणहरूलाई नै छ। मनुष्यहरूलाई यो पनि थाहा छैन, परमात्माको स्वरूप बिन्दु जस्तो छ। गीतामा लेखिदिएका छन् उहाँ अखण्ड ज्योतिस्वरूप हुनुहुन्छ। पहिला भावना अनुसार धेरैलाई साक्षात्कार हुन्थ्यो। एकदम सुनौलो प्रकाश देख्थे। भन्थे मैले सहन सक्दिनँ। अब त्यो त साक्षात्कार थियो। बाबा भन्नुहुन्छ साक्षात्कारबाट कुनै कल्याण हुँदैन। यहाँ त मुख्य हो, याद को यात्रा। जसरी पारो चिप्लिन्छ नि, याद पनि घरी-घरी चिप्लिन्छ। कति चाहन्छन् बाबाको याद गरौं, फेरि अरू अरू ख्याल आउँछ। यसैमा तिम्रो रेस छ। यस्तो होइन, तुरुन्त पाप मेटिन्छ। समय लाग्छ। कर्मातीत अवस्था भएपछि त फेरि यो शरीर नै रहँदैन। तर अहिल्यै कसैले पनि कर्मातीत अवस्थालाई पाउन सक्दैन। फेरि उनलाई सत्ययुगी शरीर चाहिन्छ। त्यसैले अब तिमी बच्चाहरूले बाबालाई नै याद गर्नु छ। आफूलाई हेर्दै गर मबाट कुनै नराम्रो काम त हुँदैन? खाता अवश्य राख्नु छ। यस्ता व्यापारी चाडै धनवान बन्न सक्छन्।

बाबासँग जुन ज्ञान छ त्यही दिइरहनु भएको छ। बाबा भन्नुहुन्छ मेरो आत्मामा यो ज्ञान भरिएको छ। हुबहु तिमीलाई त्यही ज्ञान बोल्छु, जुन ज्ञान कल्प पहिला दिएको थिएँ। बच्चाहरूलाई नै सम्झाउँछु, अरूले के जानून्। तिमीले यो सृष्टिचक्रलाई जानेका छौ, यसमा सबै कलाकारहरूको पार्ट भरिएको छ। हेरफेर हुन सक्दैन। न कसैले यसबाट छुट्कारा पाउन सक्छ। हो, बाँकी समय मुक्ति मिल्छ। तिमी त अलराउण्डर हौ। ८४ जन्म लिन्छौ। बाँकी सबै आफ्नै घरमा बस्छन् अनि पछि आउँछन्। मोक्ष चाहनेहरू यहाँ आउँदैनन्। उनीहरू फेरि पछि मात्र जान्छन्। ज्ञान कहिल्यै पनि सुन्दैनन्। लामखुट्टेहरू जस्तै आउँछन् अनि जान्छन्। तिमीले त ड्रामा अनुसार पढ्छौ। बुझेका छौ बाबाले ५ हजार वर्ष पहिला पनि यसरी नै राजयोग सिकाउनु भएको थियो। तिमीले फेरि अरूलाई सम्झाउँछौ, शिवबाबाले यस्तो भन्नुहुन्छ। अहिले तिमीलाई थाहा छ हामी कति उच्च थियौं, अहिले कति नीच बनेका छौं। फेरि बाबाले उच्च बनाउनु हुन्छ, त्यसैले यस्तो पुरुषार्थ गर्नुपर्छ नि। यहाँ तिमी आउँछौ फेरि रिफ्रेश हुन। यसको नाम नै रहेको छ मधुबन। तिम्रो कलकत्ता वा मुम्बईमा कहाँ मुरली चलाइन्छ र। मधुबनमा नै मुरली बज्छ। मुरली सुन्नको लागि बाबाको पासमा आउनु पर्छ, रिफ्रेश हुन। नयाँ-नयाँ ज्ञानका प्वाइन्टहरू निस्किरहन्छन्। अगाडि बसेर सुन्दा त अनुभव गर्छौ, धेरै फरक पर्छ। पछि गएर धेरै पार्ट हेर्नु छ। बाबाले पहिला नै सबै सुनाइदिनु भयो भने त स्वादै रहँदैन। बिस्तारै-बिस्तारै इमर्ज हुँदै जान्छ। एक सेकेण्ड मिल्दैन दोस्रोसँग। बाबा आउनु भएको छ रूहानी सेवा गर्न त्यसैले बच्चाहरूको पनि कर्तव्य हुन्छ रूहानी सेवा गर्ने। कमसे कम यति त बताऊ बाबालाई याद गर अनि पवित्र बन। पवित्रतामा नै फेल हुन्छन् किनकि याद गर्दैनन्। तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। हामी बेहदका बाबाको अगाडि बसेका छौं, जसलाई कसैले पनि जान्दैन। ज्ञानका सागर उहाँ शिवबाबा नै हुनुहुन्छ। देहधारीबाट बुद्धियोग निकालिदिनुपर्छ। शिवबाबाको यो रथ हो। यिनको सम्मान राखेनौ भने धर्मराजद्वारा धेरै सजायँ खानु पर्नेछ। ठूलाबडालाई त सम्मान गर्नुपर्छ नि। आदिदेवको कति सम्मान राख्छन्। जड चित्रको त यति सम्मान छ भने चैतन्यको कति सम्मान राख्नु पर्ला? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
(१) आफूभित्र जाँच गरेर दैवी गुण धारण गर्नु छ। खराब बानीहरूलाई निकाल्नु पर्छ। प्रतिज्ञा गर्नु छ बाबा, हामीले कहिल्यै पनि खराब काम गर्ने छैनौं।

(२) कर्मातीत अवस्थालाई प्राप्त गर्नको लागि यादको रेस गर्नु छ। रूहानी सेवामा तत्पर रहनु छ। ठूलाबडालाई सम्मान गर्नु पर्छ।

वरदान:
सबै खजानालाई आफूप्रति र अरूप्रति प्रयोग गर्ने अखण्ड महादानी भव

जसरी बाबाको भण्डारा सदा चलिरहन्छ, सदा दिनुहुन्छ त्यस्तै तिम्रो पनि अखण्ड लंगर चलिरहोस् किनकि तिम्रो पासमा ज्ञानको, शक्तिहरूको, खुसीको भरपुर भण्डार छ। यसलाई साथमा राख्दा वा प्रयोग गर्दा कुनै खतरा छैन। यो भण्डारा खुलिरह्यो भने चोर आउँदैन। बन्द रह्यो भने चोर आउँछ। त्यसैले सदा आफ्ना लागि मिलेको खजानालाई हेर अनि आफूप्रति र अरूप्रति प्रयोग गर तब अखण्ड महादानी बन्छौ।

स्लोगन:
सुनेको कुरालाई मनन गर, मनन गर्नाले नै शक्तिशाली बन्छौ।