01.10.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी धेरै उच्च जातिका हौ , तिमी ब्राह्मणबाट देवता बन्नु छ त्यसैले फोहोरी विकारी बानीलाई मेटाइदिनु छ।

प्रश्न:
कुन कुराको सम्बन्ध यस पढाइसँग छैन?

उत्तर:
ड्रेस आदिको सम्बन्ध यस पढाइसँग छैन, यसमा कुनै ड्रेस चेन्ज गर्नु पर्ने कुरा छैन। बाबाले त आत्माहरूलाई पढाउनु हुन्छ। आत्माले जान्दछ यो पुरानो पतित शरीर हो, यसलाई साधारण कपडा लगाए पनि केही फरक पर्दैन। शरीर र आत्मा दुवै काला छन्। बाबाले कालोलाई नै गोरो बनाउनु हुन्छ।

ओम् शान्ति ।
रुहानी बाबाको सामुन्ने तिमी रुहानी बच्चाहरू बसेका छौ, रुहानी पाठशालामा। यो जिस्मानी पाठशाला होइन। रुहानी पाठशालामा रुहानी बाबा बसेर राजयोग सिकाइरहनु भएको छ रुहानी बच्चाहरूलाई। तिमी बच्चाहरूले जानेका छौ हामी फेरि नरबाट नारायण अथवा देवी-देवता पद प्राप्त गर्नको लागि रुहानी बाबासँग बसेका छौं। यो हो नयाँ कुरा। यो पनि तिमीले जानेका छौ लक्ष्मी-नारायणको राज्य थियो, उनीहरू डबल सिरताज थिए। लाइटको ताज र रत्न जडित ताज दुवै थिए। पहिला सुरूमा हुन्छ लाइटको ताज, जो आएर गएका छन्, उनीहरूलाई सेतो लाइट देखाउँछन्। यो हो पवित्रताको निशानी। अपवित्रलाई कहिल्यै लाइट देखाउँदैनन्। तिम्रो फोटोमा लाइट दिन सकिँदैन। त्यो लाइट पवित्रताको निशानी दिन्छन्। उज्यालो र अँध्यारो। ब्रह्माको दिन उज्यालो, ब्रह्माको रात अँध्यारो। अँध्यारो अर्थात् जसमा उज्यालो हुँदैन। तिमी बच्चाहरूले जानेका छौ बाबा नै आएर, जो पतित अर्थात् अन्धकारमा छन्, उनीहरूलाई पावन बनाउनु हुन्छ। अहिले त पवित्र राजधानी छैन। सत्ययुगमा थिए यथा राजा-रानी तथा प्रजा, सबै पवित्र थिए। यी लक्ष्मी-नारायणको राज्य थियो। यस चित्रमा तिमी बच्चाहरूले धेरै राम्रोसँग सम्झाउनु छ। यो हो तिम्रो लक्ष्य-उद्देश्य। सम्झाउनको लागि अरू पनि राम्रा चित्र छन्, त्यसैले यतिका चित्र राखिन्छन्। मनुष्यले कुनै झट्ट बुझ्दैनन्- हामी यस यादको यात्राद्वारा तमोप्रधानबाट सतोप्रधान बन्छौं, फेरि मुक्ति वा जीवनमुक्तिमा जान्छौं। दुनियाँमा कसैलाई थाहा छैन, जीवनमुक्ति केलाई भनिन्छ? लक्ष्मी-नारायणको राज्य कहिले थियो? यो पनि कसैलाई थाहा छैन। अहिले तिमीले जानेका छौ हामीले बाबाबाट पवित्रताको दैवी स्वराज्य लिइरहेका छौं। चित्रमा तिमीले राम्रोसँग सम्झाउन सक्छौ। यहाँ नै डबल शिरताज देवी-देवताको पूजा गरिन्छ। यस्तो चित्र सिँढीमा पनि छ। त्यो ताज छ तर लाइटको ताज छैन। पवित्रको नै पूजा हुन्छ। लाइट पवित्रताको निशानी हो। बाँकी यस्तो होइन, तख्तमा बस्ने बित्तिकै लाइट निस्कन्छ। होइन, यो पवित्रताको निशानी हो। तिमी अहिले पुरुषार्थी हौ, त्यसैले तिमीलाई लाइट दिन सकिँदैन। देवी-देवताहरूका आत्मा र शरीर दुवै पवित्र हुन्छन्। यहाँ त कसैको पवित्र शरीर छैन, त्यसैले लाइट दिन सकिँदैन। तिमीहरू मध्ये कोही त पूरा पवित्र रहन्छन्। कोही फेरि आधा पवित्र रहन्छन्। मायाका तूफान धेरै आउँछ। त्यसैले उनीहरूलाई आधा पवित्र भनिन्छ। कोही त एकदम पतित बन्छन्। स्वयं पनि सम्झन्छन् म पतित बनेको छु। आत्मा नै पतित बन्छ, उनीहरूलाई लाइट दिन सकिँदैन।

तिमी बच्चाहरूले यो बिर्सिनु हुँदैन हामी सर्वोच्च बाबाका सन्तान हौं, त्यसैले तिमीहरूमा कति रोयल्टी हुनुपर्छ। मानौं, कोही मेहतर छ, ऊ एम. एल. ए. वा एम. पी. बन्यो अथवा पढेर कुनै पोजिसन पायो भने टिपटप हुन्छ। यस्ता धेरै भएका छन्। जाति त्यही भए पनि, पोजिसन प्राप्त गरेपछि नशा चढ्छ। फेरि ड्रेस आदि पनि त्यस्तै लगाउँछन्। तिमीले पनि अहिले पढिरहेका छौ, पतितबाट पावन बन्नको लागि। उनीहरू पनि पढाइबाट डाक्टर, वकिल आदि बन्छन्। तर पतित त हुन् नि किनकि उनीहरूको पढाइ कुनै पावन बन्नको लागि होइन। तिमीले त जानेका छौ हामी भविष्यमा पवित्र देवी-देवता बन्छौं, त्यसैले शूद्रपनाको बानी मेटिदै जान्छ। भित्र यो नशा हुनुपर्छ, हामीलाई परमपिता परमात्माले डबल शिरताज बनाउनु हुन्छ। हामी शूद्रबाट ब्राह्मण बन्छौं, फेरि देवता बन्छौं अनि त्यो फोहोरी विकारी बानी मेटिन्छ। आसुरी चीजहरू सबै छोड्नुपर्छ। मेहतरबाट एम. पी. बनेपछि रहन-सहन भवन आदि सबै फस्टक्लास बन्छन्। उनीहरूको त हो यस समयको लागि। तिमीले जानेका छौ हामी भविष्यमा के बन्ने छौं। आफूसँग यस्ता-यस्ता कुरा गर्नुपर्छ। हामी के थियौं, हामी अहिले के बनेका छौं। तिमी पनि शूद्र जातिका थियौ, अहिले विश्वको मालिक बनिरहेका छौ। कसैले उच्च पद पाउँछ भने फेरि त्यो नशा रहन्छ। पहिले तिमी को थियौ? पतित थियौ। अहिले तिमीलाई भगवानले पढाएर बेहदको मालिक बनाउनु हुन्छ। यो पनि तिमीले जानेका छौ परमपिता परमात्मा अवश्य यहाँ नै आएर राजयोग सिकाउनु हुन्छ। मूलवतन वा सूक्ष्मवतनमा त सिकाउनुहुन्न। तिमी सबै दूरदेशका निवासी आत्माहरू हौ, यहाँ आएर पार्ट खेल्छौ। ८४ जन्मको पार्ट खेल्नु नै छ। उनीहरूले त भनिदिन्छन्, ८४ लाख योनिहरू। कति घोर अन्धकारमा छन्। अहिले तिमीले बुझेका छौ, ५ हजार वर्ष पहिले हामी देवी-देवता थियौं। अहिले त पतित बनेका छौं। गायन गर्छन् पनि हे पतित-पावन आउनुहोस्। हामीलाई पावन बनाउनुहोस्, तर बुझ्दैनन्। अहिले बाबा स्वयं पावन बनाउन आउनु भएको छ। राजयोग सिकाइरहनु भएको छ। पढाइ विना कुनै उच्च पद पाउन सकिँदैन। तिमीले जानेका छौ बाबाले हामीलाई पढाएर नरबाट नारायण बनाउनु हुन्छ। लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। प्रजा पद कुनै लक्ष्य-उद्देश्य होइन। लक्ष्मी-नारायणको चित्र पनि छ। यस्ता चित्र कहाँ राखेर पढाइन्छ होला! तिम्रो बुद्धिमा सारा ज्ञान छ। हामी ८४ जन्म लिएर पतित बनेका छौं। सिँढीको चित्र बडो राम्रो छ। यो पतित दुनियाँ हो नि, यसमा साधु सन्त सबै आउँछन्। उनीहरू स्वयंले पनि गाइरहन्छन्, पतित-पावन आउनुहोस् भनेर। पतित दुनियाँलाई पावन दुनियाँ भनिदैन। नयाँ दुनियाँ पावन दुनियाँ हो। पुरानो पतित दुनियाँमा कोही पावन रहन सक्दैन। त्यसैले तिमी बच्चाहरूलाई कति नशा हुनु पर्छ। हामी ईश्वरीय विद्यार्थी हौं, ईश्वरले हामीलाई पढाउनु हुन्छ। गरिबहरूलाई नै बाबा आएर पढाउनु हुन्छ। गरिबका कपडा आदि मैला हुन्छन् नि। तिम्रो आत्माले त पढ्छ। आत्माले जान्दछ यो पुरानो शरीर हो। यसलाई त कुनै पनि साधारण कपडा लगाए पनि फरक पर्दैन। यसमा कुनै ड्रेस आदि फेर्ने वा प्रदर्शन गर्ने कुरा छैन। ड्रेससँग कुनै सम्बन्ध छैन। बाबाले त आत्मालाई पढाउनु हुन्छ। शरीर त पतित छ, यसमा जति राम्रो कपडा लगाए पनि, आत्मा र शरीर त पतित नै छन्। कृष्णलाई कालो देखाउँछन् नि। उनको आत्मा र शरीर दुवै काला थिए। गाउँका अनाथ थिए, तिमीहरू सबै पनि अनाथ थियौ। दुनियाँमा मनुष्य सबै अनाथ छन्। बाबालाई चिनेकै छैनन्। हदका पिता त सबैका छन्। बेहदका बाबा तिमी ब्राह्मणहरूलाई नै मिल्नुभएको छ। अहिले बेहदका बाबाले तिमीलाई राजयोग सिकाइरहनु भएको छ। भक्ति र ज्ञान। भक्तिको अन्त्य भएपछि मात्र फेरि बाबा आएर ज्ञान दिनुहुन्छ। अहिले हो अन्त्य। सत्ययुगमा यो केही पनि हुँदैन। अब पुरानो दुनियाँको विनाश हुने छ। पावन दुनियाँलाई स्वर्ग भनिन्छ। चित्रहरूमा कति स्पष्ट गरेर सम्झाइन्छ। राधा कृष्ण नै फेरि लक्ष्मी-नारायण बन्छन्। यो पनि कसैलाई थाहा छैन। तिमीले जानेका छौ दुवै अलग अलग राजधानीका थिए। तिमीले स्वर्गको स्वयंवर पनि देखेका छौ। पाकिस्तानमा तिमी बच्चाहरूलाई बहलाउनको लागि सबै संगीत सामग्री थिए, तिमीहरूलाई सबै साक्षात्कार हुन्थ्यो।

तिमीले जानेका छौ अहिले हामीले राजयोग सिकिरहेका छौं, यो भुल्नु हुँदैन। भान्साको काम गरे पनि अथवा भाँडा माझे पनि पढ्ने त सबैको आत्माले हो नि। यहाँ सबै आएर बस्छन्, त्यसैले ठूला ठूला मानिसहरू आउँदैनन्, सम्झन्छन् यहाँ त सबै गरिब मात्र छन्, त्यसैले लाज लाग्छ। बाबा त हुनुहुन्छ नै गरिब निवाज। कुनै कुनै सेवाकेन्द्रमा मेहतर पनि आउँछन्। कुनै मुसलमान पनि आउँछन्। बाबा भन्नुहुन्छ देहका सबै धर्म छोड। म गुजराती हुँ, म फलानो हुँ, यो सबै देह अभिमान हो। यहाँ त आत्माहरूलाई परमात्माले पढाउनु हुन्छ। बाबा भन्नुहुन्छ म आएको पनि छु साधारण तनमा। त्यसैले साधारणको पासमा साधारण नै आउँछन्। यो त जानेका छन् यी त जौहरी थिए। बाबा स्वयं सम्झाउनु हुन्छ कल्प पहिले पनि मैले भनेको थिएँ, म साधारण वृद्ध तनमा आउँछु। धेरै जन्मको अन्त्यको पनि अन्तिम जन्ममा मैले प्रवेश गर्छु। यिनलाई भन्छु तिमीले आफ्नो जन्मलाई जान्दैनौ। केवल एउटा अर्जुनलाई मात्रै त घोडा गाडीको रथमा बसेर ज्ञान दिएको थिइनँ, त्यसलाई पाठशाला भनिदैन। न युद्धको मैदान हो, यो त पढाइ हो। बच्चाहरूले पढाइलाई पूरा ध्यान दिनुपर्छ। पूरा पढेर हामी डबल शिरताज बन्नु छ। अहिले कुनै ताज छैन। भविष्यमा डबल ताजधारी बन्नु छ। द्वापरदेखि लाइट हट्छ, अनि फेरि सिंगल ताज रहन्छ। सिंगल ताज भएकाले डबल ताज भएकालाई पुज्छन्। यो निशानी पनि अवश्य हुनुपर्छ। बाबाले चित्रहरूको लागि निर्देशन दिइरहनु हुन्छ। त्यसैले चित्र बनाउनेहरूले मुरलीमा धेरै ध्यान दिनुपर्छ। चित्रहरूमा कसैलाई पनि सम्झाउन धेरै सहज हुन्छ। जसरी कलेजमा नक्सामा देखाएपछि बुद्धिमा आउँछ। युरोप त्यतातीर छ, आयरल्यान्ड त्यतातीर छ, लण्डन त्यतातीर छ। नक्सा नै देखेको छैन भने उसलाई के थाहा युरोप कहाँ छ। नक्सा देखेपछि झट्ट बुद्धिमा आउँछ। अहिले तिमीले जानेका छौ माथि छन् पूज्य डबल शिरताज देवी-देवताहरू। फेरि तल आउँछन् अनि पुजारी बन्छन्। सिँढी झर्छन् नि। यो सिँढी त बडो सहज छ, जुन जसले पनि बुझ्न सक्छ। तर कसै-कसैको बुद्धिमा बस्दै बस्दैन। भाग्य नै त्यस्तो हुन्छ। विद्यालयमा पास, फेल त हुन्छन् नै। भाग्यमा नै छैन भने पुरुषार्थ पनि हुँदैन, बिरामी हुन्छन्। पढ्न सक्दैनन्। कसैले त पूरा पढ्छन्। तर फेरि त्यो हो जिस्मानी पढाइ, यो हो रुहानी पढाइ। यसको लागि सुनको बुद्धि चाहिन्छ। बाबा, जो सदा पवित्र हुनुहुन्छ, उहाँलाई याद गर्नाले तिम्रो आत्मा सुन बन्छ। भनिन्छ, यो त एकदम पत्थर बुद्धिजस्तै छ। त्यहाँ यस्तो भनिदैन। त्यो त स्वर्ग थियो। यो भुलेका छन्, भारत स्वर्ग थियो। यो पनि कहीँ प्रदर्शनीमा सम्झाउन सक्छौ, फेरि दोहोर्याउन पनि सक्छौ। प्रोजेक्टरमा यो हुन सक्दैन। सबै भन्दा पहिले त यी त्रिमूर्ति, लक्ष्मी-नारायण र सिँढीको चित्र धेरै जरुरी छन्। यो लक्ष्मी-नारायणको चित्रमा सारा ८४ जन्मको ज्ञान आउँछ। बच्चाहरूको सारा दिन यही चिन्तन चल्नुपर्छ। हरेक सेवाकेद्रमा मुख्य चित्र त अवश्य राख्नु छ। चित्रमा राम्ररी बुझ्न सक्छन्। ब्रह्माद्वारा यो राजधानी स्थापना भइरहेको छ। हामी प्रजापिता ब्रह्माका बच्चाहरू ब्रह्माकुमार-कुमारी हौं। पहिले हामी शूद्र वर्णका थियौं, अहिले हामी ब्राह्मण वर्णका बनेका छौं फेरि देवता बन्नु छ। शिवबाबाले हामीलाई शूद्रबाट ब्राह्मण बनाउनु हुन्छ। हाम्रो लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। यी लक्ष्मी-नारायण स्वर्गका मालिक थिए फेरि कसरी यिनीहरू सिँढी झरे। केबाट के बन्छन्! एकदम बुद्धू जस्तै बन्छन्। यी लक्ष्मी-नारायणले यहाँ राज्य गर्दथे। यिनीहरूलाई थाहा हुनुपर्ने हो नि। फेरि के भयो, कहाँ गए? के यिनीहरूमाथि कसैले विजय पायो? यिनीहरूले लडाईंमा कसैलाई हराए? न कसैलाई जिते, न हारे। यो त सारा मायाको कुरा हो। रावण राज्य सुरू भयो अनि ५ विकारमा गिरेर राजाई गुमाए, फेरि ५ विकारमाथि विजय प्राप्त गरेपछि त्यो बन्छन्। अहिले छ रावण राज्यको आडम्बर। हामीले गुप्त तरिकाले आफ्नो राजधारी स्थापना गरिरहेका छौं। तिमी कति साधारण छौ। पढाउने पनि कति सर्वोच्च हुनुहुन्छ। निराकार बाबा पतित शरीरमा आएर बच्चाहरूलाई यस्ता (लक्ष्मी-नारायण) बनाउनु हुन्छ। दूरदेशबाट पतित दुनियाँ, पतित शरीरमा आउनु हुन्छ। आफूलाई लक्ष्मी-नारायण बनाउनु हुन्न, तिमी बच्चाहरूलाई बनाउनु हुन्छ। तर पूरा पुरुषार्थ गर्दैनौ बन्नको लागि। दिन-रात पढ्नु र पढाउनु छ। बाबाले दिन-प्रतिदिन धेरै सहज युक्तिहरू सम्झाइरहनु हुन्छ। लक्ष्मी-नारायणबाट नै सुरू गर्नुपर्छ। उनले ८४ जन्म कसरी लिए? फेरि अन्तिम जन्ममा पढिरहेका छन्, फेरि उनीहरूको राजवंश बन्छ। कति सम्झाउनुपर्ने कुरा छन्। चित्रको लागि बाबा निर्देशन दिनुहुन्छ। कुनै चित्र तयार गरेर झट्ट बाबाको पासमा दौडेर आउनु पर्छ। बाबाले सुधार्नको लागि सबै निर्देशन दिनुहुन्छ।

बाबा भन्नुहुन्छ म सांवलशाह हुँ, हुण्डी भरिन्छ। कुनै कुराको पर्बाह छैन। यति धेरै बच्चाहरू बसेका छन्। बाबा जान्नुहुन्छ कसबाट हुण्डी भराउन सकिन्छ। बाबाको विचार छ, जयपुरलाई जोडसँग उठाउनु छ। त्यहीँ हठयोगीहरूको म्युजियम छ। तिम्रो फेरि राजयोगको म्युजियम यस्तो राम्रो बनाइयोस्, जसलाई सबैले आएर देखून्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) पवित्र ज्ञानलाई बुद्धिमा धारण गर्नको लागि आफ्नो बुद्धिरूपी बर्तन सुनको बनाउनु छ। यादद्वारा नै बर्तन सुनको बन्छ।

२) अहिले ब्राह्मण बनेका छौ, त्यसैले शूद्रपनका सबै बानी मेटाइदिनु छ। धेरै रोयल्टीसँग रहनु छ। हामी विश्वको मालिक बनिरहेका छौं, यस नशामा रहनु छ।

वरदान:
आफ्नो दृष्टि र वृत्तिको परिवर्तनद्वारा सृष्टि परिवर्तन गर्ने साक्षात्कारमूर्त भव

आफ्नो वृत्तिको परिवर्तनद्वारा दृष्टिलाई दिव्य बनायौ भने दृष्टिद्वारा अनेक आत्माहरूले आफ्नो यथार्थ रूप, यथार्थ घर तथा यथार्थ राजधानी देख्नेछन्। यस्तो यथार्थ साक्षात्कार गराउनको लागि वृत्तिमा अलिकति पनि देह-अभिमानको चंचलता नहोस्। त्यसैले वृत्तिको सुधारद्वारा दृष्टि दिव्य बनाऊ अनि यो सृष्टि परिवर्तन हुन्छ। देख्नेहरूले अनुभव गर्नेछन् यो नयन होइन, यो त एक जादूको डिब्बा हो। यी नयन साक्षात्कारको साधन बन्छन्।

स्लोगन:
सेवाको उमंग उत्साहको साथै बेहदको वैराग्य वृत्ति नै सफलताको आधार हो।