01.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आफूमाथि पूरा नजर राख , कुनै पनि बेकाइदाको चलन नहोस् , श्रीमतको उल्लंघन गर्नाले गिर्नेछौ।

प्रश्न:
पद्मापद्मपति बन्नको लागि कुनचाहिँ होशियारी चाहिन्छ?

उत्तर:
सदैव ध्यान रहोस् जस्तो कर्म मैले गर्छु मलाई देखेर अरूले पनि गर्नेछन्। कुनै पनि कुराको मिथ्या अहंकार नआओस्। मुरली कहिल्यै पनि मिस नहोस्। मनसा-वाचा-कर्मणा आफ्नो सम्हाल गर। यी आँखाले धोका नदिऊन् तब पद्मौंको कमाइ जमा गर्न सक्छौ। यसको लागि अन्तर्मुखी भएर बाबालाई याद गर अनि विकर्मबाट बचिराख।

ओम् शान्ति ।
रूहानी बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ, यहाँ तिमी बच्चाहरूलाई यो विचारसहित अवश्य बस्नुपर्छ उहाँ, बाबा पनि, टिचर पनि र सद्गुरु पनि हुनुहुन्छ। यो पनि महसुस गर्छौ बाबालाई याद गर्दै-गर्दै पवित्र बनेर, पवित्रधाममा पुग्छौं। बाबाले सम्झाउनु भएको छ पवित्रधामबाट तिमी तल उत्रन्छौ। त्यसको नाम नै हो पवित्रधाम। सतोप्रधानबाट, सतो, रजो, तमो... अहिले तिमीले सम्झन्छौ हामी तल गिरेका छौं अर्थात् वेश्यालयमा छौं। हुन त तिमी संगमयुगमा छौ, तर ज्ञानद्वारा तिमीलाई थाहा छ हामीले किनारा गरेका छौं फेरि पनि यदि हामी शिवबाबाको यादमा रह्यौं भने शिवालय टाढा छैन। शिवबाबाको याद गरेनौ भने त शिवालय धेरै टाढा छ। सजाय खानुपर्यो भने त धेरै टाढा हुन्छ। त्यसैले बाबा बच्चाहरूलाई धेरै मेहनत दिनुहुन्न। एक त सधैं भन्नुहुन्छ मनसा-वाचा-कर्मणा पवित्र बन्नु छ। यी आँखाले पनि धेरै धोका दिन्छन्, यसलाई धेरै सम्हाल गरेर चल्नुपर्छ। बाबाले सम्झाउनु भएको छ ध्यान र योग बिलकुल अलग हुन्। योग अर्थात् याद। आँखा खुलै राखेर पनि तिमी याद गर्न सक्छौ। ध्यानलाई कुनै योग भनिदैन। भोग लिएर जाँदा पनि निर्देशन अनुसार नै जानुपर्छ। यसमा माया पनि धेरै आउँछ। माया यस्तो छ जसले एकदम नाकमा दम चढाइदिन्छ। जसरी बाबा बलवान हुनुहुन्छ, त्यस्तै माया पनि धेरै बलवान छ। यति बलवान छ जसले सारा दुनियाँलाई वेश्यालयमा धकेलिदिएको छ। त्यसैले यसमा धेरै होशियारी राख्नुपर्छ। बाबाको काइदा अनुसारको याद चाहिन्छ। विना काइदा कुनै काम गरियो भने एकदम गिराइदिन्छ। ध्यान आदिको कहिल्यै कुनै इच्छा राख्नु छैन। इच्छामात्रम् अविद्या... बाबा तिम्रा सबै मनोकामना नमागिकनै पूरा गरिदिनुहुन्छ, यदि बाबाको आज्ञामा चल्यौ भने। यदि बाबाको आज्ञा नमानिकन उल्टो मार्ग लियौ भने त हुन सक्छ स्वर्गको सट्टा नर्कमा नै गिरिरहन्छौ। गायन पनि छ गजलाई ग्राहले खायो। धेरैलाई ज्ञान दिनेवाला, भोग लगाउनेवाला आज कहाँ छन् र किनकि बेकाइदामा चलेका हुनाले पूरै मायावी बनेर जान्छन्। देवता बन्दा-बन्दै राक्षस बन्छन्। बाबालाई थाहा छ धेरै पुरुषार्थी जो देवता बन्नेवाला थिए उनीहरू असुर बनेर असुरहरूको साथमा रहन्छन्। विश्वासघाती बन्छन्। बाबाको बनेर फेरि मायाको बनेर जान्छन्, उनीहरूलाई ट्रेटर भनिन्छ। आफूमाथि नजर राख्नुपर्छ। श्रीमतको उल्लंघन गर्यो भने गिर्यो। थाहै हुँदैन। बाबा त बच्चाहरूलाई सावधान गर्नुहुन्छ कुनै यस्तो चलन नहोस् जसकारण रसातलमा पुगियोस्।

हिजति पनि बाबाले सम्झाउनु भयो धेरै गोपहरू छन् आपसमा कमिटी आदि बनाउँछन्, जे-जति गर्छन्, श्रीमतको आधार विना गर्छन् भने सेवामा डिससर्भिस हुन्छ। विना श्रीमत गरे भने गिर्दै जान्छन्। बाबाले सुरुमा कमिटी बनाउनु भएको थियो तब माताहरूको बनाउनु भएको थियो किनकि कलश त माताहरूलाई नै मिल्छ। वन्दे मातरम् गाइएको छ नि। यदि गोपहरूले कमिटी बनाए भने वन्दे गोप त गायन छैन। श्रीमतमा छैनन् भने मायाको जालमा फँस्छन्। बाबाले माताहरूको कमिटी बनाउनु भयो, उनीहरूमा सबै कुरा अर्पण गर्नुभयो। प्राय: पुरुष कंगाल बन्छन्, स्त्रीहरू होइन। त्यसैले बाबा पनि कलश माताहरूमाथि राख्नुहुन्छ। यस ज्ञानमार्गमा माताहरू पनि कंगाल बन्न सक्छन्। पद्मापद्म भाग्यशाली जो बन्नेवाला छन्, उनीहरू मायासँग हार खाएर बन्न पुग्छन्। यसमा स्त्री-पुरुष दुवै कंगाल बन्न सक्छन् र बन्छन् पनि। कतिले हार खाएर जान्छन् भने कंगाल भए नि। बाबा सम्झाउनु हुन्छ भारतवासीहरू त पूरा कंगाल बनेका छन्। माया कति बलवान छ। जसकारण बुझ्न सक्दैनन् हामी के थियौं, कहाँबाट एकदम तल गिर्यौं। यहाँ पनि माथि चढ्दा-चढ्दै श्रीमतलाई भुलेर आफ्नो मतमा चल्छन् भने कंगाल बन्छन्। उनीहरू त कंगाल बन्छन् फेरि ५-७ वर्षपछि खडा हुन्छन्। यहाँ त ८४ जन्मको लागि कंगाल बन्छन्। उच्च पद पाउन सक्दैनन्। कंगाल बनि नै रहन्छन्। बाबाको पासमा फोटो हुने हो भने बताउनुहुन्थ्यो। तिमीले भन्छौ बाबा त बिलकुल ठीक भन्नुहुन्छ। ऊ कति ठूलो महारथी थियो, धेरैलाई उठाउँथ्यो। आज छैन। कंगाल बनेको छ। बाबा घरी-घरी बच्चाहरूलाई सावधान गराइरहनु हुन्छ। आफ्नो मतमा कमिटी बनाउनु यसमा केही फाइदा छैन। आपसमा मिलेर व्यर्थ कुरा गर्नु, यसले यसो गर्थ्यो, फलानो यस्तो गर्थ्यो.... सारा दिन यही गर्दै रहन्छन्। बाबासँग बुद्धियोग लगायौ भने नै सतोप्रधान बन्छौ। बाबाको बन्यौ तर बाबासँग योग छैन भने घरी-घरी गिर्दै रहन्छौ। कनेक्शन नै टुट्छ। लिंक टुट्यो भने आत्तिनु हुँदैन। मायाले हामीलाई यति हैरान किन गर्छ? कोसिस गरेर बाबासँग लिंक जोड्नुपर्छ। नत्र ब्याट्री चार्ज कसरी हुन्छ? विकर्म भएपछि ब्याट्री डिस्चार्ज हुन पुग्छ। सुरुमा कति धेरै आएर बाबाको बने। भट्ठीमा आए फेरि आज कहाँ छन् र। गिरे किनकि पुरानो दुनियाँ याद आयो। अहिले बाबा भन्नुहुन्छ मैले तिमीलाई बेहदको वैराग्य दिलाउँछु, यस पुरानो दुनियाँसँग दिल नलगाऊ। दिल स्वर्गसँग लगाउनु छ। यदि यस्तो लक्ष्मी-नारायण बन्नु छ भने मेहनत गर्नुपर्छ। बुद्धियोग एक बाबाको साथमा हुनुपर्छ। पुरानो दुनियाँबाट वैराग्य। सुखधाम र शान्तिधामलाई याद गर। जति हुन सक्छ उठ्दा, बस्दा, चल्दा, घुम्दा बाबालाई याद गर। यो त बिलकुलै सहज छ। तिमी यहाँ आएका छौ नै नरबाट नारायण बन्नको लागि। सबैलाई भन्नु छ अब तमोप्रधानबाट सतोप्रधान बन्नु छ किनकि वापसी यात्रा हुन्छ। विश्वको इतिहास भूगोल रिपीट हुन्छ अर्थात् नर्कबाट स्वर्ग, फेरि स्वर्गबाट नर्क हुन्छ। यो चक्र घुमिरहन्छ।

बाबाले भन्नुभएको छ यहाँ स्वदर्शन चक्रधारी भएर बस। यसै यादमा बस हामीले कति पटक चक्र लगाएका छौं। अहिले फेरि हामी देवता बनिरहेका छौं। दुनियाँमा कसैले पनि यस रहस्यलाई बुझ्दैन। यो ज्ञान देवताहरूलाई छैन। उनीहरू त हुन्छन् नै पवित्र। उनीहरूमा ज्ञान नै छैन जसले गर्दा शंख बजाऊन्। उनीहरू पवित्र हुन्छन्, उनीहरूलाई यो निशानी दिने आवश्यकता छैन। निशानी तब हुन्छ जब दुवै सँगै हुन्छन्। तिमीलाई पनि निशानी छैन किनकि तिमी आज देवता बन्दा-बन्दै भोलि असुर बन्छौ। बाबाले देवता बनाउनु हुन्छ, मायाले असुर बनाइदिन्छ। बाबाले जब सम्झाउनु हुन्छ तब थाहा हुन्छ वास्तवमा हाम्रो अवस्था गिरेको छ। कति बिचराहरूले शिवबाबाको खजानामा जम्मा गराउँछन् फेरि मागेर असुर बन्छन्। यसमा सारा कमी योगको नै छ। योगद्वारा नै पवित्र बन्नु छ। बोलाउँछौ पनि बाबा आउनुहोस्, हामीलाई पतितबाट पावन बनाउनुहोस्, जसकारण हामी स्वर्गमा जान सकौं। यादको यात्रा हो नै पावन बनेर उच्च पद पाउनको लागि, तर कति चल्दा-चल्दै मर्छन्, फेरि पनि जति सुनेका छन्, शिवालयमा आउने छन् अवश्य। हुन सक्छ पद जस्तो पनि पाऊन्। एक पटक याद गर्यौ भने स्वर्गमा अवश्य आउने छौ। बाँकी उच्च पद पाउन सक्दैनौ। स्वर्गको नाम सुनेर खुशी हुनुपर्छ। फेल भएर पाइ-पैसाको पद पायो, यसमा खुशी भइहाल्नु हुँदैन। विचार त चल्छ नि म नोकर हुँ। अन्त्यमा तिमीलाई सबै साक्षात्कार हुन्छ म के बन्छु, मबाट के विकर्म भएको छ, जसकारण यस्तो हालत भयो। म महारानी किन बनिनँ। कदम-कदममा होशियारीसँग चल्यौ भने तिमी पद्मा-पद्मपति बन्न सक्छौ। मन्दिरमा देवताहरूलाई पद्मको निशानी देखाउँछन्। दर्जामा फरक पर्छ। आजको राजाईको कति प्रभाव रहन्छ! हुन त अल्पकालको हो। सदाकालको राजा त बन्न सक्दैनन्। अहिले बाबा भन्नुहुन्छ तिमीलाई लक्ष्मी-नारायण बन्नु छ भने पुरुषार्थ पनि यस्तो चाहिन्छ। मैले कति अरूको कल्याण गर्छु? अन्तर्मुखी भएर कति समय बाबाको यादमा रहन्छु? अब हामी गइरहेका छौं आफ्नो स्वीट होममा। फेरि आउने छौं सुखधाममा। यो सबै ज्ञानको मन्थन भित्र चलिरहोस्। बाबामा ज्ञान र योग दुवै छ। तिमीमा पनि हुनुपर्छ। जानेका छौ हामीलाई शिवबाबाले पढाउनु हुन्छ, यसमा ज्ञान पनि भयो र याद पनि भयो। ज्ञान र योग दुवै साथ-साथ चल्छ। यस्तो होइन, योगमा बस, बाबालाई याद गरिराख र ज्ञानलाई बिर्स। बाबाले योग सिकाउनु हुन्छ भने ज्ञान किन भुल्छौ? सारा ज्ञान उहाँमा रहन्छ। तिमी बच्चाहरूमा पनि ज्ञान हुनुपर्छ। पढ्नुपर्छ। जस्तो कर्म मैले गर्छु मलाई देखेर अरूले पनि गर्नेछन्। मैले मुरली पढिनँ भने अरूले पनि पढ्छैनन्। मिथ्या अहंकार आयो भने मायाले झट्ट आक्रमण गरिदिन्छ। कदम-कदममा बाबासँग श्रीमत लिइरहनु छ। नत्र केही न केही विकर्म हुन पुग्छ। धेरै बच्चाहरूले भूल गरेर बाबालाई बताउँदैनन् भने आफ्नो सत्यानाश गरिदिन्छन्। लापर्बाही भयो भने मायाले थप्पड लगाइदिन्छ। कौडी समान बनाइदिन्छ। अहंकारमा आउनाले मायाले धेरै विकर्म गराउँछ। यस्ता-यस्ता पुरुषहरूको कमिटी बनाऊ यस्तो बाबाले कहाँ भन्नुभएको छ र! कमिटीमा एक-दुई जना समझदार बच्चीहरू अवश्य हुनुपर्छ। जसको सल्लाह अनुसार नै काम होस्। कलश त लक्ष्मीमाथि राखिन्छ नि। गायन पनि छ, अमृत पिलाउँथे फेरि कहाँ यज्ञमा विघ्न गर्थे। अनेक प्रकारका विघ्न गर्नेहरू छन्। सारा दिन यही व्यर्थ कुरा गरिरहन्छन्। यो धेरै खराब हो। कुनै पनि कुरा भयो भने बाबालाई रिपोर्ट गर्नुपर्छ। सुधार्नेवाला त एकै बाबा हुनुहुन्छ। तिमीले आफ्नो हातमा कानुन नउठाऊ। तिमी बाबाको यादमा बस। सबैलाई बाबाको परिचय दिइरह्यौ भने यस्तो बन्न सक्छौ। माया धेरै कडा छ। कसैलाई छोड्दैन। सदैव बाबालाई समाचार लेख्नुपर्छ। निर्देशन लिइरहनु पर्छ। मिल्न त निर्देशन सदैव मिलिरहन्छ। यसो त बच्चाहरूले सम्झन्छन् बाबाले यस कुरामा आफैं सम्झाइदिनु भयो, बाबा त अन्तर्यामी हुनुहुन्छ। बाबा भन्नुहुन्छ होइन। मैले त ज्ञान सुनाउँछु। यसमा अन्तर्यामीको कुरै छैन। हो, जान्छु, यी सबै मेरा बच्चाहरू हुन्। हरेक शरीरभित्र मेरा बच्चाहरू छन्। बाँकी यस्तो होइन बाबा सबैभित्र विराजमान हुनुहुन्छ। मनुष्यले त उल्टो नै बुझ्छन्। बाबा भन्नुहुन्छ म जान्छु सबै तख्तमा आत्मा विराजमान छ। यो त कति सजिलो कुरा छ। सबै चैतन्य आत्माहरू आ-आफ्नो तख्तमा बसेका छन् फेरि पनि परमात्मालाई सर्वव्यापी भनिदिन्छन्, यो एउटा पहिलो भूल हो। यसै कारण भारत यति गिरेको छ। बाबा भन्नुहुन्छ तिमीले मेरो धेरै ग्लानि गरेका छौ। विश्वको मालिक बनाउनेलाई तिमीले गालि दिएका छौ, त्यसैले बाबा भन्नुहुन्छ यदा यदा हि....। विदेशीले यो सर्वव्यापीको ज्ञान भारतवासीबाट सिक्छन्। जसरी भारतवासीहरूले उनीहरूबाट सीप सिक्छन् उनीहरूले फेरि उल्टो सिक्छन्। तिमीले एक बाबाको याद गर्नु छ र बाबाको परिचय पनि सबैलाई दिनु छ। तिमी अन्धाहरूको लट्ठी हौ। लट्ठीले बाटो देखाउँछन् नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाबाको आज्ञा अनुसार हर कार्य गर्नु छ। कहिल्यै पनि श्रीमतको उल्लंघन नहोस् तब नै सबै मनोकामना नमागी पूरा हुन्छन्। ध्यान, साक्षात्कारको इच्छा राख्नु छैन, इच्छा मात्रम् अविद्या बन्नु छ।

२) आपसमा मिलेर एक अर्काको परचिन्तन गर्नु हुँदैन। अन्तर्मुखी भएर आफ्नो जाँच गर्नु छ म बाबाको यादमा कति समय रहन्छु, भित्र ज्ञानको मन्थन चल्छ?

वरदान:
बिन्दु रूपमा स्थित भएर अरूलाई पनि ड्रामाको बिन्दुको स्मृति दिलाउने विघ्न-विनाशक भव

जुन बच्चाले कुनै पनि कुरामा प्रश्न गर्दैन, सदा बिन्दु रूपमा स्थित भएर हरेक कार्यमा अरूलाई पनि ड्रामाको बिन्दु स्मृति दिलाउँछ, उसलाई विघ्न-विनाशक भनिन्छ। उसले अरूलाई पनि समर्थ बनाएर सफलताको मंजिलको समीप पुर्याउँछ। ऊ हदको सफलताको प्राप्तिलाई देखेर खुशी हुँदैन, बेहदको सफलतामूर्त हुन्छ। सदा एकरस, एक श्रेष्ठ स्थितिमा स्थित रहन्छ। उसले आफ्नो सफलताको स्व-स्थितिद्वारा असफलतालाई पनि परिवर्तन गरिदिन्छ।

स्लोगन:
आशीर्वाद लेऊ, आशीर्वाद देऊ अनि धेरै चाडै मायाजीत बन्ने छौ।