02.01.2019          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यस पुरुषोत्तम संगमयुगमा पुरुषोत्तम बन्ने पूरा-पूरा पुरुषार्थ गर , जति हुन सक्छ याद र पढाइमा ध्यान देऊ।

प्रश्न:
तिमी बच्चाहरू धेरै ठूलो व्यापारी हौ, तिमीहरूले सधैं कुन कुरामा ध्यान दिएर विचार गर्नु पर्छ?

उत्तर:
सधैं घाटा र फाइदाको बारेमा विचार गर। यदि यसमा विचार गरेनौ भने प्रजामा दास-दासी बन्नु पर्नेछ। बाबा २१ जन्मको राजाईको जुन वर्सा दिनु हुन्छ त्यसलाई गुमाइ दिनेछौ, त्यसैले बाबासँग पूरा व्यापार गर्नु छ। बाबा हुनु हुन्छ दाता, तिमी बच्चाहरू सुदामा समान चामल मुठ्ठी दिन्छौ र विश्वको बादशाही लिन्छौ।

ओम् शान्ति।
बच्चाहरू यहाँ बसेका छन्। यो स्कुल हो। यो कुनै सत्सङ्ग होइन। महन्त, ब्राह्मण वा कोही संन्यासी सम्मुख बसेका छैनन्। स्वामी रिसाउँछन् कि भनेर डराउनु पर्नेकुनै कुरा छैन। भक्तिमार्गमा जब कोही साधु-संन्यासीलाई घरमा बोलाउँदा उनको पाउ धोएर पिउँछन्, यहाँ त बाबा हुनु हुन्छ नि। घरमा बच्चाहरू कहिले पितासँग डराउँछन् र! तिमी त साथमा खान्छौ-पिउँछौ-खेल्छौ। संन्यासी, गुरु आदिसँग के यस्तो गर्छन् र? त्यहाँ त सारा दिन गुरुजी, गुरुजी भनिरहन्छन्। यहाँ त यस्तो गर्नु पर्दैन। यहाँ त पिता हुनु हुन्छ। गुरुबाट आफ्नो वर्सा, शिक्षकबाट आफ्नो वर्सा मिल्छ। पितासँग त सम्पत्ति मिल्छ। बच्चा जन्म्यो, अधिकारी बन्यो। यहाँ पनि बाबाको बच्चा बन्यौं, बाबालाई चिन्यौं, पुग्यो। हामी स्वर्गको मालिक हुन्छौं। बाबा हुनु हुन्छ नै स्वर्गका रचयिता। यी लक्ष्मी-नारायणले स्वर्गको राजाई कसरी र कहाँबाट लिए? यो कुरा कसैले पनि जानेका छैनन्। तिमीलाई थाहा छ हामी त्यो थियौं फेरि बनिरहेका छौं। मनुष्य त यी को हुन्, हामी कसलाई पुज्दछौं यो कुरा केही पनि ख्याल गर्दैनन्। शिवको मन्दिरमा गएर केवल पानी (लोटा) चढाएर आउँछन् केही पनि जान्दैनन्। तिमीलाई अब महसुस हुन्छ, हामी यो मुत्युलोकको शरीर छोडेर अमरलोकमा जानेछौं। प्राप्ति कति ठूलो छ। भक्तिमार्गमा केही पनि प्राप्ति छैन। बाबाले स्वयं पनि भन्छन् मैले १२ गुरु बनाएँ। अहिले थाहा भयो, त्यो समय त व्यर्थ गयो। अझै तल उत्रिदै गएँ। तर यो पनि ड्रामामा निश्चित थियो। हाम्रो कसैसँग पनि दुश्मनी छैन। हाम्रो एक बाबासँग नै प्रीत छ। तिमी जब भित्र क्लासमा आउँछौ तब यी चित्रहरूलाई देखेर खुशी हुनु पर्छ, हामी पढेर यो बनिरहेका छौं। तिमीलाई थाहा छ यो राजधानी कसरी स्थापना हुन्छ? बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू अलमलमा नपर। बाबाले यति राम्ररी सम्झाउनु हुन्छ फेरि पनि आश्चर्यवत् सुनन्ती, कथन्ती, भागन्ती हुन्छन्। मायाको बन्छन्, उनलाई भनिन्छ विश्वासघाती, जो एक राजधानीबाट निस्केर अर्को राजधानीको बन्छन्। बाबा कति राम्ररी पुरुषार्थ गराउनु हुन्छ। भक्तिमार्गमा कति भट्किन्छन्। दान-पुण्य, तीर्थ, व्रत-नियम आदि धेरै गर्छन्। ठीक छ, साक्षात्कार नै भए पनि के भयो त? चढ्ती कला त हुँदै भएन, अझै उतरती कला भयो। तिम्रो दिन प्रतिदिन चढ्ती कला छ। बाँकी सबैको छ उतरती कला। गुरुहरूले भन्छन् पनि ज्ञान ब्रह्माको दिन हो, भक्ति ब्रह्माको रात हो। ज्ञान र भक्तिमा रात दिनको फरक छ। ज्ञानबाट सुख मिल्छ, बाबा कति सहज सम्झाउनु हुन्छ तिमी नै विश्वको मालिक थियौ फेरि तिमी नै तल उत्रिदै आयौ। अब बाबा भन्नुहुन्छ केवल आफूलाई आत्मा सम्झ। आत्मा अविनाशी हो। आत्माले भन्छ हे अविनाशी बाबा! हामीलाई आएर पावन बनाउनु होस्, यसमा मुक्ति-जीवनमुक्ति सबै आउँछ। तिमी अहिले सम्झन्छौ भक्तिमा हामी केही पनि जान्दैनथ्यौं। खोजिरहन्थ्यौं। हे भगवान् दया गर्नुहोस् भनेर गाइरहन्थ्यौं। भगवान् भन्नाले त्यति स्वाद (टेस्ट) आउँदैन, वर्सा याद आउँदैन। तिमी जब भन्छौ सबै भन्दा उँच शिवबाबा तब तुरून्तै वर्सा याद आउँछ। अहिले तिमीले बुझेका छौ यो रावण राज्य हो। रामराज्य हुन्छ सत्ययुगमा। अहिले त कलियुग हो। सत्ययुगमा धेरै कम मनुष्य थिए। एउटै आदि सनातन धर्म थियो। सुख-शान्ति थियो। यहाँ मनुष्य शान्तिको लागि भट्किइरहन्छन्। कति खर्च गर्छन् सम्मेलन आदिमा। तिमी उनलाई लेख्न सक्छौ शान्तिका सागर, पवित्रताका सागर, सम्पत्तिको पनि उहाँ सागर हुनु हुन्छ। सबै कुरा उहाँबाट मिल्छ। अहिले तिमीलाई थाहा छ सत्ययुगमा हामी धेरै धनवान् थियौं। विश्वमा शान्ति त त्यहाँ थियो। बाँकी आत्माहरूलाई शान्ति हुन्छ परमधाम घरमा। विश्वमा हामी एक्लै थियौं, त्यतिबेला सुख-शान्ति सबै थियो। त्यसैले बच्चाहरूलाई धेरै खुशी हुनु पर्छ। यस्तो स्वर्गको लागि शास्त्रमा के-के कुरा लेखिदिएका छन्। अब बाबा भन्नुहुन्छ मैले तिमीलाई यति सम्झाउँछु, जसले गर्दा तिमीलाई कुनै पनि प्रश्न सोध्नु पर्नेआवश्यकता नै छैन। पहिला त म एकलाई याद गर। तिमी बोलाउँछौ पतितलाई आएर पावन बनाउनुहोस् अर्थात् पुरानो दुनियाँलाई आएर नयाँ बनाउनुहोस्। तर अर्थ केही पनि बुझ्दैनन्। धागो अल्झिएको छ। अब सुल्झाउनु पर्छ। भक्तिमा कतिका चित्र बनाएका छन्, कृष्णलाई चक्र दिएका छन् जसबाट अकासुर, बकासुरलाई मारे। अरे, उनी हिंसक कहाँ थिए र? फेरि भन्छन् फलानी फलानीलाई भगाए। डबल हिंसक बनाइदिएका छन्। आश्चर्य छ नि। जसले शास्त्र बनाएका छन् उनको बुद्धिको कमाल छ। फेरि उनलाई भन्दछन् व्यास भगवान्। अब बाबा भन्नुहुन्छ मलाई याद गर एवं दैवी गुण धारण गर। अरू कुनै कुरा छैन। तिमीलाई योगमा बसाइन्छ किनकि धेरै छन् जसले बाबालाई याद गर्दैनन्। आफ्नै धन्दामा रहन्छन्। उनलाई फुर्सद नै छैन। तर यसमा त काम आदि गर्दा पनि बुद्धिबाट याद गर्नु पर्छ। तिमी आशिक (प्रियतमा) हौ म माशूक (प्रियतम) का। अब म तिमीलाई भन्छु अरू सङ्ग तोडेर म एक सङ्ग जोड। खाँदा-पिउँदा केवल बानी बसाल म आत्मा हुँ अनि बाबालाई याद गर। बाबाले तिमीलाई कति उँच बनाउनु हुन्छ, तिमी यो पाई-पैसाको कुरा मान्दैनौ, मलाई याद गर्दैनौ? आफ्ना बाल-बच्चाहरूलाई गर्न सक्छौ, मलाई गर्न सक्दैनौ? वास्तवमा नेष्ठा अक्षर भन्नु पनि गलत हो। बाबा डाइरेक्ट आएर भन्नुहुन्छ केवल म एकलाई याद गर। कल्प पहिला पनि सम्मुख बाबाले सम्झाउनु भएको थियो। अहिले पनि सम्झाउनु हुन्छ मीठे-मीठे बच्चे कल्पपछि मिलेका प्यारा बच्चाहरू... अब तिम्रो ८४ जन्म पूरा भए। अब फर्केर जानको लागि तिमीले पवित्र अवश्य बन्नु पर्छ। विकारमा जानुको कारण नै तिमी धेरै पतित बनेका हौ। पावन बनेनौ भने पद पनि कम मिल्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर अनि ८४ को चक्रलाई पनि याद गर यही स्वदर्शन चक्र हो। यसको अर्थ पनि कसैले जान्दैनन्। मुखबाट ज्ञान शंख बजाउनु छ। यो ज्ञानको कुरा हो। यहाँ तिम्रो बेहदका बाबा हुनु हुन्छ, स्वर्गका रचयिता हुनु हुन्छ, बाबालाई याद गर्यौ भने तिम्रो चढ्ती कला हुन्छ। कति सहज कुरा छ।

तिमी बच्चाहरूले अब बुझेका छौ यो बनिबनाउ ड्रामा हो। हर ५ हजार वर्षपछि बाबा आउनु हुन्छ। अब राम्ररी पुरुषार्थ गर। तिमी धनको पछि किन मर्छौ? ठीक छ, महिनामा लाख दुई लाख कमाउँछौ होला तर यो सबै खतम हुन्छ। बाल-बच्चा खानेवाला नै रहँदैनन्। लोभ रहन्छ, छोरा-नाति-पनातिले खान्छन्। यस्तो होइन पुनर्जन्म सबैले त्यसै कुलमा लिन्छन्। पुनर्जन्म थाहा छैन कहाँ-कहाँ लिन्छन्। तिमीले त २१ जन्मको वर्सा पाउँछौ। यदि कम पुरुषार्थ गर्यौ भने त गएर प्रजामा दास-दासी बन्छौ। कति घाटा हुन्छ। त्यसैले घाटा र फाइदाको पनि विचार गर। व्यापारीहरूले पाप पनि धेरै गर्छन् भने केही न केही धर्माऊ निकाल्छन्। यो त हो नै अविनाशी ज्ञान रत्नको व्यापार, जो कोही विरलैले गर्छन्। यो व्यापार डाइरेक्ट बाबासँग गर्नु पर्छ। बाबा दिनु हुन्छ ज्ञानरत्न। उहाँ त दाता हुनु हुन्छ। बच्चाहरू चामल मुठ्ठी दिन्छन्। बाबा त दिनु हुन्छ बेहदको बादशाही। उहाँको तुलनामा यो त चामल-मुठ्ठी नै भयो नि। तिमी सबै सुदामा हौ। के दिन्छौ र के लिन्छौ? विश्वको बादशाही लिएर विश्वको मालिक बन्छौ। बुद्धिले भन्छ एउटै भारतखण्ड मात्र हुन्छ। प्रकृति पनि नयाँ हुन्छ। आत्मा पनि सतोप्रधान हुन्छ। सत्ययुगमा तिमी देवताहरू थियौ। त्यतिबेला शुद्ध सुन थियौ। फेरि त्रेतामा अलिकति चाँदी आत्मामा मिसिन्छ, यसलाई सिल्भर एज भनिन्छ। सिंढी तल उत्रिदै जान्छौ। यस समयमा तिमी धेरै उच्च छौ। विराट रूपको चित्र पनि छ। केवल अर्थ बुझ्दैनन्। कति धेरै चित्रहरू छन्। कोही क्राइष्टको चित्र राख्छन् भने कोही साई बाबाको राख्छन्। मुसलमानलाई पनि गुरु बनाउँछन्। फेरि त्यहाँ गएर मदिराको सभा गर्छन्। बाबा भन्नुहुन्छ कति अज्ञान अन्धकार छ। यो सबै हो भक्तिको अन्धकार। सङ्गको धेरै सम्हाल राख्नु पर्छ। भनिन्छ पनि सत्सङ्गले तार्छ, कुसङ्गले डुबाउँछ, कुसङ्ग हो माया ५ विकारहरूको। अहिले तिमीलाई सत्य बाबाको सङ्ग मिलेको छ, जसबाट तिमी पार गइरहेका छौ। बाबाले नै सत्य बोल्नुहुन्छ। कल्प-कल्प तिमीलाई सत्यको सङ्ग मिल्छ फेरि आधा कल्पपछि कुसङ्ग मिल्छ रावणको। यो पनि सम्झन्छौ कल्प पहिला जस्तै राजधानी अवश्य स्थापना हुन्छ। तिमी विश्वको मालिक अवश्य बन्छौ। यहाँ त विभाजन हुनाले कति झगडा हुन्छ। त्यहाँ त हुन्छ नै एक धर्म। जब अद्वैत देवताहरूको राज्य थियो, तब विश्वमा शान्ति थियो। एउटै धर्म थियो। त्यहाँ अशान्ति कहाँबाट आउन सक्छ! त्यो त हो नै ईश्वरीय राज्य। आध्यात्मिक ज्ञानबाट परमात्माले राजधानी स्थापना गर्नु भएको हो भने अवश्य त्यहाँ सुख हुन्छ। पिताको बच्चाहरूमा प्रेम हुन्छ नि। बाबा भन्नुहुन्छ मलाई थाहा छ तिमीले कति धक्का खानु पर्छ। सम्झन्छन् भगवान् कुनै न कुनै रूपमा अवश्य आउनु हुन्छ। कहिले साँढेमाथि सवारी देखाउँछन्। अब साँढेमाथि कहिल्यै सवारी हुन्छ र! कति अन्धकार छ। तिमी बच्चाहरू अब सबैलाई बताऊ बाबा सबैलाई वर्सा दिन आउनु भएको छ, ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना भइरहेको छ। बाबा सदैव वरको वृक्षको उदाहरण दिनु हुन्छ। त्यस्तै यस देवी देवता धर्मको जुन जग छ, त्यही फेरि स्थापना गरिरहनु भएको छ। त्यहाँ कुनै धर्म रहनेछैन। भारत हो अविनाशी खण्ड र अविनाशी तीर्थ। बाबाको जन्मस्थान हो नि। बाबा मीठा-प्यारा बच्चाहरूलाई कति प्रेमले सम्झाउनु हुन्छ। शिक्षकको रूपमा पढाउनु हुन्छ। तिमी बच्चाहरू पढेर म भन्दा पनि उँच जान्छौ। म त राजाई लिन्न। तिमीले मलाई कहिल्यै स्वर्गमा आउनुहोस् भनेर बोलाउँदैनौ तर म तिमीलाई स्वर्गमा पठाइदिन्छु। कति मजाको खेल छ। बाबा भन्नुहुन्छ ठीक छ, मीठे बच्चे अमर भव। म वानप्रस्थ अवस्थामा गएर रहन्छु।

बाबा भन्नुहुन्छ अब त आपद शिरमाथि खडा छ, त्यसैले पुरुषोत्तम बन्न यस पुरुषोत्तम संगमयुगमा पूरा-पूरा पुरुषार्थ गर्नु छ। बाबालाई याद गर्ने पुरुषार्थ गरिरह्यौ भने विकर्म विनाश हुन्छ। जति जसले पढ्छ, ऊ उच्च कुलमा जान्छ। बाबा भन्नुहुन्छ आत्मिक अभ्यास गरेमा नशा चढ्नेछ। सदा बच्चाहरूलाई बाबाबाट वर्सा मिल्छ। लौकिकमा त बच्चाहरूलाई मात्र मिल्छ। कन्या दान हुन्छ। यहाँ त सबै आत्माहरूलाई वर्सा मिल्छ त्यो पनि बेहदको। त्यसैले यसमा धेरै ध्यान दिनु पर्छ। भगवान् पढाउनु हुन्छ, त्यसैले एक दिन पनि छुटाउनु हुँदैन। कसैले बाबालाई भने कि मलाई फुर्सद छैन। अरे आत्मालाई फुर्सद छैन मसँग पढ्नको लागि! यस्तो भन्न लाज लाग्दैन? अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते, रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
 
धारणाको लागि मुख्य सारः

१) सङ्गतबाट आफ्नो धेरै सम्हाल गर्नु छ। एक सत्य बाबाको सङ्गत गर्नु छ। माया ५ विकारहरूको सङ्गतबाट धेरै टाढा रहनु छ।

२) पढाइमा पूरा ध्यान दिनु छ। आफ्नो मस्तीमा रहनु छ। भनाइ छ आफैंले अभ्यास गरेमा नशा चढ्नेछ। एक दिन पनि पढाइ मिस नगर।

वरदान:
बाबाको मदत बाट ठूलो कष्टलाई पनि सामान्य बनाउने सदा निश्चिन्त र निमित्त भव

पहिलेको हिसाब ठूलो भए पनि बाबाको मदतबाट त्यो समान्य बन्न पुग्छ। परिस्थितिहरू अवश्य आउँछन् किनकि सबै कुरा यहाँ नै चुक्ता गर्नु छ तर बाबाको मदतले ती सामान्य बन्न पुग्छ, ठूलो कुरालाई सानो कुरा बनाइदिन्छ, किनकि ठूलो बाबा साथमा हुनु हुन्छ। यही निश्चयको आधारमा सदा निश्चिन्त रहने गर अनि ट्रष्टी बन, मेरोलाई तेरोमा परिवर्तन गरेर हल्का बन अनि सबै बोझ एक सेकेन्डमा समाप्त हुन्छ।

स्लोगन:
शुभ भावनाको भण्डारद्वारा नेगेटिभलाई पोजिटिभमा परिवर्तन गर।

ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:

अन्तर्मुख स्थितिद्वारा हरेकको दिलको राजलाई जानेर उनलाई राजी गर। यसको लागि साधारण रूपमा असाधारण स्थितिको अनुभव स्वयं पनि गरेर अरूलाई पनि गराऊ। बाह्यमुखतामा आउने समयमा अन्तर्मुखताको स्थितिलाई पनि साथ-साथ राख।