02.01.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाको
श्रीमतको सम्मान गर्नु अर्थात् मुरली कहिल्यै पनि मिस नगर्नु , हर आज्ञाको पालन
गर्नु।”
प्रश्न:–
यदि तिमी
बच्चाहरूलाई कसैले राजी-खुसी हुनुहुन्छ भनेर सोधेमा तिमीले कुनचाहिँ जवाफ गौरवका
साथ दिनुपर्छ?
उत्तर:–
भन– पर्बाह थियो पार ब्रह्ममा रहनेवालाको, उहाँ मिल्नुभयो, बाँकी के चाहियो? जे
पाउनु थियो सो पाइसकें...। तिमी ईश्वरीय बच्चाहरूलाई कुनै कुराको पर्बाह छैन।
तिमीलाई बाबाले आफ्नो बनाउनु भयो, तिम्रो शिरमा ताज राख्नुभयो फेरि पर्बाह कुन
कुराको?
ओम् शान्ति ।
बाबा सम्झाउनु
हुन्छ, बच्चाहरूको बुद्धिमा अवश्य छ– बाबा, बाबा पनि हुनुहुन्छ, शिक्षक पनि
हुनुहुन्छ, परम सद्गुरु पनि हुनुहुन्छ, यसै यादमा अवश्य छौ। यो याद कहिल्यै कसैले
सिकाउन सक्दैन। बाबाले नै कल्प-कल्प आएर सिकाउनु हुन्छ। उहाँ नै ज्ञान सागर
पतित-पावन पनि हुनुहुन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, गुरु पनि
हुनुहुन्छ। यो अहिले सम्झाइन्छ, जब ज्ञानको तेस्रो नेत्र मिलेको छ। बच्चाहरूले
बुझ्छन् तर बाबालाई नै भुल्छन् भने शिक्षक गुरु फेरि कसरी याद आउँछ? माया धेरै
प्रबल छ जसले तीनै रूपमा महिमा हुँदा-हुँदै पनि तीनलाई नै भुलाइदिन्छ, यति
सर्वशक्तिमान् छ। बच्चाहरूले पनि लेख्छन्– बाबा हामी भुल्छौं। माया यस्तो प्रबल छ।
ड्रामा अनुसार धेरै सहज छ। बच्चाहरूले सम्झन्छन्– यस्तो कहिल्यै कोही हुन सक्दैन।
उहाँ सत्य बाबा शिक्षक, सद्गुरु हुनुहुन्छ, यसमा गफ आदिको कुनै कुरा छैन। भित्र
बुझ्नुपर्छ नि! तर मायाले भुलाइदिन्छ। भन्छन्– हामीले हार खायौं, अब कदम कदममा पद्म
कसरी हुन्छ! देवताहरूलाई नै पद्मको निशानी दिन्छन्। सबैलाई दिन सक्दैनन्। ईश्वरको
यो पढाइ हो, मनुष्यको होइन। मनुष्यको यो पढाइ कहिल्यै हुन सक्दैन। गर्न त देवताहरूको
महिमा गरिन्छ तर फेरि पनि सर्वोच्च एक बाबा हुनुहुन्छ। बाँकी उनीहरूको बढाई हो, आज
गधाई भोलि राजाईं। अहिले तिमीले पुरुषार्थ गरिरहेका छौ यस्तो (लक्ष्मी-नारायण) बन्ने।
जानेका छौ– यस पुरुषार्थमा धेरै फेल हुन्छन्। पढ्न पनि यतिले नै पढ्छन् जति कल्प
पहिला पास भएका थिए। वास्तवमा ज्ञान छ पनि धेरै सहज तर मायाले भुलाइदिन्छ। बाबा
भन्नुहुन्छ– आफ्नो चार्ट लेख तर लेख्न सक्दैनन्। कहाँसम्म बसेर लेख्ने। यदि लेखे भने
पनि जाँच गर्छन्– दुई घण्टा यादमा रहेँ? फेरि त्यो पनि उनीहरूलाई थाहा हुन्छ, जसले
बाबाको श्रीमतलाई व्यवहारमा ल्याउँछन्। बाबाले त सम्झनुहुन्छ– यी बिचराहरूलाई लाज
आउँछ होला। नत्र त श्रीमत व्यवहारमा ल्याउनु पर्ने हो। तर दुई प्रतिशतले मुश्किलले
चार्ट लेख्छन्। बच्चाहरूलाई श्रीमतको त्यति रिगार्ड छैन। मुरली पाउँदा पाउँदै पनि
पढ्दैनन्। दिलमा अवश्य लाग्छ होला– बाबाले भन्न त सत्य भन्नुहुन्छ, मैले मुरली
पढ्दिनँ भने बाँकी अरूलाई के सम्झाउँछु?
(यादको यात्रा) ओम् शान्ति। रूहानी बाबाले रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ, यो त
बच्चाहरूले सम्झन्छन्– वास्तवमा हामी आत्मा हौं, हामीलाई परमपिता परमात्माले
पढाइरहनु भएको छ। उहाँले के भन्नुहुन्छ? मलाई याद गर्यौ भने तिमी स्वर्गको मालिक
बन्छौ। यसमा बाबा पनि आयो, पढाइ र पढाउनेवाला पनि आयो। सद्गति दाता पनि आयो। थोरै
शब्दमा सारा ज्ञान आउँछ। यहाँ तिमी आउँछौ नै यसलाई दोहोर्याउनको लागि। बाबाले पनि
यही सम्भाउनु हुन्छ किनकि तिमीले स्वयं भन्छौ– हामीले भुल्छौं त्यसैले यहाँ आउँछौ
दोहोर्याउन। रहन त कोही यहाँ रहन्छन् तर पनि रिभाइज हुँदैन। तकदिरमा छैन। पुरुषार्थ
त बाबाले गराउनु हुन्छ नै। पुरुषार्थ गराउनेवाला एक बाबा नै हुनुहुन्छ। यसमा कसैलाई
खातिरी पनि हुन सक्दैन। न विशेष पढाइ छ। त्यस पढाइमा विशेष पढ्नको लागि शिक्षकलाई
बोलाउँछन्। बाबाले त तकदिर बनाउनको लागि सबैलाई पढाउनु हुन्छ। एक एकलाई अलग कसरी
पढाउने! कति बच्चाहरू छन्। त्यस पढाइमा कुनै ठूलो मानिसका बच्चा छन् भने उनलाई
विशेष पढाउँछन्। शिक्षकले जान्दछ– यो कमजोर छ त्यसैले उसलाई छात्रवृत्ति लायक
बनाउँछ। यहाँ बाबाले यस्तो गर्नुहुन्न। यहाँ त एकरस सबैलाई पढाउनु हुन्छ। त्यो भयो
शिक्षकले अतिरिक्त पुरुषार्थ गराउनु। उहाँले त एक्स्ट्रा पुरुषार्थ कसैलाई अलगै
गराउनुहुन्न। एक्स्ट्रा पुरुषार्थ मतलब नै मास्टरले केही कृपा गर्छन्। यसो त
उनीहरूले पैसा लिन्छन्, खास समय दिएर पढाउँछन्, जसबाट उनीहरू धेरै पढेर होसियार
बन्छन्। यहाँ त धेरै केही पढ्ने कुरा नै छैन। बाबाको त कुरा नै नयाँ छ। एउटै
महामन्त्र दिनुहुन्छ– “मनमनाभव”। यादबाट के हुन्छ, यो त जानेका छौ– बाबा नै
पतित-पावन हुनुहुन्छ। जानेका छौ– उहाँलाई याद गर्नाले नै पावन बनिन्छ।
अहिले तिमी बच्चाहरूलाई ज्ञान छ, जति याद गर्छौ, त्यति पावन बन्छौ। कम याद गर्यौ भने
कम पावन बन्छौ। यो तिमी बच्चाहरूको पुरुषार्थमा भर पर्छ। बेहदको बाबालाई याद गरेर
हामी लक्ष्मी-नारायण बन्नु छ। उनीहरूको महिमा त हरेकले जानेका छन्। भन्छन् पनि–
तपाईं पुण्य आत्मा हुनुहुन्छ, म पाप आत्मा हुँ। धेरै मन्दिर बनेका छन्। त्यहाँ सबै
के गर्न जान्छन्? दर्शनबाट फाइदा त केही हुँदैन। एक अर्कालाई देखेर जान्छन्। केवल
दर्शन गर्न जान्छन्। फलानो यात्रामा जान्छ, म पनि जान्छु। यसबाट के हुन्छ? केही पनि
मिल्दैन। तिमी बच्चाहरूले पनि यात्राहरू गरेका छौ। जसरी अरू पर्व मनाउँछन्, त्यस्तै
यात्रालाई पनि एउटा पर्व सम्झन्छन्। अहिले तिमीले पनि यादको यात्रालाई एउटा पर्व
सम्झन्छौ। तिमी यादको यात्रामा रहन्छौ। शब्द नै एउटा छ– मनमनाभव। यो तिम्रो यात्रा
अनादि छ। उनीहरूले पनि भन्छन्– त्यो यात्रा हामीले अनादि रूपमा गर्दै आएका छौं। तर
तिमीले अहिले ज्ञान सहित भन्छौ– हामीले कल्प-कल्प यो यात्रा गर्छौं। बाबा नै आएर यो
यात्रा सिकाउनु हुन्छ। उनीहरूले चारै धाम जन्म बाइ जन्म यात्रा गर्छन्। यहाँ त
बेहदको बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। यस्तो त अरू कसैले
कहिल्यै भन्दैन– यात्राबाट तिमी पावन बन्छौ। मनुष्य यात्रामा जान्छन् भने उनीहरू
त्यस समयमा पावन रहन्छन्, आजकल त त्यहाँ पनि विकारी हुन्छन्, पावन रहँदैनन्। यस
रूहानी यात्राको बारेमा त कसैलाई थाहा नै छैन। तिमीलाई अहिले बाबाले बताउनु भएको छ–
यो यादको यात्रा हो सच्चा। त्यो यात्राको चक्कर लगाउन जान्छन् फेरि पनि जस्ताको
त्यस्तै बन्छन्। चक्कर लगाइरहन्छन्। जस्तै भास्कोडिगामाले सृष्टिको चक्कर लगाए।
यिनले पनि चक्कर लगाउँछन् नि। गीत पनि छ नि– चारैतर्फ लगायौं फेरा.... फेरि पनि
हरदम दूर रह्यौं। भक्तिमार्गमा त कसैले मिलाउन सक्दैन। भगवान कसैलाई मिलेन।
भगवानबाट टाढा नै रहे। फेरा लगाएर घरमा आएर ५ विकारमा फँस्छन्। ती सबै यात्राहरू
झुटा हुन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यो हो पुरुषोत्तम संगमयुग, यतिबेला बाबा
आउनु भएको छ। एकदिन सबैले थाहा पाउनेछन् बाबा आउनु भएको छ। भगवान आखिर मिल्नुहुन्छ,
तर कसरी? यो त कसैले पनि जानेका छैनन्। यो त मीठा-प्यारा बच्चाहरूले जानेका छन्–
हामीले श्रीमतमा यस दुनियाँलाई फेरि स्वर्ग बनाइरहेका छौं। भारतवर्षको नै नाम
लिइन्छ। त्यस समयमा अरू कुनै धर्म हुँदैन। सारा विश्व पवित्र बन्छ। अहिले त धेरै
धर्म छन्। बाबा आएर तिमीलाई सारा वृक्षको ज्ञान सुनाउनु हुन्छ। तिमीलाई स्मृति
दिलाउनु हुन्छ। तिमी सो देवता थियौ, फेरि सो क्षत्रिय, सो वैश्य, सो शूद्र बन्यौ।
अहिले तिमी ब्राह्मण हौ। यो हो ‘हम सो’ को अर्थ, बाबाले कति सहजै सम्झाउनु हुन्छ।
ओम् अर्थात् म आत्मा फेरि हामी आत्मा यसरी चक्कर लगाउँछौं। उनीहरूले त भनिदिन्छन्–
आत्मा सो परमात्मा, परमात्मा सो हामी आत्मा। एउटा पनि छैन जसलाई ‘हम सो’ को अर्थ
यथार्थमा थाहा होस्। त्यसैले बाबा भन्नुहुन्छ– यो जुन मन्त्र छ, हर सकेण्ड याद
राख्नुपर्छ। चक्र बुद्धिमा भएन भने चक्रवर्ती राजा कसरी बन्छौं? अहिले हामी आत्मा
ब्राह्मण हौं, फेरि हामी नै देवता बन्छौं। यो कुरा तिमीले गएर कसैलाई पनि सोध, कसैले
भन्न सक्दैन। उनीहरूले त ८४ को अर्थ पनि बुझ्दैनन्। भारतको उत्थान र पतन गाइएको छ।
यो ठीक छ। सतोप्रधान, सतो, रजो, तमो, सूर्यवंशी, चन्द्रवंशी, वैश्यवंशी.... अहिले
तिमी बच्चाहरूलाई सबै थाहा भएको छ। बीजरूप बाबालाई नै ज्ञानको सागर भनिन्छ। उहाँ यस
चक्रमा आउनुहुन्न। यस्तो होइन, हामी जीव आत्मा सो परमात्मा बन्छौं। होइन, बाबाले आफू
समान नलेजफुल बनाउनु हुन्छ। आफू समान गड बनाउनुहुन्न। यी कुरालाई धेरै राम्रोसँग
सम्झाऊनु हुन्छ– तब बुद्धिमा चक्र चल्न सक्छ, जसको नाम स्वदर्शन चक्र राखिएको छ।
तिमीले बुद्धिद्वारा बुझ्न सक्छौ– हामी कसरी यस ८४ को चक्रमा आउँछौं। यसमा सबै आउँछ।
समय पनि आउँछ, वर्ण पनि आउँछ, वंशावली पनि आउँछ।
अहिले तिमी बच्चाहरूको बुद्धिमा यो सारा ज्ञान हुनुपर्छ। ज्ञानबाट नै उच्च पद मिल्छ।
ज्ञान छ भने अरूलाई पनि दिन सक्छौ। यहाँ तिमीसँग कुनै पेपर आदि भराइंदैन। ती
विद्यालयहरूमा जब परीक्षा हुन्छ तब पेपरहरू बेलायतबाट आउँछन्। जो बेलायतमा पढ्छन्,
उनीहरूको त्यहाँ नै रिजल्ट निकाल्छन्। त्यसमा पनि कोही ठूला परीक्षक हुन्छन्, जसले
जाँच गर्छन् पेपरको। तिम्रो पेपरको जाँच कसले गर्छ? तिमी स्वयंले नै गर्छौ।
स्वयंलाई जे चाहन्छौ त्यही बनाऊ। पुरुषार्थद्वारा जे चाहन्छौ त्यो पद बाबाबाट लेऊ।
प्रदर्शनी आदिमा बच्चाहरूले सोध्छन्– के बनिन्छ? देवता बनिन्छ, वकिल बनिन्छ... के
बनिन्छ? जति बाबालाई याद गर्छौ, सेवा गर्छौ त्यति फल मिल्छ। जसले राम्रोसँग बाबाको
याद गर्छ उसले सम्झन्छ– मैले सेवा पनि गर्नु छ। प्रजा बनाउनु छ नि! यो राजधानी
स्थापना भइरहेको छ। त्यहाँ सबै चाहिन्छ। त्यहाँ मन्त्री हुँदैनन्। मन्त्रीको
आवश्यकता उनीहरूलाई हुन्छ, जसको अक्कल कम हुन्छ। तिमीलाई त्यहाँ रायको आवश्यकता
हुँदैन। बाबाको पासमा रायको आवश्यकता पर्दैन। बाबाको पासमा राय लिन आउँछन्– स्थूल
कुराको राय लिन्छन्, पैसालाई के गरौं? व्यापार कसरी गरौं? बाबा भन्नुहुन्छ– यो
सांसारिक कुरा बाबासँग लिएर नआऊ। हो, कहीं निराश नहोस् त्यसैले केही न केही धैर्यता
दिएर बताइदिन्छु। यो कुनै मेरो धन्दा होइन। मेरो त ईश्वरीय धन्दा हो तिमीलाई मार्ग
बताउने। तिमी विश्वको मालिक कसरी बन्छौ? तिमीलाई श्रीमत मिलेको छ। बाँकी सबै हुन्
आसुरी मत। सत्ययुगमा भनिन्छ श्रीमत। कलियुगमा आसुरी मत। त्यो हो नै सुखधाम। त्यहाँ
यस्तो पनि भनिँदैन– राजी-खुसी हुनुहुन्छ? स्वास्थ्य ठीक छ? यी शब्द त्यहाँ हुँदैनन्।
यो यहाँ सोधिन्छ। कुनै मेहनत त छैन। राजी-खुसी हुनुहुन्छ? यसमा पनि धेरै कुरा आउँछन्।
त्यहाँ दु:ख नै हुँदैन, जो सोधियोस्। यो हो नै दु:खको दुनियाँ। वास्तवमा तिमीसँग
कसैले सोध्न सक्दैन। माया गिराउनेवाला भए पनि बाबा मिल्नु भएको छ नि। तिमीले भन्छौ–
तपाईंले के खुसी-राजी सोध्नुहुन्छ! हामी त ईश्वरका बच्चा हौं, हामीसँग के हालचाल
सोध्नुहुन्छ। पर्बाह थियो पार ब्रह्ममा रहनेवाला बाबाको, उहाँ मिल्नुभयो, फेरि कसको
पर्बाह! यो सदैव याद गर्नुपर्छ– हामी कसका बच्चा हौं! यो पनि बुद्धिमा ज्ञान छ– जब
हामी पावन बन्छौं तब लडाईं सुरु हुन्छ। त्यसैले जब तिमीसँग कसैले सोध्छ– तपाईं
खुसी-राजी हुनुहुन्छ? उनलाई भन– हामी त सदैव खुसी-राजी छौं। बिमारी भए पनि बाबाको
यादमा छौ। तिमी स्वर्गमा भन्दा पनि यहाँ बढी खुसी-राजी छौ। जब स्वर्गको बादशाही
दिनेवाला बाबा मिल्नु भएको छ, जसले हामीलाई यति लायक बनाउनु हुन्छ भने हामीलाई के
पर्बाह! ईश्वरका बच्चाहरूलाई के पर्बाह! त्यहाँ देवताहरूलाई पनि पर्बाह हुँदैन।
देवता भन्दा माथि त ईश्वर हुनुहुन्छ। त्यसैले ईश्वरका बच्चाहरूलाई के पर्बाह हुन
सक्छ। बाबाले हामीलाई पढाउनु हुन्छ। बाबा हाम्रो शिक्षक, सद्गुरु हुनुहुन्छ। बाबाले
हामीमाथि ताज राखिरहनु भएको छ, हामी ताजधारी बनिरहेका छौं। तिमीलाई थाहा छ– हामीलाई
विश्वको ताज कसरी मिल्छ? बाबाले ताज राख्नुहुन्न। यो पनि तिमीलाई थाहा छ– सत्ययुगमा
महाराजाले आफ्नो ताज बच्चाहरूलाई लगाइदिन्छन्, जसलाई अंग्रेजीमा क्राउन प्रिन्स
भनिन्छ। यहाँ जबसम्म राजाको ताज बच्चालाई मिल्दैन तबसम्म बच्चालाई उत्कण्ठा हुन्छ–
कहिले पिता मर्नुहुन्छ र ताज मेरो शिरमा आउँछ। आशा हुन्छ प्रिन्सबाट महाराज बनुँ।
त्यहाँ त यस्ता कुरा हुँदैनन्। आफ्नो समयमा काइदा अनुसार पिताले बच्चालाई ताज दिएर
फेरि किनारा हुन्छन्। त्यहाँ वानप्रस्थको चर्चा हुँदैन। बच्चाहरूलाई महल आदि बनाएर
दिन्छन्, आशा सबै पूरा हुन्छन्। तिमीले बुझ्न सक्छौ– सत्ययुगमा सुख नै सुख हुन्छ।
प्राक्टिकलमा सबै सुख तब पाउँछौ, जब स्वर्गमा जान्छौ। त्यो त तिमीले नै जान,
स्वर्गमा के हुन्छ? एक शरीर छोडेर फेरि कहाँ जान्छौ? अहिले तिमीलाई प्राक्टिकलमा
बाबाले पढाइरहनु भएको छ। तिमीलाई थाहा छ– हामी वास्तविक स्वर्गमा जान्छौं। उनीहरूले
त भनिदिन्छन् हामी स्वर्गमा जान्छौं, थाहा पनि छैन– स्वर्ग केलाई भनिन्छ।
जन्म-जन्मान्तर यी अज्ञानका कुरा सुन्दै आयौ, अहिले बाबाले तिमीलाई सत्य कुरा
सुनाउनु हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा
राजी-खुसी रहनको लागि बाबाको यादमा रहनु छ। पढाइद्वारा आफूमाथि राजाईंको ताज राख्नु
छ।
२) श्रीमत अनुसार विश्वलाई स्वर्ग बनाउने सेवा गर्नु छ। सदा श्रीमतको सम्मान गर्नु
छ।
वरदान:–
कनेक्शन र
रिलेशनद्वारा मनसा शक्तिको प्रत्यक्ष प्रमाण देख्ने सूक्ष्म सेवाधारी भव
जसरी वाणीको शक्ति वा
कर्मको शक्तिको प्रत्यक्ष प्रमाण देखिन्छ, त्यस्तै सबैभन्दा शक्तिशाली विज्ञानको
शक्ति प्रत्यक्ष प्रमाण देख्नको लागि बापदादासँग निरन्तर क्लियर कनेक्शन र रिलेशन
हुनुपर्छ, यसलाई नै योगबल भनिन्छ। यस्तो योगबलवाला आत्माले स्थूलमा दूर रहने
आत्मालाई पनि सम्मुखको अनुभव गराउन सक्छौ। आत्माहरूको आह्वान गरेर उनलाई परिवर्तन
गर्न सक्छौ। यो नै सूक्ष्म सेवा हो। यसको लागि एकाग्रताको शक्तिलाई बढाऊ।
स्लोगन:–
आफ्नो सर्व
खजानालाई सफल गर्नेवाला नै महादानी आत्मा हो।