02.01.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी राजऋषि हौ , तिमीलाई बेहदको बाबाले सारा पुरानो दुनियाँको संन्यास गर्न सिकाउनुहुन्छ जसबाट तिमीले रजाइँ पद पाउन सक्छौ।

प्रश्न:
यस समयमा कुनै पनि मनुष्यको कर्म अकर्म हुन सक्दैन, किन?

उत्तर:
किनकि सारा दुनियाँमा मायाको राज्य छ। सबैमा ५ विकार प्रवेश छ त्यसैले मनुष्यले जे पनि कर्म गर्छन्, त्यो विकर्म नै बन्छ। सत्ययुगमा नै कर्म अकर्म हुन्छ किनकि त्यहाँ माया हुँदैन।

प्रश्न:
कुन बच्चालाई धेरै राम्रो पुरस्कार मिल्छ?

उत्तर:
जो श्रीमतमा पवित्र बनेर अन्धाको लट्ठी बन्छन्। कहिल्यै पनि ५ विकारको वश भएर कुल कलङ्कित बन्दैनन्, उनीहरूलाई धेरै राम्रो पुरस्कार मिल्छ। यदि कोही पटक-पटक मायासँग हार खान्छ भने उसको पासपोर्ट नै रद्द हुन्छ।

गीत:
ओम् नम: शिवाय...

ओम् शान्ति ।
सबैभन्दा उच्च हुनुहुन्छ परमपिता परमात्मा अर्थात् परम आत्मा। उहाँ हुनुहुन्छ रचयिता। पहिला ब्रह्मा, विष्णु, शङ्करलाई रच्नुहुन्छ फेरि आऊ तल अमरलोकमा, त्यहाँ हुन्छ लक्ष्मी-नारायणको राज्य। सूर्यवंशीको राज्य, चन्द्रवंशीको होइन। यो कसले सम्झाइरहेको छ? ज्ञानका सागरले। मनुष्यले, मनुष्यलाई कहिल्यै सम्झाउन सक्दैन। बाबा सबैभन्दा उच्च हुनुहुन्छ, जसलाई माता-पिता भनिन्छ। अवश्य प्राक्टिकलमा माता-पिता चाहिन्छ। गाउँछन् त्यसैले अवश्य कुनै समय हुनुहुन्थ्यो होला। सबैभन्दा पहिला उच्चभन्दा उच्च हुनुहुन्छ उहाँ निराकार परमपिता परमात्मा, बाँकी हरेकमा त आत्मा छ। आत्मा शरीरमा हुँदा दु:खी वा सुखी बन्छ। यो राम्ररी बुझ्नु पर्ने कुरा हो। यी कुनै दन्त्य कथा होइनन्। बाँकी जुन पनि गुरु गोसाईं आदिले सुनाउँछन्, ती सबै दन्त्य कथाहरू हुन्। अहिले भारतखण्ड नर्क छ। सत्ययुगमा त्यसलाई स्वर्ग भनिन्छ। लक्ष्मी-नारायणले राज्य गर्थे। त्यहाँ सबै सौभाग्यशाली रहन्थे। कुनै दुर्भाग्यशाली थिएनन्। कुनै पनि दु:ख रोग छँदै थिएन। यो हो पाप आत्माहरूको दुनियाँ। पहिला सबै स्वर्गवासी थिए। त्यहाँ लक्ष्मी-नारायणको राज्य थियो। कृष्णलाई त सबैले मान्छन्। हेर, यिनलाई दुई गोला दिएका छन्। कृष्णको आत्माले भन्छ अब मैले नर्कलाई लात हानिरहेको छु। स्वर्ग हातमा लिएर आएको छु। पहिला कृष्णपुरी थियो। अहिले कंसपुरी छ। यसमा यी कृष्ण पनि छन्। यिनको यो जन्म ८४ जन्मको अन्त्यको जन्म हो। तर अहिले कृष्णको त्यो रूप छैन। यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। बाबा नै आएर सृष्टिलाई स्वर्ग बनाउनुहुन्छ। अहिले नर्क छ फेरि स्वर्ग बनाउन बाबा आउनु भएको छ। यो पुरानो दुनियाँ हो। दुनियाँ जुन नयाँ थियो, अहिले त्यो पुरानो भएको छ। घर पनि नयाँबाट पुरानो हुन्छ। आखिरमा भत्काउनु पर्ने हुन्छ। अहिले बाबा भन्नुहुन्छ मैले बच्चाहरूलाई स्वर्गवासी बनाउन राजयोग सिकाउँछु। तिमी हौ राजऋषी। रजाइँ प्राप्त गर्नको लागि तिमीले विकारहरूको संन्यास गर्छौ। ती हदका संन्यासीले घरबार छोडेर जङ्गलमा जान्छन्। तर छन् फेरि पनि पुरानो दुनियाँमा। बेहदको बाबाले तिमीलाई नर्कको संन्यास गराउनुहुन्छ र स्वर्गको साक्षात्कार गराउनुहुन्छ। बाबा भन्नुहुन्छ म आएको छु तिमीलाई लैजान। बाबा सबैलाई भन्नुहुन्छ तिमीले आफ्नो जन्मलाई जान्दैनौ। यो त अवश्य हो जसले जस्तो कार्य गर्छ, राम्रो वा नराम्रो, त्यस संस्कार अनुसार गएर जन्म लिन्छ। कोही धनवान, कोही गरिब, कोही रोगी कोही तन्दुरुस्त बन्छन्। यो हो पूर्व जन्मको कर्मको हिसाब। कोही तन्दुरुस्त रहेछन् भने अवश्य पूर्व जन्ममा अस्पताल आदि बनाएका होलान्। धेरै दान-पुण्य गरे भने धनवान बन्छन्। नर्कमा मनुष्यले जुन पनि कर्म गर्छन् त्यो अवश्य विकर्म नै बन्छ किनकि सबैमा ५ विकार छन्। अहिले संन्यासी पवित्र बन्छन्, पाप गर्न छोड्छन्। जङ्गलमा गएर बस्छन्। तर यस्तो होइन उनीहरूको कर्म अकर्म हुन्छ। बाबा सम्झाउनुहुन्छ यतिबेला छ नै मायाको राज्य त्यसैले मनुष्यले जुन् पनि कर्म गर्छन् त्यो पाप नै हुन्छ। सत्ययुग त्रेतामा माया हुँदैन। त्यसैले त्यहाँ कहिल्यै विकर्म बन्दैन। न दु:ख हुन्छ। यतिबेला एक त छ रावणको जन्जिर, अनि छ भक्तिमार्गको जन्जिर। सबैले जन्म-जन्मान्तर धक्का खाँदै आएका छन्। बाबा भन्नुहुन्छ मैले पहिला पनि भनेको थिएँ यी जप, तप आदिले म मिल्दिनँ। म आउँछु नै तब जब भक्तिको अन्त्य हुन्छ। भक्ति सुरु हुन्छ द्वापरदेखि। मनुष्य दु:खी हुन्छन् अनि याद गर्छन्। सत्ययुग, त्रेतामा हुन्छन् सौभाग्यशाली र यहाँ छन् दुर्भाग्यशाली। रोई कराई रहन्छन्। अकालमा मृत्यु भइरहन्छ। बाबा भन्नुहुन्छ म आउँछु तब जब नर्कलाई स्वर्ग बनाउनु छ। भारतखण्ड प्राचीन खण्ड हो, जो पहिला थिए, उनीहरू नै अन्त्यसम्म रहनु छ। ८४ को चक्रको गायन गरिन्छ। सरकारले जुन त्रिमूर्ति बनाउँछ त्यसमा हुनु पर्छ ब्रह्मा, विष्णु, शङ्कर तर जनावर राखिदिन्छन्। बाबा रचयिताको चित्र छँदैछैन र तल चक्र पनि राखेका छन्। उनीहरूले सम्झन्छन् यो चर्खा हो तर हो ड्रामा सृष्टिको चक्र। अनि चक्रको नाम राखेका छन् अशोक चक्र। अहिले तिमीले यस चक्रलाई जान्नाले नै अशोक बन्छौ। कुरा त ठीकै हो, केवल उल्टो सुल्टो बनाइदिएका छन्। तिमीले यस ८४ जन्मको चक्रलाई याद गर्नाले नै २१ जन्मको लागि चक्रवर्ती राजा बन्छौ। यी दादाले पनि ८४ जन्म पूरा गरे। यो कृष्णको अन्तिम जन्म हो। यिनलाई बाबा बसेर सम्झाउनुहुन्छ। वास्तवमा तिमी सबैको अन्तिम जन्म हो। जो देवी-देवता धर्मका थिए उनीहरूले नै पूरा ८४ जन्म भोगेका छन्। अब त सबैको चक्र पूरा हुन्छ। अहिले यो तिम्रो तन फोहोरी भएको छ। यो दुनियाँ नै फोहोरी छ त्यसैले बाबाले तिमीलाई यस दुनियाँबाट संन्यास गराउनुहुन्छ। यस मसानघाटसँग दिल लगाउनु छैन। अब बाबा र वर्सासँग दिल लगाऊ। तिमी आत्मा अविनाशी हौ, यो शरीर विनाशी हो। अब मलाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। गायन पनि छ अन्तकाल जो स्त्री सिमर... अहिले बाबा भन्नुहुन्छ अन्तकाल जो शिवबाबा सिमरे उसले नारायण पद प्राप्त गर्न सक्छ। नारायण पद मिल्छ नै सत्ययुगमा। बाबा बाहेक यो पद अरू कसैले दिलाउन सक्दैन। यो पाठशाला हो नै मनुष्यबाट देवता बन्नेहरूको। पढाउनेवाला हुनुहुन्छ बाबा। जसको महिमा सुन्यौ ओम् नम: शिवाय। तिमीलाई थाहा छ हामी उहाँका बच्चा बनेका छौं। अहिले वर्सा लिइरहेका छौं।

अहिले तिमी मनुष्य मतमा चल्दैनौ। मनुष्य मतमा चल्नाले त सबै नर्कवासी बनेका छन्। शास्त्र पनि मनुष्यहरूले नै गायन गरिएका हुन् अथवा बनाएका हुन्। सारा दुनियाँ यस समयमा धर्म भ्रष्ट, कर्म भ्रष्ट बनेको छ। देवताहरू त पवित्र थिए। अब बाबा भन्नुहुन्छ यदि सौभाग्यशाली बन्न चाहन्छौ भने पवित्र बन र प्रतिज्ञा गर बाबा हामी पवित्र बनेर हजुरसँग अवश्य पूरा वर्सा लिन्छौं। यो पुरानो पतित दुनियाँ त खतम हुनेवाला छ। लडाइँ झगडा के के भइराख्छ। कति क्रोध छ। बमहरू कति ठूला-ठूला बनाएका छन्। कति क्रोधी, लोभी छन्। त्यहाँ श्रीकृष्ण कसरी गर्भ महलबाट निस्कन्छन् त्यो त बच्चाहरूले साक्षात्कार गरेका छौ। यहाँ छ गर्भ जेल, बाहिर निस्केदेखि मायाले पाप गराउन सुरु गर्छ। त्यहाँ त गर्भ महलबाट बच्चा निस्कन्छ, अनि उज्यालो हुन जान्छ। धेरै आरामसाथ रहन्छन्। गर्भबाट निस्कनासाथ दासीहरूले उठाउँछन्, बाजा बज्न सुरु हुन्छ। यहाँ र त्यहाँमा कति फरक छ।

अब तिमी बच्चाहरूलाई तीन धाम बारे सम्झाउँछु। शान्तिधामबाट नै आत्माहरू आउँछन्। आत्मा त तारा जस्तै छन्, जुन भृकुटीको बीचमा रहन्छन्। आत्मामा ८४ जन्मको अविनाशी रिकर्ड भरिएको छ। न ड्रामा कहिल्यै विनाश हुन्छ, न कर्म परिवर्तन हुन सक्छ। यो पनि अनौठो छ कति सानो आत्मामा ८४ जन्मको पार्ट एक्युरेट भरिएको हुन्छ। यो कहिल्यै पुरानो हुँदैन। नित्य नयाँ छ। हुबहु आत्माले फेरि आफ्नो उही पार्ट सुरु गर्छ। अब तिमी बच्चाहरूले आत्मा नै परमात्मा भन्न सक्दैनौ। हम सो को अर्थ बाबाले नै यथार्थ रीतिले सम्झाउनुहुन्छ। उनीहरूले त उल्टो अर्थ लगाइदिएका छन् या त भन्छन् अहम् ब्रह्मास्मि, हामी मायालाई रच्ने परमात्मा हौं । वास्तवमा मायालाई रचिदैन। माया हो ५ विकार। उहाँ बाबाले मायालाई रच्नुहुन्न। बाबाले त नयाँ सृष्टि रच्नुहुन्छ। मैले सृष्टि रच्छु, यो अरू कसैले भन्न सक्दैन। बेहदको बाबा एक नै हुनुहुन्छ। ओम् को अर्थ पनि बच्चाहरूलाई सम्झाइएको छ। आत्मा छ नै शान्त स्वरूप। आत्मा शान्तिधाममा रहन्छ। तर बाबा हुनुहुन्छ ज्ञानका सागर, आनन्दका सागर। आत्माको यो महिमा गायन गरिदैन। हो आत्मामा ज्ञान आउँछ। बाबा भन्नुहुन्छ म एकै पटक आउँछु। मैले वर्सा पनि अवश्य दिनु पर्छ। मेरो वर्साबाट दुनियाँ एकदम स्वर्ग बन्छ। त्यहाँ पवित्रता, सुख-शान्ति सबै थोक थियो। यो हो बेहदको बाबाको सदा सुखको वर्सा। पवित्रता थियो त्यसैले सुख शान्ति पनि थियो। अहिले अपवित्रता छ भने दु:ख, अशान्ति पनि छ। बाबा बसेर सम्झाउनुहुन्छ- तिमी आत्मा पहिला सुरुमा मूलवतनमा थियौ, फेरि देवी-देवता धर्ममा आयौ। अनि फेरि क्षत्रिय धर्ममा आयौ, ८ जन्म सतोप्रधानमा फेरि १२ जन्म सतोमा, फेरि २१ जन्म द्वापरमा, फेरि ४२ जन्म कलियुगमा। यहाँ शूद्र बन्यौ। अब फेरि ब्राह्मण वर्णमा आउनु छ, फेरि देवता वर्णमा जान्छौ। अहिले तिमीहरू ईश्वरीय गोदमा छौ। बाबाले कति राम्रो तरिकाले सम्झाउनुहुन्छ। ८४ जन्मलाई जान्नाले फेरि त्यसैमा सबैथोक आउँछ। सारा चक्रको ज्ञान बुद्धिमा छ। यो पनि तिमीलाई थाहा छ सत्ययुगमा हुन्छ एक धर्म। सर्वशक्तिमान् विश्वराज्य अधिकारीको राज्य। अब तिमीले लक्ष्मी-नारायण पद पाइरहेका छौ। सत्ययुग हो पावन दुनियाँ, त्यहाँ धेरै कम आत्माहरू हुन्छन्। बाँकी सबै आत्माहरू मुक्तिधाममा रहन्छन्। सबैको सदगतिदाता एक बाबा नै हुनुहुन्छ। उहाँलाई कसैले पनि चिन्दैनन् र अरू नै भनिदिन्छन् परमात्मा सर्वव्यापी हुनुहुन्छ। बाबा भन्नुहुन्छ तिमीलाई कसले भन्यो? भन्छन् गीतामा लेखिएको छ। गीता कसले बनायो? भगवानुवाच, मैले त यस साधारण ब्रह्मा तनको आधार लिन्छु। लडाइँको मैदानमा एक अर्जुनलाई कसरी बसेर ज्ञान सुनाउने । तिमीलाई कुनै लडाइँ वा जुवा आदि कहाँ सिकाइन्छ र! भगवान त हुनुहुन्छ नै मनुष्यबाट देवता बनाउनेवाला। उहाँले कसरी भन्नुहुन्छ जुवा खेल, लडाइँ गर। फेरि भन्छन् द्रौपदीका ५ पति थिए। यो कसरी हुन सक्छ। कल्प पहिला बाबाले स्वर्ग बनाउनु भएको थियो। अब फेरि बनाउँदै हुनुहुन्छ। कृष्णका ८४ जन्म पूरा भए। यथा राजा रानी तथा प्रजा, सबैका ८४ जन्म पूरा भए। अहिले तीमीहरू शूद्रबाट परिवर्तन भएर ब्राह्मण बनेका छौ। जो ब्राह्मण धर्ममा आउँछन्, उनैले मम्मा बाबा भन्छन्। फेरि कसैले मानोस् वा न मानोस्। सम्झन्छन् हाम्रो लागि गन्तव्य उच्च छ। फेरि पनि केही न केही सुन्छन् भने स्वर्गमा अवश्य आउँछन्। तर सानो पद पाउँछन्। त्यहाँ यथा राजा रानी तथा प्रजा सबै सुखी रहन्छन्। नाम नै छ हेविन। हेविनली गड फादर हेविन स्थापना गर्नुहुन्छ। यो हो नर्क। सबै सीताहरूलाई रावणले जेलमा बाँधेर राखेको छ। सबैले शोकमा बसेर भगवानलाई याद गरिरहेका छन् यस रावणबाट छुटाउनुहोस्। सत्ययुग हो अशोक वाटिका। तिम्रो सूर्यवंशी राजधानी स्थापना नभएसम्म विनाश हुन सक्दैन। राजधानी स्थापना भएर बच्चाहरूको कर्मातीत अवस्था भएपछि मात्र फाइनल लडाइँ हुन्छ। तबसम्म रिहर्सल भइरहन्छन्। यस लडाइँ पछि स्वर्गको ढोका खुल्नेवाला छ। तिमी बच्चाहरू स्वर्गमा जाने लायक बन्नु छ। बाबाले पासपोर्ट निकाल्नुहुन्छ। जति-जति पवित्र बन्छौ, अन्धाको लट्ठी बन्छौ त्यति इनाम पनि राम्रो मिल्छ। बाबासँग प्रतिज्ञा गर्नु छ मीठे बाबा हामी हजुरको यादमा अवश्य रहनु छ। मुख्य कुरा हो पवित्रताको। पाँच विकारको दान अवश्य दिनु पर्छ। कोही हार खाएर पनि फेरि उठ्छन्। यदि दुई चार पटक मायाको घुस्सा खाएर फेरि गिरे भने फेल हुन्छन्। पासपोर्ट रद्द हुन जान्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू ! कुल कलङ्कित न बन। तिमीले विकारलाई छोड। मैले तिमीलाई स्वर्गको मालिक अवश्य नै बनाउँछु। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सौभाग्यशाली बन्नको लागि बाबासँग पवित्रताको प्रतिज्ञा गर्नु छ। यस फोहोरी पतित दुनियाँसँग दिल लगाउनु छैन।

२) मायाको घुस्सा कहिल्यै खानु हुँदैन। कुल कलङ्कित बन्नु छैन। लायक बनेर बाबासँग स्वर्गको पासपोर्ट लिनु छ।

वरदान:
मनलाई बिजी राख्ने कलाद्वारा व्यर्थबाट मुक्त रहने सदा समर्थ स्व रू प भव

जसरी आजकल दुनियाँमा ठूलो पोजिशन हुनेहरूले आफ्नो कार्यलाई समय अनुसार सेट गरेका हुन्छन्। त्यसैगरी तिमीहरू जो विश्वको नव निर्माणका आधार हौ, बेहद ड्रामामा हिरो पार्टधारी हौ, हीरा जस्तो जीवनवाला हौ, तिमीहरूले पनि आफ्नो मन बुद्धिलाई समर्थ स्थितिमा स्थित गर्ने प्रोग्राम सेट गर। मनलाई बिजी राख्ने कलालाई सम्पूर्ण तरिकाले प्रयोग गर्यौ भने व्यर्थबाट मुक्त हुनेछौ। कहिल्यै पनि निराश हुने छैनौ।

स्लोगन:
ड्रामाको हर दृश्यलाई देख्दा हर्षित रह्यौ भने कहिल्यै पनि राम्रो नराम्रोको आकर्षणमा आउँदैनौ।