02.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे विदेही बनेर बाबालाई याद गर , स्वधर्ममा टिक्यौ भने तागत मिल्छ , खुसी र तन्दुरूस्ती रहन्छ , ब्याट्री चार्ज हुँदै जान्छ।

प्रश्न:
ड्रामाको कुन निश्चित भावीलाई जानेको हुनाले तिमी बच्चाहरू सदा अचल रहन्छौ?

उत्तर:
तिमीलाई थाहा छ यी बम आदि जो बनेका छन्, यी अवश्य विस्फोट हुन्छन्। विनाश हुन्छ, त्यसपछि नै हाम्रो नयाँ दुनियाँ आउँछ। यो ड्रामाको अनादि निश्चित भावी हो, मर्नु त सबैलाई छ। तिमीलाई खुशी छ हामी पुरानो शरीर छोडेर राजाईमा जन्म लिने छौं। तिमीले ड्रामालाई साक्षी भएर हेर्छौ। यसमा डगमग हुने कुरा छैन, रूनु पर्ने कुनै आवश्यकता छैन।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ यो जुन आदि सनातन देवी-देवता धर्म थियो, त्यसलाई हिन्दू धर्ममा किन ल्याइयो? कारण पत्ता लगाउनु पर्छ। पहिले त आदि सनातन देवी-देवता धर्म नै थियो। फेरि जब विकारी भए आफूलाई देवता भन्न सकेनन्। त्यसैले आफूलाई आदि सनातन देवी-देवताको सट्टा आदि सनातन हिन्दू भनिदिए। आदि सनातन अक्षर पनि राखेका छन्। केवल देवतालाई बद्लेर हिन्दू राखिदिएका छन्। त्यतिबेला इस्लामीहरू आए। त्यसैले ती बाहिरबाट आउनेले हिन्दू धर्म नाम राखिदिए। पहिले हिन्दुस्तान नाम पनि थिएन। त्यसैले आदि सनातन हिन्दू देवता धर्मका नै सम्झनु पर्छ। ती प्राय: धर्मात्मा हुन्छन्। सबै सनातनी छैनन्, जो पछिबाट आए उनीहरूलाई आदि सनातनी भनिदैन। हिन्दूहरूमा पनि पछि आउनेवाला हुन्छन्। आदि सनातन हिन्दूहरूलाई बताउनु पर्छ तपाईंहरूको आदि सनातन देवता धर्म थियो। तपाईंहरू नै सतोप्रधान आदि सनातन हुनु हुन्थ्यो फेरि पुनर्जन्म लिँदै-लिँदै तमोप्रधान बन्नु भएको हो, अब फेरि यादको यात्राबाट सतोप्रधान बन्नुहोस्। उनीहरूलाई यो दबाई राम्रो लाग्छ। बाबा सर्जन हुनु हुन्छ नि। जसलाई यो दबाई राम्रो लाग्छ, उनलाई दिनु पर्छ। जो आदि सनातन देवी-देवता धर्मका थिए उनलाई स्मृति दिलाउनु पर्छ, जसरी तिमी बच्चाहरूलाई स्मृति आएको छ। बाबाले सम्झाउनु भएको छ तिमी कसरी सतोप्रधानबाट तमोप्रधान बनेका हौ? अब फेरि तमोप्रधानबाट सतोप्रधान बन्नु छ। तिमी बच्चाहरू यादको यात्राबाट सतोप्रधान बनिरहेका छौ। जो आदि सनातन हिन्दू छन्, उनीहरू नै वास्तवमा देवी-देवता थिए र उनीहरू नै देवताहरूलाई पुज्नेवाला पनि हुन्छन्। तिनीहरू मध्येमा पनि जो शिवका या लक्ष्मी-नारायणका, राधा-कृष्ण, सीता-राम आदि देवताहरूका भक्त छन्, उनीहरू देवता घरानाका हुन्। अब स्मृति आएको छ जो सूर्यवंशी छन्, उनीहरू नै चन्द्रवंशी बन्छन्। त्यसैले यस्ता-यस्ता भक्तहरूलाई खोज्नु पर्छ। जो बुझ्नको लागि आउँछन्, उनीहरू सँग फाराम भराउनु पर्छ। मुख्य सेन्टरमा फाराम अवश्य भराउनु पर्छ। जति पनि आउँछन् उनीहरूलाई पाठ त सुरु देखि नै दिनु पर्छ। पहिलो मुख्य कुरा छ जसले बाबालाई चिनेका छैनन्, उनीहरूलाई सम्झाउनु पर्छ। तपार्इंहरूले आफ्नो बडा बाबालाई चिन्नु भएको छैन। तपाईं वास्तवमा पारलौकिक पिताको हुनु हुन्छ। यहाँ आएर लौकिक बन्नु भएको हो। आफ्नो पारलौकिक पितालाई बिर्सिनु भएको छ। बेहदका पिता हुनु हुन्छ नै स्वर्गका रचयिता। त्यहाँ अनेक धर्म हुँदैनन्। त्यसैले फाराममा भरिएका कुराको आधारमा नै बुझाउनु पर्छ। कुनै बच्चाहरूले सम्झाउन त राम्रो सँग सम्झाउँछन् तर योग त छैन। अशरीरी बनेर बाबालाई याद गरुन्, यस्तो छैन। यादमा टिक्न सक्दैनन्। सम्झन्छन् हामीले राम्रो सँग सम्झाउँछौं, म्यूजियम आदि पनि खोल्छौं तर याद धेरै कम छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गरिरहुन्, यसमा नै मेहनत छ। बाबाले सावधान गराउनु हुन्छ। यस्तो नसम्झ हामी त धेरै राम्ररी विश्वास दिलाउन सक्छौं। तर यसबाट फायदा के भयो? ठीकै छ, स्वदर्शन चक्रधारी बन्यौ तर यसमा त विदेही बन्नु छ। कर्म गर्दा आफूलाई आत्मा सम्झनु छ। आत्माले यस शरीरद्वारा कर्म गर्छ जसलाई यो याद गर्न पनि आउँदैन, ख्यालमा आउँदैन, उसलाई बुद्धू भनिन्छ। बाबालाई याद गर्न सक्दैनौ! सेवा गर्ने तागत छैन। याद बिना आत्मामा तागत कहाँबाट आउँछ? ब्याट्री कसरी भरिन्छ? चल्दा-चल्दै रोकिन्छ, तागत रहँदैन।

भनिन्छ धर्म नै शक्ति हो, आत्मा स्वधर्ममा टिकोस् तब शक्ति मिल्छ। धेरै छन् जसलाई बाबाको याद गर्न आउँदैन। अनुहारबाट थाहा भइहाल्छ। अरू सबै याद आउँछ, तर बाबाको याद टिक्दैन। योगबाट नै बल मिल्छ। यादबाट नै धेरै खुसी र तन्दुरूस्ती रहन्छ। फेरि दोस्रो जन्ममा पनि शरीर यस्तो तेजस्वी मिल्छ। आत्मा शुद्ध भएमा शरीर पनि शुद्ध मिल्छ। भनिन्छ यो २४ क्यारेट सुन हो, त्यसैले २४ क्यारेट गहना भयो। यस समयमा सबै ९ क्यारेट बनेका छन्। सतोप्रधानलाई २४ क्यारेट भनिन्छ, सतोलाई २२, यो बुझ्ने कुरा हो। बाबा सम्झाउनु हुन्छ पहिले त फाराम भराऊ, जसबाट थाहा हुन्छ कसले कस्तो जवाफ दिन्छन्? थाहा हुन्छ कति धारणा गरेका छन्? फेरि यादको यात्रामा रहन पनि आउँछ? यादको यात्राबाट तमोप्रधानबाट सतोप्रधान बन्नु छ। त्यो हो भक्तिको शारीरिक यात्रा, यो हो रूहानी यात्रा। आत्माले यात्रा गर्छ। त्यसमा आत्मा र शरीर दुवैले यात्रा गर्छन्। पतित-पावन बाबालाई याद गर्नाले नै आत्मामा तेज आउँछ। कुनै जिज्ञासुलाई बुझाउनु छ भने बाबाको प्रवेशता पनि हुन सक्छ। माता-पिता दुवैले कहीँ ज्ञानको, कहीँ योगको मदत गर्नुहुन्छ। बाबा त सदा विदेही हुनु हुन्छ। शरीरको भान छैन। त्यसैले दुवै बाबाले तागतको मदत दिन सक्नुहुन्छ। योग भएन भने तागत कसरी मिल्छ? यो ज्ञानी हो वा योगी हो बुझिन्छ। योगको लागि दिन-प्रतिदिन नयाँ-नयाँ कुरा सम्झाउनु हुन्छ। पहिले यो कहाँ सम्झाउनु हुन्थ्यो र। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। अब बाबाले जोड सँग उठाउनु हुन्छ, जसबाट भाइ-बहिनीको सम्बन्ध हटोस्, केवल भाइ-भाइको दृष्टि बाँकी रहोस्। हामी आत्मा भाइ-भाइ हौं। यो धेरै उच्च दृष्टि हो। अन्तसम्म यो पुरुषार्थ चल्नु छ। जब सतोप्रधान बन्छौ तब यो शरीरलाई छोडिदिने छौ, त्यसैले जति हुन सक्छ पुरुषार्थलाई बढाउनु छ। वृद्धहरूको लागि झन् सहज छ। अब हामीलाई फर्केर अवश्य जानु छ। युवकहरूलाई कहिले यस्तो ख्याल आउँदैन। वृद्धहरू वानप्रस्थी भएर रहन्छन्। सम्झन्छन् अब फर्केर जानु छ। त्यसैले यी सबै ज्ञानका कुरालाई सम्झाउनु छ। वृक्षको वृद्धि पनि हुँदै जान्छ। वृद्धि हुँदा-हुँदा सारा वृक्ष तयार हुन्छ। काँडाहरूलाई बदलिएर नयाँ सानो फूलहरूको बगैंचा बन्नु छ। नयाँ बनेर फेरि पुरानो हुनु छ। पहिले वृक्ष सानो हुन्छ फेरि बढ्दै जान्छ। वृद्धि हुँदा-हुँदा पछि गएर काँडा बन्छन्। पहिले फूल हुन्छन्। नाम नै छ स्वर्ग। फेरि पछि गएर त्यो सुगन्ध, त्यो तागत रहँदैन। काँडामा सुगन्ध हुँदैन। कुनै फूलहरूमा पनि सुगन्ध हुँदैन। बाबा बगैंचाको बागवान पनि हुनु हुन्छ भने खिवैया पनि हुनु हुन्छ, सबैको नाउ पार लगाउनु हुन्छ। नाउ कसरी पार लगाउनु हुन्छ, कहाँ लिएर जानु हुन्छ यो पनि जो समझदार बच्चाहरू छन्, उनीहरूले नै बुझ्न सक्छन्। जसले बुझ्दैनन्, उनीहरूले पुरुषार्थ पनि गर्दैनन्। नम्बरवार त हुन्छन् नि। कुनै-कुनै हवाईजहाज त आवाज भन्दा पनि तेज जान्छन्। आत्मा कसरी भाग्छ यो पनि कसैलाई थाहा छैन। आत्मा त रकेट भन्दा पनि तेज जान्छ। आत्मा जस्तो तेज अरू कुनै चीज हुँदैन। ती रकेट आदिमा कुनै यस्तो चीज राख्छन् जसले गर्दा चाडै उडाएर लैजान सक्छ। विनाशको लागि कति बारूद आदि तैयार गर्छन्। पानी जहाज, हवाईजहाजमा पनि बम लिएर जान्छन्। आजकल पूरा तयारी गर्छन्। अखबारमा लेख्छन्, बमहरूलाई काममा ल्याउने छैनन् यस्तो भन्न सकिदैन। बम खसालिदिन्छौं यस्तो भनिरहन्छन्। यो सबै तयारी भइरहेको छ। विनाश त अवश्य हुनु छ। बम नखसुन्, विनाश नहोस् यस्तो हुन सक्दैन। तिम्रो लागि नयाँ दुनियाँ अवश्य हुनु पर्छ। यो ड्रामामा निश्चित छ, त्यसैले तिमीलाई धेरै खुसी हुनु पर्छ। मिरुवा मौत मलूका शिकार... ड्रामा अनुसार सबैलाई मर्नु नै छ। तिमी बच्चाहरूलाई ड्रामाको ज्ञान भएकोले तिमी हल्लिदैनौ, साक्षी भएर हेर्छौ। रूने आदिको आवश्यकता छैन। समयमा शरीर त छोड्नु नै छ। तिम्रो आत्माले जान्दछ हामी अर्को जन्म राजाईमा लिनेछौं। म राजकुमार बन्ने छु। आत्मालाई थाहा छ त्यसैले त एउटा शरीर छोडेर अर्को लिन्छ। सर्पमा पनि आत्मा हुन्छ नि। सम्झिन्छ मैले एउटा खाल छोडेर अर्को लिन्छु। कहिले त उसले पनि शरीर छोड्छ, फेरि बच्चा बन्छ। बच्चाहरू त पैदा हुन्छन् नि। पुनर्जन्म त सबैलाई लिनु छ। यो सबै विचार सागर मन्थन गर्नु पर्ने हुन्छ।

सबै भन्दा मुख्य कुरा हो बाबालाई धेरै प्यारले याद गर्नु। जसरी बच्चाहरू आमा-बुवा सँग एकदमै टाँसिन्छन्, त्यसैगरी धेरै प्यारले बुद्धियोगद्वारा बाबा सँग एकदम टाँसिनु पर्छ। आफूलाई हेर्नु पनि छ मैले कति धारणा गरिरहेको छु? (नारदको उदाहरण) भक्तले जबसम्म ज्ञान लिँदैन, तबसम्म देवता बन्न सकिदैन। यो केवल लक्ष्मीलाई वरण गर्ने कुरा होइन। यो त बुझ्नु पर्ने कुरा हो। तिमी बच्चाहरूले बुझेका छौ जब हामी सतोप्रधान थियौं तब विश्वमा राज्य गर्दथ्यौं। अब फेरि सतोप्रधान बन्नको लागि बाबालाई याद गर्नु छ। यो मेहनत कल्प-कल्प तिमीले यथा योग, यथा शक्ति गर्दै आएका छौ। हरेकले बुझ्न सक्छन् म कतिसम्म कसैलाई सम्झाउन सक्छु? देह-अभिमानबाट म कति निक्लिदै गइरहेको छु? म आत्माले एउटा शरीर छोडेर अर्को लिन्छु। म आत्माले यसबाट काम लिन्छु, यो मेरो अङ्ग हो। हामी सबै पार्टधारी हौं। यस ड्रामामा यो बेहदको विशाल नाटक हो। त्यसमा सबै नम्बरवार कलाकार हुन्। हामीले बुझ्न सक्छौं यसमा कुन-कुन मुख्य पात्र छन्। फस्ट, सेकेन्ड, थर्ड ग्रेड कुन-कुन हुन्? तिमी बच्चाहरूले बाबाद्वारा ड्रामाको आदि-मध्य-अन्त्यलाई जानेका छौ। रचयिताद्वारा रचनाको ज्ञान मिल्छ। रचयिताले नै आएर आफ्नो र रचनाको रहस्य सम्झाउनु हुन्छ। यो उहाँको रथ हो, जसमा प्रवेश गरेर आउनु भएको छ। त्यसैले त भनिन्छ दुई आत्माहरू छन्। यो पनि साधारण कुरा हो। पितृलाई खुवाउँदा आत्मा आउँछ नि। पहिले धेरै आउँथे, उनीहरू सँग सोध्दथे। अहिले त तमोप्रधान भएका छन्। कसै-कसैले अहिले पनि बताउँछन् म अघिल्लो जन्ममा फलानो थिएँ। भविष्यको बारेमा कसैले बताउँदैन। बितेको सुनाउँछन्। सबैमाथि त कसैले विश्वास गर्दैनन्।

बाबा भन्नुहुन्छ मीठे बच्चे, अब तिमी मौनमा रहनु छ। तिमी जति-जति ज्ञान-योगमा मजबुत हुने छौ त्यति पक्का शक्तिशाली बन्छौ। अहिले त धेरै बच्चाहरू भोला छन्। देवी-देवताहरू कति शक्तिशाली (सोलिड) थिए। धनले पनि भरिपूर्ण थिए। अहिले त खाली छन्। उनीहरू सम्पन्न, तिमी विपन्न। तिमी स्वयं पनि जान्दछौ भारतवर्ष के थियो, अहिले के भएको छ? भोकले मर्नु नै छ। अन्न-पानी आदि केही पनि मिल्ने छैन। कतै बाढी आउँछ भने कतै पानीको थोपा पनि हुने छैन। यस समयमा दु:खको बादल छ, सत्ययुगमा सुखका बादल हुन्छ। यस खेललाई तिमी बच्चाहरूले नै बुझेका छौ, अरू कसैलाई पनि थाहा छैन। ब्याजमा पनि सम्झाउन धेरै राम्रो हुन्छ। उहाँ लौकिक हदका पिता, यहाँ पारलौकिक बेहदका पिता। यहाँ बाबाले संगममा एकैपटक मात्र बेहदको वर्सा दिनु हुन्छ। नयाँ दुनियाँ बन्छ। यो हो आइरन एज फेरि गोल्डन एज अवश्य बन्नु छ। तिमी अहिले संगममा छौ। दिल साफ, मुराद हासिल। सदा आफू सँग सोध खराब काम त गरिनँ? कसैको लागि भित्र विकारी ख्याल त आएन? आफ्नो मस्तीमा रहेँ या व्यर्थ-चिन्तनमा समय गयो? बाबाको आदेश छ म एकलाई याद गर। यदि याद गर्दैनौ भने अवज्ञाकारी भयौ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः
१) ज्ञान-योगको मस्तीमा रहनु छ, दिल सफा राख्नु छ। व्यर्थ-चिन्तनमा आफ्नो समय गुमाउनु हुँदैन।

२) हामी आत्मा भाइ-भाइ हौं, अब फर्केर घर जानु छ यो अभ्यास पक्का गर्नु छ। विदेही बनेर स्वधर्ममा स्थित भएर बाबालाई याद गर्नु छ।


वरदान:
अकल्याणको संकल्पलाई समाप्त गरेर अपकारीहरूमाथि उपकार गर्ने ज्ञानी आत्मा भव

कसैले तिम्रो सधैं ग्लानि गरोस्, अकल्याण गरोस्, गाली देओस् फेरि पनि त्यसप्रति मनमा घृणा भाव नआओस्। अपकारीमाथि पनि उपकार यही ज्ञानी आत्माको कर्तव्य हो। जसरी तिमी बच्चाहरूले बाबालाई ६३ जन्म गाली दियौ फेरि पनि बाबाले कल्याणकारी दृष्टिले हेर्नु भयो, त्यसैगरी बाबालाई अनुसरण गर। ज्ञानी आत्माको अर्थ हो नै सबैप्रति कल्याणको भावना। अकल्याण संकल्प मात्र पनि नहोस्।

स्लोगन:
मनमनाभवको स्थितिमा स्थित रह्यौ भने अरूको मनको भावलाई जान्नेछौ।

नोट: आज मधुबनमा अव्यक्त बापदादाको अवतरण दिवस हो।