02.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– खुदा
तिम्रो दोस्त हुनुहुन्छ , रावण दुस्मन हो , त्यसैले तिमीले खुदालाई प्यार गर्छौ र
रावणलाई जलाउँछौ।”
प्रश्न:–
कुन
बच्चाहरूलाई धेरैको आशीर्वाद स्वत: मिल्छ?
उत्तर:–
जुन बच्चाहरू यादमा रहेर स्वयं पनि पवित्र बन्छन् र अरूलाई पनि आफू समान बनाउँछन्।
उनीहरूलाई धेरैको आशीर्वाद स्वत: मिल्छ। उनीहरूले धेरै उच्च पद पाउँछन्। बाबाले तिमी
बच्चाहरूलाई श्रेष्ठ बन्ने एउटै श्रीमत दिनुहुन्छ– प्यारा बच्चाहरू! कुनै पनि
देहधारीलाई याद नगर, केवल मलाई याद गर।
गीत:–
आखिर वह दिन
आया आज...
ओम् शान्ति ।
ओम् शान्तिको
अर्थ त रूहानी बाबाले रूहानी बच्चाहरूलाई सम्झाउनु भएको छ। ओम् अर्थात् म आत्मा हुँ
र यो मेरो शरीर हो। आत्मा त देखिदैन। आत्मामा नै राम्रा र नराम्रा संस्कार रहन्छन्।
आत्मामा नै मन-बुद्धि हुन्छ। शरीरमा बुद्धि हुँदैन। मुख्य हो आत्मा। शरीर त मेरो
हो। आत्मालाई कसैले देख्न सक्दैन। शरीरलाई आत्माले देख्छ। आत्मालाई शरीरले देख्न
सक्दैन। आत्मा निस्क्यो भने शरीर जड बन्छ। आत्मालाई देख्न सकिँदैन। शरीरलाई देख्न
सकिन्छ। त्यस्तै आत्माका जो बाबा हुनुहुन्छ, जसलाई ओ गड फादर भनिन्छ, उहाँलाई पनि
देख्न सकिँदैन, उहाँलाई बुझ्न सकिन्छ, जान्न सकिन्छ। हामी आत्माहरू भाइ-भाइ हौं।
शरीरमा आएपछि भनिन्छ– यी भाइ-भाइ हुन्, यी बहिनी-भाइ हुन्। आत्माहरू त सबै भाइ-भाइ
हुन्। आत्माहरूका पिता हुनुहुन्छ– परमपिता परमात्मा। लौकिक भाइ-बहिनीले एक-अर्कालाई
देख्न सक्छन्। आत्माहरूका पिता एक हुनुहुन्छ, उहाँलाई देख्न सकिँदैन। अहिले बाबा
आउनु भएको छ, पुरानो दुनियाँलाई नयाँ बनाउन। नयाँ दुनियाँ सत्ययुग थियो। पुरानो
दुनियाँ कलियुग हो, अब यो परिवर्तन हुँदैछ। पुरानो दुनियाँ खतम हुनुपर्छ नि। पुरानो
घर खतम भएर नयाँ घर बन्छ नि, त्यस्तै यो पुरानो दुनियाँ पनि खतम हुनु छ। सत्ययुग पछि
त्रेता, द्वापर, कलियुग फेरि सत्ययुग अवश्य आउनु पर्छ। विश्वको इतिहास-भूगोल
दोहोरिनु छ। सत्ययुगमा हुन्छ देवी-देवताको राज्य। सूर्यवंशी र चन्द्रवंशी, त्यसलाई
भनिन्छ लक्ष्मी-नारारायणको डिनायस्टी राम-सीताको डिनायस्टी। यो त सहज छ नि। फेरि
द्वापर-कलियुगमा अरू धर्म आउँछन्। देवताहरू जो पवित्र थिए, उनीहरू अपवित्र बन्छन्,
यसलाई भनिन्छ रावण राज्य। रावणलाई हरेक वर्ष जलाउँदै आउँछन् तर जल्दैन, पटक-पटक
जलाइरहन्छन्। यो हो सबैको ठूलो दुस्मन त्यसैले त्यसलाई जलाउने चलन चलेको हो।
भारतवर्षको नम्बरवन दुस्मन को हो? अनि फेरि नम्बरवन मित्र, सदा सुख दिनेवाला
हुनुहुन्छ खुदा। खुदालाई दोस्त भनिन्छ नि। यसमा एक कहानी पनि छ। त्यसैले खुदा
हुनुहुन्छ दोस्त, रावण हो दुस्मन। खुदा जो दोस्त हुनुहुन्छ, उहाँलाई कहिल्यै पनि
जलाइँदैन। त्यो हो दुस्मन त्यसैले १० शिर भएको रावण बनाएर उसलाई वर्ष-वर्ष जलाउँछन्।
गान्धीजीले पनि भन्दथे– हामीलाई रामराज्य चाहिन्छ। राम राज्यमा सुख हुन्छ, रावण
राज्यमा दु:ख हुन्छ। यो कुरा कसले सम्झाउँछ? पतित-पावन बाबा। शिवबाबा, ब्रह्मा हुन्
दादा। बाबाले सधैं हस्ताक्षर पनि गर्नुहुन्छ बापदादा। प्रजापिता ब्रह्मा पनि सबैका
हुन् नि। जसलाई एडम पनि भनिन्छ। उनलाई आदि पिता भनिन्छ। मनुष्य सृष्टिमा प्रजापिता
भए। प्रजापिता ब्रह्माद्वारा ब्राह्मण रचिन्छन् फेरि ब्राह्मण नै देवता बन्छन्।
देवताहरू फेरि क्षत्रिय, वैश्य, शूद्र बन्छन्। यिनलाई भनिन्छ प्रजापिता ब्रह्मा,
मनुष्य सृष्टिका महान्। प्रजापिता ब्रह्माका कति बच्चाहरू छन्! बाबा-बाबा भनिरहन्छन्।
यी हुन् साकार बाबा। शिवबाबा हुनुहुन्छ निराकार बाबा। गायन पनि छ– प्रजापिता
ब्रह्माद्वारा नयाँ मनुष्य सृष्टि रच्नुहुन्छ। अहिले तिम्रो यो पुरानो शरीर हो। यो
हो नै पतित दुनियाँ, रावण राज्य। अब रावणको आसुरी दुनियाँ खतम हुन्छ। त्यसको लागि
नै यो महाभारत लडाईं हो। फेरि सत्ययुगमा यस रावण दुस्मनलाई कसैले पनि जलाउँदैन।
रावण हुँदैन। रावणले नै दु:खको दुनियाँ बनाएको हो। यस्तो होइन जसको पासमा धेरै पैसा
छ, ठूला-ठूला महल छन्, ऊ स्वर्गमा छ।
बाबा सम्झाउनु हुन्छ–
अहिले कसैको पासमा करोड छ, तर यो त सबै माटोमा मिल्नेवाला छ। नयाँ दुनियाँमा फेरि
नयाँ खानीहरू निस्किन्छन्, जसबाट नयाँ दुनियाँका महल आदि सारा बनाइन्छन्। यो पुरानो
दुनियाँ अब खतम हुँदैछ। मनुष्यले भक्ति गर्छन् सद्गतिको लागि, हामीलाई पावन
बनाउनुहोस्, हामी विकारी बनेका छौं। विकारीलाई पतित भनिन्छ। सत्ययुगमा हुन्छन् नै
वाइसलेस, सम्पूर्ण निर्विकारी हुन्छन्। त्यहाँ बच्चाहरू योगबलबाट पैदा हुन्छन्,
विकार त्यहाँ हुँदैन। न देह-अभिमान, न काम, क्रोध...। ५ विकार हुँदैनन् त्यसैले
त्यहाँ कहिल्यै रावणलाई जलाउँदैनन्। यहाँ त रावण राज्य छ। अब बाबा भन्नुहुन्छ– तिमी
पवित्र बन। यो पतित दुनियाँ खतम हुनु छ। जो श्रीमत अनुसार पवित्र रहन्छन्, उनैले
बाबाको मत अनुसार चलेर विश्वको बादशाहीको वर्सा पाउँछन्। यी लक्ष्मी-नारायणको राज्य
थियो नि। अहिले त रावण राज्य हो, जुन खतम हुनु छ। सत्ययुगी रामराज्य स्थापना हुनु
छ। सत्ययुगमा धेरै कम मनुष्य रहन्छन्। राजधानी दिल्लीमा नै हुन्छ, जहाँ
लक्ष्मी-नारायणको राज्य हुन्छ। दिल्ली सत्ययुगमा परिस्तान थियो। दिल्लीमा नै गद्दी
थियो। रावण राज्यमा पनि दिल्ली राजधानी हो, रामराज्यमा पनि दिल्ली राजधानी हुन्छ।
तर राम राज्यमा त हीरा जुहारतका महल थिए। अथाह सुख थियो। अहिले बाबा भन्नुहुन्छ–
तिमीले विश्वको राज्य गुमाएका हौ, मैले फेरि तिमीलाई दिन्छु। तिमी मेरो मतमा चल।
श्रेष्ठ बन्नु छ भने केवल मलाई याद गर, अरू कुनै देहधारीको याद नगर। आफूलाई आत्मा
सम्झेर म बाबालाई याद गर्यौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ। तिमी मेरो पासमा
आउँछौ। मेरो गलाको माला बनेर फेरि विष्णुको माला बन्छौ। मालामा माथि म हुँ, फेरि
दुई हुन् ब्रह्मा र सरस्वती। उनै सत्ययुगका महाराजा-महारानी बन्छन्। उनीहरूको नै
फेरि सारा माला हुन्छ जो नम्बरवार गद्दीमा बस्छन्। म यस विश्वलाई यी ब्रह्मा,
सरस्वती र ब्राह्मणहरूद्वारा स्वर्ग बनाउँछु। जसले मेहनत गर्छन्, उनीहरूको नै
यादगार बन्छ। त्यो हो रुद्र माला र त्यो विष्णुको माला। रुद्र माला हो– आत्माहरूको
र विष्णुको माला हो मनुष्यहरूको। आत्माहरू बस्ने स्थान त्यो निराकार परमधाम हो,
जसलाई ब्रह्माण्ड पनि झनिन्छ। आत्मा कुनै अण्डा जस्तो छैन, आत्मा त बिन्दु जस्तै छ।
हामी सबै आत्माहरू त्यहाँ स्वीट होममा रहन्छौं। बाबाको साथमा हामी आत्माहरू रहन्छौं।
त्यो हो मुक्तिधाम। मनुष्य सबैले चाहन्छन् मुक्तिधाममा जाऔं तर फर्केर कोही एक जना
पनि जान सक्दैन। सबैले पार्टमा आउनु नै पर्छ, तबसम्म बाबाले तिमीलाई तयार गराउँदै
रहनुहुन्छ। तिमी तयार भएपछि फेरि जति पनि आत्माहरू छन्, तिनीहरू सबै आइसक्छन्।
त्यसपछि समाप्त हुन्छ। तिमीले गएर नयाँ दुनियाँमा राज्य गर्छौ फेरि नम्बरवार चक्र
चल्छ। गीतमा सुन्यौ नि– आखिर त्यो दिन आयो आज....तिमीले जानेका छौ– जो भारतवासी
अहिले नर्कवासी छन्, फेरि स्वर्गवासी बन्छन्। बाँकी सबै आत्माहरू शान्तिधाममा
जान्छन्। थोरै मात्र सम्झाउनु पर्छ। अल्फ बाबा, बे बादशाही। आत्मालाई बादशाही मिल्छ।
बाबा भन्नुहुन्छ– मैले त्यही राज्य फेरि स्थापना गर्छु। तिमी ८४ जन्म भोगेर अहिले
पतित बनेका छौ। पतित बनाएको हो रावणले। फेरि पावन कसले बनाउँछ? भगवान जसलाई
पतित-पावन भनिन्छ, तिमी कसरी पतितबाट पावन, पावनबाट पतित बन्छौ त्यो सारा
इतिहास-भूगोल दोहोरिन्छ। यो विनाश हो नै यसको लागि। भन्छन्– ब्रह्माको आयु शास्त्रमा
१०० वर्ष छ। यी जो ब्रह्मा छन्, जसमा बाबा बसेर वर्सा दिलाउनु हुन्छ, उनको पनि शरीर
छुट्छ। आत्माहरूलाई बसेर, आत्माहरूका जो बाबा हुनुहुन्छ उहाँले सम्झाउनु हुन्छ।
मनुष्यले मनुष्यलाई पावन बनाउन सक्दैन। देवताहरू कहिल्यै विकारबाट पैदा हुन सक्दैनन्।
पुनर्जन्म त सबैले लिँदै आउँछन्। बाबाले कति राम्ररी सम्झाउनु हुन्छ ताकि तकदिर
जागोस्। बाबा आउनु हुन्छ नै मनुष्य मात्रको तकदिर जगाउन। सबै पतित, दु:खी छन् नि।
त्राहि-त्राहि गरेर विनाश हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– त्राहि-त्राहि गर्नु
भन्दा पहिला म बेहदको बाबाबाट वर्सा लिइहाल। यो जुन कुरा दुनियाँमा देख्छौ, त्यो सबै
खतम भएर जान्छ। विश्वको पतन र उत्थान, यसको नै खेल हो। विश्वको उत्थान। स्वर्गमा
कस-कसले राज्य गर्छन्, यो बाबाले नै बसेर सम्झाउनु हुन्छ। विश्वको उत्थान,
देवताहरूको राज्य, विश्वको पतन रावण राज्य। अहिले नयाँ दुनियाँ बनिरहेको छ। बाबासँग
पढिरहेका छौ, नयाँ दुनियाँको वर्सा लिनको लागि। कति सजिलो छ। यो हो मनुष्यबाट देवता
बन्ने पढाइ। यो पनि राम्रोसँग बुझ्नुपर्छ। कुन-कुन धर्म कहिले आउँछन्, द्वापर पछि
नै अरू-अरू धर्म आउँछन्। पहिला सुख भोग्छन् पछि दु:ख। यो सारा चक्रलाई बुद्धिमा
बसाउनु पर्छ। जसबाट तिमी चक्रवर्ती महाराजा-महारानी बन्छौ। केवल अल्फ र बेलाई बुझ्नु
छ। अब विनाश त हुनु नै छ। हंगामा यति हुन्छ, जसकारण बेलायतबाट कोही आउन सक्ने छैनन्
त्यसैले बाबा सम्झाउनु हुन्छ– भारतवर्षको भूमि सबैभन्दा उत्तम हो। शक्तिशाली लडाईं
लाग्छ अनि त्यहाँको त्यहीँ रहन्छन्। ५०-६० लाख दिए पनि मुश्किलले आउन सक्छन्। भारत
भूमि सबैभन्दा उत्तम हो, जहाँ बाबा आएर अवतार लिनुहुन्छ। शिवजयन्ती पनि यहाँ नै
मनाइन्छ। केवल कृष्णको महिमा लेखिदिनाले सारा महिमा नै खतम भएको छ। सर्व मनुष्य
मात्रका मुक्तिदाता यहाँ नै आएर अवतार लिनुहुन्छ। शिवजयन्ती पनि यहाँ नै मनाइन्छ।
परम पिता नै हुनुहुन्छ जसले आएर मुक्त गर्नुहुन्छ। त्यसैले यस्ता बाबालाई नै नमन
गर्नुपर्छ, उहाँको नै जयन्ती मनाउनु पर्छ। उहाँ बाबा यहाँ आएर सबैलाई पावन बनाउनु
हुन्छ। त्यसैले यो सबैभन्दा ठूलो तीर्थ भयो। सबैलाई दुर्गतिबाट छुटाएर सद्गति
दिनुहुन्छ, ड्रामा यस्तो बनेको छ। अहिले तिमी आत्माहरूले जानेका छौ– हाम्रो बाबाले
हामीलाई यस शरीरद्वारा यो रहस्य सम्झाइरहनु भएको छ, हामी आत्माले यस शरीरद्वारा
सुन्छौं। आत्म-अभिमानी बन्नु छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर तब खिया उत्रिदै
जान्छ र पवित्र बनेर तिमी बाबाको पासमा आउँछौ। जति याद गर्छौ, त्यति पवित्र बन्छौ।
अरूलाई पनि आफू समान बनायौ भने धेरैको आशीर्वाद मिल्छ। उच्च पद पाउँछौ त्यसैले गायन
छ– सेकेण्डमा जीवनमुक्ति। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) श्रीमत
अनुसार पवित्र बनेर हरदम बाबाको मतमा चलेर विश्वको बादशाही लिनु छ। बाबा समान
दु:ख-हर्ता सुख-कर्ता बन्नु छ।
२) मनुष्यबाट देवता
बन्ने यो पढाइ सधैं पढिरहनु छ। सबैलाई आफू समान बनाउने सेवा गरेर आशीर्वाद प्राप्त
गर्नु छ।
वरदान:–
अधिकारीपनको
स्थितिद्वारा बाबालाई आफ्नो साथी बनाउने सदा विजयी भव
बाबालाई साथी बनाउने
सहज तरीका हो– अधिकारीपनको स्थिति। जब अधिकारीपनको स्थितिमा स्थित रहन्छौ तब व्यर्थ
संकल्प वा अशुद्ध संकल्पको हलचलमा वा अनेक रसमा बुद्धि डगमग हुँदैन। बुद्धिको
एकाग्रताद्वारा सामना गर्ने, परख गर्ने र निर्णय गर्ने शक्ति आउँछ, जसले सजिलै
मायाका अनेक प्रकारका आक्रमणबाट विजयी बनाइदिन्छ।
स्लोगन:–
राजयोगी त्यो
हो, जो सेकेन्डमा सारबाट विस्तार र विस्तारबाट सारमा जाने अभ्यासी हुन्छ।