02.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अब फर्केर घर जानु छ त्यसैले देहसहित देहका सबै सम्बन्धलाई भुलेर एक बाबालाई याद गर , यही हो सच्चा गीताको सार।

प्रश्न:
तिमी बच्चाहरूको सहज पुरुषार्थ के हो?

उत्तर:
बाबा भन्नुहुन्छ तिमी एकदम मौनमा रहने गर। मौनमा रह्यौ भने नै बाबाको वर्सा लिन सक्छौ। बाबालाई याद गर्नु छ, सृष्टि चक्रलाई घुमाउनु छ। बाबाको यादले तिम्रा विकर्म विनाश हुन्छन्, आयु लामो हुन्छ र चक्रलाई जान्नाले चक्रवर्ती राजा बन्छौ यही हो सहज पुरुषार्थ।

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूप्रति रूहानी बाबाले फेरि सम्झाइरहनु भएको छ। दिनहुँ ज्ञान दिनुहुन्छ। बच्चाहरूले त सम्झन्छन् वास्तवमा हामी कल्प पहिला जस्तै गीताको ज्ञान पढिरहेका छौं। तर कृष्णले पढाउँदैनन्, परमपिता परमात्माले हामीलाई पढाउनु हुन्छ। उहाँले नै हामीलाई फेरि राजयोग सिकाइरहनु भएको छ। तिमी अहिले डाइरेक्ट भगवानबाट सुनिरहेका छौ। हिन्दुहरूको सारा कुरा गीतामा नै आधारित छ, त्यस गीतामा पनि लेखिएको छ रुद्र ज्ञान यज्ञ रचियो। यो यज्ञ पनि हो भने पाठशाला पनि हो। बाबाले जब सच्चा गीता सुनाउनु हुन्छ, अनि हामीले सद्गतिलाई प्राप्त गर्छौं। मानिसहरूले यो बुझेका छैनन् बाबा जो सर्वका सद्गति दाता हुनुहुन्छ, उहाँलाई नै याद गर्नु छ। गीता पढ्दै आए पनि रचयिता र रचनालाई नजान्नाले नेति-नेति भन्दै आएका छन्। सच्चा गीता त सच्चा बाबाले नै आएर सुनाउनु हुन्छ, यो हो विचार सागर मंथन गर्ने कुरा। जो सेवामा हुन्छन्, उनीहरूको राम्रोसँग ध्यान जान्छ। बाबाले भन्नुभएको छ हरेक चित्रमा अवश्य लेखिएको होस् ज्ञानसागर पतित-पावन, गीता ज्ञान दाता, परमप्रिय, परमपिता, परमशिक्षक, परम सद्गुरु शिव भगवानुवाच। यो अक्षर त अवश्य लेख, जसले गर्दा मानिसहरूले बुझून् त्रिमूति शिव परमात्मा नै गीताका भगवान हुनुहुन्छ, नकि श्रीकृष्ण। विचार पनि यसैमा लेखाइन्छ। हाम्रो हो मुख्य गीता। बाबाले दिन-प्रतिदिन नयाँ-नयाँ प्वाइन्ट पनि दिइरहनु हुन्छ। यस्तो आउनु हुँदैन पहिल्यै बाबाले किन भन्नु भएन? ड्रामामा थिएन। बाबाको मुरलीबाट नयाँ-नयाँ प्वाइन्ट निकाल्नुपर्छ। लेख्छन् पनि उत्थान र पतन। हिन्दीमा (नेपालीमा) भनिन्छ भारतको उत्थान र पतन। राइज अर्थात् दैवी राज्यको निर्माण, १०० प्रतिशत पवित्रता, शान्ति, सम्पन्नताको स्थापना हुन्छ फेरि आधा कल्पपछि पतन हुन्छ। आसुरी राज्यको पतन। उत्थान र निर्माण दैवी राज्यको हुन्छ। पतनको साथमा विनाश लेख्नु पर्छ। तिम्रो सारा पुरुषार्थ गीतामा आधारित छ। बाबाले नै आएर सच्चा गीता सुनाउनु हुन्छ। बाबाले सधैं यसमा नै सम्झाउनु हुन्छ। बच्चाहरू त आत्मा नै हुन्। बाबा भन्नुहुन्छ यस देहको सारा विस्तारलाई भुलेर आफूलाई आत्मा सम्झ। आत्मा शरीरबाट अलग भएपछि सबै सम्बन्ध भुल्छ। त्यसैले बाबाले पनि भन्नुहुन्छ देहका सबै सम्बन्ध छोडेर आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। अब घर जानु छ नि! फर्केर जानको लागि नै आधाकल्प यति भक्ति आदि गरेका हौ। सत्ययुगमा त कसैले फर्केर जाने पुरुषार्थ गर्दैनन्। त्यहाँ त सुख नै सुख हुन्छ। गाउँछन् पनि, दु:ख में सिमरण सब करें, सुख में करे न कोई। तर सुख कहिले हुन्छ, दु:ख कहिले हुन्छ यो बुझेका छैनन्। हाम्रो सबै कुरा गुप्त छ। हामी पनि रूहानी मिलेट्री हौं नि। शिवबाबाका शक्तिसेना हौं। यसको अर्थ पनि कसैले बुझेका छैनन्। देवी आदिको यति पूजा हुन्छ तर कसैको बारेमा पनि जानेका छैनन्। जसको पूजा गर्छन्, उनको जीवनी त जान्नु पर्छ नि। उच्च भन्दा उच्च शिवको पूजा हुन्छ फेरि ब्रह्मा-विष्णु-शंकरको फेरि लक्ष्मी-नारायण, राधा-कृष्णका मन्दिर छन्। अरू त कसैको छैन। एउटै शिवबाबाका कति भिन्न-भिन्न नाम राखेर मन्दिर बनाएका छन्। अहिले तिम्रो बुद्धिमा सारा चक्र छ। ड्रामामा मुख्य एक्टर पनि हुन्छन् नि। त्यो हो हदको ड्रामा। यो हो बेहदको ड्रामा। यसमा मुख्य को-को छन्, यो तिमीलाई थाहा छ। मानिसहरू त भनिदिन्छन् रामजी संसार बनेको नै होइन। यसमा पनि एक शास्त्र बनाइएको छ। अर्थ केही पनि बुझ्दैनन्।

बाबाले तिमी बच्चाहरूलाई धेरै सहज पुरुषार्थ सिकाउनु भएको छ। सबैभन्दा सहज पुरुषार्थ हो तिमी एकदम मौनमा रहने गर। चुप रहनाले नै बाबाको वर्सा लिन सक्छौ। बाबालाई याद गर्नु छ। सृष्टि-चक्रलाई याद गर्नु छ। बाबाको यादले तिम्रो विकर्म विनाश हुन्छ। तिमी निरोगी बन्छौ। आयु लामो हुन्छ। चक्रलाई जान्नाले चक्रवर्ती राजा बन्छौ। अहिले छौ नर्कको मालिक फेरि स्वर्गको मालिक बन्छौ। स्वर्गको मालिक त सबै बन्छन् फेरि त्यसमा पद हुन्छ। जति आफू समान बनाउने छौ त्यति उच्च पद मिल्छ। अविनाशी ज्ञान रत्नहरूको दान नै गर्दैनौ भने बदलामा के मिल्छ? कोही धनवान बन्छ भने भनिन्छ उसले पूर्व जन्ममा दान-पुण्य राम्रो गरेको रहेछ। अहिले बच्चाहरूलाई थाहा छ रावण राज्यमा त सबैले पाप नै गर्छन्, सबैभन्दा पुण्य आत्मा हुन् श्री लक्ष्मी-नारायण। हो, ब्राह्मणहरूलाई पनि उच्च राखिन्छ जसले सबैलाई उच्च बनाउँछन्। त्यो त प्रारब्ध हो। यी ब्रह्मा मुख वंशावली ब्राह्मण कुल भूषणले श्रीमत अनुसार यो श्रेष्ठ कर्तव्य गर्छन्। ब्रह्माको नाम छ मुख्य। त्रिमूर्ति ब्रह्मा भनिन्छ नि। अहिले त तिमीलाई हरेक कुरामा त्रिमूर्ति शिव भन्नुपर्छ। ब्रह्माद्वारा स्थापना, शंकरद्वारा विनाश यो त गायन छ नि। विराट रूप पनि बनाउँछन्, तर त्यसमा न शिवलाई देखाउँछन्, न ब्राह्मणहरूलाई देखाउँछन्। यो पनि तिमी बच्चाहरूलाई सम्झाउनु छ। तिमीहरूमा पनि यथार्थ रीति मुश्किलले कसैको बुद्धिमा बस्छ। अथाह प्वाइन्टहरू छन् नि, जसलाई टपिक पनि भनिन्छ। कति टपिक मिल्छन्। सच्चा गीता भगवानद्वारा सुन्नाले मनुष्यबाट देवता, विश्वको मालिक बनिन्छ। टपिक कति राम्रो छ। तर सम्झाउने पनि अक्कल चाहिन्छ नि। यो कुरा स्पष्ट लेख्नुपर्छ जसले गर्दा मानिसहरूले बुझून् र सोधून्। कति सहज छ। एक-एक ज्ञानको प्वाइन्ट लाखौं करोडौं रूपैयाँको छ, जसले तिमी केबाट के बन्छौ। तिम्रो कदम-कदममा पदम छ। त्यसैले देवताहरूलाई पनि पदमको फूल देखाइन्छ। तिमी ब्रह्मा मुख वंशावली ब्राह्मणहरूको नाम नै गुम गरिदिएका छन्। ती ब्राह्मणहरू काखीमा कुरम, गीता लिन्छन्। अहिले तिमी हौ सच्चा ब्राह्मण, तिम्रो बुद्धिमा छ सत्यम्। उनीहरूको बुद्धिमा छ कुरम्। त्यसैले तिमीलाई नशा चढ्नुपर्छ हामी त श्रीमत अनुसार स्वर्ग बनाइरहेका छौं, बाबाले राजयोग सिकाइरहनु भएको छ। तिम्रो पासमा कुनै पुस्तक छैन। यो साधारण ब्याज नै तिम्रो सच्चा गीता हो, यसमा त्रिमूर्तिको पनि चित्र छ। त्यसैले सारा गीता यसमा आउँछ। सेकेण्डमा सारा गीता सम्झाइन्छ। यस ब्याजद्वारा तिमी सेकेण्डमा कसैलाई पनि सम्झाउन सक्छौ। उहाँ तिम्रो पिता हुनुहुन्छ, उहाँलाई याद गर्नाले तिम्रा पाप भस्म हुन्छन्। ट्रेनमा जाँदा, हिँड्दा-डुल्दा जो मिले पनि तिमीले उनलाई राम्रोसँग सम्झाऊ। कृष्णपुरीमा त सबै जान चाहन्छन् नि। यस पढाइबाट यो बन्न सक्छौ। पढाइबाट राजाई स्थापना हुन्छ। अरू धर्म स्थापकहरूले कुनै राजाई स्थापना गर्दैनन्। तिमीलाई थाहा छ हामी भविष्य २१ जन्मको लागि राजयोग सिक्छौं। कति राम्रो पढाइ छ। केवल दिनहुँ १ घन्टा पढ। पुग्यो। त्यो पढाइ त ४-५ घन्टाको लागि हुन्छ। यहाँ त एक घन्टा पनि पर्याप्त छ। त्यसमा पनि सबेरैको समय यस्तो छ, जुन सबैलाई फ्री हुन्छ। बाँकी कोही बन्धनवाला छन्, सबेरै आउन सक्दैनन् भने अरू समय राखिएको छ। ब्याज लगाइराखिएको होस्, जहाँसुकै जाऊ, यो सन्देश दिदै जाऊ। अखबारमा त ब्याज राख्न सकिँदैन, एकातिरको मात्र राख्न सकिन्छ। मानिसहरूले न सम्झाएसम्म यसरी त बुझ्न सक्दैनन्। छ धेरै सहज। यो धन्धा त जसले पनि गर्न सक्छन्। ठीकै छ, स्वयंले याद नगरोस्, अरूलाई याद दिलाओस्। त्यो पनि राम्रो हो। अरूलाई देही-अभिमानी बन भन्नेवाला स्वयं देह-अभिमानी भयौ भने केही न केही विकर्म भइरहन्छ। पहिला-पहिला तुफान मनसामा फेरि कर्मणामा आउँछ। मनसामा धेरै आउँछ, त्यसमा फेरि बुद्धिले काम लिनु छ, खराब काम कहिल्यै गर्नु छैन। राम्रो कर्म गर्नु छ। संकल्प राम्रा पनि हुन्छन्, खराब पनि आउँछन्। खराबलाई रोक्नुपर्छ। यो बुद्धि बाबाले दिनुभएको छ। अरू कसैले बुझ्न सक्दैन। उनीहरू त गलत काम नै गरिरहन्छन्। तिमीलाई अहिले ठीक काम नै गर्नु छ। राम्रो पुरुषार्थले ठीक काम हुन्छ। बाबाले त हरेक कुरा धेरै राम्रोसँग सम्झाइरहनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यो एक-एक अविनाशी ज्ञानको रत्न लाखौं-करोडौं रूपैयाँको छ, यिनलाई दान गरेर कदम-कदममा पदमको कमाई जम्मा गर्नु छ। आफू समान बनाएर उच्च पद पाउनु छ।

२) विकर्मबाट बच्नको लागि देही-अभिमानी रहने पुरुषार्थ गर्नु छ। मनसामा कहिलेकाहीं खराब संकल्प आयो भने त्यसलाई रोक्नु पर्छ। राम्रा संकल्प चलाउनु छ। कर्मेन्द्रियहरूबाट कहिल्यै कुनै उल्टो कर्म गर्नु हुँदैन।

वरदान:
सेवाद्वारा योगयुक्त स्थितिको अनुभव गर्ने रूहानी सेवाधारी भव

ब्राह्मण जीवन सेवाको जीवन हो। मायाबाट बचाउने श्रेष्ठ साधन सेवा हो। सेवाले योगयुक्त बनाउँछ तर केवल मुखको सेवा होइन, सुनेका मधुर बोलको स्वरूप बनेर सेवा गर्नु, नि:स्वार्थ सेवा गर्नु, त्याग, तपस्या स्वरूपद्वारा सेवा गर्नु, हदको कामनाहरूबाट पर निष्काम सेवा गर्नु यसलाई भनिन्छ ईश्वरीय वा रूहानी सेवा। मुखको साथै मनद्वारा सेवा गर्नु अर्थात् मनमनाभव स्थितिमा स्थित हुनु।

स्लोगन:
आकृतिलाई नदेखेर निराकार बाबालाई देख्यौ भने आकर्षणमूर्त बन्न पुग्छौ।


मातेश्वरीजीको अनमोल महावाक्य:
कर्म बन्धन तोड्ने पुरुषार्थ
धेरै मानिसहरूले भन्ने गर्छन् हामीले के गर्नुपर्छ? कसरी आफ्नो कर्म-बन्धन तोड्न सकिन्छ? बाबालाई हरेकको जन्म-पत्री थाहा छ। बच्चाहरूको काम हो एकपटक दिलदेखि बाबामा समर्पित हुने, आफ्नो जिम्मेदारी उहाँको हातमा दिने। फेरि के गर्नु पर्छ, हरेकलाई सुझाव दिनुहुन्छ। सहारा पनि यथार्थमा लिनु छ, बाँकी यस्तो होइन केवल सुनिराख अनि आफ्नै मतमा चल्दै गर। बाबा साकारमा हुनुहुन्छ त्यसैले बच्चाहरूले पनि स्थूलमा पिता, गुरु, टिचरको सहारा लिनु छ। यस्तो पनि होइन आज्ञा मिलोस् तर पालन गर्न नसकियोस्, यसरी त अकल्याण नै हुने छ। त्यसैले आदेश पालन गर्ने पनि हिम्मत चाहिन्छ, चलाउनेवाला त विज्ञ हुनुहुन्छ, उहाँलाई थाहा छ यसको कल्याण केमा छ, त्यसैले उहाँले यस्तो निर्देशन दिनुहुन्छ जसबाट कर्म-बन्धन तोडियोस्। कसैलाई फेरि यस्तो विचार नआओस् बच्चा आदिको के होला? यसमा कुनै घरबार छोड्ने कुरा छैन, त्यो त थोरै बच्चाहरूको पार्ट थियो छोड्ने, यदि त्यो पार्ट नहुने हो भने त अहिले तिम्रो सेवा कसले गर्ने थियो? अब त छोड्ने कुरै छैन, तर परमात्माको बन्नुपर्छ, नडराऊ, हिम्मत राख। बाँकी जो डराउँछ, ऊ न स्वयं खुशीमा रहन्छ, न फेरि बाबाको सहयोगी बन्छ। यहाँ त उहाँको साथमा पूरा मदतगार बन्नु छ। जब जीवन छँदै मर्ने छौं, तब नै मदतगार बन्न सक्छौं। कहीँ अल्झिएको छ भने उसले कसरी मदत दिएर पार हुन्छ। त्यसैले बाबासँग मनसा-वाचा-कर्मणा सहयोगी बन्नु छ, यसमा अलिकति पनि मोहको राग छ भने त्यसले गिराइदिन्छ। त्यसैले हिम्मत राखेर अगाडि बढ। कहीँ हिम्मतमा कमजोर भयौ भने अलमलिन्छौ, त्यसैले आफ्नो बुद्धिलाई एकदमै पवित्र बनाउनु पर्छ, विकारको अलिकति पनि अंश नहोस्, लक्ष्य कहाँ टाढा छ र! चढाइ अलिकति घुमाउरो छ, तर समर्थको सहारा लियौं भने न डर हुन्छ, न थकाइ लाग्छ। अच्छा, ओम् शान्ति।