02.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अब तिम्रो सबै तिरबाट लगाव टुट्नु पर्छ किनकि घर जानु छ।कुनै यस्तो विकर्म नहोस् जसले ब्राह्मण कुलको नाम बदनाम होस्।

प्रश्न:
बाबा कुन बच्चाहरूलाई देखेर धेरै हर्षित हुनुहुन्छ? कुनचाहिँ बच्चा बाबाको आँखामा रहन्छन्?

उत्तर:
जुन बच्चाहरूले धेरैलाई सुखदायी बनाउँछन्, सेवाधारी छन्, उनीहरूलाई देखेर बाबा पनि हर्षित हुनुहुन्छ। जुन बच्चाहरूको बुद्धिमा रहन्छ एक बाबासँग नै बोलौं, बाबासँग नै कुरा गरौं.... यस्ता बच्चाहरू बाबाको आँखामा रहन्छन्। बाबा भन्नुहुन्छ मेरो सेवा गर्ने बच्चा मलाई अति प्रिय छन्। यस्ता बच्चाहरूलाई मैले याद गर्छु।

ओम् शान्ति ।
मिठा प्यारा रूहानी बच्चाहरूले यो त जान्दछन् कि हामी बाबाको सामुन्ने बसेका छौं, उहाँ बाबा फेरि शिक्षकको रूपमा पढाउनेवाला पनि हुनुहुन्छ। उहाँ बाबा नै पतित-पावन सद्गति दाता पनि हुनुहुन्छ। साथमा लैजाने वाला पनि हुनुहुन्छ र मार्ग पनि धेरै सहज बताउनुहुन्छ। पतितबाट पावन बनाउनको लागि कुनै मेहनत दिनुहुन्न। कहीँ पनि जाऊ घुम्दा फिर्दा, वेलायतमा जाँदा, केवल आफूलाई आत्मा सम्झ। त्यो त सम्झन्छौ। तर फेरि पनि भन्नुहुन्छ आफूलाई आत्मा निश्चय गर, देह-अभिमानलाई छोडेर आत्म-अभिमानी बन। हामी आत्मा हौं, शरीर लिन्छौं पार्ट खेल्नको लागि। एउटा शरीरबाट पार्ट बजाएर फेरि अर्को लिन्छौं। कसैको पार्ट १०० वर्षको, कसैको ८० वर्षको, कसैको २ वर्षको, कसैको ६ महिनाको। कोही त जन्मने बित्तिकै मर्छन्। कोही जन्म लिनु भन्दा पहिला गर्भमा नै खत्तम हुन्छन्। अब यहाँको पुनर्जन्म र सत्ययुगको पुनर्जन्ममा रात-दिनको फरक छ। यहाँ गर्भबाट जन्म लिन्छन् भने यसलाई गर्भ जेल भनिन्छ। सत्ययुगमा गर्भ जेल हुँदैन। त्यहाँ विकर्म नै हुँदैन, रावण राज्य नै हुँदैन। बाबा सबै कुरा सम्झाउनुहुन्छ। बेहदका बाबा बसेर यस शरीरद्वारा सम्झाउनुहुन्छ। यस शरीरको आत्माले पनि सुन्दछ। सुनाउने वाला ज्ञान सागर बाबा हुनुहुन्छ, जसको आफ्नो शरीर छैन। उहाँ सदैव शिव नै कहलाउनु हुन्छ। जसरी उहाँ पुनर्जन्म रहित हुनुहुन्छ, त्यसरी नै नाम रूप लिनबाट पनि रहित हुनुहुन्छ। उहाँलाई भनिन्छ सदा शिव। सदैव शिव नै हुनुहुन्छ, शरीरको कुनै नाम हुँदैन। यिनमा प्रवेश गर्नुहुन्छ त्यसैले पनि यिनको शरीरको नाम, उहाँ माथि आउदैन। तिम्रो यो हो बेहदको संन्यास, तिनीहरू हदको संन्यासी हुन्छन्। तिनीहरूको पनि नाम फेरिन्छ। तिम्रो नाम पनि बाबाले कति राम्रो-राम्रो राख्नुभयो। ड्रामा अनुसार जसलाई नाम दिनुभयो उनीहरू मध्ये कति गायब भए। बाबाले सम्झिनुभयो मेरो बनेका हुन् भने अवश्य कायम रहनेछन्, सम्बन्ध तोड्ने छैनन्, तर दिए। त्यसैले फेरि नाम राखेर मात्रै के फाइदा? संन्यासी पनि फेरि घर फर्किएर आउँछन् भने फेरि पुरानो नाम नै चल्छ। घरमा फर्किन्छन् नि। यस्तो होइन संन्यास गर्छन् त्यसैले उनीहरूलाई मित्र-सम्बन्धी आदि याद रहदैन। कसैलाई त सबै मित्र-सम्बन्धी आदि याद आइरहन्छ। मोहमा फँसेर मर्छन्। धागो जुटि रहन्छ। कसैको त तुरून्त कनेक्शन टुट्छ। तोड्नु त छ नै। बाबाले सम्झाउनु भएको छ अब फर्केर घर जानु छ। बाबा स्वयं बसेर बताउनु हुन्छ, बिहान पनि बाबाले बताइरहनु भएको थियो नि। हेर्दा हेर्दै मनमा सुख हुन्छ..... किन? आँखामा बच्चाहरू रहेका छन्। आत्मा त नूर (ज्योति) हो नै। बाबा पनि बच्चाहरूलाई देखेर खुशी हुनुहुन्छ नि। कोही त धेरै राम्रो बच्चा हुन्छन्, सेन्टर सम्हाल्छन् र कोही ब्राह्मण बनेर फेरि विकारमा जान्छन् भने उनीहरू अवज्ञाकारी हुन्छन्। यी बाबा पनि सेवाधारी बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ। बेहदका बाबा भन्नुहुन्छ यो त कुल कलंकित निस्कियो। ब्राह्मण कुलको नाम बदनाम गर्छन्। बच्चाहरूलाई सम्झाइरहनु हुन्छ, कसैको पनि नाम-रूपमा फस्नु हुँदैन, उनीहरूलाई पनि सेमी कुल कलंकित भनिनेछ। सेमीबाट फेरि फाइनल पनि हुन जान्छन्। स्वयं लेख्छन् बाबा म गिरें, मैले कालो मुख गरिदिएं। मायाले धोखा दियो। मायाको तुफान धेरै आउँछ। बाबा भन्नुहुन्छ काम कटारी चलायौ भने यो पनि एक-अर्कालाई दु:ख दियौ त्यसैले प्रतिज्ञा गराउनुहुन्छ, रगत निकालेर पनि त्यसबाट ठूलो पत्र लेख्छन्। आज उनीहरू छैनन्। बाबा भन्नुहुन्छ ओहो माया! तिमी धेरै जबरदस्त छौ। यस्ता-यस्ता बच्चाहरू जसले रगतले पनि लेखेर दिन्छन्, तिमी उनीहरूलाई पनि खाइदिन्छौ। जसरी बाबा समर्थ हुनुहुन्छ, माया पनि समर्थ छ। आधाकल्प बाबाको सामथ्र्यको वर्सा मिल्छ, आधाकल्प फेरि मायाले त्यो सामथ्र्य गुमाइदिन्छ। यो हो यहाँको कुरा। देवी-देवता धर्मवाला नै सम्पन्नबाट विपन्न बन्छन्। अहिले तिमी लक्ष्मी-नारायणको मन्दिरमा गयौ भने आश्चर्य मान्छौ, यस घरानाको त हामी थियौं, अहिले हामी पढिरहेका छौं। यिनको आत्माले पनि बाबासँग पढिरहेको छ। पहिला त जहाँ-तहि तिमी ढोग्दथ्यौ। अहिले ज्ञान छ, हरेकको सारा ८४ जन्मको बायोग्राफी तिमीलाई थाहा छ। हरेकले आफ्नो पार्ट बजाउँछन्।

बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! सदैव हर्षित रहनु। यहाँको हर्षितपनको संस्कार फेरि साथमा लैजान्छौ। तिमीलाई थाहा छ हामी के बन्छौं? बेहदका बाबा हामीलाई यो वर्सा दिइरहनु भएको छ, अरू कसैले दिन सक्दैन। एउटा पनि मनुष्य छैन जसलाई थाहा होस् कि यी लक्ष्मी-नारायण कहाँ गए। सम्झन्छन् जहाँबाट आएका हुन् त्यहीँ गए। बाबा भन्नुहुन्छ अब बुद्धिले निर्णय गर भक्ति मार्गमा पनि तिमी वेद-शास्त्र पढ्छौ, अहिले म तिमीलाई ज्ञान सुनाउँछु। तिमी निर्णय गर भक्ति राइट छ या हामी राइट छौं? बाबा, राम हुनुहुन्छ राइटियस, रावण छ अनराइटियस। हरेक कुरामा असत्य बोल्छन्। यो ज्ञानको कुराको लागि भनिन्छ। तिमी बुझ्दछौ पहिला हामी सबै असत्य बोल्दथ्यौं। दान-पुण्य आदि गरेर पनि सीढी तल नै झर्छन्। तिमी दिन्छौ पनि आत्माहरूलाई। पापात्माले पापात्मालाई दिन्छन् भने फेरि पुण्य आत्मा कसरी बन्छन्? वहाँ आत्माहरूको लेन-देन हुँदै हुँदैन। यहाँ त लाखौ रुपैयाँको कर्जा लिदै रहन्छन्। यस रावण राज्यमा कदम-कदममा मनुष्यहरूलाई दु:ख छ। अहिले तिमी संगममा छौ। तिम्रो त कदम-कदममा पदम छ। देवताहरू पदमपति कसरी बने? यो कसैलाई पनि थाहा छैन। स्वर्ग त अवश्य थियो। निशानीहरू छन्। बाँकी उनीहरूलाई यो थाहा हुँदैन कुन चाहिं कर्म गरेका थियौं अघिल्लो जन्ममा, जसले गर्दा राज्य मिलेको छ। त्यो त हो नै नयाँ सृष्टि। फालतु ख्याल नै हुँदैन। त्यसलाई भनिन्छ नै सुखधाम। ५ हजार वर्षको कुरा हो। तिमी पढ्छौ सुखको लागि, पावन बन्नको लागि। अथाह युक्तिहरू निस्कन्छन्। बाबा कति राम्रो रीतिले सम्झाउनुहुन्छ, शान्तिधाम आत्माहरूको रहने स्थान हो, त्यसलाई स्वीट होम भनिन्छ। जसरी वेलायतबाट आउँछन् भने सम्झन्छन् अब हामी आफ्नो स्वीट होममा जान्छौ। तिम्रो स्वीट होम हो शान्तिधाम। बाबा पनि शान्तिका सागर हुनुहुन्छ नि, जसको पार्ट नै पछाडिमा हुन्छ भने कति समय शान्तिमा रहन्छन् होला। बाबाको धेरै कम पार्ट भनिन्छ। यस ड्रामामा तिम्रो छ हिरो-हिरोइनको पार्ट। तिमी विश्वको मालिक बन्छौ। यो नशा कहिल्यै अरू कसैमा हुन सक्दैन। अरू कसैको तकदीरमा स्वर्गको सुख छँदै छैन। यो त तिमी बच्चाहरूलाई नै मिल्छ। जुन बच्चाहरूलाई बाबा हेर्नुहुन्छ, भन्छन् बाबा तिमीसँग नै बोलौ, तिमीसँग नै कुरा गरौ.... बाबा पनि भन्नुहुन्छ म तिमी बच्चाहरूलाई हेरी-हेरी धेरै हर्षित हुन्छु। म ५ हजार वर्ष पछि आएको छु, बच्चाहरूलाई दु:खधामबाट सुखधाममा लैजान्छु किनकि काम चितामा चढ्दा-चढ्दा जलेर भस्म भएका छन्। अब उनीहरूलाई गएर चिहानबाट निकाल्नु छ। आत्माहरू त सबै हाजिर छन् नि। उनीहरूलाई पावन बनाउनु छ।

बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! बुद्धिले एक सतगुरुलाई याद गर र सबैलाई भुल। एकसँग नै सम्बन्ध राख्नु छ। तिम्रो भनाइ पनि थियो तपाई आउनु भयो भने तपाई सिवाए अरू कोहीको हुने छैन। तपाईको नै मतमा चल्नेछौं। श्रेष्ठ बन्नेछौं। महिमा पनि गाउँछन् उच्च भन्दा उच्च भगवान् हुनुहुन्छ। उहाँको मत पनि उच्च भन्दा उच्च छ। बाबा स्वयं भन्नुहुन्छ यो ज्ञान जुन अब तिमीलाई दिन्छु त्यो फेरि प्राय: लोप हुन्छ। भक्ति मार्गको शास्त्र त परम्परा देखि चलि आउँछ। भन्दछन् रावण पनि चल्दै आउँछ। तिमीले सोध रावणलाई कहिले देखि जलाउनु भएको, किन जलाउनु हुन्छ? केही पनि थाहा छैन। अर्थ नबुझ्नाको कारण कति उत्सव गर्छन्। धेरै मानिसलाई बोलाउँछन्। मानौं उत्सव गर्छन्, रावणलाई जलाउने। तपाई बुझ्न सक्नुहुन्न रावणलाई कहिले देखि बनाउँदै आएका हुन्? दिन-प्रतिदिन ठूलो बनाउँदै जान्छन्, भन्दछन् यो परम्परादेखि चलि आएको हो। तर यस्तो त हुन सक्दैन। आखिर रावणलाई कहिलेसम्म जलाउँदै रहनेछन्? तिमीले त जानेका छौ बाँकी थोरै समय छ फेरि त यिनको राज्य नै हुने छैन। बाबा भन्नुहुन्छ यो रावण सबैभन्दा ठूलो दुश्मन हो, यसमाथि विजय प्राप्त गर्नु छ। मनुष्यहरूको बुद्धिमा धेरै कुरा छ। तिमीलाई थाहा छ यस ड्रामामा सेकेन्ड बाई सेकेन्ड जे पनि चल्दै आयो, त्यो सबै निश्चित छ। तिमीले तिथि मिति सारा हिसाब निकाल्न सक्छौ कति घण्टा, कति वर्ष, कति महिना हाम्रो पार्ट चल्छ। यो सारा ज्ञान बुद्धिमा हुनु पर्छ। बाबा हामीलाई यो सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ म पतित-पावन हुँ। तिमी मलाई बोलाउँछौ आएर पावन बनाउनुहोस्। पावन दुनियाँ हुन्छ शान्तिधाम र सुखधाम। अहिले त सबै पतित छन्। हर हमेसा बाबा-बाबा भन्दै गर। यो भुल्नु छैन, तब सदैव शिवबाबा याद आउँछ। उहाँ हाम्रो बाबा हुनुहुन्छ। पहिला-पहिला हुनुहुन्छ उहाँ बेहदको बाबा। बाबा भन्नासाथ वर्साको खुशीमा आउँछन्। केवल भगवान् वा ईश्वर भन्नाले कहिल्यै यस्तो विचार आउने छैन। सबैलाई भन बेहदको बाबाले सम्झाउनुहुन्छ ब्रह्माद्वारा। यो उहाँको रथ हो। यिनीद्वारा भन्नुहुन्छ म तिमी बच्चाहरूलाई यस्तो बनाउँछु। यस ब्याजमा सारा ज्ञान भरिएको छ। पछाडि गएर तिमीलाई यही शान्तिधाम, सुखधाम याद रहनेछ। दु:खधामलाई त भुल्दै जान्छन्। यो पनि जान्दछौ, फेरि नम्बरवार सबै आ-आफ्नो टाइममा आउँछन्। इस्लामी, बौद्धी, क्रिश्चियन आदि कति धेरै छन्। अनेक भाषाहरू छन्। पहिला थियो एक धर्म फेरि त्यसबाट कति निस्किएका छन्। कति लडाई आदि भएको छ। लड्न त सबै लड्छन् किनकि अनाथ बन्छन् नि। अब बाबा भन्नुहुन्छ म तिमीलाई जुन राज्य दिन्छु त्यो कहिल्यै कसैले तिमीसँग खोस्न सक्दैन। बाबाले स्वर्गको वर्सा दिनुहुन्छ, जुन कसैले छिन्न सक्दैन। यसमा अखण्ड, अटल, अडोल रहनु छ। मायाको तूफान त अवश्य आउँछ। पहिला जो अगाडि हुन्छ उसले त सबै अनुभव गर्नु पर्छ नि। रोग आदि सबै सधंको लागि खतम हुनु छ, त्यसैले कर्मको हिसाब-किताब, रोग आदि धेरै आयो भने यसमा डराउनु हुँदैन। यो सबै पछाडिको हो, फेरि हुने छैन। अहिले सबै बाहिर निस्किन्छ। बुढाहरूलाई पनि मायाले जवान बनाइदिन्छ। मनुष्यहरू वानप्रस्थ लिन्छन्, तर त्यहाँ महिला हुँदैनन्। संन्यासीहरू पनि जङ्गलमा जान्छन्। त्यहाँ पनि महिला हुँदैनन्। कसैतर्फ देख्दा पनि देख्दैनन्। भिक्षा लिए, हिँडे। पहिला त कति पनि स्त्री तर्फ हेर्दा पनि हेर्दैनथे। सम्झन्थे अवश्य बुद्धि जान्छ। बहिनी-भाइको सम्बन्धमा पनि बुद्धि जान्छ, त्यसैले बाबा भन्नुहुन्छ भाइ-भाइलाई हेर। शरीरको नाम पनि होइन। यो धेरै उच्च लक्ष्य हो। एकदम शिखरमा जानु छ। यो राजधानी स्थापना भइरहेको छ। यसमा धेरै मेहनत छ। भन्दछन् हामी त लक्ष्मी-नारायण बन्छौं। बाबा भन्नुहुन्छ बन। श्रीमतमा चल। मायाको तूफान त आउँछ, कर्मेन्द्रियहरूबाट केही पनि गर्नु छैन। देवाला आदि त यसै पनि परि रहन्छ। यस्तो होइन, ज्ञानमा आएका छन् त्यसैले देवाला भयो। यो त चलिरहन्छ। बाबा त भन्नुहुन्छ म आएको हुँ नै तिमीलाई पतितबाट पावन बनाउन। कहिले धेरै राम्रो सेवा गर्छन्, अरूलाई सम्झाउँछन् फेरि देवाला मारन्ती... माया धेरै जबरदस्त छ। राम्रा-राम्रा पनि गिर्न पुग्छन्। बाबा बसेर सम्झाउनुहुन्छ, मेरो सेवा गर्नेवाला बच्चा नै मलाई प्रिय लाग्छ। धेरैलाई सुखदायी बनाउँछन्, यस्ता बच्चाहरूलाई याद गरिरहन्छु। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति मात-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कसैको पनि नाम रूपमा फँसेर कुल कलंकित बन्नु छैन। मायाको धोकामा आएर एक-अर्कालाई दु:ख दिनु हुँदैन। बाबाबाट समर्थीको वर्सा लिनु छ।

२) सदैव हर्षित रहने संस्कार यहाँबाट नै भर्नु छ। अब पाप आत्माहरूसँग कुनै पनि लेन-देन गर्नु छैन। रोग आदिसँग डराउनु छैन, सबै हिसाब-किताब अहिले नै चुक्ता गर्नु छ।


वरदान:
परिस्थितिहरूलाई शिक्षक सम्झेर त्यसबाट पाठ पढ्ने अनुभवी मूर्त भव

कुनै पनि परिस्थितिमा आत्तिनुको सट्टा केही समयको लागि त्यसलाई शिक्षक सम्झ। परिस्थितिले तिमीलाई विशेष दुई शक्तिहरूको अनुभवी बनाउँछ एक सहनशक्ति र अर्को सामना गर्ने शक्ति। यी दुवै पाठ पढ्यौ भने अनुभवी बन्छौ। जब भन्ने गर्छौ म त साक्षी द्रष्टा हुँ, मेरो केही छैन, फेरि परिस्थितिसँग किन आत्तिन्छौ? साक्षी अर्थात् सबै कुरा बाबामा समर्पित गरिसक्यौ, त्यसैले जे हुन्छ त्यो राम्रै हुन्छ। यस स्मृतिबाट सदा निश्चिन्त, समर्थ स्वरूपमा रहने गर।

स्लोगन:
जसको स्वभाव मीठो हुन्छ उसले भुलेर पनि कसैलाई दु:ख दिन सक्दैन।