02.06.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– सत्य
बाबाले तिमीलाई सबै सत्य सुनाउनुहुन्छ , यस्तो सच्चा बाबासँग सदा सच्चा रहनु छ ,
मनमा कुनै पनि झुट कपट राख्नु हुँदैन।”
प्रश्न:–
संगममा तिमी
बच्चाहरूले कुन भिन्नतालाई राम्रोसँग जान्दछौ?
उत्तर:–
ब्राह्मणले के गर्छन् र शूद्रले के गर्छन्, ज्ञान मार्ग के हो र भक्ति मार्ग के हो,
त्यस सेनाको लागि युद्धको मैदान कुनचाहिँ हो र हाम्रो युद्धको मैदान कुनचाहिँ हो–
यी सबै भिन्नता तिमी बच्चाहरूलाई नै थाहा छ। सत्ययुग अथवा कलियुगमा यो भिन्नता
कसैलाई थाहा छैन।
गीत:–
माता ओ माता....
ओम् शान्ति ।
यो हो माताहरूको महिमा। जस्तै परमपिता परमात्मा शिवको महिमा छ। केवल एक माताको
महिमाले त पुग्दैन। एक जनाले त केही गर्न सकिदैन। अवश्य सेना चाहिन्छ। सेना विना
काम कसरी चल्छ। शिवबाबा हुनुहुन्छ एक। उहाँ एक नहुने हो भने माताहरू पनि हुँदैनन्।
न बच्चाहरू हुन्छन्, न ब्रह्माकुमार-कुमारी हुन्छन्। धेरैजसो माताहरूको संख्या छ,
त्यसैले माताहरूको नै महिमा गरिएको छ। माताहरू जो शिव शक्ति गुप्त सेना हुन्,
अहिंसक छन्। कुनै पनि प्रकारको हिंसा गर्दैनन्। हिंसा दुई प्रकारका हुन्छन्। एउटा
काम कटारी चलाउनु, अर्को गोली आदि चलाउनु, क्रोध गर्नु, मार्नु आदि। यस समयमा जति
पनि सेनाहरू छन्, उनीहरूले दुवै हिंसा गर्छन्। आजकाल बन्दुक आदि चलाउन माताहरूलाई
पनि सिकाउँछन्। ती हुन् जिस्मानी सेनाका माताहरू र यी हुन् रूहानी सेनाका दैवी
सम्प्रदायका माताहरू। उनीहरूले कति ड्रिल आदि सिक्छन्। तिमीहरू सायद कहिल्यै मैदानमा
गएका छैनौ होला। उनीहरूले धेरै मेहनत गर्छन्। काम विकारमा पनि गइरहन्छन्। यस्तो कोही
विरलै होला, जसले विवाह गर्दैन। त्यस मिलेट्रीमा पनि धेरैले सिकिरहन्छन्। साना-साना
बच्चाहरूलाई पनि सिकाउँछन्। त्यो पनि सेना हो, यो पनि सेना हो। सेनाको त गीतामा
राम्रोसँग विस्तारमा लेखिएको छ। तर यथार्थमा के हो? यो त तिमीहरूलाई नै थाहा छ– हामी
कति गुप्त छौं। शिव शक्ति सेनाले के गर्छन्? विश्वको मालिक कसरी बन्छन्? यसलाई
भनिन्छ– युद्धस्थल। तिम्रो युद्धको मैदान पनि गुप्त छ। मैदान यस मण्डपलाई भनिन्छ।
पहिले माताहरू युद्धको मैदानमा जाँदैनथे। अहिले यहाँ पूरा मेल खान्छ। दुवै सेनामा
माताहरू छन्। तिनीहरूमा धेरैजसो संख्या पुरुषको हुन्छ, यहाँ धेरैजसो माताहरूको
संख्या छ। भिन्नता छ नि, ज्ञान मार्ग र भक्ति मार्गमा। यो लास्ट भिन्नता हो।
सत्ययुगमा भिन्नताको कुरा नै हुँदैन। बाबा आएर भिन्नता बताउनुहुन्छ। ब्राह्मणले के
गर्छन् र शूद्रले के गर्छन्? दुवै नै यहाँ युद्धको मैदानमा छन्। सत्ययुग वा कलियुगको
कुरा होइन। यो हो संगमयुगको कुरा। तिमी पाण्डव संगमयुगी हौ। कौरव हुन् कलियुगी।
उनीहरूले कलियुगको समय लामो बनाइदिएका छन्। यसकारण संगमको बारेमा उनीहरूलाई थाहा नै
छैन। बिस्तारै बिस्तारै यो ज्ञान पनि तिमीहरूद्वारा बुझ्नेछन्। त्यसैले एक माताको
मात्र महिमा होइन। यो हो शक्ति सेना। सबैभन्दा उच्च एक भगवान हुनुहुन्छ र तिमीहरू
हुबहु कल्प पहिलेका सेना हौ। यस सृष्टिलाई दैवी राजस्थान बनाउनु, यो तिम्रो नै काम
हो।
तिमीलाई थाहा छ– पहिले हामी सूर्यवंशी थियौं, फेरि चन्द्रवंशी, वैश्यवंशी बन्यौं।
तर महिमा सूर्यवंशीको नै गरिन्छ। हामीले पुरुषार्थ नै यस्तो गरिरहेका छौं, जसद्वारा
हामी पहिले सूर्यवंशी अर्थात् स्वर्गमा आउँछौं। सत्ययुगलाई स्वर्ग भनिन्छ।
त्रेतालाई वास्तवमा स्वर्ग भनिदैन। भन्छन् पनि फलाना स्वर्ग गयो। यस्तो त भन्दैनन्–
फलाना त्रेतामा राम-सीताको राज्यमा गयो। हिन्दुहरूलाई थाहा छ– बैकुण्ठमा श्रीकृष्णको
राज्य थियो। तर श्रीकृष्णलाई द्वापरमा लगेका छन्। मनुष्यहरूलाई सत्यको बारेमा थाहा
नै छैन। सत्य बताउने सतगुरु कुनै उनलाई मिलेकै छैन, तिमीलाई मिलेको छ। उहाँले सबै
सच्चा बताउनुहुन्छ र सच्चा बनाउनुहुन्छ। बच्चाहरूलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू!
कहिल्यै पनि झुट कपट नगर। तिम्रो केही पनि गुप्त रहन सक्दैन। जसले जस्तो कर्म गर्छ,
त्यस्तै पाउँछ। बाबाले राम्रो कर्म सिकाउनु हुन्छ। ईश्वरसँग कसैको विकर्म छिप्न
सक्दैन। कर्मभोग पनि धेरै कडा हुन्छ। हुन त तिम्रो यो अन्तिम जन्म हो तापनि सजाय त
खानुपर्छ किनकि अनेक जन्मको हिसाब-किताब चुक्ता हुनु छ। बाबाले सम्झाउनु भएको छ–
काशी कलवट खान्छन्। जबसम्म प्राण निस्किँदैन, तबसम्म कष्ट भोग्नु पर्ने हुन्छ। धेरै
कष्ट सहन गर्नु पर्छ। एक त कर्मभोग बिमारी आदिको, त्यस्तै फेरि विकर्महरूको सजाय।
त्यतिबेला केही बोल्न सक्दैनन्, चिल्लाइरहन्छन्। त्राहि-त्राहि गर्छन्। पाप
आत्माहरूलाई यहाँ पनि सजाय, त्यहाँ पनि सजाय मिल्छ। सत्ययुगमा पाप नै हुँदैन। न
कोर्ट, न अधिकारी हुन्छन्, न गर्भ जेलको सजाय हुन्छ। त्यहाँ गर्भ महल हुन्छ।
देखाउँछन् पनि– पीपलको पातमा कृष्णले औंला चुस्दै आए। त्यो गर्भ महलको कुरा हो।
सत्ययुगमा बच्चाहरू धेरै आरामले जन्मिन्छन्। आदि-मध्य-अन्त्य सुखै सुख हुन्छ। यस
दुनियाँमा आदि मध्य अन्त्य दु:खै दु:ख छ। अहिले सुखको दुनियाँमा जानको लागि तिमीले
पढिरहेका छौ। यो गुप्त सेना वृद्धि भइरहन्छ। जति जसले धेरैलाई बाटो बताउँछ, त्यति
उसले उच्च पद पाउँछ। मेहनत गर्नु छ याद गर्ने। बेहदको वर्सा जुन मिलेको थियो, त्यो
अहिले गुमायौ। अहिले फेरि पाइरहेका छौ। लौकिक बाबा पारलौकिक बाबा दुवैलाई याद गर्छन्।
सत्ययुगमा एक लौकिकलाई याद गर्छन्, पारलौकिकलाई याद गर्ने आवश्यकता नै हुँदैन, त्यहाँ
सुखै सुख हुन्छ। यो ज्ञान पनि हिन्दुहरूको लागि हो, अरू धर्मको लागि होइन। तर जो अरू
धर्ममा कनभर्ट भएका छन्, उनीहरू निस्केर आउँछन्। आएर योग सिक्छन्। योगमा सम्झाउनको
लागि तिमीलाई निमन्त्रण मिल्छ, त्यसैले तयारी गर्नुपर्छ। बुझाउनुपर्छ– के तपाईंले
भारतवर्षको प्राचीन योग बिर्सिनु भयो? भगवान भन्नुहुन्छ मनमनाभव। परमपिता परमात्माले
निराकारी बच्चाहरूलाई भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी मेरो पासमा आउँछौ। तिम्रो
आत्माले यी अंगहरूद्वारा सुन्छ। म आत्माले यी अंगहरूको आधारबाट सुनाउँछु। म सबैको
पिता हुँ। मेरो महिमा सबैले गायन गर्छन् – सर्वशक्तिमान्, ज्ञानका सागर, सुखका सागर
आदि आदि। यो टपिक पनि राम्रो छ। शिव परमात्माको महिमा र कृष्णको महिमा बताऊ। अब जज
गर्नुहोस्– गीताको भगवान को? यो जबरजस्त टपिक हो। यसमा तिमीले बुझाउनु छ। भन, हामीले
धेरै समय लिँदैनौं। एक मिनट दिनु भयो भने पनि ठीक छ। भगवानुवाच मनमनाभव, म एकलाई
याद गर्यौ भने स्वर्गको वर्सा मिल्छ। यो कसले भनेको हो? निराकार परमात्माले ब्रह्मा
तनद्वारा ब्राह्मण बच्चाहरूलाई भन्नुभयो, यसलाई नै पाण्डव सेना पनि भनिन्छ। रूहानी
यात्रामा लैजाने तिमी पण्डा हौ। बाबाले निबन्ध लेख्न दिनुहुन्छ। त्यसलाई फेरि कसरी
रिफाइन गरेर सम्झाउने, त्यसको लागि बच्चाहरूले ख्याल गर्नु छ। बाबालाई याद गर्नाले
नै मुक्ति-जीवनमुक्तिको वर्सा मिल्छ। हामी ब्रह्माकुमार-कुमारी हौं। वास्तवमा तपाईं
पनि हुनुहुन्छ तर तपाईंले बाबालाई चिन्नु भएको छैन। तिमी बच्चाहरू अब परमपिता
परमात्माद्वारा देवता बनिरहेका छौ। यहाँ नै लक्ष्मी-नारायणको राज्य थियो। साना-साना
बच्चाहरूले बुलन्द आवाजले ठूलो-ठूलो सभामा सम्झाए भने कति प्रभाव पर्छ। सम्झन्छन्–
ज्ञान त यिनमा छ। भगवानको बाटो त यिनले बताउँछन्। निराकार परमात्माले नै भन्नुहुन्छ–
हे आत्माहरू! मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। गंगा स्नान, तीर्थ आदि
जन्म-जन्मान्तर गर्दै-गर्दै पतित नै बन्दै आयौ। तिमीहरूको नै चढ्ती कला, उतरती कला
हुन्छ। बाबाले राजयोग सिकाएर चढ्ती कला अर्थात् स्वर्गको मालिक बनाउनुहुन्छ फेरि
माया रावणले नर्कको मालिक बनाउँछ, त्यसैले उतरती कला भनिन्छ नि। जन्म बाई जन्म
थोरै-थोरै उतरती कला हुँदै जान्छ। ज्ञान हो चढ्ती कला। भक्ति हो उतरती कला। भन्छन्
पनि– भक्तिपछि फेरि भगवान मिल्नुहुन्छ। भगवानले नै ज्ञान दिनुहुन्छ नि। उहाँ नै
ज्ञानको सागर हुनुहुन्छ। ज्ञान अंजन सतगुरु दिया, अज्ञान अंधेर विनाश। सतगुरु त एक
परमपिता परमात्मा नै हुनुहुन्छ। महिमा सतगुरुको हो नकि गुरुको। गुरु त धेरै छन्।
सतगुरु त एक हुनुहुन्छ। उहाँ नै सद्गतिदाता पतित-पावन, मुक्तिदाता हुनुहुन्छ। अहिले
तिमी बच्चाहरूले भगवानुवाच सुन्छौ। म एकलाई याद गरेर तिमी आत्माहरू, शान्तिधाम
जान्छौ। त्यो हो शान्तिधाम, त्यो हो सुखधाम र यो हो दु:खधाम। के यति पनि बुझ्दैनौ!
बाबा नै आएर पतित दुनियाँलाई पावन दुनियाँ बनाउनुहुन्छ।
तिमीलाई थाहा छ– बेहदको सुख दिने बेहदका बाबा नै हुनुहुन्छ। बेहदको दु:ख रावणले
दिन्छ। त्यो हो ठूलो दुस्मन। यो पनि कसैलाई थाहा छैन– रावण राज्यलाई पतित राज्य किन
भनिन्छ? अहिले बाबाले सारा रहस्य हामीलाई सम्झाउनु भएको छ। हर एकमा यी ५-५ विकार
प्रवेश छन्, त्यसैले १० टाउका भएको रावण बनाउँछन्। यो कुरा विद्वान, पण्डितलाई थाहा
छैन। अहिले बाबाले सम्झाउनु भएको छ– राम राज्य कहिलेदेखि कहिलेसम्म चल्छ? यो बेहदको
इतिहास-भूगोल सम्झाइन्छ। रावण हो बेहदको दुस्मन। उसले कति दुर्गति गराएको छ। यहाँ
नै स्वर्ग थियो, जुन बिर्सिएका छन्।
अहिले तिमी बच्चाहरूलाई बाबाको श्रीमत मिल्छ– प्यारा बच्चाहरू! मलाई याद गर। बाबा र
वर्सा। परमपिता परमात्माले स्वर्गको स्थापना गर्नुहुन्छ। रावणले फेरि नर्कको स्थापना
गर्छ। तिमीले त स्वर्ग स्थापना गर्ने बाबालाई याद गर्नु छ। ठीकै छ गृहस्थ व्यवहारमा
बस, विवाह आदिमा जाऊ। फुर्सत मिल्नासाथ बाबालाई याद गर। शरीर निर्वाह अर्थ कर्म
गर्दै जोसँग तिम्रो सम्बन्ध जोडिएको छ, उहाँलाई याद गर्नु छ। जबसम्म उहाँको घर
जाँदैनौ, तबसम्म तिमीले सबै कर्तव्य गरिराख। तर बुद्धिद्वारा बाबालाई नबिर्स। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सजायबाट छुट्नको लागि आफ्नो सबै हिसाब-किताब चुक्ता गर्नु छ। सच्चा बाबासँग केही
पनि लुकाउनु हुँदैन। झुट कपटको त्याग गर्नुपर्छ। यादको यात्रामा रहनु छ।
२) जसरी बाबाले
अपकारीलाई पनि उपकार गर्नुहुन्छ, त्यसैगरी सबैमाथि उपकार गर्नु छ। सबैलाई बाबाको
सत्य परिचय दिनु छ।
वरदान:–
ईश्वरीय
संस्कारलाई कार्यमा लगाएर सफल गर्ने सफलता मूर्त भव
जुन बच्चाहरूले आफ्नो
ईश्वरीय संस्कारलाई कार्यमा लगाउँछन्, उनको व्यर्थ संकल्प स्वत: समाप्त हुन्छ। सफल
गर्नु अर्थात् बचाउनु वा बढाउनु। यस्तो होइन पुराना संस्कार नै प्रयोग गर्दै गर,
ईश्वरीय संस्कारलाई बुद्धिको लकरमा राखिदेऊ। जसरी कैयौंको बानी हुन्छ राम्रा चीज वा
पैसा बैंक अथवा दराजमा राख्ने, पुराना वस्तुसँग प्यार हुन्छ, त्यही प्रयोग
गरिरहन्छन्। यहाँ यस्तो नगर, यहाँ त मनसा, वाणी, शक्तिशाली वृत्तिद्वारा आफ्नो सबै
कुरा सफल गर्यौ भने सफलतामूर्त बन्छौ।
स्लोगन:–
“बाबा” र “म”
यो छत्रछायाँ साथ छ भने कुनै पनि विघ्न टिक्न सक्दैन।
सबै ब्राह्मण
बच्चाहरूप्रति विशेष अटेन्सन– परमात्म महावाक्य
एक बल एक भरोसा
अर्थात् सदा निश्चय होस्– जुन साकारको मुरली छ, त्यही मुरली हो, जुन मधुवनबाट
श्रीमत मिल्छ त्यही श्रीमत हो, बाबा मधुवन सिवाय अन्यत्र कहीँ पनि मिल्न सक्नुहुन्न।
सदा एक बाबाको पढाइमा निश्चय होस्। मधुवनबाट जे पढाइको पाठ जान्छ त्यही पढाइ हो,
अर्को कुनै पढाइ छैन। यदि कहीँ भोग आदिको समयमा सन्देशीद्वारा बाबाको पार्ट चल्छ भने
त्यो बिल्कुलै गलत हो, यो पनि माया हो, यसलाई एक बल एक भरोसा भनिदैन। मधुवनबाट जुन
मुरली आउँछ त्यसैमा ध्यान देऊ नत्र अर्कै बाटोमा पुग्नेछौ। मधुवनमा मात्रै बाबाको
मुरली चल्छ, मधुवनमा मात्र बाबा आउनुहुन्छ त्यसैले हरेक बच्चाले यो कुरामा सावधानी
राख्नु छ, नत्र मायाले धोका दिन्छ।