02.09.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले भविष्य नयाँ दुनियाँको लागि आफ्नो तकदिर बनाइरहेका छौ , यो तिम्रो राजयोग हो नै नयाँ दुनियाँको लागि।

प्रश्न:
भाग्यवान बच्चाहरूका मुख्य निशानी के हुन्छन्?

उत्तर:
१) भाग्यवान बच्चाहरू मर्यादा अनुसार श्रीमतमा चल्छन्। कुनै पनि काइदा विरूद्ध कार्य गरेर आफूलाई वा बाबालाई ठग्दैनन्। २) उनलाई पढाइको पूरा-पूरा सोख हुन्छ। सम्झाउने पनि सोख हुन्छ। ३) पास विद् अनर बनेर छात्रवृत्ति लिने पुरुषार्थ गर्छन्। ४) कहिल्यै कसैलाई दु:ख दिँदैनन्। कहिल्यै कुनै उल्टो कर्म गर्दैनन्।

गीत:
तकदिर जगाकर आई हुँ...

ओम् शान्ति ।
मीठ-प्यारा रूहानी बच्चाहरूले गीत सुन्यौ। नयाँले पनि सुन्यौ भने पुरानाले पनि सुन्यौ, कुमारीहरूले पनि सुन्यौ। यो पाठशाला हो। पाठशालामा कुनै न कुनै तकदिर बनाउन जान्छन्। त्यहाँ त अनेक प्रकारका तकदिर हुन्छन् कसैले सर्जन बन्ने, कसैले बेरिस्टर बन्ने तकदिर बनाउँछन्। तकदिरलाई लक्ष्य-उद्देश्य भनिन्छ। यदि तकदिर नबन्ने हो भने पाठशालामा किन पढ्ने? अब यहाँ बच्चाहरूले जानेका छौ हामी पनि तकदिर लिएर आएका छौं, नयाँ दुनियाँको लागि आफ्नो राज्य भाग्य लिन। यो हो नयाँ दुनियाँको लागि राजयोग। त्यो पुरानो दुनियाँको लागि बेरिस्टर, इन्जीनियर, सर्जन आदि बन्छन्। त्यो बन्दै-बन्दै अब पुरानो दुनियाँको समय धेरै कम बाँकी छ, त्यो त खतम हुन्छ। त्यो तकदिर हो यस मृत्युलोकको लागि, यस जन्मको लागि। तिम्रो पढाइ हो नयाँ दुनियाँको लागि। तिमी नयाँ दुनियाँको लागि तकदिर लिएर आएका छौ। नयाँ दुनियाँमा तिमीलाई राज्य-भाग्य मिल्छ। कसले पढाउनु हुन्छ? बेहदका बाबाले, जसबाट नै वर्सा पाउनु छ। जस्तै डाक्टरलाई डाक्टरीको वर्सा मिल्छ, आफ्नो पढाइको। वृद्ध भएपछि मात्र गुरुको पासमा जान्छन्। के चाहन्छन्? भन्छन् हामीलाई शान्तिधाम जाने शिक्षा दिनुहोस्, हामीलाई सद्गति दिनुहोस्। यहाँबाट निकालेर शान्तिधाममा लैजानुहोस्। पितासँग पनि वर्सा मिल्छ यस जन्मको लागि। बाँकी गुरुबाट त केही मिल्दैन। टिचरबाट केही न केही वर्सा पाउँछन् किनकि आजीविका त चल्छ नि। पिताको वर्सा हुँदा हुँदै पनि पढ्छन् मैले पनि आफ्नो कमाई गरुँ। गुरुबाट केही कमाई हुँदैन। हो, कसै-कसैले गीता आदि राम्रोसँग पढेर फेरि गीताको बारेमा भाषण आदि गर्छन्। यो सबै हो अल्पकाल सुखको लागि। अब त यस मृत्युलोकको अन्त्य हुन्छ। तिमीले जानेका छौ हामी नयाँ दुनियाँको तकदिर बनाउन आएका हौं। यो पुरानो दुनियाँ खतम भएर जान्छ। बाबाको वा आफ्नो सम्पत्ति पनि सबै भस्म हुन्छ। हात फेरि पनि खाली जान्छ। अहिले त कमाई हुनुपर्छ नयाँ दुनियाँको लागि। पुरानो दुनियाँका मनुष्यले त त्यो गर्न सक्दैनन्। नयाँ दुनियाँको कमाई गराउनेवाला हुनुहुन्छ नै शिवबाबा। यहाँ तिमी नयाँ दुनियाँको लागि तकदिर बनाउन आएका हौ। उहाँ बाबा नै तिम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। उहाँ आउनु हुन्छ नै संगममा, भविष्यको लागि कमाई गर्न सिकाउन। अब यस पुरानो दुनियाँमा त थोरै दिन रहनु छ। यो दुनियाँका मनुष्यले जानेका छैनन्। तिमी बच्चाहरूलाई थाहा छ नयाँ दुनियाँको लागि उहाँ हाम्रो बाबा, टिचर, सद्गुरु हुनुहुन्छ। बाबा आउनु हुन्छ नै शान्तिधाम, सुखधाममा लैजान। कसैले त तकदिर बनाउँदैनन्, मतलब केही पनि बुझ्दैनन्। एकै घरमा स्त्रीले पढ्छिन्, पुरुषले पढ्दैनन्। छोरा-छोरीले पढ्छन्, माता-पिताले पढ्दैनन्। यस्तो भइरहन्छ। सुरुमा परिवारका परिवार आए। तर मायाको तुफान लाग्नाले आश्चर्यवत् सुनन्ती, कथन्ती बाबालाई छोडेर गए। गायन पनि छ आश्चर्यवत् सुनन्ती, कथन्ती, बाबाको बनन्ती, पढाइ पढावन्ती फेरि पनि... अहो! कुदरत, ड्रामाको। ड्रामाको नै कुरा भयो नि। बाबा स्वयं भन्नुहुन्छ अहो! ड्रामा, अहो! माया। कसलाई छोडिदिए! स्त्री-पुरुषले एक-अर्कालाई छोडपत्र दिन्छन्। बच्चाहरूले बाबालाई छोडिदिन्छन्। यहाँ त त्यो हुँदैन। यहाँ त छोडपत्र दिन सकिँदैन। बाबा त आउनु भएको छ बच्चाहरूलाई सत्य कमाई गराउन। बाबाले कहाँ कसैलाई खाल्डोमा खसाउनु हुन्छ र। बाबा त हुनुहुन्छ नै पतित-पावन, रहमदिल। बाबा आएर दु:खबाट मुक्त गर्नुहुन्छ र गाइड बनेर साथमा लिएर जानुहुन्छ। यस्तो कुनै लौकिक गुरुले भन्दैनन् म तिमीलाई साथमा लिएर जान्छु। शास्त्रहरूमा छ भगवानुवाच म तिमीहरू सबैलाई लैजान्छु। मच्छर सदृश्य सबै जान्छन्। तिमी बच्चाहरूले राम्रोसँग जानेका छौ अब हामीलाई जानु छ घर। यो शरीर छोड्नु छ। आफू मरेपछि, दुनियाँ मर्यो। आफूलाई केवल आत्मा सम्झिएर बाबालाई याद गर्नु छ। यो त पुरानो फोहोरी चोला हो। यो दुनियाँ पनि पुरानो छ। जस्तै पुरानो घरमा बसेका हुन्छन्, नयाँ घर सामुन्ने बनिरहन्छ। पिताले पनि सम्झन्छन् हाम्रो लागि, बच्चाहरूले पनि सम्झन्छन् हाम्रो लागि बनिरहेको छ। बुद्धि नयाँ घरमा जान्छ। यसमा यो बनाऊ, यो गर। बुद्धि उसमा नै लागिरहन्छ फेरि पुरानो भत्काइदिन्छन्। सारा ममत्व पुरानोसँग मेटिएर नयाँसँग जुट्छ। यो हो बेहद दुनियाँको कुरा। पुरानो दुनियाँसँग ममत्व मेटाउनु छ र नयाँ दुनियाँसँग लगाउनु छ। जानेका छौ यो पुरानो दुनियाँ खतम हुनु छ। नयाँ दुनियाँ हो स्वर्ग। त्यसमा हामीले राजाई पद पाउँछौं। जति योगमा रहन्छौ, ज्ञानको धारणा गर्छौ, अरूलाई सम्झाउँछौ, त्यति खुशीको पारा चढ्छ। धेरै ठूलो परीक्षा हो। हामीले २१ जन्मको लागि वर्सा पाइरहेका छौं। धनवान बन्नु त राम्रो हो नि। लामो आयु मिल्नु त राम्रो हो नि। सृष्टि चक्रलाई जति याद गर्छौ, जतिलाई आफू समान बनाउँछौ त्यति फाइदा छ। राजा बन्नु छ भने प्रजा पनि बनाउनु छ। प्रदर्शनीमा यति धेरै आउँछन्, ती सारा प्रजा बन्दै जान्छन् किनकि यस अविनाशी ज्ञानको विनाश हुँदैन। बुद्धिमा आउँछ पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्नु छ। रामराज्यको स्थापना भइरहेको छ, रावण राज्यको विनाश हुन्छ। सत्ययुगमा त हुन्छन् नै देवताहरू।

बाबाले सम्झाउनु भएको थियो लक्ष्मी-नारायणको चित्र जुन बनाउँछन्, त्यसमा लेख्नुपर्छ अघिल्लो जन्ममा यी तमोप्रधान दुनियाँमा थिए, फेरि यस पुरुषार्थद्वारा तमोप्रधान दुनियाँबाट सतोप्रधान विश्वको मालिक बन्छन्। मालिक राजा-प्रजा सबै हुन्छन् नि। प्रजाले पनि भन्छन् हाम्रो देश सबैभन्दा महान् छ। वास्तवमा भारतवर्ष नै सबैभन्दा उच्च थियो। अहिले छैन, थियो अवश्य। अहिले त बिल्कुलै गरिब बनेको छ। प्राचीन भारतखण्ड सबैभन्दा धनवान थियो। हामी सबैभन्दा उच्च देवता कुलका थियौं। अरू कसैलाई देवी-देवता भनिँदैन। अहिले तिमी बच्चीहरूले पनि पढ्छौ, फेरि अरूलाई सम्झाउनु छ नि। बाबाले निर्देशन दिनु भयो नि कसरी प्रदर्शनी आदिको लागि लेख्ने, टेलिग्राम गर्ने? तिम्रो पासमा चित्र पनि छन्, तिमीले सिद्ध गरेर बताउन सक्छौ उनीहरूले यो पद कसरी पाए? अब फेरि यो पद पाइरहेका छन्, शिवबाबाद्वारा। उहाँको चित्र पनि छ। शिव हुनुहुन्छ परमपिता परमात्मा। ब्रह्मा, विष्णु, शंकरका पनि चित्र छन्। परमपिता परमात्माले ब्रह्माद्वारा स्थापना गरिरहनु भएको छ। विष्णुपुरी सामुन्ने खडा छ। विष्णुद्वारा नयाँ दुनियाँको पालना। विष्णु हो राधा-कृष्णको दुई रूप। अब गीताको भगवान को हो त? पहिला त यो लेख गीताको भगवान निराकार शिव हुनुहुन्छ नकि कृष्ण। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा कसरी बन्छन्? एउटै चित्रमा सम्झाउन कति समय लाग्छ, जबसम्म बुद्धिमा बस्दैन। पहिला सुरुमा त यो सम्झाएर फेरि लेख्नुपर्छ। बाबा भन्नुहुन्छ ब्रह्माद्वारा तिमीलाई योगबलबाट २१ जन्मको अधिकार मिल्छ। शिवबाबाले ब्रह्माद्वारा वर्सा दिइरहनु भएको छ। पहिला सुरुमा यिनको आत्माले सुन्छ। आत्माले नै धारण गर्छ। मूल कुरा हो नै यो। चित्र त शिवको देखाउँछन्। उहाँ हुनुहुन्छ परमपिता परमात्मा शिव फेरि प्रजापिता ब्रह्मा त अवश्य चाहिन्छ। यहाँ प्रजापिता ब्रह्माका ब्रह्माकुमार-कुमारी धेरै छन्। ब्रह्माका बच्चा नबनेसम्म, ब्राह्मण बन्दैनन् भने शिवबाबासँग वर्सा कसरी लिन सक्छन्? कोखको जन्म त हुन सक्दैन। यो पनि गायन गरिन्छ मुख वंशावली। तिमीले भन्छौ हामी प्रजापिता ब्रह्माका मुख वंशावली हौं। ती गुरुहरूका चेला अथवा अनुयायी हुन्छन्। यहाँ तिमीले एकलाई नै बाबा, टिचर, सद्गुरु भन्छौ। त्यो पनि उहाँलाई भन्छौ, जो निराकार शिवबाबा ज्ञानको सागर, नलेजफुल हुनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। उहाँ टिचर पनि हुनुहुन्छ। निराकार, आएर साकारद्वारा सुनाउनु हुन्छ। आत्माले नै बोल्छ नि। आत्माले भन्छ मेरो शरीरलाई दिक्क नपार। आत्मा दु:खी हुन्छ। यस समयमा छ पतित आत्मा। पतितहरूलाई पावन बनाउने एक परमपिता परमात्मा हुनुहुन्छ। आत्माले बोलाउँछ हे पतित-पावन, हे परमपिता। अब पिता त यहीँ बसेका छन् फेरि पनि याद कसलाई गर्छन्? आत्माले भन्छ उहाँ हाम्रो आत्माका पिता हुनुहुन्छ। यहाँ छन् शरीरका पिता। सम्झाइन्छ अहिले आत्माहरूका पिता, जो निराकार हुनुहुन्छ, उहाँ ठूलो या शरीरको रचयिता साकार पिता? को ठूलो हुनुहुन्छ? साकारले पनि निराकारलाई याद गर्छन्। अहिले जब विनाश सामुन्ने खडा हुन्छ अनि सबैलाई ज्ञान दिइन्छ। पारलौकिक बाबा आउनु हुन्छ नै अन्त्यमा, सबैलाई फर्काएर लैजान। बाँकी जे जति पनि छन्, ती सबै विनाश हुन्छन्, यसलाई भनिन्छ नै मृत्युलोक। कोही मर्यो भने भन्छन् फलाना परलोक गयो, शान्तिधाम गयो। मनुष्यहरूलाई थाहा छैन परलोक सत्ययुगलाई भनिन्छ या शान्तिधामलाई? सत्ययुग त यहाँ नै हुन्छ। परलोक, शान्तिधामलाई भनिन्छ। सम्झाउने धेरै युक्ति चाहिन्छ। मन्दिरहरूमा गएर सम्झाउनु पर्छ। यो शिवबाबाको यादगार हो, जसले हामीलाई पढाइरहनु भएको छ। शिव हुनुहुन्छ वास्तवमा बिन्दु। तर बिन्दुको पूजा कसरी गर्ने! फलफूल आदि कसरी चढाउने, त्यसैले ठूलो रूप बनाएका छन्। यति ठूलो रूप त होइन। गायन पनि गरिन्छ भृकुटीको बीच चम्किछ अजब सितारा... ठूलो चीज भए त वैज्ञानिकहरूले झट्ट उसलाई समात्ने थिए। बाबा सम्झाउनु हुन्छ उनलाई परमपिता परमात्माको पूरा परिचय मिलेको छैन। तकदिर नखुलेसम्म उनलाई यो प्राप्त हुँदैन। अहिलेसम्म उनको तकदिर खुलेको छैन। बाबालाई नचिनेसम्म उनीहरूले यो बुझ्दैनन् हाम्रो आत्मा बिन्दु समान छ। शिवबाबा पनि बिन्दु हुनुहुन्छ, हामीले बिन्दुलाई याद गर्छौं। यस्तो सम्झिएर याद गर्यौ भने विकर्म विनाश हुन्छ। बाँकी मैले ध्यानमा यो देखें... यसलाई मायाको विघ्न भनिन्छ। अहिले त खुशी छ हामीलाई परमात्मा मिल्नुभएको छ, तर ज्ञान पनि हुनुपर्छ नि। कसैलाई कृष्णको साक्षात्कार भएमा खुशी हुन्छन्। बाबा भन्नुहुन्छ कृष्णको साक्षात्कार गरेर धेरै खुशीमा डान्स आदि गर्छन् तर यसबाट कुनै सद्गति हुँदैन। यो साक्षात्कार त अनायास नै हुन्छ। यदि राम्रोसँग पढेनौ भने प्रजामा जान्छौ। थोरै पनि सुने भने पनि कृष्णपुरीमा साधारण प्रजा आदि बन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ शिवबाबाले हामीलाई यो ज्ञान सुनाइरहनु भएको छ। उहाँ हुनुहुन्छ नै ज्ञानको सागर।

बाबाको आदेश छ पवित्र अवश्य बन्नु छ। तर कोही पवित्र पनि रहन सक्दैन। कहिलेकाहीँ पतित पनि यहाँ लुकेर आउँछन्। उनले आफ्नै नोक्सान गर्छन्। आफूलाई ठग्छन्। बाबालाई ठग्ने त कुरा नै छैन। बाबासँग ठगी गरेर कुनै पैसा लिनु छ र! शिवबाबाको श्रीमतमा काइदा अनुसार चल्दैनन् भने के हालत होला? धेरै सजाय खानुपर्छ, अनि फेरि पद पनि भ्रष्ट हुन्छ। कुनै पनि काइदाको विरूद्ध काम गर्नु हुँदैन। बाबाले त सम्झाउनु हुन्छ नि तिम्रो चालचलन ठीक छैन। बाबाले त कमाई गर्ने मार्ग बताउनु हुन्छ, फेरि कसैले गरुन्, नगरुन्, उनको तकदिर। सजाय त खाएरै भएपनि फर्केर शान्तिधाममा जानु नै छ, पद भ्रष्ट भए भने केही पनि मिल्दैन। आउन त धेरै आउँछन्, तर यहाँ बाबासँग वर्सा लिने कुरा छ। बच्चाहरूले भन्छन् बाबासँग त हामीले स्वर्गको सूर्यवंशी राजाई पद पाउँछौं। राजयोग हो नि। विद्यार्थीले छात्रवृत्ति पनि लिन्छन् नि। पास हुनेलाई छात्रवृत्ति मिल्छ नि। यो माला उनीहरूको बनेको हो, जसले छात्रवृत्ति लिएका थिए। जति-जति जसरी पास हुन्छन्, त्यस्तै छात्रवृत्ति मिल्छ, वृद्धि हुँदै-हुँदै हजारौं हुन्छन्। राजाई पद हो छात्रवृत्ति। जसले राम्रोसँग पढाइ पढ्छ, ऊ गुप्त रहन सक्दैन। धेरै नयाँ-नयाँ पुराना भन्दा पनि अगाडि जान्छन्। हीरा जस्तो जीवन बनाउने छन्। आफ्नो सत्य कमाई गरेर २१ जन्मको लागि वर्सा पाउने छन्, कति खुशी हुन्छन्। जानेका छन् अब पनि यो वर्सा लिइन भने फेरि कहिल्यै लिन सक्दिनँ। पढाइको सोख हुन्छ नि। कसैलाई त अलिकति पनि सोख छैन, सम्झाउने। ड्रामा अनुसार तकदिरमा छैन भने भगवानले पनि के गर्ने? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) श्रीमतको विरूद्ध कुनै पनि कार्य गर्नु छैन। पढाइ राम्रोसँग पढेर उच्च तकदिर बनाउनु छ। कसैलाई पनि दु:ख दिनु हुँदैन।

२) यस पुरानो दुनियाँसँग ममत्व मेटाइदिनु छ। बुद्धियोग नयाँ दुनियाँसँग लगाउनु छ। खुशीमा रहनको लागि ज्ञानलाई धारण गरेर अरूलाई गराउनु छ।

वरदान:
लाइट हाउसको स्थितिद्वारा पाप कर्मलाई समाप्त गर्ने पुण्य आत्मा भव

जहाँ लाइट हुन्छ, त्यहाँ कुनै पनि पाप कर्म हुँदैन। सधैं लाइट हाउस स्थितिमा रह्यौ भने मायाले कुनै पाप कर्म गराउन सक्दैन, सधैं पुण्य आत्मा बन्छौ। पुण्य आत्माले संकल्पमा पनि कुनै पाप कर्म गर्न सक्दैन। जहाँ पाप हुन्छ, त्यहाँ बाबाको याद हुँदैन। त्यसैले दृढ संकल्प गर म पुण्य आत्मा हुँ, पाप मेरो सामुन्ने आउन सक्दैन। सपना र संकल्पमा पनि पापलाई आउन नदेऊ।

स्लोगन:
जसले हर दृश्यलाई साक्षी भएर हेर्छ, ऊ नै हर्षित रहन्छ।