02.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यो पुरुषोत्तम संगमयुग कल्याणकारी युग हो । यसमा नै परिवर्तन हुन्छ , तिमी कनिष्ठ बाट उत्तम पुरुष बन्छौ।

प्रश्न:
यस ज्ञान मार्गमा कुनचाहिँ कुरा सोच्दा वा बोल्दा कहिल्यै पनि उन्नति हुन सक्दैन?

उत्तर:
ड्रामामा रहेछ भने पुरुषार्थ गरिएला। ड्रामाले गरायो भने गरौंला। यो सोच्ने वा भन्नेको उन्नति कहिल्यै हुन सक्दैन। यो भन्नु नै गलत हो। तिमीलाई थाहा छ अहिले जे हामीले पुरुषार्थ गरिरहेका छौं, यो पनि ड्रामामा निश्चित छ। पुरुषार्थ गर्नु नै छ।

गीत:
यह कहानी है दीवे और तुफान की....

ओम् शान्ति ।
यो हो कलियुगी मनुष्यहरूको गीत। तर यसको अर्थ उनीहरूले जानेका छैनन्। यो तिमीले बुझेका छौ। तिमी हौ अहिले पुरुषोत्तम संगमयुगी। संगमयुगको साथै पुरुषोत्तम पनि लेख्नुपर्छ। बच्चाहरूलाई ज्ञानको प्वाइन्ट याद नहुनाको कारण फेरि यस्ता-यस्ता शब्द लेख्न भुल्छन्। यो मुख्य कुरा हो, यसको अर्थ पनि तिमीले नै बुझ्न सक्छौ। पुरुषोत्तम मास पनि हुन्छ। यो फेरि हो पुरुषोत्तम संगमयुग। यो संगम पनि एक पर्व हो। यो पर्व सबैभन्दा उच्च छ। तिमीलाई थाहा छ अहिले हामी पुरुषोत्तम बनिरहेका छौं। उत्तम भन्दा उत्तम पुरुष। उच्च भन्दा उच्च धनवान भन्दा धनवान नम्बरवन भनिन्छ लक्ष्मी-नारायणलाई। शास्त्रहरूमा देखाउँछन् महाप्रलय भयो। फेरि नम्बरवन श्रीकृष्ण पीपलको पातमा सागरमा आए। अहिले तिमीले के भन्छौ? नम्बरवन हुन् यी श्रीकृष्ण, जसलाई श्यामसुन्दर भनिन्छ। देखाउँछन् औंला चुस्दै आए। बच्चा त गर्भमा नै रहन्छ। त्यसैले पहिला-पहिला ज्ञानसागरबाट निस्किएका उत्तम भन्दा उत्तम पुरुष श्रीकृष्ण हुन्। ज्ञानसागरबाट स्वर्गको स्थापना हुन्छ। उनीहरूमध्ये नम्बरवन पुरुषोत्तम यी श्रीकृष्ण हुन् र यो हो ज्ञानसागर, पानीको होइन। प्रलय पनि हुँदैन। कोही बच्चाहरू नयाँ-नयाँ आउँदा बाबाले फेरि पुराना प्वाइन्टहरू रिपीट गर्नुपर्छ। सत्ययुग-त्रेता-द्वापर-कलियुग... यी ४ युग त छन्। पाँचौं फेरि हो पुरुषोत्तम संगमयुग। यस युगमा मनुष्य परिवर्तन हुन्छन्। कनिष्ठबाट सर्वोत्तम बन्छन्। जसरी शिवबाबालाई पनि पुरुषोत्तम वा सर्वोत्तम भनिन्छ नि। उहाँ हुनुहुन्छ नै परम आत्मा, परमात्मा। फेरि पुरुषहरूमा उत्तम हुन् यी लक्ष्मी-नारायण। यिनीहरूलाई यस्तो कसले बनायो? यो तिमी बच्चाहरूले नै बुझेका छौ। बच्चाहरूलाई पनि समझमा आएको छ। यस समयमा हामीले पुरुषार्थ गर्छौं, यस्तो बन्नको लागि। पुरुषार्थ कुनै ठूलो छैन। अति सहज छ। सिक्नेहरू पनि छन्, अबलाहरू, कुब्जाहरू, जसले केही पनि पढे-लेखेका छैनन्। उनीहरूको लागि कति सहजै सम्झाइन्छ। हेर अहमदाबादमा एक साधु थिए, भन्थे मैले केही खाने, पिउने गर्दिन। ठिकै छ, कसैले सारा उमेर केही खान-पान गर्दैन भने फेरि प्राप्ति त केही छैन नि। वृक्षलाई पनि खाना त मिल्छ नि। तिनलाई मल पानी आदि प्राकृतिक मिल्छ, जसद्वारा वृक्षको वृद्धि हुन्छ। उनले पनि कुनै ऋद्धि-सिद्धि पाएका होलान्। यस्ता धेरै छन् जो आगोमा, पानीमा हिँड्छन्। त्यसबाट के फाइदा? तिम्रो यस सहज राजयोगबाट त जन्म-जन्मान्तरको लागि फाइदा छ। तिमीलाई जन्म जन्मान्तरको लागि दु:खीबाट सुखी बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! ड्रामा अनुसार मैले तिमीलाई गहन कुरा सुनाउँछु।

जसरी बाबाले सम्झाउनु भएको छ शिव र शंकरलाई किन मिलाएका हुन्? शंकरको त यस सृष्टिमा पार्ट नै छैन। शिवको, ब्रह्माको, विष्णुको पार्ट छ। ब्रह्मा र विष्णुको अलराउन्ड पार्ट छ। शिवबाबाको पनि यस समयमा पार्ट छ, जो आएर ज्ञान दिनुहुन्छ। फेरि निर्वाणधाममा जानुहुन्छ। बच्चाहरूलाई जायदाद दिएर स्वयं वानप्रस्थमा जानुहुन्छ। वानप्रस्थी बन्नु अर्थात् गुरुद्वारा वाणी भन्दा पर जाने पुरुषार्थ गर्नु। तर फर्केर त कोही जान सक्दैन किनकि विकारी भ्रष्टाचारी छन्। विकारबाट जन्म त सबैको हुन्छ। यी लक्ष्मी-नारायण निर्विकारी छन्, उनीहरूको विकारबाट जन्म हुँदैन त्यसैले श्रेष्ठाचारी कहलाउँछन्। कुमारीहरू पनि निर्विकारी छन् त्यसैले उनीहरूका अगाडि शिर झुकाउँछन्। बाबाले सम्झाउनु भएको छ यहाँ शंकरको कुनै पार्ट छैन, बाँकी प्रजापिता ब्रह्मा त अवश्य प्रजाका पिता भए नि। शिवबाबालाई त आत्माहरूका पिता भनिन्छ। उहाँ हुनुहुन्छ अविनाशी पिता, यी गहन कुरा राम्रोसँग धारण गर्नु छ। जो ठूला-ठूला दार्शनिक हुन्छन्, उनीहरूलाई धेरै टाइटल मिल्छ। श्री श्री १०८ को टाइटल पनि विद्वान्हरूलाई मिल्छ। बनारसका कलेजबाट पास गरेर टाइटल लिएर आउँछन्। बाबाले गुप्ताजीलाई त्यसैले बनारस पठाउनु भएको थियो गएर उनीहरूलाई सम्झाऊ, बाबाको टाइटल पनि आफूमाथि राखेर बसेका छन्। बाबालाई श्री श्री १०८ जगदगुरु भनिन्छ। माला नै १०८ को हुन्छ। ८ रत्नको गायन छ। उनीहरू पास विद् अनर हुन्छन् त्यसैले उनीहरूलाई जप्छन्। फेरि उनीहरू भन्दा कम १०८ को पूजा गर्छन्। जब यज्ञ रच्छन् तब कसैले १००० वटा शालिग्राम बनाउँछन्, कसैले १० हजार, कसैले ५० हजार, कसैले लाख पनि बनाउँछन्। माटोको बनाएर फेरि यज्ञ रच्छन्। जति-जति सेठ राम्रा भन्दा राम्रा हुन्छन्, ठूला सेठ छन् भने लाख बनाउँछन्। बाबाले सम्झाउनु भएको छ माला त ठूलो छ नि १६१०८ को माला बनाउँछन्। यो कुरा तिमी बच्चाहरूलाई बाबाले बसेर सम्झाउनु हुन्छ। तिमीहरू सबैले विश्वको सेवा गरिरहेका छौ बाबासँग। बाबाको पूजा हुन्छ भने बच्चाहरूको पनि पूजा हुनुपर्छ, यो जानेका छैनन् रुद्र पूजा किन हुन्छ। बच्चाहरू त सबै शिवबाबाका हुन्। यस समयमा सृष्टिमा कति जनसंख्या छ यसमा सबै आत्माहरू शिवबाबाका बच्चाहरू ठहरिए नि। तर सहयोगी सबै हुँदैनन्। यस समयमा तिमीले जति याद गर्छौ त्यति उच्च बन्छौ। पूजन लायक बन्छौ। यस्तो अरू कसैको तागत छैन जसले यो कुरा सम्झाओस् त्यसैले भनिदिन्छन् ईश्वरको अन्त्य कसैले जान्दैन। बाबाले नै आएर सम्झाउनु हुन्छ, बाबालाई ज्ञानका सागर भनिन्छ त्यसैले अवश्य ज्ञान दिनुहुन्छ नि। प्रेरणाको त कुरा हुँदैन। भगवानले कुनै प्रेरणाद्वारा कहाँ सम्झाउनु हुन्छ र! तिमीलाई थाहा छ उहाँसँग सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। त्यो फेरि तिमी बच्चाहरूलाई सुनाउनु हुन्छ। यो त निश्चय छ निश्चय हुँदा-हुँदै पनि फेरि बाबालाई भुल्छन्। बाबाको याद, यो हो पढाइको सार। यादको यात्राद्वारा कर्मातीत अवस्था प्राप्त गर्न मेहनत लाग्छ, यसमा नै मायाको विघ्न आउँछ। पढाइमा यति विघ्न आउँदैन। अब शंकरको लागि भन्छन् शंकरले आँखा खोले भने विनाश हुन्छ, यो भन्नु पनि ठीक छैन। बाबा भन्नुहुन्छ न मैले विनाश गराउँछु, न उनले गर्छन्, यो गलत हो। देवताहरूले कहाँ पाप गर्छन् र! अहिले शिवबाबाले यो कुरा सम्झाउनु हुन्छ। आत्माको यो शरीर हो रथ। हरेक आत्माको आफ्नो रथमा सवारी हुन्छ। बाबा भन्नुहुन्छ म यिनको शरीर लोन लिन्छु, त्यसैले मेरो दिव्य अलौकिक जन्म भनिन्छ। अहिले तिम्रो बुद्धिमा ८४ को चक्र छ। बुझेका छौ अहिले हामी घर जान्छौं, फेरि स्वर्गमा आउँछौं। बाबाले धेरै सजिलो बनाएर सम्झाउनु हुन्छ, यसमा हर्टफेल हुनु छैन। भन्छन् बाबा हामीले पढे-लेखेका छैनौं। मुखबाट केही निस्कँदैन। तर यस्तो त हुँदैन। मुख त अवश्य चल्छ। खाना खान्छौ मुख चल्छ नि। वाणी ननिस्कियोस्, यो त हुन सक्दैन। बाबाले धेरै सहज सम्झाउनु भएको छ। कोही मौनमा रहन्छन् भने पनि माथि इसारा दिनु छ उहाँलाई याद गर। दु:ख-हर्ता सुख-कर्ता उहाँ एउटै दाता हुनुहुन्छ। भक्तिमार्गमा पनि दाता हुनुहुन्छ भने यस समयमा पनि दाता हुनुहुन्छ फेरि वानप्रस्थमा त हुन्छ नै शान्ति। बच्चाहरू पनि शान्तिधाममा रहन्छन्। पार्ट निश्चित छ, जुन कर्ममा आउँछ। अहिले हाम्रो पार्ट हो विश्वलाई नयाँ बनाउने। उहाँको नाम धेरै राम्रो छ हेभनली गड फादर। बाबा रचयिता हुनुहुन्छ स्वर्गको। बाबाले नर्क कहाँ रच्नुहुन्छ! पुरानो दुनियाँ कसैले रच्छन् र! भवन सदैव नयाँ बनाइन्छ। शिवबाबाले नयाँ दुनियाँ रच्नुहुन्छ ब्रह्माद्वारा। यिनलाई यो पार्ट मिलेको छ। यहाँ पुरानो दुनियाँमा जति पनि मनुष्य छन्, सबैले एक अर्कालाई दु:ख दिइरहन्छन्।

तिमीलाई थाहा छ हामी शिवबाबाका सन्तान हौं। फेरि शरीरधारी प्रजापिता ब्रह्माका बच्चा भए मुख वंशावली। हामीलाई ज्ञान सुनाउने हुनुहुन्छ शिवबाबा रचयिता, जसले आफ्नो रचनाको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनु हुन्छ। तिम्रो लक्ष्य-उद्देश्य हो नै यस्तो बन्नु। मनुष्यहरूले हेर कति खर्च गरेर मार्बल आदिका मूर्तिहरू बनाउँछन्। यो हो ईश्वरीय विश्व विद्यालय, वर्ल्ड युनिवर्सिटी। सारा विश्वलाई परिवर्तन गरिन्छ। उनीहरूका जति पनि आचरण छन् सबै आसुरी। आदि-मध्य-अन्त्य दु:ख दिने हुन्छन्। यो हो ईश्वरीय विश्व विद्यालय। ईश्वरीय विश्व विद्यालय एउटै छ, जो ईश्वर आएर खोल्नुहुन्छ, जसद्वारा सारा विश्वको कल्याण हुन्छ। तिमी बच्चाहरूलाई अब सही र गलतको समझ मिल्छ अरू कोही मनुष्य छैनन् जसले बुझ्छन्। सही र गलतलाई बुझाउने एउटै राइटियस हुनुहुन्छ, जसलाई सत्य भनिन्छ। बाबाले नै आएर हरेकलाई राइटियस बनाउनु हुन्छ। राइटियस बनेपछि फेरि मुक्तिमा गएर जीवनमुक्तिमा आउँछन्। ड्रामाको विषयमा पनि तिमी बच्चाहरूलाई थाहा छ। आदिबाट लिएर अन्त्यसम्म पार्ट खेल्न नम्बरवार आउँछौ। यो खेल चलि नै रहन्छ। ड्रामा शूट हुँदै जान्छ। यो सदा नयाँ हुन्छ। यो ड्रामा कहिल्यै पुरानो हुँदैन, अरू सबै नाटक आदि विनाश भएर जान्छन्। यो बेहदको अविनाशी ड्रामा हो। यसमा सबै अविनाशी पार्टधारी छन्। अविनाशी खेल वा मण्डप हेर कति ठूलो छ। बाबा आएर पुरानो सृष्टिलाई फेरि नयाँ बनाउनु हुन्छ। त्यो सबै तिमीलाई साक्षात्कार हुन्छ। जति समीप आउँछौ फेरि तिमीलाई खुसी हुन्छ। साक्षात्कार गर्नेछौ। भन्छौ अब पार्ट पूरा भयो। ड्रामा फेरि रिपीट हुनु छ। फेरि नयाँ सुरुवातबाट पार्ट खेल्छौ, जो कल्प पहिला खेलेका थियौ। यसमा अलिकति पनि फरक पर्न सक्दैन त्यसैले जति हुनसक्छ तिमी बच्चाहरूले उच्च पद पाउनु पर्छ। पुरुषार्थ गर्नु छ, अलमलिनु छैन। ड्रामाले जे गराउनु छ त्यो गराउँछ यो भन्नु पनि गलत हो। हामीले त पुरुषार्थ गर्नु नै छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) पढाइको सार बुद्धिमा राखेर यादको यात्राद्वारा कर्मातीत अवस्था प्राप्त गर्नु छ। उच्च, पूजनीय बन्नको लागि बाबाको पूरा-पूरा सहयोगी बन्नु छ।

२) सत्य बाबाद्वारा सही गलतको जुन समझ मिलेको छ, त्यसबाट सत्य बनेर जीवन बन्धनबाट छुट्नु छ। मुक्ति र जीवनमुक्तिको वर्सा लिनु छ।

वरदान:
संगमयुग का सर्व प्राप्तिहरूलाई स्मृतिमा राखेर चढ्ती कलाको अनुभव गर्ने श्रेष्ठ प्रारब्धी भव

परमात्म मिलन वा परमात्म ज्ञानको विशेषता हो अविनाशी प्राप्ति हुनु। यस्तो होइन, संगमयुग पुरुषार्थी जीवन हो र सत्ययुग प्रारब्धी जीवन हो। संगमयुगको विशेषता हो एक कदम उठाऊ र हजार कदम प्रारब्धमा पाऊ। केवल पुरुषार्थी होइन, श्रेष्ठ प्रारब्धी हौं यस स्वरूपलाई सदा सम्मुख राख। प्रारब्धलाई देखेर सहज नै चढ्ती कलाको अनुभव गर्छौ। जे पाउनु थियो त्यो पाइसकें यो गीत गायौ भने आत्तिन र आलस्यबाट बच्नेछौ।

स्लोगन:
ब्राह्मणहरूको श्वास हिम्मत हो, जसबाट मुश्किलभन्दा मुश्किल कार्य पनि सजिलो हुन्छ।


मातेश्वरीजीका अनमोल महावाक्य:

मुक्ति र मोक्ष

आजकल मनुष्यले मुक्तिलाई नै मोक्ष भन्छन्, उनीहरूले यस्तो सम्झन्छन् जसले मुक्ति पाउँ ऊ जन्म मरणबाट छुट्छ। उनीहरूले त जन्म मरणमा नआउनु यसैलाई उच्च पद सम्झन्छन्, त्यही प्रारब्ध मान्छन्। जीवनमुक्ति फेरि त्यसलाई सम्झन्छन् जसले जीवनमै रहेर राम्रो कर्म गर्छन्, जस्तै धर्मात्मा हुन्छन्, उनीहरूलाई जीवनमुक्त सम्झन्छन्। बाँकी कर्मबन्धनबाट मुक्त हुनु, त्यो त करोडौं मध्येबाट कोही विरलैले नै बुझ्छन्, अब यो हो उनीहरूको मत। तर हामीले त परमात्माद्वारा जानिसकेका छौं जबसम्म मनुष्य पहिला विकारी कर्मबन्धनबाट मुक्त हुँदैन तबसम्म आदि-मध्य-अन्त्य दुःखबाट छुट्न सक्दैन त्यसैले यसबाट छुट्नु, यो पनि एक स्टेज हो तैपनि पहिला जब ईश्वरीय ज्ञानलाई धारण गर्छन् अनि मात्र त्यो स्टेजमा पुग्न सक्छन् र त्यस स्टेजमा पुर्याउनेवाला स्वयं परमात्मा हुनुपर्छ किनकि मुक्ति जीवनमुक्ति दिनुहुन्छ उहाँले, त्यो पनि एउटै समयमा आएर सबैलाई मुक्ति जीवनमुक्ति दिनुहुन्छ। बाँकी परमात्मा कुनै अनेक पटक आउनुहुन्न। यस्तो नसम्झ परमात्माले नै सबै अवतार धारण गर्नुहुन्छ। ओम् शान्ति।