02.10.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अहिले यस मृत्युलोकको अन्त्य , अमरलोकको स्थापना भइरहेको छ , त्यसैले तिमीले मृत्युलोकवासीलाई याद गर्नु छैन।

प्रश्न:
बाबाले आफ्ना गरिब बच्चाहरूलाई कुनचाहिँ स्मृति दिलाउनु हुन्छ?

उत्तर:
प्यारा बच्चाहरू! जब तिमी पवित्र थियौ, त्यतिबेला धेरै सुखी थियौ। तिमी जस्तो धनवान अरू कोही थिएन, तिमी अपार सुखी थियौ। धरती, आकाश सबै तिम्रो हातमा थियो। अहिले बाबा तिमीलाई फेरि धनवान बनाउन आउनु भएको छ।

गीत:
नयनहीन को राह दिखाओ प्रभू...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चा, प्यारा आत्माहरूले गीत सुन्यौ। कसले भन्नुभयो? आत्माहरूका रुहानी बाबाले। रुहानी बाबालाई रुहानी बच्चाहरूले भने बाबा। उहाँलाई ईश्वर पनि भनिन्छ, पिता पनि भनिन्छ। कुनचाहिँ पिता? परमपिता। बाबा हुनुहुन्छ दुईवटा। एक लौकिक, अर्को पारलौकिक। लौकिक पिताका बच्चाहरूले पारलौकिक पितालाई पुकार्छन्। हे बाबा, बाबाको नाम के हो? शिव। उहाँलाई निराकार रूपमा पुजिन्छ। उहाँलाई भनिन्छ सुप्रीम फादर। लौकिक पितालाई सुप्रीम भनिँदैन। सबै भन्दा उच्च, सबै आत्माहरूका पिता एउटै हुनुहुन्छ। सबै जीव आत्माहरूले उहाँ बाबालाई याद गर्छन्। आत्माहरूले यो बिर्सेका छन् हाम्रो बाबा को हुनुहुन्छ? पुकार्छन् हे परमपिता! हामी नयन हीनलाई नयन दिनुहोस् ताकि हामीले आफ्नो बाबालाई चिन्न सकौं। भक्ति मार्गमा हामी अन्धा बनेर ठक्कर खाइरहेका छौं, अब यस ठक्करबाट छुटाउनुहोस्। बाबा नै कल्प-कल्प आएर दुनियाँलाई स्वर्ग बनाउनु हुन्छ। अहिले कलियुग हो, सत्ययुग आउँदै छ। कलियुग र सत्ययुगको बीचलाई संगम भनिन्छ। यो हो पुरुषोत्तम संगम। बेहदका बाबा आएर, जो भ्रष्टाचारी बनेका छन्, तिनलाई श्रेष्ठाचारी, पुरुषोत्तम बनाउनु हुन्छ। लक्ष्मी-नारायण पुरुषोत्तम थिए। लक्ष्मी-नारायणको राजवंशको राज्य थियो। यो कुरा बाबा आएर स्मृति दिलाउनु हुन्छ। तिमी आज भन्दा ५ हजार वर्ष पहिले स्वर्गवासी थियौ, अहिले नर्कवासी छौ। आज भन्दा ५ हजार वर्ष पहिले यहाँ स्वर्ग थियो, भारतवर्षको धेरै महिमा थियो। सुनका, हीराका महल थिए। अहिले केही छैन। त्यतिबेला अरू कुनै धर्म थिएनन्, केवल सूर्यवंशी थिए। चन्द्रवंशी पछाडि आउँछन्। बाबा सम्झाउनु हुन्छ तिमी नै सूर्यवंशी थियौ। अहिलेसम्म पनि लक्ष्मी-नारायणको मन्दिर बनाइरहन्छन्। तर लक्ष्मी-नारायणको राज्य कहिले थियो? कसरी राज्य पाए? यो कसैलाई थाहा छैन, पूजा गर्छन् तर जान्दैनन्, त्यसैले अन्ध-विश्वास भयो नि। शिवको, लक्ष्मी-नारायणको पूजा गर्छन्, तर उहाँहरूको बारेमा केही पनि जान्दैनन्। स्वयं भन्छन् हामी पतित छौं। हे पतित-पावन बाबा आऊनुहोस्, आएर हामीलाई दु:खबाट, रावण राज्यबाट मुक्त गर्नुहोस्। बाबा आएर सबैलाई मुक्त गर्नुहुन्छ। बच्चाहरूले जानेका छौ सत्ययुगमा एउटै राज्य थियो। कांग्रेसी अथवा बापुजीले पनि यही माँग्दथे हामीलाई फेरि रामराज्य चाहियो। हामी स्वर्गवासी बन्न चाहन्छौं। अहिले नर्कवासीहरूको के हालत छ, देखिरहेका छौ। यसलाई भनिन्छ हेल, आसुरी दुनियाँ। यही भारत दैवी दुनियाँ थियो। अहिले आसुरी दुनियाँ बनेको छ।

बाबा सम्झाउनु हुन्छ तिमीले ८४ जन्म लिएका छौ, नकि ८४ लाख। यो त शास्त्रहरूमा गफ लगाइदिएका छन्। आज भन्दा ५ हजार वर्ष पहिले सद्गति मार्ग थियो। त्यहाँ न भक्ति, न दु:खको नामनिशान थियो, त्यसलाई सुखधाम भनिन्छ। बाबा सम्झाउनु हुन्छ तिमी वास्तवमा शान्तिधामका निवासी हौ। तिमी यहाँ पार्ट खेल्न आएका हौ। पुनर्जन्म ८४ हुन्छन्, नकि ८४ लाख। अहिले बेहदको बाबा आउनु भएको छ, तिमी बच्चाहरूलाई बेहदको वर्सा दिन। बाबाले तिमी आत्माहरूसँग कुराकानी गर्नुहुन्छ। अरू सत्सङ्गहरूमा मनुष्यले मनुष्यलाई भक्तिको कुरा सुनाउँछन्। आधाकल्प जब विश्व स्वर्ग थियो, त्यतिबेला एउटा पनि पतित थिएन। अहिले एउटा पनि पावन छैन। यो हो पतित दुनियाँ। बाबा सम्झाउनु हुन्छ गीतामा कृष्ण भगवानुवाच लेखिदिएका छन्। कृष्ण भगवान होइनन्, न उनले गीता सुनाएका हुन्। यिनीहरूले आफ्नो धर्म शास्त्रलाई पनि जान्दैनन्। आफ्नो धर्मलाई नै बिर्सिएका छन्। मुख्य धर्म हुन् ४, पहिला आदि सनातन देवी-देवता धर्म सूर्यवंशी, त्यसपछि चन्द्रवंशी, दुवैलाई मिलाएर भनिन्छ देवी-देवता धर्म। त्यहाँ दु:खको नाम थिएन। २१ जन्म तिमी सुखधाममा थियौ। फेरि रावणराज्य, भक्तिमार्ग सुरू हुन्छ। शिवबाबा कहिले आउनु हुन्छ? जब रात हुन्छ, सबै घोर अन्धकारमा हुन्छन्, अनि बाबा आउनु हुन्छ। खेलौनाको पूजा गरिरहन्छन्। कसैको पनि जीवनी जान्दैनन्। भक्ति मार्गमा अनेक धक्का खान्छन्, तीर्थमा जान्छन्, चक्कर लगाउँछन्। कुनै प्राप्ति हुँदैन। बाबा भन्नुहुन्छ म आएर तिमीलाई ब्रह्माद्वारा यथार्थ ज्ञान सुनाउँछु। पुकार्छन् हामीलाई सुखधाम र शान्तिधामको बाटो बताउनुहोस्। बाबा भन्नुहुन्छ आज भन्दा ५ हजार वर्ष पहिले मैले तिमीलाई धेरै धनवान बनाएको थिएँ। यति धन दिएँ, फेरि कहाँ गुमायौ? तिमी कति धनवान थियौ। भारतवर्ष जस्तो अरू कुन कहलाउन सक्छ? भारत नै सबै भन्दा उच्च खण्ड थियो। वास्तवमा सबैको यो तीर्थ हो किनकि पतित-पावन बाबाको जन्मभूमि हो। जति पनि धर्मका छन्, बाबा आएर सबैको सद्गति गर्नुहुन्छ। अहिले सारा सृष्टिमा रावणको राज्य छ, केवल लंकामा मात्र होइन। जब सूर्यवंशी राज्य थियो, त्यतिबेला यो विकार थिएन। भारतवर्ष पावन थियो, अहिले पतित छ। सबै नर्कवासी छन्। सत्ययुगमा जो दैवी सम्प्रदाय थिए, उनीहरू फेरि ८४ जन्म भोगेर आसुरी सम्प्रदाय बनेका छन्, फेरि दैवी सम्प्रदाय बन्नु छ। भारतवर्ष धेरै धनवान थियो। अहिले गरिब बनेको छ, त्यसैले भिख मागिरहेको छ। बाबाले तिमी गरिब बच्चाहरूलाई स्मृति दिलाउनु हुन्छ प्यारा बच्चाहरू! तिमी कति सुखी थियौ। तिमीलाई जस्तो सुख कसैलाई मिल्न सक्दैन। धरती, आकाश सबै तिम्रो हातमा थियो। शास्त्रहरूमा कल्पको अवधि लामो बताएर सबैलाई कुम्भकर्णको आसुरी निद्रामा सुताइदिएका छन्। त्यो शिवबाबाले स्थापना गर्नुभएको शिवालय थियो। त्यहाँ पवित्रता थियो, त्यस नयाँ दुनियाँमा देवी-देवताहरूले राज्य गर्थे। मनुष्यले त यो पनि जान्दैनन् राधा कृष्णको आपसमा के सम्बन्ध छ? दुवै अलग-अलग राजधानीका थिए फेरि स्वयंवरपछि लक्ष्मी-नारायण बने। यो ज्ञान कुनै मनुष्य मात्रमा छैन। आध्यात्मिक ज्ञान केवल एक बाबाले नै दिनुहुन्छ। बाबा भन्नुहुन्छ अब आत्म-अभिमानी बन। म तिम्रो परमपितालाई याद गर। यादद्वारा तमोप्रधानबाट सतोप्रधान बन्छौ। तिमी यहाँ आउँछौ मनुष्यबाट देवता अथवा पतितबाट पावन बन्न। अब यो हो रावण राज्य। भक्तिमा रावण राज्य सुरू हुन्छ। सबै भक्तहरू रावणको पञ्जामा छन्। सारा दुनियाँ ५ विकार रूपी रावणको कैदमा छन्, शोक बाटिकामा छन्। बाबा आएर सबैलाई मुक्त गरेर, गाइड बनेर साथमा लैजानु हुन्छ। त्यसको लागि यो महाभारत लडाइँ हो, जे ५ हजार वर्ष पहिले भएको थियो, अहिले बाबाले फेरि त्यही स्वर्ग बनाइरहनु भएको छ। यस्तो होइन जोसँग धन धेरै छ, ऊ स्वर्गमा छ। अहिले हो नै नर्क। पतित-पावन बाबालाई भनिन्छ, नकि नदीलाई। यो सबै हो भक्ति मार्ग। यो कुरा बाबा नै आएर सम्झाउनु हुन्छ। अब यो त जानेका छौ एउटा छन् लौकिक पिता, अर्का हुनुहुन्छ पारलौकिक, अनि अर्का छन् अलौकिक। अब पारलौकिक बाबा शिवबाबाले ब्रह्माद्वारा ब्राह्मण धर्म स्थापना गर्नुहुन्छ। ब्राह्मणलाई देवता बनाउनको लागि राजयोग सिकाउनु हुन्छ। आत्माले नै पुनर्जन्म लिन्छ। आत्माले नै भन्छ मैले एक शरीर छोडेर अर्को लिन्छु। बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर्यौ भने तिमी पावन बन्छौ। कुनै पनि देहधारीलाई याद नगर। अब मृत्युलोकको अन्त्य हुन्छ, अमरलोकको स्थापना भइरहेको छ। बाँकी सबै अनेक धर्म समाप्त हुन्छन्। सत्ययुगमा एउटै देवी-देवता धर्म थियो, फेरि चन्द्रवंशी राम-सीता त्रेतामा थिए। तिमी बच्चाहरूलाई सारा चक्रको याद दिलाउनु हुन्छ। शान्तिधाम र सुखधामको स्थापना बाबाले नै गर्नुहुन्छ। मनुष्यले मनुष्यलाई सद्गति दिन सक्दैन। ती सबै हुन् भक्ति मार्गका गुरु।

अहिले तिमी हौ ईश्वरीय सन्तान। बाबासँग राज्य भाग्य लिइरहेका छौ। यो राजधानी स्थापना भइरहेको छ। प्रजा त धेरै बन्नु छ। करोडौंमा कोही मात्र राजा बन्छन्। सत्ययुगलाई भनिन्छ फूलको बगैंचा। अहिले छ काँडाको जंगल। रावण राज्य परिवर्तन भइरहेको छ। विनाश हुनु छ। यो ज्ञान अहिले तिमीलाई मिलिरहेको छ। लक्ष्मी-नारायणलाई यो ज्ञान हुँदैन। प्राय: लोप हुन्छ। भक्ति मार्गमा बाबालाई कसैले पनि यथार्थ रूपमा जान्दैन। बाबा हुनुहुन्छ रचयिता। ब्रह्मा, विष्णु, शंकर पनि रचना हुन्। सर्वव्यापी भन्नाले वर्साको हक खतम भएर जान्छ। बाबा आएर सबैलाई वर्सा दिनुहुन्छ। ८४ जन्म उसैले लिन्छ, जो पहिला सुरूमा सत्ययुगमा आउँछ। क्रिश्चियनहरूले मुश्किलले ४० जन्म लिन्छन्। एक भगवानलाई खोज्नको लागि कति धक्का खान्छन्। अब तिमीले धक्का खाँदैनौ। एक बाबालाई याद गर्यौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो हो यात्रा। यो हो ईश्वरीय विश्व विद्यालय। तिम्रो आत्माले पढ्छ। साधु-सन्तले भनिदिन्छन् आत्मा निर्लेप छ। तर आत्माले नै कर्म अनुसार अर्को जन्म लिन्छ। आत्माले नै राम्रो वा नराम्रो कर्म गर्छ। यस समयमा (कलियुगमा) तिम्रो कर्म विकर्म हुन्छ। सत्ययुगमा तिम्रो कर्म, अकर्म हुन्छ। त्यहाँ विकर्म हुँदैन। त्यो हो पुण्य आत्माहरूको दुनियाँ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एक बाबासँग बेहदको वर्सा लिनु छ। श्रेष्ठ कर्म गर्नु छ। बाबा पाइएको छ, त्यसैले अब कुनै पनि प्रकारको धक्का खानु छैन।

२) बाबाले जुन स्मृति दिलाउनु भएको छ, त्यसलाई स्मृतिमा राखेर अपार खुशीमा रहनु छ। कुनै पनि देहधारीलाई याद गर्नु छैन।

वरदान:
निमित्तपनको स्मृतिद्वारा आफ्नो हर संकल्पमा अटेन्शन राख्ने निवारण स्वरूप भव

निमित्त बनेका आत्माहरूमाथि सबैको नजर हुन्छ त्यसैले निमित्त बन्नेहरूले विशेष आफ्नो हर संकल्पमा अटेन्शन राख्नु पर्छ। यदि निमित्त बनेका बच्चाहरूले पनि कुनै कारण सुनाउँछन् भने उनीहरूलाई फलो गर्नेहरूले पनि अनेक कारण सुनाइदिन्छन्। यदि निमित्त बन्नेहरूमा नै कमी छ भने त्यो लुक्न सक्दैन, त्यसैले विशेष आफ्नो संकल्प, वाणी र कर्ममा अटेन्शन दिएर निवारण स्वरूप बन।

स्लोगन:
ज्ञानी आत्मा त्यो हो, जसमा आफ्नो गुण र विशेषताहरूको पनि अभिमान हुँदैन।


मातेश्वरीजीका अनमोल महावाक्य:

१) मनुष्यको लक्ष्य उद्देश्य के हो ? त्यसलाई प्राप्त गर्ने यथार्थ तरिका

हरेक मनुष्यले यो अवश्य सोच्नु पर्छ आफ्नो जीवन राम्रो बनाउनको लागि के उचित छ? मनुष्यको लाइफ केको लागि हो, त्यसमा के गर्नु छ? अब आफ्नै दिलसँग सोध मेरो जीवनमा परिवर्तन भइरहेको छ? मनुष्य जीवनमा पहिला त ज्ञान हुनुपर्छ अनि यो जीवनको लक्ष्य उद्देश्य के हो? त्यो थाहा हुनुपर्छ। यो कुरा त अवश्य पनि मान्नेछन् यस जीवनमा सदा सुख र शान्ति हुनुपर्छ। के अहिले त्यो प्राप्त भइरहेको छ? यस घोर कलियुगमा त दु:ख अशान्ति सिवाय अरू केही छँदैछैन, अब सोच्नु पर्छ सुख शान्ति मिल्छ कसरी? सुख र शान्ति यी दुई शब्द जुन निस्केका छन्, त्यो अवश्य यस दुनियाँमा कुनैबेला भएको थियो, त्यसैले त त्यसको माग गर्छन्। यदि कुनै मनुष्यले मैले यस्तो दुनियाँ देखेकै छैन भन्छ भने फेरि त्यस दुनियाँलाई तिमीले कसरी मान्छौ? यस विषयमा सम्झाइन्छ यी दिन र रात जुन दुई शब्द छन्, त्यसैले त अवश्य पनि दिन रात भएको थियो। यस्तो कसैले भन्न सक्दैन मैले देखेकै रात छ भने दिन कसरी मानौँ? तर जब दुई नाम छन् भने त्यसको पार्ट पनि होला नि। त्यसो त हामीले पनि सुनेका छौं यस कलियुग भन्दा कुनै उँच्च स्टेज पनि थियो जसलाई सत्ययुग भनिन्छ! यदि यस्तै समय चलिरहने हो भने फेरि त्यस समयको नाम सत्ययुग किन दिइयो! त्यसो हो भने यो सृष्टिको स्टेज परिवर्तन भइरहन्छ, जसरी किशोर, बाल, युवा, वृद्ध... हुँदै परिवर्तन भइरहन्छन्, त्यसैगरी सृष्टि पनि परिवर्तन भइरहन्छ। आजको जीवन र त्यस जीवनमा कति फरक छ। त्यसैले त्यो श्रेष्ठ जीवन बनाउने प्रयत्न गर्नु पर्छ।

२) निराकारी दुनियाँ , आकारी दुनियाँ र साकारी दुनियाँको विस्तार

यस पुरै ब्रह्माण्ड भित्र तीन दुनियाँ छन् एक निराकारी दुनियाँ, दोस्रो आकारी र तेस्रो साकारी। अब यो कुरा त जान्यौं निराकार सृष्टिमा त आत्माहरू निवास गर्छन् र साकार सृष्टिमा साकार मनुष्य सम्प्रदाय निवास गर्छन्। बाँकी छ आकारी सूक्ष्म सृष्टि, अब विचार चल्छ के यो आकारी सृष्टि सदैव रहन्छ या केही समय त्यसको पार्ट चल्छ? दुनियाँका मनुष्यले त सम्झन्छन् कुनै सूक्ष्म दुनियाँ माथितिर छ, त्यहाँ फरिश्ता रहन्छन्, त्यसैलाई स्वर्ग भन्छन्। त्यहाँ गएर सुख भोग्छौं। तर अब यो त स्पष्ट छ स्वर्ग र नर्क यस सृष्टिमा नै हुन्छ। बाँकी जुन यो सूक्ष्म आकारी सृष्टि छ, जहाँ शुद्ध आत्माहरूको साक्षात्कार हुन्छ, त्यो त द्वापर देखि लिएर शुरू भएको हो। जब भक्ति मार्ग शुरू हुन्छ भने यसबाट सिद्ध हुन्छ निराकार र साकार सृष्टि सदैव छ नै। बाँकी सूक्ष्म दुनियाँ त सदा हुन्छ भनिदैन, त्यसमा पनि खास गरी ब्रह्मा, विष्णु, शङ्करको साक्षात्कार यसै समयमा हामीलाई हुन्छ किनकि यसै समयमा परमात्माले तीन कर्तव्य गर्नको लागि तीन रूप रच्नुहुन्छ। अच्छा, ओम् शान्ति।