02.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यादरूपी द बा ईद्वारा स्वयंलाई सदा निरोगी बनाऊ , याद र स्वदर्शन चक्र फिराउने स्वभाव बनायौ भने विकर्माजित बन्छौ।”

प्रश्न:–
जुन बच्चाहरूलाई सदा आफ्नो उन्नतिको ख्याल हुन्छ, उनीहरूको निशानी के हुन्छ?

उत्तर:–
उनीहरूको हर कार्य सदा श्रीमतको आधारमा हुन्छ। बाबाको श्रीमत छ– प्यारा बच्चाहरू! देह-अभिमानमा नआऊ, यादको यात्राको चार्ट राख। आफ्नो हिसाब-किताबको खाता राख। चेक गर– कति समय म बाबाको यादमा रहेँ? कति समय अरूलाई सम्झाएँ?

गीत:–
तू प्यार का सागर है...

ओम् शान्ति ।
यहाँ बसेको बेला बाबाको यादमा बस्नु छ। मायाले धेरैलाई याद गर्न दिँदैन किनकि देह-अभिमानी हुन्छन्। कसैलाई मित्र-सम्बन्धी, कसैलाई खान-पान आदि याद आइरहन्छ। यहाँ जब आउँछौ तब बाबालाई आह्वान गर्नुपर्छ। जसरी लक्ष्मीको पूजा गर्दा लक्ष्मीको आह्वान गर्छन्, लक्ष्मी कहीँ आउने त होइनन्। यो त केवल भनिन्छ। त्यसैगरी तिमीले पनि बाबालाई याद गर अर्थात् आह्वान गर, कुरा एउटै हो। यादद्वारा नै विकर्म विनाश हुन्छ। धारणा हुँदैन किनकि विकर्म धेरै गरिएका छन्, जसकारण बाबालाई याद गर्न पनि सक्दैनन्। जति बाबालाई याद गर्नेर्छौ त्यति विकर्माजित बन्छौ, स्वस्थ बन्छौ। हुन त धेरै सहज छ, तर मायाले अथवा पहिले गरिएका विकर्मले रोकिदिन्छ। बाबा भन्नुहुन्छ– तिमीले आधाकल्प अयथार्थ याद गरेका छौ। अहिले त यथार्थमा आह्वान गर्छौ किनकि बुझेका छौ उहाँ आउँदै हुनुहुन्छ, मुरली सुनाउँदै हुनुहुन्छ। तर यो यादको स्वभाव बन्नुपर्छ। सदा निरोगी बनाउनको लागि सर्जनले दवाई दिनुहुन्छ– मलाई याद गर। फेरि तिमी मसँग आएर मिल्नेछौ। मलाई याद गर्नाले नै वर्सा पाउनेछौ। बाबा र प्यारो घरलाई याद गर्नु छ। जहाँ जानु छ, त्यसलाई बुद्धिमा राख्नु छ। बाबा नै यहाँ आएर सत्य सन्देश दिनुहुन्छ, अरू कसैले पनि ईश्वरको सन्देश दिँदैन। उनीहरू त यहाँ स्टेजमा पार्ट खेल्न आउँछन् अनि ईश्वरलाई भुल्छन्। ईश्वरको बारेमा थाहै हुँदैन। उनीहरूलाई वास्तवमा सन्देशवाहक, मेसेन्जर भन्न सकिदैन। यो त मनुष्यले नाम राखेका हुन्। उनीहरू त यहाँ आउँछन्, उनीहरूले आफ्नो पार्ट खेल्नु छ। फेरि याद कसरी गर्ने? पार्ट खेल्दाखेल्दै पतित बन्नु नै छ। फेरि अन्त्यमा पावन बन्नु छ। पावन त बाबा नै आएर बनाउनु हुन्छ। बाबाको यादबाट नै पावन बन्नु छ। बाबा भन्नुहुन्छ– पावन बन्ने एउटै उपाय छ– देहसहित जति पनि देहका सम्बन्ध छन्, तिनलाई भुल्नु छ।

तिमीलाई थाहा छ– म आत्मालाई याद गर्ने आज्ञा मिलेको छ। त्यसमा चल्नाले नै तिमीलाई आज्ञाकारी भनिन्छ। जसले जति पुरुषार्थ गर्छ त्यति नै आज्ञाकारी हुन्छ। याद कम गर्यो भने कम आज्ञाकारी भयो। आज्ञाकारीले पद पनि उच्च पाउँछ। बाबाको आज्ञा छ– एक त म पितालाई याद गर, अर्को ज्ञानलाई धारण गर। याद गरेनौ भने धेरै सजाय खानु पर्ने छ। स्वदर्शनचक्र फिराइरह्यौ भने धेरै धन मिल्छ। भगवानुवाच– मलाई याद गर अनि स्वदर्शनचक्र फिराऊ अर्थात् ड्रामाको आदि-मध्य-अन्त्यलाई जान। मद्वारा मलाई पनि जान र सृष्टिको आदि-मध्य-अन्त्यको चक्रलाई पनि जान। दुई कुरा मुख्य छन्। यसमा ध्यान दिनु छ। श्रीमतमा पूरा ध्यान दियौ भने उच्च पद पाउनेछौ। रहमदिल बन्नु छ, सबैलाई मार्ग बताउनु छ, कल्याण गर्नु छ। मित्र-सम्बन्धी आदिलाई सच्चा यात्रामा लिएर जाने युक्ति रच्नु छ। ती हुन् जिस्मानी यात्राहरू, यो हो रुहानी यात्रा। यो आध्यात्मिक ज्ञान कसैसँग छैन। ती हुन् शास्त्रका दर्शन (फिलोसफी)। यो हो आध्यात्मिक रुहानी ज्ञान। सुप्रिम रूहले यो ज्ञान दिनुहुन्छ नै रूहलाई सम्झाएर फर्काएर लिएर जानको लागि।

कति बच्चाहरू यहाँ आएर बस्दा कोही लाचार भएर बस्छन्। आफ्नो स्व-उन्नतिको केही पनि ख्याल हुँदैन। देह-अभिमान धेरै हुन्छ। देही-अभिमानी भएमा त दयावान् बन्छन्, श्रीमतमा चल्छन्। तिनीहरू आज्ञाकारी हुँदैनन्। बाबा भन्नुहुन्छ– आफ्नो चार्ट लेख कति समय याद गर्छु? कुन कुन समयमा याद गर्छु? पहिले चार्ट राख्थे। ठीकै छ, बाबालाई नपठाऊ, आफूसँगै त चार्ट राख। आफ्नो अनुहार हेर्नु छ– म लक्ष्मीलाई वरण गर्न लायक छु? व्यापारीहरूले आफुसँग खाता राख्छन्, कोही-कोही मानिसले आफ्नो सारा दिनको दिनचर्या लेख्छन्। उनीहरूमा लेख्ने रुचि हुन्छ। कति समय म बाबाको यादमा रहें? कति समय अरूलाई सम्झाएँ? यो हिसाब-किताब राख्नु त धेरै राम्रो कुरा हो। यस्तो चार्ट राख्यौ भने धेरै उन्नति हुन्छ। बाबा राय दिनु हुन्छ यसो यसो गर। बच्चाहरूले आफ्नो उन्नति गर्नु छ। जसलाई मालाको दाना बन्नु छ उनीहरूले धेरै पुरुषार्थ गर्नुपर्छ। बाबाले भन्नु भएको थियो– ब्राह्मणहरूको माला अहिल्यै बन्न सक्दैन, अन्त्यमा जब रुद्रको माला बनिसक्छ अनि बन्छ। ब्राह्मणहरूको मालाको दाना परिवर्तन भइरहन्छ। आज जो ३-४ नम्बरमा छन्, भोलि उनीहरू लास्टमा जान सक्छन्। कति फरक हुन्छ। कोही गिरे भने दुर्गति प्राप्त गर्छन्। मालाबाट त गए, गएर प्रजामा पनि बिलकुल चण्डाल बन्छन्। यदि मालामा गाँसिनु छ भने त्यसको लागि धेरै मेहनत गर्नु छ। आफ्नो उन्नति कसरी गर्ने? बाबा धेरै राम्रो सल्लाह दिनु हुन्छ। सबैको लागि भन्नुहुन्छ। कोही लङ्गडा भए पनि इसाराले नै पनि कसैलाई बाबाको याद दिलाउन सक्छन्। बोल्नेवालाभन्दा अघि जान सक्छन्। अन्धा-लुला जस्ता भए पनि तन्दुरुस्तले भन्दा पनि उच्च पद पाउन सक्छन्। सेकेन्डमा इसारा दिइन्छ। सेकेन्डमा जीवनमुक्ति– गायन छ नि। बाबाको बनेपछि वर्सा त अवश्य मिल्छ। फेरि त्यसमा नम्बरवार पद अवश्य छन्। बच्चा पैदा भएपछि ऊ वर्साको हकदार बन्छ। यहाँ तिमी आत्मा त हौ नै पुरुष। त्यसैले पिताबाट वर्साको हक लिनु छ। सारा आधार पुरुषार्थमा छ। फेरि भन्नेछन्– कल्प पहिले पनि यस्तै पुरुषार्थ गरिएको थियो। मायाको साथ बक्सिङ्ग हुन्छ। पाण्डवहरूको थियो नै माया रावणसँग लडाइँ। कोही त पुरुषार्थ गरेर डबल शिरताज विश्वको मालिक बन्छन्, कोही फेरि प्रजामा पनि नोकरचाकर बन्छन्। सबैले यहाँ पढिरहेका छन्। राजधानी स्थापना भइरहेको छ, ध्यान अवश्य अगाडि बसेका दानातर्फ जान्छ। ८ दाना कसरी चलिरहेका छन्, पुरुषार्थबाट थाहा हुन्छ। यस्तो होइन बाबा अन्तर्यामी हुनुहुन्छ, सबैको अन्तरमनलाई पढ्नुहुन्छ। यस्तो होइन, अन्तर्यामी मतलब जानीजाननहार। यस्तो होइन– हर एकको दिलको कुरा बसेर जान्नुहुन्छ। जानीजाननहार अर्थात् ज्ञानसागर। सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। एक-एकको दिललाई कहाँ बसेर अध्ययन गर्नुहुन्छ र? के मलाई थट रिडर (विचारलाई पढ्नेवाला) सम्झेका छौ? म जानीजाननहार हुँ अर्थात् नलेजफुल हुँ। भूत, वर्तमान र भविष्यलाई नै सृष्टिको आदि, मध्य, अन्त्य भनिन्छ। यो चक्र कसरी दोहोरिन्छ, त्यसको पुनरावृत्तिलाई जान्दछु। त्यो ज्ञान तिमी बच्चाहरूलाई पढाउन आउँछु। हर एकले सम्झिन सक्छ– कसले कति सेवा गर्छन्, के पढ्छन्? यस्तो होइन– बाबा बसेर एक-एकको मनको कुरा जान्नुहुन्छ। बाबा बसेर केवल यो धन्दा कहाँ गर्नुहुन्छ र? उहाँ त जानीजाननहार मनुष्य सृष्टिको बीजरूप, नलेजफुल हुनुहुन्छ। भन्नुहुन्छ– मनुष्य सृष्टिको आदि-मध्य-अन्त्य र जो मुख्य पात्रहरू छन् उनीहरूलाई मैले जान्दछु। बाँकी रचना त अथाह छन्। यो जानीजाननहार शब्द त पुरानो हो। मैले त ज्ञान जान्दछु, त्यो तिमीलाई पढाउँछु। बाँकी तिमीहरूले के के गर्छौ त्यो सारा दिन बसेर कहाँ देख्छु र? मै त सहज राजयोग र ज्ञान सिकाउन आउँछु। बाबा भन्नुहुन्छ– बच्चाहरू त धेरै छन्, म बच्चाहरूको अगाडि प्रत्यक्ष भएको छु। सारा कारोबार बच्चाहरूसँग छ। जो मेरा बच्चाहरू बन्छन् म उनीहरूको पिता हुँ। फेरि उनीहरू सहोदर हुन् वा सौतेनी हुन् त्यो मैले बुझ्नसक्छु। हर एकको पढाइ छ। श्रीमत अनुसार कार्यमा आउनु छ। कल्याणकारी बन्नु छ। तिमी बच्चाहरूलाई थाहा छ– बृहस्पतिलाई वृक्षपति डे भनिन्छ। वृक्षपति पनि हुनुभयो, शिव पनि हुनुभयो। हुन त एउटै हुनुहुन्छ। गुरुबारको दिनबाट बच्चाहरूलाई स्कुलमा पढ्न पढाउँछन्। जसरी सोमनाथको दिन सोमबार हो, शिवबाबाले सोमरस पिलाउनु हुन्छ। हुन त उहाँको नाम शिव हो तर पढाउनु हुन्छ त्यसैले सोमनाथ भनिदिएका हुन्। रुद्र पनि सोमनाथलाई भनिन्छ। रुद्र ज्ञान यज्ञ रच्नुभयो, त्यसैले ज्ञान सुनाउनेवाला हुनुभयो। नाम धेरै राखिदिएका छन्। त्यसैले त्यसको ज्ञान दिइन्छ। सुरुदेखि यो एउटै यज्ञ चल्छ, कसैलाई पनि थाहा छैन– सारा पुरानो सृष्टिको सामग्री यस यज्ञमा स्वाहा हुनु छ। जति पनि मनुष्य छन्, जे पनि छन् तत्त्वसहित सबै परिवर्तन हुनु छ। यो पनि बच्चाहरूले देख्नु छ, देख्नेवाला धेरै महावीर चाहिन्छ। जेसुकै होस्, भुल्नु छैन। मनुष्यले त हाय-हाय! त्राहि-त्राहि! गरिरहन्छन्। पहिला सुरुमा त सम्झाउनु छ– थोरै ख्याल गर्नुहोस्, सत्ययुगमा एउटै राज्य थियो, मनुष्य धेरै कम थिए, एक धर्म थियो, अहिले कलियुग अन्त्यसम्म कति धर्म छन्? यो कहाँसम्म चल्नेछ? कलियुगपछि अवश्य सत्ययुग हुन्छ। अहिले सत्ययुगको स्थापना कसले गर्नेछ? रचयिता त बाबा नै हुनुहुन्छ। सत्ययुगको स्थापना र कलियुगको विनाश हुन्छ। यो विनाश सामुन्ने खडा छ। अहिले तिमीलाई बाबाद्वारा भूत, वर्तमान, भविष्यको ज्ञान मिलेको छ। यो स्वदर्शनचक्र फिराउनु छ। बाबा र बाबाको रचनालाई याद गर्नु छ। कति सहज कुरा छ।

गीत:– तू प्यार का सागर है... चित्रहरूमा ज्ञानका सागर, आनन्दका सागर लेख्छन्, त्यसमा प्रेमका सागर शब्द अवश्य आउनुपर्छ। बाबाको महिमा बिलकुल अलग छ। सर्वव्यापी भनेर महिमालाई नै खतम गरिदिएका छन्। त्यसैले प्रेमका सागर शब्द अवश्य लेख्नु छ, यो बेहदका माता-पिताको प्यार हो, जसको लागि गाउँछन्– तुम्हारी कृपा से सुख घनेरे... तर चिन्दैनन्। अहिले बाबा भन्नुहुन्छ– तिमीले मलाई चिनेपछि सबै कुरा जान्नेछौ। मैले नै सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान सम्झाउँछु। एक जन्मको कुरा होइन, सारा सृष्टिको भूत, वर्तमान र भविष्यलाई जान्दछौ, त्यसैले बुद्धिमा कति कुरा आउनुपर्छ। जो देही-अभिमानी बन्दैनन् उनीहरूलाई धारणा पनि हुँदैन। सारा कल्प देह-अभिमान चलेको छ। सत्ययुगमा पनि परमात्माको ज्ञान हुँदैन। यहाँ पार्ट खेल्न आएपछि परमात्माको ज्ञान भुलेका छन्। यो त सम्झन्छन्– आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ। तर त्यहाँ दु:खको कुरा हुँदैन। यो बाबाको महिमा हो– बाबा ज्ञानका सागर, प्रेमका सागर हुनुहुन्छ। एक प्वाइन्ट छ– मन्मनाभव, मध्याजीभव... यो मिल्नाले हामी विषयसागरबाट क्षीरसागरमा जानेछौं। भन्छन् नि– स्वर्गमा दुध-घिउका नदी बग्छन्। यो सबै महिमा हो। बाँकी नदी कुनै दुध-घिउको कहाँ हुनसक्छ र? वर्षामा त पानी निस्कन्छ। घिउ कहाँबाट निस्कन्छ! यो बढाइँ गरिएको हो। यो पनि तिमीलाई थाहा छ– स्वर्ग केलाई भनिन्छ। हुन त अजमेरमा स्वर्गको मोडल छ तर बुझ्न केही पनि बुझ्दैनन्। तिमीले कसैलाई पनि बुझायौ भने तुरुन्त बुझ्नेछन्। जसरी बाबालाई आदि, मध्य, अन्त्यको ज्ञान छ त्यसैगरी तिमी बच्चाहरूको बुद्धिमा पनि फिर्नुपर्छ। बाबाको परिचय दिनु छ, एक्युरेट महिमा सुनाउनु छ, उहाँको महिमा अपरमपार छ। सबै समान हुन सक्दैनन्। हर एकलाई आ-आफ्नो पार्ट मिलेको छ। पछि गएर देख्नेछौ, दिव्यदृष्टिमा बाबाले जे देखाउनु भएको छ त्यो फेरि यथार्थमा हुनु छ। स्थापना र विनाशको साक्षात्कार गराइरहनु हुन्छ। अर्जुनलाई पनि दिव्यदृष्टिद्वारा साक्षात्कार गराउनु भएको थियो फेरि यथार्थमा हेर। तिमीले पनि यी आँखाले विनाश देख्नेछौ। वैकुण्ठको साक्षात्कार गरेका छौ, त्यो पनि जब प्राक्टिकलमा हुन्छ, तब फेरि साक्षात्कार बन्द हुन्छ। कति राम्रा-राम्रा कुरा सम्झाउनु हुन्छ, जुन फेरि बच्चाहरूले अरूलाई सम्झाउनु छ, भाइ-बहिनीहरू आएर यस्तो बाबाबाट वर्सा लिनुहोस्, यस ज्ञान र योगद्वारा।

बाबाले निमन्त्रणपत्र सच्चाउँदै हुनुहुन्छ। तल सही गर्नुहुन्छ– तन-मन-धनले ईश्वरीय सेवामा उपस्थित छु, यस कार्यको लागि। पछि गएर महिमा त निस्किनु छ। कल्प पहिला जसले वर्सा लिएका छन्, उनीहरू आउनु नै छ। मेहनत गर्नु छ। फेरि खुशीको पारा चढ्दाचढ्दै स्थायी बन्छ। फेरि घरी घरी मलिन हुने छैनौ। तुफान त धेरै आउँछन्, तिनीहरूलाई पार गर्नु छ। श्रीमतमा चलिरहनु छ। व्यवहार पनि गर्नु छ। जबसम्म सेवाको प्रमाण दिँदैनौ तबसम्म बाबाले यस सेवामा लगाउन सक्नुहुन्न। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) श्रीमतमा पूरा अटेन्सन दिएर आफ्नो र अरूको कल्याण गर्नु छ। सबैलाई सच्चा यात्रा गराउनु छ, दयावान् बन्नु छ।

२) बाबाको हर आदेशलाई पालन गर्नु छ। याद वा सेवाको चार्ट अवश्य राख्नु छ। स्वदर्शनचक्र फिराउनु छ।

वरदान:–
सच्चा दिलबाट साहेबलाई राजी गर्ने राजयुक्त , युक्तियुक्त , योगयुक्त भव

बापदादाको टाइटल दिलवाला, दिलाराम हो। जो सच्चा दिल भएका बच्चाहरू छन् उनीहरूसँग साहेब राजी हुनुहुन्छ। दिलदेखि बाबालाई याद गर्नेहरू सहजै बिन्दुरूप बन्न सक्छन्। उनीहरू बाबाको विशेष आशीर्वादका पात्र बन्छन्। सच्चाइको शक्तिबाट समय अनुसार उनीहरूको दिमागले युक्तियुक्त, यथार्थ कार्य नै गर्छ। भगवानलाई राजी गरेका हुनाले हर सङ्कल्प, बोली र कर्म यथार्थ हुन्छ। उनीहरू राजयुक्त, युक्तियुक्त, योगयुक्त बन्छन्।

स्लोगन:–
बाबाको लभ (स्नेह) मा लीन रह्यौ भने अनेक प्रकारका दु:ख र धोखाबाट बच्नेछौ।