02.12.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे विनाश भन्दा पहिला सबैलाई बाबाको परिचय दिनु छ , धारणा गरेर अरूलाई सम्झाऊ तब उच्च पद मिल्छ।

प्रश्न:
राजयोगी विद्यार्थीलाई बाबाको डाइरेक्सन के छ?

उत्तर:
तिमीलाई डाइरेक्सन छ एक बाबाको बनेर फेरि अरूसँग दिल लगाउनु छैन। प्रतिज्ञा गरेर फेरि पतित बन्नु छैन। तिमी यस्तो सम्पूर्ण पावन बन, जसले गर्दा बाबा र टिचरको याद निरन्तर बनिरहोस्। एक बाबालाई नै प्यार गर, उहाँलाई नै याद गर्यौ भने तिमीलाई धेरै तागत मिलिरहन्छ।

ओम् शान्ति ।
रूहानी बाबा बसेर सम्झाउनु हुन्छ। जब यो शरीर हुन्छ तब मात्रै सम्झाउनु हुन्छ। सम्मुखमा नै सम्झाउनु पर्ने हुन्छ। जे सम्मुखमा सम्झाइन्छ त्यो फेरि लेखेर सबैको पासमा जान्छ। तिमी यहाँ आउँछौ सम्मुख सुन्नको लागि। बेहदका बाबाले आत्माहरूलाई सुनाउनु हुन्छ। आत्माले नै सुन्छ। सबै कुरा यस शरीरद्वारा आत्माले नै गर्छ। त्यसैले सबैभन्दा पहिला आफूलाई आत्मा अवश्य सम्झनु छ। गायन पनि छ आत्मा-परमात्मा अलग रहे बहुकाल....। सबैभन्दा पहिला बाबासँग बिछोडिएर पार्ट खेल्न को आउँछन्? तिमीसँग सोध्नुहुन्छ तिमी बाबाबाट कति समय अलग रह्यौ? तिमीले भन्छौ ५ हजार वर्ष। पूरा हिसाब छ नि। यो त तिमी बच्चाहरूलाई थाहा छ कसरी नम्बरवार आउँछन्। बाबा जो माथि हुनुहुन्थ्यो उहाँ पनि अहिले तल आउनु भएको छ, तिमीहरू सबैको ब्याट्री चार्ज गर्न। अब बाबालाई याद गर्नु छ। अहिले त बाबा सम्मुख हुनुहुन्छ नि। भक्तिमार्गमा त बाबाको कर्तव्यको बारेमा थाहै छैन। नाम, रूप, देश, काललाई जान्दै-जानेका छैनन्। तिमीलाई त नाम, रूप, देश, काल सबै थाहा छ। तिमीलाई थाहा छ बाबाले यस रथद्वारा हामीलाई सबै रहस्य सम्झाउनु हुन्छ। रचयिता र रचनाको आदि, मध्य, अन्त्यको रहस्य सम्झाउनु भएको छ। यो कति सूक्ष्म छ। यस मनुष्य सृष्टिरूपी वृक्षको बीजरूप बाबा नै हुनुहुन्छ। उहाँ यहाँ अवश्य आउनु हुन्छ। नयाँ दुनियाँ स्थापना गर्ने काम उहाँको नै हो। यस्तो होइन, माथि बसेर नै स्थापना गर्नुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ बाबाले यस तनद्वारा हामीलाई सम्मुख सम्झाइरहनु भएको छ। यो पनि बाबाको प्यार हो नि। अरू कसैलाई पनि उहाँको जीवनीका बारेमा थाहा छैन। गीता हो आदि सनातन देवी-देवता धर्मको शास्त्र। यो पनि तिमीलाई थाहा छ यस ज्ञानपछि हुन्छ विनाश। विनाश अवश्य हुनु छ। अरू जति पनि धर्म स्थापक आउँछन् उनीहरू आउँदा विनाश हुँदैन। विनाशको समय नै यही हो, त्यसैले तिमीलाई जुन ज्ञान मिल्छ त्यो फेरि समाप्त हुन्छ। तिमी बच्चाहरूको बुद्धिमा यी सबै कुरा छन्। तिमीले रचयिता र रचनालाई जानिसक्यौ। हुन् दुवै अनादि जुन चल्दै आउँछ। बाबाको पार्ट नै छ संगममा आउने। भक्ति आधाकल्प चल्छ, ज्ञान चल्दैन। ज्ञानको वर्सा आधाकल्पको लागि मिल्छ। ज्ञान त एकै पटक केवल संगममा मिल्छ। यो क्लास तिम्रो एकै पटक चल्छ। यी कुरालाई राम्रोसँग बुझेर फेरि अरूलाई बुझाउनु पनि छ। पदको सारा कुरा सेवामा आधारित छ। तिमीलाई थाहा छ पुरुषार्थ गरेर अब नयाँ दुनियाँमा जानु छ। धारणा गरेर अरूलाई सम्झाउनु छ यसमा नै तिम्रो पद छ। विनाश हुनु भन्दा पहिला सबैलाई बाबाको परिचय दिनु छ अनि रचनाको आदि, मध्य, अन्त्यको परिचय दिनु छ। तिमीले पनि जन्म-जन्मान्तरको पाप काट्नको लागि बाबालाई याद गर्छौ। जबसम्म बाबाले पढाइ रहनु हुन्छ, याद अवश्य गर्नु छ। पढाउनेसँग योग त रहन्छ नि। टिचरले पढाउँछन् त्यसैले उनीसँग योग रहन्छ। योग विना कसरी पढ्छौ? योग अर्थात् पढाउनेवालाको याद। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। तीनवटै रूपमा पूरा याद गर्नुपर्छ। उहाँ सद्गुरु तिमीलाई एकैचोटि मिल्नुहुन्छ। ज्ञानबाट सद्गति मिल्यो, पुग्यो। फेरि गुरुको रसम-रिवाज नै खतम। बाबा, टिचरको रसम चल्छ, गुरुको रसम खतम हुन्छ। सद्गति मिल्यो नि। निर्वाणधाममा तिमी यथार्थमा जान्छौ फेरि आफ्नो समयमा पार्ट खेल्न आउने छौ। मुक्ति-जीवनमुक्ति दुवै तिमीलाई मिल्छ। मुक्ति पनि अवश्य मिल्छ। थोरै समयको लागि घरमा गएर रहन्छौ। यहाँ त शरीरद्वारा पार्ट खेल्नुपर्छ। पछि गएर सबै पार्टधारी आउने छन्। नाटक पूरा भएपछि, सबै पात्रहरू स्टेजमा आउँछन्। अहिले पनि सबै पात्रहरू स्टेजमा आएर जम्मा भएका छन्। कति भीडभाड छ। सत्ययुग आदिमा यति भीड थिएन। अहिले त कति अशान्ति छ। त्यसैले अब जसरी बाबालाई सृष्टि चक्रको ज्ञान छ, बच्चाहरूलाई पनि ज्ञान छ। बीजको ज्ञान छ नि मेरो वृक्ष कसरी वृद्धि भएर फेरि खतम हुन्छ। अहिले तिमी बसेका छौ नयाँ दुनियाँको कलमी लगाउन अथवा आदि सनातन देवी-देवताको कलमी लगाउन। तिमीलाई थाहा छ यी लक्ष्मी-नारायणले कसरी राज्य पाए? तिमीलाई थाहा छ हामी अब नयाँ दुनियाँको प्रिन्स बन्छौं। त्यस दुनियाँमा रहनेहरू सबैले आफूलाई मालिक नै भन्छन् नि। जसरी अहिले पनि सबैले भन्छन् मेरो देश। तिमीले सम्झन्छौ अहिले हामी सँगममा खडा छौं, शिवालयमा जाँदैछौं, अब गयौं कि गयौं। हामी गएर शिवालयको मालिक बन्छौं। तिम्रो लक्ष्य-उद्देश्य नै यो हो। यथा राजा-रानी तथा प्रजा, सबै शिवालयको मालिक बन्छन्। बाँकी राजधानीमा भिन्न-भिन्न पद त हुन्छन् नै। त्यहाँ मन्त्री त कोही हुँदैनन्। मन्त्री तब हुन्छन् जब पतित बन्छन्। लक्ष्मी-नारायण वा राम-सीताको मन्त्री सुनेका छैनौ होला किनकि उनी स्वयं सतोप्रधान पावन बुद्धिका हुन्छन्। फेरि जब पतित बन्छन् तब राजा-रानीले एउटा मन्त्री राख्छन् राय लिनको लागि। अहिले त हेर अनेकानेक मन्त्री छन्।

तिमी बच्चाहरूलाई थाहा छ यो धेरै मजाको खेल छ। खेल सदैव मजाको नै हुन्छ। सुख पनि हुन्छ, दु:ख पनि हुन्छ। यस बेहदको खेललाई तिमी बच्चाहरूले नै जानेका छौ। यसमा रुने-कराउने कुरा नै छैन। भनाइ पनि छ बीती सो बीती। बनिबनाउ बनिरहेको छ। यो नाटक तिम्रो बुद्धिमा छ। हामी यसका कलाकार हौं। हाम्रो ८४ जन्मको पार्ट एक्युरेट अविनाशी छ। जसले जुन जन्ममा जुन एक्ट गर्दै आएका छन् त्यही गर्दै रहन्छन्। आज भन्दा ५ हजार वर्ष पहिला पनि तिमीलाई यही भन्नुभएको थियो आफूलाई आत्मा सम्झ। गीतामा पनि यी नै अक्षर छन्। तिमीलाई थाहा छ वास्तवमा आदि सनातन देवी-देवता धर्म जब स्थापना भएको थियो, बाबाले भन्नुभएको थियो देहका सबै धर्मलाई छोडेर आफूलाई आत्मा सम्झ अनि बाबालाई याद गर। मनमनाभवको अर्थ त बाबाले राम्रोसँग सम्झाउनु भएको छ। भाषा पनि यही हो। यहाँ हेर कति धेरै भाषाहरू छन्। भाषाको लागि पनि कति हंगामा हुन्छ। भाषा विना त काम चल्न सक्दैन। यस्ता-यस्ता भाषा सिकेर आउँछन् जसले गर्दा मातृभाषा नै समाप्त हुन्छ। जसले बढी भाषा सिक्छ उसलाई इनाम मिल्छ। जति धर्म, त्यति भाषा हुन्छन्। त्यहाँ त तिमीलाई थाहा छ आफ्नै राजाई हुन्छ। भाषा पनि एक हुन्छ। यहाँ त १०० माइलमा एक भाषा छ। त्यहाँ त एउटै भाषा हुन्छ। यी सबै कुरा बाबाले बसेर सम्झाउनु हुन्छ। त्यसैले उहाँ बाबालाई नै याद गरिराख। शिवबाबाले ब्रह्माद्वारा सम्झाउनु हुन्छ। रथ त अवश्य चाहिन्छ नि। शिवबाबा हाम्रा बाबा हुनुहुन्छ। बाबा भन्नुहुन्छ मेरा त बेहदका बच्चाहरू छन्। बाबाले यिनीद्वारा पढाउनु हुन्छ नि। टिचरलाई कहाँ गला लगाउँछन् र। बाबा त तिमीलाई पढाउन आउनु भएको छ। राजयोग सिकाउनु हुन्छ भने टिचर हुनु भयो नि। तिमी विद्यार्थी हौ। विद्याथीहरूले टिचरलाई कहिल्यै अँगालो हाल्छन् र? एक बाबाको बनेर फेरि अरूसँग दिल लगाउनु छैन।

बाबा भन्नुहुन्छ म तिमीलाई राजयोग सिकाउन आएको छु नि। तिमी शरीरधारी, म अशरीरी माथि रहनेवाला। भन्छौ बाबा, पावन बनाउन आउनुहोस्। यसको मतलब तिमी पतित छौ नि? फेरि मलाई कसरी गला लगाउन सक्छौ? प्रतिज्ञा गरेर फेरि पतित बन्न पुग्छन्। जब एकदम पावन बन्छौ, पछि गएर फेरि यादमा पनि रहन्छौ, टिचरलाई, गुरुलाई, याद गरिरहन्छौ। अहिले त छि-छि बनेर गिर्न पुग्छन्, अझै सय गुना दण्ड पर्छ। यिनी त बीचमा दलालको रूपमा मिलेका छन्, उहाँलाई याद गर्नु छ। बाबा भन्नुहुन्छ म पनि उहाँको सबैभन्दा विशेष ठूलो बच्चा हुँ, फेरि पनि मैले कहाँ अँगालो हाल्न सक्छु र! तिमी त यस शरीरद्वारा मिल्छौ। मैले उहाँलाई कसरी अँगालो हाल्ने? बाबाले त भन्नुहुन्छ प्यारा बच्चाहरू तिमीहरूले एक बाबालाई नै याद गर, प्यार गर। यादले शक्ति धेरै मिल्छ। बाबा सर्वशक्तिमान हुनुहुन्छ। बाबाबाट नै तिमीलाई यति शक्ति मिल्छ। तिमी कति बलवान बन्छौ। तिम्रो राजधानीमा कसैले जित्न सक्दैन। रावण राज्य नै खतम हुन्छ। दु:ख दिनेवाला कोही रहँदै-रहँदैन। त्यसलाई सुखधाम भनिन्छ। रावणले सारा विश्वमा सबैलाई दु:ख दिन्छ। जनावरहरू पनि दु:खी हुन्छन्। त्यहाँ त जनावरहरू पनि आपसमा प्रेमले रहन्छन्। यहाँ त प्रेम नै छैन।

तिमी बच्चाहरूलाई थाहा छ यो ड्रामा कसरी घुम्छ। यसको आदि-मध्य-अन्त्यको रहस्य बाबाले नै सम्झाउनु हुन्छ। कसैले राम्रोसँग पढ्छन्, कसैले कम पढ्छन्। पढ्न त सबैले पढ्छन् नि। सारा दुनियाँले पनि पढ्छ अर्थात् बाबालाई याद गर्छ। बाबालाई याद गर्नु यो पनि पढाइ हो नि। उहाँ बाबालाई सबैले याद गर्छन्, उहाँ सर्वका सद्गति दाता, सबैलाई सुख दिनेवाला हुनुहुन्छ। भन्ने पनि गरिन्छ आएर पावन बनाउनुहोस्। त्यसैले अवश्य पतित ठहरिए। उहाँ त आउनु नै हुन्छ विकारीहरूलाई निर्विकारी बनाउन। पुकार्ने पनि गरिन्छ हे अल्लाह, आएर हामीलाई पावन बनाउनुहोस्। उहाँको धन्दा यही हो, त्यसैले बोलाउँछन्।

तिम्रो भाषा पनि करेक्ट हुनुपर्छ। यिनीहरूले भन्छन् अल्लाह, अनि उनीहरू भन्छन् गड। गड फादर पनि भन्छन्। पछि आउनेको बुद्धि अरू भन्दा राम्रो रहन्छ। त्यति दु:ख भोग्दैनन्। अहिले तिमी सम्मुखमा बसेका छौ, के गर्छौ? बाबालाई यस भृकुटीमा देख्छौ। बाबाले फेरि तिम्रो भृकुटीमा देख्नुहुन्छ। जसमा म प्रवेश गर्छु, उनलाई देख्न सक्छु? यी त मेरो छेऊ मै बसेका छन्, यो धेरै बुझ्नु पर्ने कुरा हो। म यिनको छेउमा बसेको छु। यिनले पनि सम्झन्छन्, मेरो छेउमा बाबा बस्नुभएको छ। तिमीले भन्छौ हामीले सम्मुखमा दुवैलाई देख्छौं। बाबा र दादा दुवै आत्माहरूलाई देख्छौ। तिमीमा ज्ञान छ बापदादा कसलाई भनिन्छ? आत्मा सामुन्ने बसेको छ। भक्तिमार्गमा त आँखा बन्द गरेर सुन्छन्। पढाइ यस्तो कहाँ हुन्छ र। टिचरलाई त हेर्नुपर्छ नि। उहाँ त बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ त्यसैले सामुन्ने देख्नुपर्छ। सामुन्ने बसून् तर आँखा बन्द हुन्, उँगिरहून् यस्तो पढाइ त हुँदैन। विद्यार्थीले टिचरलाई अवश्य देख्छन्। नत्र टिचरले भन्छ यो त उँगिरहन्छ। सायद यो त कुनै भाँग खाएर आएको छ। तिम्रो बुद्धिमा छ बाबा यस तनमा हुनुहुन्छ। मैले बाबालाई देख्छु। बाबाले सम्झाउनु हुन्छ यो कुनै साधारण क्लास होइन, जहाँ आँखा बन्द गरेर बसे पनि हुन्छ। स्कुलमा कहिल्यै कसैले आँखा बन्द गरेर बस्छ र? अरू सतसङ्गलाई स्कुल भनिदैन। गीता बसेर सुनाए पनि त्यसलाई स्कुल भनिदैन। ती कुनै बाबा होइनन् जसलाई देख्छन्। कोही-कोही शिवका भक्त छन् भने शिवलाई नै याद गर्छन्, कानले कथा सुनिरहन्छन्। शिवको भक्ति गर्नेले शिवलाई नै याद गर्नुपर्छ। कुनै पनि सतसङ्गमा प्रश्न-उत्तर आदि हुँदैन। यहाँ हुन्छ। यहाँ तिम्रो कमाई धेरै हुन्छ। कमाईमा कहिल्यै पनि हाई आउँदैन। धन मिल्छ, त्यसैले खुसी हुन्छ नि। हाई आउनु दु:खको निशानी हो। बिरामी भयो भने वा कंगाल बन्यो भने हाई आइरहन्छ। पैसा मिलिरह्यो भने कहिल्यै हाई आउँदैन। बाबा व्यापारी पनि थिए। राती स्टीमर आउँदा जाग्नुपर्थ्यो। कुनै कुनै महिलाहरू राती मात्रै किनमेलमा आउँछन् भने उनको लागि मात्र ढोका खुल्ला रहन्छ। बाबाले पनि भन्नुहुन्छ प्रदर्शनी आदिमा महिलाको लागि खास दिन राख्यौ भने धेरै आउने छन्। पर्दाभित्र रहने पनि आउने छन्। बुहारीहरू पर्दाभित्र रहन्छन्। मोटर गाडीमा पनि पर्दा रहन्छ। यहाँ त आत्माको कुरा छ। ज्ञान मिल्यो भने पर्दा पनि खुल्छ। सत्ययुगमा पर्दा आदि हुँदैन। यो त प्रवृत्ति मार्गको ज्ञान हो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यो खेल धेरै मजाको बनेको छ, यसमा सुख र दु:खको पार्ट निश्चित छ। त्यसैले रुने कराउने कुरा छैन। बुद्धिमा रहोस् बनिबनाउ बनिरहेको छ। जे बितिसक्यो, त्यसको चिन्तन गर्नु छैन।

२) यो साधारण क्लास होइन, यसमा आँखा बन्द गरेर बस्नु छैन। टिचरलाई सामुन्नेमा देख्नु छ। हाई आदि गर्नु छैन। हाई गर्नु दु:खको निशानी हो।

वरदान:
प्रसन्नताको रूहानी व्यक्तित्वद्वारा सबैलाई अधिकारी बनाउने गायन र पूजन योग्य भव

जसले सबैबाट सन्तुष्टताको सर्टीफिकेट लिन्छ, ऊ सदा प्रसन्न रहन सक्छ र यही प्रसन्नताको रूहानी व्यक्तित्वको कारण प्रसिद्ध अर्थात् गायन र पूजन योग्य बन्छ। तिमी शुभचिन्तक, प्रसन्नचित्त रहने आत्माहरूद्वारा सबैलाई जुन खुशीको, सहाराको, हिम्मतको पङ्खको उमंग-उत्साह प्राप्त हुन्छ, यी प्राप्तिहरूले कसैलाई अधिकारी बनाइदिन्छ, कोही भक्त बन्न पुग्छन्।

स्लोगन:
बाबाद्वारा वरदान प्राप्त गर्ने सहज साधन हो दिलको स्नेह।