03.01.2019          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अल्फ र बे , बाबा र वर्सा याद रह्यो भने खुसीको पारो चढिरहने छ । यो धेरै सहज सेकेन्डको कुरा हो।

प्रश्न:
अपार खुसी कुन बच्चाहरूलाई रहन्छ? सदा खुसीको पारो चढिरहोस्, त्यसको साधन के हो?

उत्तर:
जो बच्चाहरू अशरीरी बन्ने अभ्यास गर्छन्, बाबा जे सुनाउनु हुन्छ त्यसलाई राम्रोसँग धारण गरेर अरूलाई गराउँछन्, उनीहरूलाई नै अपार खुसी रहन सक्छ। खुसीको पारो सदा चढिरहोस्, यसको लागि अविनाशी ज्ञान रत्नहरूको दान गर्दै जाऊ। धेरैको कल्याण गर। हामी अब सुख र शान्तिको शिखरमा गइरहेका छौं सदा यो स्मृति रह्यो भने खुसी रहन्छ।

ओम् शान्ति।
बापदादाको विचार छ कसको यादमा बसेका छन्, एक सेकेन्डमा बच्चाहरूसँग लेखाएर ल्याऊँ। यो लेख्नमा कुनै टाइम लाग्दैन। हरेकले एक सेकेन्डमा लेखेर बाबालाई देखाऊन्। (सबैले लेखेर बापदादालाई देखाए फेरि बाबाले पनि लेख्नुभयो। बाबाले जे लेख्नुभयो त्यो कसैले पनि लेखेनन्)। बाबाले लेख्नुभयो अल्फ र बे (बाबा र वर्सा)। कति सहज छ। अल्फ अर्थात् बाबा, बे अर्थात् बादशाही। बाबाले पढाउनु हुन्छ, तिमीले राज्य प्राप्त गर्छौ। अरू बढी लेख्नु पर्नेआवश्यकता नै छैन। तिमीले त लेख्नमा दुई मिनेट पनि लगायौ। बाबा र वर्सा सेकेन्डको कुरा छ। संन्यासीहरूले केवल भगवानलाई याद गर्छन्। तिमीलाई बादशाही पनि याद छ। याद गर्ने बानी बस्छ। बुद्धिमा बस्यो भने खुसीको पारो चढिरहन्छ। अल्फको अर्थ सबै भन्दा उच्च छ। त्यस भन्दा माथि अरू कुनै चीज नै छैन। रहने स्थान पनि सबै भन्दा उच्च छ। सेकेन्डमा मुक्ति-जीवनमुक्तिको अर्थ पनि कसैले जान्दैन। त्यसको पनि अवश्य अर्थ होला। बच्चा जन्म्यो भने लेख्छन् यति घन्टा, यति मिनेट, यति सेकेन्ड भयो। टिक-टिक चलिरहन्छ। टिक भयो अल्फ, बे सेकेन्ड पनि लाग्दैन। बोल्ने पनि आवश्यकता छैन। याद त छ नै। तिमी बच्चाहरूको यस्तो राम्रो अवस्था हुनु पर्छ। तर त्यो तब हुन्छ जब याद रहन्छ। यहाँ बस्दा बाबा र राजाई याद रहनु पर्छ। बुद्धिले देख्छ, जसलाई दिव्य दृष्टि भनिन्छ। आत्माले पनि देख्छ। बाबालाई आत्माले नै याद गर्छ। तिमीले पनि बाबालाई याद गर्यौ भने राजाई एकैचोटि याद आउँछ। कति समय लाग्छ र। यहाँ पनि यादमा बस्दा धेरै गद्-गद् हुनेछौ। बाबा पनि यस खुसीमा बसेका छन्। बाबालाई यहाँको कुनै कुरा याद नै रहदैन। बाबाले याद गर्छन् वहाँको कुरा। बाबा र राजाई मानौं ढोकामा खडा छन्। बाबा भन्नुहुन्छ तिमी बच्चाहरूको लागि राजाई लिएर आएको छु। तिमी याद गर्दैनौ त्यसैले खुसी रहँदैन। तिमी उठ्दा-बस्दा आफूलाई आत्मा सम्झ अनि म बाबा र वर्सालाई याद गर। जहाँ तिमी रहन्छौ त्यो कति उच्च स्थान छ। दुनियाँले कहाँ जानेका छन् र। मनुष्यहरू मुक्तिमा जानको लागि कति मेहनत गर्छन्। तर मुक्तिधाम छ कहाँ? तिमी सम्झन्छौ आत्मा त रकेट हो। उनीहरू चन्द्रमासम्म जान्छन् त्यसपछि छ अन्तरिक्ष (पोलार)। तिमी त अन्तरिक्ष भन्दा पनि धेरै माथि जान्छौ। चन्द्रमा त यसै दुनियाँको हो। भनिन्छ सूर्य चन्द्र भन्दा पनि पर, आवाज भन्दा पनि पर। यस शरीरलाई छोडिदिनु छ। तिमी आउँछौ प्यारो शान्तिधामबाट। आउन जानमा समय लाग्दैन। आफ्नो घर हो। यहाँ त जहाँ गए पनि टाइम लाग्छ। आत्माले शरीर छोडेपछि सेकेन्डमा कहाँबाट कहाँ पुग्छ। एक शरीर छोडेर अर्कोमा प्रवेश गर्छ। त्यसैले आफूलाई आत्मा सम्झनु छ। तिमी धेरै माथि शिखरमा जान्छौ। मनुष्यहरू शान्ति चाहन्छन्। शान्तिको सबै भन्दा उच्च शिखर हो निराकारी दुनियाँ र सुखको सबै भन्दा उच्च टावर हो स्वर्ग। सबै भन्दा उँचलाई टावर भनिन्छ। तिम्रो घर पनि कति उँच छ। दुनियाँले कहिल्यै यी कुरामा ख्याल गर्दैनन्। उनलाई यी कुरा सम्झाउनेवाला कोही छँदै छैन। त्यसलाई भनिन्छ शान्तिको टावर। मनुष्यहरू त भनिरहन्छन् विश्वमा शान्ति होस्। तर यसको अर्थ जान्दैनन् शान्ति कहाँ छ। यी लक्ष्मी-नारायण सुखको टावरमा छन् त्यहाँ कुनै लोभ, लालच हुँदैन। त्यहाँको खानपान, बोली बडो रोयल हुन्छ अनि सुख पनि उँच भन्दा उँच। उनको महिमा हेर कति छ किनकि उनीहरूले धेरै मेहनत गरेका थिए। यी एक मात्र छैनन्, सारा माला बनेको छ। वास्तवमा ९ रत्नको गायन छ। अवश्य नै उनीहरूले कुनै गुप्त मेहनत गरेको हुनु पर्छ। बाबा र वर्सा याद रह्यो भने मात्र विकर्म विनाश हुन्छ। तर मायाले याद गर्न दिदैन। कहिले काम, कहिले क्रोध... धेरै तूफानमा ल्याउँछ। आफ्नो नाडी हेर्नु छ। नारदलाई पनि भनियो अनुहार हेर। त्यसैले त्यो अवस्था अहिले छैन, बनाउनु छ। बाबाले लक्ष्य उद्देश्य अवश्य बताउनु हुन्छ। आन्तरिक पुरुषार्थ गर्दै जाऊ। पछि गएर तिम्रो त्यो अवस्था हुन्छ। अशरीरी रहने अभ्यास गर्नु छ। अब फर्केर जानु छ। बाबाले भन्नु भएको छ मलाई याद गर। याद गरेनौ भने सजाय पनि धेरै खानु पर्छ र पद पनि कम मिल्छ। यी हुन् अति सूक्ष्म कुरा। ती वैज्ञानिक आविष्कारमा कति गहिराइमा जान्छन्। के-के बनाइरहन्छन्। त्यो पनि संस्कार त चाहिन्छ नि, जसले गर्दा त्यहाँ गएर यी चीजहरू बनाउँछन्। यो दुनियाँ केवल बद्लिनु छ। यहाँको संस्कार अनुसार नै गएर जन्म लिन्छन्। जसरी लडाईं लड्नेको बुद्धिमा लडाईंको संस्कार रहन्छ, त्यसैले ती संस्कार लिएर जान्छन्। लडाईं नगरिकन बस्नै सक्दैनन्। अफिसरको पासमा क्यू लागिरहन्छ। भर्ना गर्ने बेलामा जाँच गर्छन् कुनै बिमारी त छैन? आँखा, कान आदि सबै ठीक छन्? लडार्इंमा त सबै ठीक चाहिन्छ। यहाँ पनि हेरिन्छ को-को विजयमालाको दाना बन्छन्। तिमीले पुरुषार्थ गरेर कर्मातीत अवस्थालाई प्राप्त गर्नु छ। आत्मा अशरीरी आएको छ, अशरीरी बनेर जानु छ। त्यहाँ शरीरको कुनै सम्बन्ध हुँदैन। अब अशरीरी बन्नु छ। आत्माहरू वहाँबाट आउँछन्, आएर शरीरमा प्रवेश गर्छन्। अनगिन्ती आत्माहरू आइरहन्छन्। सबैलाई आ-आफ्नो पार्ट मिलेको छ। जो नयाँ पवित्र आत्माहरू आउँछन्, उनलाई अवश्य पहिले सुख मिल्छ। त्यसैले उनको महिमा हुन्छ। विशाल वृक्ष छ नि। कति प्रसिद्ध ठूला मानिसहरू छन्। आफ्नो-आफ्नो तागत अनुसार धेरै सुखमा हुन्छन्। त्यसैले अब बच्चाहरूलाई मेहनत गर्नु छ, कर्मातीत अवस्थामा पवित्र भएर जानु छ। आफ्नो चालचलन हेर्नु छ कसैलाई दु:ख त दिएको छैन? बाबा कति मीठो हुनु हुन्छ। सबै भन्दा प्यारो हुनु हुन्छ नि। बच्चाहरूलाई पनि त्यस्तै बन्नु छ। यो त तिमी बच्चाहरूलाई थाहा छ बाबाले यहाँ हुनु हुन्छ। मनुष्यहरूलाई कहाँ थाहा छ र बाबाले यहाँ स्थापना गरिरहनु भएको छ भनेर। फेरि पनि जन्म-जन्मान्तर उहाँलाई याद गरिरहन्छन्। शिवको मन्दिरमा गएर कति पूजा गर्छन्। कति उच्च स्थानमा बद्रीनाथ आदिको मन्दिरमा जान्छन्। कति मेला लाग्छन् किनकि धेरै मीठा हुनु हुन्छ नि। गाउँछन् पनि ऊँचाभन्दा ऊँचा भगवान्। बुद्धिमा निराकार नै याद आउँछ। निराकार त हुनु हुन्छ नै। फेरि छन् ब्रह्मा-विष्णु-शंकर। उनलाई भगवान् भनिदैन।

अहिले तिमी बच्चाहरूले सम्झन्छौ हामी नै सतोप्रधान देवता थियौं, जब हामी विश्वको मालिक थियौं यति धेरै मनुष्यहरू थिएनन्। केवल भारतवर्षमा नै यिनको राज्य हुन्छ। अरू सबै शान्तिधाममा जान्छन्। यो सबै तिमीले देख्दै रहनेछौ, यसमा बडो विशाल बुद्धि चाहिन्छ। त्यहाँ तिमीलाई पहाडी आदिमा जाने आवश्यकता हुँदैन। त्यहाँ कुनै पनि दुर्घटना आदि हुँदैनन्। त्यो हो नै स्वर्गको आश्चर्य। जब त्यो स्वर्गको आश्चर्य हुँदैन तब मायाको आश्चर्य बन्छ। यी कुरा दुनियाँले बुझ्न सक्दैनन्। अब तिमी स्वर्गमा जानको लागि पुरुषार्थ गरिरहेका छौ। त्यो हो सुखको टावर। यो हो दु:खको टावर। लडाईंमा कति मनुष्यहरू सधैं मर्छन् फेरि जन्मन्छन् पनि। गायन छ ईश्वरको अन्त पाउन सकिदैन। अब ईश्वर त हुनु हुन्छ बिन्दु, उहाँको अन्त कसरी पाइन्छ र। बाबा भन्नुहुन्छ यस रचनाको आदि मध्य अन्तलाई कसैले जान्दैन। साधु सन्त कसैले रचयिता र रचनाको अन्त्य पाउन सक्दैनन्। तिमीलाई बाबाले पढाउनु हुन्छ, यसलाई पढाइ भनिन्छ। सृष्टि चक्रको रहस्यलाई तिमी बुझ्दै गइरहेका छौ। उनीहरूले त भन्छन् हामी जान्दैनौ या त लाखौं वर्ष भनिदिन्छन्।

अब बाबाले सम्झाउनु भएको छ यो जे तिमी यहाँ देख्छौ त्यो त्यहाँ रहने छैन। स्वर्ग हो सुखको टावर। यहाँ छ दु:ख नै दु:ख। अचानक मृत्यु यसरी आउँछ जो सबै समाप्त हुन्छन्। मृत्युलाई देख्नु सामान्य कुरा (सानी माँको घर) होइन। यसलाई भनिन्छ दु:खको टावर। त्यो हो सुखको टावर। तेस्रो कुनै अक्षर छैन। तिमीहरू मध्येमा पनि धेरै छन् जो सुन्छन् तर धारणा गर्दैनन्। धारणा तब नै हुन्छ जब बुद्धि सतोप्रधान हुन्छ। धारणा हुँदैन भने खुसी पनि रहँदैन। एकदम उच्च पढाइवाला पनि छन् भने बिल्कुलै कम पनि छन्। पढाइमा फरक त हुन्छ नि। उनीहरूलाई बेहदका बाबाले जतिसुकै सम्झाए पनि कहिले पनि बुझ्दैनन्न्। याद विना त तिमी पवित्र कहिले पनि बन्न सक्दैनौ। बाबा नै चुम्बक हुनु हुन्छ। उहाँ एकदमै उच्च तागतवाला हुनु हुन्छ। उहाँमाथि कहिले पनि खिया लाग्न सक्दैन। अरू सबैमा खिया लागेको छ, त्यसलाई उतारेर फेरि सतोप्रधान बन्नु छ। बाबा भन्नुहुन्छ म एकलाई याद गर, अरू कसैमा ममत्व नराख। धनवानहरूलाई त सारा दिन धन दौलत नै सामुन्नेदेखिन्छ। गरिबहरूसँग त केही पनि हुँदैन तर गरिबहरू पनि समझदार भए धारण गर्न सक्छन्। याद विना कचरा कसरी निस्कन्छ? हामी पवित्र कसरी बन्छौं? तिमी यहाँ आएका छौ उच्च टावरमा जानको लागि। जान्दछौ बाबाको शिक्षामा चल्नाले हामी उच्च सुखको टावरमा जानेछौं। यसमा मेहनत छ। बाबा आउनु हुन्छ टावरमा लैजान। त्यसैले श्रीमतमा चल्नु पर्छ। पहिलो नम्बरमा यी लक्ष्मी-नारायणको नै गायन छ। उनी एकदम टावरमा हुन्छन्। फेरि केही न केही कम। नयाँ दुनियाँलाई नै सुखको टावर भनिन्छ। त्यहाँ कुनै मैलो चीज हुँदैन। यस्तो माटो हुँदैन, यस्तो हावा त्यहाँ चल्दैन जसले गर्दा घरहरू भत्किऊन्। स्वर्गको त धेरै महिमा छ। त्यसको लागि पुरुषार्थ गर्नु छ। लक्ष्मी-नारायण कति उच्च छन्, उनलाई देख्नासाथ दिल प्रसन्न हुन्छ। पछि गएर धेरैलाई साक्षात्कार हुँदै जान्छ। सुरुमा कति साक्षात्कार हुन्थे। बाबाले कति भव्यता देखाउनु भयो। ताज आदि पहिरिएर आउँथे। ती चीजहरू त यहाँ मिल्न सक्दैन। बाबा त जुहारी हुनु हुन्छ। पहिले जो ५० हजारमा मणि लिन्थे त्यो अब ५० लाखमा पनि मिल्दैन। तिमी स्वर्गको लागि पुरुषार्थ गरिरहेका छौ। त्यहाँ अथाह सुख हुन्छ। बाबाले यति पढाउनु हुन्छ तर बच्चाहरूमा रात दिनको फरक हुन्छ। कहाँ राजा-रानी, कहाँ दास-दासीहरू। जो राम्रोसँग पढ्छन् र पढाउँछन् उनीहरू छिपेर रहन सक्दैनन्। तुरुन्त भन्नेछन् बाबा हामी फलानो ठाउँमा गएर सेवा गर्छौं। सेवा त धेरै गर्न बाँकी छ। तिमीले यस जंगललाई मंगल (मन्दिर) बनाउनु छ। उनीहरू खानासाथ भाग्छन् सेवामा। धन्दा गर्नेहरू यस्तै गर्छन्। राम्रो ग्राहक आयो भने फेरि खाँदै नखाई भाग्छन्। धन कमाउने सोख रहन्छ। यहाँ त बेहदका बाबाबाट अथाह धन मिल्छ। हुन त केही समय छ तर भोलि शरीर छुट्न सक्छ केही भरोसा छैन। विनाश त हुनु नै छ। तिम्रो लागि त प्राप्ति नै प्राप्ति छ (मिरुवा मौत मलुका शिकार)। तिम्रो खुसीको ठेगान छैन। तिमीलाई अपार खुसी हुनु पर्छ। तिमीलाई धेरैको कल्याण गर्नु छ। पछि गएर कर्मातीत अवस्था हुनु छ। तिमी याद गर्दा-गर्दै अशरीरी बन्छौ तब अनायास नै उड्नेछौ। यसमा बडो मेहनत छ। कसैले त धेरै सेवा गर्छन्। सारा दिन संग्रहालय सम्झाउन खडा रहन्छन्। दिन-रात सेवामा तत्पर हुन्छन्। सयौं संग्रहालयहरू खुल्नेछन्। लाखौं मनुष्यहरू तिम्रो पासमा आउँछन्, तिमीलाई फुर्सत मिल्ने छैन। धेरै भन्दा धेरै तिम्रो यी ज्ञान रत्नहरूको पसलहरू हुन्छन्। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
 
धारणाको लागि मुख्य सारः

१) ज्ञानको धारणा गर्नको लागि पहिले आफ्नो बुद्धिलाई सतोप्रधान बनाऊ। बाबाको याद बाहेक अरू कुनै पनि चीजमा ममत्व नरहोस्।

२) कर्मातीत अवस्थालाई प्राप्त गरेर घर जानको लागि अशरीरी बन्ने अभ्यास गर। आफ्नो चलन पनि हेर मैले कसैलाई दु:ख त दिएको छैन? बाबा समान मीठो बनेको छु?

वरदान:
ब्राह्मण जीवनको स्वाभाविक स्वभावद्वारा पत्थरलाई पानी बनाउने मास्टर प्रेमको सागर भव

जसरी दुनियाँले भन्छन् प्यारले पत्थरलाई पनि पानी बनाइदिन्छ, त्यस्तै तिमी ब्राह्मणहरूको नेचुरल नेचर मास्टर प्रेमको सागर हो। तिमीसँग आत्मिक प्यार, परमात्म प्यारको यस्तो शक्ति छ जसबाट भिन्न-भिन्न स्वभावलाई परिवर्तन गर्न सक्छौ। जसरी प्यारका सागरले आफ्नो प्यार स्वरूपको अनादि स्वभावद्वारा तिमी बच्चाहरूलाई आफ्नो बनाउनु भयो, त्यस्तै तिमीले पनि मास्टर प्यारका सागर बनेर विश्वको आत्माहरूलाई सच्चा, निःस्वार्थ आत्मिक प्यार दियौ भने उनीहरूको स्वभाव परिवर्तन हुन्छ।

स्लोगन:
आफ्ना विशेषताहरूलाई स्मृतिमा राखेर त्यसलाई सेवामा लगायौ भने उड्ती कलामा उडिरहनेछौ।

ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:

अन्तर्मुख स्थितिमा रहेर फेरि बाह्यमुखतामा आऊ। यस अभ्यासको लागि आफू माथि व्यक्तिगत अटेन्शन राख्ने आवश्यकता हुन्छ। जब तिमी अन्तर्मुख स्थितिमा रहन्छौ, तब बाह्यमुखताको कुराले डिस्टर्ब गर्दैन। किनकि देह-अभिमान देखि गैर हाजिर रहन्छौ।