03.01.21 Avyakt Bapdada Nepali Murli 05.10.87 Om Shanti Madhuban
ब्राह्मण जीवनको सुख–
सन्तुष्टता र प्रसन्नता
आज बापदादाले
चारैतिरका आफ्ना अति प्यारा, सिकीलधे ब्राह्मण बच्चाहरू मध्येमा विशेष ब्राह्मण
जीवनको विशेषता सम्पन्न बच्चाहरूलाई देखिरहनु भएको छ। आज अमृतबेला बापदादाले सर्व
ब्राह्मण कुल बच्चाहरू मध्येबाट ती विशेष आत्माहरूलाई चुनिरहनु भएको थियो, जो सदा
सन्तुष्टताद्वारा स्वयं पनि सन्तुष्ट रहन्छन् र अरूलाई पनि सन्तुष्टताको अनुभूति
आफ्नो दृष्टि, वृत्ति र कृतिद्वारा सदा सन्तुष्ट गराउँदै आएका छन्। आज यस्ता
सन्तुष्टमणिहरूको माला बनाइरहनु भएको थियो जो सदा संकल्पमा, बोलीमा, संगठनको
सम्बन्ध-सम्पर्कमा, कर्ममा सन्तुष्टताका सुनौला पुष्पहरू बापदादाद्वारा आफू माथि
वर्षिरहेको अनुभव गर्छन् र सर्व प्रति पनि सन्तुष्टताका सुनौलो पुष्पहरूको वर्षा सदा
गरिरहन्छन्। यस्ता सन्तुष्ट आत्माहरू सबै चारैतिरका मध्येबाट कोही-कोही मात्र देखिए।
माला ठूलो बनेन, छोटो माला बन्यो। तैपनि बापदादा बारम्बार सन्तुष्टमणिहरूको माला
देखेर हर्षित भइरहनु भएको थियो किनकि यस्ता सन्तुष्टमणिहरू नै बापदादाको गलाको हार
बन्छन्, राज्य अधिकारी बन्छन् र भक्तहरूले जप्ने माला पनि बन्छन्।
बापदादाले अरू बच्चाहरूलाई पनि हेरिरहनु भएको थियो– जो कहिले सन्तुष्ट र कहिले
असन्तुष्टताको संकल्प-मात्र छायाँ भित्र आउँछन् र फेरि निस्कन्छन्, फँस्दैनन्।
तेस्रो बच्चाहरू कहिले संकल्पको असन्तुष्टता, कहिले स्वयं स्वयंसँगको असन्तुष्टता,
कहिले परिस्थितिद्वारा असन्तुष्टता, कहिले स्वयंको हलचलद्वारा असन्तुष्टता र कहिले
साना-तिना कुराबाट असन्तुष्टता– यही चक्रमा चल्दै, निस्किँदै गर्छन् र फेरि
फँसिरहन्छन्। यस्तो माला पनि देखियो। यस्ता तीन माला तयार भए। मणिहरू त सबै हुन् तर
सन्तुष्टमणिहरूको झलक र अरू दुई प्रकारका मणिहरूको झलक कस्तो हुन्छ, यो त तिमीहरूले
पनि जान्न सक्छौ। ब्रह्मा बाबाले बारम्बार तीनै मालालाई हेर्दै हर्षित पनि भइरहनु
भएको थियो र साथ-साथै प्रयत्न पनि गरिरहनु भएको थियो– दोस्रो नम्बरका मालाका मणिहरू
पहिलो मालामा कसरी आउन सक्लान्। रूहरिहान चलिरहेको थियो किनकि दोस्रो मालाका
कुनै-कुनै मणिहरू धेरै कम असन्तुष्टताको छायाँ मात्रको कारणले पहिलो मालाबाट वञ्चित
रहेका छन् र यिनीहरूलाई परिवर्तन गरेर जसरी भए पनि पहिलो मालामा ल्याउन सकियोस्।
एक-एकको गुण, विशेषता, सेवा सबैलाई सामुन्ने ल्याउँदै बारम्बार यही भन्नुभयो–
यिनीहरूलाई पहिलो मालामा ल्याऔँ। यस्ता करिब २५-३० मणिहरू थिए जसमाथि ब्रह्माबाबाको
विशेष रूहरिहान चलिरहेको थियो। ब्रह्मा बाबाले भन्नुभयो– पहिलो नम्बरको मालामा यी
मणिहरूलाई पनि राख्नु पर्छ। तर फेरि स्वयं नै मुस्कुराउँदै यही भन्नु भयो– बाबाले
यिनीहरूलाई अवश्य पहिलोमा ल्याएर नै देखाउनुहुन्छ। यस्ता विशेष मणिहरू पनि थिए।
यसरी रूहरिहान चल्दै गर्दा एउटा कुरा निस्कियो– असन्तुष्टताको विशेष कारण के हो?
जबकि संगमयुगको विशेष वरदान सन्तुष्टता हो, तर पनि वरदाताद्वारा वरदान प्राप्त
वरदानी आत्माहरू दोस्रो नम्बरको मालामा किन आउँछन्? सन्तुष्टताको बीज सर्व प्राप्ति
हो। असन्तुष्टताको बीज स्थूल अथवा सूक्ष्म अप्राप्ति हो। जब ब्राह्मणको गायन छ–
“अप्राप्त छैन कुनै वस्तु ब्राह्मणहरूको खजानामा अथवा ब्राह्मणहरूको जीवनमा”, फेरि
असन्तुष्टता किन? के वरदाताले वरदान दिँदा अन्तर राख्नुभयो वा लिनेहरूले अन्तर
राख्यौ, के भयो? जब वरदाता, दाताको भण्डार भरपुर छ, यति भरपुर छ जुन तिम्रा अर्थात्
श्रेष्ठ निमित्त आत्माहरूका जो बहुतकाल देखि ब्रह्माकुमार/ब्रह्माकुमारी बनेका छन्,
तिनीहरूका २१ जन्मका वंशावली र फेरि तिनीहरूका भक्त, भक्तहरूको पनि वंशावली, तिनीहरू
पनि यस प्राप्तिको आधारमा चलिरहन्छन्। यति ठूलो प्राप्ति छ फेरि पनि असन्तुष्टता
किन? अखुट खजाना सबैलाई प्राप्त छ– एउटैद्वारा, एउटै किसिमको, एउटै समयमा, एउटै
विधिले। तर प्राप्त भएको खजानालाई हर समय कार्यमा लगाउँदैनन् अर्थात् स्मृतिमा
राख्दैनन्। मुखबाट खुसी हुन्छन् तर दिलबाट खुसी हुँदैनन्। दिमागको खुसी हुन्छ दिलको
खुसी हुँदैन। कारण? प्राप्त खजानाहरूलाई स्मृति स्वरूप भएर कार्यमा लगाउँदैनन्।
स्मृति रहन्छ तर स्मृति स्वरूपमा आउँदैनन्। प्राप्ति बेहदको छ तर त्यसलाई कता-कता
हदको प्राप्तिमा परिवर्तन गरिदिन्छन्। त्यही कारणले हद अर्थात् अल्पकालको प्राप्तिको
इच्छाले, बेहदको प्राप्तिको फलस्वरूप जुन सदा सन्तुष्टताको अनुभूति हुनु पर्ने हो
त्यसबाट बञ्चित गरिदिन्छ। हदको प्राप्तिले दिलमा सीमा राखिदिन्छ त्यसैले
असन्तुष्टताको अनुभूति हुन्छ। सेवामा सीमा राख्छन् किनकि हदको इच्छाको फलले मन
इच्छित फल प्राप्त हुँदैन। हदको इच्छाको फल अल्पकालको पूर्ति गर्नेवाला हुन्छ
त्यसैले अहिले भर्खरै सन्तुष्टता, अहिले भर्खरै असन्तुष्टता हुन्छ। हदले बेहदको नशा
अनुभव हुन दिँदैन। त्यसैले विशेष चेक गर– मनको अर्थात् स्वयंको सन्तुष्टता, सर्वको
सन्तुष्टता अनुभव हुन्छ?
सन्तुष्टताको निशानी हो– ऊ मनबाट, दिलबाट, सर्वबाट, बाबाबाट, ड्रामाबाट सन्तुष्ट
रहन्छ। उसको मनमा र तनमा सदा प्रसन्नताको लहर देखिन्छ। चाहे जस्तोसुकै परिस्थिति
आओस्, चाहे कुनै आत्मा हिसाब-किताब चुक्ता गर्न सामना गर्नै आइरहोस्, चाहे शरीरको
कर्मभोग सामना गर्न आइरहोस् तर हदको कामनाबाट मुक्त आत्मा सन्तुष्टताको कारणले सदा
प्रसन्नताको झलकमा चम्किरहने सितारा देखिन्छ। प्रसन्नचित्त आत्मा कहिल्यै कुनै
कुरामा प्रश्नचित्त हुँदैन। प्रश्न छ भने प्रसन्नता हुँदैन। प्रसन्नचित्तको निशानी
हो– उसले सदा नि:स्वार्थी र सदा सबैलाई निर्दोष अनुभव गर्छ, कोही अरू माथि दोष
राख्दैन, न भाग्यविधाता माथि– मेरो भाग्य यस्तो बनाउनु भयो। न त ड्रामामा– मेरो
ड्रामामा नै यस्तो पार्ट छ, न व्यक्तिमाथि– यसको स्वभाव संस्कार यस्तो छ, न
प्रकृतिमाथि– प्रकृतिको वायुमण्डल यस्तो छ, न शरीरको हिसाब-किताब माथि– मेरो शरीर
नै यस्तो छ। प्रसन्नचित्त अर्थात् सदा नि:स्वार्थ, निर्दोष वृत्ति-दृष्टिवाला।
त्यसैले संगमयुगको विशेषता सन्तुष्टता हो र सन्तुष्टताको निशानी प्रसन्नता हो। यो
हो ब्राह्मण जीवनको विशेष प्राप्ति। सन्तुष्टता छैन, प्रसन्नता छैन भने ब्राह्मण
बनेर लाभ लिएनौ। ब्राह्मण जीवनको सुख हो नै सन्तुष्टता र प्रसन्नता। ब्राह्मण जीवन
बन्यो तर त्यसको सुख लिएनौ भने नामधारी ब्राह्मण भयौ वा प्राप्ति स्वरूप ब्राह्मण
भयौ? त्यसैले बापदादाले सबै ब्राह्मण बच्चाहरूलाई यही स्मृति दिलाइरहनु हुन्छ–
ब्राह्मण बन्यौ, अहो भाग्य! तर ब्राह्मण जीवनको वर्सा, सम्पत्ति सन्तुष्टता हो र
ब्राह्मण जीवनको व्यक्तित्व “प्रसन्नता” हो। यो अनुभवबाट कहिल्यै वञ्चित नरहनु।
अधिकारी हौ। जब दाता वरदाताले खुल्ला दिलले प्राप्तिका खजानाहरू दिइरहनु भएको छ,
दिइसक्नु भएको छ भने आफ्नो सम्पत्ति र व्यक्तित्वलाई खुब अनुभवमा ल्याऊ र अरूलाई पनि
अनुभवी बनाऊ। बुझ्यौ? हरेकले आफूसँग सोध– म कुन नम्बरको मालामा छु? मालामा त छु नै
तर कुन नम्बरको मालामा छु? अच्छा।
आज राजस्थान र यू. पी. को ग्रुप छ। राजस्थान अर्थात् राजाई संस्कार भएका, हर
संकल्पमा, स्वरूपमा राजाई संस्कारलाई व्यवहारमा ल्याउने अर्थात् प्रत्यक्ष
देखाउनेवाला। यस्तालाई भनिन्छ– राजस्थान निवासी। यस्ता छौ नि? कहिलेकाहीँ प्रजा त
बन्दैनौ नि? यदि वशीभूत भयौ भने प्रजा भनिन्छ, मालिक छौ भने राजा बन्छौ। यस्तो होइन–
कहिले राजा, कहिले प्रजा। होइन। सदा राजाई संस्कार स्वत: नै स्मृति स्वरूपमा होस्।
यस्ता राजस्थानी बच्चाहरूको महत्त्व पनि छ। राजालाई सदैव सबैले उच्च नजरले हेर्छन्
र स्थान पनि राजाको उच्च हुन्छ। राजा सदैव गद्दीमा बस्छन्, प्रजा सदैव तल। त्यसैले
राजस्थानका राजाई संस्कार भएका आत्माहरू अर्थात् सदा उच्च स्थितिको आसनमा रहनेहरू।
यस्तो बन्यौ वा बनिरहेका छौ? बनेका छौ र सम्पन्न बन्नु नै छ। राजस्थानको महिमा कम
छैन। स्थापनाको हेडक्वाटर पनि राजस्थानमा छ। त्यसैले उच्च भयौ नि। नामले पनि उच्च र
कामले पनि उच्च। यस्ता राजस्थानका बच्चाहरू आफ्नो घरमा पुगेका छौ। बुझ्यौ?
यू. पी.को भूमिलाई विशेष पावन-भूमि भनेर गायन गरिएको छ। पावन बनाउने भक्तिमार्गको
गंगा नदी पनि त्यहीँ छ र भक्तिको हिसाबले कृष्णको भूमि पनि यू. पी.मा नै छ। भूमिको
महिमा धेरै छ। कृष्ण लीला, जन्मभूमि हेर्न पनि यू. पी.मा नै जान्छन्। त्यसैले यू.
पी.वालाको विशेषता छ। सदा पावन बनेर पावन बनाउने विशेषताले सम्पन्न छन्। जस्तो
बाबाको महिमा छ पतित पावन... यू. पी.वालाको पनि महिमा बाबा समान छ। पतित-पावनी आत्मा
हौ। भाग्यका सितारा चम्किरहेका छन्। यस्तो भाग्यवान स्थान र स्थिति दुवैको महिमा छ।
सदा पावन– यो हो स्थितिको महिमा। त्यसैले आफूलाई यस्तो भाग्यवान सम्झन्छौ? सदा आफ्नो
भाग्यलाई हेरेर हर्षित हुँदै स्वयं पनि सदा हर्षित र अरूलाई पनि हर्षित बनाउँदै जाऊ
किनकि हर्षितमुख भएकाहरू स्वत: आकर्षण-मूर्त हुन्छन्। जसरी स्थूल नदीले आफूतर्फ
खिच्दछ नि, खिचेर नै यात्रीहरू जान्छन्। चाहे जतिसुकै कष्ट उठाउन परोस्, तर पनि
पावन बन्ने आकर्षणले खिचिरहन्छ। यो पावन बनाउने कार्यको यादगार यू.पी.मा छ। त्यसैगरी
हर्षित र आकर्षण-मूर्त बन्नु छ। बुझ्यौ?
तेस्रो ग्रुप डबल विदेशीहरूको पनि छ। डबल विदेशी अर्थात् सदा विदेशी बाबालाई
आकर्षित गर्नेहरू किनकि समान छौ नि। बाबा पनि विदेशी हुनुहुन्छ, तिमीहरू पनि विदेशी
हौ। आफू जस्तै साथी प्यारो लाग्छ नि। माता-पिता भन्दा पनि साथी धेरै प्यारो हुन्छ।
त्यसैले डबल विदेशीहरू बाबा समान सदा यो देह र देहको आकर्षणबाट पर विदेशी हौ, अशरीरी
हौ, अव्यक्त हौ। बाबाले पनि आफू समान अशरीरी, अव्यक्त स्थिति भएका बच्चाहरूलाई
देखेर हर्षित हुनुहुन्छ। रेस पनि राम्रो गरिरहेका छन्। सेवामा भिन्न-भिन्न साधन र
भिन्न-भिन्न विधिले अगाडि बढ्ने रेस राम्रो गरिरहेका छन्। विधि पनि अपनाइरहेका छन्
र वृद्धि पनि गरिरहेका छन्। त्यसैले बापदादाले चारैतिरका डबल विदेशी बच्चाहरूलाई
सेवाको बधाई पनि दिनुहुन्छ र स्वको वृद्धिको स्मृति पनि दिलाउनुहुन्छ। स्वको
उन्नतिमा सदा उड्तीकलाद्वारा उड्दै जाऊ। स्व-उन्नति र सेवाको उन्नतिको सन्तुलनद्वारा
सदा बाबाको आशीर्वादको अधिकारी हुन्छौ र सदा अधिकारी रहन्छौ।
चौथो ग्रुप छ बाँकी, मधुबन निवासीहरूको। तिमीहरू त सदा छौ नै। जो दिलमा सो अगाडि,
जो अगाडि सो दिलमा। सबैभन्दा बढी विधिपूर्वक ब्रह्मा-भोजन पनि मधुबनमा बन्छ।
सबैभन्दा सिकीलधे पनि मधुबन निवासी छौ। सबै कार्यक्रम पनि मधुबनमा हुन्छन्। सबैभन्दा
डाइरेक्ट मुरलीहरू पनि धेरै मधुबन निवासीले नै सुन्छन्। त्यसैले मधुबन निवासी सदा
श्रेष्ठ भाग्यका अधिकारी आत्मा हौ। सेवा पनि दिलले गर्छौ त्यसैले मधुबन
निवासीहरूलाई बापदादा र सर्व ब्राह्मणहरूको मनबाट आशीर्वाद प्राप्त भइरहन्छ। अच्छा।
चारैतिरका सर्व बापदादाका विशेष सन्तुष्टमणिहरूलाई बापदादाको विशेष याद-प्यार।
साथ-साथै सर्व भाग्यशाली ब्राह्मण जीवन प्राप्त गर्ने करोडौंमा कोही, कोहीमा पनि
कोही सिकीलधे आत्माहरूलाई, बापदादाको शुभ संकल्पलाई सम्पन्न गर्ने आत्माहरूलाई,
संगमयुगी ब्राह्मण जीवनको सम्पत्तिको सम्पूर्ण अधिकार प्राप्त गर्ने आत्माहरूलाई
विधाता र वरदाता बापदादाको धेरै-धेरै याद-प्यार स्वीकार होस्। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
“ दादी जानकी
जी ए वं दादी चन्द्रमणि जी ले सेवामा जानको लागि बापदादासँग छुट्टी लिँदै हुनुहुन्छ”
जाँदैछौ वा समाहित भइरहेका छौ? जाऊ वा आऊ तर सदा समाहित छौ। बापदादाले अनन्य
बच्चाहरूलाई कहिल्यै अलग देख्नुहुन्न। चाहे आकारमा चाहे साकारमा सदा साथ छौ किनकि
केवल महावीर बच्चाहरू नै छन् जसले यो वचन निर्वाह गर्छन्– हर समय साथ रहन्छौं र
साथमा जान्छौं। धेरै कमले यो वचन निर्वाह गर्छन् त्यसैले यस्ता महावीर बच्चा अनन्य
बच्चाहरूले जहाँ गए पनि बाबालाई साथमा लैजान्छन् र बाबाले पनि सदा वतनमा पनि साथैमा
राख्नुहुन्छ। हर कदममा साथ दिँदै गइरहेका छौ, आइरहेका छौ– यस्तालाई के भन्ने?
त्यसैले भनें– गइरहेका छौ वा समाहित भइरहेका छौ? यसरी नै साथ रहँदा रहँदै समान बनेर
समाहित हुनेछौ। घरमा थोरै समयको लागि आराम गर्नेछौ, साथमा रहने छौ। फेरि तिमीहरूले
राज्य गर्नेछौ, बाबाले माथिबाट हेर्नुहुन्छ। तर साथको थोरै समयको अनुभव गर्नु। अच्छा।
(आज बाबा हजुरले कमालको माला बनाउनु भयो) तिमीहरूले पनि त माला बनाउँछौ नि। माला
अहिले त छोटो छ। अब लामो बन्छ। अहिले जो अलिकति कहिलेकाहीँ बेहोस हुन्छन्
तिनीहरूलाई थोरै समयमा प्रकृतिको अथवा समयको आवाजले होसमा ल्याउनेछ र माला लामो
बन्ने छ। जहाँ पनि जाऊ बाबाको वरदानी त छँदैछौ। तिम्रो हर कदमबाट बाबाको वरदान
सबैलाई मिलिरहने छ। हेर्दा पनि बाबाको वरदान दृष्टिबाट लिनेछन्, बोल्दा बोलीबाट
वरदान लिनेछन्, कर्मबाट पनि वरदान नै लिनेछ्न्। त्यसैले हिँड्दा-डुल्दा पनि वरदानको
वर्षा गर्न गइरहेका छौ। अहिले जुन आत्माहरू आइरहेका छन्, तिनीहरूलाई वरदानको अथवा
महादानको नै आवश्यकता छ। तिमीहरू जानु अर्थात् खुल्ला दिलले तिनीहरूलाई बाबाको
वरदान प्राप्त हुनेछ। अच्छा।
वरदान:–
बुद्धिरूपी
पाउद्वारा यी पाँच तत्त्वको आकर्षणबाट पर रहने फरिश्ता स्वरूप भव
फरिश्ताहरूलाई सदा
प्रकाशको कायामा देखाउँछन्। प्रकाशको कायामा रहनेवाला यो देहको स्मृति भन्दा पर
रहन्छन्। तिनीहरूको बुद्धि रूपी पाउ यी पाँच तत्त्वको आकर्षण भन्दा उच्च अर्थात् पर
हुन्छन्। यस्ता फरिश्तालाई मायाले अथवा कुनै पनि मायावी आकर्षणले टच गर्न सक्दैन।
तर यो तब हुनेछ जब कहिल्यै कसैको अधिनमा हुने छैनौ। शरीरको पनि अधिकारी बनेर चल्नु,
मायाको पनि अधिकारी बन्नु, लौकिक वा अलौकिक सम्बन्धको पनि अधीनतामा नआउनु।
स्लोगन:–
शरीरलाई हेर्ने
बानी छ भने लाइटको शरीरलाई हेर, लाइट रूपमा स्थित रहने गर।