03.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
सृष्टि वा जमाना दु:खको छ। यसदेखि नष्टोमोह बन , नयाँ जमानालाई याद गर। बुद्धियोग
यस दुनियाँबाट निकालेर नयाँ दुनियाँमा लगाऊ।”
प्रश्न:–
कृष्णपुरीमा
जानको लागि तिमी बच्चाहरूले कुनचाहिँ तयारी गर्छौ र गराउँछौ?
उत्तर:–
कृष्णपुरीमा जानको लागि केवल यस अन्तिम जन्ममा सबै विकारहरूलाई छोडेर पावन बन्नु र
अरूलाई बनाउनु छ। पावन बन्नु नै दु:खधामदेखि सुखधाममा जाने तयारी हो। तिमीले सबैलाई
यही सन्देश देऊ– यो फोहोरी दुनियाँ हो, यसबाट बुद्धियोग निकाल्यौं भने नयाँ सत्ययुगी
दुनियाँमा जान्छौं।
गीत:–
मुझको सहारा
देने वाला...
ओम् शान्ति ।
यस गीतमा
बच्चाहरूले भन्छन्– बाबा। बच्चाहरूको बुद्धि गइहाल्छ बेहदका बाबा तर्फ। जुन
बच्चाहरूलाई अहिले सुख मिलिरहेको छ अथवा सुखधामको बाटो मिलिरहेको छ। उनीहरूले
सम्झन्छन्– वास्तवमा स्वर्गको २१ जन्मको सुख दिन बाबा आउनु भएको छ। यस सुखको
प्राप्तिको लागि स्वयं बाबा आएर शिक्षा दिइरहनु भएको छ। सम्झाइरहनु भएको छ– यो जुन
जमाना छ अर्थात् यतिका जुन मनुष्य छन्, उनीहरूले केही पनि दिन सक्दैनन्। यी त सबै
रचना हुन् नि। आपसमा भाइ-बहिनी हुन्। रचनाले एक अर्कालाई सुखको वर्सा कसरी दिन
सक्छन्! सुखको वर्सा दिने अवश्य एक रचयिता बाबा नै हुनुहुन्छ। यस जमानामा यस्तो कुनै
मनुष्य छैन, जसले कसैलाई सुख दिन सकोस्। सुखदाता सदगतिदाता हुनुहुन्छ नै एक सदगुरु।
अहिले कुनचाहिँ सुख माग्छन्? यो त सबै भुलेका छन्– स्वर्गमा धेरै सुख थियो र अहिले
नर्कमा दु:ख छ। त्यसैले अवश्य सबै बच्चाहरूमाथि मालिकलाई नै दया लाग्छ। धेरै छन्
जसले सृष्टिको मालिकलाई मान्छन्। तर उहाँ को हुनुहुन्छ, उहाँबाट के मिल्छ? त्यो केही
थाहा छैन। यस्तो त होइन मालिकबाट हामीलाई दु:ख मिल्छ। याद गर्छन् नै उहाँलाई,
सुख-शान्तिको लागि। भक्तले भगवानलाई याद गर्छन्, अवश्य प्राप्तिको लागि। दु:खी छन्
त्यसैले सुख-शान्तिको लागि याद गर्छन्। बेहदको सुख दिनेवाला एक हुनुहुन्छ, बाँकी
हदको अल्पकाल सुख त एक अर्कालाई दिइ नै रहन्छन्। त्यो कुनै ठूलो कुरा होइन। भक्तहरू
सबैले पुकार्छन् एक भगवानलाई, अवश्य भगवान सबैभन्दा ठूलो हुनुहुन्छ, उहाँको महिमा
धेरै उच्च छ। अवश्य धेरै सुख दिनेवाला हुनुहुन्छ। पिताले कहिल्यै बच्चाहरूलाई वा
परिवारलाई दु:ख दिन सक्दैनन्। बाबा सम्झाउनु हुन्छ– तिमीले विचार गर, मैले जुन
सृष्टि अथवा दुनियाँ रच्छु त्यो के दु:ख दिनको लागि हो र? मैले त रच्छु सुख दिनको
लागि। तर यो ड्रामा सुख दु:खको बनेको छ। मनुष्य कति दु:खी छन्। बाबा सम्झाउनु हुन्छ–
जब नयाँ दुनियाँ, नयाँ सृष्टि हुन्छ, तब त्यसमा सुख हुन्छ। दु:ख पुरानो सृष्टिमा
हुन्छ। त्यहाँ सबैथोक पुरानो जीर्ण हुन्छ। पहिले मैले जुन सृष्टि रच्छु, त्यसलाई
सतोप्रधान भनिन्छ। त्यतिबेला सबै मनुष्य कति सुखी हुन्छन्। त्यो धर्म अहिले प्राय:
लोप हुनाले कसैको बुद्धिमा छैन।
तिमी बच्चाहरूलाई थाहा
छ– नयाँ जमाना सत्ययुग थियो। अहिले पुरानो छ त्यसैले आशा राख्छन्– बाबाले अवश्य नयाँ
दुनियाँ बनाउनु हुन्छ। पहिले नयाँ सृष्टि नयाँ जमानामा धेरै कम आत्माहरू थिए र धेरै
सुखी थिए, जुन सुखको सीमा थिएन। नाम नै भनिन्छ स्वर्ग, वैकुण्ठ, नयाँ दुनियाँ।
अवश्य त्यसमा नयाँ मनुष्य हुन्छन्। अवश्य त्यो देवी-देवताहरूको राजधानी मैले स्थापना
गरेको होला नि। नत्र जबकि कलियुगमा एउटा पनि राजा छैन, सबै कंगाल छन्, फेरि एकदम
सत्ययुगमा देवी-देवताहरूको रजाइँ कहाँबाट आयो? यो दुनियाँ परिवर्तन भयो कसरी? तर
सबैको बुद्धि यति मारिएको छ, जसलेगर्दा अलिकति पनि बुझ्दैनन्। बाबा आएर बच्चाहरूलाई
सम्झाउनुहुन्छ। मनुष्यले मालिकमाथि दोष लगाउँछन् र भन्छन्– उहाँले नै सुख दु:ख
दिनुहुन्छ, तर ईश्वरलाई त याद गर्छन् नै आएर हामीलाई सुख-शान्ति दिनुहोस्, स्वीट
होममा लैजानुहोस् भनेर। फेरि पार्टमा त अवश्य पठाउँछु नि! कलियुग पछि फेरि सत्ययुग
अवश्य आउनु छ। मनुष्य त रावणको मतमा छन्। श्रेष्ठ मत त हो नै श्रीमत। बाबा
भन्नुहुन्छ– मैले सहज राजयोग सिकाउँछु। मैले कुनै गीताको श्लोक आदि पढ्दिनँ, जुन
तिमीले पढ्छौ। के बाबा बसेर गीता सिकाउनु हुन्छ? मैले त सहज राजयोग सिकाउँछु।
विद्यालयमा गीत कविता सुनाइन्छ र? विद्यालयमा त पढाइन्छ। बाबाले पनि भन्नुहुन्छ–
तिमी बच्चाहरूलाई मैले पढाइरहेको छु, राजयोग सिकाइरहेको छु। मसँग अरू कसैको पनि योग
छैन। सबैले मलाई बिर्सेका छन्। यो बिर्सिनु पनि ड्रामामा निश्चित छ। म आएर फेरि याद
दिलाउँछु। म त तिम्रो पिता हुँ। मान्छन् पनि– निराकारी भगवान हुनुहुन्छ, त्यसैले
उहाँका तिमी पनि निराकारी बच्चाहरू हौ। तिमी निराकार आत्माहरू फेरि यहाँ आउँछौ
पार्ट खेल्न। सबै निराकार आत्माहरूको निवासस्थान निराकारी दुनियाँ हो, जुन उच्चभन्दा
उच्च छ। यो साकारी दुनियाँ फेरि आकारी दुनियाँ र त्यो निराकारी दुनियाँ सबैभन्दा
माथि तेस्रो तल्ला। बाबा सम्मुख बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, हामी पनि त्यहाँका
निवासी हौं। जब नयाँ दुनियाँ थियो, त्यतिबेला त्यहाँ एक धर्म थियो, जसलाई स्वर्ग
भनिन्छ। बाबालाई भनिन्छ नै हेविनली गड फादर। कलियुग हो कंसपुरी। सत्ययुग हो
कृष्णपुरी। त्यसैले सोध्नु पर्छ– अब तपाईं कृष्णपुरी जानु हुन्छ? यदि तपाईं
कृष्णुपरी जान चाहनु हुन्छ भने पवित्र बन्नुहोस्। जसरी हामीले तयारी गरिरहेका छौं
दु:खधामदेखि सुखधाममा जाने, त्यसैगरी तपाईंले पनि तयारी गर्नुहोस्। त्यसको लागि
विकार अवश्य छोड्नु पर्छ। यो सबैको अन्तिम जन्म हो। सबै फर्केर जानु छ। के तपाईंले
बिर्सिनु भएको हो– ५ हजार वर्ष पहिले यो महाभारी लडाइँ लागेको थिएन र? जसमा सबै
धर्म विनाश भएका थिए र एक धर्मको स्थापना भएको थियो। सत्ययुगमा देवी देवताहरू थिए
नि। कलियुगमा छैनन्। अहिले त रावण राज्य हो। मनुष्य आसुरी छन्। उनीहरूलाई फेरि देवता
बनाउनु पर्छ। त्यसैले त्यसको लागि आसुरी दुनियाँमा आउनु पर्छ वा दैवी दुनियाँमा आउनु
हुन्छ? वा दुवैको सङ्गममा आउनु हुन्छ? गायन पनि गरिएको छ– कल्प-कल्प, कल्पको सङ्गम
युग-युगमा आउँछु। बाबाले हामीलाई यसरी सम्झाउनु हुन्छ। हामी उहाँको श्रीमतमा छौं।
भन्नुहुन्छ– म गाइड बनेर तिमी बच्चाहरूलाई फर्काएर लिएर जानको लागि आएको हुँ,
त्यसैले मलाई कालको पनि काल भन्छन्। कल्प पहिले पनि महाभारी लडाइँ लागेको थियो,
जसबाट स्वर्गको द्वार खुलेको थियो। तर सबै त त्यहाँ गएनन्, सिवाय देवी-देवताहरू।
बाँकी सबै शान्तिधाममा थिए। म निर्वाणधामको मालिक आएको हुँ, सबैलाई निर्वाणधाम लिएर
जानको लागि। तिमी रावणको बन्धनमा फसेका विकारी पतित आसुरी गुणवाला हौ। काम हो
नम्बरवन फोहोरी। फेरि क्रोध, लोभ नम्बरवार फोहोरी हुन्। त्यसैले सारा दुनियाँदेखि
नष्टोमोह पनि हुनु छ, अनि मात्र स्वर्ग जान्छौ। जसरी पिताले हदको घर बनाउँदा बुद्धि
त्यसमा लाग्छ। बच्चाहरूले भन्छन्– बुवा यसमा यो बनाउनु, राम्रो घर बनाउनु। त्यसैगरी
बेहदका बाबा भन्नुहुन्छ– मैले तिम्रो लागि नयाँ दुनियाँ स्वर्ग कस्तो राम्रो बनाउँछु!
तिम्रो बुद्धियोग पुरानो दुनियाँदेखि हट्नु पर्छ। यहाँ छ नै के? देह पनि पुरानो,
आत्मामा पनि मैला परेको छ। त्यो निस्कन्छ तब, जब तिमी योगमा रहन्छौ। ज्ञान पनि धारण
हुन्छ। यहाँ बाबाले यो भाषण गरिरहनु भएको छ नि। हे प्यारा बच्चाहरू! तिमी सबै
आत्माहरू मेरा रचना हौ। आत्माको स्वरूपमा भाइ-भाइ हौ। अब तिमीहरू सबै मेरो पासमा
फर्केर आउनु छ। अहिले सबै तमोप्रधान बनिसकेका छौ। यो रावण राज्य हो नि। तिमीले पहिले
जान्दैनथ्यौ– रावण राज्य कहिलेदेखि आरम्भ हुन्छ। सत्ययुगमा १६ कला हुन्छन्, फेरि १४
कला हुन्छन्। यस्तो होइन एकदम दुई कला कम भइहाल्छन्। बिस्तारै बिस्तारै झर्छन्।
अहिले त कुनै कला छैन। पूरा ग्रहण लागेको छ। अहिले बाबा भन्नुहुन्छ– दे दान तो छूटे
ग्रहण। ५ विकारहरूको दान देऊ, अरू कुनै पाप नगर। यहाँ रावणलाई जलाउँछन्, अवश्य
रावणको राज्य हो। तर रावण राज्य केलाई भनिन्छ, राम राज्य केलाई भनिन्छ, यो पनि
जानेका छैनन्। भन्छन्– राम राज्य होस्, नयाँ विश्व होस् तर एउटाले पनि जानेका छैनन्–
नयाँ दुनियाँ नयाँ विश्व कहिले हुन्छ। सबै चिहानमाथि सुतेका छन्।
अहिले तिमी
बच्चाहरूलाई त सत्ययुगी वृक्ष देखिनमा आइरहेका छन्। यहाँ त कुनै देवता छैनन्। बाबा
आएर यो सबै सम्झाउनुहुन्छ। तिम्रा माता-पिता उहाँ हुनुहुन्छ, स्थूलमा फेरि यी
माता-पिता छन्। तिमीले माता-पिता भनी उहाँलाई गायन गर्छौ। सत्ययुगमा त यस्तो गायन
गरिदैन। त्यहाँ न कृपाको कुरा हुन्छ, यहाँ माता-पिताको बनेर फेरि लायक पनि बन्नु
पर्छ। बाबाले स्मृति दिलाउनुहुन्छ– हे प्यारा बच्चाहरू! तिमीहरूले बिर्सिएका छौ,
तिमी देवताहरू कति धनवान थियौ, कति समझदार थियौ। अहिले बेसमझ बनेर कङ्गाल बनेका छौ।
माया रावणले तिमीलाई यस्तो बेसमझ बनाएको हो, त्यसैले त रावणलाई जलाउँछौ। दुस्मनको
पुतला बनाएर त्यसलाई जलाउँछन् नि। तिमी बच्चाहरूलाई कति ज्ञान मिल्छ। तर बच्चाहरूले
विचार सागर मन्थन गर्दैनन्, बुद्धि भड्किइरहन्छ। त्यसैले यस्ता-यस्ता प्वाइन्टहरू
भाषणमा सुनाउन बिर्सिन्छन्। पूरा बुझाउँदैनन्। तिमीले त बाबाको सन्देश दिनु छ– बाबा
आउनु भएको छ। यो महाभारी लडाइँ सामुन्ने खडा छ। सबै फर्केर जानु छ। स्वर्ग स्थापना
भइरहेको छ। बाबा भन्नुहुन्छ– देह सहित देहका सबै सम्बन्धलाई भुलेर मलाई याद गर।
बाँकी केवल यस्तो नभन– इस्लामी, बौद्धी आदि सबै भाइ-भाइ हुन्। यी त सबै देहका धर्म
हुन् नि। जुन सबै आत्माहरू छन्, ती बाबाका सन्तान हुन्। बाबा भन्नुहुन्छ– यी सबै
देहका धर्म छोडेर म एकलाई याद गर। यो बाबाको सन्देश दिनको लागि हामीले शिवजयन्ती
मनाइरहेका छौं। हामी ब्रह्माकुमार-कुमारीहरू शिवका सन्तान हौं। हामीलाई उहाँबाट
स्वर्गको राजधानीको वर्सा मिलिरहेको छ। बाबाले हामीलाई सन्देश दिनुहुन्छ– मनमनाभव।
यस योग अग्निद्वारा तिम्रो विकर्म विनाश हुन्छ। अशरीरी बन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
रात्रि क्लास:–
अहिले तिमी बच्चाहरूले स्थूलवतन, सूक्ष्मवतन र मूलवतनलाई राम्रोसँग बुझेका छौ। केवल
तिमी ब्राह्मणहरूले नै यो ज्ञान पाउँछौ। देवताहरूलाई त यो आवश्यकता नै हुँदैन।
तिमीलाई अहिले सारा विश्वको ज्ञान छ। तिमी पहिले शूद्र वर्णका थियौ। फेरि
ब्रह्माकुमार बनेपछि यो ज्ञान दिन्छौ, जसबाट तिम्रो दैवी राजधानी स्थापना भइरहेको
छ। बाबा आएर ब्राह्मण कुल, सूर्यवंशी, चन्द्रवंशी राजधानी स्थापना गर्नुहुन्छ। त्यो
पनि यस सङ्गममा स्थापना गर्नुहुन्छ। अरू धर्मका आत्माले तुरून्तै राजधानी स्थापना
गर्दैनन्। उनलाई गुरु भनिदैन। बाबा नै आएर धर्मको स्थापना गर्नुहुन्छ। बाबा
भन्नुहुन्छ– अहिले शिरमा बाबाको यादको फिक्र छ, जसलाई घरी-घरी बिर्सिन्छ। स्वस्थ
बन्नको लागि पुरुषार्थ गरेर धन्दा आदि पनि गरिराख, याद पनि गरिराख। बाबाले धेरै
जोडले कमाइ गराउनुहुन्छ, यसमा सबै कुरा बिर्सिनु पर्ने हुन्छ। हामी आत्मा गइरहेका
छौं, यो अभ्यास गराइन्छ। खाँदा के बाबालाई याद गर्न सक्दैनौ? कपडा सिलाउँदा
बुद्धियोग बाबाको यादमा रहोस्। मैला त निकाल्नु छ। बाबा भन्नुहुन्छ– शरीर निर्वाहको
लागि ठीकै छ कुनै काम गर। छ धेरै सहज। बुझिसकेका छौ ८४ को चक्र पूरा भयो। अहिले बाबा
राजयोग सिकाउन आउनु भएको छ। यो विश्वको इतिहास भूगोल यतिबेला दोहोरिन्छ। कल्प पहिले
जसरी नै दोहोरिइरहेको छ। दोहोर्याइको रहस्य पनि बाबाले नै सम्झाउनुहुन्छ। एक भगवान,
एक धर्म पनि भन्छन् नि। त्यहाँ नै शान्ति हुन्छ। त्यो हो अद्वैत राज्य, द्वैत मतलब
आसुरी रावण राज्य। त्यो हो देवता, यो हो दैत्य। यहाँ नै आसुरी राज्य र दैवी राज्यको
खेल बनेको छ। यहाँ आदि सनातन धर्म थियो, पवित्र प्रवृत्ति मार्ग थियो। फेरि बाबा
आएर पवित्र प्रवृत्ति मार्ग बनाउनु हुन्छ। हामी नै देवता थियौं, फेरि कला कम हुँदै
गयो। हामी नै शूद्र घरानामा आयौं। बाबाले यसरी पढाउनुहुन्छ, जसरी टिचरले पढाउँछन्,
विद्यार्थीले सुन्छन्। पढाइ छुटाउनु हुँदैन, यो कुरामा असल विद्यार्थीले पूरा ध्यान
दिन्छन् । यो पढाइ नियमित हुनु पर्छ। यस्तो ईश्वरीय विश्व विद्यालयमा गयल हुनु
हुँदैन। बाबाले गहन-गहन कुरा सुनाइरहनु हुन्छ। अच्छा! गुडनाईट। रूहानी बच्चाहरूलाई
नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) देहका सबै धर्महरूलाई छोडेर, अशरीरी आत्मा सम्झेर एक बाबालाई याद गर्नु छ। योग र
ज्ञानको धारणाद्वारा आत्मालाई पावन बनाउनु छ।
२) बाबाले जुन ज्ञान
दिनुहुन्छ, त्यसमा विचार सागर मन्थन गरेर सबैलाई बाबाको सन्देश दिनु छ। बुद्धिलाई
भट्काउनु हुँदैन।
वरदान:–
बाबाको कदममा
कदम राख्दै परमात्म आशीर्वाद प्राप्त गर्ने आज्ञाकारी भव
आज्ञाकारी अर्थात्
बापदादाको आज्ञारूपी कदममा कदम राख्नेहरू। यस्तो आज्ञाकारीलाई नै सर्व सम्बन्धबाट
परमात्म आशीर्वाद मिल्छ। यो पनि नियम हो। साधारण रीतिले कसैले कसैको आज्ञा अनुसार
हुन्छ हजुर भनेर कार्य गर्छ भने जसको कार्य गर्छ उसको आशीर्वाद उसलाई अवश्य प्राप्त
हुन्छ। यो त परमात्म आशीर्वाद हो, जसले आज्ञाकारी आत्माहरूलाई सदा डबल लाइट
बनाइदिन्छ।
स्लोगन:–
दिव्यता र
अलौकिकतालाई जीवनको श्रृंगार बनाएमा साधारणता समाप्त हुन्छ।