03.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबाको
आदेश छ , यस पुरुषोत्तम संगमयुगमा पवित्र बन्यौ भने सत्ययुगको वर्सा मिल्छ , सबैलाई
यही सन्देश देऊ।”
प्रश्न:–
कुनचाहिँ सस्तो
सौदा तिमीले सबैलाई बताउनु छ?
उत्तर:–
यस अन्तिम जन्ममा बाबाको निर्देशनमा चलेर पवित्र बन्यौ भने २१ जन्मको लागि विश्वको
राजाई मिल्छ, यो धेरै सस्तो सौदा छ। यही सौदा गर्न तिमीले सबैलाई सिकाऊ। भन, अब
शिवबाबालाई याद गरेर पवित्र बन्यौं भने पवित्र दुनियाँको मालिक बन्छौं।
ओम् शान्ति ।
रूहानी
बच्चाहरूले जानेका छन्, रूहानी बाबाले सम्झाउनु हुन्छ– प्रदर्शनी वा मेलामा
प्रदर्शनी देखाउँछौ वा चित्रहरूमा मनुष्यहरूलाई सम्झाउँछौ– बाबासँग अब बेहदको वर्सा
पाउनु छ। कुनचाहिँ वर्सा? मनुष्यबाट देवता बन्ने अथवा बेहदको बाबासँग आधाकल्पको लागि
स्वर्गको राज्य कसरी मिल्छ, यो सम्झाउनु छ। बाबा सौदागर त हुनुहुन्छ नै, उहाँसँग यो
सौदा गर्नु छ। यो त मनुष्यले जानेका छन्– देवी-देवताहरू पवित्र रहन्छन्। यहाँ जब
सत्ययुग थियो, देवी-देवता पवित्र थिए। अवश्य उनीहरूले स्वर्गको लागि कुनै प्राप्ति
गरेका थिए। स्वर्गको स्थापना गर्नेवाला बाबा बाहेक अरू कसैले प्राप्ति गराउन सक्दैन।
पतित-पावन बाबा नै पतितहरूलाई पावन बनाएर पावन दुनियाँको राज्य दिनेवाला हुनुहुन्छ।
सौदा कति सस्तो दिनुहुन्छ। केवल भन्नुहुन्छ– यो तिम्रो अन्तिम जन्म हो। जबसम्म म यहाँ
छु, पवित्र बन। म आएको छु पवित्र बनाउन। तिमीले यस अन्तिम जन्ममा पावन बन्ने
पुरुषार्थ गर्छौ भने पावन दुनियाँको वर्सा लिन्छौ। सौदा त धेरै सस्तो छ। बाबालाई यो
विचार आयो– बच्चाहरूले यसरी सम्झाउनु पर्छ। बाबाको आदेश छ– पवित्र बन। यो
पुरुषोत्तम संगमयुग पवित्र बन्ने युग हो। उत्तम भन्दा उत्तम पुरुष देवताहरू नै हुन्।
लक्ष्मी-नारायणको राज्य चलेको थियो नि। दैवी राज्य तिमी बच्चाहरूलाई वर्सामा मिल्न
सक्छ। बाबाको मतमा यस अन्तिम जन्ममा पवित्र बन। यो पनि युक्ति बताइन्छ– योगबलले
आफूलाई तमोप्रधानबाट सतोप्रधान कसरी बनाउने? बच्चाहरूले कल्याणको लागि खर्च त गर्नु
नै पर्छ। खर्च नगरी राजधानी स्थापना हुन सक्दैन। अहिले लक्ष्मी-नारायणको राजधानी
स्थापना भइरहेको छ। बच्चाहरू पवित्र अवश्य बन्नु छ। मन, वचन कर्मले कुनै पनि
उल्टो-सुल्टो काम गर्नु हुँदैन। देवताहरूलाई कहिल्यै कुनै खराब ख्याल पनि आउँदैन।
मुखबाट कहिल्यै कुनै यस्तो वचन निस्किदैन। उनीहरू हुन्छन् नै सर्वगुण सम्पन्न,
सम्पूर्ण निर्विकारी, मर्यादा पुरुषोत्तम....। जो यहाँ थिए, उनीहरू कै महिमा गाइन्छ।
अब तिमी बच्चाहरूलाई पनि त्यस्तै देवी-देवता बनाउन आएको छु। त्यसैले मन, वचन, कर्मले
कुनै यस्तो खराब काम गर्नु छैन। देवताहरू सम्पूर्ण निर्विकारी थिए, यी गुणहरू पनि
तिमीले अहिले धारण गर्न सक्छौ किनकि यस मृत्युलोकमा यो तिम्रो अन्तिम जन्म हो। पतित
दुनियाँलाई मृत्युलोक, पावन दुनियाँलाई अमरलोक भनिन्छ। अहिले मृत्युलोकको विनाश
सामुन्ने खडा छ। अवश्य पनि अमरपुरीको स्थापना हुन्छ। यो उही महाभारत लडाई हो, जुन
शास्त्रहरूमा देखाइएको छ, जसबाट पुरानो विकारी दुनियाँ खतम हुन्छ। तर यो ज्ञान कसैमा
छैन। बाबा भन्नुहुन्छ– सबै अज्ञान निद्रामा सुतेका छन्। ५ विकारको नशा हुन्छ। अब
बाबा भन्नुहुन्छ– पवित्र बन। मास्टर भगवान त बन्छौ नि। लक्ष्मी-नारायणलाई
भगवान-भगवती भनिन्छ अर्थात् गडद्वारा यो वर्सा पाएका हुन्। अहिले त भारत पतित छ।
मन-वचन-कर्मले कर्तव्य नै यस्तो गर्छन्। कुनै पनि कुरा पहिला बुद्धिमा आउँछ, फेरि
मुखबाट निस्किन्छ। कर्मणामा आएपछि विकर्म बन्छ। बाबा भन्नुहुन्छ– त्यहाँ कुनै
विकर्म हुँदैन। यहाँ विकर्म हुन्छ किनकि रावण राज्य हो। अब बाबा भन्नुहुन्छ– बाँकी
जति उमेर छ पवित्र बन। प्रतिज्ञा गर्नु छ, पवित्र बनेर फेरि मेरो साथमा बुद्धिको
योग पनि लगाउनु छ, जसबाट तिम्रो जन्म-जन्मान्तरको पाप पनि काटियोस् अनि तिमी २१
जन्मको लागि स्वर्गको मालिक बन्छौ। बाबाले अफर गर्नुहुन्छ, यो त सम्झाइरहनु हुन्छ–
यीद्वारा बाबाले यो वर्सा दिनुहुन्छ। उहाँ हुनुहुन्छ शिवबाबा र यी हुन् दादा त्यसैले
सधैं बापदादा भन्नुहुन्छ। शिवबाबा ब्रह्मा दादा। बाबाले कति सौदा गर्नुहुन्छ।
मृत्युलोकको विनाश सामुन्ने खडा छ। अमरलोकको स्थापना भइरहेको छ। प्रदर्शनी मेला
गरिन्छ, जसबाट देशको कल्याण होस्। बाबाले नै आएर यहाँ रामराज्यको स्थापना
गर्नुहुन्छ। रामराज्यमा अवश्य पवित्र नै हुन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू!
काम महाशत्रु हो। यी ५ विकारहरूलाई नै माया भनिन्छ। यिनलाई जित्नाले नै तिमी जगतजित
बन्छौ। जगतजित हुन्छन् नै देवी-देवताहरू, अरू कोही जगतजित बन्न सक्दैन। बाबाले
सम्झाउनु भएको थियो– दुवै क्रिस्चियनहरू आपसमा मिले भने सारा सृष्टिको राजाई लिन
सक्छन्। तर नियम छैन। यी बमहरू हुन् नै पुरानो दुनियाँलाई खतम गर्नको लागि।
कल्प-कल्प यसरी नयाँ दुनियाँबाट पुरानो, पुरानोबाट नयाँ हुन्छ। नयाँ दुनियाँमा
हुन्छ ईश्वरीय राज्य, जसलाई रामराज्य भनिन्छ। ईश्वरलाई नजान्नाले त्यसै राम-राम
जपिरहन्छन्। तिमी बच्चाहरूको मनमा यी कुरा धारण हुनुपर्छ। अवश्य हामी ८४ जन्ममा
सतोप्रधानबाट तमोप्रधान बनेका हौं। अब फेरि सतोप्रधान अवश्य बन्नु छ। शिवबाबाको
निर्देशन छ– अब यसमा चल्यौ भने २१ जन्मको लागि पवित्र दुनियाँमा उच्च पद पाउने छौ।
अब चाहे पुरुषार्थ गर या नगर, चाहे यादमा रहेर अरूलाई मार्ग बताऊ या नबताऊ।
प्रदर्शनीद्वारा बच्चाहरूले धेरैलाई मार्ग बताइरहेका छन्। आफ्नो पनि कल्याण गर्नु
छ। सौदा धेरै सस्तो छ। केवल यो अन्तिम जन्म पवित्र रहनाले, तिमी तमोप्रधानबाट
सतोप्रधान बन्छौ। कति सस्तो सौदा छ। जीवन नै पल्टिन्छ। यस्तो-यस्तो विचार गर्नुपर्छ।
बाबाको पासमा समाचार आउँछन्। राखी बाँध्न जाँदा कसै-कसैले भने– यस समयमा जबकि दुनियाँ
नै तमोप्रधान छ, यसमा पवित्र रहनु– यो त असम्भव छ। उनीहरूलाई थाहा छैन, अहिले
संगमयुग हो। बाबाले नै पवित्र बनाउनु हुन्छ, यिनीहरूको सहयोगी परमपिता परमात्मा
हुनुहुन्छ। उनीहरूलाई यो थाहा छैन– यहाँ कमाई धेरै छ। पवित्र बनेर पवित्र दुनियाँको
मालिक बनिन्छ। बाबा भन्नुहुन्छ– यी ५ विकार रूपी मायामाथि विजय पाउनाले तिमी जगतजित
बन्छौ। त्यसैले हामी किन पवित्र नबन्ने? फस्टक्लासको सौदा छ। बाबा भन्नुहुन्छ– काम
महाशत्रु हो। यसमाथि विजय पाउनाले तिमी पवित्र बन्छौ। माया जित जगतजित। यो हो
योगबलले मायालाई जित्ने कुरा। परमपिता परमात्माले नै आएर आत्माहरूलाई सम्झाउनु
हुन्छ, मलाई याद गर्यौ भने खाद निस्कन्छ। तिमी सतोप्रधान दुनियाँको मालिक बन्छौ।
बाबाले वर्सा दिनुहुन्छ संगममा। सबैभन्दा उत्तम पुरुष यी लक्ष्मी-नारायण थिए, उनलाई
नै मर्यादा पुरुषोत्तम देवी-देवता धर्मको भनिन्छ। बाबाले धेरै राम्रोसँग सम्झाउनु
हुन्छ तर कहिलेकाहीं यी प्वाइन्टहरू भुलिन्छ। फेरि पछि गएर सम्झना आउँछ, भाषण गर्दा
यी-यी प्वाइन्ट भन्न बिर्सिएँ। सम्झाउनलाई प्वाइन्ट त धेरै छन्। यस्तो हुन्छ।
वकिलहरू पनि कसै-कसैले प्वाइन्ट बिर्सिन्छन्। फेरि जब पछि प्वाइन्ट याद आउँछ अनि
फेरि मुद्दा लड्छन्। डाक्टरहरूको पनि यस्तो हुन्छ। ख्याल चल्छ– यो बिमारीको लागि यो
औषधी ठीक छ। यहाँ पनि प्वाइन्ट त धेरै छन्। बाबा भन्नुहुन्छ– आज मैले तिमीलाई गहन
प्वाइन्ट सम्झाउँछु। तर सुन्नेहरू सबै पतित छन्। भन्छन् पनि– हे पतित-पावन... फेरि
कसैलाई पतित भन्यो भने रिसाउँछन्। ईश्वरको सामुन्ने सत्य भन्छन्– हे पतित-पावन
आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। ईश्वरलाई बिर्सिनाले फेरि झूठो बोल्छन्,
त्यसैले धेरै युक्तिसँग सम्झाउनु छ ताकि साँप पनि मरोस् लठ्ठी पनि नभाँचियोस्। बाबा
भन्नुहुन्छ– मुसाबाट पनि गुण लिनु छ। मुसाले यसरी युक्तिसँग टोक्छ, रगत निस्कन्छ
तैपनि बिल्कुलै थाहा हुँदैन। बच्चाहरूको बुद्धिमा सबै प्वाइन्ट रहनु पर्छ। योगमा
रहनेलाई समयमा मदत मिल्छ। हुन सक्छ सुनाउने भन्दा सुन्नेवाला बाबाको बढी प्यारो हुन
सक्छ। बाबाले स्वयं पनि सम्झाइदिनु हुन्छ। त्यसैले यसरी सम्झाउनु छ– उसले बुझोस्
पवित्र बन्नु त धेरै राम्रो रहेछ। यो एक जन्म पवित्र रहनाले हामी २१ जन्म पवित्र
दुनियाँको मालिक बन्छौं। भगवानुवाच– यो अन्तिम जन्म पवित्र बन्यौ भने हामी
ग्यारेन्टी गर्छौं, ड्रामा योजना अनुसार तिमीले २१ जन्मको लागि वर्सा पाउन सक्छौ।
यो वर्सा त हामीले कल्प-कल्प पाइरहन्छौं। सेवाको जसलाई सोख हुन्छ, उनीहरूले
सम्झन्छन्– हामी गएर सम्झाऔं। सेवाको लागि दौडनुपर्छ। बाबा त हुनुहुन्छ ज्ञानको
सागर, उहाँले कति ज्ञानको वर्सा गरिरहनुहुन्छ। जसको आत्मा पवित्र छ उसलाई धारणा पनि
हुन्छ। आफ्नो नाम प्रख्यात गरेर देखाउँछन्। प्रदर्शनी मेलाबाट थाहा हुन सक्छ, कसले
कस्तो सेवा गर्छ? टिचरले जाँच गर्नुपर्छ– कसले कसरी सम्झाउँछ? लक्ष्मी-नारायण वा
सीँढीको चित्रमा सम्झाउनु राम्रो छ। योगबलबाट फेरि यस्तो लक्ष्मी-नारायण बन्छन्।
लक्ष्मी-नारायण अर्थात् आदि देव, आदि देवी। चतुर्भुजमा लक्ष्मी-नारायण दुवै आउँछन्।
दुई भुजा लक्ष्मीका, दुई भुजा नारायणका। यो पनि हिन्दुहरूले जानेका छैनन्।
महालक्ष्मीका ४ भुजाहरू छन्, यसको मतलब नै हो उनीहरू युगल हुन्। विष्णु हुन् नै
चतुर्भुज।
प्रदर्शनीमा त दिनहुँ
सम्झाइन्छ। रथलाई पनि देखाइएको छ। भन्छन्– अर्जुन बसेका थिए। कृष्ण रथी थिए। यी सबै
कथा हुन्। अहिले यो हो ज्ञानको कुरा। ज्ञान अमृतको कलष लक्ष्मीको शिरमा राखिएको
देखाउँछन्। वास्तवमा कलष राखिएको हो जगत अम्बाको शिरमा, जो फेरि लक्ष्मी बन्छिन्।
यो पनि सम्झाउनु पर्छ। सत्ययुगमा एक धर्म, एक मतका मनुष्य हुन्छन्। देवताहरूको
हुन्छ नै एक मत। देवताहरूलाई नै श्री भनिन्छ, अरू कसैलाई भनिदैन। त्यसैले बाबालाई
ख्याल चलिरहेको थियो– सम्झाउनको लागि शब्द थोरै हुनुपर्छ। यस अन्तिम जन्ममा ५
विकारहरूमाथि विजय पायौ भने तिमी रामराज्यको मालिक बन्छौ। यो त सस्तो सौदा हो। बाबा
आएर अविनाशी ज्ञान रत्नहरूको दान दिनुहुन्छ। बाबा हुनुहुन्छ ज्ञानको सागर। उहाँले
नै ज्ञान रत्न दिनुहुन्छ। इन्द्र सभामा कोही सब्जपरी, पुखराजपरी पनि छन्। हुन् त सबै
मदत गर्नेहरू। जुहारत पनि किसिम-किसिमका हुन्छन् नि। त्यसैले ९ रत्न देखाएका छन्।
यो त अवश्य हुन्छ– जसले राम्रोसँग पढ्छन्, उनीहरूले पद पनि पाउँछन्। नम्बरवार त छन्
नि। पुरुषार्थ गर्ने समय नै यो हो। यो त बच्चाहरूले सम्झन्छन्– हामी बाबाको मालाका
दाना बन्छौं। जति शिवबाबालाई याद गर्छौं, त्यति नै हामीले मानौं यादको यात्रामा दौड
लगाउँछौं। पाप पनि चाँडो विनाश हुन्छ।
यो पढाइ कुनै
लम्बाचौडा छैन, केवल पवित्र रहनु छ। दैवीगुण पनि धारण गर्नु छ। मुखबाट कहिल्यै
पत्थर निकाल्नु हुँदैन। पत्थर निकाल्नेहरू पत्थरबुद्धिका नै बन्छन्। रत्न
निकाल्नेहरूले नै उच्च पद पाउँछन्। यो त धेरै सहज छ। जिज्ञासुलाई सम्झाऊ– पतित-पावन
सर्वका मुक्ति-जीवनमुक्ति दाता परमपिता परमात्मा शिव भन्नुहुन्छ– हे रूहानी बच्चाहरू!
रावण राज्य मृत्युलोकको यस कलियुगी अन्तिम जन्ममा पवित्र रहनाले र परमपिता परमात्मा
शिवको साथमा बुद्धियोग लगाउनाले तमोप्रधान आत्माहरू सतोप्रधान आत्मा बनेर सतोप्रधान
सत्ययुगी विश्वमा पवित्रता, सुख, शान्ति, सम्पत्ति सम्पन्न मर्यादा पुरुषोत्तम दैवी
स्वराज्य पद फेरि पाउन सकिन्छ, ५ हजार वर्ष पहिला जस्तै। तर होनहार महाभारी विनाश
भन्दा पहिला बाबाले हामीलाई वर्सा दिनुहुन्छ, पढाइ पढाउनु हुन्छ। जति पढ्छौ त्यति
पद पाउँछौ। साथ त लिएरै जानुहुन्छ। फेरि हामीलाई यस पुरानो शरीरको वा यस दुनियाँको
ख्याल किन आउँछ? तिम्रो यो समय हो पुरानो दुनियाँलाई छोड्ने। यस्ता -यस्ता कुरा
बुद्धिमा मन्थन हुँदै गर्यो भने पनि धेरै राम्रो हुन्छ। पछि गएर पुरुषार्थ
गर्दा-गर्दा समय आउँदै जान्छ फेरि निराश हुने छैनौ। देख्छौ, दुनियाँ पनि अब थोरै
समय मात्र बाँकी रहेको छ त्यसैले बुद्धियोग लगाउनु पर्छ। सेवा गर्नाले मदत पनि
मिल्छ। जति अरूलाई सुखको मार्ग बताउँछौ, त्यति खुसी हुन्छ। पुरुषार्थ पनि बढ्छ।
तकदिर देखिनमा आउँछ। बाबाले त पुरुषार्थ गर्न सिकाउनु हुन्छ। कोही त्यसमा चल्छन्,
कोही चल्दैनन्। तिमीले जानेका छौ– करोडपति, पद्मपति सबै त्यसै खतम भएर जान्छन्।
अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) उच्च पद
पाउनको लागि मुखबाट सधैं रत्न निकाल्नु छ, पत्थर होइन। मनसा, वाचा, कर्मणा यस्तो
कर्म गर्नु छ, जसले मर्यादा पुरुषोत्तम बनाओस्।
२) यस अन्तिम जन्ममा
पवित्र बन्ने प्रतिज्ञा गर्नु छ। पवित्र बन्ने युक्ति नै सबैलाई सुनाउनु छ।
वरदान:–
सदा कल्याणकारी
भावनाद्वारा गुणग्राही बन्ने अचल अडोल भव
आफ्नो स्थिति अचल
अडोल बनाउनको लागि सदा गुणग्राही बन। यदि हरेक कुरामा गुणग्राही भयौ भने हलचलमा आउने
छैनौ। गुणग्राही अर्थात् कल्याणको भावना। अवगुणमा गुण देख्नु– यसलाई भनिन्छ
गुणग्राही। त्यसैले अवगुणीबाट पनि गुण लेऊ। जसरी ती अवगुणमा दृढ छन्, त्यसैगरी तिमी
गुणमा दृढ बन। गुणको ग्राहक बन, अवगुणको होइन।
स्लोगन:–
आफ्नो सबैथोक
बाबालाई अर्पण गरेर सदा हल्का रहनेवाला नै फरिश्ता हो।