03.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबाको पासमा तिमी रिफ्रेस हुन आउँछौ, यहाँ तिमीलाई दुनियाँको भाइब्रेसनभन्दा टाढा सत्यको सच्चा सङ्ग मिल्छ।

प्रश्न:
बाबा बच्चाहरूको उन्नतिको लागि सदा कुनचाहिँ एउटा सल्लाह दिनुहुन्छ?

उत्तर:
मीठा-प्यारा बच्चाहरू! कहिल्यै आपसमा सांसारिक व्यर्थ कुरा नगर। कसैले सुनाउँछ भने सुनेको नसुन्यै गरिदेऊ। राम्रा बच्चाहरू आफ्नो सेवाको ड्युटी पूरा गरेर बाबाको यादमा मस्त रहन्छन्। तर कुनै बच्चाहरू फाल्तू, व्यर्थ कुरा धेरै खुशीले सुन्छन् र सुनाउँछन्, यसमा धेरै समय बर्बाद हुन्छ, अनि उन्नति हुँदैन।

ओम् शान्ति ।
डबल ओम् शान्ति भने पनि ठीकै हुन्छ। बच्चाहरूलाई अर्थ त सम्झाइएको छ। म हुँ शान्त स्वरूप आत्मा। जब मेरो धर्म हो नै शान्त भने फेरि जङ्गल आदिमा भड्किनाले शान्ति मिल्न सक्दैन। बाबा भन्नुहुन्छ म पनि शान्त स्वरूप हुँ। यो त धेरै सहज छ तर मायाको लडाईं हुनाको कारण थोरै अप्ठ्यारो हुन्छ। यी सबै कुरा बच्चाहरूले जान्दछन् बेहदका बाबा सिवाय यो ज्ञान कसैले दिन सक्दैन। ज्ञान सागर एकै बाबा हुनुहुन्छ। देहधारीहरूलाई ज्ञानको सागर कहिल्यै भन्न सकिदैन। रचयिताले नै रचनाको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। त्यो तिमी बच्चाहरूलाई मिलिरहेको छ। कुनै राम्रो अनन्य बच्चाहरूले पनि भुल्छन् किनकि बाबाको याद पारो जस्तै छ। स्कूलमा त अवश्य नम्बरवार हुन्छन् नि। नम्बर हमेसा स्कूलमा हुन्छ। सत्ययुगमा कहिल्यै नम्बर हुँदैन। यो स्कूल हो, यसलाई बुझ्नमा पनि धेरै बुद्धि चाहिन्छ। आधाकल्प हुन्छ भक्ति, फेरि भक्तिपछि ज्ञान सागर आउनुहुन्छ ज्ञान दिन। भक्तहरूले कहिल्यै ज्ञान दिन सक्दैनन् किनकि सबै देहधारी छन्। यस्तो भनिदैन शिवबाबाले भक्ति गर्नुहुन्छ। उहाँले कसको भक्ति गर्ने! एकै बाबा हुनुहुन्छ, जसको देह छैन। उहाँ कसैको भक्ति गर्नुहुन्न। बाँकी जति देहधारी छन्, उनीहरू सबैले भक्ति गर्छन् किनकि रचना हुन् नि। रचयिता हुनुहुन्छ एक बाबा। बाँकी यी आँखाले जति पनि देखिन्छ, चित्र आदि, ती सबै हुन् रचना। यी कुरा घरी-घरी भुलिन्छ।

बाबा सम्झाउनुहुन्छ तिमीलाई बाबा विना बेहदको वर्सा मिल्न सक्दैन। वैकुण्ठको बादशाही त तिमीलाई मिल्छ। ५ हजार वर्ष पहिले संसारमा यिनीहरूको राज्य थियो। २५०० वर्ष सूर्यवंशी-चन्द्रवंशीहरूको राजधानी चल्यो। तिमी बच्चाहरूले नै जान्दछौ, यो त हिजोको कुरा हो। बाबा सिवाय अरू कसैले बताउन सक्दैन। पतित-पावन बाबा नै हुनुहुन्छ। सम्झाउनमा पनि धेरै मेहनत लाग्छ। बाबा स्वयं भन्नुहुन्छ करोडौंमा कसैले बुझ्दछन्। यो चक्रको बारेमा पनि सम्झाइएको छ। यो सारा दुनियाँको लागि ज्ञान हो। सिंढी पनि धेरै राम्रो छ, फेरि पनि कोही गुर्र-गुर्र गर्छन्। बाबाले सम्झाउनु भएको छ विवाहको लागि हल बनाउँछन्, उनीहरूलाई पनि सम्झाएर दृष्टि देऊ। पछि गएर सबैलाई यो कुरा मन पर्ने छ। तिमी बच्चाहरूले सम्झाउनु छ। बाबा त कसैको पासमा जानुहुन्न। भगवानुवाच जो पुजारी छन् उनीहरूलाई कहिल्यै पूज्य भन्न सकिंदैन। कलियुगमा कोही पनि पवित्र हुन सक्दैन। पूज्य देवी-देवता धर्मको स्थापना पनि सबैभन्दा उच्च जो पूज्य हुनुहुन्छ उहाँले नै गर्नुहुन्छ। आधाकल्प पूज्य फेरि आधाकल्प पुजारी हुन्छन्। यी बाबाले धेरै गुरु बनाएका छन्, अहिले सम्झन्छन् गुरु बनाउनु त भक्ति मार्ग थियो। अहिले सद्गुरु मिल्नु भएको छ, जसले पूज्य बनाउनुहुन्छ। केवल एकलाई होइन, सबैलाई बनाउनुहुन्छ। सबैका आत्मा पूज्य सतोप्रधान बन्छन्। अहिले त तमोप्रधान, पुजारी छन्। यी बुझ्नु पर्ने कुरा छन्। बाबा भन्नुहुन्छ कलियुगमा एकजना पनि पवित्र पूज्य हुन सक्दैन। सबै विकारबाट जन्म लिन्छन्। रावण राज्य हो। यी लक्ष्मी-नारायणले पनि पुनर्जन्म लिन्छन् तर उनीहरू हुन् पूज्य किनकि त्यहाँ रावण हुँदैन। शब्द बोल्छन् तर रामराज्य कहिले र रावण राज्य कहिले हुन्छ, यो केही पनि थाहा छैन। अहिले हेर कति सभाहरू हुन्छन्। फलानो सभा, फलानो सभा। कहीँबाट केही मिल्यो भने एउटालाई छोडेर अर्कातर्फ जान्छन्। तिमी अहिले पारसबुद्धि बनिरहेका छौ। फेरि त्यसमा पनि कोही २० प्रतिशत बनेका छन्, कोही ५० प्रतिशत बनेका छन्। बाबाले सम्झाउनु भएको छ यो राजधानी स्थापना भइरहेको छ। अहिले माथिबाट पनि बाँकी रहेका आत्माहरू आइरहेका छन्। सर्कसमा कोही राम्रा-राम्रो कलाकारहरू पनि हुन्छन् भने कोही हल्का कम पनि हुन्छन्। यो हो बेहदको कुरा। बच्चाहरूलाई कति राम्रोसँग सम्झाइन्छ। यहाँ तिमी बच्चाहरू आउँछौ रिफ्रेस हुनको लागि, नकि हावा खानको लागि। कोही पत्थरबुद्धिलाई लिएर आयौ भने उनीहरू सांसारिक वायुमण्डलमा रहन्छन्। अहिले तिमी बच्चाहरू बाबाको श्रीमतद्वारा मायामाथि विजय प्राप्त गर्छौ। मायाले घरी-घरी तिम्रो बुद्धिलाई हराइदिन्छ। यहाँ त बाबा आकर्षण गर्नुहुन्छ। बाबा कहिल्यै कुनै उल्टो कुरा गर्नुहुन्न। बाबा त सत्य हुनुहुन्छ नि। तिमी यहाँ सत्यको सङ्गतमा छौ। अरू सबै असत्यको सङ्गतमा छन्। तिनलाई सत्सङ्ग भन्नु पनि ठूलो भूल हो। तिमीलाई थाहा छ सत्य एकै बाबा हुनुहुन्छ। मनुष्य सत्य परमात्माको पूजा गर्छन् तर यो थाहा छैन हामी कसको पूजा गर्दैछौं। त्यसैले त्यसलाई अन्धश्रद्धा भनिन्छ। आगाखाँका हेर कति धेरै अनुयायी छन्। उनी जब कहीँ जान्छन् त्यहाँ उनलाई धेरै उपहार मिल्छ। हीरामा तौलिन्छन्। अरूलाई त हीरामा तौलिन कहिल्यै सकिंदैन। सत्ययुगमा हीरा जुहारत त तिम्रो लागि पत्थरजस्तै हुन्छन् जो भवनमा लगाइन्छ। यहाँ कोही यस्तो छैन, जसलाई हीराको दान मिलोस्। मनुष्यको पासमा धेरै पैसा छन् त्यसैले दान गर्छन्। तर त्यो दान पाप आत्माहरूलाई गरेको कारण दिनेमाथि पनि चढ्छ। अजामिल जस्तो पाप आत्मा बन्छन्। यो भगवान् बसेर सम्झाउनुहुन्छ, मनुष्यले होइन। त्यसैले बाबाले भन्नु भएको थियो तिम्रो जो चित्र छन् तिनीहरूमा हमेसा लेखिएको होस् भगवानुवाच। हमेसा लेख त्रिमूर्ति शिव भगवानुवाच। केवल भगवान् भन्दा पनि मानिसहरू अलमलिन्छन्। भगवान् त हुनुहुन्छ निराकार, त्यसैले त्रिमूर्ति अवश्य लेख्नु पर्छ। त्यसमा केवल शिवबाबा हुनुहुन्न। ब्रह्मा, विष्णु, शंकर तीनै नाम छन्। ब्रह्मा देवताय नमः, फेरि उनलाई गुरु पनि भन्छन्। शिव-शंकर एक भनिदिन्छन्। अब शंकरले कसरी दान गर्छन्। अमरकथा पनि छ। तिमी सबै पार्वती हौ। बाबा तिमी सबै बच्चाहरूलाई आत्मा सम्झिएर ज्ञान दिनुहुन्छ। भक्तिको फल भगवानले नै दिनुहुन्छ। एक शिवबाबा हुनुहुन्छ, ईश्वर भगवान् आदि पनि होइन। शिवबाबा अक्षर धेरै मीठो छ। बाबा स्वयं भन्नुहुन्छ मीठा प्यारा बच्चाहरू! त्यसैले उहाँ बाबा हुनुभयो नि।

बाबा सम्झाउनुहुन्छ आत्माहरूमा नै संस्कार भरिन्छ। आत्मा निर्लेप छैन। निर्लेप हुने भए त पतित किन बन्थ्यो! अवश्य लेप-छेप लाग्छ त्यसैले त पतित बन्छ। भन्छन् पनि भ्रष्टाचारी। देवताहरू हुन् श्रेष्ठाचारी। उनीहरूको महिमा गाउँछन् हजुर सर्वगुण सम्पन्न हुनुहुन्छ, हामी नीच पापी हौं त्यसैले आफूलाई देवता भन्न सक्दैनन्। अब बाबा बसेर मनुष्यलाई देवता बनाउनुहुन्छ। गुरुनानकको पनि ग्रन्थमा महिमा छ। सिक्खहरू भन्छन् सत श्री अकाल। जो अकालमूर्त हुनुहुन्छ, उहाँ नै सच्चा सद्गुरु हुनुहुन्छ। त्यसैले उहाँ एकलाई नै मान्नु पर्छ। भन्ने गर्छन् एक हुनुहुन्छ, फेरि गर्छन् अर्कै। अर्थ केही पनि जान्दैनन्। अब बाबा जो सद्गुरु हुनुहुन्छ, अकाल हुनुहुन्छ, उहाँ स्वयं बसेर सम्झाउनुहुन्छ। तिमीहरूमा पनि नम्बरवार छन्। सम्मुख बसेर पनि केही बुझ्दैनन्। कोही त यहाँबाट निस्किएपछि सबै भुल्छन्। बाबा मनाही गर्नुहुन्छ प्यारा बच्चाहरू! कहिल्यै सांसारिक व्यर्थ कुरा नसुन। कोही धेरै खुशी हुन्छन्। यस्ता कुरा सुन्छन् र सुनाउँछन्। बाबाको महावाक्यलाई भुल्छन्। वास्तवमा जो राम्रो बच्चाहरू छन्, उनीहरू आफ्नो सेवाको ड्युटी सकेर फेरि मस्तीमा रहन्छन्। बाबाले सम्झाउनु भएको छ कृष्ण र क्रिस्चियनको धेरै राम्रो सम्बन्ध छ। कृष्णको राजाईं हुन्छ नि। लक्ष्मी-नारायण नाम पछि रहन्छ। वैकुण्ठ भन्दा झट्ट कृष्ण याद आउँछ। लक्ष्मी-नारायण पनि आउँदैन किनकि सानो बालक कृष्ण हुन्। सानो बच्चा पवित्र हुन्छ। तिमीले यो पनि साक्षात्कार गरेका छौ, बच्चाले कसरी जन्म लिन्छ, नर्स खडा रहन्छिन्, झट्ट उठायो सम्हाल गर्यो। बाल्यकाल, युवा, वृद्ध अलग-अलग पार्ट हुन्छ, जो भयो त्यो ड्रामा। त्यसमा केही संकल्प चल्दैन। यो त ड्रामा बनेको छ नि। हाम्रो पार्ट चलिरहेको छ ड्रामाको प्लान अनुसार। मायाको पनि प्रवेशता हुन्छ र बाबाको पनि प्रवेशता हुन्छ। कोही बाबाको मतमा चल्छन्, कोही रावणको मतमा। रावण के चीज हो? कहिल्यै देखेका छौ र? केवल चित्र देख्छौ। शिवबाबाको त यस्तो रूप छ। रावणको कस्तो रूप छ! ५ विकाररूपी भूत जब आएर प्रवेश गर्छ तब रावण भनिन्छ। यो हो भूतहरूको दुनियाँ, असुरहरूको दुनियाँ। तिमीलाई थाहा छ हाम्रो आत्मा अब सुध्रिंदै गइरहेको छ। यहाँ त शरीर पनि आसुरी छ। आत्मा सुध्रिंदै-सुध्रिंदै पावन भएर जान्छ। फेरि यो शरीर उतारिदिनेछ। फेरि तिमीलाई सतोप्रधान शरीर मिल्छ। कञ्चन काया मिल्छ। सो तब जब आत्मा पनि कञ्चन हुन्छ। सुन कञ्चन भयो भने गहना पनि कञ्चन बन्छन्। सुनमा मिसावट पनि गर्छन्। अब तिमी बच्चाहरूको बुद्धिमा आदि-मध्य-अन्त्यको ज्ञानले चक्कर लगाइरहन्छ। मनुष्यले केही पनि जान्दैनन्। भन्छन् ऋषि-मुनि सबैले नेति-नेति भन्दै गए। म भन्छु, यी लक्ष्मी-नारायणलाई सोध्यौ भने यिनले पनि नेति-नेति भन्नेछन्। तर यिनीहरूसँग सोध्ने कुरा भएन। कसले सोध्ने? सोधिन्छ गुरुहरूसँग। तिमीले उनीहरूसँग यो प्रश्न सोध्न सक्छौ। तिमी सम्झाउनको लागि, कति टाउको दुखाउँछौ। गला खराब हुन्छ। बाबाले त बच्चाहरूलाई नै सुनाउनुहुन्छ नि, जसले बुझेका छन्। बाँकी अरूसँग व्यर्थमा टाउको कहाँ दुखाउनु हुन्छ र? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति मात-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सेवाको ड्युटी पूरा गरेपछि आफ्नो मस्तीमा रहनु छ। व्यर्थ कुरा सुन्नु वा सुनाउनु छैन। एक बाबाको महावाक्य नै स्मृतिमा राख्नु छ। त्यसलाई भुल्नु हुँदैन।

२) सदा खुशीमा रहनको लागि रचयिता र रचनाको ज्ञान बुद्धिमा घुमिरहोस् अर्थात् त्यसको नै स्मरण भइरहोस्। कुनै पनि कुरामा संकल्प नचलोस्, यसको लागि ड्रामालाई राम्रोसँग बुझेर पार्ट खेल्नु छ।


वरदान:
दाताको देनलाई स्मृतिमा राखेर सर्व लगावहरूबाट मुक्त रहने आकर्षण मुक्त भव

कतिपय बच्चाहरूले भन्छन् ऊसँग मेरो कुनै लगाव छैन, तर उसको यो गुण धेरै राम्रो छ या यसमा सेवाको विशेषता धेरै छन्। तर कुनै व्यक्ति या वैभवतिर पटक-पटक संकल्प जानु पनि आकर्षण हो। कसैको विशेषतालाई देख्दा, गुणहरूलाई वा सेवालाई देख्दा दातालाई नबिर्स। यो दाताको देन हो यस स्मृतिले लगाव मुक्त, आकर्षण मुक्त बनाइदिन्छ। कसैमा पनि प्रभावित हुँदैन।

स्लोगन:
यस्तो रूहानी समाजसेवी बन, भड्किइरहेका आत्मालाई ठेगाना देऊ, भगवानसँग मिलाइदेऊ।