03.04.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी बाबाको यादमा एक्युरेट रह्यौ भने तिम्रो चेहरा सदा चम्किलो र हर्षितमुख रहन्छ।

प्रश्न:
यादमा बस्ने विधि के हो? यसबाट के-के लाभ हुन्छ?

उत्तर:
जब यादमा बस्छौ, बुद्धिबाट सबै कामधन्दा आदिको पञ्चायतलाई भुलेर आफूलाई देही (आत्मा) सम्झ। देह र देहको सम्बन्धको जाललाई समाप्त गरेर देह अभिमानबाट पर होऊ अर्थात् आफू मरेपछि दुनियाँ मर्यो। जीवन छँदै सबै कुरा भुलेर एक बाबाको याद रहोस्, यो हो अशरीरी अवस्था। यसबाट आत्माको मैला निस्किदै जान्छ।

गीत:
रात के राही...

ओम् शान्ति ।
प्यारा बच्चाहरू यादको यात्रामा बसेको छौ, जसलाई भनिन्छ नेष्ठामा अथवा शान्तिमा बसेका छौ। केवल शान्तिमा बसेका छैनौ, केही गरिरहेका छौ। स्वधर्ममा टिकेका छौ। तर यात्रामा पनि छौ। यो यात्रा सिकाउने बाबाले साथमा लिएर पनि जानुहुन्छ। उनीहरू हुन् जिस्मानी ब्राह्मण, जसले साथमा लिएर जान्छन्। तिमीहरू हौ रूहानी ब्राह्मण, ब्राह्मणको वर्ण अथवा कुल भनिन्छ। अहिले बच्चाहरू यादको यात्रामा बसेका छौ र सत्सङ्गमा बस्ने हो भने गुरुको याद आउँथ्यो। गुरु आएर प्रवचन सुनाउँछन्। त्यो हो सारा भक्तिमार्ग। यो यादको यात्रा हो, जसबाट विकर्म विनाश हुन्छ। तिमी यादमा बस्छौ, जंक अर्थात् कट निकाल्नको लागि। बाबाको निर्देशन छ यादद्वारा कट निस्कन्छ किनकि पतित-पावन म नै हुँ। म कसैको यादको कारणले आउँदिनँ। मेरो आगमन पनि ड्रामामा निश्चित छ, जब पतित दुनियाँ परिवर्तन भएर पावन दुनियाँ हुनु छ। आदि सनातन देवी-देवता धर्म जुन प्राय: लोप हुन्छ, त्यसको स्थापना फेरि ब्रह्माद्वारा गर्नुहुन्छ। जुन ब्रह्माको लागि नै सम्झाइएको छ ब्रह्मा नै विष्णु सेकेन्डमा बन्छन्। फेरि विष्णुबाट ब्रह्मा बन्नमा ५ हजार वर्ष लाग्छ। यो पनि बुद्धिले बुझ्नुपर्ने कुरा हो। तिमी जो शूद्र थियौ, अहिले ब्राह्मण वर्णमा आएका छौ। तिमी ब्राह्मण बनेपछि शिवबाबाले ब्रह्माद्वारा तिमीलाई यो यादको यात्रा सिकाउनु हुन्छ, खाद निकाल्नको लागि। यो रचनाको चक्र कसरी फिर्छ, त्यो त बुझेका छौ। यसमा कुनै समय लाग्दैन। अहिले हो पनि वास्तवमा कलियुग। उनीहरूले केवल भन्छन् कलियुगको अहिले आदि हो। तर बाबा बताउनु हुन्छ कलियुगको अन्त्य हो। घोर अन्धकार छ। बाबा भन्नुहुन्छ तिमीलाई यी सबै वेद शास्त्रहरूको सार सम्झाउँछु।

तिमी बच्चाहरू बिहान जब यहाँ बस्छौ तब यादमा बस्नुपर्छ। नत्र मायाको तुफान आउँछ। धन्दातर्फ बुद्धियोग जान्छ। यी सबै बाहिरका पञ्चायत हुन् नि। जसरी माकुराले कति जालो निकाल्छ। सारा निल्छ पनि। देहको कति प्रपञ्च छ। काका, मामा, गुरु, गोसाईं.... कति जाला देखिन्छन्। ती सबैलाई हप गर्नु छ देह सहित। मात्र देही बन्नु छ। मनुष्यले जब शरीर छोड्छ तब सबै कुरा भुलेर जान्छ। आफू मरेपछि दुनियाँ नै मर्यो। यो त बुद्धिमा ज्ञान छ यो दुनियाँ खतम हुनु छ। बाबा सम्झाउनु हुन्छ जसको मुख खुल्दैन उसले केवल याद गर। जसरी यी बाबाले पनि याद गर्छन्। कन्याले पतिलाई याद गर्छिन् किनकि भनिन्छ पति, परमेश्वर हुन्छन् त्यसैले बाबाबाट बुद्धि निस्किएर पतिमा जान्छ। उहाँ त पतिहरूका पति हुनुहुन्छ, प्रियतम हुनुहुन्छ नि। तिमीहरू सबै हौ प्रियतमा। भगवानको सबैले भक्ति गर्छन्। सबै भक्तहरू रावणको पहरामा कैद छन्, त्यसैले बाबालाई अवश्य दया लाग्छ नि। बाबा रहमदिल हुनुहुन्छ, उहाँलाई नै रहमदिल भनिन्छ। यस समयमा गुरु त धेरै प्रकारका छन्। जसले केही शिक्षा दिन्छन्, उनलाई गुरु भनिदिन्छन्। यहाँ त बाबाले प्राक्टिकलमा राजयोग सिकाउनु हुन्छ। परमात्मा सिवाय यो राजयोग सिकाउन कसैलाई आउँदैन। परमात्माले नै आएर राजयोग सिकाउनु भएको थियो। फेरि त्यसबाट के भयो? यो कसैलाई थाहा छैन। गीताको प्रमाण त धेरैले दिन्छन्, साना कुमारीहरूले पनि गीता कण्ठ गर्छन्, तब केही न केही महिमा हुन्छ। गीता कहीँ गुम भएको छैन। गीताको धेरै महिमा छ। गीता ज्ञानद्वारा नै बाबाले सारा दुनियाँलाई नयाँ बनाउनु हुन्छ। तिम्रो काया कल्पतरु, कल्प वृक्ष समान अथवा अमर बनाइदिनुहुन्छ।

तिमी बच्चाहरू बाबाको यादमा रहन्छौ, बाबालाई आह्वान गर्दैनौ। तिमीले बाबाको यादमा रहेर आफ्नो उन्नति गरिरहेका छौ। बाबाको निर्देशनमा चल्ने पनि सोख हुनुपर्छ। हामीले शिवबाबालाई याद गरेर नै भोजन खान्छौं। मतलब शिवबाबाको साथमा खान्छौं। अफिसमा पनि केही न केही समय मिल्छ। बाबालाई लेख्दा, कुर्सीमा बस्दा पनि यादमा बस्छन्। अफिसर आएर हेर्छन्, उनीहरू बस्दा बस्दै गुम हुन्छन् अर्थात् अशरीरी हुन्छन्। कसैको आँखा बन्द हुन्छ, कसैको खुलै रहन्छ। कोही यसरी बसेको हुन्छ, केही पनि देखेको नै हुँदैन। गुम भएजस्तै। यस्ता-यस्ता हुन्छन्। बाबाले डोरी खिच्नुभयो अनि मौजमा बसेका छौ। उनीसँग तपाईंलाई के भयो भनेर सोधेमा भन्छन् म त बाबाको यादमा बसेको थिएँ। बुद्धिमा हुन्छ मलाई बाबाको पासमा जानु छ। बाबा भन्नुहुन्छ आत्म-अभिमानी बनेपछि तिमी मेरो पासमा आउँछौ। त्यहाँ पवित्र नभइकन कहाँ जान सकिन्छ? अब पवित्र बन्ने कसरी? त्यो बाबाले नै बताउन सक्नुहुन्छ। मनुष्यले बताउन सक्दैन। तिमीले केही न केही बुझेका छौ भने अरूको पनि कल्याण गर्न सक्छौ। तिमीले कसैको पनि कल्याण गर्ने, बाबाको परिचय दिने पुरुषार्थ अवश्य गर्नु छ। भक्तिमार्गमा पनि हे परमपिता परमात्मा भनेर याद गर्छन्। परमपिता दया गर्नुहोस्। पुकार्ने एउटा स्वभाव बनेको छ। बाबाले तिमी बच्चाहरूलाई आफू समान कल्याणकारी बनाउनु हुन्छ। मायाले सबैलाई कति बेसमझ बनाइदिएको छ। लौकिक बाबाले पनि बच्चाहरूको चालचलन ठीक देखेनन् भने भन्छन् तिमी त बेसमझ छौ। एक वर्षमा पिताको सारा सम्पत्ति उडाइदिन्छन्। बेहदको बाबा पनि भन्नुहुन्छ तिमीलाई के बनाएको थिएँ, अहिले आफ्नो चालचलन त हेर। अब तिमी बच्चाहरूलाई थाहा छ कस्तो अनौठो खेल छ। भारतको कति पतन हुँदै गएको छ। भारतको पतन। उनीहरूले आफूलाई यस्तो मान्दैनन् हामी गिरेका छौं, हामी कलियुगी तमोप्रधान बनेका छौं। भारत स्वर्ग थियो अर्थात् मनुष्य स्वर्गवासी थिए, ती मनुष्यहरू नै अहिले नर्कवासी छन्। यो ज्ञान कसैमा छैन। यी बाबाले पनि जान्दैनथे। अहिले बुद्धिमा चमत्कार आएको छ। ८४ जन्म लिँदा लिँदै सिढी त अवश्य झर्नु नै पर्छ, माथि चढ्ने ठाउँ नै छैन। झर्दै झर्दै पतित बन्नु छ। यी कुरा कसैको बुद्धिमा छैन। बाबाले तिमी बच्चाहरूलाई सम्झाउनु भएको छ, तिमीले फेरि अरूलाई सम्झाउँछौ तपाईंहरू स्वर्गवासी हुनुहुन्थ्यो, अहिले नर्कवासी बन्नुभएको छ। ८४ जन्म पनि लिएका छौ। पुनर्जन्म त मान्छन् नि। त्यसैले अवश्य तल झर्नु छ। कति पुनर्जन्म लिएका छन्, त्यो पनि बाबाले सम्झाउनु भएको छ। यस समयमा तिमीले महसुस गर्छौ, हामी पावन देवी-देवता थियौं फेरि रावणले पतित बनायो। बाबाले आएर पढाउनु पर्छ, शूद्रबाट देवता बनाउनको लागि। बाबालाई लिबरेटर, गाइड भन्छन् तर अर्थ जानेका छैनन्। अहिले त्यो समय छिटै आउँछ जुन सबैलाई थाहा हुन्छ हेर केबाट के बनेका छन्! ड्रामा कस्तो बनेको छ, कसैलाई सपनामा पनि थिएन हामी लक्ष्मी-नारायण जस्तै बन्न सक्छौं। बाबा कति स्मृतिमा लिएर आउनु हुन्छ। अब बाबाबाट वर्सा लिने हो भने श्रीमतमा चल्नु पर्छ। यादको यात्राको प्राक्टिस गर्नुपर्छ। तिमीलाई थाहा छ पादरीहरू पैदल जाँदा कति साइलेन्समा हिँड्छन्। उनीहरू क्राइस्टको यादमा रहन्छन्। उनीहरूको क्राइस्टसँग प्रेम छ। तिमी रूहानी पण्डाहरूको प्रीत बुद्धि छ परमप्रिय परमपिता परमात्मासँग। बच्चाहरूले जानेका छन् नम्बरवार पुरुषार्थ अनुसार कल्प पहिला जस्तै राजधानी अवश्य स्थापना हुन्छ, जति पुरुषार्थ गरेर श्रीमतमा चल्छौ। बाबाले त धेरै राम्रो राम्रो मत दिनुहुन्छ। फेरि पनि ग्रहदशा यस्तो बस्छ जसकारण श्रीमतमा चल्दै चल्दैनन्। तिमीलाई थाहा छ श्रीमतमा चल्दा नै विजय हुन्छ। निश्चयमा नै विजय छ। बाबा भन्नुहुन्छ तिमी मेरो मतमा चल। किन सम्झन्छौ, यी ब्रह्माले मत दिन्छन्? सदैव सम्झ शिवबाबाले राय दिनुहुन्छ। उनले त सेवाको मात्र मत दिन्छन्। कसैले भन्छन् बाबा यो व्यापार धन्दा गरुँ? बाबाले कुनै यस्ता कुराको लागि मत दिनुहुन्न। बाबा भन्नुहुन्छ म आएको छु पतितबाट पावन बनाउने युक्ति बताउन, नकि यी कुराको लागि। मलाई बोलाउँछौ पनि हे पतित-पावन आएर हामीलाई पावन बनाउनुहोस् त्यसैले म त्यो बताउँछु, धेरै सहज। तिम्रो नाम छ नै गुप्त सेना। उनीहरूले फेरि हतियार बाण आदि देखाउँछन्। तर यसमा बाण आदिको कुनै कुरा छैन। यो सबै हो भक्तिमार्ग।

बाबा आएर सच्चा मार्ग बताउनु हुन्छ जसबाट आधाकल्प तिमी सचखण्डमा जान्छौ। त्यहाँ अरू कुनै खण्ड हुँदैन। कसैलाई सम्झायौ भने पनि मान्दैनन् यो कसरी हुन सक्छ केवल भारतवर्ष नै थियो? क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग थियो नि, तब अरू कुनै धर्म थिएन। फेरि वृक्ष वृद्धि भइरहन्छ। तिमीले केवल आफ्नो बाबालाई, आफ्नो धर्म-कर्मलाई भुलेका छौ। आफूलाई देवी-देवता धर्मको सम्झने हो भने नराम्रो चीज आदि केही पनि खाने छैनौ। तर खान्छन् किनकि ती गुण छैनन् त्यसैले आफूलाई हिन्दु भनिदिन्छन्। नत्र लज्जा आउनु पर्ने हो, हाम्रा पूर्वज यस्ता पवित्र र हामी यस्ता पतित बनेका छौं। तर आफ्नो धर्मलाई भुलेका छन्। अहिले तिमीले ड्रामाको आदि-मध्य-अन्त्यलाई राम्रोसँग बुझेका छौ। कुनै पनि यस्तो कुरा भयो भने भन्न सक्छौ यो कुरा अहिले बाबाले बताउनु भएको छैन। नत्र व्यर्थै अलमलिन्छौ। भन, हामीले पढिरहेका छौं। सबै कुरा अहिले नै जान्ने हो भने त विनाश भइहाल्थ्यो। तर होइन। अहिले मार्जिन छ। हामीले पढिरहेका छौं। अन्त्यमा सम्पूर्ण पवित्र हुन्छौं। नम्बरवार पुरुषार्थ अनुसार कट निस्कदै गएपछि सतोप्रधान बन्छौ। फेरि यस पतित दुनियाँको विनाश हुन्छ। आजकल भन्छन् पनि परमात्मा कहीं अवश्य आउनु भएको छ। तर गुप्त हुनुहुन्छ। समय त वास्तवमा विनाशको हो नि। बाबा नै लिबरेटर, गाइड हुनुहुन्छ जसले फर्काएर लैजानुहुन्छ, लामखुट्टे समान मर्नेछन्। यो पनि जान्नुहुन्छ, सबै एकरस यादमा बस्दैनन्। कसैको एक्युरेट योग रहन्छ, कसैको आधा घण्टा, कसैको १५ मिनेट। कोही त एक-एक मिनेट पनि यादमा रहँदैनन्। कसैले भन्छन् म सारा समय बाबाको यादमा रहन्छु, त्यसो भए उसको चेहरा हँसिलो चम्किरहेको हुनुपर्छ। अतीन्द्रिय सुख यस्ता बच्चाहरूलाई हुन्छ। कहीं पनि बुद्धि भट्किदैन। उनीहरूले सुख महसुस गरिरहन्छन्। बुद्धिले पनि भन्छ एक प्रियतमको यादमा बसिरहने हो भने कति कट उत्रने थियो। फेरि बानी पर्छ। यादको यात्राद्वारा तिमी सदा स्वस्थ, सदा सम्पन्न बन्छौ। चक्र पनि याद आउँछ। केवल यादमा रहने मेहनत छ। बुद्धिमा चक्र पनि घुमिरहन्छ।

अहिले तिमी मास्टर बीजरूप बन्छौ। यादको साथै स्वदर्शन चक्रलाई पनि घुमाउनु छ। तिमी बच्चाहरू लाइट हाउस हौ। आध्यात्मिक लाइट हाउस, सबैलाई घरको मार्ग बताउँछौ। त्यो पनि सम्झाउनु पर्यो नि। तिमीले मुक्ति-जीवनमुक्तिको मार्ग बताउँछौ त्यसैले तिमी हौ आध्यात्मिक लाइट हाउस। तिम्रो स्वदर्शन चक्र घुमिरहन्छ। बाबा सम्झाइरहनु हुन्छ, तिमी सम्मुख बसेका छौ। जो पियाको साथ छन्, उनीहरूको लागि सम्मुखमा वर्सात छ। सबैभन्दा बढी आनन्द सम्मुखको हुन्छ। फेरि सेकेन्ड नम्बर हो टेप। थर्ड नम्बर मुरली। शिवबाबाले ब्रह्माद्वारा सबै कुरा सम्झाउनु हुन्छ। यिनले पनि जान्न त जानेका छन् नि। फेरि पनि तिमीले यही सम्झ शिवबाबा भन्नुहुन्छ, यो नसम्झिएको कारणले धेरै अवज्ञा गर्छन्। शिवबाबा जे भन्नुहुन्छ, त्यो कल्याणकारी नै हुन्छ। अकल्याण नै भए पनि, त्यो कल्याणको रूपमा परिवर्तन हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाबाको हर निर्देशनमा चलेर आफ्नो उन्नति गर्नु छ। एक बाबासँग सच्चा-सच्चा प्रीत राख्नु छ। यादमा नै भोजन बनाउनु र खानु छ।

२) आध्यात्मिक प्रकाश स्तम्भ बनेर सबैलाई मुक्ति-जीवनमुक्तिको मार्ग बताउनु छ। बाबा समान कल्याणकारी अवश्य बन्नु छ।

वरदान:
एक बाबामा सारा संसारको अनुभव गर्ने बेहदको वैरागी भव

बेहदको वैरागी उही बन्न सक्छ, जसले बाबालाई नै आफ्नो संसार सम्झन्छ। जसको बाबा नै संसार छ, ऊ आफ्नै संसारमा रहन्छ। दोस्रोमा जाँदै जाँदैन त्यसैले स्वत: किनारा हुन्छ। संसारमा व्यक्ति र वैभव सबै आउँछ। बाबाको सम्पत्ति नै आफ्नो सम्पत्ति यसै स्मृतिमा रहनाले बेहदको वैरागी हुन्छौ। कसैलाई देखेर पनि देख्दैनौ। देखिँदै देखिन्न।

स्लोगन:
शक्तिशाली स्थितिको अनुभव गर्नको लागि एकान्त र रमणिकताको सन्तुलन राख।