03.05.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
बाबा समान मीठो बन्नु छ , कसैलाई दु:ख दिनु छैन , कहिल्यै क्रोध गर्नु हुँदैन।”
प्रश्न:–
कर्मको गहन
गतिलाई जानेपछि तिमी बच्चाहरूले कुनचाहिँ पाप कर्म गर्न सक्दैनौ?
उत्तर:–
आजको दिनसम्म दानलाई पुण्य कर्म सम्झन्थ्यौ, तर अब सम्झन्छौ– दान गर्दा पनि कैयौं
पटक पाप हुन्छ किनकि यदि कुनै यस्तोलाई पैसा दियौ, जसबाट उसले पाप गर्यो भने त्यसको
असर तिम्रो अवस्थामा पनि अवश्य पर्छ। त्यसैले दान पनि बुझेर गर्नुपर्छ।
गीत:–
इस पाप की
दुनियाँ से.....
ओम् शान्ति ।
अहिले तिमी
बच्चाहरू सामुन्ने बसेका छौ। बाबा भन्नुहुन्छ– हे जीव आत्माहरू! सुनिरहेका छौ?
आत्माहरूसँग कुरा गर्नुहुन्छ। आत्माहरूलाई थाहा छ – हाम्रो बेहदका बाबाले हामीलाई
लिएर जानुहुन्छ, जहाँ दु:खको नाम हुँदैन। गीतमा पनि भन्छन्– यस पापको दुनियाँबाट
पावन दुनियाँमा लैजानुहोस्। पतित दुनियाँ केलाई भनिन्छ, यो दुनियाँलाई थाहा छैन।
हेर, आजकाल मनुष्यहरूमा काम, क्रोध कति तीक्ष्ण छ। क्रोधको वशीभूत भएर भन्छन्– मैले
यसको देशलाई नाश गरिदिन्छु। भन्दछन् पनि– हे भगवान! हामीलाई घोर अन्धकार देखि
सम्पूर्ण उज्यालोमा लैजानुहोस् किनकि यो पुरानो दुनियाँ हो। कलियुगलाई पुरानो युग,
सत्ययुगलाई नयाँ युग भनिन्छ। बाबाले सिवाय नयाँ युग कसैले बनाउन सक्दैन। हाम्रो मीठो
बाबाले हामीलाई अब दु:खधामबाट सुखधाममा लैजानुहुन्छ। बाबा हजुर सिवाए हामीलाई कसैले
पनि स्वर्गमा लिएर जान सक्दैन। बाबाले कति राम्ररी सम्झाउनु हुन्छ। फेरि पनि कसैको
बुद्धिमा बस्दैन। यस समयमा बाबाको श्रेष्ठ मत मिल्छ। श्रेष्ठ मतद्वारा हामी श्रेष्ठ
बन्छौं। यहाँ श्रेष्ठ बन्छौं, त्यसपछि श्रेष्ठ दुनियाँमा उच्च पद पाउँछौं। यो त हो
भ्रष्टाचारी रावणको दुनियाँ। आफ्नो मतमा चल्नेलाई मनमत भनिन्छ। बाबा भन्नुहुन्छ–
श्रीमतमा चल। तिमीलाई फेरि घरी-घरी आसुरी मतले नर्कमा धकेल्छ। क्रोध गर्नु आसुरी मत
हो। बाबा भन्नुहुन्छ– एक आपसमा क्रोध नगर। प्रेमले चल। हर एकले आफ्नो लागि आफैँले
राय लिनु छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पाप किन गर्छौ, पुण्यकर्म गर। आफ्नो
खर्च घटाइदेऊ। तीर्थमा धक्का खानु, संन्यासीहरूको पासमा धक्का खानु– यी सबै
कर्मकाण्डमा कति खर्च गर्छन्। त्यो सबै छुटाइदिन्छु। विवाहमा मनुष्यले कति उत्सव
गर्छन्, ऋण लिएर पनि विवाह गराउँछन्। एक त ऋण लिन्छन्, दोस्रो कुरा पतित पनि बन्छन्।
यदि पतित बन्न चाहन्छन् भने गएर बनून्। जो श्रीमतमा चलेर पवित्र बन्छन्, उनलाई किन
रोक्नुपर्छ। मित्र सम्बन्धी आदि झगडा गर्छन् भने सहन गर्नु नै पर्छ। मीराले पनि
सबैथोक सहन गरिन् नि। बेहदका बाबा आउनु भएको छ, राजयोग सिकाएर भगवान भगवती पद
प्राप्त गराउनु हुन्छ। लक्ष्मीलाई भगवती, नारायणलाई भगवान भनिन्छ। कलियुग अन्त्यमा
त सबै पतित छन्, फेरि उनलाई कसले चेन्ज गर्यो। अब तिमी बच्चाहरूलाई थाहा छ– बाबाले
कसरी आएर स्वर्ग अथवा राम राज्यको स्थापना गराउनुहुन्छ। हामी सूर्यवंशी अथवा
चन्द्रवंशी पद पाउनको लागि यहाँ आएका हौं। जो सूर्यवंशी सपूत बच्चाहरू छन्, उनले त
राम्रोसँग पढाइ पढ्छन्।
बाबाले सबैलाई
सम्झाउनु हुन्छ– पुरुषार्थ गरेर तिमीले मम्मा बाबालाई अनुसरण गर। यस्तो पुरुषार्थ
गर, जसबाट यिनको वारिस बनेर देखाऊ। मम्मा बाबा भन्छौ भने भविष्यमा तख्तनशीन भएर
देखाऊ। बाबा त भन्नुहुन्छ– यति पढ, जसबाट म भन्दा पनि उच्च बन। यस्ता धेरै बच्चाहरू
हुन्छन्, जो पिता भन्दा महान् बन्छन्। बेहदका बाबा भन्नुहुन्छ– मैले तिमीलाई विश्वको
मालिक बनाउँछु। म कहाँ बन्छु र। कति मीठो बाबा हुनुहुन्छ। उहाँको श्रीमत प्रसिद्ध
छ। तिमी श्रेष्ठ देवी-देवता थियौ, फेरि ८४ जन्म लिँदा-लिँदा अहिले पतित बनेका छौ।
हार र जीतको खेल हो। मायासँग हारे हार, मायासँग जीते जीत। मन शब्द भन्नु गलत हो। मन,
अमन कहाँ हुन सक्छ र। मनले त संकल्प गर्छ। हामी चाहे संकल्प रहित भएर बसौं, तर कहिले
सम्म? कर्म त गर्नु छ नि। उनीहरूले सम्झन्छन्– गृहस्थ धर्ममा रहनु, यो कर्म गर्नु
होइन। यी हठयोग संन्यासीहरूको पनि पार्ट छ। उनीहरूको एक मात्र यो निवृत्ति मार्गको
धर्म हो, अरू कुनै धर्ममा घर र राजधानी छोडेर जंगलमा जाँदैनन्। यदि कसैले छोड्यो भने
पनि संन्यासीहरूलाई देखेर। बाबाले कुनै घर देखि वैराग्य दिलाउनु हुन्न। बाबा
भन्नुहुन्छ– ठीकै छ, घरैमा बस तर पवित्र बन। पुरानो दुनियाँलाई भुल्दै जाऊ। तिम्रो
लागि नयाँ दुनियाँ बनाइरहेको छु। शंकराचार्यले संन्यासीहरूलाई यस्तो भन्दैनन्–
तिम्रो लागि नयाँ दुनियाँ बनाउँछु, उनको हो हदको संन्यास, जसबाट अल्पकालको सुख
मिल्छ। अपवित्र मानिसहरू गएर उनीहरूलाई ढोग्छन्। पवित्रताको हेर कति मान छ। अहिले त
हेर कति ठूला-ठूला फ्ल्याट आदि बनाउँछन्। मनुष्यले दान गर्छन्, अब यसमा पुण्य त केही
भएन। मनुष्यले सम्झन्छन्– हामीले जे जति ईश्वर अर्थ गर्छौं, त्यो पुण्य हुन्छ। बाबा
भन्नुहुन्छ– मेरो अर्थ तिमीले कुन कुन कार्यमा लगाउँछौ! दान उनलाई दिनुपर्छ, जसले
पाप गर्दैन। यदि पाप गर्यो भने तिमी माथि त्यसको असर पर्छ किनकि तिमीले पैसा दियौ।
पतितहरूलाई दिँदा-दिँदा तिमी कंगाल भयौ। पैसा नै सबै बर्बाद भयो। मुश्किलले
अल्पकालको सुख मिल्छ, यो पनि ड्रामा। अहिले तिमी बाबाको श्रीमतमा पावन बनिरहेका छौ,
पैसा पनि त्यहाँ तिमीसँग धेरै हुन्छ। त्यहाँ कुनै पतित हुँदैन। यो धेरै बुझ्नु पर्ने
कुरा हो। तिमी हौ ईश्वरीय सन्तान। तिमीहरूमा धेरै रोयल्टी हुनुपर्छ। भन्छन् – गुरु
का निंदक ठौर न पायें। त्यहाँ बाबा टिचर गुरु अलग हुन्छन्। यहाँ त बाबा टिचर सतगुरु
एउटै हुनुहुन्छ। यदि तिमीले कुनै उल्टो चलन चल्यौ भने तीनैको निंदक बन्छौ। सत बाप,
सत टिचर, सतगुरुको मतमा चल्नाले नै तिमी श्रेष्ठ बन्छौ। शरीर त छोड्नु नै छ, त्यसैले
किन यसलाई ईश्वरीय, अलौकिक सेवामा लगाएर बाबाबाट वर्सा नलिने? बाबा भन्नुहुन्छ– मैले
यसलाई लिएर के गरूँ। मैले तिमीलाई स्वर्गको बादशाही दिन्छु। त्यहाँ पनि म महलमा
रहन्नँ, यहाँ पनि म महलमा रहन्नँ। गाउँछन्– बम बम महादेव... भर दे मेरी झोली। तर
कहिले र कसरी त्यो झोली भर्नु हुन्छ, यो कसैले पनि जान्दैन। झोली भर्नु भएको थियो,
त्यतिबेला अवश्य चैतन्यमा थिए। २१ जन्मको लागि तिमी धेरै सुखी, धनवान बन्छौ। यस्तो
बाबाको मतमा कदम-कदममा चल्नुपर्छ। उच्च लक्ष्य छ। यदि कसैले भन्छ– म चल्न सक्दिनँ,
बाबा भन्नुहुन्छ– तिमीले फेरि बाबा किन भन्छौ! श्रीमतमा चल्दैनौ भने धेरै डन्डा
खान्छौ। पद पनि भ्रष्ट हुन्छ। गीतमा पनि सुन्यौ, भन्छन्– मलाई यस्तो दुनियाँमा
लैजानुहोस्, जहाँ सुख र शान्ति छ। त्यो त बाबाले दिन सक्नुहुन्छ। बाबाको मतमा चलेनौ
भने आफूलाई नै घाटा पार्छौ। यहाँ कुनै खर्च आदिको कुरा छैन। यस्तो कहाँ भनिन्छ र–
गुरुको अगाडि नरियल मिठाई आदि लिएर आऊ वा स्कुलको फी बुझाऊ। केही पनि पर्दैन। पैसा
छ भने आफैँसँग राख। तिमीले केवल यो ज्ञान पढ। भविष्य सुधार गर्दा कुनै नोक्सान त
हुँदैन। यहाँ ढोग्न सिकाइँदैन। आधाकल्प त तिमीले पैसा चढाउँदै, शिर
झुकाउँदा-झुकाउँदै कंगाल बनेका छौ। अब बाबाले फेरि तिमीलाई लिएर जानुहुन्छ
शान्तिधाम। त्यहाँबाट सुखधाममा पठाइदिन्छु। अब नवयुग, नयाँ दुनियाँ आउँदै छ। नवयुग
सत्ययुगलाई भनिन्छ, फेरि कलाहरू कम हुँदै जान्छन्। अहिले बाबाले तिमीलाई लायक
बनाइरहनु भएको छ। नारदको उदाहरण...। यदि कुनै पनि भूत छ भने तिमीले लक्ष्मीलाई वरण
गर्न सक्दैनौ। हुन त बच्चाहरूले आफ्नो घरबार पनि सम्हाल्नु छ र सेवा पनि गर्नु छ।
पहिला यिनीहरू भागे किनकि यिनीहरूलाई धेरै कष्ट दिए। धेरै अत्याचार भए। कुटाइको पनि
यिनीहरूलाई पर्बाह थिएन। भट्ठीमा कुनै पक्का, कुनै कच्चा निस्के। ड्रामाको भावी
त्यस्तै थियो। जे भयो सो भयो, फेरि पनि हुनेछ। गाली पनि गर्नेछन्। सबैभन्दा धेरै
गाली खानुहुन्छ परमपिता परमात्मा शिवले। भनिदिन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ,
कुकुर, बिरालो, कछुवा, माछा सबैमा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म त परोपकारी हुँ।
तिमीलाई विश्वको मालिक बनाउँछु। श्रीकृष्ण स्वर्गको राजकुमार हुन् नि। उनको लागि
फेरि भन्छन्– सर्पले डस्यो, अनि कालो बने। अब त्यहाँ सर्पले कसरी डस्छ! कृष्णपुरीमा
पनि कंस कहाँबाट आयो? यी सबै हुन् दन्त्य कथाहरू। यो भक्ति मार्गको सामग्री हो,
जसबाट तिमी तल उत्रिदै आयौ। बाबाले त तिमीलाई सुन्दर (फूल) बनाउनु हुन्छ। कुनै-कुनै
त धेरै ठूलो काँडा छन्। ओ गड फादर भन्छन्, तर जानेका केही पनि छैनन्। फादर त
हुनुहुन्छ, तर फादरबाट के वर्सा मिल्छ, केही पनि थाहा छैन। बेहदका बाबा भन्नुहुन्छ–
म तिमीलाई बेहदको वर्सा दिन आएको हुँ। एउटा छन् तिम्रा लौकिक फादर, अर्का छन्
अलौकिक प्रजापिता ब्रह्मा, तेस्रो हुनुहुन्छ पारलौकिक शिव। तिम्रा ३ फादर भए।
तिमीलाई थाहा छ– हामीले ब्रह्माद्वारा वर्सा लिन्छौं, त्यसैले श्रीमतमा चल्नु पर्छ,
अनि श्रेष्ठ बन्छौं। सत्ययुगमा तिमीले प्रारब्ध भोग्छौ। त्यहाँ न प्रजापिता
ब्रह्मालाई, न शिवलाई जान्दछौ। त्यहाँ केवल लौकिक फादरलाई जान्दछौ। सत्ययुगमा एक
बाबा हुन्छन्। भक्तिमा हुन्छन् दुई पिता। लौकिक र पारलौकिक पिता। यस संगममा ३ बाबा
हुनुहुन्छ। यो कुरा अरू कसैले सम्झाउन सक्दैन। त्यसैले निश्चय बस्नुपर्छ। यस्तो
होइन– अहिले भर्खरै निश्चय फेरि उत्तिखेरै संशय। भर्खरै जन्म लियो, फेरि उत्तिखेरै
मर्यो। मर्यो भने वर्सा खतम। यस्तो बाबालाई छोडपत्र दिनु हुँदैन। जति निरन्तर याद
गर्छौ, सेवा गर्छौ, त्यति उच्च पद पाउँछौ। बाबाले यो पनि बताउनु हुन्छ– मेरो मतमा
चल्यौ भने बच्छौ। नत्र खुब सजाय खानु पर्छ। सबै साक्षात्कार गराउनेछु, यो तिमीले
पाप गर्यौ। श्रीमतमा चलेनौ। सूक्ष्म शरीर धारण गराएर सजाय दिइन्छ। गर्भ जेलमा पनि
साक्षात्कार गराराइन्छ। यो पाप कर्म गरेका छौ, अब खाऊ सजाय। वृक्ष वृद्धि हुँदै
जान्छ। जो यस धर्मका थिए अरू-अरू धर्ममा घुसेका छन्, उनीहरू सबै निस्केर आउँछन्।
बाँकी आ-आफ्नो सेक्शनमा जान्छन्। अलग-अलग सेक्शन छन्। वृक्ष हेर कसरी बढ्छ।
साना-साना हाँगाहरू निस्किँदै जान्छन्। तिमीलाई थाहा छ– प्यारा बाबा आउनु भएको छ,
हामीलाई फर्काएर लिएर जान। त्यसैले उहाँलाई मुक्तिदाता भनिन्छ। दु:खहर्ता, सुखकर्ता
हुनुहुन्छ। गाइड बनेर फेरि सुखधाममा लिएर जानुहुन्छ। भन्नुहुन्छ– ५ हजार वर्ष पहिले
तिमीलाई सुखको सम्बन्धमा पठाएको थिएँ। तिमीले ८४ जन्म लियौ। अब बाबाबाट वर्सा लेऊ।
श्रीकृष्णसँग त सबैको प्रीत छ। लक्ष्मी-नारायणसँग त्यति छैन, जति कृष्णसँग छ।
मनुष्यहरूलाई यो थाहा छैन। राधा-कृष्ण नै लक्ष्मी-नारायण बन्छन्। कसैले पनि यस
कुरालाई जान्दैनन्। अब तिमीलाई थाहा छ– राधा-कृष्ण अलग-अलग राजधानीका थिए, फेरि
स्वयंवर पछि लक्ष्मी-नारायण बने। उनीहरूले त कृष्णलाई द्वापरमा लगेका छन्। कृष्णलाई
पतित-पावन कसैले भन्दैन। रेगुलर नपढी उच्च पद कसैले पाउन सक्दैन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो चालचलन धेरै रोयल हुनुपर्छ, धेरै कम र मीठो बोल्नु छ। सजायबाट बच्नको लागि
कदम-कदममा बाबाको श्रीमतमा चल।
२) पढाइ धेरै ध्यान
दिएर राम्रोसँग पढ्नु पर्छ। मम्मा बाबालाई अनुसरण गरेर तख्तनशीन, वारिस बन्नु छ।
क्रोधको वश भएर दु:ख दिनु हुँदैन।
वरदान:–
साधारण कर्म
गर्दा पनि श्रेष्ठ स्मृति वा स्थितिको झलक देखाउने , पुरुषोत्तम सेवाधारी भव
जसरी असली हीराले
जतिसुकै धुलोमा छिपेको भए पनि आफ्नो चमक अवश्य देखाउँछ, त्यसैगरी तिम्रो जीवन
हीरातुल्य छ। त्यसैले जस्तोसुकै वातावरणमा, जस्तोसुकै संगठनमा पनि तिम्रो चमक
अर्थात् त्यो झलक र फलक (चमक र नशा) सबैलाई देखियोस्। काम साधारण भए पनि स्मृति र
स्थिति यस्तो श्रेष्ठ होस्, जो देख्दैमा महसुस गरून्– यो कुनै साधारण व्यक्ति होइन,
यो सेवाधारी भएर पनि पुरुषोत्तम हो।
स्लोगन:–
सच्चा राजऋषि
उही हो, जसको संकल्प मात्रमा पनि कसैसँग लगाव हुँदैन।