03.06.22          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यो खेल हो कब्रिस्तान र परिस्तानको , यस समयमा विश्व कब्रिस्तान छ फेरि परिस्तान बन्नेछ। तिमीले यस कब्रिस्तानसँग दिल लगाउनु हुँदैन।

प्रश्न:
मनुष्यले कुनचाहिँ एक कुरालाई बुझे भने सबै संशय मेटिन्छ?

उत्तर:
बाबा को हुनुहुन्छ, उहाँ कसरी आउनुहुन्छ यो कुरा बुझे भने सबै संशय मेटिन्छ। बाबालाई नचिनेसम्म संशय मेटिन सक्दैन। निश्चयबुद्धि बन्यौ भने विजय मालामा आउँछौ तर एक-एक कुरामा सेकण्डमा पूरा निश्चय हुनुपर्छ।

गीत:
छोड भी दे आकाश सिंहासन...

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। यहाँ हुनुहुन्छ बेहदका रूहानी बाबा। आत्माहरू सबैले रूप त अवश्य फेर्छन्। निराकारबाट साकारमा आउँछन् पार्ट खेल्न, कर्मक्षेत्रमा। बच्चाहरूले भन्छन् बाबा हजुरले पनि हामीले जसरी रूप फेर्नुहोस्। अवश्य साकार रूप धारण गरेर नै त बाबाले ज्ञान दिनुहुन्छ नि। मनुष्यको नै रूप लिनुहुन्छ नि! बच्चाहरूलाई पनि थाहा छ हामी निराकार हौं, फेरि साकार बन्छौं। वास्तवमा हो पनि त्यस्तै। उहाँ हुनुहुन्छ निराकारी दुनियाँमा। यो कुरा बाबा बसेर सुनाउनु हुन्छ। भन्नुहुन्छ तिमीले आफ्नो ८४ जन्मको कथालाई जान्दैनौ। म यिनमा प्रवेश गरेर यिनलाई सम्झाइरहेको छु, यिनले त जानेका थिएनन् नि। कृष्ण त सत्ययुगका राजकुमार हुन्। बाबालाई आउनुपर्छ पतित दुनियाँ, पतित शरीरमा। कृष्ण गोरो थिए, फेरि कालो कसरी भए? यो कसैलाई थाहा छैन। भन्छन् सर्पले डस्यो। वास्तवमा यो हो ५ विकारको कुरा। काम-चितामा बस्नाले कालो बन्छन्। श्याम-सुन्दर कृष्णलाई नै भनिन्छ। मेरो त शरीर नै छैन, जसकारण गोरो वा कालो बनूँ। म त सदा पावन हुँ। म कल्प-कल्प संगममा आउँछु, जब कलियुगको अन्त्य, सत्ययुगको आदि हुन्छ। मलाई नै आएर स्वर्गको स्थापना गर्नु छ। सत्ययुग हो सुखधाम। कलियुग हो दु:खधाम। यस समयमा मनुष्य सबै पतित छन्। सत्ययुगको लक्ष्मी-नारायण, महाराजा-महारानीको सरकारलाई भ्रष्टाचारी त भनिदैन। यहाँ सबै छन् पतित। पहिले स्वर्ग थियो, त्यतिबेला देवी-देवताहरूको राज्य थियो। एउटै धर्म थियो। सम्पूर्ण पावन, श्रेष्ठाचारी थिए। भ्रष्टाचारीले श्रेष्ठाचारीको पूजा गर्छन्। संन्यासी पवित्र बन्छन्, अनि अपवित्रले उनलाई ढोग्छन्। संन्यासीलाई गृहस्थीले केही फलो त गर्दैनन्, केवल भनिदिन्छन् म फलानो संन्यासीको फलोअर्स हुँ, त्यसो त जब फलो गरे पो हो। उनीहरू पनि जब संन्यासी बन्छन् अनि भनिन्छ फलोअर। गृहस्थी फलोअर्स बन्छन् तर उनीहरू पवित्र त बन्दैनन्। न संन्यासीले उनलाई बुझाउँछन्, न स्वयंले बुझेका छन् हामीले फलो त गरेका छैनौं। यहाँ त पूरा फलो गर्नु पर्छ माता-पितालाई। गायन गरिन्छ फलो फादर-मदर, अरूसँग बुद्धियोग तोड्नु छ। सबै देहधारीहरूसँग तोडेर म एक बाबासँग जोड, अनि बाबाको पासमा पुग्नेछौ, फेरि सत्ययुगमा आउँछौ। तिमी अलराउन्डर हौ। ८४ जन्म लिन्छौ। आदिदेखि अन्त्यसम्म, अन्त्यदेखि आदिसम्म। तिमीलाई थाहा छ हाम्रो अलराउन्ड पार्ट चल्छ। अरू धर्म मान्नेहरूको आदिदेखि अन्त्यसम्म पार्ट चल्दैन। आदि सनातन हो नै एक देवी-देवता धर्म। पहिला सुरुमा सूर्यवंशी थिए। अब तिमीलाई थाहा छ हामीले अलराउन्ड ८४ जन्मको चक्कर लगाउँछौं। पछि आउनेहरू त अलराउन्डर हुन सक्दैनन्। यो बुझ्ने कुरा हो नि। बाबा सिवाए अरू कसैले सम्झाउन सक्दैन। पहिला सुरुमा हुन्छ नै दैवी धर्म। आधाकल्प सूर्यवंशी, चन्द्रवंशी राज्य चल्छ। अहिले त यो धेरै सानो युग हो, यसलाई नै संगम भनिन्छ, कुम्भ पनि भनिन्छ। उहाँलाई नै याद गर्छन् हे परमपिता परमात्मा, आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्। बाबासँग मिल्नको लागि कति भट्किइरहन्छन्। यज्ञ-तप, दान-पुण्य आदि गरिरहन्छन्। फाइदा केही पनि छैन। अब तिमी भट्किनबाट छुटेका छौ। त्यो हो भक्ति काण्ड। यो हो ज्ञान काण्ड। भक्ति मार्ग आधाकल्प चल्छ। यो हो ज्ञान मार्ग। यस समयमा तिमीलाई पुरानो दुनियाँबाट वैराग्य दिलाइन्छ। त्यसैले तिम्रो यो हो बेहदको वैराग्य किनकि तिमीलाई थाहा छ यो सारा दुनियाँ कब्रिस्तान हुनु छ। यस समयमा कब्रिस्तान छ फेरि परिस्तान बन्छ। यो खेल हो कब्रिस्तान र परिस्तानको। बाबाले परिस्तान स्थापना गर्नुहुन्छ, जसलाई याद गर्छन्। रावणलाई कसैले याद गर्दैन। मुख्य एक कुरा बुझे भने सबै संशय मेटिन्छ। जबसम्म पहिले बाबालाई चिन्दैनन्, संशय बुद्धि नै रहन्छन्। संशयबुद्धि विनश्यन्ती... वास्तवमा हामी सबै आत्माहरूको उहाँ बाबा हुनुहुन्छ, उहाँले नै बेहदको वर्सा दिनुहुन्छ। निश्चयद्वारा नै विजय मालामा आउन सक्छौ। एक-एक अक्षर सेकेण्डमा निश्चय हुनुपर्छ। बाबाले भन्नुहुन्छ त्यसैले पूरा निश्चय हुनुपर्छ नि। बाबा निराकारलाई भनिन्छ। यसो त गान्धीलाई पनि बापुजी भन्थे। तर यहाँ त विश्वको बापुजी हुनुहुन्छ नि। उहाँ त हुनुहुन्छ नै विश्वको गड फादर। विश्वको गड फादर त धेरै उच्च हुनुभयो नि। उहाँबाट विश्वको बादशाही मिल्छ। ब्रह्माद्वारा स्थापना हुन्छ, विष्णुको राज्यको। तिमीलाई थाहा छ हामी नै विश्वको मालिक थियौं। हामी नै देवी-देवता थियौं फेरि चन्द्रवंशी, वैश्यवंशी, शूद्रवंशी बन्यौं। यी सबै कुरालाई तिमी बच्चाहरूले नै बुझ्दछौ। बाबाले भन्नु पनि हुन्छ यस मेरो ज्ञान यज्ञमा विघ्न धेरै पर्छन्। यो हो रूद्र ज्ञान यज्ञ, यसबाट विनाश ज्वाला प्रज्वलित हुन्छ। यसमा सारा पुरानो दुनियाँ खतम भएर एक देवता धर्मको स्थापना हुन्छ। तिमीलाई सम्झाउनेवाला बाबा हुनुहुन्छ, उहाँले सत्य बोल्नुहुन्छ, नरबाट नारायण बन्ने सत्य कथा सुनाउनुहुन्छ। यो कथा तिमीले अहिले नै सुन्छौ। यो कुनै परम्परा चल्दैन।

अहिले बाबा भन्नुहुन्छ तिमीले ८४ जन्म पूरा गरेका छौ। अब फेरि नयाँ दुनियाँमा तिम्रो राज्य हुन्छ। यो हो राजयोगको ज्ञान। सहज राजयोगको ज्ञान एक परमपिता परमात्मासँग नै छ, जसलाई प्राचीन भारतको राजयोग भनिन्छ। वास्तवमा कलियुगलाई सत्ययुग बनाउनु भएको थियो। विनाश पनि भएको थियो, मूसलको नै कुरा छ। सत्ययुग त्रेतामा त कुनै लडाइँ हुँदैन, पछि सुरु हुन्छ। यी मूसलहरूको हुन्छ लास्ट लडाइँ। पहिले तरबारद्वारा लड्थे, फेरि बन्दुक आदि चलाए। फेरि तोप निकाले, अहिले बम निकालेका छन्, नत्र सारा दुनियाँको विनाश कसरी हुन्छ। फेरि त्यसको साथमा प्राकृतिक प्रकोप पनि हुन्छ। मुसलधारे बर्षात, अनिकाल, यो हो प्राकृतिक प्रकोप। मानौं भुकल्प जान्छ, त्यसलाई भनिन्छ प्राकृतिक प्रकोप। त्यसमा कसले के गर्न सक्छ? कसैले आफ्नो जीवन बीमा गरेको भए तापनि कसले कसलाई दिन्छन्? सबै मर्छन्, कसैलाई केही पनि मिल्दैन। अब तिमीले फेरि बीमा गर्नु छ बाबासँग। बीमा भक्तिमा पनि गर्छन्, तर त्यसको आधाकल्प रिटर्न मिल्छ। यो त तिमीले डाइरेक्ट बीमा गर्छौ। कसैले सबैथोक इनश्योर गर्यो भने उसलाई बादशाही मिल्छ। जसरी बाबाले आफ्नो बताउँछन् सबैथोक दिएँ। बाबाको पासमा फुल इनश्योर गरिदिएँ, त्यसैले फुल बादशाही मिल्छ। बाँकी त यो दुनियाँ नै खतम भएर जान्छ। यो हो मृत्युलोक। कसैको दबिरह्यो धुलोमा, कसैको राजाले खाए... जब कहीँ आगो लाग्यो वा कुनै आपद आयो भने चोरहरूले लुट्छन्। यो समय नै अन्त्यको हो, त्यसैले अब बाबाको याद गर्नु छ। मदत गर्नु छ।

यस समयमा सबै पतित छन्, उनले पावन दुनियाँ स्थापना गर्न सक्दैनन्। यो त बाबाको नै काम हो। बाबालाई नै बोलाउँछन्, निराकारी दुनियाँबाट आउनुहोस्, आएर रूप धारण गर्नुहोस्। बाबा भन्नुहुन्छ म साकारमा आएको छु, रूप धारण गरेको छु। तर सदैव यसमा रहन सक्दिनँ। सवारी कुनै सारा दिन कहाँ हुन्छ र। बयलको सवारी देखाउँछन्। भाग्यशाली रथ मनुष्यको देखाउँछन्। अब यो सही हो या त्यो? गौशाला देखाउँछन् नि। गौमुख पनि देखाएका छन्। बयलमा सवारी, फेरि गौमुखद्वारा ज्ञान दिन्छन्। गौमुखबाट यो ज्ञान अमृत निस्किन्छ। यसमा पनि अर्थ छ नि। गौमुखको मन्दिर पनि छ। धेरै जान्छन् त्यसैले सम्झन्छन् गाईको मुखबाट अमृत टप्किन्छ। गएर त्यो पिउनु छ। ७०० सिँढी छन्। सबैभन्दा ठूलो गौमुख त यी हुन्। अमरनाथमा कति मेहनत गरेर जान्छन्। त्यहाँ केही पनि छैन। सबै ठगी छ, देखाउँछन् शंकरले पार्वतीलाई कथा सुनाए। अब के पार्वतीको दुर्गति भएको थियो, जसकारण उनलाई बसेर कथा सुनाइयो? मनुष्यले मन्दिर आदि बनाउन कति खर्च गर्छन्। बाबा भन्नुहुन्छ खर्च गर्दा-गर्दा तिमीले सबै पैसा गुमायौ। तिमी कति धनवान थियौ, अहिले निर्धन बनेका छौ। फेरि म आएर धनवान बनाउँछु। तिमीलाई थाहा छ बाबासँग हामी वर्सा लिन आएका हौं। बाबाले तिमी बच्चाहरूलाई वर्सा दिइरहनु भएको छ। भारतवर्ष हो परमपिता परमात्माको बर्थ प्लेस। त्यसैले सबैभन्दा ठूलो तीर्थ भयो नि। फेरि सबै पतितहरूलाई पावन पनि बाबाले नै बनाउनुहुन्छ। गीतामा यदि बाबाको नाम भएको भए सबै यहाँ आएर फूल चढाउँथे। बाबा सिवाए सबैलाई सद्गति कसले दिन सक्छ? भारतवर्ष नै सबैभन्दा ठूलो तीर्थ हो, तर कसैलाई थाहा छैन। नत्र जसरी बाबाको महिमा अपरमअपार छ, त्यसैगरी यस भारतको पनि महिमा हुन्थ्यो। नर्क र स्वर्ग भारत बन्छ। अपरमअपार महिमा छ नै स्वर्गको। अपरमअपार निन्दा फेरि नर्कको गर्छन्।

तिमी बच्चाहरू सचखण्डको मालिक बन्छौ। यहाँ आएका छौ बाबासँग बेहदको वर्सा लिन। बाबा भन्नुहुन्छ मनमनाभव, सबैसँगबाट बुद्धियोग हटाएर म एकलाई याद गर। यादद्वारा नै पवित्र बन्छौ। ज्ञानद्वारा वर्सा लिनु छ, जीवनमुक्तिको वर्सा त सबैलाई मिल्छ तर स्वर्गको वर्सा राजयोग सिक्नेले नै पाउँछन्। सद्गति त सबैको हुनु छ नि, सबैलाई फर्काएर लिएर जानुहुन्छ। बाबा भन्नुहुन्छ म कालको पनि काल हुँ। महाकालको पनि मन्दिर छ। बाबाले सम्झाउनु भएको छ, अन्त्यमा प्रत्यक्षता हुन्छ, अनि मान्नेछन् वास्तवमा यिनीहरूलाई बताउने त बेहदका बाबा नै हुनुहुन्छ। कथा सुनाउनेहरूले यदि अहिले नै गीताको भगवान कृष्ण होइनन्, शिव हुनुहुन्छ भन्ने हो भने सबैले भन्छन् यसलाई पनि बी.के.को भूत लागेछ। त्यसैले यिनीहरूको समय अहिले भएको छैन। पछाडि मान्नेछन्। अहिले नै माने भने त उनका सारा ग्राहक नै भाग्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) अरू सबै संगत तोडेर माता-पिताको पूरा-पूरा अनुसरण गर्नु छ। यस पुरानो दुनियाँसँग बेहदको वैराग्य राखेर यसलाई बिर्सिनु छ।

२) यो अन्त्यको समय हो, सबै खतम हुनुभन्दा पहिले आफूसँग जे जति छ, त्यसलाई इनश्योर गरेर भविष्यमा फुल बादशाहीको अधिकार लिनु छ।

वरदान:
ब्राह्मण जीवनमा सदा खुशीको खुराक खाने र खुवाउने श्रेष्ठ भाग्यवान् भव

विश्वको मालिकका हामी बालक सो मालिक हौं यसै ईश्वरीय नशा र खुशीमा रहने गर। वाह मेरो श्रेष्ठ भाग्य अर्थात् नसीब। यसै खुशीको झूलामा सदा झूलिराख। सदा खुशनसीब पनि हौ र सदा खुशीको खुराक खान्छौ र खुवाउँछौ पनि। अरूलाई पनि खुशीको महादान दिएर खुशनसीब बनाउँछौ। तिम्रो जीवन नै खुशी हो। खुशी रहनु नै जिउनु हो। यही ब्राह्मण जीवनको श्रेष्ठ वरदान हो।

स्लोगन:
हर परिस्थितिमा सहनशील बन्यौ भने मौजको अनुभव गरिरहन्छौ।

मातेश्वरीजीका अनमोल महावाक्य:

१) यो हाम्रो ईश्वरीय ज्ञान हाम्रो बुद्धिबाट निस्केको होइन, न कुनै हाम्रो समझ अथवा कल्पना हो अथवा सङ्कल्प हो तर यो ज्ञान सारा सृष्टिको जो रचयिता हुनुहुन्छ, उहाँद्वारा हामीले सुनेको ज्ञान हो। साथसाथै यो ज्ञान जुन सुनेर, अनुभव गरेर र विवेकमा ल्याइएको छ त्यो तिमीहरूलाई सुनाइएको हो। यदि आफ्नो विवेकको कुरा हुन्थ्यो भने केवल आफूसँग मात्र रहन्थ्यो तर यो ज्ञान त परमात्माद्वारा सुनेर विवेकले अनुभवमा धारण गर्छौं। जुन कुरा धारण गर्छौं त्यो अवश्य विवेक र अनुभवमा आइसकेपछि मात्र आफ्नो मानिन्छ। यो कुरा पनि उहाँ बाबाद्वारा हामीले जानिसकेका छौं। त्यसोभए परमात्माको रचना के हो त? परमात्मा को हुनुहुन्छ? तर यो कुनै आफ्नो सङ्कल्पको कुरा होइन, यदि हुन्थ्यो भने हाम्रो मनमा उत्पन्न हुन्थ्यो। यो हाम्रो सङ्कल्प हो त्यसैले जुन हामीलाई स्वयम् परमात्माद्वारा मुख्य धारणा योग्य प्वाइन्ट मिलेको छ त्यो हो मुख्य योग लगाउनु तर योग गर्नुभन्दा पहिला ज्ञान चाहिन्छ। योग गर्नको लागि पहिला ज्ञान चाहिन्छ, यसो किन भनिन्छ? पहिला सोच्नु, बुझ्नु र पछि योग लगाउनु... सदैव यस्तो भनिन्छ पहिला समझ वा ज्ञान हुनुपर्छ नत्र कर्म उल्टो हुन्छ। त्यसैले पहिला ज्ञान हुन आवश्यक छ। ज्ञान एक उच्च स्टेज हो, जसलाई जान्नको लागि बुद्धि चाहिन्छ किनकि उच्च भन्दा उच्च भगवानले हामीलाई पढाउनु हुन्छ।

२) यो ईश्वरीय ज्ञान एकातिर तोड्नु र अर्कातिर जोड्नु हो। एक परमात्मासँग जोड, जुन शुद्ध सम्बन्धले हामी ज्ञानको सिँढीमा माथि चढ्छौं किनकि यस समयमा आत्मा कर्मबन्धनको वश भएको छ। त्यो आत्मा आदिमा कर्मबन्धन रहित थियो, पछि कर्मबन्धनमा आयो र अहिले फेरि त्यस आत्मालाई कर्मबन्धनबाट छुट्नु छ। तर हाम्रो कर्मको कुनै बन्धन पनि हुनु हुँदैन र कर्म गर्नु हाम्रै हातमा रह्यो अर्थात् कर्ममाथि कन्ट्रोल भयो भने मात्रै कर्ममा बन्धन आउँदैन, यसलाई नै जीवनमुक्ति भनिन्छ। नत्र कर्मबन्धनमा, चक्रमा आउनाले सदाकालको लागि जीवनमुक्ति मिल्दैन। अहिले त आत्माहरूबाट पावर निस्किएको छ त्यसैले आत्माको कन्ट्रोल बिना कर्म भइरहेको छ तर कर्म आत्माद्वारा हुनुपर्छ र आत्मामा बल आउनुपर्छ र कर्महरू यस स्थितिमा आउनु पर्छ, जसबाट कर्मको बन्धन नरहोस्। नत्र मनुष्य दु:ख सुखको लपेटोमा आउँछ किनकि कर्मले उनीहरूलाई आकर्षण गरिरहन्छ। आत्मामा शक्ति तब आउँछ जब कर्मबन्धनमा आउँदैन, यो हो यसको परिणाम। यी कुरालाई धारण गर्नाले सहज हुन्छ, यस क्लासको उद्देश्य यही हो। बाँकी हामीलाई वेद, शास्त्र पढेर डिग्री हासिल गर्नु छैन। यस ईश्वरीय ज्ञानद्वारा हामीले आफ्नो जीवन बनाउनु छ, जसले गर्दा ईश्वरसँग त्यो शक्ति लिन सकियोस्। अच्छा, ओम् शान्ति।