03.09.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आपसमा एक-अर्कालाई बाबाको यादमा रहने इसारा दिँदै , सावधान गर्दै उन्नति गर्दै जाऊ।

प्रश्न:
बाबा समान ज्ञानको सागर बन्ने बच्चाहरूको जीवनको मुख्य धारणा सुनाऊ?

उत्तर:
उनीहरू सदैव मुस्कुराइरहन्छन्, कहिल्यै पनि कुनै कुरामा उनीहरू रूँदैनन्। जे भए पनि नथिंग न्यू। यसरी जो अहिले ज्ञानसागर अर्थात् रुवाई प्रुफ बन्छन्, कहिल्यै कुनै कुरामा अशान्त हुँदैनन्, उनीहरूलाई नै स्वर्गको बादशाही मिल्छ। जो रून्छ, उसले गुमाउँछ। रुनेहरूले आफ्नो पद गुमाउँछन्।

गीत:
तुम्हें पाके हमने....

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूले आफैले गाएको गीत सुन्यौ। बच्चाहरूले जानेका छौ हामी बेहदका बाबाको सामुन्ने बसेका छौं। तिमी बच्चाहरूले भन्छौ बाबा हजुरबाट जुन विश्वको बादशाही पाएका थियौं, त्यो अहिले फेरि पाइरहेका छौं। सत्ययुगमा त यसरी गाउँदैनौ। यो संगमयुगमा नै तिमीले गाउन सक्छौ। घरमा बस्दा अथवा नोकरी गर्दा तिमीले जानेका छौ हामीले बेहदका बाबाबाट बेहदको वर्सा फेरि लिइरहेका छौं। सेन्टरमा पनि सावधानी मिल्छ बाबालाई याद गर। हामी विश्वको मालिक बनिरहेका छौं, यो याद राख। कुनै नयाँ कुरा होइन। हामीले कल्प-कल्प विश्वको बादशाही लिन्छौं। नयाँ कसैले सुन्यो भने सम्झिन्छ यिनीहरूले यी ब्रह्मालाई शिवबाबा भन्छन्। अब उहाँ त हुनुहुन्छ निराकार आत्माहरूका पिता। आत्मा निराकार छ, त्यस्तै परमात्मा बाबा पनि निराकार हुनुहुन्छ। आत्मालाई निराकार तबसम्म भनिन्छ, जबसम्म साकारी रूप लिएको हुँदैन। बच्चाहरूले जानेका छौ हामीले बेहदका बाबाबाट यो ज्ञान सुनिरहेका छौं। रूहानी शिक्षकले पढाइरहनु भएको छ एक-अर्कालाई सावधानी दिन। पहिला यो रूहानी सावधानी मिल्छ। बेहदका बाबाको यादमा नै सबै रहन्छन् र इशारा दिन्छन् बाबाको यादमा बस, अन्त कतै बुद्धि जानु हुँदैन। त्यसैले भनिन्छ आत्म-अभिमानी भव र बाबालाई याद गर। उहाँ हुनुहुन्छ पतित-पावन बाबा। अहिले उहाँ सम्मुख बसेर भन्नुहुन्छ मलाई याद गर। कति सहज युक्ति छ मनमनाभव शब्द पनि छ, तर कसैले बुझे त हो। यादको यात्रा सिकाउने एक बाबा नै हुनुहुन्छ। तिमी बच्चाहरूले नै जानेका छौ हामी रूहानी यात्रामा छौं। त्यो हो जिस्मानी यात्रा, अब हामी जिस्मानी यात्री होइनौं। हामी रूहानी यात्री हौं। यस यादद्वारा नै विकर्म विनाश हुन्छ। तिमी विकर्माजित बन्छौ। विकर्माजित बन्ने अरू कुनै उपाय छैन। एक छ विकर्माजित सम्बत्, अर्को छ विक्रम सम्बत्, फेरि विकर्म सुरु हुन्छ। रावण राज्य सुरु भयो अनि विकार पनि सुरु भयो। अहिले तिमीले विकर्माजित बन्ने पुरुषार्थ गरिरहेका छौ। त्यहाँ कुनै विकर्म हुँदैन, त्यहाँ रावण नै हुँदैन। दुनियाँमा यो कसैले जान्दैन। तिमीले बाबाद्वारा सबै कुरा जानिसकेका छौ। बाबालाई नै ज्ञानका सागर भनिन्छ, त्यसैले बच्चाहरूलाई नै ज्ञान दिनुहुन्छ नि। गड फादरको नाम पनि हुनुपर्छ। नाम रूपबाट न्यारा कहाँ हुनुहुन्छ र! पूजा गर्छन्, उहाँको नाम हो शिव। उहाँ नै पतित-पावन, ज्ञानका सागर हुनुहुन्छ। आत्माले उहाँ परमपिता परमात्मा बाबालाई याद गर्छ। आत्माले बाबाको नै महिमा गर्छ। उहाँ सुख-शान्तिका सागर हुनुहुन्छ। बाबाले त अवश्य बच्चाहरूलाई नै वर्सा दिनुहुन्छ। जो आएर गए, उनीहरूको नै यादगार बनाउँछन्। एक शिवबाबा नै हुनुहुन्छ, जसको गायन पनि हुन्छ अनि पूजा पनि हुन्छ। अवश्य उहाँले शरीरद्वारा कर्तव्य गर्नुहुन्छ त्यसैले त उहाँको गायन हुन्छ। उहाँ सदा पवित्र हुनुहुन्छ। बाबा कहिल्यै पनि पुजारी बन्नुहुन्न, उहाँ सदैव पूज्य हुनुहुन्छ। बाबा भन्नुहुन्छ म कहिल्यै पुजारी बन्दिनँ। म पुजिन्छु। पुजारीहरूले मेरो पूजा गर्छन्। सत्ययुगमा त मेरो पूजा गर्दैनौ। भक्तिमार्गमा म पतित-पावन बाबालाई याद गर्छौ। सबैभन्दा पहिला अव्यभिचारी भक्ति उहाँ एकको नै हुन्छ। फेरि व्यभिचारी भक्ति हुन्छ। ब्रह्मा सरस्वतीलाई पनि उहाँ शिव बाबाले विश्वको मालिक बनाउनु हुन्छ। भक्तिको कति विस्तार छ। बीजको कुनै विस्तार हुँदैन।

बाबा भन्नुहुन्छ मलाई याद गर, वर्सालाई याद गर। जसरी वृक्षको विस्तार हुन्छ, त्यसैगरी भक्तिको पनि धेरै विस्तार छ। ज्ञान हो बीज। तिमीलाई ज्ञान मिलेपछि मात्र सद्गति पाउँछौ। तिमीले कुनै टाउको दुखाउनु पर्दैन। ज्ञान र भक्ति छ नि। सत्ययुग त्रेतामा भक्तिको वृक्ष हुँदैन। आधाकल्प यो भक्तिको वृक्ष चल्छ। सबै धर्मको आ-आफ्नो रीति-रिवाज छ। भक्ति त कति विशाल छ। ज्ञान त सबैको लागि एउटै छ मनमनाभव। अल्फ बाबालाई याद गर। बाबालाई याद गर्यौ भने अवश्य वर्सा याद आउँछ। वर्साको विस्तार हुन्छ नि। त्यो हो हदको जायदाद। यहाँ तिमीलाई बेहदको जायदाद याद आउँछ। बेहदका बाबा आएर बेहदको वर्सा दिनुहुन्छ। जन्म पनि उहाँको यहाँ नै गाइन्छ। यो कुरा यस ड्रामामा अनादि रूपमा निश्चित छ। जसरी भगवान सर्वोच्च हुनुहुन्छ, त्यसैगरी भारत खण्ड पनि सर्वोच्च छ, जहाँ बाबा आएर सारा दुनियाँको सद्गति गर्नुहुन्छ। त्यसैले सबैभन्दा ठूलो तीर्थ भयो नि। भन्छन् हे गड फादर हामीलाई आफ्नो घर लैजानुहोस्। भारतवर्षमा सबैको प्यार छ। बाबा पनि यहाँ नै आउनु हुन्छ। अहिले तिमीले मेहनत गरिरहेका छौ। गोपी वल्लभका गोप-गोपी तिमी हौ। सत्ययुगमा गोप-गोपीहरूको कुरा हुँदैन। त्यहाँ त काइदा अनुसार राजाई चल्छ। चरित्र कृष्णको हुँदै होइन, चरित्र एक बाबाको हो। उहाँको चरित्र कति महान् छ। सारा पतित सृष्टिलाई पावन बनाउनु हुन्छ। यो कति ठूलो चतुराइ हो। यस समयमा सबै मनुष्य मात्र अजामिल जस्तै पापी छन्। मनुष्यले सम्झन्छन् यी साधु आदि श्रेष्ठाचारी छन्। बाबा भन्नुहुन्छ यिनीहरूको पनि उद्धार मैले गर्नु छ। जसरी तिमी कलाकार हौ, त्यसैगरी बाबा पनि कलाकार हुनुहुन्छ नि। तिमीले ८४ जन्म लिएर पार्ट खेल्छौ। उहाँ पनि रचयिता, निर्देशक, मुख्य कलाकार हुनुहुन्छ, गर्ने गराउने हुनुहुन्छ नि। के गर्नुहुन्छ? पतितहरूलाई पावन बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ तिमीले मलाई बोलाउँछौ आएर हामीलाई पावन बनाउनुहोस् भनेर। म पनि यस पार्टमा बाँधिएको छु। यसरी कसैले भन्न सक्दैन। यो किन बन्यो? यो कहिले बन्यो? यो त अनादि बनिबनाउ ड्रामा हो। यसको आदि-मध्य-अन्त्य छैन, प्रलय हुँदैन। आत्मा अविनाशी छ, कहिल्यै विनाश हुन सक्दैन। यसलाई पार्ट पनि अविनाशी मिलेको छ। यो बेहदको ड्रामा हो नि। सारमा बाबाले बसेर सम्झाउनु हुन्छ। यो ड्रामाको पार्ट कसरी चल्छ। बाँकी यस्तो होइन परमात्माले मरेकोलाई बिउँताउन सक्नुहुन्छ। यो अन्धश्रद्धा, ऋद्धि-सिद्धिको कुरा यहाँ छैन। मलाई त पुकार्छन् नै हे पतित-पावन आउनुहोस् भनेर। आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्, त्यसैले उहाँ वास्तवमै आउनु हुन्छ। गीता सर्वशास्त्रमयी शिरोमणि हो। भगवानले नै गीता सुनाउनु भएको हो। ठीक छ, सहज राजयोग कहिले सिकाउनु भयो? यो पनि तिमीले जानेका छौ। बाबा आउनु हुन्छ नै कल्पको संगमयुगमा, यतिबेला आएर पावन दुनियाँ नयाँ राजधानी स्थापना गर्नुहुन्छ। सत्ययुगमा त स्थापना गर्नुहुन्न नि। त्यहाँ त हुन्छ नै पावन दुनियाँ। कल्पको संगमयुगमा नै कुम्भको मेला लाग्छ। त्यो कुम्भको मेला १२ वर्षपछि लाग्छ। यो ठूलो कुम्भको मेला ५ हजार वर्षपछि लाग्छ। यो हो आत्मा र परमात्माको मेला। यसमा परमपिता परमात्मा आएर सबै आत्माहरूलाई पावन बनाएर लैजानुहुन्छ। कल्पको अवधि लामो बनाउनाले नै मनुष्य अलमलिएका छन्। अहिले तिमीले बुझेका छौ। तिम्रा जति पनि पत्रिका निस्किन्छन्, तिनलाई तिमी बच्चाहरूले मात्र बुझ्न सक्छौ, अरू कसैले बुझ्न सक्दैन। बाबाले भन्नुभएको छ लेखिदेऊ, जे भयो ५ हजार वर्ष पहिला जस्तै भयो, नथिंग न्यू। जे ५ हजार वर्ष पहिला भएको थियो, उही अहिले दोहोरिन्छ। जसले यो बुझ्नु छ, आएर बुझ्न सक्नुहुन्छ। यस्तो-यस्तो युक्ति निकाल्नुपर्छ। हामीले अखबारमा के छपाऊँ! यो पनि तिमीले लेख्न सक्छौ यस महाभारत लडाईंले कसरी पावन दुनियाँको गेट खुल्छ, आएर बुझ्नुहोस्, कल्प पहिला जस्तै। अब महाभारत लडाईंबाट सत्ययुगको स्थापना कसरी हुन्छ आएर बुझ्नुहोस्। देवी-देवताहरूको राजधानी स्थापना भइरहेको छ, परमपिताबाट जन्मसिद्ध अधिकार लिनु छ भने लिनुहोस्। यसप्रकार विचार सागर मन्थन गर्नुपर्छ। उनीहरूले कथा आदि बनाउँछन्, त्यो पनि ड्रामामा निश्चित छ, जुन पार्ट उनीहरूले खेल्छन्। व्यासले पनि ड्रामा योजना अनुसार शास्त्र आदि बनाएका हुन्। पार्ट नै यस्तो मिलेको छ। अहिले तिमीले ड्रामालाई बुझेका छौ, फेरि उही ड्रामा दोहोरिन्छ। अहिले तिमी आएका छौ फेरि ज्ञान सुन्छौ। तिमीले जानेका छौ फेरि यी लक्ष्मी-नारायणको राज्य हुन्छ। बाँकी सबै धर्महरू खतम हुन्छन्। अहिले तिमी ज्ञानसागर बनिरहेका छौ। बाबाले तिमीलाई आफू समान ज्ञानको सागर बनाउनु हुन्छ। तिमीले जानेका छौ आधाकल्प हामी शान्तिमा रहन्छौं। कुनै प्रकारको अशान्ति हुँदैन। त्यहाँ बच्चा आदि कहिल्यै रूँदैनन्, सदैव मुस्कुराइरहन्छन्। यहाँ पनि तिमी रुनु छैन। गायन पनि छ मम्मा मरे तापनि हलुवा खाऊ.... जो रोयो, उसले गुमायो। पद पनि भ्रष्ट हुन्छ। तिमीलाई पतिहरूको पनि पति मिल्नुभएको छ, जसले स्वर्गको बादशाही दिनुहुन्छ। उहाँ त कहिल्यै मर्नु पनि हुन्न, फेरि रुने के आवश्यकता छ? जो रुनबाट प्रुफ बन्छन्, उनीहरूले नै बादशाही लिन्छन्। बाँकी त प्रजामा जान्छन्। बाबासँग यदि कसैले सोध्छ यस हालतमा म के बन्छु? बाबाले बताइदिनुहुन्छ। बच्चाहरूलाई पछि गएर सबै साक्षात्कार हुन्छ। जसरी विद्यालयमा सबैलाई थाहा हुन्छ नि। रुद्र माला कुनचाहिँ बन्छ, त्यो पछि गएर तिमीलाई थाहा हुन्छ। जब अन्तिम दिनहरू आउँछन्, अनि धेरै पुरुषार्थ गर्छन्। सम्झन्छन् म फलानो विषयमा फेल हुन्छु। तिमीलाई पनि थाहा हुन्छ। धेरैले भन्छन्मेरो छोरा-छोरीमा मोह छ। त्यसलाई त निकाल्नु पर्छ। मोह राख्नु छ एकमा। बाँकी ट्रस्टी भएर सम्हाल्नु छ। भन्छन् पनि यो सबै कुरा बाबाले दिनुभएको हो, त्यसैले ट्रस्टी भएर चल। ममत्व निकालिदेऊ। बाबा स्वयं आएर भन्नुहुन्छ यीबाट ममत्व निकालिदेऊ। सम्झ यो सबै उहाँको हो, उहाँको मतमा नै चल। उहाँको कार्यमा नै लाग। अविनाशी ज्ञान रत्नको दान गर्दै जाऊ। यहाँ कन्याहरूप्रति बाबाको सबैभन्दा बढी सम्मान छ। कन्या कर्म बन्धनबाट मुक्त छन्। बच्चाहरूलाई त लौकिक पिताको वर्साको नशा हुन्छ। कन्याले लौकिक पितासँग वर्सा पाउँदैनन्। यहाँ बाबाको पासमा मेल-फिमेलको भेदभाव छैन। बाबाले आत्माहरूलाई बसेर सम्झाउनु हुन्छ। तिमीले जानेका छौ हामी सबै भाइ-भाइ हौं, बाबाबाट वर्सा लिइरहेका छौं। आत्माले पढ्छ, बाबासँग वर्सा लिन्छ। जति बढी वर्सा लिन्छौ त्यति उच्च पद पाउँछौ। बाबाले आएर सबै कुरा सम्झाउनु हुन्छ। शिवबाबा हुनुहुन्छ निराकार, उहाँको पूजा पनि गर्छन्। सोमनाथको मन्दिर बनाएका छन्। अहिले तिमीले जानेका छौ शिव बाबाले आएर के गर्नुभयो? किन उहाँको यादगार मन्दिर बनाइएको हो? यो पनि तिमीले बुझेका छौ कल्प-कल्प यस्तै हुन्छ। ड्रामामा निश्चित छ, त्यही अहिले दोहोरिरहेको छ। बाबालाई आउनु नै छ। पुरानो दुनियाँको विनाश हुनु छ। कुनै अफसोसको कुरा छैन। यो अनाहकमा रगत बगाउने खेल हो। विना कारण सबैको हत्या हुन्छ। नत्र यदि कसैले कसैको ज्यान मार्छ भने उसलाई फाँसीको सजाय मिल्छ। अब कसलाई समात्ने? यो प्राकृतिक आपद त आउनु नै छ। विनाश त हुनु नै छ। अमरलोक, मृत्युलोकको अर्थ पनि कसैले जान्दैन। तिमीले जानेका छौ आज हामी मृत्युलोकमा छौं, भोलि हामी अमरलोकमा हुन्छौं, त्यसैले हामी पढ्छौं। मनुष्य त घोर अन्धकारमा छन्। तिमीले ज्ञान अमृत पिलाउँछौ, हो-हो भनेर फेरि निद्रामा सुत्छन्। सुनेका पनि छन् बेहदका बाबाले वर्सा दिइरहनु भएको छ। यो उही महाभारतको लडाईं हो जसबाट स्वर्गको गेट खुल्छ। लेख्छन् पनि धेरै राम्रो छ, यो ज्ञान कसैले दिन सक्दैन। हामीले मान्छौं, पुग्यो। स्वयंले ज्ञानलाई कति पनि लिँदैनन्, फेरि सुतिहाल्छन्। यसलाई भनिन्छ कुम्भकर्ण। तिमीले भन्न सक्छौ लेखेर त दिनुहुन्छ तर घरमा गएर फेरि नसुत्नुहोला। कुम्भकर्णको चित्रको अगाडि लिएर जानुपर्छ, यसरी नसुत्नुहोला। सम्झाउने धेरै युक्ति चाहिन्छ नि।

बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! आफ्नो दोकानमा पनि मुख्य-मुख्य चित्रहरू राख। जो कोही आए भने चित्रद्वारा सम्झाऊ। यो व्यापार पनि गर, यो पनि सच्चा व्यापार हो। यसबाट तिमीले धेरैको कल्याण गर्न सक्छौ। यसमा लाज मान्नु पर्ने कुनै कुरा छैन। कसैले भन्छन् बी.के. बनेका हौ? भन, प्रजापिता ब्रह्माको कुमार-कुमारी त तपाई पनि हुनुहुन्छ नि। बाबाले नयाँ सृष्टि रचिरहनु भएको छ। पुरानोलाई आगो लाग्दैछ। जबसम्म बी.के. बन्दैनौं स्वर्गमा जान सक्दैनौं। यसप्रकार दोकानमा सेवा गर्यौ भने कति सेवा हुन्छ। आपसमा सल्लाह गर, पसल सानो भए पनि भित्तामा चित्र राख्न सक्छौ। चेरिटी बिगिन्स एट होम। सबैभन्दा पहिला उनीहरूको कल्याण गर्नु छ। बाबा भन्नुहुन्छ अब कोही देहधारीलाई याद नगर। शिवबाबालाई याद गर, जसबाट वर्सा मिल्छ। मनुष्य त बिचराहरू अलमलिएका छन्। बताउनु छ दैवी स्वराज्य पाउनु छ, नरबाट नारायण बन्नु छ भने आएर बुझ्नुहोस्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एक बाबामा नै सच्चा शुद्ध सच्चा मोह राख्नु छ, उहाँलाई नै याद गर्नु छ। देहधारीहरूबाट मोह निकाल्नु छ। ट्रस्टी भएर सम्हाल्नु छ।

२) विकर्माजित बन्नु छ त्यसैले कर्मेन्द्रियबाट कुनै पनि विकर्म नहोस्। यसको धेरै-धेरै ध्यान राख्नु छ।

वरदान:
साक्षीपनको सीटद्वारा परेशानी शब्दलाई समाप्त गर्ने मास्टर त्रिकालदर्शी भव

यस ड्रामामा जे हुन्छ त्यसमा कल्याण भरिएको छ। के, किनको प्रश्न समझदारको मनमा उठ्न सक्दैन। नोक्सानमा पनि कल्याण भरिएको छ, बाबाको साथ र हात छ भने अकल्याण हुन सक्दैन। यस्तो शानको सिटमा रह्यौ भने कहिल्यै परेशान हुन सक्दैनौ। साक्षीपनको सिटले परेशानी शब्दलाई खतम गरिदिन्छ, त्यसैले त्रिकालदर्शी बनेर प्रतिज्ञा गर न परेशान हुनेछु, न परेशान गर्नेछु।

स्लोगन:
आफ्ना सर्व कर्मेन्द्रियहरूलाई अर्डर प्रमाण चलाउनु नै स्वराज्य अधिकारी बन्नु हो।