03.11.19    Avyakt Bapdada     Nepali Murli    02.03.85     Om Shanti     Madhuban


वर्तमान ईश्वरीय जन्म अमूल्य-जन्म


आज रत्नागर बाबाले आफ्ना अमूल्य रत्नहरूलाई हेरिरहनु भएको छ। यो अलौकिक अमूल्य रत्नहरूको दरबार हो। एक-एक रत्न अमूल्य छन्। यस वर्तमान समयको विश्वको सारा सम्पत्ति अथवा विश्वको सारा खजाना एकै ठाउँमा जम्मा गरे पनि, त्यसको तुलनामा तिमी एक-एक रत्न कति गुणा अमूल्य छौ! तिमी एक रत्नको अगाडि विश्वको सारा खजाना केही पनि होइन। त्यति अमूल्य रत्न हौ। यस्ता अमूल्य रत्न सिवाय यो संगमयुग सारा कल्पमा मिल्न सक्दैन। सत्ययुगको देव-आत्माहरूको पार्ट यो संगमयुगी ईश्वरीय अमूल्य रत्न बन्ने पार्टको अगाडि दोस्रो नम्बरमा आउँछ। अहिले तिमी ईश्वरीय सन्तान छौ, सत्ययुगमा दैवी सन्तान हुन्छौ। जसरी ईश्वरको सबैभन्दा श्रेष्ठ नाम छ, महिमा छ, जन्म छ, कर्म छ त्यसैगरी ईश्वरीय रत्नहरूको अथवा ईश्वरीय सन्तान आत्माहरूको मूल्य पनि सर्वश्रेष्ठ छ। यो श्रेष्ठ महिमाको वा श्रेष्ठ मूल्यको यादगार अहिले पनि ९ रत्नहरूको रूपमा गायन गरिन्छ र पूजिन्छ। ९ रत्नहरूलाई भिन्न-भिन्न विघ्न-विनाशक रत्न भनेर गायन गरिन्छ। जस्तो विघ्न त्यस्तै विशेषता भएको रत्नको औँठी बनाएर लगाउँछन् वा लकेटमा राख्छन् वा कुनै पनि रूपमा त्यो रत्नलाई घरमा राख्छन्। अहिले अन्तिम जन्मसम्म पनि विघ्न-विनाशक रूपमा आफ्नो यादगार देखिरहेका छौ। नम्बरवार अवश्य छौ तर नम्बरवार भएर पनि अमूल्य र विघ्न-विनाशक सबै हुन्छौ। आज पनि श्रेष्ठ स्वरूपले तिमी रत्नहरूको आत्माहरूले स्वमान राख्छन्। धेरै प्यारले, स्वच्छताले सम्हालेर राख्छन् किनकि तिमीहरू सबै जति पनि छौ, चाहे आफूलाई त्यति योग्य सम्झिँदैनौ पनि होला तर बाबाले तिमी आत्माहरूलाई योग्य सम्झिएर आफ्नो बनाउनु भयो। स्वीकार गर्नु भयो तिमी मेरो र म तिम्रो भन्नु भयो। जुन आत्मा माथि बाबाको नजर पर्छ, त्यो प्रभु नजरको कारणले अमूल्य बन्न पुग्छ। परमात्म दृष्टिको कारणले ईश्वरीय सृष्टिको, ईश्वरीय संसारको श्रेष्ठ आत्मा बन्न पुग्छ। पारसनाथको सम्बन्धमा आउनाले पारसको रङ्ग लाग्छ नै, त्यसैले परमात्म प्यारको दृष्टि मिल्नाले सारा कल्प चाहे चैतन्य देवताको रूपमा, चाहे आधा कल्प जड चित्रको रूपमा वा भिन्न-भिन्न यादगारको रूपमा जस्तै रत्नको रूपमा पनि तिम्रो यादगार छ, सिताराहरूको रूपमा पनि तिम्रो यादगार छ। जुन रूपमा यादगार भए पनि सारा कल्प सबैको प्रिय रहेका छौ किनकि अविनाशी प्यारको सागरको प्यारको नजरले सारा कल्पको लागि प्यारको अधिकारी बनाइदिन्छ। त्यसैले भक्तहरू आधा घडी, एक घडीको दृष्टिको लागि पनि तड्पिन्छन् र भन्छन् नजरबाट निहाल हुन पाए हुन्थ्यो। यस समयको प्यारको नजरले अविनाशी प्यारको योग्य बनाइदिन्छ। अविनाशी प्राप्ति स्वत: नै हुन्छ। प्यारले याद गर्छन्, प्यारले राख्छन्। प्यारले हेर्छन्।

दोस्रो कुरा स्वच्छता अर्थात् पवित्रता। तिमीहरूले यस समयमा बाबाद्वारा पवित्रताको जन्म-सिद्ध अधिकार प्राप्त गर्छौ। पवित्रता वा स्वच्छता आफ्नो स्वधर्म हो यो जान्दछौ त्यसैले पवित्रतालाई अपनाएको कारणले जहाँ तिम्रो यादगार हुन्छ त्यहाँ पवित्रता वा स्वच्छता अहिले पनि यादगारको रूपमा चलिरहेको छ र आधाकल्प त हुन्छ नै पवित्र पालना, पवित्र दुनियाँ। त्यसैले आधाकल्पसम्म पवित्रताले पैदा हुन्छौ, पवित्रताले पालिन्छौ अनि आधाकल्प पवित्रताले पूजिन्छौ।

तेस्रो कुरा बडो दिलले श्रेष्ठ सम्झिएर, अमूल्य सम्झिएर सम्हाल्छन् किनकि यस समयमा स्वयं भगवानले माता-पिताको रूपले तिमी बच्चाहरूलाई सम्हाल्नु हुन्छ अर्थात् पालना गर्नुहुन्छ। अविनाशी पालना भएको कारणले अविनाशी स्नेहले सम्हाल गरेको कारणले सारा कल्प धेरै सम्मानका साथ, स्नेहले, इज्जतले सम्हालिन्छौ। यस्तो प्यारले, स्वच्छताले, पवित्रता र स्नेहले सम्हालिने पात्र बन्छौ। त्यसैले बुझ्यौ, कति अमूल्य छौ? हरेक रत्नको कति मूल्य छ? त्यसैले आज रत्नागर बाबाले हरेक रत्नहरूको मूल्य हेरिरहनु भएको थियो। सारा दुनियाँका अक्षोणी आत्माहरू एकातर्फ छन् तर तिमी ५ पाण्डवहरू अक्षोणी भन्दा शक्तिशाली छौ। अक्षोणी तिम्रो अगाडि एकको बराबर पनि छैनन्, यति शक्तिशाली छौ। त्यसैले कति मूल्यवान भयौ! यति मूल्यलाई जानेका छौ? या कहिलेकाहीं आफूले आफैँलाई भुल्छौ? जब आफूले आफैँलाई भुल्छौ तब दिक्क हुन्छौ। आफूले आफैँलाई नभूल। सदा आफूलाई अमूल्य सम्झिएर चल। तर सानो गल्ती चाहिँ नगर्नु। अमूल्य भयौ तर बाबाको साथको कारणले अमूल्य भयौ। बाबालाई भुलेर केवल आफूलाई सम्झियौ भने गलत हुन्छ। बनाउनेलाई नभुल। बन्यौ तर बनाउनेको साथले गर्दा बनेका हौ, यो सम्झिने विधि हो। यदि विधिलाई भुल्यौ भने समझ पनि बेसमझको रूपमा बदलिन्छ। अनि मैपन आउँछ। विधिलाई भुल्नाले सिद्धिको अनुभव हुँदैन। त्यसैले विधि पूर्वक आफूलाई मूल्यवान सम्झिएर विश्वको पूर्वज बन। अचम्भ पनि नहुनु म त केही पनि होइन। न यो सोच म केही पनि होइन, न यो सम्झ म नै सबैथोक हुँ। दुवै गलत हुन्। म हुँ तर बनाउनेवालाले बनाउनु भएको हो। बाबालाई निकालिदिन्छौ त्यसैले पाप हुन जान्छ। बाबा हुनु भयो भने पाप हुँदैन। जहाँ बापको नाम हुन्छ, त्यहाँ पापको नाम निशान हुँदैन र जहाँ पाप हुन्छ, त्यहाँ बापको नाम निशान हुँदैन। त्यसैले बुझ्यौ आफ्नो मूल्यलाई?

भगवानको दृष्टिको पात्र बनेका छौ, साधारण कुरा होइन। पालनाको पात्र बनेका छौ। अविनाशी पवित्रताको जन्म-सिद्ध अधिकारको अधिकारी बनेका छौ त्यसैले जन्मसिद्ध अधिकारको कारणले कहिल्यै मुस्किल हुँदैन। सजिलै मिल्छ। जसरी स्वयं अनुभवी छौ जो अधिकारी बच्चा हुन्छन् तिनीहरूलाई पवित्रता मुस्किल लाग्दैन। जसलाई पवित्रता मुस्किल लाग्छ तिनीहरू डगमग धेरै हुन्छन्। पवित्रता स्वधर्म हो, जन्म सिद्ध अधिकार हो, त्यसैले सदा सजिलो लाग्छ। दुनियाँका दूर भाग्छन् त्यो किन? पवित्रता मुस्किल लाग्छ। जो अधिकारी आत्मा होइनन् तिनीहरूलाई मुस्किल नै लाग्छ। अधिकारी आत्माले आउनासाथ दृढ संकल्प गर्छन् पवित्रता बाबाको अधिकार हो त्यसैले पवित्र बन्नु नै छ। दिललाई पवित्रताले सदा आकर्षित गर्छ। यदि चल्दा-चल्दै मायाले कहिलेकाहीँ संकल्पको रूपमा, स्वप्नको रूपमा परीक्षा लिन आए पनि अधिकारी आत्मा ज्ञानी भएको कारणले आत्तिदैनन्। बरू ज्ञानको शक्तिले संकल्पलाई परिवर्तन गरिदिन्छन्। एक संकल्पको पछाडि अनेक संकल्प पैदा गर्दैनन्। अंशलाई वंशको रूपमा ल्याउदैनन्। के भयो, यस्तो किन भयो?... यो हो वंश। सुनाएको थिएँ नि किनले क्यू अर्थात् लाइन लगाइदिन्छ। यसले वंश पैदा गरिदिन्छ। आयो तर सदाको लागि गयो। परीक्षा लिनको लागि आएको थियो, पास भयौ समाप्त भयो। माया किन आयो, कहाँबाट आयो? यहाँबाट आयो, त्यहाँबाट आयो। आउन नपर्ने थियो। किन आयो? यस्तो वंश हुनु हुँदैन। ठीकै छ आयो भने पनि तिमीले नबसाऊ। धपाइदेऊ। किन आयो?... यस्तो सोच्यौ भने बस्छ। आएको थियो अगाडि बढाउनको लागि, परीक्षा लिनको लागि। क्लासमा अगाडि बढाउनको लागि, अनुभवी बनाउनको लागि आएको हो। किन आयो, यसरी आयो, त्यसरी आयो यो नसोच। फेरि सोच्छन् के मायाको यस्तो रूप हुन्छ? रातो छ, हरियो छ, पहेँलो छ? यस्तो विस्तारमा जान्छन्। यस्तोमा नजाऊ। डराउँछौ किन? पार गर। सम्मान सहित पास होऊ। ज्ञानको शक्ति छ अर्थात् शस्त्र छ। मास्टर सर्वशक्तिमान् हौ, त्रिकालदर्शी हौ, त्रिवेणी हौ। के कमी छ? चाँडै नआत्तिऊ। कमिला आयो भने पनि आत्तिन्छौ। धेरै सोच्छौ। सोच्नु अर्थात् मायालाई पाहुना बनाउनु हो। पछि त्यसले घर बनाउँछ। जसरी बाटोमा हिँड्दा कुनै फोहोर चीज देखियो भने के गर्छौ? अडिएर सोच्छौ र, यो कसले फ्याँक्यो? किन फ्याँक्यो? फ्याँक्न नपर्ने हो! यस्तो सोच्दछौ वा छेउ लागेर जान्छौ? धेरै व्यर्थ संकल्पको वंशलाई पैदा हुन नदेऊ। अंशको रूपमा नै समाप्त गरिदेऊ। पहिला सेकेण्डको कुरा हुन्छ अनि फेरि त्यसलाई घण्टामा, दिनमा, महिनामा बढाइदिन्छौ। यदि एक महिना पछि सोधियो के भएको थियो? त्यतिबेला कुरा सेकेण्डको हुन्छ त्यसैले नआत्तिऊ। गहिराइमा जाऊ। ज्ञानको गहिराइमा जाऊ, कुराको गहिराइमा होइन। बापदादाले यति श्रेष्ठ मूल्यवान रत्नहरूले साना-साना माटाका कणसँग खेलेको देखेर सोच्नु हुन्छ यी रत्नहरूले, रत्नसँग खेल्नेहरूले माटाका कणसँग खेलिरहेका छन्। रत्न हौ, रत्नहरूसँग खेल!

बापदादाले कति प्यारले पाल्नु भएको छ भने माटाका कणलाई कसरी हेर्न सक्नु हुन्छ? फेरि फोहोरी भएर भन्छन् अब सफा गरिदिनु होस्, सफा गरिदिनु होस्। आत्तिन्छन् पनि। अब के गर्ने कसरी गर्ने भनेर। माटोसँग खेल्छौ नै किन? त्यो पनि कण, जुन माटोमा रहन्छ। त्यसैले सदा आफ्नो मूल्यलाई जान। अच्छा।

यस्ता सारा कल्पका मूल्यवान आत्माहरूलाई, प्रभु प्यारका पात्र आत्माहरूलाई, प्रभु पालनाका पात्र आत्माहरूलाई, पवित्रताको जन्मसिद्ध अधिकारको अधिकारी आत्माहरूलाई, सदा बाबा र म यस विधिले सिद्धि प्राप्त गर्ने आत्माहरूलाई, सदा अमूल्य रत्न बनेर रत्नहरूसँग खेल्ने श्रेष्ठ बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

पार्टी हरूसँग :
१- सदा बाबाको नयनमा समाहित आत्मा स्वयंलाई अनुभव गर्छौ? नयनमा को समाहित हुन्छ? जो धेरै हल्का बिन्दु हुन्छ। सदा छौ नै बिन्दु र बिन्दु बनेर बाबाको नयनमा समाहित हुन्छौ। बापदादा तिम्रो नयनमा समाहित हुनु भएको छ र तिमीहरू सबै बापदादाको नयनमा समाहित भएका छौ। जब नयनमा नै बापदादा हुनुहुन्छ भने अरू केही देखिदैन। त्यसैले सदा यो स्मृतिले डबल लाइट रहनु म हुँ नै बिन्दु। बिन्दुमा कुनै बोझ हुँदैन। यो स्मृति स्वरूपले सदा अगाडि बढाइरहन्छ। आँखाको बीचमा हेर बिन्दु नै हुन्छ। बिन्दुले नै देख्छ। बिन्दु भएन भने आँखा भएर पनि देख्न सकिँदैन। त्यसैले सदा यही स्वरूपलाई स्मृतिमा राखेर उड्तीकलाको अनुभव गर। बापदादा बच्चाहरूको वर्तमान र भविष्यको भाग्यलाई देखेर हर्षित हुनुहुन्छ, वर्तमान कलम हो भविष्य तकदिर बनाउनको लागि। वर्तमानलाई श्रेष्ठ बनाउने साधन हो अग्रजको इसारालाई सदा स्वीकार गरेर स्वयंलाई परिवर्तन गर्नु। यही विशेष गुणले वर्तमान र भविष्य तकदिर श्रेष्ठ बन्छ।

२- सबैको निधारमा भाग्यका सितारा चम्किरहेका छन्। सदा चम्किन्छन्? कहिलेकाहीं धिपधिप मात्र त गर्दैनन्? अखण्ड ज्योति बाबाको साथमा तिमीहरू पनि अखण्ड ज्योति सदा चम्किरहने सितारा बन्यौ। यस्तो अनुभव गर्छौ? कहिलेकाहीं वायुले हल्लाउन त हल्लाउँदैन दीपक तथा सिताराहरूलाई? जहाँ बाबाको याद छ, त्यो अविनाशी जगमगाउने सितारा हो। धिपधिप गर्ने होइन। बत्ती पनि जब धिपधिप गर्छ, बन्द गरिदिन्छन्, कसैलाई राम्रो लाग्दैन। त्यसैले तिमी पनि सदा जगमगाइरहने सितारा बन। सदा ज्ञान सूर्य बाबासँग प्रकाश लिएर अरूलाई पनि प्रकाश दिनेवाला बन। सेवाको उमंग-उत्साह कायम रहन्छ? सबै श्रेष्ठ आत्माहरू हौ, श्रेष्ठ बाबाका श्रेष्ठ आत्माहरू हौ।

यादको शक्तिले सफलता सहजै मिल्छ। जति याद र सेवा सँगसँगै रहन्छ त्यति याद र सेवाको सन्तुलनले सदाको सफलताको आशीर्वाद स्वत: प्राप्त गराउँछ। त्यसैले सदा शक्तिशाली याद स्वरूपको वातावरण बन्नाले शक्तिशाली आत्माहरूको आह्वान हुन्छ र सफलता मिल्छ। निमित्त लौकिक कार्य हुन्छ तर लगन बाबा र सेवामा हुन्छ। लौकिक पनि सेवा प्रति हुन्छ, आफ्नो लगावले गर्दैनन् श्रीमत प्रमाण गर्छन्। त्यसैले बाबाको स्नेहको हात यस्ता बच्चाहरूको साथ हुन्छ। सदा खुशीमा गाऊ, नाच यही सेवाको साधन हो। तिम्रो खुशीलाई देखेर अरू खुशी हुन्छन् र यही सेवा हुन्छ। बापदादाले बच्चाहरूलाई सदा भन्नुहुन्छ जति महादानी बन्छौ त्यति खजाना बढ्दै जान्छ। महादानी बन र खजानालाई बढाउँदै जाऊ। महादानी बनेर खुब दान गर। यो दिनु नै लिनु हो। जुन राम्रो चीज मिल्छ त्यो नदिइकन रहन सकिँदैन।

सदा आफ्नो भाग्यलाई देखेर हर्षित रहने गर। कति ठूलो भाग्य मिलेको छ, घर बसी बसी भगवान मिल्नु भयो। यो भन्दा ठूलो भाग्य अरू के हुन सक्छ? यही भाग्यलाई स्मृतिमा राखेर हर्षित रहने गर। तब दु:ख र अशान्ति सदाको लागि समाप्त हुन्छ। सुख स्वरूप, शान्त स्वरूप बन्नेछौ। जसको भाग्य स्वयं भगवानले बनाउनु हुन्छ ऊ कति श्रेष्ठ भयो। त्यसैले सदा आफूमा नयाँ उमंग, नयाँ उत्साह अनुभव गर्दै अगाडि बढ्दै जाऊ किनकि संगमयुगमा हरेक दिनमा नयाँ उमंग, नयाँ उत्साह हुन्छ।

मानौं हिँडिरहेका छैनौ। सदा नयाँ उमंग नयाँ उत्साहले सदा अगाडि बढाउँछ। हरेक दिन नयाँ हुन्छ। सदा स्वयंमा अथवा सेवामा कुनै न कुनै नवीनता अवश्य चाहिन्छ। जति आफूलाई उमंग-उत्साहमा राख्छौ त्यति नयाँ-नयाँ टचिङ्ग भइरहन्छ। स्वयं कुनै अर्को कुरामा व्यस्त रहन्छौ भने नयाँ टचिङ्ग पनि हुँदैन। मनन गर्यौ भने नयाँ उमंग रहन्छ।

बाँधे ली हरूलाई याद-प्यार दिँदै: बाँधेलीहरूको याद त सदा बाबाको पासमा पुगिरहन्छ र बापदादाले सबै बाँधेलीहरूलाई यही भन्नुहुन्छ योग अर्थात् यादको लगनलाई अग्नि रूप बनाऊ। जब लगन अग्नि रूप बन्छ, तब अग्निमा सबै भस्म हुनेछन्। त्यसैले यो बन्धन पनि लगनको अग्निमा समाप्त हुनेछ र स्वतन्त्र आत्मा बनेर जुन संकल्प गर्छौ त्यसको सिद्धि प्राप्त गर्नेछौ। स्नेही छौ, स्नेहको याद पुग्छ। स्नेहको जवाफमा स्नेह मिल्छ। तर अब यादलाई शक्तिशाली अग्नि रूप बनाऊ। फेरि त्यो दिन आउने छ, तिमी बाबाको सम्मुख पुग्ने छौ।

वरदान:
सदा रूहानी स्थितिमा रहेर अरूको पनि रूहलाई देख्ने रूहानी रूहे गुलाब भव

रूहे गुलाब अर्थात् जसमा सदा रूहानी सुगन्ध होस्। रूहानी सुगन्ध भएकाले जहाँ पनि हेर्छन्, जसलाई पनि देख्छन्, रूहलाई नै देख्छन् शरीरलाई होइन। त्यसैले स्वयं पनि सदा रूहानी स्थितिमा रहने गर र अरूको पनि रूहलाई हेर। जसरी बाबा सबैभन्दा उच्च हुनुहुन्छ त्यसैगरी उहाँको बगैँचा पनि सबैभन्दा उच्च छ, जुन बगैँचाको विशेष श्रृङ्गार रूहे गुलाब तिमी बच्चा हौ। तिम्रो रूहानी सुगन्धले अनेक आत्माहरूको कल्याण गर्ने छ।

स्लोगन:
मर्यादा तोडेर कसैलाई सुख दियौ भने त्यो पनि दु:खको खातामा जम्मा हुन्छ।