03.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे ज्ञानयोगको शक्तिले वायुमण्डललाई शुद्ध बनाउनु छ , स्वदर्शनचक्रद्वारा मायामाथि विजय प्राप्त गर्नु छ।

प्रश्न:
आत्मा कहिल्यै पनि ज्योतिमा लीन हुँदैन, यो कुरा कुन एक कुराले सिद्ध हुन्छ?

उत्तर:
भनिन्छ बनिबनाऊ बनिरहेछ... त्यसैले अवश्य आत्माले आफ्नो भूमिका दोहोर्याउने गर्छ। यदि ज्योति ज्योतिमा लीन भयो भने त पार्ट समाप्त भयो फेरि अनादि ड्रामा भन्नु पनि गलत हुन जान्छ। आत्माले एउटा पुरानो चोला छोडेर अर्को नयाँ लिन्छ, लीन हुँदैन।

गीत:
ओ दूर के मुसाफिर...

ओम् शान्ति ।
जो योगी र ज्ञानी बच्चा छन्, जसले अरूलाई सम्झाउन सक्छन्, उनीहरूले यस गीतको अर्थ यथार्थ रीतिले बुझ्न सक्छन्। जति पनि मनुष्य मात्र छन् सबै कब्रदाखिल छन्। जसको ज्योति निभेको छ, जो तमोप्रधान छन् उनीहरूलाई कब्रदाखिल भनिन्छ। जसले स्थापना गरेका छन् र जन्म जन्म पालनाको लागि निमित्त बनेका छन्, उनीहरू सबैले आफ्नो जन्म पूरा गरेका छन्। सुरुदेखि लिएर अन्त्यसम्म कुन कुन धर्मको स्थापना भएको छ हिसाब निकाल्न सक्छौ। जुन हदको नाटक हुन्छ त्यसमा पनि ड्रामाको रचयिता, निर्देशक, कलाकार जो मुख्य हुन्छन्, उनीहरूको नै मान हुन्छ। कति पुरस्कार मिल्छ। चमत्कार देखाउँछन्। तिम्रो फेरि हो ज्ञान-योगको चमत्कार। अब मनुष्यहरूलाई त यो थाहा छैन, मृत्यु सामुन्ने छ, हामीले यस ड्रामामा कति जन्म लिन्छौं, कहाँबाट आउँछौं? विस्तारमा सबै जन्महरूलाई त तिमी हामीले जान्न सक्दैनौं। बाँकी यस समयमा हाम्रो भविष्यको लागि पुरुषार्थ चलिरहेको छ। देवता त बन्छौ तर कुन पद पाउँछौ, त्यसको लागि पुरुषार्थ गर्नु छ। तिमीलाई थाहा छ यी लक्ष्मी-नारायणले ८४ जन्म लिएका छन्। अब यिनीहरू अवश्य राजा-रानी बन्छन्। उनीहरूका चेहरा पनि चिन्दछौ। बाबाले तिमीलाई यथार्थमा साक्षात्कार गराउनु हुन्छ। भक्तिमार्गमा पनि साक्षात्कार हुन्छ। त्यो त जसको ध्यान गर्छन् उनीहरूको साक्षात्कार हुन्छ। कृष्णको कालो चित्र देखे, त्यसको ध्यान गरे भने त्यस्तै साक्षात्कार हुन्छ। बाँकी कृष्ण त्यस्तो कालो छैनन्। मनुष्यहरूलाई यी कुराको ज्ञान त केही पनि छैन। अहिले तिमी प्राक्टिकलमा छौ। सूक्ष्मवतनमा पनि देख्छौ, वैकुण्ठमा पनि देख्छौ। आत्मा र परमात्माको ज्ञान छ। आत्माको नै साक्षात्कार हुन्छ। यहाँ तिमीले जुन साक्षात्कार गर्छौ त्यसको तिमीसँग ज्ञान छ। बाहिरकालाई हुन त आत्माको साक्षात्कार हुन्छ तर ज्ञान हुँदैन। उनीहरूले त आत्मा सो परमात्मा भनिदिन्छन्। आत्मा तारा त वास्तवमा छँदै छ। यो त धेरै देखिन्छ। जति मनुष्यहरू छन् त्यति नै आत्मा छन्। मनुष्यको शरीर यी आँखाद्वारा देखिन्छ। आत्मालाई दिव्यदृष्टिद्वारा देख्न सकिन्छ। मनुष्यहरूको रङ्ग-रूप भिन्न-भिन्न छ, आत्माहरू भिन्न-भिन्न छैनन्, सबै एकनास छन्। केवल पार्ट हरेक आत्माको भिन्न-भिन्न छ। जसरी मनुष्य साना-ठुला हुन्छन् आत्मा पनि त्यस्तै सानो-ठुलो हुँदैन। आत्माको आकार एउटै छ। यदि आत्मा ज्योतिमा लीन भयो भने त पार्ट रिपीट कसरी गर्छ? गायन पनि छ बनिबनाउ बनिरहेछ... यो अनादि विश्व नाटकले चक्कर लगाइरहन्छ। यो तिमी बच्चाहरूलाई थाहा छ। लामखुट्टे सरह आत्माहरू फर्केर जान्छन्। लामखुट्टेलाई त यी आँखाले देखिन्छ। आत्मालाई दिव्यदृष्टि बिना देख्न सकिदैन। सत्ययुगमा त आत्माको साक्षात्कारको आवश्यकता नै हुँदैन। बुझ्छन् हामी आत्माले पुरानो शरीर छोडेर अर्को नयाँ लिनु छ। परमात्मालाई त जान्दै जान्दैनन्। यदि परमात्मालाई जानेको भए त सृष्टि चक्रलाई पनि जान्नुपर्ने थियो।

गीतमा भन्छन् हामीलाई पनि साथमा लैजाऊ। पछि गएर धेरै पछुताउँछन्। सबैलाई निमन्त्रण मिल्छ। कति युक्तिहरू बनिरहेका छन् निमन्त्रण दिनलाई।

शान्ति-शान्ति त सबैले भन्छन् तर शान्तिको अर्थ कसैले पनि बुझ्दैनन्। शान्ति कसरी हुन्छ, त्यो तिमीलाई थाहा छ। जसरी कोलमा तोरी पिसिन्छ त्यसरी नै सबैको शरीर विनाशकालमा समाप्त हुनजान्छ। आत्मा पिसिदैन। त्यो त जान्छ। यस्तो लेखिएको पनि छ आत्माहरू लामखुट्टे सरह भाग्नेछन्। यस्तो त होइन सबै परमात्माहरू भाग्नेछन्। मनुष्यहरूले केही पनि बुझ्दैनन्। आत्मा र परमात्मामा के फरक छ, यो पनि जान्दैनन्। भन्छन् हामी सबै भाइ-भाइ हौं, त्यसो हो भने भाइ-भाइ भएर रहनुपर्यो नि। उनीहरूलाई यो थाहा छैन सत्ययुगमा भाइ-भाइ अथवा भाइ-बहिनी सबै आपसमा मिलेर बस्छन्। त्यहाँ मतभेद (नुनपानी) को कुरा नै हुँदैन। यहाँ हेर भर्खरै मिल्छन् (क्षीरखण्ड), भर्खरै मतभेद हुन्छ। एकातर्फ भन्छन् चिनी-हिन्दु भाइ-भाइ फेरि उनीहरूको पुतला बनाएर आगो लगाइरहन्छन्। जिस्मानी भाइ-भाइको यो हालत हेर। रुहानी सम्बन्धलाई त जान्दैनन्। तिमीलाई बाबाले सम्झाउनु हुन्छ आफूलाई आत्मा सम्झिनु छ। देह-अभिमानमा फस्नुछैन। कोही-कोही देह-अभिमानमा फस्न पुग्छन्। बाबा भन्नुहुन्छ देहसहित देहका जति पनि सम्बन्ध छन्, सबैलाई छोड्नु छ। यो भवन आदि सबै बिर्सिदेऊ। वास्तवमा तिमी परमधाम निवासी हौ। छिट्टै फेरि त्यहाँ जानु छ, जहाँबाट पार्ट खेल्न आयौ, फेरि मैले तिमीलाई सुखमा पठाइदिन्छु। त्यसैले बाबा भन्नुहुन्छ लायक बन्नु छ। भगवानले राज्य स्थापना गरिरहनु भएको छ। क्राइस्टको कुनै राज्य थिएन। त्यो त पछि जब लाखौं क्रिश्चियन बने अनि आफ्नो राज्य बनाएको हुनुपर्छ। यहाँ त तुरून्तै सत्ययुगी राज्य बनिहाल्छ। कति सहज कुरा छ। अवश्य भगवानले आएर स्थापना गर्नु भएको हो। कृष्णको नाम राखिदिनाले सारा गडबड गरिदिएका छन्। गीतामा छ प्राचीन राजयोग र ज्ञान। त्यो त प्राय: लोप हुन जान्छ। अंग्रेजी शब्द राम्रा छन्। तिमीले भन्नेछौ बाबाले अंग्रेजी जान्नुहुन्न। बाबा भन्नुहुन्छ म कहाँसम्म सबै भाषाहरू बसेर बोलूँ। मुख्य हो नै हिन्दी। त्यसैले मैले हिन्दीमा नै मुरली चलाउँछु। जसको शरीर धारण गरेको छु उनले पनि हिन्दी नै जान्दछन्। त्यसैले जुन यिनको भाषा छ मैले पनि त्यही नै बोल्छु। अरू कुनै भाषामा कहाँ पढाउँछु र! मैले फ्रेन्च बोलेँ भने यिनले कसरी बुझ्छन्! मुख्य त यिनको (ब्रह्मा) कुरा छ। यिनले त पहिला बुझ्नुपर्छ नि। अरू कसैको शरीर कहाँ लिन्छु र!

गीतमा पनि भन्छन् मलाई लैजाऊ किनकि बाबा र बाबाको घरको बारेमा त कसैलाई पनि थाहा छैन। गफ लगाइरहन्छन्। अनेक मनुष्यहरूका अनेक मत छन् त्यसैले अलमलमा परेका छन्। बाबा हेर कसरी बस्नु भएको छ। यो चरण कसको हो? यो त मेरो हो नि। मैले सापट दिएको छु। शिवबाबाले त कहिलेकाहीँ प्रयोग गर्नुहुन्छ। त्यसो त यो चरण मेरो हो नि। शिवको मन्दिरमा चरण राख्दैनन्। चरण कृष्णको मन्दिरमा राख्छन्। शिव त हुनुहुन्छ सबैभन्दा उच्च, त्यसैले उहाँको चरण कहाँबाट आउँछ? हो, शिवबाबाले सापट लिनु भएको छ। चरण त ब्रह्माको नै हो। मन्दिरमा साँढे देखाइएको छ। साँढेमा सवारी कसरी हुनसक्छ? साँढेमा शिवबाबा कसरी चढ्नुहुन्छ? शालिग्राम आत्मा सवारी हुन्छ मनुष्यको तनमा। बाबा भन्नुहुन्छ मैले तिमीलाई जुन ज्ञान सुनाउँछु त्यो प्राय: लोप भएको छ। आटामा नुन जति रहन गएको छ। त्यसलाई कसैले पनि बुझ्न सक्दैनन्। म नै आएर त्यसको सार सम्झाउँछु। मैले नै श्रीमत दिएर सृष्टिचक्रको राज सम्झाएको थिएँ, उनीहरूले फेरि देवताहरूलाई स्वदर्शनचक्र देखाइदिएका छन्। उनीहरूसँग त ज्ञान हुँदैन। यो हो सारा ज्ञानको कुरा। आत्मालाई सृष्टिचक्रको ज्ञान मिल्छ जसबाट मायाको शिर काटिन्छ। उनीहरूले फेरि स्वदर्शनचक्र असुरहरूलाई फ्याँकेको देखाएका छन्। यस स्वदर्शनचक्रबाट तिमीले मायामाथि विजय प्राप्त गर्छौ। कहाँको कुरा कहाँ लगेका छन्। तिमीहरूमा पनि विरलै कोहीले यी कुरा धारण गर्न र सम्झाउन सक्छन्। ज्ञान छ उच्च। त्यसमा समय लाग्छ। अन्तिम समयमा तिमीमा ज्ञान र योगको शक्ति हुन्छ। यो ड्रामामा निश्चित छ। उनीहरूको बुद्धि पनि नरम हुँदै जान्छ। तिमीले वायुमण्डललाई शुद्ध पार्छौ। यो ज्ञान कति गुप्त छ। लेखिएको छ अजामिल जस्तो पापीहरूको उद्धार गर्नुभयो तर त्यसको अर्थ पनि बुझ्दैनन्। उनीहरूले सम्झन्छन् ज्योति ज्योतिमा समाहित भयो। सागरमा लीन भयो। पाँच पाण्डव हिमालयमा गले। प्रलय भयो। एकातर्फ देखाउँछन् उनीहरूले राजयोग सिके फेरि प्रलय देखाइदिएका छन् अनि फेरि देखाउँछन् कृष्णले औंला चुस्दै पीपलको पातमा आए। त्यसको पनि अर्थ बुझ्दैनन्। उनी त गर्भ महलमा थिए। औंला त बच्चाहरूले चुस्छन्। कहाँको कुरा कहाँ पुर्याइदिएका छन्। मनुष्यहरूले जे सुन्छन् त्यसैलाई सत-सत भनिरहन्छन्।

सत्ययुगलाई कसैले जान्दैनन्। झुटो त्यसलाई भनिन्छ जुन चीज हुँदै हुँदैन। जस्तै भन्छन् परमात्माको नाम-रूप नै छैन। तर उहाँको नै पूजा गरिरहन्छन्। परमात्मा हुनुहुन्छ अति सूक्ष्म। उहाँ जस्तो सूक्ष्म चीज अरू कुनै छैन। एकदम बिन्दु हुनुहुन्छ। सूक्ष्म भएकै कारण कसैले जान्दैनन्। हुन त आकाशलाई पनि सूक्ष्म भनिन्छ तर त्यो त पोलार हो। ५ तत्त्व हो। बाबाले ५ तत्त्वको शरीरमा आएर प्रवेश गर्नुहुन्छ। उहाँ कति सूक्ष्म चीज हुनुहुन्छ। एकदम बिन्दु हुनुहुन्छ। तारा देख्नमा कति सानो छ। यहाँ परमात्मा तारा छेउमा आएर बस्नुहुन्छ तब त बोल्न सक्नुहुन्छ। कति सूक्ष्म कुरा छ। मोटो बुद्धिवालाले त कत्ति पनि बुझ्न सक्दैन। बाबाले कति राम्रा-राम्रा कुरा सम्झाउनु हुन्छ। ड्रामा अनुसार जुन कल्प पहिला पार्ट खेल्नु भएको थियो त्यही खेल्नुहुन्छ। बच्चाहरूले सम्झन्छन् बाबा दिनहुँ आएर नयाँ-नयाँ कुरा सुनाउनु हुन्छ भने नयाँ ज्ञान हुनुपर्छ। त्यसैले दिनहुँ पढ्नुपर्छ। कोही दिनहुँ आएनन् भने साथीसँग गएर सोध्छन् आज क्लासमा के भयो? यहाँ त कसैले पढ्नै छोडिदिन्छन्। पुग्यो मलाई, भनिदिन्छन् अविनाशी ज्ञान रत्नको वर्सा चाहिँदैन। हेर, पढ्न छोड्यौ भने तिम्रो के हालत होला? बाबासँग के वर्सा लिन्छौ? ठीकै छ, तकदीरमा रहेनछ। स्थूल सम्पत्तिको त कुनै कुरा होइन, ज्ञानको खजाना बाबाबाट मिल्छ। ती सम्पत्तिहरू आदि त सबैथोक विनाश हुनु छ, त्यसको नसा कसैले राख्न सक्दैन। बाबाबाट नै वर्सा मिल्नु छ। तिम्रो साथमा छन त करोडौंको सम्पत्ति छ, त्यो पनि माटोमा मिल्नु छ। सारा कुरा यो समयको नै हो। यो पनि लेखिएको छ किसकी दबी रहेगी धूल में, किसकी जलाये आग... यस समयको कुरा पछि गएर चल्दै आउँछ। विनाश त अब हुनु छ। विनाशपछि फेरि हुन्छ स्थापना। अहिले उहाँले स्थापना गरिरहनु भएको छ। त्यो हो हाम्रो राजधानी। तिमीले अरूको लागि गर्दैनौ, जे पनि गर्छौ त्यो आफ्नै लागि। जो श्रीमतमा चल्छ ऊ मालिक बन्छ। तिमी त नयाँ विश्वमा नयाँ विश्वको मालिक बन्छौ। नयाँ विश्व अर्थात् सत्ययुगमा तिमी मालिक थियौ। अहिले यो पुरानो युग हो फेरि तिमीलाई पुरुषार्थ गराइन्छ नयाँ दुनियाँको लागि। कति राम्रा-राम्रा बुझ्नुपर्ने कुरा छन्। आत्मा र परमात्माको ज्ञान, स्व-अनुभूति (सेल्फ रियलाइजेसन)। स्वयंको पिता को हुनुहुन्छ? बाबा भन्नुहुन्छ म आउँछु तिमी आत्माहरूलाई सिकाउन। अहिले पिताको अनुभूति गरेका छौ पिताद्वारा। बाबा सम्झाउनु हुन्छ तिमी मेरा सिकीलधे बच्चा हौ। कल्पपछि फेरि आएर मिलेका छौ वर्सा लिनको लागि। त्यसैले पुरुषार्थ गर्नुपर्छ। नत्र धेरै पछुताउनु पर्छ, धेरै सजाय खानुपर्छ। जसले बच्चा बनेर फेरि कुकर्म गर्छन्, उनीहरूको त कुरै नसोध। ड्रामामा हेर बाबाको कति काम छ। सबैथोक दिनुभयो। बाबा फेरि भन्नुहुन्छ भविष्य २१ जन्मको लागि रिटर्न दिन्छु। पहिला तिमीले अप्रत्यक्ष रूपमा दिन्थ्यौ त्यसैले भविष्यमा एक जन्मको लागि दिन्थें। अहिले प्रत्यक्ष दिन्छौ त्यसैले भविष्य २१ जन्मको लागि बीमा गरिदिन्छु। प्रत्यक्ष र अप्रत्यक्षमा कति फरक छ। उनीहरूले द्वापर-कलियुगको लागि बीमा गर्छन् ईश्वरलाई। तिमीले सत्ययुग-त्रेताको लागि बिमा गर्छौ। प्रत्यक्ष भएको कारण २१ जन्मको लागि मिल्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको नम्बरवार पुरुषार्थ अनुसार याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) अविनाशी बाबासँग अविनाशी ज्ञान रत्नको खजाना लिएर तकदिरवान बन्नु छ। नयाँ ज्ञान, नयाँ पढाइ दिनहुँ पढ्नु छ। वायुमण्डललाई शुद्ध बनाउने सेवा गर्नु छ।

२) भविष्य २१ जन्मको लागि आफ्नो सबैथोक बीमा गरिदिनु छ। बाबाको बनेपछि कुनै पनि कुकर्म गर्नु छैन।

वरदान:
स्व-उन्नतिको यथार्थ चस्मा लगाएर उदाहरण बन्ने अलबेलापन मुक्त भव

जुन बच्चाहरूले स्वयंलाई केवल विशाल दिमागको नजरबाट चेक गर्छन्, उनीहरूको चस्मा ढीलासुस्तीको हुन्छ, उनीहरूलाई जति पनि गरेका छौं त्यो धेरै नै गरेका छौं भन्ने देखिन्छ। म यी-यी आत्माहरूभन्दा राम्रो छु धेरथोर कुनै कमी कमजोरी त नामीग्रामीमा पनि छ। तर जसले सच्चा दिलले स्वयंलाई चेक गर्छन् उनीहरूको चस्मा यथार्थ स्व-उन्नतिको हुनाले केवल बाबा र स्वयंलाई नै हेर्छन्, दोस्रो, तेस्रो के गर्छ यो हेर्दैनन्। मलाई परिवर्तन हुनु छ, केवल यही धुनमा रहन्छन्। उनीहरू अरूको लागि उदाहरण बन्छन्।

स्लोगन:
हदलाई सर्व वंशसहित समाप्त गरिदियौ भने बेहदको बादशाहीको नसा रहनेछ।