04.01.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबाको याद गरेर सधैं हर्षित रहने गर। यादमा रहने हरू धेरै रमणिक र मीठो हुन्छ न् । खुशीमा रहेर सेवा गर्छ न् ।

प्रश्न:
ज्ञानको मस्तीको साथ-साथै कुनचाहिँ जाँच गर्नु धेरै आवश्यक छ?

उत्तर:
ज्ञानको मस्ती त रहन्छ तर चेक गर देही-अभिमानी कति बनेको छु? ज्ञान त धेरै सहज छ, तर योगमा मायाले विघ्न पार्छ। गृहस्थ व्यवहारमा अनासक्त भएर रहनु छ। यस्तो नहोस्, माया मुसाले भित्र-भित्रै टोकिरहँदा पनि थाहै नलागोस्। आफ्नो अवस्था (नाडी) आफैंले हेर्दै गर बाबासँग मेरो दिल देखि प्यार छ? कति समय म यादमा रहन्छु?

गीत:
जले क्यों न परवाना...

ओम् शान्ति।
मीठा-प्यारा बच्चाहरूले गीतको लाइन सुन्यौ। जब बाबाले यति भव्यता देखाउनु हुन्छ, तिमी यति सुन्दर बन्छौ भने किन यस्तो बाबाको नबन्ने, जसले श्यामबाट सुन्दर बनाउनु हुन्छ। बच्चाहरूले सम्झन्छन् हामी कालोबाट गोरो बन्छौं। एकको मात्र कुरा होइन। तिनीहरूले कृष्णलाई श्याम-सुन्दर भनिदिन्छन्। चित्र पनि यस्तै बनाउँछन्। कसैले सुन्दर, कसैले श्याम भन्छन्। मानिसहरूले बुझ्दैनन्, यो कसरी हुन सक्छ? सत्ययुगका राजकुमार कृष्ण काला हुन सक्दैनन्। कृष्णको लागि त सबैले भन्छन् कृष्ण जस्तो बच्चा मिलोस्, पति मिलोस्। फेरि उनी काला कसरी हुन सक्छन्। केही पनि बुझ्दैनन्। कृष्णलाई कालो (श्याम) किन बनाएका हुन्, कारण हुनु पर्यो नि। यो जुन देखाउँछन् सर्पमाथि डान्स गरे, यस्तो कुरा हुन सक्दैन। शास्त्रहरूमा यस्ता-यस्ता कुरा सुनेर भनिदिन्छन्। वास्तवमा यस्तो कुनै कुरा होइन। जस्तै चित्रहरूमा देखाउँछन् शेषनागको शैयामाथि नारायण बसेका छन्, यस्तो कुनै सर्पको शैया आदि हुँदैन। यति धेरै सैकडौं मुख हुन्छ र? कस्ता-कस्ता चित्र बसेर बनाएका छन्। बाबा सम्झाउनु हुन्छ यी चित्रहरूमा केही पनि अर्थ छैन, यी सबै भक्ति मार्गका चित्र हुन्। यो पनि ड्रामामा निश्चित छ। सुरु देखि यस समयसम्म जुन नाटक शूट भएको छ, त्यसलाई फेरि दोहोरिनु छ। यो त केवल सम्झाइएको मात्र हो भक्तिमा के-के गर्छन्। कति खर्च गर्छन्। कस्ता-कस्ता चित्र आदि बनाउँछन्। पहिले जब यो सबैदेखिन्थ्यो भने यति आश्चर्य लाग्दैनथ्यो। अब जब बाबाले सम्झाउनुभयो, तब बुद्धिमा आउँछ, वास्तवमा यी सबै भक्तिमार्गका कुरा हुन्। भक्तिमा जे हुन्छ त्यो फेरि पनि अवश्य हुन्छ। तिमीहरू सिवाय अरू कसैले पनि यो बुझ्न सक्दैनन्। यो त जान्दछौ ड्रामा जो पहिल्यैबाट निश्चित छ, त्यही भइरहन्छ। अनेक अधर्महरूको विनाश एक धर्मको स्थापना हुन्छ। यसमा धेरै कल्याण छ। अब तिमी यो प्रार्थना आदि केही गर्दैनौ। त्यो सबै गर्छन् भगवानसँग फल लिनको लागि। फल हो जीवनमुक्ति। यो सबै सम्झाइन्छ। यहाँ हुन्छ प्रजाको प्रजामाथि राज्य। गीतामा छ कौरव पाण्डव क्या करत भये। वास्तवमा यादवहरूले मूसल (मिसाइल बम) निकाले। आफ्नै कुलको विनाश गरे। यी सबै आपसमा दुस्मन हुन्। तिमीले समाचार आदि सुन्दैनौ, जसले सुन्छन् उनले राम्रोसँग बुझ्न सक्छन्। दिन-प्रतिदिन भित्र खिटपिट धेरै हुन्छ। हुन त सबै क्रिस्चियन हुन् तर भित्र किचलो धेरै छ, घरमा बसेरै एक अर्कालाई उडाइदिन्छन्। तिमी राजयोग सिकिरहेका छौ, त्यसैले राजाई गर्नको लागि पुरानो दुनियाँको सफाइ अवश्य हुनु पर्छ। फेरि नयाँ दुनियाँमा सबैथोक नयाँ हुन्छ। ५ तत्त्व पनि त्यहाँ सतोप्रधान हुन्छ। समुद्रको तागत हुँदैन जसले नोक्सान गरोस्। अहिले त ५ तत्त्वहरूले कति नोक्सान गर्छन्। त्यहाँ सारा प्रकृति दासी हुन्छ। त्यसैले दु:खको कुनै कुरा हुँदैन। यो पनि बनिबनाऊ ड्रामाको खेल हो। स्वर्ग भनिन्छ सत्ययुगलाई। क्रिस्चियनहरूले पनि भन्छन् पहिले पहिले स्वर्ग थियो। भारत अविनाशी खण्ड हो। उनीहरूलाई थाहा छैन हामीलाई मुक्ति दिने बाबा भारतमा आउनु हुन्छ। शिवजयन्ती पनि मनाउँछन्, तैपनि बुझ्न सक्दैनन्। अहिले तिमीले सम्झाउँछौ भारतवर्षमा शिवजयन्ती मनाइन्छ, अवश्य शिवबाबाले यहाँ आएर स्वर्ग बनाउनु भएको हुनु पर्छ, अब फेरि बनाइरहनु भएको छ। जो प्रजा बन्नेवाला हुन्छन् उनीहरूको बुद्धिमा केही पनि बस्दैन। जो राजधानीमा आउनेहरू हुन्छन् उनीहरूले सम्झन्छन् वास्तवमा हामी शिवबाबाको सन्तान हौं। प्रजापिता ब्रह्मा पनि छन्। मुक्तिदाता, ज्ञानका सागर स्वयं बाबा हुनु हुन्छ। ब्रह्मालाई भनिदैन। ब्रह्माले पनि उहाँबाट मुक्ति प्राप्त गर्छन्। मुक्ति सबैलाई एक बाबाले नै गर्नुहुन्छ किनकि सबै तमोप्रधान छन्। यस्तो मनमा विचार सागर मन्थन चल्नु पर्छ। मैले यस्तो मुरली सुनाऊँ जसले गर्दा मानिसहरूले तुरून्तै बुझ्न सकून्। बच्चाहरू नम्बरवार त छन् नै। यो हो ज्ञान, यसको दिनहुँ अध्ययन गर्नु पर्छ। डराएर पढाइ नपढ्नु त ठीक होइन। फेरि भनिन्छ कर्मबन्धन हो। हेर, सुरुमा कति छुटेर आए फेरि कति गए पनि। सिन्धमा धेरै बच्चीहरू आए, फेरि हंगामाको कारण कति दुस्मन पनि बने। पहिले उनीहरूलाई ज्ञान धेरै राम्रो लाग्थ्यो। सम्झन्थे यिनलाई भगवानको देन प्राप्त भएको छ। अहिले पनि यस्तै सम्झन्छन् कुनै शक्ति छ, परमात्मा प्रवेश हुनु भएको हो भनेर बुझ्दैनन्। आजभोलि ऋिद्धि-सिद्धिको तागत त धेरैमा छ। गीता लिएर सुनाइरहन्छन्। बाबा भन्नुहुन्छ यी सबै भक्ति मार्गका पुस्तक हुन्। ज्ञानको सागर त म नै हुँ। मलाई भक्तिमार्गमा सबैले याद गर्छन्। ड्रामाको योजना अनुसार यो पनि ड्रामामा निश्चित छ। साक्षात्कार पनि हुन्छ। भक्तहरूलाई पनि राजी गर्छु। ज्ञान लिँदैनन् भने उनीहरूको लागि भक्ति नै राम्रो छ, फेरि पनि मानिसहरू सुध्रिन्छन् नि। चोरी आदि गर्दैनन्। भगवानको भजन गर्नेहरूलाई कहिल्यै पनि उल्टो कुरा गर्दैनन्। फेरि पनि भक्त हुन्। आजकल त भक्त भए पनि धेरै नोक्सान हुन्छ। यस्तो होइन, शिवबाबाको बच्चा बनेपछि नोक्सान हुँदैन। पुरानो हिसाब त हुन्छ, त्यसैले नोक्सान हुन्छ। ज्ञानमा आएपछि पनि नोक्सान हुन सक्छ, यसमा ज्ञानको कुनै सम्बन्ध छैन।

तिमी बच्चाहरू अब सेवामा लागेका छौ। सम्झन्छौ श्रीमत अनुसार सेवामा लागेमा फल मिल्छ। हामीलाई सबैथोक त्यहाँको लागि स्थानान्तरण गर्नु छ। ब्याग-ब्यागेज सबै स्थानान्तरण गरिदिनु छ। बाबालाई सुरुमा धेरै आनन्द आउँथ्यो। वहाँबाट जब निक्लिए तब गीत बनाए अल्फलाई मिल्यो अल्लाह, बे लाई मिल्यो बादशाही... श्रीकृष्णको, चतुर्भुजको साक्षात्कार भयो, सम्झेँ द्वारिकाको बादशाह बन्नेछु। यस्तो नशा चढेको थियो। अब यो विनाशी पैसा के गर्ने? त्यस्तै तिमी बच्चाहरूलाई पनि खुशी हुनु पर्छ। हामीलाई बाबाले स्वर्गको बादशाही दिनु हुन्छ। तर बच्चाहरूले यति पुरुषार्थ नै गर्दैनन्। चल्दा-चल्दै गिर्छन्। राम्रा-राम्रा बच्चाहरू! बाबालाई निमन्त्रण दिनेहरू पनि कहिल्यै बाबालाई याद गर्दैनन्। बाबाको पासमा पत्र आउनु पर्छ बाबा म एकदमै खुशी छु। हजुरको यादमा मस्त रहन्छु। धेरै छन् जसले यादै गर्दैनन्। यादको यात्राबाट नै खुशी एकदमै बढ्छ। ज्ञानमा कति मस्त पनि रहन्छन् तर देह-अभिमान कति छ। देही-अभिमानीपना कहाँ छ र? ज्ञान त धेरै सहज छ। योगमा नै मायाले विघ्न पार्छ। गृहस्थ व्यवहारमा पनि अनासक्त भएर रहनु छ। यस्तो नहोस् जसले गर्दा मायाले मुक्का लगाइदेओस्। मायाले यसरी टोक्छ, मानौं मुसाले। मुसाले यसरी टोक्छ, रगत आए पनि थाहा लाग्दैन। देह अभिमानमा आएपछि कति नोक्सान हुन्छ, यो कुरा बच्चाहरूलाई थाहा हुँदैन। उच्च पद पाउन सक्दैनन्। बाबासँग पूरा वर्सा लिनु पर्छ। मम्मा बाबाले जस्तै म पनि तख्तमा बस्न सकूँ। बाबा हुनु हुन्छ दिल लिनेवाला। देलवाडा मन्दिरमा पनि पूरा यादगार छ, भित्र हात्तीहरूमा महारथी बसेका छन्। तिमीहरूमा पनि महारथी, घोडसवार, पैदल-सेना छौ। हरेकले आ-आफ्नो अवस्था देख्नु छ। बाबाले किन देख्ने? तिमीले आफूलाई हेर म बाबालाई याद गर्छु? बाबाजस्तै सेवा गर्छु? मेरो बाबासँग योग छ? रातमा जागेर बाबालाई याद गर्छु? मैले धेरैको सेवा गर्छु? चार्ट राख्नु पर्छ बाबालाई दिल देखि याद गर्छु? कसैले सम्झन्छन् म निरन्तर याद गर्छु, यो हुन सक्दैन। कसैले फेरि सम्झन्छन् म त बाबाको बच्चा बनेँ, भइहाल्यो। तर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। बाबाको याद विना केही काम गर्नु अर्थात् बाबालाई याद गर्दैनौ। बाबाको यादमा सदैव हर्षित रहनु पर्छ। यादमा रहनेहरू सदैव रमणिक रहन्छन्, हर्षितमुख रहन्छन्। कसैलाई धेरै खुशी र रमणिकतासँग सम्झाउँछन्। धेरै कम छन् जसलाई सेवाको धेरै सोख हुन्छ। चित्रहरूद्वारा सम्झाउन धेरै सजिलो हुन्छ। उहाँ हुनु हुन्छ उच्च भन्दा उच्च भगवान्, फेरि उहाँका रचना हामी सबै आत्माहरू भाइ-भाइ हौं। ब्रदरहुड हो, उनीहरूले फेरि फादरहुड भनिदिएका छन्। पहिला त शिवबाबाको चित्रमा सम्झाउनु छ उहाँ हुनु हुन्छ सबै आत्माहरूको बाबा परमपिता परमात्मा निराकार। हामी आत्मा पनि निराकार हौं, भृकुटीको बीचमा रहन्छौं। शिवबाबा पनि तारा हुनु हुन्छ, तर ताराको पूजा कसरी हुनसक्छ, त्यसैले ठूलो बनाउँछन्। बाँकी आत्माले कहिल्यै ८४ लाख जन्म लिदैन। बाबा सम्झाउनु हुन्छ आत्मा पहिले अशरीरी आउँछ, फेरि शरीर धारणा गरेर पार्ट बजाउँछ। सतोप्रधान आत्मा पुनर्जन्म लिँदै-लिँदै आइरन एजमा आइपुग्छन्। पछि आउनेहरूले ८४ जन्म लिदैनन्। सबैले त ८४ जन्म लिन सक्दैनन्। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। नाम-रूप, देश-काल सबै बदलिन पुग्छ। यसरी भाषण गर्नु पर्छ। भन्दछन् आत्म-अनुभूति। तर गराउने कसले? आत्मा नै परमात्मा भन्नु यो कुनै आत्म-अनुभूति भयो र? यो नयाँ ज्ञान हो। बाबा जो ज्ञानका सागर हुनु हुन्छ, पतित-पावन हुनु हुन्छ, सर्वका सद्गति दाता हुनु हुन्छ, उहाँ नै बसेर सम्झाउनु हुन्छ। फेरि उहाँको खुब महिमा गर, उहाँको महिमा सुन्नुभयो। आत्माको परिचय बताएँ, अब परमात्माको पनि बताउँछु। उहाँलाई भनिन्छ सबै आत्माहरूको पिता। उहाँ सानो ठूलो हुनु हुन्न। परमपिता परमात्मा मतलब सुप्रिम सोल। सोल मतलब आत्मा। परमात्मा त पर भन्दा पर रहनेवाला हुनु हुन्छ। उहाँ पुनर्जन्ममा आउनु हुन्न, त्यसैले उहाँलाई परमपिता भनिन्छ। यति सानो आत्मामा पार्ट भरिएको छ। पतित-पावन पनि उहाँलाई नै भनिन्छ। उहाँको नाम जहिले पनि शिवबाबा हो। रुद्र बाबा होइन। भक्तिमार्गमा अनेक नाम राखिएको छ, पतित पावन आउनुहोस् भनेर उहाँलाई सबैले याद गर्छन्। त्यसैले अवश्य आउनु पर्नेहुन्छ। उहाँ आउनु हुन्छ नै तब, जब एक धर्मको स्थापना गर्नु पर्नेहुन्छ। आदि सनातन देवी-देवता धर्म। अहिले हो कलियुग, धेरै मानिसहरू छन्। सत्ययुगमा धेरै कम मनुष्य हुन्छन्। गायन पनि गरिएको छ ब्रह्माद्वारा स्थापना, शंकरद्वारा विनाश... गीताद्वारा आदि सनातन धर्मको स्थापना भएको थियो। मात्र त्यसमा कृष्णको नाम राख्ने भूल गरिदिएका छन्। बाबा भन्नुहुन्छ उनी त पुनर्जन्ममा आउँछन्। म त पुनर्जन्म रहित छु। त्यसैले अब पहिचान गर परमपिता परमात्मा निराकार शिव हुनु हुन्छ या श्रीकृष्ण। गीताको भगवान् को? भगवान् त एकलाई नै भनिन्छ फेरि यदि यी कुरालाई कसैले मान्दैन भने बुझ्नु पर्छ ऊ हाम्रो धर्मको होइन। सत्ययुगमा आउनेले तुरून्तै मान्नेछ र पुरुषार्थ गर्न थाल्नेछ। मूल कुरा नै यही हो। यसमा तिम्रो विजय छ। तर देही-अभिमानी अवस्था कहाँ छ र! एक-अर्काको नाम रूपमा फँस्छन्। भक्तिमार्गमा पनि भन्ने गर्छन् पर्बाह थियो पार ब्रह्ममा रहनेवाला परमात्माको, बाँकी डर कसको? धेरै हिम्मत चाहिन्छ। भाषण गर्नेहरूले आत्माको ज्ञान एकदम मस्तीसँग दिनु पर्छ। फेरि परमात्मा कसलाई भनिन्छ यस सम्बन्धमा पनि सम्झाउनु पर्छ। बाबाको महिमा हो प्रेमका सागर, ज्ञानका सागर... त्यस्तै बच्चाहरूको पनि महिमा छ। कसैलाई पिट्नु मतलब कानुन हातमा लिनु हो। बाबा कति मीठो हुनु हुन्छ। कोही बच्चाहरू काम गर्न अस्वीकार गर्छन्, त्यसैले नटवर बन्दैनन्। धेरै मीठो बन्नु छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
 
धारणाको लागि मुख्य सारः

१) आफ्नो ब्याग-बेगेज सबै ट्रान्सफर गरेर धेरै खुशी र मस्तीमा रहनु छ। मम्मा बाबा समान तख्तनशीन बन्नु छ। दिलै देखि यादमा रहनु छ।

२) कसैको डरले पढाइ कहिल्यै पनि छोड्नु छैन। यादबाट आफ्नो कर्मबन्धन हल्का गर्नु छ। कहिल्यै क्रोधमा आएर कानुन आफ्नो हातमा लिनु हुँदैन। कुनै पनि सेवामा अस्वीकार गर्नु छैन।

वरदान:
ब्राह्मण जीवनको प्रोपर्टी र पर्सनालिटीको अनुभव गर्ने र गराउने विशेष आत्मा भव

बापदादा सबै ब्राह्मण बच्चाहरूलाई स्मृति दिलाउनु हुन्छ ब्राह्मण बन्यौ अहो भाग्य! तर ब्राह्मण जीवनको वर्सा, सम्पत्ति सन्तुष्टता हो र ब्राह्मण जीवनको व्यक्तित्व प्रसन्नता हो। यस अनुभवबाट कहिल्यै बञ्चित रहनु हुँदैन। अधिकारी हौ। जब दाता, वरदाताले खुल्ला दिलले प्राप्तिको खजाना दिइरहनु भएको छ भने त्यसलाई अनुभवमा ल्याऊ र अरूलाई पनि अनुभवी बनाऊ तब भनिन्छ विशेष आत्मा।

स्लोगन:
लास्ट समयलाई सोच्नुको सट्टा लास्ट स्थितिलाई सोच।


ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:

सेवाको प्रत्यक्षफल देखाउनको लागि जसरी ब्रह्मा बाबाले आफ्नो रूहानी स्थितिद्वारा सेवा गर्नु भयो, त्यसैगरी तिमी बच्चाहरूले पनि अब आफ्नो रूहानी स्थितिलाई प्रत्यक्ष गर। रूह आत्मालाई पनि भनिनछ र रूह इसेन्सलाई पनि भनिन्छ। त्यसैले रूहानी स्थितिमा रहनाले दुवै नै हुन्छ।