04.01.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे कदम-कदम बाबाको श्रीमतमा चलिराख , एक बाबा को कुरा सुन अनि मायाको वार हुँदैन।

प्रश्न:
उच्च पद प्राप्त गर्ने आधार के हो?

उत्तर:
(१) उच्च पद प्राप्त गर्नको लागि बाबाको हरेक निर्देशनमा चलिराख। बाबाको निर्देशन मिल्यो, बच्चाले स्वीकार गर्यो। अरू कुनै संकल्प नआओस्। (२) यसै रूहानी सेवामा लाग। तिमीलाई अरू कसैको याद आउनु हुँदैन। आफू मरेपछि दुनियाँ मर्यो, अनि मात्र उच्च पद मिल्न सक्छ।

गीत:
तुम्हें पाके हमने..........

ओम् शान्ति ।
मीठा-प्यारा रूहानी बच्चाहरूले यो गीत सुन्यौ। त्यो पनि भक्ति मार्गमा गाइएको हो। यस समय बाबाले यसको रहस्य सम्झाउनु हुन्छ। बच्चाहरूले पनि बुझेका छन् अब हामीले बाबाबाट बेहदको वर्सा पाइरहेका छौं। हाम्रो त्यो राज्य कसैले छिन्न सक्दैन। भारतको राज्य धेरैले छिनेका छन्। मुसलमानले छिने, अंग्रेजले छिने। वास्तवमा पहिला त रावणले छिन्यो, आसुरी मतमा। यो जुन बाँदरको चित्र बनाउँछन् नराम्रो नसुन, नराम्रो नहेर.... यसको पनि कुनै रहस्य छ नि। बाबा सम्झाउनु हुन्छ एकातर्फ छ रावणको आसुरी सम्प्रदाय, जसले बाबालाई चिनेका छैनन्। अर्कातर्फ छौ तिमी बच्चाहरू। तिमीहरूले पनि पहिला चिन्दैनथ्यौ। बाबाले यिनको लागि पनि सुनाउनु हुन्छ, यिनले पनि धेरै भक्ति गरेका थिए, यिनको यो हो धेरै जन्मको अन्त्यको जन्म। यिनै पहिला पावन थिए, अहिले पतित बनेका छन्। यिनलाई मैले जान्दछु। अहिले तिमीले अरू कसैको कुरा नसुन। बाबा भन्नुहुन्छ म तिमी बच्चाहरूसँग कुरा गर्छु। हो, कहिले कोही मित्र-सम्बन्धी आदिलाई लिएर आउँछौ भने थोरै कुरा गर्छु। पहिलो कुरा हो पवित्र बन्नु छ अनि मात्रै बुद्धिमा धारणा हुन्छ। यहाँका नियम धेरै कडा छन्। पहिला भनिन्थ्यो ७ दिन भट्ठीमा रहनु पर्छ, अरू कसैको याद नआओस्, न त पत्र आदि लेख्नु छ। जहाँ पनि रहन सक्छौ। तर सारा दिन भट्ठीमा रहनु पर्छ। अहिले तिमी भट्ठीमा परेर फेरि बाहिर निस्कन्छौ। कसैले त आश्चर्यवत् सुनन्ती, कथन्ती, अहो माया फेरि भागन्ती भए। यो हो धेरै ठूलो लक्ष्य। बाबाले भनेको मान्दैनन्। बाबा भन्नुहुन्छ तिमी त वानप्रस्थी हौ। तिमी किन व्यर्थैमा फँसेका छौ। तिमी त यस रूहानी सेवामा लाग। तिमीलाई अरू कसैको याद आउनु हुँदैन। आफू मरेपछि दुनियाँ मरे जस्तै हो, तब उच्च पद मिल्न सक्छ। तिम्रो पुरुषार्थ हो नै नरबाट नारायण बन्ने। कदम-कदम बाबाको निर्देशनमा चल्नुपर्छ। तर यसमा हिम्मत चाहिन्छ। केवल भन्ने कुरा मात्र होइन। मोहको धागो कम छैन, नष्टोमोह हुनु छ। मेरो त एक शिवबाबा, दोस्रो न कोही। मैले त बाबाको शरण लिएको छु। मैले विष कहिल्यै दिने छैन। तिमी ईश्वरतर्फ आउँछौ त्यसैले मायाले पनि तिमीलाई छोड्दैन, धेरै पछार्छ। जसरी वैद्यहरूले भन्छन् यो दबाईले पहिला सारा बिमारी बाहिर निस्किन्छ। डराउनु हुँदैन। यो पनि त्यस्तै हो। मायाले खुब सताउँछ, वानप्रस्थ अवस्थामा पनि विकारको संकल्प ल्याउँछ। मोह उत्पन्न हुन्छ। बाबाले पहिलादेखि नै बताइदिनुहुन्छ, यो सबै हुन सक्छ। जहिलेसम्म जीवित रहन्छौ, मायाको बक्सिङ्ग चलिरहन्छ। मायाले पनि पहलमान बनेर तिमीलाई छोड्दैन। यो ड्रामामा निश्चित छ। मैले मायालाई कहाँ भन्छु र विकल्प नल्याऊ! धेरैले लेख्छन् बाबा कृपा गर्नुहोस्। मैले कहाँ कसैमाथि कृपा गर्छु र! यहाँ त तिमी श्रीमतमा चल्नुपर्छ। कृपा गरें भने त सबै महाराजा बन्छन्। ड्रामामा पनि छैन। सबै धर्मका आउँछन्। जो अरू धर्ममा ट्रान्सफर भएका छन् ती निस्केर आउँछन्। यो कलमी लाग्छ, यसमा धेरै मेहनत छ। नयाँ जो आउँछन् उनीहरूलाई केवल यही भन्नु छ बाबालाई याद गर। शिव भगवानुवाच। कृष्ण कोही भगवान होइनन्। उनी त ८४ जन्ममा आउँछन्। अनेक मत, अनेक कुरा छन्। यो बुद्धिमा पूरा धारण गर्नु छ। हामी पतित थियौं। अब बाबा भन्नुहुन्छ तिमी पावन कसरी बन्छौ? कल्प पहिला पनि भनेको थिएँ म एकलाई याद गर। आफूलाई आत्मा सम्झेर देहका सबै धर्म छोडेर जीवन छँदै मर। म एक बाबालाई मात्र याद गर। म सर्वको सद्गति गर्न आएको छु। तिमी नै उच्च बन्छौ, फेरि ८४ जन्म लिएर तल झर्छौ। भन, हिन्दुहरूले नै यी देवी-देवताको पूजा गर्छन्। यी को हुन्? यी स्वर्गका मालिक थिए नि। अहिले कहाँ छन्? ८४ जन्म कसले लिन्छन्? सत्ययुगमा त यिनै देवी-देवता थिए। अब फेरि यस महाभारत लडाईंद्वारा सबैको विनाश हुनु छ। अहिले सबै पतित तमोप्रधान छन्। म पनि यिनको धेरै जन्मको अन्त्यमा नै आएर प्रवेश गर्छु। यी पूरा भक्त थिए। नारायणको पूजा गर्थे। यिनमा नै प्रवेश गरेर फेरि यिनलाई नारायण बनाउँछु। अब तिमीले पनि पुरुषार्थ गर्नुपर्छ। यो दैवी राजधानी स्थापना भइरहेको छ। माला बन्दै छ नि। माथि छ निराकार फूल, फेरि मेरू युगल। यी एकदम शिवबाबाको तल खडा छन्। जगत् पिता ब्रह्मा र जगत् अम्बा सरस्वती। अब तिमी यस पुरुषार्थबाट विष्णुपुरीको मालिक बन्छौ। प्रजाले पनि भन्छन् नि हाम्रो देश। तिमीले पनि सम्झन्छौ हामी विश्वका मालिक हौं। हामीले राज्य गर्छौं, अरू कुनै धर्म नै हुँदैन। यस्तो भनिदैन यो हाम्रो राजाई हो। अरू कुनै राजाई नै हुँदैन। यहाँ धेरै छन् त्यसैले हाम्रो तिम्रो चल्छ। त्यहाँ यो कुरा नै हुँदैन। बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! अरू सबै कुरालाई छोडेर म एकलाई याद गर तब विकर्म विनाश हुन्छ। यस्तो होइन, कोही सामुन्ने बसेर योग गराउन्, दृष्टि दिउन्। बाबा त भन्नुहुन्छ हिँड्दा-डुल्दा बाबालाई याद गर्नु छ। आफ्नो चार्ट राख सारा दिनमा कति याद गरेँ? बिहान सबेरै उठेर कति समय बाबासँग कुरा गरेँ? आज बाबाको यादमा बसेँ? यस प्रकारले मेहनत गर्नु पर्छ। ज्ञान त बुद्धिमा छ फेरि अरूलाई सम्झाउनु छ। यो कसैको बुद्धिमा आउँदैन, काम महाशत्रु हो। २-४ वर्ष बसेर फेरि मायाको थप्पड जोडले लाग्नाले गिर्छन्। फेरि लेख्छन् बाबा मैले कालो मुख पारेँ। बाबाले लेख्नुहुन्छ कालो मुख पार्नेहरू १२ महिना यहाँ नआए हुन्छ। तिमीले बाबासँग प्रतिज्ञा गरेर फेरि पनि विकारमा गिर्यौ, मेरो पासमा कहिल्यै नआउनु। धेरै ठूलो लक्ष्य छ। बाबा आउनु भएको नै हो पतितबाट पावन बनाउन। धेरै बच्चाहरू विवाह गरेर पवित्र रहन्छन्। हो, कुनै बच्चीलाई मार पर्छ भने उनलाई बचाउनको लागि गन्धर्वी विवाह गरेर पवित्र रहन्छन्। त्यसमा पनि कसै-कसैलाई त नाकबाट मायाले समात्छ। हार खान्छन्। स्त्रीहरू पनि धेरैले हार खान्छन्। बाबा भन्नुहुन्छ तिमी त सुपनखा हौ, यी सबै नाम यस समयका नै हुन्। यहाँ त बाबाले कुनै विकारीलाई बस्न पनि दिनुहुन्न। कदम-कदममा बाबासँग राय लिनुपर्छ। समर्पित भए भने बाबा भन्नुहुन्छ अब ट्रस्टी बन। राय अनुसार चल्दै गर। चार्ट बतायौ भने त राय-सल्लाह दिनुहुन्छ। यो धेरै बुझ्नु पर्ने कुरा छ तिमीले भोग लगाऊ तर म खान्न। म त दाता हुँ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास १५-६-६८
जुन कुरा बितिसक्यो, त्यसलाई दोहोर्याउनाले जसको कमजोर दिल छ, उसको दिलको कमजोरी पनि दोहोरिन्छ। त्यसैले बच्चाहरूलाई ड्रामाको पट्टामा स्थित गराइएको छ। मुख्य फाइदा छ नै यादबाट। यादबाट नै आयु लामो हुन्छ। ड्रामालाई बच्चाहरूले बुझे भने कहिल्यै विचार चल्दैन। ड्रामामा यतिबेला ज्ञान सिक्ने र सिकाउने कुरा चलिरहेको छ। फेरि यो पार्ट बन्द हुन्छ। न बाबाको, न हाम्रो पार्ट रहन्छ। न उहाँको दिने पार्ट, न हाम्रो लिने पार्ट हुन्छ। समान बन्छौ नि। हाम्रो पार्ट नयाँ दुनियाँमा हुन्छ। बाबाको पार्ट शान्तिधाममा हुन्छ। पार्टको रील भरिएको छ नि हाम्रो प्रारव्धको पार्ट, बाबाको शान्तिधामको पार्ट। दिने र लिने पार्ट पूरा हुन्छ, ड्रामा नै पूरा हुन्छ। फेरि हामी राज्य गर्न आउँछौं, त्यो पार्ट चेन्ज हुन्छ। ज्ञान बन्द हुन्छ, हामी देवी-देवता बन्छौं। पार्ट नै पूरा भएपछि बाँकी फरक नै रहँदैन। बच्चा र बाबाको पार्ट पनि रहँदैन। यिनले पनि ज्ञान पूरा लिन्छन्। उहाँसँग पनि केही रहँदैन। न दिनेसँग रहन्छ, न लिनेवालामा कमी रहन्छ दुवै एक अर्काका समान हुन्छन्। यसमा विचार सागर मन्थन गर्ने बुद्धि चाहिन्छ। खास पुरुषार्थ हो यादको यात्राको। बाबा बसेर सम्झाउनु हुन्छ। भनाइमा त मोटो कुरा हुन्छ, बुद्धि त सूक्ष्म छ नि। मनले जानेका छौ शिवबाबाको रूप कस्तो छ। सम्झाउँदा मोटो रूप हुन्छ। भक्ति मार्गमा ठूलो लिङ्ग बनाउँछन्। आत्मा त सानो छ नि। यो हो आश्चर्य। कहाँसम्म अन्त्य पाउँछन्? फेरि आखिरमा बेअन्त्य भन्छन्। बाबाले सम्झाउनु भएको छ सारा पार्ट आत्मामा भरिएको छ। यो आश्चर्य छ। अन्त्य पाउन सकिँदैन। सृष्टि-चक्रको अन्त्य त पाउँछन्। रचयिता र रचनाको आदि, मध्य, अन्त्यलाई तिमीले नै जानेका छौ। बाबा ज्ञानको सागर हुनुहुन्छ। फेरि हामी पनि सम्पूर्ण हुन्छौं। पाउनको लागि केही रहँदैन। बाबा यिनमा प्रवेश गरेर पढाउनु हुन्छ। उहाँ हुनुहुन्छ बिन्दु। आत्माको वा परमात्माको साक्षात्कार गरेर मात्र खुसी कहाँ हुन्छ र! मेहनत गरेर बाबालाई याद गर्नु पर्छ, अनि विकर्म विनाश हुन्छ। बाबा भन्नुहुन्छ ममा ज्ञान बन्द भएपछि तिमीहरूमा पनि बन्द हुन्छ। ज्ञान लिएर उच्च बन्छन्। सबै कुरा लिन्छन् फेरि पनि बाबा त बाबा नै हुनुहुन्छ नि। तिमी आत्मा आत्मा नै रहन्छौ, बाबा नै त बन्दैनौ नि। यो त ज्ञान हो। बाबा, बाबा हुनुहुन्छ, बच्चा बच्चा नै हुन्। यो सबै विचार सागर मन्थन गरेर गहिराइमा जाने कुरा हो। यो पनि जानेका छौ जानु त सबैले पर्छ। सबै जानेवाला हुन्। बाँकी आत्माहरू गएर रहन्छन्। सारा दुनियाँ नै खतम हुन्छ। यसमा निडर रहनु छ। पुरुषार्थ गर्नु छ, निडर भएर रहने। शरीर आदिको कुनै भान नआओस्। त्यसै अवस्थामा जानु छ। बाबाले आफू समान बनाउनु हुन्छ, तिमी बच्चाहरूले पनि आफू समान बनाइरहन्छौ। एक बाबाको नै याद रहोस् यस्तो पुरुषार्थ गर्नु छ। अहिले समय छ। यो रिहर्सल तीब्र गर्नुपर्छ। अभ्यास भएन भने रोकिन्छन्। गोडा काम्न थाल्छन् र अचानक हर्टफेल भइरहन्छ। तमोप्रधान शरीरलाई हर्टफेल हुन कहाँ समय लाग्छ र! जति अशरीरी हुँदै जान्छौ, बाबालाई याद गरिरहन्छौ त्यति नजिक हुँदै जान्छौ। योग गर्नेवाला नै निडर रहन्छन्। योगबाट शक्ति मिल्छ, ज्ञानबाट धन मिल्छ। बच्चाहरूलाई चाहिन्छ शक्ति। त्यसैले शक्ति प्राप्त गर्नको लागि बाबालाई याद गर्दै रहनु। बाबा हुनुहुन्छ अविनाशी सर्जन। उहाँ कहिल्यै पनि बिरामी बन्नुहुन्न। बाबा भन्नुहुन्छ तिमीले आफ्नो अविनाशी दबाई गरिराख। मैले यस्तो सञ्जीवनी बुटी दिन्छु, जसले गर्दा कहिल्यै कोही बिरामी नपरोस्। केवल पतित-पावन बाबालाई याद गरिराख तब पावन बन्छौ। देवताहरू सधैं निरोगी पावन हुन्छन् नि। बच्चाहरूलाई यो त निश्चय भइसकेको छ हामीले कल्प-कल्प वर्सा लिन्छौं। अनगिन्ती पटक बाबा आउनु भएको छ, जसरी अहिले आउनु भएको छ। बाबाले जे सिकाउनु हुन्छ, सम्झाउनु हुन्छ यही राजयोग हो। ती गीता आदि सबै भक्ति मार्गका हुन्। यो ज्ञान मार्ग बाबाले नै बताउनु हुन्छ। बाबा नै आएर तलबाट माथि उठाउनु हुन्छ। जो पक्का निश्चय बुद्धिका छन् तिनै मालाका दाना बन्छन्। बच्चाहरूले जानेका छन् भक्ति गर्दा-गर्दा हामी तल गिर्दै आयौं। अहिले बाबा आएर सच्चा कमाई गराउनु हुन्छ। लौकिक पिताले यति कमाई गराउनुहुन्न, जति पारलौकिक बाबाले गराउनु हुन्छ। अच्छा! बच्चाहरूलाई गुडनाइट एवं नमस्ते।

धारणाको लागि मुख्य सारः
१) माया पहलमान बनेर अगाडि आउँछ, त्योसँग डराउनु हुँदैन। मायाजित बन्नु छ। कदम-कदम श्रीमतमा चलेर आफूमाथि आफैंले कृपा गर्नु छ।

२) बाबालाई आफ्नो सच्चा-सच्चा चार्ट बताउनु छ। ट्रस्टी भएर रहनु छ। हिँड्दा-डुल्दा यादको अभ्यास गर्नु छ।

वरदान:
आफ्नो स्वरूपद्वारा भक्तहरूलाई प्रकाशको ताजको साक्षात्कार गराउने इष्टदेव भव

जबदेखि तिमी बाबाको बच्चा बन्यौ, पवित्रताको प्रतिज्ञाको रिटर्नमा प्रकाशको ताज प्राप्त भयो। यस प्रकाशको ताजको अगाडि रत्न जडित ताज पनि केही होइन। जति-जति संकल्प, बोली र कर्ममा पवित्रता धारण गर्दै जान्छौ, त्यति यो प्रकाशको ताज स्पष्ट हुँदै जान्छ र इष्टदेवको रूपमा भक्तहरूको अगाडि प्रत्यक्ष हुँदै जान्छौ।

स्लोगन:
सधैं बापदादाको छत्रछायाँमा रह्यौ भने विघ्न-विनाशक बन्छौ।