04.01.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी मोती छानेर टिप्ने हंस हौ , तिम्रो यो हो हंसमण्डली। तिमी भाग्यशाली सितारा हौ , किनकि स्वयं ज्ञान सूर्य पिताले तिमीलाई सम्मुख पढाइ रहनु भएको छ।

प्रश्न:
बाबाले सबै बच्चाहरूलाई कुनचाहिँ शिक्षा दिनुभयो, जसबाट पुरुषार्थ तीव्र भयो?

उत्तर:
बाबाले शिक्षा दिनुभयो, प्यारा बच्चाहरू! अब यो ड्रामाको अन्त्य हुँदैछ, तिमी नयाँ दुनियाँमा जानु छ। यस्तो होइन जे मिल्नु छ त्यो मिल्छ। पुरुषार्थ हो फस्ट। पवित्र बनेर अरूलाई पवित्र बनाउनु, यो धेरै ठूलो सेवा हो। यो शिक्षा पाउनासाथ तिमी बच्चाहरूको पुरुषार्थ तीव्र भयो।

गीत:
तू प्यार का सागर है...

ओम् शान्ति ।
प्यारा बच्चाहरूलाई थाहा छ प्यारका सागर, शान्तिका सागर, आनन्दका सागर बेहदका बाबा सम्मुख बसेर हामीलाई शिक्षा दिइरहनु भएको छ। कति भाग्यशाली सितारा हौ, जसलाई सम्मुख ज्ञान सूर्य पिताले पढाइरहनु भएको छ। जुन बकुल्ला मण्डली थियो, त्यो अहिले हंस मण्डली बनेको छ। मोती छानेर टिप्न लागेका छन्। यी भाइ-बहिनी सबै हुन् हंस, यिनीहरूलाई हंस मण्डली पनि भनिन्छ। कल्प पहिलाकाले नै यतिबेला, यस जन्ममा एकले अर्कालाई चिन्छन्। रूहानी पारलौकिक माता-पिता र भाइ-बहिनीहरूले आपसमा एक अर्कालाई चिन्छन्। याद छ ५ हजार वर्ष पहिला पनि हामी आपसमा यही नाम-रूपले मिलेका थियौं? यो तिमीले अहिले भन्न सक्छौ, फेरि कहिल्यै पनि कुनै जन्ममा यसरी भन्न सकिदैन। जो ब्रह्माकुमार, ब्रह्माकुमारीहरू बन्छन् उनीहरूले नै एकले अर्कालाई चिन्छन्। बाबा हजुर पनि उही हुनुहुन्छ, हामी हजुरका बच्चाहरू पनि उही हौं, हामी भाई बहिनीहरूले फेरि आफ्ना पितासँग वर्सा लिन्छौं। अहिले बाबा र बच्चाहरू सम्मुख बसेका छन् फेरि यो नाम-रूप आदि सबै परिवर्तन हुन्छ। सत्ययुगमा लक्ष्मी-नारायणले यसरी कहाँ भन्छन् हामी उही कल्प पहिलाका लक्ष्मी-नारायण हौं वा प्रजाले कहाँ भन्छन् यिनी उही कल्प पहिलाका लक्ष्मी-नारायण हुन्। भन्दैनन्। यो केवल यतिबेला तिमी बच्चाहरूले नै जान्दछौ। यतिबेला तिमीहरूले धेरैथोक जान्दछौ। पहिला त तिमीले केही पनि जान्दैनथ्यौ। मैले नै कल्पको सङ्गमयुगमा आएर आफ्नो पहिचान दिन्छु। यो कुरा केवल बेहदका बाबाले नै भन्न सक्नुहुन्छ। नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश पनि अवश्य हुनु पर्छ। यो हो दुवैको सङ्गमयुग। यो बहुत कल्याणकारी युग हो। सत्ययुगलाई वा कलियुगलाई कल्याणकारी भनिदैन। तिम्रो यो अहिलेको जीवन अमूल्य गायन गरिएको छ। यही जीवनमा कौडीबाट हीरा समान बन्नु छ। तिमी बच्चाहरू सच्चा-सच्चा भगवानका सहयोगी हौ। उद्धार गर्ने ईश्वरीय सेना हौ। ईश्वर आएर मायादेखि तिमीलाई छुटाउनुहुन्छ। तिमीलाई थाहा छ हामीलाई खासगरी र आमरूपमा दुनियाँलाई मायाको जन्जिरदेखि छटाउनुहुन्छ। यो पनि ड्रामामा निश्चित छ। अब महिमा कसको गर्ने? जसको अभिनय राम्रो हुन्छ, उसैको नाम हुन्छ। त्यसैले महिमा पनि परमपिता परमात्मालाई नै गरिन्छ। अहिले धरतीमा पाप आत्माहरूको धेरै बोझ छ। तोरी समान कति धेरै मनुष्यहरू छन्। बाबा आएर बोझ उतारिदिनुहुन्छ। त्यहाँ त केही लाख मात्र हुन्छन्, त्यसैले चौथाइ प्रतिशत पनि भएन। त्यसैले यो ड्रामालाई पनि राम्रोसँग बुझ्नु छ। परमात्मालाई सर्वशक्तिमान् भन्छन्। यो पनि उहाँको ड्रामामा पार्ट छ। बाबा भन्नुहुन्छ म पनि ड्रामामा बाँधिएको छु। यदा यदाहि धर्मस्य... लेखिएको छ। अब त्यही धर्मको ग्लानि पनि वास्तवमा यहाँ नै हुन्छ। मेरो पनि ग्लानि गर्छन्, देवताहरूको पनि ग्लानी गर्छन्, त्यसैले धेरै पाप आत्माहरू बनेका छन्। यो पनि उनीहरूलाई बन्नु नै छ। सतो, रजो, तमोमा आउनु नै छ। तिमीले यस ड्रामालाई जानिसकेका छौ। तिम्रो बुद्धिमा यो चक्र घुमिरहन्छ। बाबाले आएर शिक्षा दिनु भएको छ। अहिले यो ड्रामाको अन्त्य हो। अब तिमीले फेरि नयाँ दुनियाँको लागि पुरुषार्थ गर। यस्तो होइन जे मिल्नु छ त्यही मिल्छ। होइन। पुरुषार्थ पहिला। सारा तागत पवित्रतामा छ। पवित्रताको महिमा छ। देवताहरू पवित्र छन् त्यसैले अपवित्र मनुष्यहरूले उनीहरूको पछि गएर शिर झुकाउँछन्। संन्यासीहरूलाई पनि शिर झुकाउँछन्। मरे पछि तिनीहरूको यादगार बनाइन्छ किनकि पवित्र बनेका हुन्छन्। कसै-कसैले जिस्मानी काम पनि धेरै गर्छन्। अस्पताल खोल्छन् वा कलेज बनाउँछन् त्यसैले उनीहरूको पनि महिमा हुन्छ। सबैभन्दा ठूलो नाम उहाँ बाबाको हुन्छ जसले सबैलाई पवित्र बनाउनुहुन्छ र जो उहाँको सहयोगी बन्छन्। उहाँ सदाको पवित्रसँग योग लगाउनाले तिमी पवित्र बन्छौ। जति तिमीले योग लगाउँदै जान्छौ त्यति तिमी पवित्र बन्दै जान्छौ, फेरि अन्त्य मति सो गति हुन्छ। बाबाको पासमा गइन्छ। उनीहरू यात्रामा जान्छन् तर यसरी सम्झिदैनन् बाबाको पासमा जानु छ। तैपनि पवित्र रहन्छन्। यहाँ त बाबाले सबैलाई पवित्र बनाउनुहुन्छ। ड्रामालाई पनि जान्न कति सहज छ। धेरै प्वाइन्टहरू सम्झाइरहनु हुन्छ। फेरि भन्नुहुन्छ केवल बाबा र वर्सालाई याद गर। मर्ने बेलामा सबैले भगवानको याद दिलाउँछन्। अच्छा, भगवानले के गर्नुहुन्छ? फेरि कसैले शरीर छोड्यो भने भन्छन् स्वर्गवासी भयो। अर्थात् परमात्माको यादमा शरीर छोड्नाले वैकुण्ठमा गइन्छ। उनीहरूले बाबालाई चिन्दैनन्। यो पनि कसैको बुद्धिमा छैन हामीले बाबालाई याद गर्नाले वैकुण्ठमा पुग्छौं। उनीहरूले केवल भन्छन् परमात्मालाई याद गर। अँग्रेजीमा भन्छन् गडफादर। यहाँ तिमीहरूले भन्छौ परमपिता परमात्मा। उनीहरूले पहिला गड फेरि फादर भन्छन्। हामीले पहिला परमपिता फेरि परमात्मा भन्छौं। उहाँ सबैका फादर हुनुहुन्छ। यदि सबै फादर हुने हो भने त फेरि ओ गड फादर भन्न सकिदैन। सानो कुरा पनि बुझ्न सक्दैनन्। बाबाले तिमीलाई सहज बनाएर सम्झाउनु भएको छ।

मनुष्यहरू जब दु:खी हुन्छन् अनि परमात्मालाई याद गर्छन्। मनुष्यहरू छन् देह-अभिमानी र याद गर्छ आत्माले। यदि परमात्मा सर्वव्यापी भए फेरि आत्माले किन याद गर्ने? यदि आत्मा निर्लेप छ भने फेरि पनि देही अथवा आत्माले के याद गर्ने? भक्तिमार्गमा आत्माले नै परमात्मालाई याद गर्छ किनकि दु:खी छ। जति सुख मिलेको छ त्यति याद गर्नु पर्छ।

यो हो पढाइ, लक्ष्य-उद्देश्य पनि स्पष्ट छ। यसमा अन्धश्रद्धाको कुनै कुरा छैन। तिमीले सबै धर्मावलम्बीलाई जान्दछौ यतिबेला सबै यहीँ छन्। अब फेरि देवी-देवता धर्मको इतिहास दोहोरिनु छ। यो कुनै नयाँ कुरा होइन। कल्प-कल्प हामीले राज्य लिन्छौं। जसरी त्यो हदको खेल दोहोरिन्छ त्यसैगरी यो बेहदको खेल हो। आधा कल्प देखिको हाम्रो दुश्मन को हो? रावण। हामीले कुनै लडाइँ गरेर राज्य लिदैनौं। न कुनै हिंसक लडाइँ लड्छौं, न कसैलाई जित्नको लागि फौज लिएर लड्छौं। यो हार जीतको खेल हो। तर हार पनि सूक्ष्म र जित पनि सूक्ष्म छ। मायासँग हारे हार हुन्छ, मायासँग जिते जित हुन्छ। मनुष्यहरूले मायाको ठाँउमा मन शब्द राखिदिएका छन् त्यसैले उल्टो भएको छ। यो ड्रामामा खेल पनि पहिले नै बनेको छ। बाबा स्वयं बसेर परिचय दिनुहुन्छ। रचयितालाई अरू कुनै मनुष्यले चिन्दै-चिन्दैनन्, त्यसैले परिचय कसरी दिन सक्छन्। रचयिता हुनुहुन्छ एक बाबा, बाँकी हामी हौं रचना। त्यसैले अवश्य हामीलाई राज्य-भाग्य मिल्नु पर्छ। मनुष्यहरूले त भन्छन् परमात्मा सर्वव्यापी हुनुहुन्छ त्यसैले सबै रचयिता भए। रचनालाई गायब गरिदिएका छन्, कति पत्थरबुद्धि, दु:खी भएका छन्। केवल आफ्नो महिमा गर्छन्, भन्छन् हामी वैष्णव हौं, हामी आधा देवता हौं। सम्झन्छन् देवताहरू वैष्णव थिए। वास्तवमा शाकाहारीको मुख्य अर्थ हुन्छ अहिंसा परमोधर्म। देवताहरूलाई पक्का वैष्णव भनिन्छ। त्यसो त आफूलाई वैष्णव कहलाउनेहरू धेरै छन्। तर लक्ष्मी-नारायणको राज्यमा वैष्णव सम्प्रदाय पवित्र थिए। अहिले त्यो वैष्णव सम्प्रदायको राज्य कहाँ छ? अहिले तिमीहरू ब्राह्मण बनेका छौ, तिमी ब्रह्माकुमार-कुमारीहरू हौ भने अवश्य ब्रह्मा पनि छन्, त्यसैले त नाम राखिएको छ शिववंशी प्रजापिता ब्रह्माका सन्तान। गायन पनि गरिन्छ शिवबाबा आउनु भएको थियो, उहाँले ब्राह्मण सम्प्रदाय रच्नुभयो, जसबाट ब्राह्मण फेरि देवता बने। अहिले तिमी शूद्रबाट ब्राह्मण बनेका छौ त्यसैले ब्रह्माकुमार-कुमारी कहलाउँछौ। विराटरूपको चित्रमा पनि सम्झाउन राम्रो हुन्छ। विष्णुको नै विराटरूप देखाइएको हो। विष्णु र उनको राजधानी (सन्तान) नै विराटचक्रमा आउँछन्। यी सबै बाबाका विचारमा चल्छन्। तिमीले पनि विचार-सागर मन्थनको अभ्यास गर्यौ भने रात्रिमा निद्रा आउँदैन। यही चिन्तन चलिरहन्छ। बिहान उठेर काम-काज आदिमा लाग्छन्। भन्छन् सुबहका सांई... तिमीले पनि कसैलाई बसेर सम्झायौ भने भन्छन् ओहो! यिनीहरूले त हामीलाई मनुष्यबाट देवता, मागन्तेबाट राजकुमार बनाउन आएका छन्। पहिला स्थूल सेवा गर्नु पर्छ, त्यसपछि अलौकिक सेवा। यसको लागि सोख हुनुपर्छ। खासगरी माताहरूले बहुत राम्रो तरिकाले सेवा गर्न सक्छन्। माताहरूलाई कसैले धिक्कार गर्दैनन्। तरकारी बेच्नेहरू, अनाज बेच्नेहरू, घरायसी कामदार आदि सबैलाई सम्झाउनु छ। कोही बाँकी नरहुन जसले गुनासो गरून्। सेवामा दिलको सच्चाइ चाहिन्छ। बाबासँग पूरा योग चाहिन्छ अनि धारणा हुन सक्छ। उनलाई फेरि घरमा सुख अनुभव हुँदैन, सेवामा भागिरहन्छन्। यी चित्रहरूले पनि धेरै मदत दिन्छन्। कति स्पष्ट छ शिवबाबाले ब्रह्माद्वारा विष्णुपुरीको स्थापना गराइरहनु भएको छ। यो हो रुद्र ज्ञान यज्ञ, कृष्ण ज्ञान यज्ञ होइन। यस रुद्र ज्ञान यज्ञद्वारा विनाश ज्वाला प्रज्वलित भएको हो। कृष्णले त यज्ञ रच्न सक्दैनन्। उनले ८४ जन्म लिन्छन् त्यसैले नाम-रूप परिवर्तन हुन्छ, कृष्ण अरू कुनै रूपमा हुन सक्दैनन्। कृष्ण त जब त्यही रूपमा आउँछन् तब पार्ट दोहोर्याउन सक्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सच्चा-सच्चा ईश्वरीय सेवाधारी अथवा ईश्वरीय मुक्तिसेना (सेलभेसन आर्मी) बनेर सबैलाई मायादेखि छुटाउनु छ। यो जीवनमा कौडीबाट हीरा जस्तो बन्नु र बनाउनु छ।

२) जसरी बाबाले विचार सागर मन्थन गर्नुहुन्छ, त्यसैगरी ज्ञानको विचार सागर मन्थन गर्नु छ। कल्याणकारी बनेर अलौकिक सेवामा तत्पर रहनु छ। दिलको सच्चाइले सेवा गर्नु छ।

वरदान:
स ाना -साना अवज्ञाहरूको बोझलाई समाप्त गरेर स दा समर्थ रहने श्रेष्ठ चरित्रवान् भव

१- जसरी अमृतबेला उठ्ने आज्ञा भएकाले उठेर त बस्छन् तर विधिबाट सिद्धि प्राप्त गर्दैनन्, स्वीट साइलेन्सको साथमा निद्राको साइलेन्स पनि मिसिन्छ। २- बाबाको आज्ञा छ, कुनै पनि आत्मालाई न दु:ख देऊ, न दु:ख लेऊ, यसमा दु:ख चाहिं त दिदैनन् तर लिन्छन्। ३- क्रोध गदैनन् तर आवेशमा आउँछन्, यस्ता साना-साना अवज्ञाहरूले मनलाई भारी बनाइदिन्छ। अब यसलाई समाप्त गरेर आज्ञाकारी चरित्रको चित्र बनायौ भने भनिन्छ सदा समर्थ चरित्रवान् आत्मा।

स्लोगन:
सम्मान माग्नुको सट्टा सबैलाई सम्मान दियौ भने सबैबाट सम्मान मिलिरहन्छ।