04.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अन्तर्मुखी भएर आफ्नो कल्याणको बारेमा सोच। घुमफिर गर्न जाँदा एकान्तमा विचार सागर मन्थर गर । स्वयं सँग सोध म सधैं हर्षित रहन्छु ?

प्रश्न:
दयावान् बाबाका बच्चाहरूले स्वयंप्रति कुनचाहिँ दया गर्नु पर्छ?

उत्तर:
जसरी बाबालाई दया आउँछ मेरा बच्चाहरू काँडाबाट फूल बनुन्। बाबाले बच्चाहरूलाई फूल बनाउने कति मेहनत गर्नुहुन्छ, त्यस्तै तिमी बच्चाहरूलाई पनि स्वयंप्रति दया आउनु पर्छ। हामीले बाबालाई बोलायौं हे पतित-पावन आउनुहोस्, फूल बनाउनुहोस्। अहिले उहाँ आउनु भएको छ भने हामी फूल नबन्ने त! यदि स्वयंप्रति दया छ भने देही-अभिमानी बन। बाबाले जे सुनाउनु हुन्छ, त्यसलाई धारण गर।

ओम् शान्ति ।
यो त बच्चाहरूले बुझेका छन् उहाँ बाबा पनि हुनु हुन्छ, शिक्षक पनि हुनु हुन्छ, सतगुरु पनि हुनु हुन्छ। बाबा बच्चाहरू सँग सोध्नु हुन्छ तिमी यहाँ जब आउँछौ, यी लक्ष्मी-नारायण र सिंढीको चित्रलाई हेर्छौ? जब दुवैलाई देख्छौ लक्ष्य-उद्देश्य र सारा चक्र बुद्धिमा आउँछ, हामी देवता बनेर फेरि यसरी नै सिंढी उत्रिंदै आएका हौं। यो ज्ञान तिमी बच्चाहरूलाई नै मिल्छ। तिमी हौ विद्यार्थी। लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। जो कोही आए पनि उनलाई सम्झाऊ यो लक्ष्य-उद्देश्य हो। यस पढाइबाट यस्ता देवी-देवता बन्छौं। फेरि ८४ जन्मको सिँढी उत्रिन्छौं, फेरि दोहोर्याउनु पर्छ। धेरै सजिलो ज्ञान छ, फेरि पनि पढ्दा पढ्दै फेल किन हुन्छौ? त्यस भौतिक पढाइ भन्दा पनि यो ईश्वरीय पढाइ एकदम सहज छ। लक्ष्य-उद्देश्य र ८४ जन्मको चक्र एकदम सामुन्ने खडा छ। यी दुवै चित्र आगन्तुक कक्षमा पनि हुनु पर्छ। सेवा गर्नको लागि सेवाको हतियार पनि हुनु पर्छ। सारा ज्ञान यसमा नै छ। यो पुरुषार्थ पनि हामीले अहिले गर्छौं। सतोप्रधान बन्नको लागि धेरै मेहनत गर्नु पर्छ। यसमा अन्तर्मुखी भएर विचार सागर मन्थन गर्नु छ। घुमफिर गर्न जाँदा पनि बुद्धिमा यही हुनु पर्छ। नम्बरवार छन्, यो त बाबालाई थाहा छ। कसैले राम्रो सँग बुझेका छन् भने अवश्य पुरुषार्थ गर्छन्, आफ्नो कल्याणको लागि। हरेक विद्यार्थीले सम्झन्छन् यसले राम्रो सँग पढ्छ। स्वयं पढ्दैन भने आफूलाई नै नोक्सान गर्छ। आफूलाई त केही लायक बनाउनु पर्छ। तिमी पनि विद्यार्थी हौ, त्यो पनि बेहदका बाबाको! यी ब्रह्माले पनि पढ्छन्। यो लक्ष्मी-नारायण हो पद र सिँढी हो ८४ जन्मको चक्र। यो पहिलो नम्बरको जन्म, यो अन्तिम नम्बरको जन्म। तिमी देवता बन्छौ। भित्र आउने बित्तिकै सामुन्ने लक्ष्य-उद्देश्य र सिँढीको बारेमा सम्झाऊ। सधैं आएर यिनीहरूको सामुन्ने बसेमा स्मृति आउँछ। तिम्रो बुद्धिमा छ बेहदका बाबाले हामीलाई सम्झाइरहनु भएको छ। सारा चक्रको ज्ञान तिम्रो बुद्धिमा भरपुर छ, त्यसैले हर्षित रहनु पर्छ। स्वयं सँग सोध्नु पर्छ मेरो त्यो अवस्था किन रहँदैन? के कारण छ जसले गर्दा हर्षित रहन मुश्किल हुन्छ? जसले चित्र बनाउँछन् उनको बुद्धिमा पनि होला यो हाम्रो भविष्य पद हो, यो हाम्रो लक्ष्य-उद्देश्य हो र यो ८४ जन्मको चक्र हो। गायन पनि छ सहज राजयोग। त्यो त बाबा दिनहुँ सम्झाइरहनु हुन्छ तिमी बेहद बाबाको बच्चा हौ, त्यसैले स्वर्गको वर्सा त अवश्य लिनु पर्छ। सारा चक्रको रहस्य पनि सम्झाइएको छ भने त्यो याद गर्नु पर्छ, अनि फेरि बातचित गर्ने आचरण पनि राम्रो हुनु पर्छ। चलन पनि धेरै राम्रो हुनु पर्छ। हिँड्दा-डुल्दा, कामकाज गर्दा बुद्धिमा केवल यही रहोस् हामी बाबाको पासमा पढ्नको लागि आएका छौं। यो ज्ञानले तिमीलाई साथमा लिएर जान्छ। पढाइ त सहज छ। तर यदि पूरा पढेनौं भने शिक्षकलाई अवश्य ख्याल रहन्छ, यदि क्लासमा धेरै मन्दबुद्धि छन् भने टिचरको नाम बदनाम हुन्छ। इनाम मिल्दैन। सरकारले केही पनि दिदैन। यो पनि विद्यालय हो नि। यसमा इनाम आदिको कुरा छैन। फेरि पनि पुरुषार्थ त गराइन्छ नि। चलनलाई सुधार, दैवीगुण धारण गर। आचरण राम्रो हुनु पर्छ। बाबा त तिम्रो कल्याणको लागि आउनु भएको छ। तर बाबाको श्रीमतमा चल्न सक्दैनन्। श्रीमतले भनोस् यहाँ जाऊ, तर जाँदैनन्। भन्छन् यहाँ गर्मी छ, यहाँ ठण्डा छ। बाबालाई चिनेका छैनन्, कसले मलाई भन्दै छ? यस साधारण रथ नै बुद्धिमा आउँछ। उहाँ बाबा बुद्धिमा आउँदैन। बडा राजाहरूको कति सबैलाई डर रहन्छ। ठूलो अधिकार हुन्छ। यहाँ त बाबा भन्नुहुन्छ म गरिब निवाज हुँ। म रचयिता र रचनाको आदि-मध्य अन्त्यलाई कसैले जान्दैनन्। कति धेरै मनुष्य छन्। कस्तो कस्तो कुरा गर्छन्, के के बोल्छन्। भगवान् के चीज हो, यो पनि जान्दैनन्। आश्चर्य छ नि। बाबा भन्नुहुन्छ म साधारण तनमा आएर आफ्नो र रचनाको आदि-मध्य-अन्त्यको परिचय दिन्छु। ८४ को यो सिँढी कति स्पष्ट छ।

बाबा भन्नुहुन्छ मैले तिमीलाई यो बनाएको थिएँ, अब फेरि बनाइरहेको छु। तिमी पारसबुद्धि थियौ, फेरि तिमीलाई पत्थरबुद्धि कसले बनायो? आधाकल्प रावण राज्यमा तिमी गिर्दै आएका हौ। अब तिमीलाई तमोप्रधानबाट सतोप्रधान अवश्य बन्नु छ। विवेकले पनि भन्छ बाबा हुनु हुन्छ नै सत्य। उहाँले अवश्य सत्य नै बताउनु हुन्छ। यी ब्रह्माले पनि पढ्छन्, तिमी पनि पढ्छौ। यिनले भन्छन्, म पनि विद्यार्थी हुँ। पढाइमा ध्यान दिन्छु। एक्युरेट कर्मातीत अवस्था त अहिले बनेको छैन। यस्तो को होला, जसले यति उच्च पद प्राप्त गर्नको लागि पढाइमा ध्यान नदेओस्। सबैले भन्छन् यस्तो पद अवश्य मिल्नु पर्छ। बाबाका हामी बच्चाहरू हौ त्यसैले अवश्य मालिक हुनु पर्छ। बाँकी पढाइमा तल-माथि त हुन्छ नै। अब तिमीलाई ज्ञानको सार मिलेको छ। सुरुमा त पुरानै ज्ञान थियो। बिस्तारै-बिस्तारै तिमीले बुझ्दै आएका हौ। अहिले सम्झन्छौ ज्ञान त वास्तवमा हामीलाई मिलेको छ। बाबाले पनि भन्नुहुन्छ आज म तिमीलाई गहन कुरा सुनाउँछु। तुरून्तै त कसैले जीवनमुक्ति पाउन सक्दैन। सारा ज्ञान लिन सक्दैन। पहिले यो सिँढीको चित्र कहाँ थियो र। अब सम्झन्छन् वास्तवमा हामीले यसरी चक्र लगाउँछौं। हामी नै स्वदर्शन चक्रधारी हौं। बाबाले हामी आत्माहरूलाई सारा चक्रको रहस्य सम्झाउनु भएको छ। बाबा भन्नुहुन्छ तिम्रो धर्मले धेरै सुख दिन्छ। बाबा नै आएर तिमीलाई स्वर्गको मालिक बनाउनु हुन्छ। अरूको सुखको समय त अहिले आएको छ, जबकि मृत्यु सामुन्ने खडा छ। यो हवाईजहाज, बिजुली आदि पहिले थिएनन्। उनीहरूको लागि त मानौं अहिले स्वर्ग हो। कति ठूला-ठूला महल बनाउँछन्। सम्झन्छन् अहिले त हामीलाई धेरै सुख छ। लन्डनमा कति छिटो पुग्छन्। यहीँ नै स्वर्ग सम्झन्छन्। अब उनलाई कसैले सम्झाउन् स्वर्ग त सत्ययुगलाई भनिन्छ, कलियुगलाई कहाँ स्वर्ग भनिन्छ र। नर्कमा शरीर छोड्यो भने अवश्य पुनर्जन्म पनि नर्कमा नै लिइन्छ। पहिले तिमीले पनि यी कुरा बुझ्दैनथ्यौ। अब बुझेका छौ। रावण राज्य आएपछि हामी गिर्न थाल्छौं, सबै विकार आउँछन्। अहिले तिमीलाई सारा ज्ञान मिलेको छ, त्यसैले चालचलन आदि पनि बडो सभ्य हुनु पर्छ। अहिले तिमी सत्ययुगमा भन्दा पनि धेरै मूल्यवान् छौ। बाबा जो ज्ञानका सागर हुनु हुन्छ, उहाँले सारा ज्ञान यतिबेला दिनु हुन्छ। अरू कसैले पनि ज्ञान र भक्तिलाई बुझ्न सक्दैनन्। मिलावट गरिदिएका छन्। सम्झन्छन् शास्त्र पढ्नु, यो ज्ञान हो अनि पूजा गर्नु भक्ति हो। अब बाबाले फूल बनाउनको लागि कति मेहनत गर्नुहुन्छ। बच्चाहरूलाई पनि दया आउनु पर्छ। हामीले बाबालाई बोलाउँछौं पतितहरूलाई आएर पावन बनाउनुहोस्, फूल बनाउनुहोस्। अब बाबा आउनु भएको छ भने स्वयंप्रति पनि दया गर्नु पर्छ। के म यस्तो फूल बन्न सक्दिनँ! अहिलेसम्म म बाबाको दिलमा किन चढ्न सकेको छैन! ध्यान दिएको छैन। बाबा कति दयावान् हुनु हुन्छ। बाबालाई बोलाउँछन् नै पतित दुनियाँमा आएर पावन बनाउनुहोस्। जसरी बाबालाई दया आउँछ, त्यस्तै बच्चाहरूलाई पनि दया आउनु पर्छ। नत्र सतगुरुको निन्दक ठौर न पायें। यो त कसैको स्वप्नमा पनि थिएन सतगुरु को हुनु हुन्छ? मानिसहरूले गुरुहरूको लागि सम्झन्छन् कहीँ श्राप नदिऊन्, अकृपा नहोस्। बच्चा जन्मियो, सम्झन्छन् गुरुको कृपा भयो। यो हो अल्पकालको सुखको कुरा। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! स्वयंमाथि दया गर। देही-अभिमानी बनेमा धारणा पनि हुन्छ। सबैथोक आत्माले नै गर्छ। मैले पनि आत्मालाई पढाउँछु। आफूलाई आत्मा पक्का सम्झ अनि बाबालाई याद गर। बाबालाई याद नै गरेनौ भने विकर्म विनाश कसरी हुन्छ? भक्तिमा पनि याद गर्छन् हे भगवान् दया गर्नुहोस्। बाबा मुक्तिदाता पनि हुनु हुन्छ भने गाइड पनि हुनु हुन्छ... यो पनि उहाँको गुप्त महिमा हो। बाबा आएर सबै बताउनु हुन्छ भक्तिमार्गमा तिमीले याद गर्छौ। म आउँछु अवश्य आफ्नो समयमा। यस्तो होइन, जब चाहुँ तब आऊँ। ड्रामामा जुन समय निश्चित छ, त्यतिबेला नै आउँछु। बाँकी यस्तो विचार पनि कहिल्यै आउँदैन। तिमीलाई पढाउनेवाला उहाँ बाबा हुनु हुन्छ। यिनले पनि उहाँ सँग नै पढ्छन्। उहाँले कहिल्यै कुनै पनि भूल गर्नुहुन्न, कसैलाई दु:ख दिनु हुन्न। बाँकी सबै नम्बरवार शिक्षक छन्। उहाँ सच्चा बाबाले तिमीलाई सत्य नै सिकाउनु हुन्छ। सच्चाको बच्चा पनि सच्चा। फेरि झूटाको बच्चा बनेपछि आधाकल्प झूटो बन्छौ। सच्चा बाबालाई नै भुल्छौ।

सबै भन्दा पहिला त सम्झाऊ यो सत्ययुगी नयाँ दुनियाँ हो या पुरानो दुनियाँ हो? अनि मात्रै मानिसहरूले बुझ्नेछन् यिनले प्रश्न धेरै राम्रो सोद्धछन्। यतिबेला सबैमा ५ विकारहरूको प्रवेशता छ। त्यहाँ ५ विकार हुँदैनन्। यो छ त धेरै सहज कुरा सम्झाउनको लागि, तर जसले स्वयं नै बुझेका छैन भने उसले प्रदर्शनीमा के सम्झाउँछ? सर्भिसको बदला डिस-सर्भिस गरेर आउँछ। बाहिर गएर सेवा गर्नु सामान्य कुरा होइन। धेरै समझ चाहिन्छ। बाबा हरेकको चालचलनबाटै बुझ्नु हुन्छ। बाबा त बाबा नै हुनु हुन्छ, फेरि पनि बाबा भन्नुहुन्छ यही नै ड्रामामा थियो। कोही आएमा ब्रह्माकुमारीले सम्झाउनु ठीक हुन्छ। नाम पनि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय छ। नाम प्रसिद्ध पनि ब्रह्माकुमारीहरूको नै हुनु छ। यस समय सबै ५ विकारमा गिरेका छन्। उनलाई गएर सम्झाउन कति मुश्किल हुन्छ। केही पनि बुझ्दैनन्, केवल यति मात्रै भन्छन् ज्ञान त राम्रो छ। स्वयंले बुझ्दैनन्। एकपछि अर्को विघ्न परिरहन्छ। फेरि युक्तिहरू पनि रच्नु पर्ने हुन्छ। पुलिसको पहरा राख्न सक्छौ, चित्र बीमा गरिदेऊ। यो यज्ञ हो, यसमा विघ्न अवश्य पर्ने छन्। सारा दुनियाँ यसमा स्वाहा हुनु छ। नत्र यज्ञ नाम किन हुन्थ्यो। यज्ञमा स्वाहा हुनु छ। यसको रुद्र ज्ञान यज्ञ नाम रहेको छ। ज्ञानलाई पढाइ पनि भनिन्छ। यो पाठशाला पनि हो भने यज्ञ पनि हो। तिमी पाठशालामा पढेर देवता बन्छौ। फेरि यी सबैथोक यस यज्ञमा स्वाहा हुन्छ। सम्झाउन उसले नै सक्छ जसले दिनहुँ अभ्यास गरिरहन्छ। यदि अभ्यास छैन भने उसले के गर्न सक्छ? दुनियाँका मानिसहरूको लागि स्वर्ग अहिले छ, अल्पकालको लागि। तिम्रो लागि स्वर्ग आधाकल्प हुन्छ। यो पनि ड्रामा बनेको छ। विचार गर्दा बडो आश्चर्य लाग्छ। अब रावण राज्य खतम भएर रामराज्य स्थापना हुन्छ। यसमा लडाईं आदिको कुनै कुरा छैन। यो सिँढीको चित्र देखेर मानिसहरू एकदम चकित हुन्छन्। बाबाले के के सम्झाउनु भएको छ, यी ब्रह्माले पनि बाबाबाटै सिकेका हुन्, जुन सम्झाइ रहन्छन्। बच्चीहरूले पनि सम्झाउँछन्। जसले धेरैको कल्याण गर्छन्, उनलाई अवश्य धेरै फल मिल्छ। नपढेकाले पढेकाहरूको अगाडि अवश्य भारी बोक्नेछन्। बाबा दिनहुँ सम्झाउनु हुन्छ आफ्नो कल्याण गर। यी चित्रहरूलाई सम्मुख राखेमा नशा चढ्छ, त्यसैले बाबाले कोठामा यो चित्र राखेका छन्। लक्ष्य-उद्देश्य कति सहज छ। यसमा आचरण धेरै राम्रो हुनु पर्छ। दिल साफ भएमा मुराद (मनोकामना) हासिल हुन्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सधैं स्मृतिमा राख हामी बेहदको बाबाका विद्यार्थी हौं। भगवानले हामीलाई पढाउनु हुन्छ, त्यसैले राम्रो सँग पढेर बाबाको नाम प्रत्यक्ष गर्नु छ। आफ्नो चालचलन बडो रोयल राख्नु छ।

२) बाबा समान दयावान् बनेर काँडाबाट फूल बन्नु र अरूलाई पनि फूल बनाउनु छ। अन्तर्मुखी बनेर आफ्नो र अरूको कल्याणको बारेमा चिन्तन गर्नु छ।


वरदान:
विकार रूपी विषालु साँपलाई गलाको माला बनाउने शंकर समान तपस्वीमूर्त भव

यी पाँच विकार जुन मानिसको लागि विषालु साँप हुन्, तर ती साँप तिमी योगी वा प्रयोगी आत्माको गलाको माला बन्छन्। यो तिमी ब्राह्मणहरू वा ब्रह्मा बाबाको अशरीरी तपस्वी शंकर स्वरूपको यादगार अहिलेसम्म पनि पुजिन्छ। यो साँप खुशीमा नाच्ने स्टेज बन्न पुग्छ, यस स्थितिलाई स्टेजको रूपमा देखाउँछन्। त्यसैले जब विकारहरूमाथि यस्तो विजय हुन्छ अनि भनिन्छ तपस्वीमूर्त, प्रयोगी आत्मा।

स्लोगन:
जसको स्वभाव मीठो, शान्तचित्त छ उसलाई क्रोधको भूतले आक्रमण गर्न सक्दैन।