04.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले अहिलेसम्म जे जति पढेका छौ त्यसलाई भुल , जीवन छँदै मर्नु अर्थात् सबै कुरा भुल्नु , पहिलाको केही पनि याद नरहोस्।

प्रश्न:
जो पूरा जीवन छँदै मरेका छैनन् उनीहरूको निशानी के हुन्छ?

उत्तर:
उनीहरू बाबासँग पनि विवाद गरिहन्छन्। शास्त्रहरूको उदाहरण दिइरहन्छन्। जो पूरा मरेका छन्, उनीहरूले भन्छन् बाबाले जे सुनाउनु हुन्छ त्यही सत्य हो। हामीले आधाकल्प जे सुन्यौं त्यो झुटो नै थियो, त्यसैले अब त्यसलाई मुखमा पनि ल्याउनु छैन। बाबाले भन्नु भएको छ हियर नो इभिल.....।

गीत:
ओम् नमो शिवाय.....।

ओम् शान्ति ।
बच्चाहरूलाई सम्झाइएको छ जब शान्तिमा बसाउँछौ, जसलाई नेष्ठा अक्षर भनिन्छ, यो ड्रिल गराइन्छ। अहिले बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ जो जीवन छँदै मरेका छन्। भन्छन् हामी जीवन छँदै मरिसकेका छौं। जसरी कोही मर्छ भने सबै कुरा भुल्छ केवल संस्कार रहन्छ। अहिले तिमी पनि बाबाको बनेर दुनियाँबाट मरिसकेका छौ। बाबा भन्नुहुन्छ तिमीमा भक्तिको संस्कार थियो, अब ती संस्कार बदलिइरहेका छन्। त्यसैले जीवन छँदै तिमी मर्छौ नि। मरेपछि मनुष्यले पढेको जति सबै भुल्छ फेरि अर्को जन्ममा सुरुदेखि पढ्नु पर्छ। बाबाले पनि भन्नुहुन्छ तिमीले जे जति पढेका छौ त्यो भुल। तिमी त बाबाको बनेका छौ नि। म तिमीलाई नयाँ कुरा सुनाउँछु। त्यसैले अब वेद, शास्त्र, ग्रन्थ, जप, तप आदि सबै कुरा भुल। त्यसैले भन्नुभएको छ हियर नो इभिल, सी नो इभिल...। यो तिमी बच्चाहरूको लागि हो। कतिले धेरै शास्त्र आदि पढेका छन्, पूरा मरेका छैनन्, त्यसैले फाल्तू विवाद गर्छन्। मरेपछि फेरि कहिल्यै विवाद गर्ने छैनन्। भन्छन् बाबाले जे सुनाउनु भएको छ त्यो नै सत्य हो, बाँकी कुरालाई हामी मुखमा किन ल्याउने! बाबा भन्नुहुन्छ यो मुखमा ल्याउँदै नल्याऊ। हियर नो इभिल। बाबाले डाइरेक्सन दिनुभएको छ नि केही पनि नसुन। भन, अहिले हामी ज्ञानसागरका बच्चा बनेका छौं भने भक्तिलाई किन याद गर्ने! हामीले एक भगवानलाई नै याद गर्छौं। बाबाले भन्नुभएको छ भक्तिमार्गलाई भुल। मैले तिमीलाई सहज कुरा बताउँछु म बीजलाई याद गर्यौ भने सारा वृक्ष बुद्धिमा आउँछ। तिम्रो मुख्य हो गीता। गीतामा नै भगवानको शिक्षा छ। अब यी हुन् नयाँ कुरा। नयाँ कुरामा सदैव ध्यान दिइन्छ। छ पनि धेरै सहज कुरा। सबैभन्दा ठूलो कुरा हो याद गर्नु। घरी-घरी भन्नु पर्ने हुन्छ मनमनाभव। बाबालाई याद गर, यो नै धेरै गुप्त कुरा हो, यसमा नै विघ्न पर्छ। धेरै बच्चाहरू छन् जसले दुई मिनेट पनि याद गर्दैनन्। बाबाको बनेर पनि राम्रो काम गर्दैनन् त्यसैले याद पनि गर्दैनन्, विकर्म गरिरहन्छन्। बुद्धिमा बस्दैन भने यो बाबाको आज्ञाको निरादर हो। पढ्न सक्दैनन्, त्यो तागत मिल्दैन। लौकिक शिक्षाबाट पनि बल मिल्छ नि। पढाइ हो आम्दानीको स्रोत। शरीर निर्वाह हुन्छ त्यो पनि अल्पकालको लागि। कति पढ्दा-पढ्दै मर्छन् भने त्यो पढाइलाई कहाँ साथमा लैजान्छन् र। अर्को जन्ममा फेरि सुरुदेखि पढ्नुपर्छ। यहाँ त तिमीले जति पढ्छौ, त्यो साथमा जान्छ किनकि तिमीले अर्को जन्ममा प्रारब्ध पाउँछौ। बाँकी त्यो सबै हो भक्तिमार्ग। के-के चीजहरू छन्, यो कसैले जान्दैन। रूहानी बाबाले तिमी आत्माहरूलाई बसेर ज्ञान दिनुहुन्छ। एक चोटी नै बाबा परम पिता परम आत्माले आत्माहरूलाई बसेर ज्ञान दिनुहुन्छ, जसले गर्दा विश्वको मालिक बन्छौ। भक्तिमार्गमा स्वर्ग कहाँ हुन्छ र! अहिले सनाथ बनेका छौ। मायाले कैयौं पल्ट बच्चाहरूलाई पनि अनाथ बनाइदिन्छ, सानो-सानो कुरामा आपसमा लड्छन्। बाबाको यादमा रहँदैनन् भने अनाथ भए नि। अनाथ बनेकाले कुनै न कुनै पाप कर्म गर्छन्। बाबा भन्नुहुन्छ मेरो बनेर मेरै नाम बदनाम नगर। एक-अर्कासँग धेरै प्यारले चल, उल्टा-सुल्टा नबोल।

बाबालाई यस्ता-यस्ता अहिल्याहरू, कुब्जाहरू, भिलनीहरूको पनि उद्धार गर्नुपर्छ। भन्छन् भिलनीका बयर खानु भयो। अब त्यस्तै भिलनीको कहाँ खान सक्नु हुन्छ र! भिलनीबाट ब्राह्मणी बन्छिन् भने फेरि किन खानुहुन्न! त्यसैले ब्रह्मा भोजनको महिमा छ। शिवबाबाले त खानुहुन्न। उहाँ त अभोक्ता हुनुहुन्छ। बाँकी यस रथले त खान्छ नि। तिमी बच्चाहरूले कसैसँग विवाद गर्ने आवश्यकता छैन। सधैं आफ्नो सेफ साइड राख्नुपर्छ। अक्षर नै दुइटा भन शिवबाबा भन्नुहुन्छ। शिवबाबालाई नै रुद्र भनिन्छ। रुद्र ज्ञान यज्ञबाट विनाश ज्वाला निस्क्यो, त्यसैले रुद्र भगवान हुनु भयो नि। कृष्णलाई रुद्र त भन्न मिल्दैन। विनाश पनि कुनै कृष्णले गराउनुहुन्न, बाबाले नै स्थापना, विनाश, पालना गराउनु हुन्छ। स्वयं केही पनि गर्नुहुन्न, नत्र दोष लाग्छ। उहाँ हुनुहुन्छ गर्नेगराउनेवाला। बाबा भन्नुहुन्छ मैले विनाश गर भनेर कहाँ भन्छु र। यो सारा ड्रामामा निश्चित छ। शंकरले केही गर्छन् र? केही पनि गर्दैनन्। यो केवल गायन हो शंकरद्वारा विनाश। बाँकी विनाश त उनीहरू आफैं गरिरहेका छन्। यो अनादि बनेको ड्रामा हो जुन सम्झाइन्छ। रचयिता बाबालाई नै सबैले भुलेका छन्। भन्छन् गड फादर रचयिता हुनुहुन्छ तर उहाँलाई जान्दै जानेका छैनन्। सम्झन्छन् उहाँले दुनियाँ रच्नुहुन्छ। बाबा भन्नुहुन्छ मैले रच्दिनँ, मैले परिवर्तन गर्छु। कलियुगलाई सत्ययुग बनाउँछु। म संगममा आउँछु, जसको लागि गायन गरिएको छ पुरुषोत्तम संगमयुग। भगवान कल्याणकारी हुनुहुन्छ, सबैको कल्याण गर्नुहुन्छ तर कसरी र के कल्याण गर्नुहुन्छ, यो केही पनि जानेका छैनन्। अंग्रेजीमा भनिन्छ लिबरेटर, गाइड, तर त्यसको अर्थ कहाँ सम्झन्छन् र। भन्छन् भक्ति पछि भगवान मिल्नु हुन्छ, सद्गति मिल्छ। सबैको सद्गति त मनुष्यले गर्न सक्दैन। नत्र परमात्मालाई पतित-पावन सर्वका सद्गति दाता भनेर किन गायन गर्ने? बाबालाई कसैले पनि जानेका छैनन्, अनाथ बनेका छन्। बाबाबाट विपरीत बुद्धि छन्। अहिले बाबाले पनि के गर्ने? बाबा त स्वयं मालिक हुनुहुन्छ। उहाँको शिवजयन्ती पनि भारतवर्षमा मनाइन्छ। बाबा भन्नुहुन्छ म आउँछु भक्तहरूलाई फल दिन। आउन पनि भारतमा आउँछु। आउनको लागि मलाई शरीर त अवश्य चाहिन्छ नि। प्रेरणाबाट कहाँ के हुन्छ र। यिनमा प्रवेश गरेर, यिनको मुखद्वारा तिमीलाई ज्ञान दिन्छु। गऊमुखको कुरा होइन। यो त यस मुखको कुरा हो। मुख त मनुष्यको चाहिन्छ, जनावरको होइन। यति पनि बुद्धिले काम गर्दैन। अर्कोतिर फेरि भागीरथ देखाउँछन्, उहाँ कसरी र कहिले आउनु हुन्छ, अलिकति पनि कसैलाई थाहा छैन। त्यसैले बाबाले बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ तिमी मरेका हौ भने भक्तिमार्गलाई एकदम भुल। शिव भगवानुवाच मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। म नै पतित-पावन हुँ। तिमी पवित्र बन्छौ फेरि सबैलाई लिएर जान्छु। सन्देश घर-घरमा देऊ। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। तिमी पवित्र बन्छौ। विनाश सामुन्ने खडा छ। तिमीले बोलाउँछौ पनि हे पतित-पावन आउनुहोस्, रामराज्यको स्थापना गर्नुहोस्, रावण राज्यबाट मुक्त गर्नुहोस्। उनीहरू हरेकले आ-आफ्नो लागि कोसिस गर्छन्। बाबाले त भन्नुहुन्छ म आएर सबैको मुक्ति गर्छु। सबै ५ विकार रूपी रावणको जेलमा परेका छन्। मैले सबैको सद्गति गर्छु। मलाई भनिन्छ पनि दु:ख हर्ता, सुख कर्ता। रामराज्य त अवश्य नयाँ दुनियाँमा हुन्छ।

तिमी पाण्डवहरूको अहिले छ प्रीत बुद्धि। कसै-कसैको त तुरुन्त प्रीत बुद्धि बनिहाल्छ। कसै-कसैको बिस्तारै-बिस्तारै प्रीत जुट्छ। कसैले त भन्छन्, हामीले सबै कुरा बाबालाई समर्पण गर्छौं। उहाँ एक बाहेक अरू कोही छैन। सबैको सहारा एक ईश्वर नै हुनुहुन्छ। कति साधारण कुरा छ। बाबालाई याद गर्यौ, चक्रलाई याद गर्यौ भने चक्रवर्ती राजा बन्छौ। यो विद्यालय हो नै विश्वको मालिक बनाउने। त्यसैले चक्रवर्ती राजा नाम राखिएको छ। चक्रलाई जान्नाले फेरि चक्रवर्ती बन्छौ। यो बाबाले नै सम्झाउनु हुन्छ। बाँकी विवाद केही पनि गर्नु छैन। भन, भक्तिमार्गको सबै कुरा छोड। बाबा भन्नुहुन्छ केवल मलाई याद गर। मूल कुरा नै यो हो। जो तीव्र पुरुषार्थी हुन्छन् उनीहरू राम्ररी पढाइमा लाग्छन्, जसलाई पढाइको सोख हुन्छ उनीहरूले सबेरै उठेर पढाइ पढ्छन्। भक्तहरू पनि सबेरै उठ्छन्। नवधा भक्ति कति गर्छन्, जब शिर काट्न तयार हुन्छन् अनि साक्षात्कार हुन्छ। यहाँ त बाबा भन्नुहुन्छ यो साक्षात्कार पनि नोक्सानकारक छ। साक्षात्कारमा जानाले पढाइ र योग दुवै बन्द हुन्छ। समय व्यर्थमा जान्छ, त्यसैले ध्यान आदिको सोख त बिल्कुलै राख्नु हुँदैन। यो पनि ठूलो बिमारी हो, जसबाट मायाको प्रवेशता हुन्छ। जसरी लडाईंको समयमा समाचार सुनाउँदा अनि बीचमा यस्तो कुनै कुरा बिगारिदिन्छन् जसले गर्दा कसैले सुन्न सक्दैन। मायाले पनि धेरैलाई विघ्न पार्छ। बाबालाई याद गर्न दिदैन। सम्झिइन्छ यिनको तकदिरमा विघ्न छ। देखिन्छ मायाको प्रवेशता त छैन? कुनै बेकाइदाले त बोल्दैनन् जसले गर्दा बाबाले तुरुन्त तल उतारिदिनुहुन्छ। धेरै मनुष्यहरूले भन्छन् हामीलाई केवल साक्षात्कार मात्र भयो भने हामी यति धनमाल आदि हजुरलाई दिन्छौं। बाबा भन्नुहुन्छ यो सबै तिमी आफूसँगै राख। भगवानलाई तिम्रो पैसाको के आवश्यकता छ। बाबाले त जान्नुहुन्छ यस पुरानो दुनियाँमा जे जति छ, सबै भस्म हुन्छ। बाबाले के गर्नुहुन्छ? बाबाको पासमा त थोपा-थोपाबाट पोखरी हुन्छ। बाबाको डाइरेक्सनमा चल, हस्पिटल कम युनिभर्सिटी खोल, जहाँ कोही पनि आएर विश्वको मालिक बन्न सकोस्। तीन पाइला पृथ्वीमा बसेर तिमी नरबाट नारायण बनाउनु छ। तर ३ पाइला पृथ्वी पनि मिल्दैन। बाबा भन्नुहुन्छ म तिमीलाई सबै वेद-शास्त्रहरूको सार बताउँछु। यी शास्त्र हुन् सबै भक्तिमार्गका। बाबाले कुनै निन्दा गर्नुहुन्न। यो त खेल बनेको छ। यो केवल सम्झाउनको लागि भनिन्छ। हो त फेरि पनि खेल नै। खेलको हामी निन्दा गर्न सक्दैनौं। हामी भन्छौं ज्ञान सूर्य, ज्ञान चन्द्रमा अनि उनीहरू चन्द्रमा आदिमा गएर खोज्छन्। त्यहाँ कुनै राजाई राखिएको छ र? जापानीजहरूले सूर्यलाई मान्छन्। हामी भन्छौं सूर्यवंशी, उनीहरू फेरि बसेर सूर्यको पूजा गर्छन्, सूर्यलाई पानी चढाउँछन्। त्यसैले बाबाले बच्चाहरूलाई सम्झाउनु भएको छ कुनै कुरामा बढी विवाद गर्नु हुँदैन। केवल एउटा कुरा सुनाऊ, बाबा भन्नुहुन्छ म एकलाई याद गर्यौ भने पावन बन्छौ। अहिले रावण राज्यमा सबै पतित छन्। तर आफूलाई पतित कहाँ मान्छन् र।

प्यारा बच्चाहरू! तिम्रो एउटा आँखामा शान्तिधाम, अर्को आँखामा सुखधाम छ। यस दु:खधामलाई भुल। तिमी हौ चैतन्य लाइट हाउस। अहिले प्रदर्शनीमा पनि नाम राखिएको छ भारत द लाइट हाउस...। तर उनीहरूले कहाँ सम्झन्छन् र। तिमी अहिले लाइट हाउस हौ नि। बन्दरगाहमा लाइट हाउसले पानी जहाजलाई मार्ग बताउँछ। तिमीले पनि सबैलाई मार्ग बताउँछौ मुक्ति र जीवन मुक्तिधामको। जब कोही प्रदर्शनीमा आउँछन् भने प्रेमले भन गड फादर त सबैका एउटै हुनुहुन्छ नि। गड फादर या परमपिताले भन्नुहुन्छ मलाई याद गर। अवश्य मुखद्वारा नै भन्नुहुन्छ नि। ब्रह्माद्वारा स्थापना, हामी सबै ब्राह्मण-ब्राह्मणीहरू हौं ब्रह्मा मुख वंशावली। तिमी ब्राह्मणहरूको ती ब्राह्मणहरूले पनि महिमा गाउँछन् ब्राह्मण देवताए नम:। उच्च भन्दा उच्च हुनुहुन्छ नै एक बाबा। उहाँ भन्नुहुन्छ म तिमीलाई उच्च भन्दा उच्च राजयोग सिकाउँछु, जसबाट तिमी सारा विश्वको मालिक बन्छौ। त्यो राजाई तिमीबाट कसैले पनि छिन्न सक्दैन। भारतवर्षको विश्वमा राज्य थियो। भारतको कति महिमा छ। अहिले तिमीलाई थाहा छ हामीले श्रीमतमा यो राज्य स्थापन गरिरहेका छौं। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) तीव्र पुरुषार्थी बन्नको लागि पढाइको सोख राख्नु छ। सबेरै-सबेरै उठेर पढाइ पढ्नु छ। साक्षात्कारको आशा गर्नु छैन, यसमा पनि समय व्यर्थ जान्छ।

२) शान्तिधाम र सुखधामलाई याद गर्नु छ, यस दु:खधामलाई भुल्नु छ। कसैसँग पनि विवाद गर्नु छैन, प्रेमले मुक्ति र जीवन मुक्तिधामको मार्ग बताउनु छ।

वरदान:
निमित्त भावद्वारा सेवामा सफलता प्राप्त गर्ने श्रेष्ठ सेवाधारी भव

निमित्त भावले सेवामा स्वत: सफलता दिलाउँछ। निमित्त भाव भएन भने सफलता हुँदैन। श्रेष्ठ सेवाधारी अर्थात् हरेक कदम बाबाको कदममा राख्नेवाला। हर कदम श्रेष्ठ मतमा श्रेष्ठ बनाउनेवाला। जति सेवामा, स्वमा व्यर्थ समाप्त हुन्छ त्यति नै समर्थ बन्छौ र समर्थ आत्माले हर कदममा सफलता प्राप्त गर्छ। श्रेष्ठ सेवाधारी त्यो हो, जो स्वयं पनि सदा उमंग-उत्साहमा रहन्छ र अरूलाई पनि उमंग-उत्साह दिलाउँछ।

स्लोगन:
ईश्वरीय सेवामा स्वयंलाई अफर गर्यौ भने स्याबासी मिलिरहन्छ।