04.03.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सारा दुनियाँमा तिमी जस्तो पद्मापद्म भाग्यशाली विद्यार्थी कोही छैन , तिमीलाई स्वयं ज्ञान सागर बाबा शिक्षक बनेर पढाउ नु हु न्छ ।

प्रश्न:
कुनचाहिँ सोख सधैं भइरह्यो भने मोहको धागो टुट्छ?

उत्तर:
सेवा गर्ने सोख भयो भने मोहको धागो टुट्छ। सधैं बुद्धिमा याद रहोस् यी आँखाले जे देखिन्छ, ती सबै विनाशी हुन्। यसलाई देखेर पनि नहेर। बाबाको श्रीमत छ नराम्रो नसुन, नराम्रो नहेर..।

ओम् शान्ति ।
शिव भगवानुवाच मीठे शालिग्राम वा रूहानी बच्चाहरूप्रति। यो त बच्चाहरूले सम्झन्छन् हामी सत्ययुगी आदि सनातन पवित्र देवी-देवता धर्मका थियौं, यो कुरा याद राख्नु छ। आदि सनातन देवी-देवता धर्मलाई त धेरैले मान्छन् तर देवता धर्मको बदला हिन्दू नाम राखिदिएका छन्। तिमीलाई थाहा छ हामी आदि सनातन को थियौं फेरि पुनर्जन्म लिंदै लिंदै यस्ता बनेका हौं। यो भगवानले बसेर सम्झाउनु हुन्छ। भगवान् कोही देहधारी मनुष्य हुनु हुन्न। अरू सबैको आ-आफ्नो देह छ, शिवबाबालाई भनिन्छ विदेही। उहाँको आफ्नो देह छैन अरू सबैको आफ्नो देह छ, त्यसैले आफूलाई पनि यस्तो विदेही सम्झिँदा कति राम्रो लाग्छ। हामी के थियौं अब के बनिरहेका छौं। यो ड्रामा कस्तो बनेको छ यो पनि तिमीले अहिले बुझ्दछौ। यो देवी-देवता धर्म नै पवित्र गृहस्थ आश्रम थियो। अहिले आश्रम छैन। तिमीलाई थाहा छ अहिले हामी आदि सनातन देवी-देवता धर्मको स्थापना गरिरहेका छौं। हिन्दू नाम त अहिले राखेका हुन्। आदि सनातन हिन्दू धर्म त छैन। बाबाले धेरै पटक भन्नु भएको छ आदि सनातन धर्मकालाई सम्झाऊ। भन, त्यसमा लेख, आदि सनातन देवी-देवता पवित्र धर्म के हो वा हिन्दू धर्म के हो? तब उनलाई ८४ जन्मको बारेमा थाहा हुन्छ। यो ज्ञान त धेरै सहज छ। केवल लाखौं वर्ष भन्नाले मनुष्य अलमलमा पर्छन्। यो पनि ड्रामामा निश्चित छ। सतोप्रधानबाट तमोप्रधान बन्नु पनि ड्रामामा पार्ट छ। देवता धर्मवाला नै ८४ जन्म लिंदै लिंदै कति छी-छी बनिसकेका छन्। पहिला भारतखण्ड कति उच्च थियो। भारतखण्डको नै महिमा गर्नु पर्छ। अब फेरि तमोप्रधानबाट सतोप्रधान, पुरानो दुनियाँबाट नयाँ दुनियाँ अवश्य बन्नु छ। पछि गएर तिम्रो कुरालाई अवश्य बुझ्नेछन्। भन, घोर निद्राबाट जाग्नुहोस्। बाबा र वर्सालाई याद गर्नुहोस्। तिमी बच्चाहरूलाई सारा दिन खुशी रहनु पर्छ। सारा दुनियाँमा, सारा संसारमा तिमी जस्तो पद्मापद्म भाग्यशाली विद्यार्थी कोही छैन। सम्झन्छौ जो हामी थियौं त्यही फेरि बन्दै छौं। छानेर फेरि तिनै निस्किन्छन्। यसमा तिमी अलमलिनुपर्दैन। प्रदर्शनीमा अलिकति पनि सुनेर जान्छन् भने तिनीहरू पनि प्रजा बन्दै जान्छन् किनकि अविनाशी ज्ञान धनको त विनाश हुँदैन। दिन-प्रतिदिन तिम्रो संस्था मजबुत हुँदै जान्छ। फेरि धेरै भन्दा धेरै तिम्रो पासमा आउँछन्। बिस्तारै-बिस्तारै धर्मको स्थापना हुन्छ। जब कोही ठूलो मानिस बाहिरबाट आयो भने उनको मुख हेर्नको लागि कति धेरै मानिसहरू जान्छन्। यहाँ त यो कुरा छैन। तिमीलाई थाहा छ यस दुनियाँमा जति पनि चीज छन्, सबै विनाशी छन्। तिनलाई देख्नु छैन। नराम्रो नहेर.... यो फोहर-मैला त भस्म हुनु नै छ। जे जे देख्छौ, मनुष्य आदि, सम्झन्छौ यो त सबै कलियुगी हो। तिमी हौ संगमयुगी ब्राह्मण। संगमयुगलाई कसैले पनि जान्दैनन्। केवल यति याद गर यो संगमयुग हो, अब घर जानु छ। पवित्र पनि अवश्य बन्नु छ। अब बाबा भन्नुहुन्छ यो काम विकार आदि-मध्य-अन्त्य दु:ख दिनेवाला हो, यसलाई जित। विषको लागि हेर कति सताउँछन्। बाबा भन्नुहुन्छ काम महाशत्रु हो, यसलाई जित्नु पर्छ। अब यस समय कति धेरै मनुष्य छन् दुनियाँमा। तिमी एक-एकलाई कहाँसम्म सम्झाउँछौ। एकलाई सम्झाउँछौ भने अर्कोले भन्छ जादू हो, फेरि पढाइ छोडिदिन्छन् त्यसैले बाबा भन्नुहुन्छ आदि सनातन धर्मकालाई सम्झाऊ। आदि सनातन हो नै देवता धर्म। तिमी सम्झाउँछौ यी लक्ष्मी-नारायणले यो पद कसरी पाए? मनुष्यबाट देवता कसरी बने? अवश्य अन्तिम जन्म हुनु पर्छ। ८४ जन्म पूरा गरेर फेरि यिनी बने। जसलाई सेवाको सोख छ ऊ त यसमा लागि रहन्छ। अरू सबैतिरबाट मोह आदि टुटछ। हामी यी आँखाद्वारा जे कुरा देख्छौ तिनलाई भुल्नु छ। मानौं देखेकै छैन। नराम्रो नहेर... मनुष्यले त बाँदरको चित्र बनाउँछन्। केही पनि बुझ्दैनन्। बच्चीहरूले कति मेहनत गर्छन्। बाबा उनीहरूलाई स्याबासी दिनु हुन्छ, जसले सम्झाएर लायक बनाउँछन्। पुरस्कार पनि उनीहरूलाई नै मिल्छ, जसले काम गरेर देखाउँछन्। तिमीलाई थाहा छ बाबा हामीलाई कति ठूलो पुरस्कार दिनु हुन्छ। पहिलो नम्बर हो सूर्यवंशी राजधानीको पुरस्कार। दोस्रो नम्बर हो चन्द्रवंशीको पुरस्कार। नम्बरवार त हुन्छन् नै। भक्तिमार्गका शास्त्र पनि कति बसेर बनाउँछन्। अब बाबा सम्झाउनु हुन्छ यी शास्त्र पढेर, यज्ञ-तप गरेर म सँग कोही मिल्दैन। दिन-प्रतिदिन कति पाप आत्मा बन्दै जान्छन्। पुण्य आत्मा कोही बन्न सक्दैनन्। बाबाले नै आएर पुण्य आत्मा बनाउनु हुन्छ। एउटा छ हदको दान-पुण्य दोस्रो छ बेहदको। भक्तिमार्गमा अप्रत्यक्ष रूपमा ईश्वर अर्थ दान-पुण्य गर्छन् तर ईश्वर कसलाई भनिन्छ यो जान्दैनन्। अहिले तिमीलाई थाहा छ। तिमीले भन्दछौ शिवबाबाले नै हामीलाई केबाट के बनाउनु हुन्छ। भगवान् त एउटै हुनु हुन्छ। उहाँलाई फेरि सर्वव्यापी भनिदिए। त्यसैले उनीहरूलाई सम्झाउनु पर्छ, यो तपाईंहरूले के गर्नुभयो। तिम्रो पासमा आउँछन् पनि, अलिकति सुनेर बाहिर गए, खतम। यहाँको यहीँ रह्यो। सबै भुल्छन्। तिमीहरूलाई भन्छन् ज्ञान धेरै राम्रो छ, हामी फेरि आउने छौं। तर मोहको धागो टुटदैन। मोहजित राजाको कथा कति राम्रो छ। मोहजित राजा फस्टक्लास यी लक्ष्मी-नारायण हुन्। तर मनुष्यले बुझ्दैनन्। आश्चर्य छ। रावण राज्यमा सीँढी उत्रेर एकदम तल खस्छन्। बच्चाहरूको खेल हुन्छ नि। माथि गएर फेरि तल खस्छन्। तिम्रो पनि खेल धेरै सहज छ। बाबा भन्नुहुन्छ राम्ररी धारणा गर। कुनै पनि छी-छी काम नगर। बाबा भन्नुहुन्छ म बीजरूप, सत-चित-आनन्द स्वरूप हुँ। ज्ञानको सागर हुँ। अब ज्ञानका सागर माथि बसिरहनु हुन्छ र? अवश्य कुनै समय आएर ज्ञान दिनुभयो होला। ज्ञान के चीज हो यो पनि कसैलाई थाहा छैन। अब बाबा भन्नुहुन्छ म तिमीलाई पढाउन आउँछु, त्यसैले नियमित पढ्नु पर्छ। एक दिन पनि पढाइ मिस गर्नु हुँदैन। कुनै न कुनै प्वाइन्ट अवश्य राम्रो मिल्छ। मुरली पढेनौ भने अवश्य प्वाइन्ट छुट्छ। धेरै प्वाइन्टहरू छन्। यो पनि तिमीहरूलाई सम्झाउनु छ तिमीहरू नै आदि सनातन देवी-देवता धर्मका थियौ। अहिले कति धेरै धर्म छन्। फेरि इतिहास अवश्य दोहोरिन्छ। यो चढ्ने र उत्रिने सिँढी हो। जसरी जिन्नलाई हुकुम दिइयो सिँढी उत्र अनि चढ। तिमीहरू सबै पनि जिन्न हौ नि। ८४ को सिँढी चढ्छौ र फेरि उत्रिन्छौ। कति धेरै मनुष्य छन्। हरेकले कति पार्ट बजाउनु पर्छ। बच्चाहरूलाई त बडो आश्चर्य लाग्नु पर्छ। तिमीलाई बेहदको नाटकको पूरा पहिचान मिलेको छ। सारा सृष्टिको आदि-मध्य-अन्त्यलाई अहिले तिमीले नै जान्दछौ। कोही पनि मनुष्यले जान्न सक्दैनन्। सत्ययुगमा कसैको मुखद्वारा कुनै पनि कुवचन निस्किदैन। यहाँ त एक-अर्कालाई गाली दिइरहन्छन्। यो हो विषय वैतरणी नदी रौरव नर्क। सबै मनुष्य रौरव नर्कमा परेका छन्। यहाँ त छन् यथा राजा-रानी तथा प्रजा। तिम्रो विजय हुनु छ अन्त्यमा, जब सम्झन्छन् आदि सनातन देवी-देवता धर्मको स्थापना कसले गर्यो? यही पहिलो नम्बरको मुख्य कुरा हो, जो कसैले जान्दैनन्।

बाबा भन्नुहुन्छ म त हुँ नै गरिब निवाज। यो पछि मात्रै बुझ्नेछन् जब अति ढिला (टु लेट) हुन्छ। अब तिमीलाई तेस्रो नेत्र मिलेको छ। स्वीट घर र स्वीट राजाई बुद्धिमा याद छ। बाबा भन्नुहुन्छ अब शान्तिधाम-सुखधाम जानु छ। तिमीले जुन पार्ट बजायौ अब बुद्धिमा त आउँछ नि। अरू सबै मरेतुल्य छन्, सिवाय तिमी ब्राह्मणहरू। ब्राह्मण नै खडा हुन्छन्। ब्राह्मण नै देवता बन्छन्। यो एक धर्म स्थापना भइरहेको छ। अरू धर्म कसरी स्थापना हुन्छन्, यो पनि बुद्धिमा छ। सम्झाउनेवाला एक बाबा हुनु हुन्छ। यस्तो बाबालाई घरी-घरी याद गर्नु पर्छ। धन्दा आदि ठिकै छ गर, केवल पवित्र बन। आदि सनातन देवी-देवता धर्म पवित्र थियो। अब फेरि पवित्र बन्नु छ। हिँड्दा-डुल्दा म बाबालाई याद गर तब तिमी सतोप्रधान बन्छौ। तागत तब आउँछ जब सतोप्रधान बन्छौ। यादको यात्रा विना तिमीले उच्च पद कहिल्यै पनि पाउन सक्दैनौ। जब सतोप्रधानसम्म पुग्छौ तब नै पाप काटिन्छ। यो हो योग अग्नि यो अक्षर गीताको हो। योग-योग भनेर टाउको दुखाउँछन्। बेलायतबाट पनि फँसाएर लिएर आउँछन्, योग सिकाउनको लागि। अब जब तिम्रो कुरा कसैले बुझे त हो। परमात्मा सुप्रीम सोल त एउटै हुनु हुन्छ। उहाँ नै आएर सबैलाई सुप्रीम बनाउनु हुन्छ। एक दिन समाचार पत्रवाला यस्ता-यस्ता कुरा छाप्नेछन्। यो त अवश्य हो। राजयोग एक परमपिता परमात्मा बाहेक कसैले सिकाउन सक्दैन। यस्तो कुरा ठूलो-ठूलो अक्षरमा छपाउनु पर्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सूर्यवंशी राजधानीको पुरस्कार लिनको लागि बापदादाको स्याबासी लिनु छ। सेवा गरेर देखाउनु छ। मोहको धागो तोड्नु छ।

२) ज्ञानसागर विदेही बाबा स्वयं पढाउन आउनु हुन्छ, त्यसैले सधैं पढ्नु छ। एक दिन पनि पढाइ मिस गर्नु हुँदैन। बाबा समान विदेही बन्ने पुरुषार्थ गर्नु छ।


वरदान:
श्रेष्ठ वृत्तिको व्रत धारण गरेर सच्चा शिवरात्रि मनाउने विश्व परिवर्तक भव

भक्तहरूले त स्थूल चीजहरूको व्रत लिन्छन्, तर तिमीले आफ्नो कमजोर वृत्तिहरूको लागि सधैंको लागि मेटाउने व्रत लिन्छौ। किनकि कुनै पनि राम्रो वा नराम्रो कुरा पहिला वृत्तिमा धारण हुन्छ, फेरि वाणी र कर्ममा आउँछ। तिम्रो शुभ वृत्तिद्वारा जुन श्रेष्ठ बोली र कर्म हुन्छन्, त्यसैबाट विश्व परिवर्तनका महान् कार्य सम्पन्न हुन्छ। यो श्रेष्ठ वृत्तिको व्रत धारण गर्नु नै शिवरात्रि मनाउनु हो।

स्लोगन:
प्रसन्नचित्त ऊ हो जसको दिलमा सदैव प्रसन्नताको सूर्य उदय भइरहन्छ।


मातेश्वरीजीको अनमोल महावाक्य

१) नयनहीन अर्थात् ज्ञान नेत्रहीनलाई बाटो बताउनेवाला परमात्मा

नयनहीनलाई राह देखाउनु होस् प्रभु... अब यो जुन मनुष्यले गीत गाउँछन् नयनहीनलाई राह बताउनु होस्, मतलब बाटो देखाउनेवाला एकै परमात्मा ठहरिनु भयो, त्यसैले त परमात्मालाई बोलाउँछन् र जुन समय भन्छन् प्रभु बाटो बताउनुहोस्, अवश्य मनुष्यहरूलाई बाटो देखाउनको लागि स्वयं परमात्मालाई निराकार रूपबाट साकार रूपमा अवश्य आउनु पर्छ, तब त स्थूलमा बाटो बताउनु हुन्छ, नआएसम्म बाटो त बताउन सकिदैन। अहिले मनुष्य जो अलमलिएका छन्, ती अलमिलिएका मनुष्यहरूलाई बाटो चाहिन्छ। त्यसैले परमात्मालाई भन्छन् नयनहीनलाई राह बताउनु होस् प्रभु... उहाँलाई नै फेरि खिवैया पनि भनिन्छ, जसले यी ५ तत्त्वहरूले जो बनेको सृष्टि छ, यस भन्दा पार अर्थात् जो छैठौं तत्त्व अखण्ड ज्योति महतत्त्व छ, त्यसमा लैजानु हुन्छ। परमात्मा पनि जब त्यस पार देखि यहाँ आउनु हुन्छ, तब त लिएर जानु हुन्छ। त्यसैले परमात्मालाई पनि आफ्नो धाम देखि आउनु पर्छ, त्यसैले त परमात्मालाई खिवैया भनिन्छ। उहाँले नै हामी आत्मा रूपी नाउलाई पार लैजानु हुन्छ। अहिले जसले परमात्मा सँग योग राख्छ, उसलाई साथ लैजानु हुन्छ। बाँकी जो छन्, उनीहरू धर्मराजको सजाय खाएर पछि मुक्त हुन्छन्।

२) काँडा अर्थात् दु:खको दुनियाँबाट फूलहरूको छायाँ अर्थात् सुखको दुनियाँमा लैजाने परमात्मा हु नु हु न्छ

काँडाको दुनियाँबाट लैजानु होस् फूलहरूको छायाँमा, अब यो आह्वान केवल परमात्माको लागि गरिरहेका छन्। जब मनुष्य अति दु:खी हुन्छन् अनि परमात्मालाई याद गर्छन् परमात्मा यस काँडाको दुनियाँबाट लैजानु होस् फूलहरूको छायाँमा। यसबाट सिद्ध छ अवश्य त्यो पनि कुनै दुनियाँ हो। यो त सबै मनुष्यलाई थाहा छ अहिले यो जुन संसार छ त्यो काँडाले भरिएको छ। जसकारण मनुष्यले दु:ख र अशान्ति प्राप्त गरिरहेका छन् र याद फेरि फूलहरूको दुनियाँलाई गर्छन्। त्यसैले अवश्य त्यो पनि कुनै दुनियाँ छ, जुन दुनियाँको संस्कार आत्मामा भरिएको छ। अब यो त हामीलाई थाहा छ दु:ख अशान्ति यो सबै कर्मबन्धनको हिसाब किताब हो। राजा देखि लिएर रंकसम्म हरेक मनुष्य मात्र यस हिसाबमा पूरा जकडिएका छन्। त्यसैले परमात्माले स्वयं भन्नुहुन्छ अहिले यो संसार कलियुग हो, त्यो सारा कर्मबन्धनले बनेको छ र पहिलाको संसार सत्ययुग थियो, जसलाई फूलको दुनियाँ भनिन्छ। त्यो हो कर्मबन्धन रहित जीवनमुक्त देवी देवताहरूको राज्य, जुन अहिले छैन। अहिले यो जुन हामी जीवनमुक्त भन्छौं, यसको मतलब यो होइन हामी कुनै देहबाट मुक्त थियौं, त्यहाँ कुनै देहको भान थिएन, तर देहमा भएर पनि दु:खलाई प्राप्त हुँदैनथ्यो, मतलब त्यहाँ कुनै पनि कर्मबन्धनको मामला थिएन। त्यहाँ जीवन लिँदा, जीवन छोड्दा आदि मध्य अन्त सुखलाई प्राप्त गर्थे। जीवनमुक्तिको मतलब हो जीवनमा हुँदै कर्मातीत। अहिले यो सारा दुनियाँ ५ विकारमा पूरा जकडिएको छ, मानौं ५ विकारको पूरा पूरा वास छ, तर मनुष्यमा यति तागत छैन, जो यी ५ भूतहरूलाई जित्न सकोस्, तब नै परमात्मा स्वयं आएर हामीलाई ५ भूतहरूबाट छुटाउनु हुन्छ र भविष्य प्रारब्ध देवी देवता पद प्राप्त गराउनु हुन्छ। ओम् शान्ति।