04.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यस समय तिम्रो यो जीवन धेरै-धेरै अमूल्य छ किनकि तिमी हदबाट निस्केर बेहदमा आएका छौ , तिमीलाई थाहा छ हामी यस जगतको कल्याण गर्नेवाला हौं।

प्रश्न:
बाबाको वर्साको अधिकार कुन पुरुषार्थबाट मिल्छ?

उत्तर:
सधैं भाइ-भाइको दृष्टि रहोस्। स्त्री-पुरुषको जुन भान छ त्यो निस्कियोस्, तब बाबाको वर्साको पूरा अधिकार मिल्छ। तर स्त्री-पुरुषको भान वा यो दृष्टि निस्कन धेरै मुश्किल छ। यसको लागि देही-अभिमानी बन्ने अभ्यास चाहिन्छ। जब बाबाको बच्चा बन्छन् तब वर्सा मिल्छ। एक बाबाको यादबाट सतोप्रधान बन्नेहरूले नै मुक्ति-जीवनमुक्तिको वर्सा पाउँछन्।

गीत:
आखिर वह दिन आया आज.....

ओम् शान्ति ।
बच्चाहरूले बुझेका छन् ओम् अर्थात् अहम् आत्मा मम शरीर। अहिले तिमीले यस ड्रामालाई, सृष्टि चक्रलाई र यस सृष्टि चक्रलाई जान्ने बाबालाई चिनिसकेका छौ किनकि चक्रलाई जान्नेलाई रचयिता नै भनिन्छ। रचयिता र रचनालाई अरू कसैले पनि जानेका छैनन्, हुन त पढे-लेखेका ठूला-ठूला विद्वान-पण्डित आदि छन्। उनीहरूलाई आफ्नो घमण्ड त रहन्छ नि। तर उनीहरूलाई यो थाहा छैन। भनिन्छ पनि ज्ञान, भक्ति र वैराग्य। अब यी ३ चीज हुन जान्छ, यसको पनि अर्थ बुझ्दैनन्। संन्यासीहरूलाई वैराग्य आउँछ घरदेखि। उनीहरूलाई पनि उच्च र नीचको ईर्ष्या रहन्छ। यो उच्च कुलको हो, यो मध्यम कुलको हो यसमा उनीहरूको धेरै घमासान हुन्छ। कुम्भको मेलामा पनि उनीहरूको धेरै झगडा हुन्छ, पहिला कसको सवारी निकाल्ने भन्नेमा। यसको लागि धेरै लड्छन् फेरि पुलिस आएर छुटाउँछ। त्यसैले यो पनि देह-अभिमान भयो नि। दुनियाँमा जति पनि मानिसहरू छन्, सबै छन् देह-अभिमानी। तिमीलाई त अब देही-अभिमानी बन्नु छ। बाबा भन्नुहुन्छ देह-अभिमान छोड, आफूलाई आत्मा सम्झ। आत्मा नै पतित बनेको छ, त्यसमा खाद परेको छ। आत्मा नै सतोप्रधान, तमोप्रधान बन्छ। जस्तो आत्मा त्यस्तै शरीर मिल्छ। कृष्णको आत्मा सुन्दर हुन्छ, त्यसैले शरीर पनि धेरै सुन्दर हुन्छ, उनको शरीरमा धेरै आकर्षण हुन्छ। पवित्र आत्माले नै आकर्षित गर्छ। लक्ष्मी-नारायणको यति महिमा छैन, जति कृष्णको छ किनकि कृष्ण त पवित्र सानो बच्चा हुन्। यहाँ पनि भन्छन् सानो बच्चा र महात्मा एक समान हुन्। महात्माहरू त फेरि पनि जीवनको अनुभव गरेर फेरि विकारहरूलाई छोड्छन्। घृणा आउँछ, बच्चा त हुन्छन् नै पवित्र। उनीहरूलाई उच्च महात्मा सम्झन्छन्। त्यसैले बाबाले सम्झाउनु भएको छ यी निवृत्ति मार्गवाला संन्यासीहरूले पनि केही थमाउँछन्। जसरी भवन आधा पुरानो भएपछि फेरि मर्मत गरिन्छ। संन्यासीहरूले पनि मर्मत गर्छन्, पवित्र हुनाले संसार थामिइरहन्छ। भारतखण्ड जस्तो पवित्र र धनवान खण्ड अरू कुनै हुन सक्दैन। अहिले बाबा तिमीलाई रचयिता र रचनाको आदि-मध्य-अन्त्यको स्मृति दिलाउनु हुन्छ किनकि उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। गीतामा कृष्ण भगवानुवाच लेखिदिएका छन्, उनलाई कहिल्यै बाबा भनिन्छ र? अथवा पतित-पावन भनिन्छ? जब मानिसहरूले पतित-पावन भन्छन्, कृष्णलाई याद गर्दैनन्। उनीहरूले त भगवानलाई याद गर्छन्, फेरि भनिदिन्छन् पतित-पावन सीताराम, रघुपति राघव राजा राम। कति अन्यौल छ। बाबा भन्नुहुन्छ म तिमी बच्चाहरूलाई आएर यथार्थ रीति सबै वेद-शास्त्र आदिको सार बताउँछु। पहिलो-पहिलो मुख्य कुरा सम्झाउनु हुन्छ तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने तिमी पावन बन्छौ। तिमी हौ भाइ-भाइ, फेरि ब्रह्माका सन्तान कुमार-कुमारीहरू त्यसैले भाइ-बहिनी भयौ। यो बुद्धिमा याद रहोस्। वास्तवमा आत्माहरू भाइ-भाइ हुन्, फेरि यहाँ शरीरमा आउनाले भाइ-बहिनी हुन जान्छ। यति पनि बुद्धि छैन बुझ्ने। उहाँ हामी आत्माहरूका पिता हुनुहुन्छ भने हामी भाइ-भाइ भयौ नि। फेरि सर्वव्यापी कसरी भन्छन्! वर्सा त बच्चालाई नै मिल्छ, पितालाई त मिल्दैन। बाबाबाट बच्चालाई वर्सा मिल्छ। ब्रह्मा पनि शिवबाबाका बच्चा हुन् नि, यिनलाई पनि वर्सा उहाँबाट मिल्छ। तिमी हौ नाति-नातिना। तिमीलाई पनि हक छ। आत्माको रूपमा सबै बच्चा हौ फेरि शरीरमा आउँछौ भने भाइ-बहिनी बन्छौ। अरू कुनै नाता छैन। सधैं भाइ-भाइको दृष्टि रहोस्, स्त्री-पुरुषको भान निस्कियोस्। जब स्त्री-पुरुष दुवैले नै भन्छन् हे परमपिता (ओ गड फादर) त्यसैले भाइ-बहिनी भए नि। भाइ-बहिनी तब हुन्छन् जब बाबा संगममा आएर रचना रच्नुहुन्छ। तर स्त्री-पुरुषको दृष्टि धेरै मुश्किलले निस्कन्छ। बाबा भन्नुहुन्छ तिमी देही-अभिमानी बन्नु छ। बाबाको बच्चा बनेपछि नै वर्सा मिल्छ। म एकलाई याद गर्यौ भने सतोप्रधान बन्छौ। सतोप्रधान नबनी तिमी फर्केर मुक्ति-जीवनमुक्तिमा जान सक्दैनौ। यो युक्ति संन्यासी आदिले कहिल्यै पनि बताउँदैनन्। उनीहरूले यस्तो कहिल्यै भन्दैनन् आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबालाई भनिन्छ परमपिता परम आत्मा, सुप्रीम। आत्मा त सबैलाई भनिन्छ तर उहाँलाई परम आत्मा भनिन्छ। उहाँ बाबाले भन्नुहुन्छ प्यारा बच्चाहरू! म आएको छु तिमी बच्चाहरूको पासमा। मलाई बोल्नको लागि मुख त चाहिन्छ नि। आजकल हेर जहाँसुकै गऊ-मुख अवश्य राख्छन्। फेरि भन्छन् गऊ-मुखबाट अमृत निस्कन्छ। वास्तवमा अमृत त भनिन्छ ज्ञानलाई। ज्ञान अमृत मुखबाट नै निस्कन्छ। पानीको त यसमा कुरा होइन। यी गऊ माता पनि हुन्। बाबा यिनमा प्रवेश हुनु भएको छ। बाबाले यिनीद्वारा तिमीलाई आफ्नो बनाउनु भयो। यिनीद्वारा ज्ञान निस्कन्छ। उनीहरूले त पत्थरको बनाएर त्यसमा मुख बनाइदिएका छन्, जहाँबाट पानी निस्कन्छ। त्यो त भक्तिको चलन भयो नि। यथार्थ कुरा तिमीलाई थाहा छ। भिष्म पितामह आदिलाई तिमी कुमारीहरूले बाण मारेका हौ। तिमी त ब्रह्माकुमार-कुमारी हौ। त्यसो भए कुमारी कसैको त होला नि। अधरकुमारी र कुमारी दुवैको मन्दिर छ। प्राक्टिकलमा तिम्रो यादगार मन्दिर हो नि। अहिले बाबा बसेर सम्झाउनु हुन्छ तिमीहरू जबकि ब्रह्माकुमार कुमारी हौ भने विकारी काम हुन सक्दैन। नत्र धेरै कडा सजाय हुन्छ। देह-अभिमानमा आउनाले हामी भाइ-बहिनी हौं, यो भुलिन्छ। उनी पनि बी.के. हुन्, म पनि बी.के. हुँ त्यसैले विकारको दृष्टि जान सक्दैन। तर आसुरी सम्प्रदायका मानिसहरू विकार विना रहन सक्दैनन् त्यसैले विघ्न पार्छन्। अहिले तिमी ब्रह्ममाकुमार कुमारीहरूलाई बाबाबाट वर्सा मिल्छ। बाबाको श्रीमतमा चल्नु छ, पवित्र बन्नु छ। यो हो यस विकारी मृत्युलोकको अन्तिम जन्म। यो पनि कसैले जानेका छैनन्। अमरलोकमा कुनै विकार हुँदैन। उनीहरूलाई भनिन्छ नै सतोप्रधान सम्पूर्ण निर्विकारी। यहाँ छन् तमोप्रधान सम्पूर्ण विकारी। गायन पनि छ उनीहरू सम्पूर्ण निर्विकारी, हामी विकारी, पापी हौं। सम्पूर्ण निर्विकारीहरूको पूजा गर्छन्। बाबाले सम्झाउनु भएको छ तिमीहरू नै पूज्यबाट फेरि पुजारी बन्छौ। यस समय भक्तिको प्रभाव धेरै छ। भक्तहरूले भगवानलाई याद गर्छन् आएर भक्तिको फल दिनुहोस् भनेर। भक्तिमा के हालत भएको छ। बाबाले सम्झाउनु भएको छ मुख्य धर्म शास्त्र ४ छन्। एउटा हो दैवी धर्म, यसमा ब्राह्मण, देवता, क्षत्रिय तीनै आउँछ। बाबा ब्राह्मण धर्म स्थापना गर्नुहुन्छ। ब्राह्मणहरूको शिखा हो संगमयुगको। तिमी ब्राह्मण अहिले पुरुषोत्तम बनिरहेका छौ। ब्राह्मण बन्यौ फेरि देवता बन्छौ। ती ब्राह्मणहरू त हुन् विकारी। उनीहरूले पनि यी ब्राह्मणहरूको अगाडि नमस्कार गर्छन्। ब्राह्मण देवी-देवता नम: भन्छन् किनकि सम्झन्छन् उनीहरू ब्रह्माका सन्तान थिए, हामी त ब्रह्माका सन्तान होइनौं। अहिले तिमी ब्रह्माका सन्तान हौ। तिमीलाई सबैले नमस्कार गर्छन्। तिमी फेरि देवी-देवता बन्छौ। अहिले तिमी ब्रह्माकुमार कुमारी बनेका छौ फेरि बन्छौ दैवी कुमार-कुमारी।

यस समय तिम्रो यो जीवन धेरै-धेरै अमूल्य छ किनकि तिमी जगतकी माता गाइएका छौ। तिमीहरू हदबाट निस्किएर बेहदमा आएका छौ। तिमीलाई थाहा छ हामी यस जगतको कल्याण गर्नेवाला हौं। त्यसैले हरेक जगत अम्बा जगतपिता ठहरियौ। यस नर्कमा मानिसहरू धेरै दु:खी छन्, हामी उनीहरूको सेवा गर्न आएका हौं। हामी उनीहरूलाई स्वर्गवासी बनाएरै छोड्छौं। तिमी हौ सेना। यसलाई युद्ध-स्थल पनि भनिन्छ। यादव, कौरव र पाण्डव एकै ठाउँमा रहन्छन्। भाइ-भाइ हुन् नि। अब तिम्रो युद्ध भाइ-बहिनीहरूसँग होइन, तिम्रो युद्ध हुन्छ रावणसँग। भाइ-बहिनीहरूलाई तिमी सम्झाउँछौ, मनुष्यबाट देवता बनाउनको लागि। बाबा सम्झाउनु हुन्छ देह सहित देहका सबै सम्बन्ध छोड। यो हो पुरानो दुनियाँ। कति ठूला-ठूला बाँध, नहर आदि बनाउँछन् किनकि पानी छैन। प्रजा धेरै बढेका छन्। त्यहाँ त तिमी रहन्छौ नै धेरै कम। नदीहरूमा पानी पनि धेरै रहन्छ, अनाज पनि धेरै हुन्छ। यहाँ त यस धर्तीमा करोडौं मानिसहरू छन्। त्यहाँ सारा धर्तीमा सुरुमा ९-१० लाख हुन्छन्, अरू कुनै खण्ड हुँदैन। तिमी थोरै नै त्यहाँ रहन्छौ। तिमीलाई कहीं जानु पर्ने आवश्यकता पनि रहँदैन। त्यहाँ छ नै बहारी (सदाबहार) मौसम। ५ तत्त्वले पनि कुनै कष्ट दिदैन, अर्डरमा रहन्छ। दु:खको नाम हुँदैन। त्यो हो नै स्वर्ग। अहिले छ नर्क। यो सुरु हुन्छ बीचबाट। देवताहरू वाममार्गमा गिरेपछि फेरि रावणको राज्य सुरु हुन्छ। तिमीले बुझेका छौ हामी डबल शिरताज पूज्य बन्छौं फेरि सिँगल ताजवाला बन्छौं। सत्ययुगमा पवित्रताको पनि निशानी छ। देवताहरू त सबै हुन्छन् पवित्र। यहाँ पवित्र कोही छैन। जन्म त फेरि पनि विकारबाट लिन्छन् नि त्यसैले यसलाई भ्रष्टाचारी दुनियाँ भनिन्छ। सत्ययुग हो श्रेष्ठाचारी। विकारलाई नै भ्रष्टाचार भनिन्छ। बच्चाहरूलाई थाहा छ सत्ययुगमा पवित्र प्रवृत्ति मार्ग थियो, अहिले अपवित्र भएका छन्। अब फेरि पवित्र श्रेष्ठाचारी दुनियाँ बन्छ। सृष्टिको चक्र फिर्छ नि। परमपिता परमात्मालाई नै पतित-पावन भनिन्छ। मानिसहरूले भनिदिन्छन् भगवानले प्रेरणा गर्नुहुन्छ, अब प्रेरणा मतलव विचार, यसमा प्रेरणाको त कुरा नै छैन। त्यहाँ स्वयं भन्नुहुन्छ मलाई शरीरको आधार लिनुपर्छ। मैले मुख विना शिक्षा कसरी दिउँ? प्रेरणाले कुनै शिक्षा दिइन्छ र! भगवान प्रेरणाले केही पनि गर्नुहुन्न। बाबाले त बच्चाहरूलाई पढाउनु हुन्छ। प्रेरणाले पढाइ कहाँ हुन सक्छ र। बाबा सिवाय सृष्टिको आदि, मध्य, अन्त्यको रहस्य कसैले पनि बताउन सक्दैन। बाबालाई नै चिनेका छैनन्। कोही भन्छन् लिंग हुनुहुन्छ, कोही भन्छन् अखण्ड ज्योति हुनुहुन्छ। कोही भन्छन् ब्रह्म नै ईश्वर हुनुहुन्छ। तत्त्व ज्ञानी, ब्रह्म ज्ञानी पनि छन् नि। शास्त्रहरूमा देखाइदिएका छन् ८४ लाख योनी। अब यदि ८४ लाख जन्म हुने भए कल्प धेरै लामो चाहिन्छ। कसैले हिसाबै निकाल्न सक्दैनथे। उनीहरूले त सत्ययुगलाई नै लाखौ वर्षको भनिदिन्छन्। बाबा भन्नुहुन्छ सारा सृष्टि चक्र नै ५ हजार वर्षको छ। ८४ लाख जन्मको लागि त समय पनि त्यत्ति चाहिन्छ नि। यी शास्त्रहरू हुन् सबै भक्तिमार्गका। बाबा भन्नुहुन्छ म आएर तिमीलाई यी सबै शास्त्रहरूको सार सम्झाउँछु। यी सबै भक्तिमार्गका सामग्री हुन्, यसबाट कसैले पनि मलाई पाउँदैन। म जब आउँछु तब नै सबैलाई लैजान्छु। मलाई बोलाउँछन् पनि, हे पतित-पावन आउनुहोस् भनेर। भन्छन् पावन बनाएर हामीलाई पावन दुनियाँमा लैजानुहोस्। फेरि खोज्नको लागि धक्का किन खान्छन्? कति टाढा-टाढा पहाड आदिमा जान्छन्। आजकल त कति मन्दिर खाली परेका छन्, कोही जाँदैनन्। अहिले तिमी बच्चाहरूले उच्च भन्दा उच्च बाबाको जीवनीलाई पनि जानेका छौ। पिताले बच्चाहरूलाई सबैथोक दिएर फेरि ६० वर्षपछि वानप्रस्थमा बस्छन्। यो चलन पनि अहिलेको हो, चाडपर्व पनि सबै यस समयको हो।

तिमीलाई थाहा छ अहिले हामी संगममा खडा छौं। रातपछि फेरि दिन हुन्छ। अहिले त घोर अँध्यारो छ। गायन पनि छ ज्ञान सूर्य प्रगटा.... तिमीले बाबालाई र रचनाको आदि-मध्य-अन्त्यलाई अहिले जानेका छौ। जसरी बाबा नलेजफुल हुनुहुन्छ, तिमी पनि मास्टर नलेजफुल भयौ। तिमी बच्चाहरूलाई बाबाबाट वर्सा मिल्छ बेहदको सुखको। लौकिक पिताबाट त हदको वर्सा मिल्छ, जसबाट अल्पकालको सुख मिल्छ। जसलाई संन्यासीहरूले काग विष्टा समान सुख भन्छन्। उनीहरूले फेरि यहाँ आएर सुखको लागि पुरुषार्थ गर्न सक्दैनन्। उनीहरू हुन् नै हठयोगी, तिमी हौ राजयोगी। तिम्रो योग छ बाबासँग, उनीहरूको छ तत्त्वसँग। यो पनि ड्रामा बनेको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) पावन बन्नको लागि हामी आत्मा भाइ-भाइ हौं, फेरि ब्रह्मा बाबाका सन्तान भाइ-बहिनी हौं यो दृष्टि पक्का गर्नु छ। आत्मा र शरीर दुवैलाई पावन सतोप्रधान बनाउनु छ। देह-अभिमानलाई छोडिदिनु छ।

२) मास्टर नलेजफुल बनेर सबैलाई रचयिता र रचनाको ज्ञान सुनाएर घोर अन्धकारबाट निकाल्नु छ। नर्कवासी मानिसहरूको रूहानी सेवा गरेर स्वर्गवासी बनाउनु छ।

वरदान:
एक बाबा , दोस्रो न कोही यस दृढ संकल्पद्वारा अविनाशी , अमर भव

जुन बच्चाहरूले यो दृढ संकल्प गर्छन् एक बाबा, दोस्रो न कोही.... उनीहरूको स्थिति स्वत: र सहज एकरस हुन्छ। यसै दृढ संकल्पद्वारा सर्व सम्बन्धको अविनाशी तार जोडिन पुग्छ अनि उनीहरूलाई सदा अविनाशी भव, अमर भवको वरदान मिल्छ। दृढ संकल्प गर्नाले पुरुषार्थमा पनि विशेष लिफ्ट मिल्छ। जसको एक बाबासँग सर्व सम्बन्ध छ उनलाई सर्व प्राप्तिहरू स्वत: हुन्छ।

स्लोगन:
सोचाइ, बोलाइ र गराइ तीनैलाई एकसमान बनाऊ, तब भनिन्छ सर्वोत्तम पुरुषार्थी।