04.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे- यो बनिबनाउ नाटक हो, यो नाटकबाट कुनै पनि आत्मा छुट्न सक्दैन, मोक्ष कसैलाई प्राप्त हुन सक्दैन।

प्रश्न:
सर्वोच्च पतित-पावन बाबा भोलानाथ कसरी हुनुहुन्छ?

उत्तर:
तिमी बच्चाहरूले उहाँलाई चामल मुट्ठी दिएर महल लिन्छौ, त्यसैले नै बाबालाई भोलानाथ भनिन्छ। तिमीले भन्छौ शिवबाबा मेरो पुत्र हुनुहुन्छ, उहाँ पुत्र यस्तो हुनुहुन्छ जसले कहिल्यै पनि केही लिनुहुन्न, सदैव दिनुहुन्छ। भक्तिमा भन्ने गर्छन् जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ। तर भक्तिमा त अल्पकालको फल प्राप्त हुन्छ। ज्ञानमा बुझेर गर्छौ त्यसैले सदाकालको लागि प्राप्त हुन्छ।

ओम् शान्ति ।
रूहानी बच्चाहरूसँग रूहानी बाबाले रूहरिहान गरिरहनु भएको छ वा यस्तो भनौं रूहानी बाबाले प्यारा बच्चाहरूलाई राजयोग सिकाइरहनु भएको छ। तिमी आएका छौ बेहदको बाबासँग राजयोग सिक्न, त्यसैले बुद्धि जानु पर्छ बाबातिर। यो हो परमात्माको ज्ञान आत्माहरूप्रति। भगवानुवाच शालिग्रामहरूप्रति। आत्माहरूले नै सुन्नु छ, त्यसैले आत्म-अभिमानी बन्नु पर्छ। पहिला तिमी देह-अभिमानी थियौ। यस पुरुषोत्तम संगमयुगमा नै बाबा आएर तिमी बच्चाहरूलाई आत्म-अभिमानी बनाउनुहुन्छ। आत्म-अभिमानी र देह-अभिमानीको फरक तिमीले बुझेका छौ। बाबाले नै सम्झाउनु भएको छ, आत्माले नै शरीरद्वारा अभिनय गर्छ। पढ्छ आत्माले, शरीरले होइन। तर देह-अभिमान भएकाले सम्झन्छन् फलानाले पढाउँछ। तिमी बच्चाहरूलाई जसले पढाउनुहुन्छ उहाँ हुनुहुन्छ निराकार। उहाँको नाम हो शिव। शिवबाबाको आफ्नो शरीर छैन। अरू सबैले भन्दछन् मेरो शरीर। यो कसले भन्यो? आत्माले भन्यो यो मेरो शरीर हो। अरू सबै हुन् दैहिक पढाइ। त्यसमा अनेक प्रकारका विषयहरू हुन्छन्। बी.ए. आदि कति डिग्रीका नाम छन्। यहाँ एउटै नाम छ, पढाइ पनि एक बाबाले नै पढाउनुहुन्छ। एकै बाबा आएर पढाउनुहुन्छ, त्यसैले बाबालाई नै याद गर्नु पर्छ। हामीलाई बेहदको बाबाले पढाउनुहुन्छ, उहाँको नाम के हो? उहाँको नाम हो शिव। यस्तो होइन नाम-रूपबाट अलग हुनुहुन्छ। मनुष्यको शरीरको नाम राखिएको हुन्छ। भन्दछन् फलानाको यो शरीर हो। हुन त शिव बाबाको नाम छैन। मनुष्यको शरीरको नाम हुन्छ, निराकार एकै बाबा हुनुहुन्छ, जसको नाम हो शिव। जब पढाउन आउनुहुन्छ त्यतिखेर पनि उहाँको नाम शिव नै हो। यो शरीर त उहाँको होइन। भगवान् एकै हुनुहुन्छ, १०-१२ होइन। उहाँ हुनुहुन्छ नै एक, फेरि मनुष्यले उहाँका २४ अवतार भन्दछन्। बाबा भन्नुहुन्छ मलाई धेरै भड्काएका छन्। परमात्मालाई ढुङ्गा-माटो सबैमा हुनुहुन्छ भनिदिएका छन्। जसरी भक्तिमार्गमा स्वयं भड्किएका छन् त्यस्तै मलाई पनि भड्काएका छन्। ड्रामा अनुसार उहाँको कुरा गर्ने तरिका कति शीतल छ। सम्झाउनुहुन्छ ममाथि सबैले कति अपकार गरेका छन्, मेरो कति ग्लानि गरेका छन्। मनुष्यले भन्छन् हामीले निष्काम सेवा गर्छौं, बाबा भन्नुहुन्छ मैले बाहेक कसैले पनि निष्काम सेवा गर्न सक्दैन। जसले गर्छ उसले अवश्य फल प्राप्त गर्छ। अहिले तिमीलाई फल मिलिरहेको छ। गायन पनि छ भक्तिको फल भगवानले दिनुहुन्छ किनकि भगवान् हुनुहुन्छ ज्ञानका सागर। भक्तिमा आधाकल्प तिमीले कर्मकाण्ड गर्दै आएका हौ। अब यो ज्ञान हो पढाइ। पढाइ पढिन्छ एकै पटक, एकै बाबासँग। बाबाले पुरुषोत्तम संगमयुगमा एकै पटक आएर तिमीलाई पुरुषोत्तम बनाएर जानुहुन्छ। यो हो ज्ञान र त्यो हो भक्ति। आधाकल्प तिमीले भक्ति गर्थ्यौ, अहिले जसले भक्ति गर्दैनन् उनीहरूलाई शंका हुन्छ थाहा छैन भक्ति नगरेका हुनाले फलाना मर्यो, बिमारी भयो। तर यस्तो होइन।

बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमीले पुकार्दै आएका छौ हजुर आएर पतितहरूलाई पावन बनाएर सद्गति गर्नुहोस्। त्यसैले अहिले म आएको छु। भक्ति अलग हो, ज्ञान अलग हो। भक्तिबाट आधाकल्प हुन्छ रात, ज्ञानबाट आधाकल्पको लागि हुन्छ दिन। राम राज्य र रावण राज्य दुइटै बेहदका हुन्। दुवैको समय बराबर हुन्छ। यतिबेला भोगी भएकाले दुनियाँमा मानिसको वृद्धि धेरै हुन्छ, आयु पनि कम हुन्छ। वृद्धि धेरै नहोस् भन्नको लागि फेरि प्रबन्ध गर्छन्। तिमी बच्चाहरूले जान्दछौ यति विशाल दुनियाँलाई कम बनाउने त बाबाको नै काम हो। बाबा आउनुहुन्छ नै घटाउन। पुकार्छन् पनि, बाबा आएर अधर्मको विनाश गर्नुहोस् अर्थात् सृष्टिलाई घटाउनुहोस्। दुनियाँले त जान्दैन बाबाले कति कम बनाइदिनुहुन्छ! थोरै मनुष्यहरू मात्र रहन्छन्। बाँकी सबै आत्माहरू आफ्नो घर जान्छन् अनि नम्बरवार नाटक खेल्न आउँछन्। नाटकमा जति पार्ट ढिलो हुन्छ त्यति उनीहरू घरबाट पनि ढिलो आउँछन्। आफ्नो धन्दा आदि पूरा गरेर पछि आउँछन्। नाटक खेल्नेहरूले पनि आफ्नो धन्दा गर्छन्, फेरि समय आएपछि नाटकमा आउँछन् पार्ट खेल्न। तिम्रो पनि यस्तै हो, जसको पछि पार्ट छ ऊ पछि नै आउँछ। जो पहिला-पहिला सुरुका पार्टधारी हुन् उनीहरू सत्ययुगको सुरुमा आउँछन्। पछि आउनेहरू हेर, अहिलेसम्म पनि आइरहन्छन्। हाँगा-बिंगा पछिसम्म आइरहन्छन्।

यस समय तिमी बच्चाहरूलाई ज्ञानको कुरा बुझाइन्छ। सबेरै यादमा बस्छौ, त्यो हो अभ्यास (ड्रिल)। आत्माले आफ्नो बाबालाई याद गर्नु छ। योग शब्दलाई छोडिदेऊ। यसैमा अल्मलिन्छन्। भन्छन् मलाई योग लाग्दैन। बाबा भन्नुहुन्छ अरे, बाबालाई तिमीले याद गर्न सक्दैनौ, के यो राम्रो कुरा हो र! याद गर्दैनौ भने पावन कसरी बन्छौ? बाबा हुनुहुन्छ नै पतित-पावन। बाबा आएर ड्रामाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। यो सृष्टि विविध धर्म र विविध मनुष्यको वृक्ष हो। सारा सृष्टिमा जति पनि मनुष्य छन् ती सबै कलाकार हुन्। कति धेरै मनुष्य छन्, हिसाब निकाल्छन् एक वर्षमा यति करोड पैदा हुन्छन्। फेरि त्यत्रो ठाउँ नै कहाँ छ र? तब बाबा भन्नुहुन्छ म आउँछु संख्या घटाउन (लिमिटेड नम्बर गर्न)। सबै आत्माहरू माथिबाट आएपछि हाम्रो घर खाली हुन्छ। जति पनि बाँकी छन् ती पनि आउँछन्। वृक्ष कहिल्यै सुक्दैन, चलिरहन्छ। पछि जब त्यहाँ कोही पनि हुँदैनन्, फेरि सबै फर्केर जान्छन्। नयाँ दुनियाँमा कति थोरै थिए, अहिले कति धेरै छन्। शरीर त सबैको बदलिइरहन्छ। त्यो पनि जन्म उनैले लिन्छन् जसले कल्प-कल्प लिएका छन्। यो ड्रामा कसरी चल्छ, बाबा बाहेक कसैले सम्झाउन सक्दैन। बच्चाहरूमध्ये पनि नम्बरवार पुरुषार्थ अनुसार सम्झन्छन्। बेहदको नाटक कति ठूलो छ। कति बुझ्नु पर्ने कुरा छन्! बेहदको बाबा त ज्ञानका सागर हुनुहुन्छ। अरू त सबै लिमिटेड छन्। वेद शास्त्र आदि केही बनाउँछन्, धेरै त केही बन्दैन। तिमीले लेख्दै गयौ भने सुरुदेखि लिएर अहिलेसम्म कति लम्बा-चौडा गीता बन्छ। सबै छापिदै जाने हो भने घरभन्दा पनि ठूलो गीता बन्छ। त्यसैले बढाइचढाइ गरिदिएका छन् सागरको मसी बनाए पनि... फेरि यो पनि भन्दछन् चराले सागरलाई निल्यो। तिमी चरा हौ, सारा ज्ञानलाई निलिरहेका छौ। तिमी अहिले ब्राह्मण बनेका छौ। तिमीलाई अहिले ज्ञान मिलेको छ। ज्ञानबाट तिमीले सबै कुरा जानेका छौ। कल्प-कल्प तिमीले यहाँ पढाइ पढ्छौ, त्यसमा केही घटिबढी हुँदैन। जसले जति पुरुषार्थ गर्छ, उसको त्यति प्रारब्ध बन्छ। हरेकले जान्न सक्छन् मैले कति पुरुषार्थ गरिरहेको छु? कति पद पाउन लायक बनिरहेको छु? विद्यालयमा पनि नम्बरवार परीक्षा पास गर्छन्। सूर्यवंशी-चन्द्रवंशी दुवै बन्छन्। जो फेल हुन्छन् उनीहरू चन्द्रवंशी बन्छन्। कसैले जान्दैनन् रामलाई किन बाण लिएको देखाइन्छ? मारामारको इतिहास बनाइदिएका छन्। अहिलेको समयमा छ नै मारामार। तिमीले जानेका छौ जसले जस्तो कर्म गर्छ उसलाई त्यस्तै फल मिल्छ। जसरी कसैले अस्पताल बनायो भने अर्को जन्ममा उसको आयु लामो हुन्छ र तन्दुरुस्त हुन्छ। कसैले धर्मशाला, विद्यालय बनाउँछ भने उसलाई आधाकल्प सुख प्राप्त हुन्छ। यहाँ जब बच्चाहरू आउँछन्, बाबा सोध्नुहुन्छ तिम्रो कति बच्चाहरू छन्? अनि भन्छन् ३ लौकिक र एक शिवबाबा किनकि उहाँले वर्सा दिनु पनि हुन्छ र लिनु पनि हुन्छ। हिसाब हुन्छ। उहाँलाई केही लिनुपर्दैन, उहाँ त दाता हुनुहुन्छ। मुट्ठी चामल दिएर तिमीले महल लिन्छौ, त्यसैले उहाँ भोलानाथ हुनुहुन्छ। पतित-पावन ज्ञानसागर हुनुहुन्छ। अहिले बाबा भन्नुहुन्छ यी भक्तिका जति पनि शास्त्र छन् उनको सार सम्झाउँछु। भक्तिको फल हुन्छ आधाकल्पको लागि। संन्यासीहरू भन्छन् यो सुख काग विष्टा समान हो, त्यसैले घरबार छोडेर जंगलमा जान्छन्। भन्छन् हामीलाई स्वर्गको सुख चाहिंदैन, जसबाट फेरि नर्कमा आउन परोस्। हामीलाई मोक्ष चाहिन्छ। तर यो याद राख कि यो बेहदको नाटक हो। यस नाटकबाट कुनै आत्मा पनि छुट्न सक्दैन, बनिबनाउ छ। तब त गायन गर्छन् बनिबनाउ बनिरहेको छ... तर भक्तिमार्गमा त चिन्ता गर्नु पर्छ। जे कुरा बित्यो त्यो फेरि हुन्छ। ८४ को चक्कर तिमीले लगाउँछौ। यो कहिल्यै बन्द हुँदैन, बनिबनाउ छ। यसमा तिमीले आफ्नो पुरुषार्थलाई हटाउन कसरी सक्छौ? तिमीले भनेर तिमी निस्कन सक्दैनौ। मोक्ष हुनु, ज्योति ज्योतिमा समाहित हुनु, ब्रह्ममा लिन हुनु यी एकै कुरा हुन्। अनेक मत छन्, अनेक धर्म छन्। फेरि भनिदिन्छन् तिम्रो गति मति तिमीले नै जान। श्रीमतबाट तिमीलाई सद्गति प्राप्त हुन्छ। यो तिमीले नै जान्दछौ। हजुर जब आउनुहुन्छ तब हामीले पनि जानौं अनि हामी पनि पावन बनौं। पढाइ पढौं तब हाम्रो सद्गति होस्। जब सद्गति हुन्छ अनि कसैले बोलाउँदै बोलाउँदैन। अब सबैमाथि दु:खको पहाड खस्नु छ। अनाहकमा रगतको खेल देखाउँछन् अनि गोवर्धन पर्वत पनि देखाउँछन्। औंलाले पर्वत उठाउनुभयो। तिमीले यसको अर्थ जान्दछौ। तिमी थोरै बच्चाहरूले यो दु:खको पर्वतलाई हटाउँछौ। दु:ख पनि सहन्छौ।

तिमीले वशीकरण मन्त्र सबैलाई दिनु छ। भन्दछन् तुलसीदासले चन्दन घोटे.... राजाईको तिलक तिमीलाई प्राप्त हुन्छ, आ-आफ्नो मेहनतबाट। तिमीले राजाईको लागि पढिरहेका छौ। राजयोग जसबाट राजाई प्राप्त हुन्छ त्यो पढाउनेवाला एकै बाबा हुनुहुन्छ। अहिले तिमी घरमा बसेका छौ, यो दरबार होइन। दरबार त्यसलाई भनिन्छ जहाँ राजा-महाराजाहरू भेट हुन्छन्। यो एक पाठशाला हो। सम्झाइन्छ कुनै ब्राह्मणीले विकारीलाई ल्याउन मिल्दैन। पतितले वायुमण्डललाई बिगारिदिन्छ, त्यसैले आउने अनुमति दिइंदैन। जब पवित्र बन्छन्, तब अनुमति दिइन्छ। अहिले कसै-कसैलाई आउन अनुमति दिनु पर्ने हुन्छ। यदि यहाँबाट गएर पतित बने भने धारणा हुँदैन। त्यो भयो आफूले आफैलाई श्राप दिनु। विकार हो नै रावणको मत। रामको मतलाई छोडेर रावणको मतबाट विकारी बनेर पत्थर बन्छन्। गरूड पुराणमा यस्तै धेरै रोचक कुरा लेखिदिएका छन्। बाबा भन्नुहुन्छ मनुष्य मनुष्य नै बन्छ, जनावर आदि बन्दैन। पढाइमा कुनै अन्धश्रद्धाको कुरा हुँदैन। यो तिम्रो पढाइ हो। विद्यार्थीहरूले पढेर पास भएर कमाउँछन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) वशीकरण मन्त्र सबैलाई दिनु छ। पढाइको मेहनतबाट राजाईको तिलक लिनु छ। यो दु:खको पहाड हटाउन आफ्नो औंला दिनु छ।

२) संगमयुगमा पुरुषोत्तम बन्ने पुरुषार्थ गर्नु छ। बाबालाई याद गर्ने ड्रिल गर्नु छ। योग-योग भनेर अल्मलिनु हुँदैन।


वरदान:
परमात्म-ज्ञानको नवीनता पवित्रता लाई धारण गर्ने सर्व लगावबाट मुक्त भव

यस परमात्म ज्ञानको नवीनता नै पवित्रता हो। नशाले भन्ने गर्छौ आगो र कपास सँगै रहेर पनि आगो लाग्न सक्दैन। विश्वलाई तिमीहरू सबैको यो चुनौती छ पवित्रता विना योगी वा ज्ञानी आत्मा बन्न सकिँदैन। पवित्रता अर्थात् सम्पूर्ण लगाव-मुक्त। कुनै पनि व्यक्ति वा साधनहरूसँग पनि लगाव नहोस्। यस्तो पवित्रताद्वारा नै प्रकृतिलाई पावन बनाउने सेवा गर्न सक्छौ।

स्लोगन:
पवित्रता तिम्रो जीवनको मुख्य आधार हो, प्राण जाओस् तर धर्म छोड्नु छैन।