04.04.21    Avyakt Bapdada     Nepali Murli    06.12.87     Om Shanti     Madhuban


सि द्धिको आधार श्रेष्ठ वृत्ति


आज बापदादाले आफ्ना चारैतिरका होलीहंसहरूको सभालाई देखिरहनु भएको छ। हरेक होलीहंसहरू आफ्नो श्रेष्ठ स्थितिको आसनमा विराजमान छन्। सबै आसनधारी होलीहंसहरूको यो सभा सारा कल्पमा अलौकिक र न्यारा छ। हरेक होलीहंसहरू आफ्नो विशेषताले अति सुन्दर सजिएका छन्। विहेषताहरू श्रेष्ठ श्रृङ्गार हुन्। सजिएका होलीहंसहरू कति प्यारा लाग्छन्? बापदादा हरेकको विशेषताको श्रृङ्गारलाई देखेर हर्षित हुनुहुन्छ। श्रृङ्गारिएका सबै छन् किनकि बापदादाले ब्राह्मण जन्म दिनासाथ बचपनबाटै 'बिशेष आत्मा भव' को वरदान दिनुभएकोछ। नम्बरवार भएर पनि अन्तिम नम्बर पनि विशेष आत्मा हुन्छ। ब्राह्मण जीवनमा आउनु अर्थात् विशेष आत्मामा आइनै हाल्यौ। ब्राह्मण परिवारमा चाहे अन्तिम नम्बर होस् तर विश्वका अनेक आत्माहरूको तुलनामा तिनीहरूलाई पनि विशेष आत्मा भनेर गायन गरिन्छ, त्यसैले करोडौंमा कोही कोहीमा पनि कोही भनेर गायन गरिएकोछ। त्यसैले ब्राह्मणहरूको सभा अर्थात् विशेष आत्माहरूको सभा।

आज बापदादाले हेरिरहनु भएको थियो विशेषताको श्रृङ्गार बाबाले सबैलाई समान रूपले एकै किसिमको गराउनु भएको हो तर कसैले त्यो श्रृङ्गारलाई धारणा गरेर समय प्रमाण कार्यमा लगाउँछन् र कसैले या त धारण गर्न सक्दैनन् या कसैले समय प्रमाण कार्यमा लागाउन सक्दैनन्। जसरी आजकलका रोयल परिवारकाले समय प्रमाण श्रृङ्गार गर्दा कति राम्रो लाग्छ! जस्तो समय त्यस्तै श्रृङ्गार, यस्तालाई भनिन्छ नलेजफुल। आजकल श्रृङ्गारका भिन्नाभिन्नै सेट राख्छन् नि। त्यसैले बाबाले पनि अनेक विशेषताका, अनेक श्रेष्ठ गुणहरूका कति भिन्नाभिन्नै सेट दिनु भएको छ! चाहे जतिसुकै अमूल्य श्रृङ्गार होस् तर समय प्रमाण यदि भएन भने कस्तो लाग्छ? त्यसैगरी विशेषताको, गुणहरूको, शक्तिहरूको, ज्ञान रत्नको अनेक श्रृङ्गार बाबाले सबैलाई दिनु भएको छ तर समयमा कार्यमा लगाउनमा नम्बरवार बन्छन्। हुन त यी सबै श्रृङ्गार हुन् तर हरेक विशेषताको वा गुणहरूको महत्त्व समयमा हुन्छ। भएर पनि समयमा कार्यमा लगाउँदैनौ भने अमूल्य भएर पनि त्यसको मूल्य हुँदैन। जुन समयमा जुन विशेषता धारण गर्ने कार्य हुन्छ त्यही विशेषताको नै मूल्य हुन्छ। जसरी हंसले कंकड र रत्न दुवैलाई चिनेर अलग-अलग गरेर धारण गर्छ। कंकडलाई छोड्दिन्छ, बाकीँ रत्न-मोतीलाई धारण गर्छ। त्यसैगरी होलीहंस अर्थात् समय प्रमाण विशेषताहरू वा गुणहरूलाई चिनेर त्यही समयमा प्रयोग गर्नु। यसलाई भनिन्छ परख गर्ने शक्ति, निर्णय गर्ने शक्ति भएको होलीहंस। त्यसैले परख गर्ने र निर्णय गर्ने यी दुवै शक्तिले नम्बर अगाडि लैजान्छन्। जब यी दुवै शक्तिहरू धारण हुन्छन् अनि समय प्रमाण त्यही विशेषताले कार्य लिनसक्छौ। त्यसैले हरेक होलीहंसले आफ्ना यी दुवै शक्तिहरूलाई जाँच गर। दुवै शक्तिले समयमा धोका त दिँदैनन्? समय बीतिसके पछि यदि परख गर्यौ भने पनि, निर्णय गर्यौ भने पनि तर त्यो समय त बीत्यो नि। जुन नम्बरवन होलीहंस हुन्छन्, तिनीहरूलाई यी दुवै शक्तिले सदा समय प्रमाण कार्य गर्छन्। यदि समय बीतिसके पछि यी शक्तिहरूले कार्य गर्छन् भने सेकेण्ड नम्बरमा आउँछौ। तेस्रो नम्बरको त कुरै छोड। र समय आउँदा त्यही हंसले कार्य गर्न सक्छ जसको सदा बुद्धि होली (पवित्र) हुन्छ।

होलीको अर्थ सुनाएको थिएँ नि। एउटा होली अर्थात् पवित्र र हिन्दीमा हो ली अर्थात् बीती सो बीती। त्यसैले जसको बुद्धि होली अर्थात् स्वच्छ छ र सदा नै जुन सकेण्ड, जुन परिस्थिति बीत्छ त्यो बीत्यो अर्थात् (भयो) हो ली यस्तो अभ्यास छ भने यस्तो बुद्धि भएकाहरू सदा होली अर्थात् रूहानी रङ्गमा रङ्गिएका हुन्छन्, सदा बाबाको सङ्गको रङ्गमा रङ्गिएका हुन्छन्। त्यसैले एउटै होली शब्द तीन रूपले प्रयोग हुन्छ। जसमा यी तीनै अर्थको विशेषता हुन्छ अर्थात् जुन हंसलाई यो विधि आउँछ, तिनीहरू हर समय सिद्धि प्राप्त गर्ने हुन्छन्। त्यसैले आज बापदादाले होलीहंसहरूको सभामा सबै होलीहंसहरूको यो विशेषतालाई देखिरहनु भएको छ। चाहे स्थूल कार्य अथवा रूहानी कार्य होस् दुवैमा सफलताको आधार परख गर्ने र निर्णय गर्ने शक्ति हुन्। जसको पनि सम्पर्कमा आउँदा जबसम्म उसको भाव र भावनालाई परख गर्न सक्दैनौ र परख गरेपछि पनि यथार्थ निर्णय लिन सक्दैनौ भने दुवै कार्यमा सफलता प्राप्त हुँदैन चाहे व्यक्ति होस् चाहे परिस्थिति होस् किनकि व्यक्तिहरूको सम्बन्धमा पनि आउनु पर्छ र परिस्थितिलाई पनि पार गर्नु पर्छ। जीवनमा यी दुवै कुरा आउँछन्। त्यसैले नम्बरवन होलीहंस अर्थात् दुवै विशेषतामा सम्पन्न। यो भयो आजको यस सभाको समाचार। यो सभा अर्थात् केवल सामुन्ने बसेका मात्र होइनन्। बापदादाको सामुन्ने त तिमीहरूको साथ-साथै चारैतिरका बच्चाहरू पनि इमर्ज भएकाहुन्छन्। बेहदको परिवारको बीचमा बापदादाले मिलन मनाउनुहुन्छ वा रूहरिहान गर्नुहुन्छ। सबै ब्राह्मण आत्माहरू आफ्नो यादको शक्तिले स्वयं मधुबनमा हाजिर हुन्छन्। र बापदादाले यो पनि विशेष कुरा देखिरहनु भएको छ हरेक बच्चाको विधिको लाइन र सिद्धिको लाइन, यी दुवै रेखा कति स्पष्ट छन्, आदिदेखि अहिलेसम्म विधि कस्तो रहेको छ र विधिको फलस्वरूप सिद्धि कति प्राप्त गरेका छन्, दुवै रेखा कति स्पष्ट छन् र कति लामो अर्थात् विधि र सिद्धिको खाता कति यथार्थ रूपले जम्मा छन्? विधिको आधार हो श्रेष्ठ वृत्ति। यदि श्रेष्ठ वृत्ति छ भने यथार्थ विधि पनि हुन्छ र यथार्थ विधि छ भने सिद्धि श्रेष्ठ हुन्छ नै। त्यसैले विधि र सिद्धिको बीज वृत्ति हो। श्रेष्ठ वृत्ति अर्थात् सदा भाइ-भाइको आत्मिक वृत्ति होस्। यो त मुख्य कुरा हो नै र साथसाथै सम्पर्कमा आउँदा हरेक आत्मा प्रति कल्याणको, स्नेहको, सहयोगको, नि:स्वार्थपनको निर्विकल्प वृत्ति होस्, निरव्यर्थ-संकल्प वृत्ति होस्। कति पटक कुनै पनि आत्मा प्रति व्यर्थ संकल्प वा विकल्पको वृत्ति भयो भने जस्तो वृत्ति, दृष्टि हुन्छ त्यस्तै त्यो आत्माको कर्तव्य, कर्मको सृष्टि देखिन्छ। कहिले-काहीँ बाबाले बच्चाहरूमा यस्तो सुन्नु पनि हुन्छ र देख्नु पनि हुन्छ। वृत्तिको कारणले वर्णन पनि गर्छन्, चाहे त्यसले जतिसुकै राम्रो काम गरोस् तर वृत्ति व्यर्थ भएको कारणले सदा त्यो आत्मा प्रति वाणी पनि त्यस्तै निस्कन्छ यो त छ नै यस्तो, हो नै यस्तो। त्यसैले यस्तो वृत्तिले उसको कर्म रूपी सृष्टिलाई त्यस्तै अनुभव गराउँछ। जसरी तिमीहरूले यो दुनियाँमा आँखाको दृष्टिलाई चश्माको उदाहरण दिन्छौ, भन्छौ जुन रङ्गको चश्मा लगाउँछौ त्यस्तै देखिन्छ। त्यसैगरी यहाँ जस्तो वृत्ति हुन्छ, त्यो वृत्तिले दृष्टिलाई परिवर्तन गरिदिन्छ र दृष्टिले सृष्टिलाई परिवर्तन गरिदिन्छ। यदि वृत्तिको बीज सदा श्रेष्ठ छ भने विधि र सिद्धि सफलता पूर्वक हुन्छ नै। त्यसैले पहिला वृत्तिको फाउन्डेशनलाई चेक गर। त्यसलाई श्रेष्ठ वृत्ति भनिन्छ। यदि कुनै सम्बन्ध-सम्पर्कमा श्रेष्ठ वृत्तिको साटो मिक्स वृत्ति छ भने पनि चाहे जतिसुकै विधि अपनाऊ तर सिद्धि हुँदैन किनकि बीज हो वृत्ति र वृक्ष हो विधि र फल हो सिद्धि। यदि बीज कमजोर छ भने वृक्ष चाहे जतिसुकै विस्तार हुने खालको होस् तर सिद्धि रूपी फल हुँदैन। यही वृत्ति र विधि माथि बापदादाले बच्चाहरू प्रति एउटा विशेष रूहरिहान गरिरहनु भएको थियो।

स्व-उन्तति प्रति वा सेवाको सफलता प्रति एउटा रमणीक स्लोगन रूहरिहानमा बताइरहनु भएको थियो। तिमीहरू सबैले यो स्लोगन एक अर्कालाई भनिरहन्छौ पनि, हरेक कार्यमा 'पहिला हजुर' यो स्लोगन याद छ नि? एउटा हुन्छ पहिला हजुर अर्को छ पहिला म। दुवै स्लोगन पहिला हजुर र पहिला म दुवै आवश्यक छन्। तर बापदादा रूहरिहान गर्दै मुस्कुराइरहनु भएको थियो। जहाँ 'पहिला म' हुनु पर्ने हो त्यहाँ पहिला हजुर भनिदिन्छौ जहाँ 'पहिला हजुर' हुनु पर्ने हो त्यहाँ 'पहिला म' भनिदिन्छौ। परिवर्तन गरिदिन्छौ। जब कुनै स्व-परिवर्तनको कुरा आउँछ अनि भन्छौ 'पहिला हजुर' अर्थात् यो परिवर्तन भयो भने म परिवर्तन हुनेछु। त्यसैले 'पहिला हजुर' भयो नि। र जब कुनै सेवाको वा त्यस्तै कुनै परिस्थिति सामना गर्ने मौका पर्यो भने कोसिस गर्छन् 'पहिला म', म पनि त केही हुँ, मलाई पनि केही मिल्नु पर्छ। त्यसैले जहाँ 'पहिला हजुर' भन्नु पर्छ त्यहाँ 'पहिला म' भनिदिन्छन्। सदा स्वमानमा स्थित भएर अरूलाई सम्मान दिनु अर्थात् 'पहिला हजुर' भन्नु। केवल मुखले भन्छौ 'पहिला हजुर' तर कर्ममा फरक होस् यस्तो होइन। स्वमानमा स्थित भएर स्वमान दिनु छ। स्वमान दिनु वा स्वमानमा स्थित हुनु यसको निशानी कस्तो हुन्छ? यस्तोमा सदा दुई कुराको जाँच गर-

एउटा हुन्छ अभिमानको वृत्ति, अर्को हुन्छ अपमानको वृत्ति। जो स्वमानमा स्थित हुन्छ र अरूलाई स्वमान दिने दाता हुन्छ, उसमा यी दुवै वृत्ति हुँदैनन् न अभिमानको, न अपमानको। यसले त गर्छ नै यस्तो, यो त छ नै यस्तो यस्तो भन्नु पनि रोयल रूपमा त्यो आत्माको अपमान हो। स्वमानमा स्थित भएर स्वमान दिनु यसलाई भनिन्छ 'पहिला हजुर' भन्नु। बुझ्यौ? अनि अरू जुन पनि स्व-उन्नतिका कुरा हुन्छन् त्यसमा सदा 'पहिला म' को स्लोगन याद भयो भने कस्तो रिजल्ट हुन्छ? पहिला म अर्थात् जो ओटे सो अर्जुन। अर्जुन अर्थात् विशेष आत्मा, न्यारा आत्मा, अलौकिक आत्मा, अलौकिक विशेष आत्मा। जसरी ब्रह्मा बाबा सदा 'पहिला म' को स्लोगनले जो ओटे सो अर्जुन बने नि अर्थात् नम्बरवन आत्मा बने। नम्बरवनको अर्थ सुनाइयो नम्बरवन डिभिजन। त्यसो त नम्बरवन त एउटै हुन्छ नि। त्यसैले स्लोगन दुवै आवश्यक छन्। तर सुनाएँ नि नम्बर कुन आधारले बनाइन्छ। जसले समय प्रमाण कुनै पनि विशेषतालाई कार्यमा लगाउँदैन अनि उसको नम्बर अगाडि पछाडि हुन्छ। समयमा जसले कार्यमा लगाउँछ उसले नै जित्छ अर्थात् नम्बरवनमा आउँछ। त्यसैले यो चेक गर किनकि यो वर्ष स्वको चेकिंगको कुरा सुनाइरहेको छु। भिन्न-भिन्न कुरा सुनाइएको नि? त्यसैले आज यो कुराको चेक गर्नु 'हजुर' को सट्टा 'म', 'म'को सट्टा 'हजुर' त भन्दैनौ? यसलाई भन्छन् यथार्थ विधि। जहाँ यथार्थ विधि हुन्छ त्यहाँ सिद्धि हुन्छ नै। र यो वृत्तिको विधि सुनाइएको छ दुई कुराको चेकिंग गर्नु न अभिमानको वृत्ति होस्, न अपमानको। जहाँ यी दुवै आप्राप्ति हुन्छन् त्यहाँ नै स्वमानको प्राप्ति हुन्छ। तिमीले भन वा नभन, सोच वा नसोच तर व्यक्ति, प्रकृति दुवैले सदा स्वत: नै तिमीलाई स्वमान दिइरहन्छन्। संकल्पमा मात्र पनि स्वमानको प्राप्तिको इच्छाले स्वमान मिल्दैन। निर्मान बन्नु अर्थात् 'पहिला हजुर' भन्नु। निर्मान स्थितिले स्वत: नै स्वमान दिलाउँछ। स्वमानको परिस्थितिमा 'पहिला हजुर' भन्नु अर्थात् बाबा समान बन्नु हो। जसरी ब्रह्मा बाबाले सदा स्वमान दिनमा पहिला जगत्अम्बा अर्थात् पहिला सरस्वती माँ, पछि आफू ब्रह्मा बाबालाई राख्नु भयो। ब्रह्मा माता भएर पनि स्वमान दिने अर्थमा जगत् अम्बा माँलाई अगाडि राख्नु भयो। हरेक कार्यमा बच्चाहरूलाई अगाडि राख्नु भयो र पुरुषार्थको स्थितिमा सदा पहिला स्वयंलाई 'पहिला म' इन्जिनको रूपमा देख्नुभयो। इन्जिन अगाडि हुन्छ नि। यो सदा साकार जीवनमा पनि देखियो जे मैले गर्छु मलाई देखेर सबैले गर्छन्। त्यसैले विधिमा, स्व-उन्नतिमा वा तीव्र पुरुषार्थको लाइनमा सदा 'पहिला म' राख्नु भयो। त्यसैले आज विधि र सिद्धिका रेखाहरू चेक गरिरहनु भएको थियो। बुझ्यौ? त्यसैले परिवर्तन नगर्नु। परिवर्तन गर्नु अर्थात् भाग्यलाई परिवर्तन गर्नु हुन्छ। सदा होलीहंस बनेर निर्णय शक्ति, परख गर्ने शक्तिलाई समयमा कार्यमा लगाउने विशाल बुद्धिवाला बन र सदा वृत्ति रूपी बीजलाई श्रेष्ठ बनाएर विधि र सिद्धिलाई सदा श्रेष्ठ अनुभव गर्दैजाऊ।

पहिला पनि सुनाइएको थियो बापदादाको बच्चाहरूसँग स्नेह छ। स्नेहको निशानी के हुन्छ? स्नेह गर्नेले स्नेहीको कमीलाई देख्न सक्दैन, सदा स्वयंलाई र स्नेही आत्मालाई सम्पन्न र समान देख्न चाहान्छ। बुझ्यौ? त्यसैले बारम्बार ध्यान दिलाउनुहुन्छ, चेकिंग गराउनुहुन्छ यही सम्पन्न बनाउने सच्चा स्नेह हो। अच्छा।

अहिले सबैतिरबाट पुराना बच्चाहरू धेरै छन्। पुराना कसलाई भनिन्छ, अर्थ थाहा छ नि? बापदादाले पुरानालाई भन्नुहुन्छ सबै कुरामा पक्का। पुराना अर्थात् पक्का। अनुभवले पनि पक्का बनाउँछ। यस्तो कच्चा होइन जुन अलिकति पनि मायाको बिरालो आयो भने आत्तिने। सबै पुराना पक्का पक्का आएका छौ नि? मिलनको मौका पाउँदा सबैले 'पहिला म' भन्यौ भने पनि कुनै हर्जा छैन। तर हरेक कार्यमा काइदा र फाइदा त हुन्छ नै। यस्तो पनि होइन 'पहिला म' भनेर यसको मतलब एक हजार आउने। साकार सृष्टिमा काइदा पनि छ, फाइदा पनि छ। अव्यक्त वतनमा काइदाको कुरा छैन, काइदा बनाउन पर्दैन। अव्यक्त मिलनको लागि मेहनत लाग्छ, साकार मिलन सहज हुन्छ, त्यसैले दौडेर आउँछौ। तर समय प्रमाण जति काइदा त्यति फाइदा हुन्छ। बापदादाले थोरै पनि ईशारा दिँदा सम्झन्छन् थाहा छैन अब केही हुने पो हो कि? यदि केही हुनेवाला नै छ भने पनि पहिल्यै बताएर हुँदैन। साकार बाबा अव्यक्त हुँदा बताएर जानु भयो र? जुन अचानक हुन्छ त्यो अलौकिक र प्यारो हुन्छ, त्यसैले बापदादाले भन्नुहुन्छ सदा एवररेडी रहनु। जे हुन्छ त्यो धेरै राम्रो हुन्छ। अच्छा।

सर्व होलीहंसहरूलाई, सर्व विशाल बुद्धि, श्रेष्ठ स्वच्छ बुद्धि धारण गर्ने बुद्धिवान बच्चाहरूलाई, सर्व शक्तिहरूलाई, सर्व विशेषतालाई समय प्रमाण कार्यमा लगाउने ज्ञानी आत्माहरू, योगी आत्मा बच्चाहरूलाई, सदा बाबा समान सम्पन्न बन्ने उमंग-उत्साहमा रहने सम्पन्न बच्चाहरूलाई बापदादाको याद-प्यार एवम् नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:
मालिकपनको स्मृतिद्वारा हाइएस्ट अथोरिटिको अनुभव गर्ने कम्बाइण्ड स्वरूपधारी भव

पहिला आफ्नो शरीर र आत्माको कम्बाइण्ड रूपलाई स्मृतिमा राख। शरीर रचना हो, आत्मा रचयिता हो। यसबाट मालिकपन स्वत: स्मृतिमा रहन्छ। मालिकपनको स्मृतिले स्वयंलाई हाइएस्ट अथोरिटी अनुभव गर्छौ। शरीरलाई चलाउनेवाला हुन्छौ। अर्को बाबा र बच्चाको (शिवशक्ति) कम्बाइण्ड स्वरूपको स्मृतिले मायाको विघ्नलाई अथोरिटीले पार गर्छौ।

स्लोगन:
विस्तारलाई सेकेण्डमा समाहित गरेर ज्ञानको सारलाई अनुभव गर र गराऊ।