04.05.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
श्रीमतमा पवित्र बन्यौ भने धर्मराजको सजायबाट छुट्छौ। हीरा जस्तो बन्नको लागि ज्ञान
अमृत पिऊ , विषलाई छोड।”
प्रश्न:–
सत्ययुगी पद
कुन कुरामा आधारित छ?
उत्तर:–
पवित्रतामा। तिमी यादमा रहेर पवित्र अवश्य बन्नुपर्छ। पवित्र बन्नाले नै सद्गति
हुन्छ। जो पवित्र बन्दैनन्, उनीहरू सजाय खाएर आफ्नो धर्ममा जान्छन्। ठीकै छ तिमी
घरमा बस। तर कुनै देहधारीलाई याद नगर, पवित्र रह्यौ भने उच्च पद मिल्नेछ।
गीत:–
तुम्हें पाके
हमने जहान पा लिया है.....
ओम् शान्ति ।
शिव भगवानुवाच,
अरू कसैलाई पनि भगवान भनिदैन, एक निराकार परमपिता परमात्मालाई नै शिवबाबा भनिन्छ।
उहाँ हुनुहुन्छ सबै आत्माहरूका पिता। पहिला सुरुमा यो निश्चय हुनुपर्छ–अवश्य हामी
शिवबाबाका सन्तान हौं। दु:खको समयमा भन्छन्– परमात्मा सहायता गर्नुहोस्, दया
गर्नुहोस्। यो पनि जानेका छैनन्– मेरो आत्माले परमात्मालाई याद गर्छ। अहम् आत्माको
पिता उहाँ हुनुहुन्छ। यस समयमा सारा दुनियाँ पतित आत्माहरूको हो। गाउँछन्– हामी पापी
नीच हौं, हजुर सम्पूर्ण निर्विकारी हुनुहुन्छ। तर फेरि पनि आफूलाई पतित सम्झदैनन्।
बाबा सम्झाउनु हुन्छ– जब तिमीले भन्छौ, भगवान बाबा एक हुनुहुन्छ त्यसैले तिमीहरू सबै
आपसमा भाइ-भाइ भयौ। फेरि शरीरको नाताले सबै भाइ बहिनी ठहरियौ। शिवबाबाका बच्चाहरू
फेरि प्रजापिता ब्रह्माका पनि बच्चाहरू ठहरियौ। उहाँ तिम्रो बेहदका बाबा, टिचर, गुरु
हुनुहुन्छ। भन्नुहुन्छ– मैले तिमीलाई पतित बनाउँदिनँ। म त आएको हुँ पावन बनाउन। यदि
मेरो मतमा चल्यौ भने। यहाँ त सबै मनुष्य रावण मतमा छन्। सबैमा ५ विकार छ। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब निर्विकारी बन, श्रीमतमा चल। तर विकारहरूलाई छोड्दै
छोड्दैनन्। त्यसैले स्वर्गको मालिक बन्दैनन्। सबै अजामिल जस्तै पापी बनेका छन्।
रावण सम्प्रदाय हो, यो शोकवाटिका हो, कति दु:खी छन्। बाबा आएर फेरि राम राज्य
बनाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– यो सच्चा-सच्चा युद्धको मैदान हो। गीतामा
भगवानले भन्नु भएको छ– काम महाशत्रु हो, त्यसलाई जित। तर जितेका त छैनन्। अहिले बाबा
बसेर सम्झाउनु हुन्छ। तिम्रो आत्माले यी अंगहरूद्वारा सुन्छ, फेरि सुनाउँछ, कर्म
आत्माले गर्छ। हामी आत्मा हौं, शरीर धारण गरेर पार्ट खेल्छौं। तर मनुष्य
आत्म-अभिमानीको सट्टा देह-अभिमानी बनेका छन्। अब बाबा भन्नुहुन्छ– देही-अभिमानी बन।
सत्ययुगमा आत्म-अभिमानी रहन्छन्। परमात्मालाई जान्दैनन्। यहाँ तिमी देह-अभिमानी छौ,
परमात्मालाई पनि चिन्दैनौ, त्यसैले तिम्रो यस्तो दुर्गति भएको हो। दुर्गतिलाई पनि
बुझ्दैनन्। जसको पासमा धन धेरै छ, उसले त सम्झन्छ– म स्वर्गमा बसेको छु। बाबा
भन्नुहुन्छ– यी सबै गरिब बन्छन् किनकि विनाश हुनु छ। विनाश हुनु त राम्रो हो नि।
हामी फेरि मुक्तिधाममा जान्छौं, यसमा त खुशी हुनुपर्छ। तिमीले मर्नको लागि तयारी
गरिरहेका छौ। मनुष्य त मृत्यूसँग डराउँछन्। बाबाले तिमीलाई वैकुण्ठ लैजानको लागि
लायक बनाइरहनु भएको छ। पतितले त पतित दुनियाँमा नै जन्म लिइरहन्छन्। स्वर्गवासी कोही
पनि छैन। मूल कुरा बाबा भन्नुहुन्छ– पवित्र बन। पवित्र नबनी पवित्र दुनियाँमा जान
सक्दैनौ। पवित्रतामा नै अबलाहरू माथि कुटाइ हुन्छ। विषलाई अमृत सम्झन्छन्। बाबा
भन्नुहुन्छ– ज्ञान अमृतद्वारा तिमीलाई हीरा जस्तो बनाउँछु, फेरि विष खाएर तिमी कौडी
जस्तो किन बन्छौ? आधाकल्प तिमीले विष खायौ, अब मेरो आज्ञा मान। नत्र धर्मराजको डण्डा
खानुपर्छ। लौकिक पिताले पनि भन्छन्– प्यारा बच्चाहरू! यस्तो काम नगर, जसबाट कुलको
नाम बदनाम हुन्छ। बेहदका बाबा भन्नुहुन्छ– श्रीमतमा चल। पवित्र बन। यदि काम चितामाथि
बस्यौ भने तिम्रो मुख कालो त छँदै छ, अझै कालो हुनेछ। अहिले तिमीलाई ज्ञान चितामाथि
बसाएर गोरो बनाउँछु। काम चितामाथि बस्यौ भने स्वर्गको मुख पनि हेर्न पाउँदैनौ।
त्यसैले बाबा भन्नुहुन्छ– अब श्रीमतमा चल। बाबाले त बच्चाहरूसँग नै कुरा गर्नुहुन्छ
नि। बच्चाहरूले नै जान्दछन्– बाबा हामीलाई स्वर्गको वर्सा दिन आउनु भएको छ। कलियुग
अब पूरा हुनु छ। जो बाबाको श्रीमतमा चल्छन्, उनैको सद्गति हुन्छ। अरू सजाय खाएर
आफ्नो धर्ममा जान्छन्। तिमीहरू नै स्वर्गवासी थियौ। अहिले पतित बनेका छौ। स्वर्गको
बारेमा थाहै छैन। बाबा भन्नुहुन्छ– तिमी मेरो श्रीमतमा चलेनौ, अरूको मतमा चलेर
विकारमा गयौ भने मर्यौ, फेरि आउन त अन्तिममा स्वर्गमा आउँछौ तर पद धेरै सानो पाउँछौ।
अहिले जो धनवान छन्, उनीहरू गरिब बन्न पुग्छन्। जो यहाँ गरिब छन्, उनीहरू धनवान
बन्छन्। बाबा गरीब-निवाज हुनुहुन्छ। सारा कुरा पवित्रतामा आधारित छ। बाबासँग योग
लगाउनाले तिमी पावन बन्छौ। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ– मैले तिमीलाई राजयोग
सिकाउँछु। मैले घरबार छुटाउँदिनँ। ठीकै छ घरमा बस तर विकारमा नजाऊ, अरू कुनै पनि
देहधारीलाई याद नगर। यस समयमा सबै पतित छन्। सत्ययुगमा पावन देवता थिए। यस समयमा
उनीहरू पनि पतित बनेका छन्। पुनर्जन्म लिँदा लिँदा अहिले अन्तिम जन्म भएको छ।
तिमीहरू सबै पार्वती
हौ, तिमीलाई अहिले अमरनाथ बाबाले अमरकथा सुनाइरहनु भएको छ, अमरपुरीको मालिक बनाउन।
त्यसैले अब अमरनाथ बाबालाई याद गर। यादद्वारा नै तिम्रो विकर्म विनाश हुन्छ। बाँकी
शिव, शंकर वा पार्वती कुनै पहाडमा बसेका होइनन्। यो सबै भक्ति मार्गको धक्का हो।
आधाकल्प धेरै धक्का खाएका छौ, अब बाबा भन्नुहुन्छ– मैले तिमीलाई स्वर्गमा लैजान्छु।
सत्ययुगमा सुख नै सुख हुन्छ। न धक्का खान्छन्, नत गिर्छन्। मुख्य कुरा हो नै पवित्र
रहने। यहाँ जब धेरै अत्याचार गर्छन् अनि पापको घडा भरिन्छ र विनाश हुन्छ। अब एक
जन्म पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ। अब जो श्रीमतमा चल्छन्। यदि
कल्प पहिले श्रीमतमा चलेका थिएनन् भने अहिले पनि चल्दैनन्, न पद पाउँछन्। तिमीहरू
एक बाबाका बच्चाहरू हौ। तिमी त आपसमा भाइ-बहिनी भयौ। तर बाबाको बनेर यदि गिर्यौ भने
अझै रसातलमा जान्छौ, अझै पाप आत्मा बन्छौ। यो हो ईश्वरीय सरकार। यदि मेरो मतमा
पवित्र बनेनौ भने धर्मराजद्वारा धेरै कडा सजाय खानु पर्नेछ। जन्म-जन्मान्तर जुन पाप
गरेका छौ, ती सबैको सजाय खाएर हिसाब-किताब चुक्ता गर्नुपर्छ। या त योगबलद्वारा
विकर्मलाई भस्म गर्नु पर्ने हुन्छ या त धेरै कडा सजाय खानुपर्छ। कति धेरै
ब्रह्माकुमार-कुमारी छन्, सबै पवित्र रहन्छन्, विश्वलाई स्वर्ग बनाउँछन्। तिमी हौ
शिव शक्ति पाण्डव सेना, गोप-गोपिनीहरू। यसमा दुवै आउँछन्। भगवानले तिमीलाई
पढाउनुहुन्छ। लक्ष्मी-नारायणलाई भगवती भगवान भनिन्छ। उनीहरूलाई अवश्य भगवानले नै
वर्सा दिनु भएको हो। भगवान नै आएर तिमीलाई देवता बनाउनुहुन्छ। सत्ययुगमा यथा राजा
रानी तथा प्रजा हुन्छन्। सबै श्रेष्ठाचारी थिए, अहिले रावण राज्य हो। यदि राम
राज्यमा जानु छ भने पवित्र बनेर रामको मतमा चल। रावणको मतबाट त तिम्रो दुर्गति
हुन्छ। गायन पनि छ– किनकी दबी रहेगी धुल में... सुन आदि जमीनमा, भित्ताहरूमा
लुकाउँछन्। अचानक मरे भने सबैथोक त्यही नै रहन्छ। विनाश त हुनु नै छ। भूकम्प आदि गयो
भने चोरहरू पनि धेरै निस्किन्छन्। अब मालिक बाबा आउनु भएको छ, तिमीलाई आफ्नो बनाएर
विश्वको मालिक बनाउन। आजकाल वानप्रस्थ अवस्थामा पनि विकार विना रहन सक्दैनन्,
बिल्कुलै तमोप्रधान भएका छन्। बाबालाई चिनेकै छैनन्। बाबा भन्नुहुन्छ– म पवित्र
बनाउन आएको छु। यदि विकारमा गयौ भने धेरै कडा सजाय खानुपर्छ। म पवित्र बनाएर पवित्र
दुनियाँ स्थापना गर्न आएको हुँ। तिमीले फेरि पतित बनेर विघ्न पार्छौ! स्वर्गको रचना
गर्न बाधा पार्छौ, त्यसैले धेरै कडा सजाय खानुपर्छ। म आएको हुँ तिमीलाई स्वर्गवासी
बनाउनको लागि। यदि विकार छोडेनौ भने धर्मराजद्वारा धेरै कुटाइ खानेछौ। धेरै
त्राहि-त्राहि गर्नु पर्नेछ। यो इन्द्र सभा हो। एक कथा पनि छ– त्यहाँ ज्ञान परी थिए,
कुनै पतितलाई लिएर आइन्, उसको भाइब्रेशन आउँथ्यो। यहाँ सभामा कुनै पतितलाई बसाइँदैन।
पवित्रताको प्रतिज्ञा नगरिकन बसाइँदैन, नत्र फेरि लिएर आउनेमाथि पनि दोष लाग्छ।
बाबाले त जान्नुहुन्छ, फेरि पनि लिएर आउँछन् त्यसैले शिक्षा दिइन्छ। शिवबाबालाई याद
गर्नाले आत्मा शुद्ध हुन्छ। वायुमण्डलमा साइलेन्स हुन्छ। बाबा नै बसेर परिचय
दिनुहुन्छ– म तिम्रो पिता हुँ। ५ हजार वर्ष पहिले जसरी तिमीलाई मनुष्यबाट देवता
बनाउन आएको छु। बेहदका बाबासँग बेहद सुखको वर्सा लिनु छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) योगबलद्वारा विकर्मको सबै हिसाब-किताब चुक्ता गरेर आत्मालाई शुद्ध र
वायुमण्डललाई शान्त बनाउनु छ।
२) बाबाको श्रीमतमा
सम्पूर्ण पावन बन्ने प्रतिज्ञा गर। विकारको वश भएर स्वर्गको स्थापनाको कार्यमा
विघ्न रूप बन्नु हुँदैन।
वरदान:–
मन-बुद्धिको
स्वच्छताद्वारा यथार्थ निर्णय गर्ने सफलता सम्पन्न भव
कुनै पनि कार्यमा
सफलता तब प्राप्त हुन्छ, जब समयमा बुद्धिले यथार्थ निर्णय दिन्छ। तर निर्णय शक्तिले
काम तब गर्छ, जब मन-बुद्धि स्वच्छ हुन्छ, कुनै पनि व्यर्थ हुँदैन। त्यसैले योग
अग्निद्वारा व्यर्थलाई समाप्त गरेर बुद्धिलाई स्वच्छ बनाऊ। कुनै पनि प्रकारको कमजोरी
व्यर्थ हो। थोरै मात्र व्यर्थ संकल्प पनि किचडा वा व्यर्थ हो, जब यो व्यर्थ समाप्त
हुन्छ, अनि निश्चिन्त हुन्छौ र स्वच्छ बुद्धि हुनाले हर कार्यमा सफलता प्राप्त
हुन्छ।
स्लोगन:–
सदा श्रेष्ठ र
शुद्ध संकल्प प्रकट भइरह्यो भने व्यर्थ स्वत: मर्ज हुन्छ।
मातेश्वरीजीका मधुर
महावाक्य:–
“ यस कलियुगी
संसारलाई असार भनिन्छ”
यस कलियुगी संसारलाई
असार किन भनिन्छ? किनकि यस दुनियाँमा कुनै सार छैन अर्थात् कुनै पनि वस्तुमा त्यो
तागत अथवा सुख, शान्ति, पवित्रता छैन। यस सृष्टिमा कुनै समयमा सुख, शान्ति, पवित्रता
थियो, अहिले त्यो छैन किनकि अहिले हर एकमा भूत प्रवेश भएका छन्। त्यसैले नै यस
सृष्टिलाई भयको सागर अथवा कर्मबन्धनको सागर भन्छन्, यसमा हरेकले दुःखी भएर
परमात्मालाई पुकारिरहेका छन्– हे परमात्मा! हामीलाई यस भव सागरबाट पार लगाउनुहोस्।
यसबाट सिद्ध हुन्छ– अवश्य पनि कुनै अभय अर्थात् निर्भयको संसार पनि छ जसमा जान
चाहन्छन् त्यसैले यस संसारलाई पापको सागर भनिन्छ, जसबाट पार गरेर पुण्य आत्मा रहने
दुनियाँमा जान चाहन्छन्। त्यसैले दुनियाँ दुइवटा छन्। एक सत्ययुगी सार भएको दुनियाँ
र अर्को हो कलियुगी असार दुनियाँ। दुवै दुनियाँ यसै सृष्टिमा हुन्छन्।
मनुष्यले भन्छन् हे
प्रभु! हामीलाई यस भव सागरबाट पार लिएर जानुहोस्। पारको मतलब के हो? मानिसहरूले
सम्झन्छन्– पारको मतलब हो जन्ममरणको चक्रमा नआउनु अर्थात् मुक्त हुनु। तर यो त भयो
मनुष्यको भनाइ तर परमात्मा भन्नुहुन्छ– प्यारा बच्चाहरू! वास्तवमा जहाँ सुख शान्ति
छ, दुःख अशान्ति टाढै छ, त्यस दुनियाँमा मैले तिमीलाई लिएर जान्छु। तिमीले सुख
चाहन्छौ भने त्यो अवश्य पनि यसै जीवनमा हुनुपर्छ। तर त्यो त सत्ययुगी वैकुण्ठका देवी
देवताहरूको दुनियाँ थियो जहाँ सर्वदा सुखी जीवन थियो, ती देवताहरूलाई अमर भन्दथे।
अहिले अमरको कुनै अर्थ छैन, यस्तो त होइन देवताहरूको आयु यति धेरै थियो जुन कहिल्यै
मर्दैनथे। तर उनीहरूलै यसो भन्नु गलत हो किनकि त्यस्तो हुँदै होइन। उनीहरूको आयु
कुनै सत्ययुग त्रेतासम्म हुँदैनथ्यो। तर देवी देवताहरूको जन्म सत्ययुग त्रेतामा धेरै
भएका हुन्। २१ जन्मसम्म त उनीहरूले राम्रो राज्य चलाएका हुन्। फेरि ६३ जन्म
द्वापरदेखि कलियुगको अन्त्यसम्म। जम्मा उनीहरूका चढ्तीकला भएका २१ जन्म भए र उत्रिदो
कला भएका ६३ जन्म भए, मनुष्यले जम्मा ८४ जन्म लिन्छन्। मनुष्यले जुन यो कुरा
सम्झन्छन्– मनुष्यले ८४ लाख योनीहरू भोग्छन्, यो भन्नु भुल हो। यदि मनुष्यले आफ्नो
योनीमा सुख दु:ख दुवै पार्ट भोग्न सक्छन् भने फेरि जनावर योनी भोग्ने आवश्यकता नै
किन हुन्छ। बाँकी पूरा सृष्टिमा जनावर, पशु, पंक्षी आदि ८४ लाख योनीहरू हुन सक्छन्
किनकि अनेक किसिमका जन्म हुन्छन्। तर मनुष्यले मनुष्य योनीमा नै आफ्नो पाप पुण्य
भोगिरहेका छन्। न मनुष्यले जनावरको योनी लिन्छ र न जनावर मनुष्य योनीमा आउँछ।
मनुष्यलाई आफ्नै योनीमा भोग्नु पर्छ। त्यसैले मनुष्यलाई मनुष्य जीवनमा नै सुख,
दु:खको महसुसता हुन्छ। त्यसैगरी जनावरलाई पनि आफ्नै योनीमा सुख दुःख भोग्नु पर्छ।
तर उनीहरूमा यो बुद्धि हुँदैन– यो भोगाइ कुन कर्मबाट भएको हो? उनीहरूको भोगाइलाई पनि
मनुष्यले फील गर्छन् किनकि मनुष्य बुद्धिमान् छ, तर यस्तो होइन मनुष्यले कुनै ८४
लाख योनीहरू भोग्छन्। यो त मनुष्यलाई डर देखाउनको लागि भनिदिन्छन्– यदि गलत कर्म
गरियो भने पशु योनीमा जन्म मिल्छ। हामीले पनि अहिले यस सङ्गममा आफ्नो जीवनलाई
पल्टाएर पापात्माबाट पुष्यात्मा बनिरहेका छौं। अच्छा, ओम् शान्ति।