04.06.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
जगत अम्बा कामधेनुका बच्चा एवं बच्चीहरू हौ। तिमीले सबैको मनोकामना पूरा गर्नु छ ,
आफ्ना भाइ-बहिनीहरूलाई सच्चा बाटो बताउनु छ।”
प्रश्न:–
तिमी
बच्चाहरूलाई बाबाद्वारा कुनचाहिँ जिम्मेवारी मिलेको छ?
उत्तर:–
प्यारा बच्चाहरू! बेहदका बाबा बेहदको सुख दिन आउनु भएको छ, तिम्रो कर्तव्य हो
घर-घरमा यो सन्देश दिनु। बाबाको सहयोगी बनेर घर-घरलाई स्वर्ग बनाऊ। काँडालाई फूल
बनाउने सेवा गर। बाबा समान निरहंकारी, निराकारी बनेर सबैको सेवा गर। सारा
दुनियाँलाई रावण दुस्मनको पञ्जाबाट छुटाउनु– तिमी बच्चाहरूको यो सबैभन्दा ठूलो
जिम्मेवारी हो।
गीत:–
माता ओ माता....
ओम् शान्ति ।
यो माताहरूको महिमा यहाँ नै गाइन्छ। जगत अम्बा वास्तवमा भाग्य विधाता हुन्। यिनको
नाम नै राखिएको छ कामधेनु अर्थात् सबैको कामना पूरा गर्नेवाला। यो वर्सा उनलाई
कहाँबाट मिल्छ? जगत अम्बा र जगत पिता दुवैलाई शिवबाबाबाट यो वर्सा मिल्छ।
बच्चाहरूलाई यो निश्चय भएको छ– हामी आत्माहरू हौं। आत्मालाई देख्न सकिदैन, जान्न
सकिन्छ। जीव र आत्मा छन्। आत्मा अविनाशी हो, शरीर त विनाशी हो, जसलाई यी आँखाले
देखिन्छ। आत्माको साक्षात्कार हुन्छ। भन्छन्– विवेकानन्दलाई आत्माको साक्षात्कार भयो,
तर बुझ्न सकेनन्। बच्चाहरूलाई थाहा छ– हामीले आफ्नो आत्माको साक्षात्कार गर्छौं,
त्यस्तै बाबाको पनि गर्छौं। जस्तो आत्मा छ, त्यस्तै नै आत्माहरूका बाबा हुनुहुन्छ।
कुनै फरक छैन। बुद्धिद्वारा जानिन्छ– उहाँ पिता हुनुहुन्छ, यिनीहरू बच्चा हुन्। सबै
आत्माहरूले उहाँ बाबालाई याद गर्छन्। यी आँखाले न त आफ्नो आत्मालाई, न बाबाको
आत्मालाई देख्न सकिन्छ। उहाँ हुनुहुन्छ परम आत्मा, परमधाममा रहने सुप्रीम परमात्मा।
भक्ति मार्गमा पनि नौधा भक्ति गर्नेलाई साक्षात्कार हुन्छ। यस्तो होइन उनको आत्मा
यस शरीरमा यस समयमा छ। उनको आत्मा त पुनर्जन्ममा गइसक्यो। भक्ति मार्गमा जसले जुन
भावनाले जसलाई पुज्छन्, उनको साक्षात्कार हुन्छ। धेरै चित्र बसेर बनाएका छन्, जसलाई
गुडियाको पूजा भनिन्छ। भावना राख्नाले अल्पकालको लागि थोरै सुखको भाडा मिल्छ। तिम्रो
बेहद सुखको कुरा नै भिन्नै छ। तिमीलाई थाहा छ– हामीले स्वर्गको बादशाही लिन्छौं।
भक्तिबाट कोही पनि स्वर्गमा जाँदैन। जब भक्ति मार्ग पूरा हुन्छ अर्थात् दुनियाँ
पुरानो हुन्छ, अनि फेरि कलियुग पछि सत्ययुग नयाँ दुनियाँ आउँछ। कसैको बुद्धिमा
बस्दैन। संन्यासीले पनि भन्छन्– फलाना ज्योति, महाज्योतिमा मिल्यो, तर यस्तो होइन।
तिमीलाई अहिले ईश्वरीय बुद्धि मिलेको छ, जसलाई श्रीमत भनिन्छ। शब्द कति राम्रो छ।
श्री श्री भगवानुवाच। उहाँले स्वर्गको मालिक अर्थात् नरबाट नारायण बनाउनुहुन्छ।
तिमीले श्रीमतद्वारा विश्वको राज्य पाउँछौ। श्री श्री १०८ मालाको धेरै महिमा छ। ८
रत्नहरूको माला हुन्छ। संन्यासीहरूले पनि जप्छन्। एक कपडा बनाउँछन्, त्यसलाई गौमुख
भन्छन्। भित्र हात पसाएर माला जप्छन्। बाबा भन्नुहुन्छ– निरन्तर याद गर, तर उनीहरूले
फेरि त्यसको अर्थ माला जप्ने भन्ने बुझेका छन्। बच्चाहरूलाई थाहा छ– अहिले पारलौकिक
बाबाले आएर हामीलाई आफ्नो बनाउनु भएको छ, ब्रह्माद्वारा। प्रजापिता ब्रह्मा छन् भने
प्रजा माता पनि छिन्। जगत अम्बालाई जगतकी माता र लक्ष्मीलाई विश्वकी महारानी भनिन्छ।
विश्व अम्बा भन वा जगत अम्बा भन, कुरा एउटै हो। तिमी बच्चाहरू हौ, त्यसैले यो
कुटुम्ब भयो। तिमी बच्चाहरू पनि सबैको मनोकामना पूरा गर्नेहरू हौ। जगत अम्बाका तिमी
बच्चा एवं बच्चीहरू हौ। बुद्धिमा यो नशा रहन्छ– हामीले आफ्नो भाइ-बहिनीलाई बाटो
बताउँछौं। धेरै सहज छ। भक्ति मार्गमा त कष्ट धेरै हुन्छ। कति हठयोग, प्राणायाम आदि
गर्छन्। नदीमा गएर स्नान गर्छन्। धेरै मेहनत गर्छन्। बाबा भन्नुहुन्छ– अब तिमी
थाकिसक्यौ। ब्राह्मणहरूलाई नै सम्झाइन्छ, जसले सम्झन्छन्– निराकार परमपिता
परमात्मासँग हाम्रो के सम्बन्ध छ। शिवबाबा अक्षरले शोभा दिन्छ, रूद्र बाबा पनि
भनिदैन। भन्छन् नै शिवबाबा। यो धेरै सहज छ। नाम त अरू पनि धेरै छन्। तर यो नाम
“शिवबाबा” एक्युरेट छ। शिव मतलब बिन्दु। रूद्र भनेको बिन्दु होइन। भन्छन् पनि
शिवबाबा तर केही पनि बुझेका छैनन्। शिवबाबा र तिमी शालिग्राम हौ, अहिले तिमी
बच्चाहरूको शिरमा जिम्मेवारी छ। जस्तै गान्धी आदिले सम्झन्थे– भारतलाई यी
विदेशीहरूबाट मुक्त गर्नु छ। त्यो त भयो हदको कुरा। बाबाले तिमी बच्चाहरूलाई
जिम्मेवार बनाउनुहुन्छ। सारा दुनियाँलाई माया रावण दुस्मनबाट छुटाउनु छ। यो दुस्मनले
सबैलाई धेरै दु:ख दिएको छ, यसमाथि विजय पाउनु छ। जस्तै गान्धीले विदेशीलाई भगाए, यो
रावण पनि विदेशी हो। द्वापरमा यो रावण घुस्न आउँछ, कसैलाई थाहा हुँदैन, रावण आएर
सारा राज्य छिनेर लिन्छ। यो सबैभन्दा पुरानो विदेशी हो, जसले यस्तो कंगाल बनाएको छ।
उसको मतद्वारा विश्व यस्तो भ्रष्टाचारी बनेको छ। यस दुस्मनलाई भगाउनु छ। श्रीमत
मिल्छ, यो कसरी भाग्छ? तिमी बाबाको सहयोगी बन्नु छ। मेरो बनेर फेरि परमतमा चल्यौ भने
गिर्छौ। उच्च पद पाउन सक्दैनौ। गायन पनि गरिन्छ– हिम्मते बच्चे...। तिमी हौ ईश्वरीय
सेवाधारी। ईश्वर आएर तिम्रो सेवा गर्नुहुन्छ। उहाँलाई याद गर्छन्– हे पतित-पावन
आउनुहोस्। सेवा गर्नेलाई सेवक भनिन्छ। बाबा कति निरहंकारी, निराकार हुनुहुन्छ।
निरहंकारी, निर्विकारी बन्न सिकाउनु हुन्छ। आफू समान बनाएर काँडालाई फूल बनाउनु छ।
ग्यारेन्टी गर्नु छ– हामी विकारमा जाँदैनौं। यो हो सबैभन्दा पुरानो दुस्मन। यसमाथि
नै विजय प्राप्त गर्नु छ। कसै-कसैले त लेख्छन्– बाबा मैले हार खाएँ, कसैले त बताउँदा
पनि बताउँदैनन्। एक त नाम बदनाम गर्छन्, सतगुरुको निन्दा गराउँछन्, त्यसैले उनले
आफ्नै नोक्सान गर्छन्।
तिमी बच्चाहरूलाई थाहा छ– अहिले हामी शिवबाबाका नाति-नातिना हौं। प्रजापिता
ब्रह्माका बच्चाहरू हौं। ब्रह्माले पनि वर्सा शिवबाबासँग लिन्छन्। तिमीले पनि
उहाँसँग लिन्छौ। बच्चाहरूलाई थाहा छ– हामीले बाबासँग कल्प पहिले वर्सा लिएका थियौं।
आत्माले बुझेको छ। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। शरीरको नाम राखिन्छ।
शिवबाबाले त केवल ज्ञान दिनको लागि लोन लिनुहुन्छ। शिव भगवानुवाच– ब्रह्माको
तनद्वारा। बाँकी धेरै कुरामा जाने आवश्यकता छैन। आत्मा निस्केर जान्छ, फेरि के
हुन्छ? कसरी आउँछ? यी कुरामा जानाले कुनै फाइदा छैन। यो त साक्षात्कार हो। जे हुन्छ,
त्यो साक्षात्कार हो। सूक्ष्मवतनको बाटो अहिले खुलेको छ। धेरै जान्छन् आउँछन्। यसमा
ज्ञान योगको कुनै कुरा छैन। भोग लगाउँछन्, आत्मा आउँछ, खुवाउँछन् पिलाउँछन्– यो सबै
हो बातचित (चिटच्याट)। बाबाको बच्चाहरूमा धेरै प्यार छ। तिमी बच्चाहरूले भन्छौ–
बापदादा हामी आएका छौं, शिव र प्रजापिता ब्रह्मा हुनुहुन्छ। ब्रह्मालाई भनिन्छ नै
ग्रेट-ग्रेट ग्रेन्ड फादर। कति ठूलो वंशावली छ। यिनलाई शिवबाबा त भनिदैन। यहाँ यो
मनुष्यहरूको वंशावली हो। यो साकारीको कुरा हो। सबै वंशावलीमा यो पहिलो नम्बर मुख्य
वंशावली भनेर गायन गरिन्छ। विशाल नाटक छ नि। अहिले बच्चाहरूले राम्रोसँग बुझेका छौ,
कुनैले नबुझेका पनि होलान्। यति त अवश्य बुझेका छौ– शिवबाबा सबैका बाबा हुनुहुन्छ।
वर्सा मिल्नु छ उहाँबाट, यिनलाई पनि उहाँबाट मिल्छ। ब्रह्मालाई पनि बिर्स। उहाँसँग
सम्बन्ध भयो, बाँकी के रह्यो? फेरि दलालको याद गरिदैन। यी दलाल हुन्, सम्बन्ध
जोड्छन्। बाबा भन्नुहुन्छ– हे प्यारा बच्चाहरू!... आत्माहरूसँग कुरा गर्नुहुन्छ।
आत्माले याद गर्छ– बाबा आएर हामीलाई पावन बनाउनुहोस्। बाबा भन्नुहुन्छ– मलाई याद
गर्यौ भने तिमी पावन बनेर जान्छौ, अरू कुनै उपाय छैन। शान्तिधामबाट फेरि तिमीलाई
स्वर्गमा पठाइदिन्छु। यो हो पिताको घर, त्यो हो पतिको घर। पिताको घरमा गहना आदि
लगाउँदैनन्, नियम छैन। यो त आजकालको फेशन हो। यस समयमा तिमीलाई थाहा छ– हामी पतिको
घर गएर यो सबै लगाउँछौं। विवाहभन्दा पहिले कन्याका सबै गहना उतारिदिन्छन्। पुराना
कपडा लगाउँछन्। तिमीलाई थाहा छ– बाबाले हामीलाई शृङ्गार गरिरहनु भएको छ, स्वर्गमा
लैजानको लागि। त्यहाँ स्वर्गमा हामी २१ जन्म सदाको लागि रहन्छौं। हो, त्यसको लागि
पुरुषार्थ गर्नुपर्छ, पवित्र रहनुपर्छ। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान रहनु छ।
यो अन्तिम जन्म हो। बाबा सम्झाउनु हुन्छ– पहिले अव्यभिचारी सतोप्रधान भक्ति थियो,
अहिले तमोप्रधान भएको छ। मुम्बईमा गणेशको पूजा हुन्छ, लाखौं खर्च गर्छन्। देवताहरूको
रचना गरेर, उनको पालना गरेर, फेरि डुबाइदिन्छन्। विनाश गरिदिन्छन्। अहिले तिमी
बच्चाहरूलाई आश्चर्य लाग्छ। तिमीले सम्झाउन सक्छौ– यो के रसम-रिवाज हो? देवीलाई
जन्म दिएर, पूजा गरेर खुवाएर-पिलाएर, उत्सव गरेर फेरि डुबाइदिन्छन्। आश्चर्य छ।
तुलसीको विवाह कृष्णसँग देखाउँछन्। धेरै धुमधामले विवाह गर्छन्। विदेशीले यस्तो कुरा
सुने भने सम्झन्छन्– सायद यस्तै हुन्छ होला। के-के कुरा बनाएका छन्। यहाँ त जुआ
आदिको कुनै कुरा छैन। उनले त भनिदिन्छन्– पाण्डवहरूले जुआ खेले, द्रोपदीलाई बाजी
राखे। के-के कुरा बनाएका छन्, यसबाट राजयोगको कुरा त बिल्कुलै गुम हुन्छ। बाबा
भन्नुहुन्छ– मलाई याद गर, यो त बिल्कुल सहज छ। बुद्धिमा आउनुपर्छ– हामी २१ जन्मको
लागि स्वर्ग, क्षीरसागरमा जान्छौं। अहिले यो हो विषय सागर। तिमी विषय सागरबाट
निस्केर फेरि क्षीरसागरमा गइरहेका छौ। यी तिम्रा नयाँ कुरा हुन्। मनुष्यले सुनेर
आश्चर्य मान्छन्। तिमी बच्चाहरूले बुझेका छौ– स्वर्गमा हामी धेरै सुखी हुन्छौं। हामी
विश्वको मालिक बन्छौं। त्यहाँ हाम्रो राजधानी कसैले छिन्न सक्दैन। अहिले त कति
विभाजन छ, लडिरहन्छन्। तिमी बच्चाहरूले बुझाउनु पर्छ– हाम्रो असली दुस्मन हो रावण,
यसमाथि तिमीले कल्प-कल्प विजय प्राप्त गर्छौ। माया जीते जगत-जीत बन्छौ। यो हो
हार-जीतको खेल। तिमीलाई थाहा छ– हामी विजय अवश्य हुन्छौं। फेल हुन सक्दैनौं, विनाश
सामुन्ने खडा छ। रगतका नदीहरू बग्नेछन्। कति अनाहकमा मर्छन्। यसलाई नर्क अथवा
भ्रष्टाचारी पतित दुनियाँ भनिन्छ। गाउँछन्– पतित-पावन आउनुहोस्। बाबा भन्नुहुन्छ–
जस्तो तिमी आत्मा स्टार हौ, म पनि स्टार हुँ। म पनि ड्रामाको बन्धनमा बाँधिएको छु,
यसबाट कोही पनि छुट्न सक्दैन। नत्र मलाई के आवश्यकता छ यस पतित दुनियाँमा आउने। म त
परमधाममा रहन्छु नि! यस ड्रामामा हरेकले आ-आफ्नो पार्ट खेलिरहेको छ। कुनै चिन्ताको
कुरा छैन। यहाँ तिमी नशामा बेफिक्र रहन्छौ, बिल्कुलै साधारण। बाबाले कुनै मेहनत
गराउनुहुन्न। केवल याद गर्नु र गराउनु छ। बेहदका बाबा बेहदको सुख दिन आउनु भएको छ।
घर-घरमा तिमीले निमन्त्रण देऊ, यति काम गर्नु छ। तिमी बच्चाहरूमाथि ठूलो जिम्मेवारी
छ। हेर मायाले पनि एकदम सत्यानाश गरिदिन्छ। सबै कति दु:खी छन्। दु:ख मायाले दिएको
हो। तिमी बच्चाहरूले अब बाबालाई मदत गरेर काँडालाई फूल बनाउनु छ। तिमीलाई थाहा छ–
हाम्रो यस ब्राह्मण कुलमा कस्ता-कस्ता फूल छन्। सेवा गरे भने पद पनि पाउँछन्, नत्र
प्रजामा जान्छन्। मेहनत छ नि। धेरै बच्चाहरू छन्, सर्भिसमा लागेका छन्। कुनै
बच्चीहरूलाई छुट्टी मिल्दैन, धेरै कुटाइ खान्छन्, यसमा हिम्मत चाहिन्छ। डराउनु
हुँदैन। बहादुरी चाहिन्छ। नष्टोमोहा पनि हुनुपर्छ। मोह पनि कम छैन, धेरै प्रबल छ।
धनवान छ भने बाबा पहिले देह-अभिमान तोड्नको लागि भन्नुहुन्छ– कुचो लगाऊ, भाँडा माझ।
परीक्षा त लिइन्छ नि। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा बाबाको पूरा-पूरा सहयोगी बन्नु छ, परमत वा मनमतमा चल्नु छैन। नष्टोमोहा
बन, हिम्मत राखेर सर्भिसमा लाग्नु छ।
२) अहिले हामी पिताको
घरमा छौं, यहाँ कुनै पनि प्रकारको फेशन देखाउनु छैन। स्वयंलाई ज्ञान रत्नहरूले
शृङ्गार गर्नु छ। पवित्र रहनु छ।
वरदान:–
दु:खलाई सुख ,
ग्लानिलाई प्रशंसामा परिवर्तन गर्ने पुण्य आत्मा भव
पुण्य आत्मा उही हो,
जसले कहिल्यै कसैलाई न दु:ख दिन्छ र न दु:ख लिन्छ। तर दु:खलाई पनि सुखको रूपमा
स्वीकार गर्छ। ग्लानिलाई प्रशंसा सम्झियोस्, तब भनिन्छ पुण्य आत्मा। यो पाठ सदा
पक्का रहोस्– गाली गर्ने र दु:ख दिने आत्मालाई पनि आफ्नो दयालु स्वरूपद्वारा, रहमको
दृष्टिद्वारा हेर्नु छ। ग्लानिको दृष्टिले होइन। उसले गाली गरोस् तर तिमीले फूल
चढाऊ, तब भनिन्छ पुण्य आत्मा।
स्लोगन:–
बापदादालाई
नयनमा राख्नेवाला नै जहानको नूर, बापदादाको साक्षात्कार गराउने श्रेष्ठ आत्मा हो।