04.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे उच्च बन्नु छ भने आफ्नो चार्ट दिनहुँ हेर , कुनै पनि कर्मेन्द्रियले धोका नदेओस् । आँखा धेरै धोकेबाज छ , त्यसैले यसको धेरै सम्हाल गर।

प्रश्न:
सबैभन्दा खराब बानी कुनचाहिँ हो, त्यसबाट बच्ने उपाय के हो?

उत्तर:
सबैभन्दा खराब बानी हो जिब्रोको स्वाद। कुनै मीठो चीज देख्यो भने लुकाएर खान्छन्। लुकाउनु अर्थात् चोर्नु। चोरीरूपी मायाले पनि धेरैको नाक कान समात्छ। यसबाट बच्ने साधन हो जब कहीं बुद्धि गयो भने स्वयंले स्वयंलाई सजायँ देऊ। खराब बानीहरूलाई निकाल्नको लागि आफूले आफैंलाई खुब सजाय देऊ।

ओम् शान्ति ।
आत्म-अभिमानी भएर बसेका छौ? हरेक कुरा आफूले आफैंसँग सोध्नु छ। म आत्म-अभिमानी भएर बसेको छु? बाबालाई याद गरिरहेको छु? गायन पनि छ शिवशक्ति पाण्डव सेना। यो शिवबाबाको सेना बसेको छ नि। त्यो जिस्मानी सेनामा केवल जवान हुन्छन्, वृद्ध वा बच्चा आदि हुँदैनन्। यो सेनामा त वृद्ध, बच्चा, जवान आदि सबै बसेका छन्। यो हो मायामाथि विजय पाउनको लागि सेना। हरेकले मायामाथि विजय पाएर बाबाबाट बेहदको वर्सा लिनु छ। बच्चाहरूले जानेका छन् माया धेरै प्रबल छ। कर्मेन्द्रियहरूले नै सबै भन्दा धेरै धोका दिन्छन्। चार्टमा यो पनि लेख आज कुनचाहिँ इन्द्रियले धोका दियो? आज फलानीलाई देख्दा मनमा लाग्यो, यिनलाई हातले छुऔं, यसो गरौं। आँखाले धेरै नोक्सान गर्छ। हरेक कर्मेन्द्रियलाई हेर, कुनचाहिँ कर्मेन्द्रियले धेरै नोक्सान गर्छ? सूरदासको पनि यसबारे उदाहरण दिइन्छ। आफ्नो जाँच गर्दै रहनु पर्छ। आँखाले धेरै धोका दिन्छन्। राम्रा-राम्रा बच्चाहरूलाई पनि मायाले धोका दिन्छ। गर्न त सेवा राम्रो गर्छन् तर आँखाले धोका दिन्छन्। यसको खुब जाँच गरिरहनु पर्छ किनकि दुस्मन हुन् नि। हाम्रो पदलाई भ्रष्ट गरिदिन्छन्। जो समझदार बच्चाहरू छन्, उनीहरूले राम्रोसँग नोट गरिरहनु पर्छ। डायरी पाकेटमा राखिएको होस्। जसरी भक्तिमार्गमा बुद्धि अरूतिर भाग्यो भने आफूलाई चिमोट्छन्, तिमीले पनि सजाय दिनुपर्छ। धेरै खबरदारी राख्नुपर्छ। कर्मेन्द्रियहरूले धोका त दिंदैनन्! छेउ लाग्नुपर्छ। उभिएर हेर्नु पनि हुँदैन। स्त्री-पुरुषको नै धेरै हंगामा हुन्छ। हेर्नाले काम विकारको दृष्टि जान्छ त्यसैले संन्यासीहरू आँखा बन्द गरेर बस्छन्। कुनै कुनै संन्यासीले त स्त्रीतिर पीठ फर्काएर बस्छन्। ती संन्यासी आदिलाई के मिल्छ? धेरै भए १०-२० लाख, करोड जम्मा गर्छन्। मरेपछि खलास। फेरि अर्को जन्ममा जम्मा गर्नुपर्छ। तिमी बच्चाहरूलाई त जे मिल्छ त्यो अविनाशी वर्सा हुन्छ। त्यहाँ धनप्रति लोभ नै हुँदैन। यस्तो कुनै अप्राप्ति हुँदैन जसको लागि मेहनत गर्न परोस्। कलियुगको अन्त्य र सत्ययुगको आदिमा रात-दिनको फरक छ। त्यहाँ त अपार सुख हुन्छ। यहाँ केही पनि छैन। बाबा सधैं भन्नुहुन्छ संगम अक्षरको साथमा पुरुषोत्तम अक्षर अवश्य लेख। स्पष्टसँग अक्षर बोल्नुपर्छ। सम्झाउन सजिलो छ। मनुष्यबाट देवता बनाउनु हुन्छ... अवश्य संगममा नै आउनु हुन्छ नि देवता बनाउन, नर्कवासीलाई स्वर्गवासी बनाउन। मनुष्य त घोर अन्धकारमा छन्। स्वर्ग कस्तो हुन्छ, थाहै छैन। अरू धर्मकाहरूले त स्वर्गलाई देख्न पनि पाउँदैनन्। बाबा भन्नुहुन्छ तिम्रो धर्मले धेरै सुख दिन्छ। त्यसलाई भनिन्छ नै स्वर्ग। तर यो बुझ्दैनन् हामी पनि स्वर्गमा जान सक्छौं। कसैलाई पनि थाहा छैन। मानिसहरूले यो बिर्सिसकेका छन्। स्वर्गलाई लाखौं वर्ष भनिदिन्छन्। क्रिश्चियनहरूले स्वयं भन्छन् तीन हजार वर्ष पहिला स्वर्ग थियो। लक्ष्मी-नारायणलाई भनिन्छ नै भगवान-भगवती। अवश्य भगवानले नै भगवान-भगवती बनाउनु हुन्छ। त्यसैले मेहनत गर्नुपर्छ। दिनहुँ आफ्नो चार्ट हेर्नुपर्छ। कुनचाहिँ कर्मेन्द्रियले धोका दियो? जिब्रो पनि कुनै कम छैन। कुनै मीठो चीज देख्यो भने लुकाएर खान्छन्। सम्झदैनन् यो पनि पाप हो। चोरी भयो नि। त्यसमा पनि शिवबाबाको यज्ञबाट चोरी गर्नु धेरै खराब हो। कखको चोर सो लाखको चोर भनिन्छ। धेरैलाई मायाले नाकमा समातिरहन्छ। यी सबै खराब बानीहरूलाई हटाउनु पर्छ। आफैंलाई हप्काउनु पर्छ। जबसम्म खराब बानी हुन्छ तबसम्म उच्च पद पाउन सकिंदैन। स्वर्गमा जानु कुनै ठूलो कुरा होइन। तर कहाँ राजा-रानी कहाँ प्रजा। त्यसैले बाबा भन्नुहुन्छ कर्मेन्द्रियहरूलाई राम्रोसँग जाँच्नुपर्छ। कुनचाहिँ कर्मेन्द्रियले धोका दिन्छ? चार्ट राख्नुपर्छ। व्यापार हो नि। बाबा सम्झाउनु हुन्छ, मसँग व्यापार गर्नु छ, उच्च पद पाउनु छ भने श्रीमतमा चल। बाबा डाइरेक्सन दिनुहुन्छ, त्यसमा पनि मायाले विघ्न पार्छ। गर्नै दिंदैन। बाबा भन्नुहुन्छ यो नबिर्स। लापर्बाही गर्यौ भने फेरि धेरै पछुताउँछौ। कहिल्यै उच्च पद पाउँदैनौ। अहिले त खुसी भएर भन्छौ, हामी नरबाट नारायण बन्छौं तर आफैंलाई सोध्दै गर कहीं कर्मेन्द्रियहरूले धोका त दिंदैनन्?

आफ्नो उन्नति गर्नु छ भने बाबाले जुन डाइरेक्सन दिनुहुन्छ त्यसलाई व्यवहारमा ल्याऊ। सारा दिनभरिको चार्ट हेर। भूलहरू त धेरै भइरहन्छन्। आँखाले धेरै धोका दिन्छ। दया लाग्छ यसलाई खुवाऊँ, उपहार दिऊँ। आफ्नो धेरै समय बर्बाद गर्छन्। मालाको दाना बन्नमा धेरै मेहनत लाग्छ। ८ रत्न हुन् मुख्य। नवरत्न भन्ने गरिन्छ। एक त बाबा हुनुहुन्छ, बाँकी हुन् आठ। बाबाको निशानी त चाहियो नि बीचमा। कुनै ग्रहदशा आदि आइपर्यो भने नव रत्नको औँठी आदि लगाउँछन्। यति धेरै पुरुषार्थीहरू मध्येबाट आठजना निस्कन्छन् पास विद् अनर्स। आठ रत्नहरूकै ठूलो महिमा छ। देह-अभिमानमा आउनाले कर्मेन्द्रियहरूले धेरै धोका दिन्छन्। भक्तिमा पनि चिन्ता रहन्छ नि, शिरमा धेरै पाप छ दान-पुण्य गरे पाप मेटिन्छ। सत्ययुगमा कुनै चिन्ताको कुरा हुँदैन किनकि त्यहाँ रावण राज्य नै हुँदैन। त्यहाँ पनि यस्तो कुरा भए फेरि नर्क र स्वर्गमा केही फरक नै रहेन। तिमीलाई यति उच्च पद प्राप्त होस् भनेरै भगवान बसेर पढाउनु हुन्छ। बाबाको याद रहँदैन भने ठीक छ पढाउने टिचर त याद आउँछ। ठिकै छ, यति त याद गर हाम्रो एउटै बाबा सद्गुरु हुनुहुन्छ। मनुष्यहरूले आसुरी मतमा लागेर बाबाको कति तिरस्कार गरेका छन्? बाबाले अब सबैमाथि उपकार गर्नुहुन्छ। तिमी बच्चाहरूले पनि उपकार गर्नुपर्छ। कसैलाई पनि अपकार गर्नुहुन्न, कुदृष्टि पनि लगाउनुहुन्न। आफ्नै नोक्सान हुन्छ। त्यो भाइब्रेशनले फेरि अरूलाई पनि असर गर्छ। बाबा भन्नुहुन्छ लक्ष्य धेरै ठूलो छ। दिनहुँ आफ्नो चार्ट हेर कुनै विकर्म त भएन? यो हो नै विकर्मी दुनियाँ, विकर्मी संवत्। विकर्माजित देवताहरूको संवतको विषयमा कसैलाई थाहै छैन। बाबा सम्झाउनु हुन्छ विकर्माजित संवत् सुरु भएको ५ हजार वर्ष भयो, फेरि पछि विकर्म संवत् सुरु हुन्छ। राजाहरू पनि विकर्म नै गरिरहन्छन्, तब बाबा भन्नुहुन्छ कर्म-अकर्म-विकर्मको गति मैले तिमीलाई सम्झाउँछु। रावण राज्यमा तिम्रो कर्म विकर्म बन्न जान्छ। सत्ययुगमा कर्म अकर्म हुन्छ। विकर्म बन्दैन। त्यहाँ विकारको नाम नै हुँदैन। यो ज्ञानको तेस्रो नेत्र अहिले तिमीलाई मिलेको छ। अहिले तिमी बच्चाहरू बाबाद्वारा त्रिनेत्री-त्रिकालदर्शी बनेका छौ। मनुष्यले कसैलाई बनाउन सक्दैन। तिमीलाई बनाउने हुनुहुन्छ बाबा। पहिला जब आस्तिक बन्छौ तब त्रिनेत्री-त्रिकालदर्शी बन्न सक्छौ। सारा ड्रामाको रहस्य बुद्धिमा छ। मूलवतन, सूक्ष्मवतन, ८४ को चक्र सबै बुद्धिमा छ। अनि पछि अरू धर्महरू आउँछन्। वृद्धि भइरहन्छन्। ती धर्म स्थापकहरूलाई गुरु भनिदैन। सबैको सद्गति गर्ने सद्गुरु एउटै हुनुहुन्छ। अरू कोही सद्गति गर्न कहाँ आउँछन् र। उनीहरू धर्म स्थापक हुन्। क्राइस्टलाई याद गर्नाले सद्गति कहाँ हुन्छ? विकर्म विनाश कहाँ हुन्छ? केही पनि हुँदैन। उनीहरू सबैलाई भक्तिको लाइनमा भनिन्छ। ज्ञानको लाइनमा केवल तिमी छौ। तिमी पण्डा हौ। सबैलाई शान्तिधाम, सुखधामको मार्ग बताउँछौ। बाबा पनि मुक्तिदाता, गाइड हुनुहुन्छ। उहाँ बाबालाई याद गर्नाले विकर्म विनाश हुन्छ।

अहिले तिमी बच्चाहरूले आफ्नो विकर्म विनाश गर्न पुरुषार्थ गरिरहेका छौ त्यसैले तिमीले ध्यान राख्नु छ, एकातिर पुरुषार्थ अर्कोतर्फ विकर्म नभइरहोस्। पुरुषार्थको साथसाथै विकर्म पनि गर्यो भने सयगुणा हुन पुग्छ। जति हुन सक्छ त्यति विकर्म नगर। नत्र थपिंदै जान्छ। नाम पनि बदनाम हुन्छ। जबकि थाहा छ भगवानले हामीलाई पढाउँदै हुनुहुन्छ भने फेरि कुनै विकर्म गर्नु हुँदैन। सानो चोरी होस् वा ठूलो चोरी, पाप त हो नि। यी आँखाले धेरै धोका दिन्छन्। बाबाले बच्चाहरूको चालचलनबाटै बुझ्नुहुन्छ, कहिल्यै ख्याल पनि नआओस् यिनी मेरी स्त्री हुन्। हामी ब्रह्माकुमार-कुमारी हौं, शिवबाबाका नाति-नातिना हौं। हामीले बाबासँग प्रतिज्ञा गरेका छौं, राखी बाँधेका छौं, फेरि आँखाले किन धोका दिन्छ? यादको बलले कुनै पनि कर्मेन्द्रियहरूको धोकाबाट छुट्न सक्छौ। धेरै मेहनत गर्नुपर्छ। बाबाको डाइरेक्सनलाई पालन गरेर चार्ट लेख। स्त्री-पुरुष पनि आपसमा यही कुरा गर हामीले बाबाबाट पूरा वर्सा लिनु छ, टिचरसँग पूरा पढ्नु छ। यस्तो टिचर कहिल्यै पनि मिल्न सक्दैन, जसले बेहदको ज्ञान देओस्। लक्ष्मी-नारायणले नै जानेका छैनन् भने ती पछि आउनेहरूले कसरी जान्न सक्छन्? बाबा भन्नुहुन्छ यो सृष्टिको आदि मध्य अन्त्यको ज्ञान केवल तिमीले जानेका छौ संगममा। बाबाले धेरै सम्झाउनु हुन्छ यो गर, यसरी गर। यहाँबाट उठेर गएपछि खलास। यो बुझ्दैनन्, शिवबाबाले हामीलाई भन्दै हुनुहुन्छ। सदैव सम्झ शिवबाबा भन्नुहुन्छ यिनको फोटो पनि नराख। यो रथ त सापटी लिइएको हो। यिनी पनि पुरुषार्थी हुन्। यिनी पनि भन्छन् मैले बाबाबाट वर्सा लिइरहेको छु। तिमी जस्तै यिनी पनि विद्यार्थी जीवनमा छन्। पछि गएर तिम्रो महिमा हुन्छ। अहिले त तिमीले पूज्य देवता बन्नको लागि पढ्दै छौ। फेरि सत्ययुगमा तिमी देवता बन्छौ। यी सबै कुरा बाबाले सिवाय अरू कसैले सम्झाउन सक्दैन। भाग्यमै छैन भने संशय उठ्छ शिवबाबाले कसरी आएर पढाउनु हुन्छ? म मान्दिनँ। मान्दैनौ भने फेरि शिवबाबालाई याद पनि कसरी गर्छौ? विकर्म विनाश हुन सक्दैन। यो सबै नम्बरवार राजधानी स्थापना भइरहेको छ। दास-दासीहरू पनि त चाहिन्छन् नि। राजाहरूलाई दासीहरू पनि दाइजोमा मिल्छ। यहाँ नै यत्तिका दासीहरू राख्छन् भने सत्ययुगमा कति होलान्? यस्तो पुरुषार्थ गर्न हुँदैन जसबाट दास-दासी बन्न परोस्। बाबासँग सोध्न सक्छौ बाबा अहिले मरेँ भने के पद मिल्ला? बाबाले झट्टै भन्नुहुन्छ, तिम्रो चार्ट तिमीले नै हेर। अन्तमा नम्बरवार कर्मातीत अवस्था हुनु छ। यो हो सच्चा कमाई। त्यो कमाईमा रात-दिन कति व्यस्त रहन्छौ? व्यापारी जो हुन्छन् उनीहरू एक हातले खाना खान्छन् अर्को हातले फोनमा कारोबार चलाइरहन्छन्। अब भन यस्ता मानिस ज्ञानमा चल्न सक्छन्? भन्छन्, हामीलाई फुर्सद कहाँ? अरे, सच्चा राजाई मिल्छ। बाबालाई केवल याद गर्यौ भने विकर्म विनाश हुन्छ। अष्ट देवता आदिलाई याद गर्छन् नि। उनीहरूको यादबाट त केही पनि मिल्दैन। बाबा बारम्बार हरेक कुरामा सम्झाइरहनु हुन्छ। पछि फेरि यस्तो नभनून्, फलानो कुराको बारेमा त सम्झाउनु नै भएन। तिमी बच्चाहरूले सन्देश पनि सबैलाई दिनु छ। हवाइजहाजबाट पनि पर्चा खसाल्ने कोसिस गर्नुपर्छ। त्यसमा लेख, शिवबाबा यस्तो भन्नुहुन्छ। ब्रह्मा पनि शिवबाबाका बच्चा हुन्। प्रजापिता हुन् त्यसैले उनी पनि बाबा, यिनी पनि बाबा। शिवबाबा भन्ने बित्तिकै पनि धेरै बच्चाहरूलाई प्रेमको आँसु आउँछ। कहिल्यै देखेका पनि छैनन्। लेख्छन्, बाबा कहिले आएर हजुरलाई भेटौं? बाबा बन्धनबाट छुटाउनुहोस्। धेरैलाई बाबाको अनि राजकुमारको पनि साक्षात्कार हुन्छ। पछि गएर धेरैलाई साक्षात्कार हुने छ, फेरि पनि पुरुषार्थ त गर्नै पर्छ। मनुष्यलाई मर्ने बेलामा पनि भन्छन् भगवानलाई याद गर। तिमीले पनि देख्छौ पछि गएर खुब पुरुषार्थ गर्नेछन्। याद गर्न लाग्छन्।

बाबा राय दिनुहुन्छ प्यारा बच्चाहरू! जति समय मिल्छ त्यसमा पुरुषार्थ गरेर मेक अप गर। बाबाको यादमा रहेर विकर्म विनाश गर्यौ भनेपछि आएर पनि अगाडि जान सक्छौ। जसरी ट्रेन लेट भयो भने मेक अप गर्छ नि। तिमीलाई पनि यहाँ समय मिल्छ त्यसैले मेक अप गर। यहाँ आएर कमाई गर। बाबा राय पनि दिनुहुन्छ यसो यसो गर, आफ्नो कल्याण गर। बाबाको श्रीमत अनुसार चल। हवाइजहाजबाट पर्चा खसाल, जसबाट मनुष्यले सम्झून्, यिनीहरूले साच्चै नै ठीक सन्देश दिइरहन्छन्। विश्व कति ठूलो छ, सबैलाई थाहा हुनुपर्छ, पछि यस्तो नभनून् बाबा, हामीलाई त थाहै भएन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) समझदार बनेर आफ्नो जाँच गर्नु छ, कतै आँखाले धोका त दिदैन? कुनै पनि कर्मेन्द्रियको वशमा परेर उल्टो कर्म गर्नु छैन। यादको बलद्वारा कर्मेन्द्रियहरूको धोकाबाट छुट्नु छ।

२) यस सच्चा कमाईको लागि समय निकाल्नु छ, पछि आएर पनि पुरुषार्थ गरेर मेक अप गर्नु छ। यो विकर्म विनाश गर्ने समय हो, त्यसैले विकर्म गर्नु हुँदैन।

वरदान:
हरेक कन्डीशनमा सुरक्षित रहने एयरकण्डिशनको टिकटको अधिकारी भव

एयरकन्डीशनको टिकट उनै बच्चाहरूलाई मिल्छ जो यहाँ हर कन्डीशनमा सुरक्षित रहन्छन्। कुनै पनि परिस्थिति आओस्, जस्तोसुकै समस्याहरू आउन् तर हर समस्यालाई सेकेन्डमा पार गर्ने सर्टिफिकेट चाहिन्छ। जसरी त्यो टिकटको लागि पैसा दिन्छौ त्यस्तै यहाँ सदा विजयी बन्ने धन चाहिन्छ, जसबाट टिकट मिल्न सकोस्। यो धन प्राप्त गर्नको लागि मेहनत गर्न आवश्यक छैन, केवल सदा बाबाको साथ रह्यौ भने अनगिन्ति कमाई जम्मा भइरहन्छ।

स्लोगन:
जस्तो सुकै परिस्थिति होस्, परिस्थिति जाओस् तर खुसी नजाओस्।