04.09.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अहिले यो दुनियाँको निराशाजनक स्थिति छ , सबै मर्नेछन् त्यसैले यससँग ममत्व मेटाऊ , म एकलाई याद गर।

प्रश्न:
सेवामा उत्साह नआउने कारण के हो?

उत्तर:
१) यदि लक्षण ठीक छैन, बाबालाई याद गर्दैनन् भने सेवामा उत्साह आउन सक्दैन। कुनै न कुनै उल्टो कर्म भइरहन्छ, त्यसैले सेवा गर्न सक्दैनन्। २) बाबाको जुन पहिलो निर्देशन छ आफू मरे पछि दुनियाँ मर्यो, यसलाई व्यवहारमा ल्याउँदैनन्। बुद्घि देह र देहका सम्बन्धहरूमा फँसेको छ भने सेवा गर्न सक्दैनन्।

गीत:
ओम् नमो शिवाय....

ओम् शान्ति ।
अहिले यो भक्तिमार्गको गीत सुन्यौ। शिवाए नम: भन्छन्। शिवको नाम घरी-घरी लिन्छन्। सधैं शिवको मन्दिरमा जान्छन् र जति पनि चाडपर्व छन् तिनलाई हरेक वर्ष मनाउँछन्। पुरुषोत्तम महिना पनि हुन्छ। पुरुषोत्तम वर्ष पनि हुन्छ। शिवाए नम: त सधैं भनिरहन्छन्। शिवका पुजारी धेरै छन्। रचयिता हुनुहुन्छ शिव, सर्वोत्तम भगवान। भन्छन् पनि पतित-पावन, परमपिता, परमात्मा शिव। सधैं पूजा पनि गर्छन्। तिमी बच्चाहरूलाई थाहा छ यो संगमयुग हो पुरुषोत्तम बन्ने युग। जसरी भौतिक पढाइबाट कुनै न कुनै उच्च पद पाउँछन् नि। यी लक्ष्मी-नारायणले यो पद कसरी पाए? विश्वको मालिक कसरी बने? यो कसैलाई पनि थाहा छैन। शिवाए: नम: पनि भन्छन्। तिमी माता-पिता.... सधैं महिमा गाउँछन्, तर यो जानेका छैनन् उहाँ कहिले आएर माता-पिता बनेर वर्सा दिनुहुन्छ। तिमीलाई थाहा छ दुनियाँका मनुष्यले त केही पनि जानेका छैनन्। भक्ति मार्गमा कति धक्का खाइरहन्छन्। अमरनाथमा कति हुलका हुल जान्छन्। कति धक्का खान्छन्। कसैलाई यस्तो भन्यो भने रिसाउँछन्। तिमी थोरै बच्चाहरू छौ जसको मनभित्र धेरै खुशी छ। लेखि पनि रहन्छौ बाबा जबदेखि हजुरलाई चिन्यौं, अब त हाम्रो खुशीको सीमा छैन। कुनै पनि कष्ट आदि भए पनि खुशीमा रहनु पर्छ। हामी बाबाका बनेका छौं, यो कहिल्यै भुल्नु छैन। तिमी बच्चाहरूलाई थाहा छ हामीले शिवबाबालाई पाएका छौं। त्यसैले खुशीको सीमा रहनु हुँदैन। मायाले घरी-घरी बिर्साइदिन्छ। लेख्छन् पनि मलाई निश्चय छ, बाबालाई मैले जान्दछु फेरि पनि चल्दा-चल्दै सेलाउन पुग्छन्। ६-८ महिना, २-३ वर्ष आउँदैनन् भने बाबाले बुझ्नुहुन्छ, पूरा निश्चयबुद्घि छैन। पूरा नशा चढेको छैन। यस्ता बेहदका बाबा, जसबाट २१ जन्मको वर्सा मिल्छ। यो निश्चय भयो भने त धेरै खुशीको नशा रहनु पर्छ। जस्तै कसैको बच्चालाई राजाले गोदमा लिन चाहन्छन्, जब बच्चालाई थाहा हुन जान्छ मेरो लागि यस्तो बातचित भइरहेको छ। राजाले चाहेका छन् यो बच्चालाई मैले उत्तराधिकारी बनाऊँ। अनि बच्चालाई धेरै खुशी हुन्छ नि म राजाको बच्चा बन्छु! गरिबको बच्चालाई धनवानले गोद लिए भने धेरै खुशी हुन्छन् नि। जब थाहा पाउँछ मलाई फलानाले एडप्ट गर्दैछ, अनि गरिबीको चिन्ता बिर्सिन्छ। त्यो त हो, फेरि पनि एक जन्मको कुरा। यहाँ बच्चाहरूलाई खुशी हुन्छ २१ जन्मको वर्सा लिने। बेहदका बाबालाई याद गर्नु छ र फेरि अरूलाई पनि मार्ग बताउनु छ। शिवबाबा पतित-पावन आउनु भएको छ। सम्झाउनु हुन्छ तिम्रो म पिता हुँ। यस्तो कुनै मनुष्यले भन्न सक्दैन म तिम्रो बेहदको पिता हुँ। बाबाले नै सम्झाउनु हुन्छ म ५ हजार वर्ष पहिला पनि आएको थिएँ। तिमीलाई यही शब्द भनेको थिएँ म एकलाई याद गर। म पतित-पावन बाबालाई याद गर्नाले नै तिमी पतितबाट पावन बन्छौ अरू कुनै पनि उपाय छैन पतितबाट पावन बन्ने। पतित-पावन हुनुहुन्छ नै एक बाबा। कृष्णलाई भगवान भन्न सकिँदैन। गीताका भगवान एक पतित-पावन पुनर्जन्म रहित हुनुहुन्छ। पहिला सुरुमा यो लेखाऊ। ठूला-ठूला मनिसहरूले लेखेको देखे भने सम्झन्छन् यो ठीक हो। कुनै साधारण मनुष्यले लेखेको देखे भने भन्छन् ब्रह्माकुमारीले यिनलाई जादु गरिदिए, त्यसैले लेखेका हुन्। ठूला मानिसको लागि यस्तो भन्दैनन्। तिमीले जे भने पनि भन्छन् सानो मुखले ठूला कुरा गर्छन्, भगवान आउनु भएको छ। यसरी तिमी बच्चाहरूले भन्नु हुँदैन भगवान आउनु भएको छ। यसरी त कसैले बुझ्दैन। उल्टै हाँसोमा उडाउँछन्। यो सम्झाउनु पर्छ दुई पिता हुनुहुन्छ। पहिल्यै सोझै भन्नु हुँदैन भगवान आउनु भएको छ किनकि आजकल दुनियाँमा पनि भगवान कहलाउने धेरै भएका छन्। सबैले आफूलाई भगवानको अवतार सम्झन्छन्, त्यसैले युक्तिले दुई पिताको अर्थ सम्झाउनु पर्छ। एक हुनुहुन्छ हदका पिता, अर्का हुनुहुन्छ बेहदका पिता। पिताको नाम हो शिव। उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ, त्यसैले अवश्य बच्चाहरूलाई वर्सा दिनुहुन्छ। शिव जयन्ती पनि मनाउँछन्। उहाँ नै आएर स्वर्गको स्थापना गर्नुहुन्छ। त्यसैले अवश्य नर्कको विनाश हुनु छ। त्यसको निशानी पनि यो महाभारत लडाईं हो। बाँकी केवल भगवान आउनु भएको छ यसो भन्नाले कसैले बुझ्दैन। बखान गरिरन्छन्। यसप्रकार उल्टो सेवा गर्नाले सेवामा तीव्रता आउँदैन। एकातर्फ भन्छन् भगवान आउनु भएको छ, भगवानले पढाउनु हुन्छ फेरि गएर विवाह गर्छन्। मानिसहरूले भन्छन् तिमीलाई फेरि के भयो? तिमीले त भन्थ्यौ भगवानले पढाउनु हुन्छ। फेरि भन्छन् हामीले जे सुनेका थियौं, त्यो भनिदियौं। अनेक प्रकारका विघ्न पनि पर्छन् आफ्नै बच्चाहरूद्वारा, जसरी हिन्दु धर्मकाले आफूलाई नै थप्पड मारेका छन् नि। वास्तवमा हुन् देवी-देवता धर्मका तर भन्छन्, हामी हिन्दु हौं। आफूलाई थप्पड मारेका छन् नि। अहिले तिमीले जानेका छौ हामी नै पूज्य थियौं त्यसैले श्रेष्ठ कर्म, श्रेष्ठ धर्म थियो। आसुरी मतद्वारा धर्म भ्रष्ट, कर्म भ्रष्ट बनेका छौं। हामीले नै आफ्नो धर्मको ग्लानि सुरु गर्छौं, आसुरी मायाको मतद्वारा, त्यसैले बाबाले स्वयं भन्नुभएको छ उनीहरू हुन् आसुरी सम्प्रदाय। यो हो दैवी सम्प्रदाय, जसलाई मैले राजयोग सिकाउँछु। अहिले हो कलियुग। जसले आएर यो ज्ञान सुन्छ, ऊ असुरबाट परिवर्तन भएर देवता बन्छ। यो ज्ञान हो नै देवता बन्नको लागि। ५ विकारमाथि विजय प्राप्त गर्नाले देवता बन्छौं। बाँकी असुरहरू र देवताहरूको कुनै लडाईं भएको होइन। यो पनि भूल गरिदिएका छन् फेरि देखाउँछन् जसतर्फ साक्षात् भगवान हुनुहुन्छ उनीहरूको विजय भयो। त्यसमा नाम कृष्णको राखिदिएका छन्। वास्तवमा हो तिम्रो मायासँगको युद्घ। बाबाले कति कुरा बसेर सम्झाउनु हुन्छ तर यस्ता तमोप्रधान छन् जुन बिलकुलै बुझ्दैनन्। बाबालाई याद गर्न सक्दैनन्। सम्झन्छन् पनि मेरो यस्तो तमोप्रधान बुद्घि छ जसकारण याद नै टिक्दैन, त्यसैले उल्टो काम गरिरहन्छु। राम्रा-राम्रा बच्चाहरूले पनि याद बिलकुलै गर्दैनन्। लक्षण सुधार्दैनन्, त्यसैले सेवामा उत्साह आउँदैन। बाबा भन्नुहुन्छ देहसहित देहका जति पनि सम्बन्ध छन्, तिनलाई मार अथवा भुल। तर मार शब्द वास्तवमा होइन। भन्छन् आफू मरे पछि दुनियाँ नै मर्यो। यो कुरा बाबा बसेर सम्झाउनु हुन्छ। बुद्घिद्वारा भुल्नु छ। तिमी मेरा बनेका हौ भने यी सबैलाई भुल, एक बाबालाई याद गर। जसरी कोही बिरामीको बाँच्ने आशा खतम हुन्छ भने त्यसबाट ममत्व मेटाउनु पर्ने हुन्छ। फेरि उसलाई भन्छन् राम-राम भन। बाबाले पनि भन्नुहुन्छ यो दुनियाँको अवस्था धेरै निराशाजनक छ। यो समाप्त हुनु नै छ, सबै मर्छन्। त्यसैले यसबाट ममत्व मेटाऊ। उनीहरूले त राम-रामको धुन लगाउँछन्। यहाँ त एउटाको कुरा छैन। सारा दुनियाँ विनाश हुनु छ त्यसैले तिमीलाई एउटै मन्त्र दिन्छु म एकलाई याद गर। कति सम्झाइरहनु हुन्छ, भिन्न-भिन्न प्रकारले। अहिले पुरुषोत्तम महिना आयो त्यसैले पुरुषोत्तम युगको बारे पनि ज्ञान दिइरहनु हुन्छ। सम्झाउँदा धेरै होशियारी चाहिन्छ। धारणा राम्रो चाहिन्छ। कुनै पाप कर्म गर्नु हुँदैन। नसोधी केही पनि उठाउनु, खानु यी पनि ठूला गुप्त पाप हुन्। नियम धेरै कडा छ। पाप गर्छन् फेरि पनि बताउँदैनन्, अनि पाप वृद्घि हुँदै जान्छ। यहाँ त तिमी बच्चाहरूलाई पुण्य आत्मा बन्नु छ। मलाई पुण्य आत्मासँग स्नेह छ, पाप आत्मासँग विरोध छ। भक्तिमार्गमा पनि जानेका छन् राम्रो कर्म गर्नाले राम्रो फल मिल्छ। त्यसैले दान-पुण्य आदि राम्रा कर्म गर्छन् नि। यो ड्रामा हो, फेरि पनि भन्छन् भगवानले राम्रो कर्मको फल राम्रो दिनुहुन्छ। बाबा भन्नुहुन्छ मैले बसेर केवल यो धन्दा कहाँ गर्छु र? यो त सारा ड्रामामा निश्चित छ। ड्रामा अनुसार बाबालाई अवश्य आउनु छ।

बाबा भन्नुहन्छ मैले आएर सबैलाई मार्ग बताउनु छ। बाँकी यसमा कृपा आदिको कुनै कुरा नै छैन। कसै-कसैले लेख्छन् बाबा हजुरको कृपा भयो भने मैले हजुरलाई कहिल्यै भुल्दिनँ। बाबा भन्नुहुन्छ मैले कहिल्यै कृपा आदि गर्दिनँ। यो त भक्तिमार्गको कुरा हो। तिमीले आफैँमाथि कृपा गर्नु छ। बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। भक्तिमार्गको कुरा ज्ञानमार्गमा हुँदैन।

ज्ञानमार्ग हो नै पढाइ। शिक्षकले कसैमाथि कहाँ कृपा गर्छन्? हरेकले पढ्नु पर्छ। बाबाले श्रीमत दिनुहुन्छ, त्यसमा चल्नुपर्छ। तर आफ्नो मतमा चल्नाको कारणले केही पनि सेवा गर्दैनन्। बच्चाहरू बिलकुलै पुण्य आत्मा बन्नु छ। अलिकति पनि कुनै पाप नहोस्। कति बच्चाहरूले आफ्नो पाप कहिल्यै बताउँदैनन्। बाबाले पनि भन्नुहुन्छ उसले उच्च पद कहिल्यै पाउँदैन। गायन पनि छ चढे तो चाखे... बच्चाहरूले जानेका छन् धेरै उच्च पद छ। गिर्यौ भने केही कामका रहँदैनौ। अशुद्घ अहंकार हो पहिलो नम्बर, फेरि काम, क्रोध, लोभ पनि कम छैनन्। लोभ, मोहले पनि सत्यनाश गरिदिन्छ। बच्चा आदिमा मोह छ भने उनै याद आइरहन्छन्। आत्माले त भन्छ मेरो त एक शिवबाबा, दोस्रो न कोही। अरू कोही पनि याद नआओस् यस्तो पुरुषार्थ गर्नु छ। यो सबै त खतम हुनु छ। विनाश सामुन्ने खडा छ, वर्सा त लिन सकिँदैन। यिनमा के मोह राख्नु छ? आफूसँग यस्ता-यस्ता कुरा गर्नु छ। सारा दुनियाँलाई बुद्घिद्वारा भुल्नु छ। यो त सबै खतम हुनु नै छ। तुफान यस्तो आउँछ, जसकारण सबै एकदमै खतम हुन्छ। कहीं आगो लाग्छ, बतास जोडले आउँछ अनि तुरुन्तै एकदमै समाप्त गरिदिन्छ। आधा घण्टामा १००-१५० झुपडीलाई समाप्त गरिदिन्छ। तिमीले जानेका छौ पुरानो दुनियाँलाई आगो लाग्नु नै छ, नत्र यति सबै मनुष्य कसरी मर्छन्? जो राम्रा बच्चाहरू छन्, उनीहरूको लक्षण पनि राम्रो हुन्छ भने सेवा पनि राम्रो गर्छन्। तिमी बच्चाहरूलाई नशा हुनु पर्छ। पूरा नशा त अन्त्यमा हुन्छ, जब कर्मातीत अवस्था हुन्छ। फेरि पनि पुरुषार्थ गरिरहनु छ। बनारसमा शिवको मन्दिरमा त धेरै जान्छन् किनकि उहाँ हुनुहुन्छ नै सबैभन्दा उच्च भगवान। त्यहाँ शिवको भक्ति धेरै हुन्छ। बाबाले त भनिरहनुहुन्छ त्यहाँ उनीहरूलाई गएर सम्झाऊ। उहाँ शिव भगवानले यी लक्ष्मी-नारायणलाई यो वर्सा दिनुहुन्छ। संगममा नै यो वर्सा उहाँबाट मिलेको हो। यो सम्झाएपछि फेरि ब्रह्मा-सरस्वतीको पनि ज्ञान हुन्छ। चित्रहरूमा धेरै स्पष्ट सम्झाउन सक्छौ। यिनीहरूलाई यो राज्य कसरी मिल्यो? यी लक्ष्मी-नारायणको राज्यमा भक्तिमार्ग थिएन। भन्छन् भक्ति त अनादि हो। अहिले तिमीलाई कति ज्ञान मिलेको छ, त्यसैले नशा चढ्नुपर्छ नि। हामीलाई भगवानले पढाइरहनु भएको छ, २१ जन्मको राज्य-भाग्य दिनको लागि। तिमी विद्यार्थी हौ नि। जसलाई निश्चय हुन्छ यी ब्रह्माकुमारीहरू जसद्वारा सुनेर हामीलाई निश्चय बुद्घि बनाउँछन्, उहाँ स्वयं कस्तो हुनुहुन्छ होला? यस्ता बाबासँग त पहिला भेटौं। पूरा निश्चय नभएसम्म अगाडि बढ्दैनन्। निश्चय भएकाहरू नै तुरुन्तै दौडिन्छन्। भन्छन् यस्ता बाबासँग म गएर भेट्छु, छोड्दिनँ। पुग्यो बाबा, म त हजुरको बनें, म अब अन्त जान्नँ। गीत पनि छ नि चाहे प्यार करो चाहे ठुकराओ ...। फेरि पनि बसाउन त सकिँदैन। सेवामा पठाउनु पर्छ। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन्नु छ। यस्तो लेखेर पनि दिन्छन्, फेरि बाहिर गएपछि मायाको चक्करमा आउँछन्। माया यति प्रबल छ। मायाका धेरै विघ्न आउँछन्। सानो दियोलाई मायाका कति तुफान आउँछन्। यी गीतहरूको सार पनि बाबाले आएर सम्झाउनु हुन्छ। तिम्रो पुरुषोत्तमयुग चलिरहेको छ। भक्तहरूको पुरुषोत्तम महिना सकियो। बाबा भन्नुहुन्छ यस संगमयुगमा नै म आउँछु, पतितहरूलाई पावन बनाउन। ज्ञान कति राम्रो छ।

अच्छा दिन-प्रतिदिन सेवाको वृद्घिको लागि नयाँ-नयाँ युक्तिहरू निस्किरहन्छन्। राम्रा-राम्रा चित्रहरू बन्दै जान्छन्। भन्छन् नि ढिलो भए पनि काम दुरूस्त हुन्छ। तयारी चीज मिल्छ, जसद्वारा तुरुन्त बुझ्न सक्छन्। सिँढीको चित्र धेरै राम्रो छ। यस समयमा कसैले भन्न सक्दैन म पावन छु। पावन दुनियाँ सत्ययुगलाई नै भनिन्छ। पावन दुनियाँका मालिक यी लक्ष्मी-नारायण हुन्। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) अलिकति पनि कुनै ठूलो अथवा सूक्ष्म पाप नहोस्। यसको लागि धेरै-धेरै ध्यान राख्नु छ। कहिल्यै कुनै वस्तु लुकाएर लिनु हुँदैन। लोभ, मोहसँग पनि सावधान रहनु छ।

२) अशुद्घ अहंकार, जसले सत्यानाश गर्छ, यसलाई त्याग दिनु छ। एक बाबा सिवाय दोस्रो कोही पनि याद नआओस् यही पुरुषार्थ गर्नु छ।

वरदान:
सूक्ष्म संकल्पको बन्धनबाट पनि मुक्त बनेर उच्च स्टेजको अनुभव गर्ने निर्बन्धन भव

जुन बच्चाहरू जति निर्बन्धन छन्, त्यति उच्च स्टेजमा स्थित रहन सक्छन्, त्यसैले चेक गर मनसा, वाचा वा कर्मणामा सूक्ष्ममा पनि कुनै धागो जुटेको त छैन? एक बाबा सिवाय अरू कोही याद नआओस्। आफ्नो देह याद आयो भने पनि देहको साथसाथै देहका सम्बन्ध, पदार्थ, दुनियाँ सबै एकको पछाडि आउँछन्। म निर्बन्धन हुँ यस वरदानलाई स्मृतिमा राखेर सारा दुनियाँलाई मायाको जालबाट मुक्त गर्ने सेवा गर।

स्लोगन:
देही-अभिमानी स्थितिद्वारा तन र मनको हलचललाई समाप्त गर्ने आत्मा नै अचल रहन्छ।