04.10.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबालाई याद गर्ने भिन्न-भिन्न युक्तिहरू रच , पुरुषार्थ गरेर चार्ट राख , नथाक। तुफानमा अचल अडोल रहने गर।

प्रश्न:
बच्चाहरूले आफ्नो कुनचाहिँ अनुभव आपसमा एक अर्कालाई सुनाउनु पर्छ?

उत्तर:
१) मैले बाबालाई कति समय, कसरी याद गर्छु! भोजनको समयमा बाबाको याद रहन्छ या अनेक प्रकारका विचार आउँछन्! बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! ट्राई गरेर हेर। भोजनमा बाबा सिवाए अरू केही याद त आउँदैन! फेरि एक आपसमा अनुभव सुनाऊ। २) कुनै पनि दर्दनाक सीन देखेर मेरो स्थिति कस्तो रह्यो! यसको पनि अनुभव सुनाउनु पर्छ।

गीत:
लाख जमाने वाले....

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरू! अब बेहदका बाबालाई कसरी बिर्सिन सक्छौ, जसबाट बेहदको वर्सा मिल्छ, जसलाई आधाकल्पदेखि याद गरेका छौ? यो त सम्झाइएको छ मनुष्यलाई कहिल्यै भगवान भनिँदैन। अहिले बेहदको बाबा मिल्नुभएको छ, उहाँको यादमा नै करामत छ। जति पतित-पावन बाबालाई याद गरिन्छ, त्यति पावन बन्दै गइन्छ। अन्त्य समय नआएसम्म तिमीले आफूलाई अहिले पावन भन्न सक्दैनौ। सम्पूर्ण पावन बनेपछि मात्र यो शरीर छोडेर जान्छौ, अनि सम्पूर्ण पवित्र शरीर लिन्छौ। सत्ययुगमा नयाँ शरीर मिलेपछि मात्र सम्पूर्ण भनिन्छ। फेरि रावणको अन्त्य हुन्छ। सत्ययुगमा रावणको पुतला बनाइदैन। तिमी बच्चाहरू बस्दा, हिँड्दा-डुल्दा बुद्धिमा यो याद रहनु पर्छ अब हामीले ८४ को चक्र पूरा गरेका छौं, फेरि नयाँ चक्र सुरू हुन्छ। त्यो हो नै नयाँ पवित्र दुनियाँ। नयाँ भारतवर्ष, नयाँ दिल्ली। बच्चाहरूले जानेका छौ पहिला जमुनाको किनार हुन्छ, जहाँ परिस्तान बन्नु छ। बच्चाहरूलाई धेरै राम्रोसँग सम्झाइन्छ, सबै भन्दा पहिला त बाबालाई याद गर। भगवान बाबाले पढाउनु हुन्छ। उहाँ नै बाबा, टीचर, गुरु हुनुहुन्छ, यो याद राख। बाबाले यो पनि सम्झाउनु भएको थियो तिमीले बाजोली खेल्छौ। वर्णहरूको चित्र पनि धेरै आवश्यक छ। सबै भन्दा माथि हुनुहुन्छ शिवबाबा, फेरि चोटी ब्राह्मण। यो बुझाउनको लागि बाबाले भन्नुहुन्छ, यो बुद्धिमा राख हामीले ८४ जन्मको बाजोली खेल्छौं। अहिले संगम हो, बाबा धेरै समय रहनु हुन्न। फेरि पनि १०० वर्ष त लाग्छ। उथल-पुथल पूरा भएपछि फेरि राज्य सुरू हुन्छ। महाभारत लडाइँ त उही हो, जसमा अनेक धर्म विनाश, एक आदि सनातन देवी-देवता धर्मको स्थापना भइरहेको छ। तिम्रो कलाबाजी त अद्भुत छ। तिमीलाई थाहा छ फकिरहरू कलाबाजी खेल्दै तीर्थमा जान्छन्। मनुष्यहरूको श्रद्धा त हुन्छ नि। त्यसैले उनीहरूलाई केही न केही दिन्छन्। उनीहरूको पालना भइरहन्छ किनकि सोच्छन् यस्ता मनुष्यले आफ्नो साथमा के लिन्छन् र। बाबा त यी सबै कुराको अनुभवी छन्। बाबाले अनुभवी रथ लिनुभएको छ। गुरु पनि बनाए। धेरै कुरा देखेका पनि छन्। तीर्थ पनि गरेका छन्। अब बाबा भन्नुहुन्छ बाजोली त याद गर्न सक्छौ। हामी अहिले ब्राह्मण हौं, फेरि देवता, क्षत्रिय बन्छौं। यो हो सारा यहाँको कुरा। बाबाले यसरी सम्झाउनु भएको छ अरू धर्म त उप-कथा जस्तै हुन्। बाबाले तिमीलाई नै तिम्रो ८४ जन्मको कथा बताउनु भएको छ। जो समझदार छन्, उनले हिसाब गरेर बुझ्न सक्छन्। इस्लामीहरूले त लगभग कति जन्म लिन्छन्? एक्युरेट हिसाबको त आवश्यकता छैन। यी कुरामा त कुनै चिन्ताको कुरा छैन। सबै भन्दा धेरै यो चिन्ता रहन्छ मैले बाबालाई याद गरिराखूँ। एउटै चिन्ता हुन्छ, एकलाई याद गर्ने। घरी-घरी मायाले अरू चिन्तामा पारिदिन्छ। यसमा मायाले धेरै चिन्तित बनाइदिन्छ। बच्चाहरूले याद गर्नै पर्छ। अब हामी घर जानु छ। स्वीट होम कसैलाई याद आउँदैन। माग्छन् पनि शान्ति देवा भनेर। भगवानलाई भन्छन् हामीलाई शान्ति दिनुहोस्।

अहिले तिमी बच्चाहरूलाई थाहा छ यो पुरानो दुनियाँ खतम हुँदैछ। यो पनि तिम्रो बुद्धिमा छ, अरू मनुष्य त घोर अन्धकारमा छन्। शान्ति सत्ययुगमा नै हुन्छ। एक धर्म, एक भाषा, रसम-रिवाज पनि एउटै हुन्छ। त्यहाँ हुन्छ नै शान्तिको राज्य। अद्वैतको कुरा नै हुँदैन। त्यहाँ त एउटै राजाई हुन्छ र सतोप्रधान हुन्छ। रावणराज्य हुँदै हुँदैन, जसकारण लडाई होस्। त्यसैले तिमी बच्चाहरूलाई खुशीको पारा चढ्नुपर्छ। शास्त्रहरूमा जुन गायन छ, अतीन्द्रिय सुख गोप-गोपिनीसँग सोध। गोप-गोपिनी त तिमी नै हौ नि। तिमी सम्मुखमा बसेका छौ। तिम्रो पासमा पनि नम्बरवार छन्, जसलाई याद रहन्छ बाबा हाम्रो बाबा पनि हुनुहुन्छ, टीचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। यो त आश्चर्य छ नि। जीवनभरी साथ दिनुहुन्छ। गोदमा लिनासाथ पढाई सुरू गरिदिनुहुन्छ। यो याद रह्यो भने पनि धेरै खुशी हुन्छ। तर मायाले फेरि यो पनि भुलाइदिन्छ। मनुष्यहरूलाई यो पनि सम्झाउनु पर्ने हुन्छ, मनुष्यले सोध्छन् थोरै समय बाँकी छ भन्नुहुन्छ, के प्रमाण छ? भन, हेर्नुहोस् यसमा लेखिएको छ भगवानुवाच। यज्ञ पनि रचिएको छ। यो हो ज्ञान यज्ञ। अब कृष्णले त यज्ञ रच्न सक्दैनन्।

बच्चाहरूको बुद्धिमा यो पनि हुनु पर्छ हामी यस बेहद यज्ञका ब्राह्मण हौं। बाबाले हामीलाई निमित्त बनाउनु भएको छ। जब तिमीले राम्रोसँग ज्ञान र योगको धारणा गर्छौ, आत्मा सम्पूर्ण बन्छ, अनि यस संसारलाई आगो लाग्छ। मनुष्यहरूलाई नै थाहा हुन्छ नि यो बेहदको कर्मक्षेत्र हो, जहाँ सबै आएर खेल खेल्छन्। बनिबनाउ बनिरहेको छ... बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! चिन्ता त्यसको गरिन्छ, जसको बारेमा केही थाहा हुँदैन। जे भयो त्यो ड्रामामा थियो, फेरि त्यसको चिन्तन किन गर्ने? हामीले ड्रामालाई हेर्छौं। ड्रामामा जब कुनै यस्तो दर्दनाक सीन छ भने त्यो देखेर मनुष्य रुन्छन्। अब त्यो त भयो झुटो ड्रामा। यो त सत्य ड्रामा हो। सत्य-सत्य भन्छन्। तिमीलाई कुनै दु:खको आँसु आउनु हुँदैन। साक्षी भएर तिमीले हेर्नु छ। जानेका छौ यो ड्रामा हो, यसमा रुने के आवश्यकता छ? पास्ट इज पास्ट। कहिल्यै विचार पनि गर्नु हुँदैन। तिमी अगाडि बढ्दै बाबालाई याद गरिराख र सबैलाई बाटो बताउँदै गर। बाबाले त राय दिइरहनु हुन्छ। त्रिमूर्तिका चित्र तिम्रो पासमा धेरै छन्। स्पष्ट लेखिएको छ उहाँ शिवबाबा, यो वर्सा। तिमी बच्चाहरूलाई यो चित्र हेरेर धेरै खुशी हुनुपर्छ। बाबासँग हामीलाई विष्णुपुरीको वर्सा मिल्छ। पुरानो दुनियाँ त खतम हुनु छ। यो चित्र सामुन्ने राखिदेऊ, यसमा खर्च त केही पनि हुँदैन। वृक्ष पनि धेरै राम्रो छ। दिनहुँ सबेरै उठेर विचार सागर मन्थन गर। आफ्नो टीचर आफैं बनेर पढ। बुद्धि त सबैको छ। आफ्नो घरमा चित्र राखिदेऊ। हरेक चित्रमा फस्टक्लास ज्ञान छ। भनिएको छ विनाश हुन्छ। तिम्रो बाबासँग प्रीत छ नि। शिवबाबा दलाल बनेर हाम्रो मगनी गराउनु हुन्छ। जब सद्गुरु मिल्यो दलालको रूपमा, त्यसपछि कति राम्रा-राम्रा कुरा बुझ्न-बुझाउनको लागि मिलेको छ। फेरि पनि मायाको पम्प धेरै छ। १०० वर्ष पहिले यो बिजुली, ग्याँस आदि कहाँ थियो र। पहिले भाइसराय आदि ४ घोडाको, ८ घोडाको गाडीमा आउँथे। पहिले धनवान मानिस गाडीमा चढ्थे। अब त विमान आदि निस्केका छन्। पहिले यो केही थिएन। १०० वर्ष भित्र यो के के भएको छ। मनुष्यले सम्झन्छन् यही स्वर्ग हो। अहिले तिमी बच्चाहरूलाई थाहा छ स्वर्ग त स्वर्ग नै हो। यी सबै पाई पैसाका चीज हुन्, यसलाई बनावटी पम्प भनिन्छ। अब तिमी बच्चाहरूलाई यही एक चिन्ता हुनु पर्छ मैले याद गर्नु छ, यसैमा मायाले विघ्न पार्छ। बाबाले आफ्नो उदाहरण पनि सुनाउँछन्। भोजन खाँदा धेरै कोसिस गर्छु यादमा रहेर खाऊँ, फेरि पनि बिर्सिहाल्छु। त्यसैले सम्झन्छु बच्चाहरूलाई त मेहनत धेरै हुन्छ होला। ठीक छ, तिमीले ट्राई गरेर हेर। बाबाको यादमा रहेर देखाऊ। हेर, सारा समय याद टिक्न सक्छ? अनुभव सुनाउनु पर्छ। बाबाको याद सारा समय टिक्न सक्दैन। धेरै किसिम-किसिमका कुरा याद आउँछन्। बाबा स्वयं आफ्नो अनुभव बताउँछन्। बाबाले जसमा प्रवेश गर्नुभएको छ, यिनी पनि पुरुषार्थी हुन्, यिनीमाथि त धेरै झंझट छ। ठूलो कहलाउनु अर्थात् धेरै दु:ख पाउनु। कति समाचार आउँछन्। विकारको कारण कति पिट्छन्। घरबाट निकालिदिन्छन्। बच्चीहरूले भन्छन् म ईश्वरको शरणमा आएकी छु। कति विघ्न पर्छन्। कसैलाई शान्ति छैन। तिमी बच्चाहरूलाई पालना मिल्छ। अब पुरुषार्थ गरेर, श्रीमतमा चलेर शान्तिमा रहनु छ। यी बाबाले यहाँ पनि कति यस्तो घर देखेका छन्, जहाँ आपसमा धेरै मेल-मिलाप हुन्छ। सबै ठूलाको आज्ञामा चल्छन्। भन्छन् हाम्रो पासमा त मानौं स्वर्ग नै छ।

अब बाबाले तिमीलाई यस्तो स्वर्गमा लैजानु हुन्छ, जहाँ सबै प्रकारको सुख हुन्छ। देवताहरूको ३६ प्रकारको भोजन गायन गरिएको छ। अहिले तिमीले स्वर्गको वर्सा बाबासँग लिन्छौ। त्यहाँ त कति स्वादिष्ट भोजन खाइरहन्छौ र पवित्र पनि हुन्छौ। अब तिमी त्यस दुनियाँको मालिक बन्छौ। राजा-रानी, प्रजामा फरक हुन्छ नि। पहिले राजाहरू धेरै ठाँटमा रहन्थे। उनीहरू त हुन् पतित, रावणको राज्यमा हुन्छन्। विचार गर सत्ययुगमा के होला! सामुन्ने लक्ष्मी-नारायणको चित्र राखिएको छ। कृष्णको लागि झूटो कुरा लेखेर बदनाम गरिदिएका छन्। झुटो मतलब झूटो, सत्यको रत्ती छैन। अहिले तिमीले बुझेका छौ हामी स्वर्गका मालिक थियौं, फेरि ८४ जन्म लिएर बिल्कुलै शूद्र बुद्धि बनेका छौं। के हालत भएको छ। अब फेरि पुरुषार्थ गरेर के बन्छौ! बाबाले सोध्नु पनि हुन्छ नि तिमी के बन्छौ? सबैले हात उठाउँछन् सूर्यवंशी बन्छौं भनेर। हामीले त माता-पितालाई पूरा अनुसरण गर्छौं। कहाँ कम पुरुषार्थ गर्छौं र। सारा मेहनत याद र आफू समान बनाउनमा छ। त्यसैले बाबा भन्नुहुन्छ जति हुन सक्छ सेवा गर्न सिक। छ धेरै सहज। उहाँ हुनुहुन्छ शिवबाबा, यो विष्णुपुरी हो जहाँ लक्ष्मी-नारायणको राज्य हुन्छ। यी त धेरै अनुभवी छन्। सिँढीको चित्रमा तिमीले सम्झाउन सक्छौ।

तिमी बच्चाहरूलाई यो कल्प-वृक्ष, सृष्टि-चक्र देख्नासाथ बुद्धिमा सारा ज्ञान आउनु पर्छ। यी जुन लक्ष्मी-नारायण छन्, यिनीहरूको राजधानी कहाँ गयो! कसले लडाई गर्यो? जसले हरायो। अब त त्यो राज्य छँदै छैन। यी ईश्वरीय कुरालाई कसैले जान्दैन। तिमी बच्चाहरूलाई यो पनि साक्षात्कार भएको छ कसरी गुफा, खानीहरूमा गएर सुन, हीरा आदि लिएर आउँछन्। यो विज्ञान तिम्रो सुखको लागि हुन्छ। यहाँ छ दु:खको लागि, त्यहाँ हवाई जहाज पनि पूर्ण सुरक्षित हुन्छन्। बच्चाहरूले सुरू-सुरूमा यो सबैथोक साक्षात्कार गरेका छौ। अन्तिममा फेरि तिमीले धेरै साक्षात्कार गर्छौ। यो पनि तिमीले साक्षात्कार गरेका छौ चोरहरू लुट्न आउँछन्, फेरि तिम्रो शक्तिको रूप देखेर भाग्छन्। त्यो सबै कुरा पछिको हो। चोरले लुट्न त आउँछ, तिमी बाबाको यादमा उभियौ भने ऊ एकदम भाग्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! अब खुब पुरुषार्थ गर। मुख्य कुरा हो पवित्रताको। एक जन्म पवित्र बन्नु छ। मृत्यु त सामुन्ने खडा छ। धेरै कडा प्राकृतिक विपद आउने छन्, जसमा सबै खतम हुन्छन्। शिवबाबाले यिनीद्वारा सम्झाउनु हुन्छ, यिनको आत्माले पनि सुन्छ। यी बाबाले सबै बताउँछन्। शिवबाबालाई त अनुभव छैन। बच्चाहरूलाई अनुभव हुन्छ। मायाको तुफान कसरी आउँछ? पहिलो नम्बरमा यी छन्, त्यसैले यिनलाई सबै अनुभव हुन्छ। यसमा डराउनु छैन, अचल अडोल रहनु छ। बाबाको यादमा रहनाले नै शक्ति मिल्छ। कुनै बच्चाहरूले चार्ट लेख्छन्, फेरि लेख्दा-लेख्दै छोडिदिन्छन्। बाबाले सम्झनुहुन्छ यो थाकेको छ। पारलौकिक बाबा, जसबाट यति महान वर्सा मिल्छ, यस्तो बाबालाई कहिल्यै पत्र पनि लेख्दैनन्। याद नै गर्दैनन्! यस्तो बाबालाई त कति याद गर्नुपर्छ। शिवबाबा मैले हजुरलाई धेरै याद गर्छु। बाबा हजुरको याद विना म कसरी रहन सक्छु! जुन बाबासँग विश्वको बादशाही मिल्छ, यस्तो बाबालाई कसरी बिर्सिन्छु! तिमीले कार्ड लेख्यौ भने त्यो पनि त याद भयो नि। लौकिक बाबाले पनि बच्चाहरूलाई चिठ्ठी लेख्छन् नूरे रत्न.... स्त्रीले पतिलाई कसरी चिठ्ठी लेख्छन्! यहाँ त दुवै सम्बन्ध छ। यो पनि याद गर्ने युक्ति हो। कति मीठो बाबा हुनुहुन्छ! हामीसँग के माग्नुहुन्छ? केही पनि माग्नुहुन्न। उहाँ त दाता हुनुहुन्छ, दिनेवाला हुनुहुन्छ नि। उहाँले केही पनि लिनुहुन्न। भन्नुहुन्छ प्यारा बच्चाहरू! म आएको छु, विश्वलाई फूलको बगैंचा बनाएर जान्छु। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सूर्यवंशी बन्नको लागि माता-पितालाई पूरा-पूरा अनुसरण गर्नु छ। यादमा रहने र आफू समान बनाउने मेहनत गर्नु छ।

२) पुरुषार्थ गरेर श्रीमतमा चलेर शान्त रहनु छ। ठूलाको आज्ञा मान्नु छ।

वरदान:
स्वयंलाई सेवाधारी सम्झेर झुक्ने र सबैलाई झुकाउनेवाला निमित्त र नम्रचित्र भव

निमित्त उसलाई भनिन्छ, जो आफ्नो हर संकल्प वा हर कर्मलाई बाबाको अगाडि अर्पण गर्छ। निमित्त बन्नु अर्थात् अर्पण हुनु। नम्रचित्त ऊ हो जो झुक्दछ, जति संस्कारमा, संकल्पमा झुक्छौ त्यति विश्व तिम्रो अगाडि झुक्छ। झुक्नु अर्थात् झुकाउनु। यो संकल्प पनि नहोस्, अरू पनि त मेरो अगाडि केही झुकून्। जो सच्चा सेवाधारी हुन्छ-ऊ सधैं झुक्दछ। कहिल्यै आफ्नो अभिमान देखाउँदैन।

स्लोगन:
अब समस्या स्वरूप होइन, समाधान स्वरूप बन।