04.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सबैलाई पहिला पहिला परमात्माको पाठ पक्का गराऊ , तिमी आत्मा भाइ-भाइ हौ।

प्रश्न:
कुन एक कुरामा श्रीमत, मनुष्य मतको एकदम विपरीत छ?

उत्तर:
मनुष्य मतले भन्छ हामी मोक्ष प्राप्त गर्छौं। श्रीमतले भन्छ यो ड्रामा अनादि अविनाशी छ। मोक्ष कसैलाई पनि प्राप्त हुन सक्दैन। भन्न त कसैकसैले भन्छन् मलाई यो पार्ट खेल्न मन पर्दैन। तर यसमा केही पनि गर्न सकिँदैन। पार्ट खेल्न आउनै पर्छ। श्रीमतले नै तिमीलाई श्रेष्ठ बनाउँछ। मनुष्य मत त अनेक प्रकारका छन्।

ओम् शान्ति ।
अहिले यो कुरा त बच्चाहरूले जानेका छन् हामी बाबाका सामुन्ने बसेका छौं। बाबाले पनि जान्नुहुन्छ बच्चाहरू मेरो सामुन्ने बसेका छन्। यो पनि तिमी बच्चाहरूलाई थाहा छ बाबाले हामीलाई शिक्षा दिनुहुन्छ जुन फेरि अरूलाई दिनु छ। सबैभन्दा पहिला त बाबाको नै परिचय दिनु छ किनकि सबैले बाबालाई र बाबाको शिक्षालाई बिर्सिएका छन्। अहिले जो बाबाले पढाउनु हुन्छ यो ज्ञान फेरि ५ हजार वर्षपछि मिल्छ। यो ज्ञान फेरि अरू कसैलाई पनि हुँदैन। मुख्य भयो बाबाको परिचय, फेरि यी सबै कुरा सम्झाउनु छ। हामी सबै भाइ-भाइ हौं। सारा दुनियाँमा जति सबै आत्माहरू छन्, ती सबै आपसमा भाइ-भाइ हुन्। सबैले आफूलाई मिलेको पार्ट यो शरीरद्वारा खेल्छन्। अहिले त बाबा आउनु भएको छ नयाँ दुनियाँमा लैजानको लागि, जसलाई स्वर्ग भनिन्छ। तर अहिले हामी सबै भाइहरू पतित छौं, एक जना पनि पावन छैन। सबै पतितलाई पावन बनाउने एकै बाबा हुनुहुन्छ। यो हो नै पतित विकारी रावणको दुनियाँ। रावणको अर्थ नै हो ५ विकार स्त्रीमा, ५ विकार पुरुषमा। बाबाले धेरै सामान्य रीतिले सम्झाउनु हुन्छ। तिमीले पनि यसरी नै सम्झाउन सक्छौ। पहिला-पहिला यो सम्झाऊ हामी आत्माहरूका उहाँ पिता हुनुहुन्छ, सबै भाइ-भाइ हौं। सोध, यो ठीक छ? लेख हामी सबै भाइ-भाइ हौं। हाम्रा पिता पनि एक हुनुहुन्छ। हामी सबै आत्माहरूका उहाँ हुनुहुन्छ परम आत्मा (सुप्रीम सोल)। उहाँलाई पिता भनिन्छ। यो बुद्धिमा निश्चय गरेर राख्यौ भने सर्वव्यापी आदिको फोहोरमैला निस्कन्छ। अल्फको बारेमा पहिला पढाउनु छ। भन, पहिला यो राम्रोसँग बसेर लेख्नुहोस् पहिला सर्वव्यापी भन्दथेँ, अहिले बुझेँ सर्वव्यापी होइन। हामी सबै भाइ-भाइ हौं। सबै आत्माहरूले भन्छन् गड फादर, परमपिता परमात्मा, अल्लाह। पहिला त यो निश्चय हुनुपर्छ हामी आत्मा हौं, परमात्मा होइनौं। न हामीमा परमात्मा व्यापक हुनुहुन्छ। सबैमा आत्मा व्यापक छ। आत्माले शरीरको आधारमा अभिनय गर्छ। यो निश्चय गराऊ। ठीक छ, फेरि उहाँ पिताले सृष्टि चक्रको आदि, मध्य, अन्त्यको ज्ञान सुनाउनु हुन्छ। बाबाले नै शिक्षकका रूपमा बसेर सम्झाउनु हुन्छ। लाखौं वर्षको त कुरा होइन। यो चक्र अनादि बनी-बनाउ छ। बराबर कसरी छ यसलाई जान्नुपर्छ। सत्ययुग-त्रेता बितेर गयो, टिपोट गर्नुहोस्। त्यसलाई भनिन्छ स्वर्ग अनि सेमी स्वर्ग। त्यहाँ देवी-देवताहरूको राज्य चल्छ। सत्ययुगमा हुन्छन् १६ कला, त्रेतामा हुन्छन् १४ कला। सत्ययुगको प्रभाव धेरै ठूलो छ। नामै छ स्वर्ग, हेविन। नयाँ दुनियाँ सत्ययुगलाई भनिन्छ। त्यसको नै महिमा गर्नुपर्छ। नयाँ दुनियाँमा हुन्छ नै एक आदि सनातन देवी-देवता धर्म। निश्चय गराउनको लागि तिमीसँग चित्र पनि छन्। यो सृष्टिको चक्र घुमिरहन्छ। यो कल्पको आयु नै ५ हजार वर्ष हो। अब सूर्यवंशी-चन्द्रवंशी त बुद्धिमा बसेको छ। विष्णुपुरी नै परिवर्तन भएर राम-सीता पुरी बन्छ। उनको पनि डिनायस्टी चल्छ नि। दुई युग बितेर गए पछि फेरि आउँछ द्वापरयुग। रावणको राज्य। देवताहरू वाममार्गमा जान्छन् अनि विकारको सिस्टम बन्छ। सत्ययुग-त्रेतामा सबै निर्विकारी रहन्छन्। एकै आदि-सनातन देवी-देवता धर्म रहन्छ। चित्र पनि देखाउनु छ, मौखिक पनि सम्झाउनु छ। बाबाले शिक्षक बनेर हामीलाई यसरी पढाउनु हुन्छ। बाबाले आफ्नो परिचय स्वयं आएर दिनुहुन्छ। स्वयं भन्नुहुन्छ म आउँछु पतितलाई पावन बनाउनको लागि। त्यसैले मलाई शरीर अवश्य चाहिन्छ। नत्र कसरी कुरा गरुँ? म चैतन्य हुँ, सत्य हुँ र अमर हुँ। आत्मा सतो, रजो, तमोमा आउँछ। आत्मा नै पतित, आत्मा नै पावन बन्छ। आत्मामा नै सबै संस्कार हुन्छ। विगतको कर्म वा विकर्मको संस्कार आत्माले ल्याउँछ। सत्ययुगमा त विकर्म हुँदैन, कर्म गर्छन्, पार्ट खेल्छन्। तर त्यो कर्म अकर्म बन्छ। गीतामा पनि यो शब्द छ। अहिले तिमीले प्राक्टिकलमा बुझिरहेका छौ। जानेका छौ बाबा आउनु भएको छ, पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ दुनियाँ बनाउन, जहाँ कर्म अकर्म हुन्छ। त्यसलाई नै सत्ययुग भनिन्छ र यहाँ फेरि यो कर्म विकर्म नै हुन्छ जसलाई कलियुग भनिन्छ। तिमी अहिले छौ संगममा। बाबाले दुवैतिरका कुरा सुनाउनु हुन्छ। एक-एक कुरा राम्ररी सम्झनुपर्छ बाबा शिक्षकले के सम्झाउनु भयो? ठीक छ, बाँकी गुरुको कर्तव्य हो, उहाँलाई बोलाइएको नै छ आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्। आत्मा पावन बन्छ अनि शरीर पनि पावन बन्छ। जस्तो सुन, त्यस्तै गहना पनि बन्छन्। २४ क्यारेटको सुन लियौ र मिसावट गरेनौ भने गहना पनि त्यस्तै सतोप्रधान बन्छन्। मिसावट गरेमा फेरि तमोप्रधान बन्छन् किनकि मिसावट पर्छ नि। पहिला भारतवर्ष २४ क्यारेटको पक्का सुनको चिडिया थियो अर्थात् सतोप्रधान नयाँ दुनियाँ थियो, अहिले फेरि तमोप्रधान छ। पहिला शुद्ध सुन थियो। नयाँ दुनियाँ पवित्र, पुरानो दुनियाँ अपवित्र। मिसावट हुँदै जान्छ। यो कुरा बाबाले नै सम्झाउनु हुन्छ अरू कुनै मनुष्य गुरुहरूले जानेका छैनन्। आएर पावन बनाउनुहोस् भनी बोलाउँछन्। सद्गुरुको काम हो मनुष्यलाई गृहस्थबाट पार लगाएर वानप्रस्थ अवस्थामा लैजानु। त्यसैले यो सारा ज्ञान ड्रामा योजना अनुसार बाबाले नै आएर दिनुहुन्छ। उहाँ हुनुहुन्छ मनुष्य सृष्टिका बीजरूप। उहाँले नै सारा वृक्षको ज्ञान सम्झाउनु हुन्छ। शिवबाबाको नाम सदैव शिव नै हो। अरू आत्माहरू सबै आउँछन् पार्ट खेल्न, त्यसैले भिन्न-भिन्न नाम राख्छन्। बाबालाई बोलाउँछन् तर उहाँलाई चिन्दैनन् उहाँ कसरी भाग्यशाली रथमा आउनु हुन्छ, तिमीलाई पावन दुनियाँमा लैजान। बाबाले सम्झाउनु हुन्छ म उनको तनमा आउँछु, जो धेरै जन्मको अन्त्यमा छन्, पूरा ८४ जन्म लिएका छन्। राजाहरूका राजा बनाउनको लागि यो भाग्यशाली रथमा प्रवेश गर्नुपर्छ। पहिला नम्बरमा छन् श्रीकृष्ण। उनी हुन् नयाँ दुनियाँका मालिक। फेरि उनै तल उत्रिन्छन्। सूर्यवंशी, चन्द्रवंशी, फेरि वैश्य, शूद्रवंशी फेरि ब्रह्मावंशी बन्छन्। सत्ययुगीबाट त्रेतायुगी.... फेरि तिमी कलियुगीबाट सत्ययुगी बनिरहेका छौ। बाबा भन्नुहुन्छ म एक आफ्नो पितालाई याद गर। जसमा मैले प्रवेश गरेको छु, यिनको आत्मामा त यो ज्ञान अलिकति पनि थिएन। यिनमा म प्रवेश गर्छु, त्यसैले यिनलाई भाग्यशाली रथ भनिन्छ। बाबा स्वयं भन्नुहुन्छ म यिनको धेरै जन्मको अन्त्यमा आउँछु। गीतामा शब्द एक्युरेट छन्। गीतालाई नै सर्व शास्त्रमयी शिरोमणि भनिन्छ।

यो संगमयुगमा नै बाबा आएर ब्राह्मण कुल र देवी-देवता कुलको स्थापना गर्नुहुन्छ। अरूका बारेमा त सबैलाई थाहा छ नै, उहाँको बारेमा कसैलाई थाहा छैन। धेरै जन्मको अन्त्यमा अर्थात् संगमयुगमा नै बाबा आउनु हुन्छ। बाबा भन्नुहुन्छ म बीजरूप हुँ। कृष्ण त हुन् नै सत्ययुगका निवासी। उनलाई अरू ठाउँमा त कसैले देख्न सक्दैन। पुनर्जन्ममा त नाम, रूप, देश, काल सबै परिवर्तन हुन्छ। पहिला सानो बच्चा सुन्दर हुन्छ फेरि बढ्छ अनि त्यो शरीर छोडेर अर्को सानो शरीर लिन्छ। यो बनी-बनाउ खेल हो। ड्रामाभित्र निश्चित छ। अर्को शरीरमा त उनलाई कृष्ण भनिदैन। त्यो अर्को शरीरको नाम आदि फेरि अर्कै हुन्छ। समय, फीचर्स, तिथि, मिति आदि सबै परिवर्तन हुन्छ। भनिन्छ विश्वको इतिहास-भूगोल हुबहु दोहोरिन्छ। त्यसैले यो ड्रामा दोहोरिइरहन्छ। सतो, रजो, तमोमा आउनु नै छ। सृष्टिको नाम, युगको नाम सबै परिवर्तन हुन्छ। अहिले यो हो संगमयुग। म आउँछु नै संगमयुगमा। यो कुरा हामीले भित्र पक्का निश्चय गर्नुपर्छ। बाबा हाम्रा बाबा, शिक्षक, गुरु हुनुहुन्छ जसले फेरि सतोप्रधान बन्ने युक्ति धेरै राम्रोसँग बताउनु हुन्छ। गीतामा पनि छ देह सहित देहका सबै धर्मलाई छोडेर आफूलाई आत्मा सम्झ। अवश्य पनि फर्केर आफ्नो घर जानु छ। भक्तिमार्गमा कति मेहनत गर्छन्, भगवानको पासमा जानको लागि। त्यो हो मुक्तिधाम। हामी कर्मबाट मुक्त निराकारी दुनियाँमा गएर बस्छौं। कलाकार घर गएपछि पार्टबाट मुक्त हुन्छ। हामीले मुक्ति पाउँ भनी सबैले चाहन्छन्। तर मुक्ति त कसैलाई पनि मिल्न सक्दैन। यो ड्रामा अनादि अविनाशी छ। कसैले मलाई यो पार्ट खेल्न मन छैन भने पनि यसमा कसैले केही गर्न सक्दैन। यो अनादि ड्रामा बनेको छ। एक जनाले पनि मुक्ति पाउन सक्दैन। ती सबै हुन् अनेक प्रकारका मनुष्य मत। यो हो श्रीमत, श्रेष्ठ बनाउनको लागि। मनुष्यलाई श्रेष्ठ भनिदैन। देवताहरूलाई श्रेष्ठ भनिन्छ। उनीहरूका अगाडि सबैले नमन गर्छन्। त्यसैले उनीहरू श्रेष्ठ भए नि! तर यो पनि कसैलाई थाहा छैन। अहिले तिमीले सम्झन्छौ ८४ जन्म त लिनै पर्ने हुन्छ। श्रीकृष्ण देवता हुन्, वैकुण्ठका राजकुमार। उनी यहाँ कसरी आउलान्। न उनले गीता सुनाए। केवल देवता थिए, त्यसैले सबै मानिसहरूले उनलाई पूजा गर्छन्। देवता हुन्छन् पावन, मनुष्य स्वयं पतित ठहरिए। भन्छन् पनि मुझ निर्गुण हारे में कोई गुण नाही... हजुरले मलाई यस्तो बनाउनुहोस्। शिवका अगाडि गएर भन्छन् हामीलाई मुक्ति दिनुहोस्। उहाँ कहिल्यै जीवनमुक्ति, जीवन बन्धनमा आउँदै आउनुहुन्न। त्यसैले उहाँलाई मुक्ति दिनुहोस् भनी पुकार्छन्। जीवनमुक्ति पनि उहाँले नै दिनुहुन्छ।

अहिले तिमीले सम्झन्छौ हामी सबै बाबा र मम्माका बच्चा हौं, उहाँहरूबाट हामीलाई अथाह धन मिल्छ। मनुष्यहरूले त नबुझिकनै मागिरहन्छन्। बेसमझ त अवश्य पनि दु:खी नै हुन्छन् नि! अथाह दु:ख भोग्नुपर्छ। यी सबै कुरा बच्चाहरूले बुद्धिमा राख्नुपर्छ। बेहदका बाबालाई नजानेका हुनाले आपसमा कति लडिरहन्छन्। अनाथ बन्छन्। ती हुन्छन् हदका अनाथ, यी हुन् बेहदका अनाथ। बाबाले नयाँ दुनियाँ स्थापन गर्नुहुन्छ। अहिले हो नै पतित आत्माहरूको पतित दुनियाँ। पावन दुनियाँ सत्ययुगलाई भनिन्छ, पुरानो दुनियाँलाई कलियुग भनिन्छ। बुद्धिमा यी सबै कुरा छन् नि। पुरानो दुनियाँको विनाश भएपछि फेरि नयाँ दुनियाँमा ट्रान्सफर हुन्छौं। अहिले हामी अस्थायी रूपमा संगमयुगमा छौं। पुरानो दुनियाँ नयाँ बनिरहेको छ। नयाँ दुनियाँको बारेमा पनि थाहा छ। तिम्रो बुद्धि अब नयाँ दुनियाँमा जानुपर्छ। उठ्दा-बस्दा यही बुद्धिमा रहिरहोस् हामीले पढाइ पढिरहेका छौं। बाबाले हामीलाई पढाउनु हुन्छ। विद्यार्थीलाई यो याद हुनुपर्छ फेरि पनि त्यो याद नम्बरवार पुरुषार्थ अनुसार रहन्छ। बाबाले पनि नम्बरवार पुरुषार्थ अनुसार याद-प्यार दिनुहुन्छ। राम्ररी पढ्नेहरूलाई टिचरले अवश्य पनि धेरै प्यार गर्छन्। कति अन्तर पर्छ। अहिले बाबाले त सम्झाइरहनु हुन्छ। बच्चाहरूले धारण गर्नुपर्छ। एक बाबामा सिवाय अन्त कहीं बुद्धि नजाओस्। बाबालाई याद नगर्ने हो भने पाप कसरी काटिन्छ? मायाले घरी-घरी तिम्रो बुद्धियोग तोडिदिन्छ। मायाले धेरै धोका दिन्छ। बाबाले उदाहरण दिनुहुन्छ भक्ति मार्गमा मैले लक्ष्मीको धेरै पूजा गर्थें। चित्रमा लक्ष्मीले पाउ दबाइरहेको देखेपछि उनलाई मुक्त गराइदिएँ। उहाँको यादमा बस्दा जब बुद्धि यतात्यति जान्थ्यो अनि आफूलाई थप्पड लगाउँथें बुद्धि अन्त किन जान्छ? आखिरमा विनाश पनि देखें स्थापना पनि देखें। साक्षात्कारको आशा पूरा भयो, सम्झें अब यो नयाँ दुनियाँ आउँछ, म यस्तो बन्छु। बाँकी यो पुरानो दुनियाँ त विनाश हुन्छ। पक्का निश्चय भयो। आफ्नो राजधानीको पनि साक्षात्कार भयो, बाँकी यो रावणको राज्यलाई के गर्ने, जबकि स्वर्गको राजाई मिल्छ, यो भयो ईश्वरीय बुद्धि। ईश्वरले प्रवेश गरेर यो बुद्धि चलाउनु भयो। ज्ञान कलश त माताहरूलाई मिल्छ, त्यसैले माताहरूलाई नै सबै कुरा दिएँ, तिमीहरूले कारोबार सम्हाल, सबैलाई सिकाऊ। सिकाउँदै-सिकाउँदै यहाँसम्म आयौ। एक अर्कालाई सुनाउँदा-सुनाउँदा हेर अहिले कति भयौ। आत्मा पवित्र हुँदै जान्छ अनि आत्मालाई शरीर पनि पवित्र चाहिन्छ। सम्झन्छन् पनि फेरि मायाले बिर्साइदिन्छ।

तिमीले भन्छौ ७ दिन पढ्नुहोस् तर भन्छन् भोलि आउँला। अर्को दिन मायाले समाप्त पारिदिन्छ। आउँदै आउँदैनन्। भगवानले पढाउनु हुन्छ तर भगवानसँग आएर पढ्दैनन्! भन्छन् पनि हुन्छ, अवश्य आउने छौं तर मायाले उडाइदिन्छ। रेगुलर हुनै दिँदैन। जसले कल्प पहिला पुरुषार्थ गरेका छन् उनले अवश्य गर्नेछन्, जाने अरू कुनै हट्टी छैन। तिमीले पुरुषार्थ धेरै गर्छौ। ठूला-ठूला म्युजियम बनाउँछौ। जसले कल्प पहिला सम्झेका थिए उनैले सम्झन्छन्। विनाश हुनु नै छ। स्थापना पनि हुँदै जान्छ। आत्माले पढेर फस्टक्लास शरीर लिन्छ। यो लक्ष्य-उद्देश्य हो नि। यो याद किन आउन सक्दैन। अब हामी नयाँ दुनियाँमा जान्छौं, आफ्नो पुरुषार्थ अनुसार। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बुद्धिमा सदा याद रहोस् अहिले हामी थोरै समयको लागि संगमयुगमा बसेका छौं, पुरानो दुनियाँ विनाश भएपछि हामी नयाँ दुनियाँमा जान्छौं। त्यसैले यसबाट बुद्धियोग निकालिदिनु छ।

२) सबै आत्माहरूलाई बाबाको परिचय दिएर कर्म, अकर्म, विकर्मको गहन गति सुनाउनु छ, पहिला परमात्माको पाठमा नै निश्चय गराउनु पर्छ।

वरदान:
कर्म र योगको सन्तुलनद्वारा कर्मातीत स्थितिको अनुभव गर्ने कर्मबन्धन मुक्त भव

कर्मको साथ-साथै योगको पनि सन्तुलन भयो भने हर कर्ममा स्वत: सफलता प्राप्त हुन्छ। कर्मयोगी आत्मा कहिल्यै कर्मको बन्धनमा फँस्दैनन्। कर्मको बन्धनबाट मुक्त हुनुलाई नै कर्मातीत भनिन्छ। कर्मातीतको अर्थ यो होइन कि कर्मबाट अतीत बन्नु। कर्मबाट अलग होइन, कर्मको बन्धनमा फँस्नुबाट अलग बन। यस्ता कर्मयोगी आत्मा आफ्नो कर्मबाट अनेकौंको कर्म श्रेष्ठ बनाउनेवाला हुन्छन्। उनको लागि हर कार्य मनोरञ्जन लाग्छ, मुश्किल अनुभव हुँदैन।

स्लोगन:
परमात्म-प्यार नै समयको घण्टी हो, जसले अमृतबेला उठाइदिन्छ।