04.11.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– पावन
बनेर गति-सदगतिको लायक बन। पतित आत्मा गति-सदगतिको लायक हुँदैन। बेहदका बाबाले
तिमीलाई बेहदको लायक बनाउनु हुन्छ।”
प्रश्न:–
पिताव्रता
कसलाई भनिन्छ? त्यसको मुख्य निशानी सुनाऊ?
उत्तर:–
पिताव्रता ऊ हो, जो बाबाको श्रीमतमा पूरा चल्छ। अशरीरी बन्ने अभ्यास गर्छ,
अव्यभिचारी यादमा रहन्छ। यस्ता सपुत बच्चाले नै सबै कुराको धारणा गर्न सक्छ। उसको
चिन्तन सदा सेवाप्रति चलिरहन्छ। उसको बुद्धिरूपी पात्र पवित्र हुँदै जान्छ। उसले
कहिल्यै पनि सम्बन्ध-बिच्छेद गर्न सक्दैन।
गीत:–
मुझको सहारा
देने वाले...
ओम् शान्ति ।
प्यारा
बच्चाहरूले कृतज्ञता प्रकट गर्छन् नम्बरवार पुरुषार्थ अनुसार। सबैले एकै प्रकारले
कृतज्ञता प्रकट गर्दैनन्, जो राम्रो निश्चयबुद्धिका हुन्छन् र जो बाबाको सेवामा
दिलोज्यान एवं अति प्रेमपूर्वक उपस्थित हुन्छन्, उनीहरूले नै भित्रबाट कृतज्ञता
प्रकट गर्छन्– बाबा कमाल छ हजुरको, हामीले त केही पनि जानेका थिएनौं। हामी त लायक
थिएनौं– हजुरसँग मिल्नको लागि। त्यो त अवश्य हो, मायाले सबैलाई नालायक बनाइदिएको छ।
उनीहरूलाई थाहा छैन स्वर्गको लायक कसले बनाउँछ र नर्कको लायक कसले बनाउँछ? उनीहरूले
त सम्झन्छन्– गति एवं सदगति दुवैको लायक बनाउनु हुन्छ बाबाले। नत्र, त्यहाँको लायक
कोही छँदैछैन। स्वयं भन्छन् म पतित छु। यो दुनियाँ नै पतित छ। साधु-सन्त आदि कसैले
पनि बाबालाई चिन्दैनन्। अहिले बाबाले तिमी बच्चाहरूलाई आफ्नो परिचय दिनु भएको छ।
काइदा पनि छ बाबाले नै आएर परिचय दिनु छ। यहाँ नै आएर लायक बनाउनु छ, पावन बनाउनु
छ। त्यहाँ बसेर यदि पावन बनाउन सक्न हुन्थ्यो भने फेरि यति नालायक बन्थ्यो नै किन?
तिमी बच्चाहरूमा पनि
नम्बरवार पुरुषार्थ अनुसार नै निश्चयबुद्धि छौ। बाबाको परिचय कसरी दिनुपर्छ– यो पनि
अक्कल हुनुपर्छ। शिवाय नम: पनि अवश्य छ। उहाँ माता-पिता सर्वोच्च हुनुहुन्छ। ब्रह्मा,
विष्णु, शङ्कर त रचना हुन्। उनीहरूलाई रचना गर्ने पिता अवश्य हुनुपर्छ, माता पनि
हुनुपर्छ। सबैका परमपिता परमात्मा त एक हुनुहुन्छ अवश्य। निराकारलाई नै परमात्मा
भनिन्छ। रचयिता सदा एउटै हुनुहुन्छ। सबैभन्दा पहिला त परिचय दिनुपर्छ परमात्माको।
यो युक्तियुक्त परिचय कसरी दिने– यो पनि बुझ्नु छ। भगवान नै ज्ञानका सागर हुनुहुन्छ,
उहाँले नै आएर राजयोग सिकाउनुभयो। उहाँ भगवान को हुनुहुन्छ? पहिला परमात्माको परिचय
दिनु छ। बाबा पनि निराकार हुनुहुन्छ, आत्मा पनि निराकार छ। उहाँ निराकार बाबा आएर
बच्चाहरूलाई वर्सा दिनुहुन्छ। कसैद्वारा त सम्झाउनु हुन्छ नि। नत्र राजाहरूको राजा
कसरी बनाउनुभयो? सत्ययुगी राज्य कसले स्थापना गर्यो? स्वर्गका रचयिता को हुनुहुन्छ?
अवश्य स्वर्ग स्थापक परमपिता परमात्मा नै हुनुपर्छ। उहाँ निराकार हुनुपर्छ। सबैभन्दा
पहिला पिताको पहिचान दिनुपर्छ। कृष्णलाई एवं ब्रह्मा, विष्णु, शङ्करलाई पिता भनिदैन।
उनीहरूलाई त रचना गरिन्छ। सूक्ष्मवतनवासीलाई पनि रचना गरिन्छ, ती पनि रचना हुन् फेरि
स्थूलवतन वासीलाई भगवान कसरी भन्ने। गायन गरिन्छ देवताय नम:, त्यो हो शिवाय नम:,
मुख्य हो नै यो कुरा। अब प्रदर्शनीमा त घरी घरी एउटै कुरा सम्झाइदैन। यो कुरा त
एक-एकलाई राम्रोसँग सम्झाउनु पर्छ। निश्चय गराउनु पर्छ। जो आए पनि उनीहरूलाई पहिला
यो बताउनु पर्छ– आउनुहोस् तपाईंहरूलाई बाबाको साक्षात्कार गराउँछौं। बाबाबाट नै
तिमीलाई वर्सा मिल्नु छ। बाबाले नै गीतामा राजयोग सिकाउनु भएको हो। कृष्णले सिकाएका
होइनन्। बाबा नै गीताका भगवान हुनुहुन्छ। नम्बरवन कुरा हो यो। कृष्ण भगवानुवाच होइन।
रुद्र भगवानुवाच वा सोमनाथ, शिव भगवानुवाच भनिन्छ। हरेक मनुष्यको जीवन कहानी आ-आफ्नै
हुन्छ। एकसँग अर्काको मिल्दैन। त्यसैले जो आए पनि सबैभन्दा पहिला यो कुरालाई
सम्झाउनु पर्छ। सम्झाउने मूल कुरा यो हो। परमपिता परमात्माको कर्तव्य यो हो। उहाँ
बाबा हुनुहुन्छ, यिनी बच्चा हुन्। उहाँ स्वर्ग स्थापक पिता हुनुहुन्छ, यी स्वर्गका
राजकुमार हुन्। यो बिल्कुल स्पष्ट गरेर सम्झाउनु छ। मुख्य हो गीता, त्यसैका आधारमा
नै अरू शास्त्र बनेका हुन्। सर्वशास्त्रमयी शिरोमणी भगवत गीता हो। मनुष्यले भन्छन्
तिमीले शास्त्र, वेद आदिलाई मान्छौ? अरे, हरेकले आफ्नो धर्मशास्त्रलाई मान्छन्। सबै
शास्त्रहरूलाई कहाँ मान्छन्। हो, सबै शास्त्र हुन् अवश्य। तर शास्त्रलाई जान्नुभन्दा
पनि पहिला मुख्य कुरा हो बाबालाई जान्नु जसबाट वर्सा प्राप्त हुनु छ। वर्सा
शास्त्रहरूबाट मिल्दैन। वर्सा मिल्छ बाबाबाट। बाबाले जुन ज्ञान दिनुहुन्छ, वर्सा
दिनुहुन्छ, त्यसको पुस्तक बनेको छ। सबैभन्दा पहिला त गीतालाई धारण गर्नु छ। गीताका
भगवान को हुनुहुन्छ? त्यसमा नै राजयोगको कुरा आउँछ। राजयोग अवश्य पनि नयाँ दुनियाँको
लागि हुन्छ। भगवान आएर पतित त बनाउनु हुन्न। उहाँले त पावन महाराजा बनाउनु छ।
सबैभन्दा पहिला बाबाको परिचय दिएर यो लेखाऊ– अवश्य मैले निश्चय गर्छु उहाँ हाम्रो
पिता हुनुहुन्छ। सबैभन्दा पहिला सम्झाउनु छ शिवाय नम:, तिमी माता-पिता... महिमा पनि
उहाँ बाबाको नै छ। भगवानले यहाँ आएर भक्तिको फल पनि दिनु छ। भक्तिको फल के हो, यो
तिमीले जानेका छौ। जसले धेरै भक्ति गरेको हुन्छ, उसैलाई नै फल मिल्छ। यो कुरा कुनै
शास्त्रमा छैन। तिमीहरू मध्ये पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। सम्झाइन्छ–
तिम्रो बेहदका माता-पिता उहाँ हुनुहुन्छ। जगत् अम्बा, जगत् पिताको पनि गायन गरिन्छ।
एडम एवं ईवलाई त मनुष्यले जानेका छन्। ईवलाई मदर भन्ने गर्छन्। सही अर्थमा उहाँ को
हुनुहुन्छ, यो कुरा कसैले जान्दैनन्। बाबा बसेर सम्झाउनु हुन्छ। हो, कसैले तुरुन्तै
त बुझ्दैन। पढाइमा समय लाग्छ। पढ्दापढ्दै गएर अधिवक्ता बन्छन्। लक्ष्य उद्देश्य
अवश्य छ, देवता बन्ने हो भने सबैभन्दा पहिला बाबाको परिचय दिनु छ। गायन पनि गर्छन्
तिमी माता-पिता... अनि फेरि भन्छन् पतित-पावन आउनुहोस्। तब पतित दुनियाँ एवं पावन
दुनियाँ केलाई भनिन्छ, के कलियुग अझै ४० हजार वर्ष रहन्छ? ठिकै छ, पावन बनाउने त उहाँ
एक बाबा हुनुहुन्छ नि। स्वर्ग स्थापना गर्नेवाला हुनुहुन्छ परमपिता परमात्मा। कृष्ण
त हुन सक्दैनन्। उनले त वर्सा लिएका छन्। कृष्ण हुन् स्वर्गका राजकुमार अनि शिवबाबा
हुनुहुन्छ स्वर्गका रचयिता। उनी हुन् रचना, प्रथम राजकुमार। यो पनि स्पष्ट गरेर
ठुला-ठुला अक्षरमा लेख्नुपर्छ, त्यसपछि तिमीलाई सम्झाउन सहज हुन्छ। रचयिता एवं
रचनाको परिचय हुन्छ। रचयिता नै ज्ञानका सागर हुनुहुन्छ। उहाँले नै राजयोग सिकाउनु
हुन्छ। उहाँ कुनै राजा हुनुहुन्न, उहाँले राजयोग सिकाएर राजाहरूको पनि राजा बनाउनु
हुन्छ। भगवानले राजयोग सिकाउनु भएको हो, श्रीकृष्णले राज्य पद पाएका हुन्, उनले नै
गुमाएका हुन्, फेरि उनले नै पाउनु पर्छ। चित्रहरूद्वारा धेरै राम्रोसँग सम्झाउन
सकिन्छ। बाबाको कर्तव्य अवश्य हुनुपर्छ। श्रीकृष्णको नाम राख्नाले भारतवर्ष
कौडीजस्तो बनेको छ। शिवबाबालाई चिनेपछि भारतखण्ड हीराजस्तो बन्छ। तर जब बुद्धिमा
बस्छ– यहाँ हाम्रो बाबा हुनुहुन्छ। बाबाले पहिला सुरुमा नयाँ स्वर्गको दुनियाँ रचना
गर्नुभयो। अहिले त यो पुरानो दुनियाँ हो। गीतामा छ राजयोग। वेलायतकाले पनि चाहन्छन्–
राजयोग सिकौं। यो गीताबाटै सिकेका हुन्। अहिले तिमीले पिता को हुनुहुन्छ त्यो जानेका
छौ, अरूलाई पनि सम्झाउने कोसिस गर्छौ । उहाँ सर्वव्यापी हुनुहुन्न। यदि सर्वव्यापी
भए फेरि राजयोग कसरी सिकाउनु हुन्छ? यस भुलको बारेमा धेरै चिन्तन चल्नुपर्छ। जो
सेवामा तत्पर रहन्छन् उनैलाई नै यो चिन्तन चल्नेछ। धारणा पनि तव हुन्छ जब बाबाको
श्रीमतमा चल्नेछौ, अशरीरी भव, मनमनाभव भइरहने छौ, पतिव्रता वा पिताव्रता बन्छौ अथवा
सपुत बच्चा बन्छौ।
बाबा आदेश गर्नुहुन्छ–
जति हुनसक्छ यादलाई बढाउँदै जाऊ। देह-अभिमानमा आएपछि तिमीले याद गर्दैनौ न बुद्धि
पवित्र हुन्छ। भनिन्छ शेरनीको दुधको लागि सुनको भाँडो चाहिन्छ। यसमा पनि पिताव्रता
बर्तन चाहिन्छ। अव्यभिचारी पिताव्रता धेरै कम छन्। कसैले त बिल्कुलै जान्दैनन्। साना
बच्चाजस्तै हुन्छन्। बस्न त यहीं बसेका हुन्छन् तर केही पनि बुझ्दैनन्। जसरी
बच्चाहरूलाई बचपनमै विवाह गरिदिन्छन् नि। काखमा बच्चालाई लिएर विवाह गराइन्छ। एक
अर्कामा मित्रता हुन्छ। धेरै प्रेम भयो भने तुरुन्तै विवाह गराइदिन्छन्, यहाँ पनि
यस्तै हो। मगनी गर्छन् तर बुझ्न भने केही पनि बुझ्दैनन्। हामी मम्मा बाबाका बनेका
छौं, उहाँहरूबाट वर्सा लिनु छ। केही पनि जान्दैनन्। आश्चर्य छ नि। ५-६ वर्ष रहेर पनि
फेरि बाबालाई अथवा पतिसँग सम्बन्ध बिच्छेद गरिदिन्छन्। मायाले यति धेरै सताउँछ।
त्यसैले सबैभन्दा
पहिला सुनाउनु पर्छ– शिवाय नम:। ब्रह्मा, बिष्णु, शङ्करका रचयिता पनि यहाँ
हुनुहुन्छ। ज्ञानका सागर यहाँ शिव हुनुहुन्छ। त्यसैले अब के गर्नु पर्छ?
त्रिमूर्तिको छेउमा ठाउँ खाली हुन्छ, त्यसमा लेख्नुपर्छ– शिवबाबा र कृष्ण दुवैको
कर्तव्य नै अलग छ। पहिला जब यो कुरा सम्झाउँछौ तब बुद्धिको कपाट खुल्छ। अरू पढाइ हो
भविष्यको लागि। यस्तो पढाइ कुनै हुँदैन। शास्त्रबाट यो अनुभव हुन सक्दैन। तिम्रो
बुद्धिमा छ– हामीले पढ्छौं सत्ययुग आदिको लागि। पढाइ पूरा हुन्छ अनि हाम्रो अन्तिम
परीक्षा हुन्छ। गएर राज्य गर्नेछौं। गीता सुनाउनेले यस्ता कुरा बुझाउन सक्दैनन्।
पहिला त बाबालाई चिन्नु छ। बाबाबाट वर्सा लिनु छ। बाबा नै त्रिकालदर्शी हुनुहुन्छ,
दुनियाँमा अरू कुनै मनुष्य त्रिकालर्शी छैन। वास्तवमा जो पूज्य छ उही फेरि पुजारी
बन्छ। भक्ति पनि तिमीले गरेका छौ, अरू कसैले जान्दैनन्। जसले भक्ति गरेका छन् उनै
पहिलो नम्बरमा ब्रह्मा त्यसपछि ब्रह्मा मुखवंशावली हुन्। आफै पूज्य यिनै बन्छन्।
पहिलो नम्बरको पूज्य नै फेरि पहिलो नम्बरमा पुजारी बनेका हुन्, फेरि पूज्य बन्छन्।
भक्तिको फल पनि पहिला उनैलाई मिल्छ। ब्राह्मण पनि पढेर फेरि देवता बन्छन्– यो कहीँ
पनि लेखिएको छैन। भीष्म पितामह आदिलाई थाहा त भएको थियो– यिनद्वारा ज्ञानवाण हान्न
लगाउने कोही अरू छ। यो सम्झन्छन् अवश्य– कुनै तागत छ। अहिले पनि भन्छन् कुनै तागत छ
जसले यिनीहरूलाई सिकाउँछ।
बाबा देख्नुहुन्छ यी
सबै मेरा बच्चाहरू हुन्। यी आँखाबाट नै देखिन्छ। जसरी पितृ (श्राद्ध) खुवाउँछन् अनि
आत्मा आउँछ र देख्छ– यो फलाना हो। खाएपछि आँखा आदि उनैका जस्ता बन्छन्। तिनीहरूले
अस्थायी ऋण लिन्छन्। यो कुरा भारतखण्डमा नै हुन्छ। प्राचीन भारतखण्डमा सबैभन्दा
पहिला राधे-कृष्ण थिए। उनीहरूलाई जन्म दिनेवालालाई उच्च गनिदैन। उनीहरू त कम पास
भएका हुन् नि। महिमा सुरुहुन्छ कृष्णबाट। राधे-कृष्ण दुवै आ-आफ्ना राजधानीमा आउँछन्।
उनीहरूका माता-पिताकोभन्दा बच्चाहरूको नाम उच्च छ। कति अनौठो कुरा छ। गुप्त खुशी
हुन्छ। बाबा भन्नुहुन्छ– म साधारण तनमा नै आउँछु। यति धेरै माताहरूको समूहलाई
सम्हाल्नु छ त्यसैले साधारण तन लिइएको हो, जसबाट खर्च चलिरहन्छ। शिवबाबाको भण्डारा
हो। भोला भण्डारी, अविनाशी ज्ञान रत्नहरूको पनि हो अनि फेरि गोद लिइएका बच्चाहरू छन्,
उनीहरूको पनि सम्हाल हुँदै जान्छ। यो त बच्चाहरूले नै जानून्।
सबैभन्दा पहिला जब
सुरु गर्छौ तब भन शिव भगवानुवाच– उहाँ सबैका रचयिता हुनुहुन्छ फेरि कृष्णलाई ज्ञानका
सागर, परमपिता परमात्मा कसरी भन्न सकिन्छ? लिखत यस्तो स्पष्ट होस् जो पढ्दा
राम्रोसँग बुद्धिमा बसोस्। कसैकसैलाई त बुझ्नलाई नै दुई तीन वर्ष लाग्छ। भगवानले
आएर भक्तिको फल दिनु छ। ब्रह्माद्वारा बाबाले यज्ञ रच्नुभयो। ब्राह्मणहरूलाई
पढाउनुभयो, ब्राह्मणबाट देवता बनाउनुभयो। फेरि तल आउनु नै छ। धेरै राम्रो सम्झाउनु
छ। पहिला यो सिद्ध गरेर बताउनु छ– श्रीकृष्ण हेविनली प्रिन्स हुन्, हेविनली गड फादर
होइनन्। सर्वव्यापीको ज्ञानबाट बिल्कुलै तमोप्रधान बनेका छन्। जसले बादशाही दिनुभयो
उहाँलाई बिर्सिएका छन्। कल्प कल्प बाबाले राज्य दिनुहुन्छ र फेरि हामीले बाबालाई
बिर्सिन्छौं। धेरै आश्चर्य लाग्छ। सारा दिन खुशीमा नाच्नुपर्छ। बाबाले हामीलाई
विश्वको मालिक बनाउनु हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अव्यभिचारी पिताव्रता भएर रहनु छ। यादलाई बढाउँदै बुद्धिलाई पवित्र बनाउनु छ।
२) बाबाको
युक्तियुक्त परिचय दिने विधि निकाल्नु छ। विचार सागर मंथन गरेर परमात्मालाई सिद्ध
गर्नु छ। निश्चयबुद्धि बनेर सेवा गर्नु छ।
वरदान:–
स्व-परिवर्तनद्वारा विश्व परिवर्तनको निमित्त बन्ने श्रेष्ठ सेवाधारी भव
तिमी बच्चाहरूले
स्व-परिवर्तनबाट विश्व परिवर्तन गर्ने ठेक्का (कन्ट्रयाक्ट) लिएका छौ। स्व-परिवर्तन
नै विश्व-परिवर्तनको आधार हो। स्व-परिवर्तन विना कुनै आत्माप्रति जति मेहनत गरे पनि
परिवर्तन हुन सक्दैन किनकि अहिलेको समयमा केवल सुनेर परिवर्तन हुँदैनन्, देखेर
परिवर्तन हुन्छन्। कति बन्धनमा फसाउने आत्माहरू पनि तिम्रो जीवनको परिवर्तन देखेर
परिवर्तन हुनेछन्। त्यसैले गरेर देखाउनु, परिवर्तन भएर देखाउनु नै श्रेष्ठ सेवाधारी
बन्नु हो।
स्लोगन:–
समय, सङ्कल्प
र बोलीको शक्तिलाई व्यर्थबाट समर्थमा परिवर्तन गरिदियौ भने शक्तिशाली बन्छौ।