04.12.18          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो रूहानी योग हो सदा स्वस्थ बन्नको लागि किनकि तिमी पवित्रताका सागर सँग योग लगाउँछौ , पवित्र दुनियाँ स्थापना गर्छौ।

प्रश्न:
निश्चयबुद्धि बच्चाहरूलाई सबैभन्दा पहिला कुनचाहिँ निश्चय पक्का हुनु पर्छ? त्यस निश्चयको निशानी के हुन्छ?

उत्तर:
हामी एक बाबाका सन्तान हौं, बाबाबाट हामीलाई दैवी स्वराज्य मिल्छ। यो सबैभन्दा पहिला पक्का निश्चय हुनु पर्छ। निश्चय भयो भने तुरुन्त बुद्धिमा आउँछ, हामीले जुन भक्ति गरेका थियौं त्यो पूरा भयो, अब स्वयं भगवान् हामीलाई मिलेको छ। निश्चयबुद्धि बच्चाहरू नै अधिकारी (वारिस) बन्छन्।

गीत:
ओ दूर के मुसाफिर...

ओम् शान्ति।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ दूर देशका यात्री त सबै हुन्। सबै आत्माहरू धेरै टाढा परमधामका रहनेवाला हुन्। यो पनि शास्त्रमा छ। आत्मा दूर रहन्छ, जहाँ सूर्य चन्द्रमाको प्रकाश पुग्दैन। मूलवतन र सूक्ष्मवतनमा कुनै नाटक हुँदैन। नाटक यस स्थूलवतनको हो, जसलाई नै मनुष्य सृष्टि भनिन्छ। मूलवतन र सूक्ष्मवतनमा कुनै ८४ जन्महरूको चक्र छैन। चक्र मनुष्य सृष्टिमा देखाइन्छ। मनुष्य सृष्टि के चीज हो, मनुष्य केबाट बनेको हो। मनुष्यमा एक त आत्मा छ, दोस्रो शरीर छ। ५ तत्त्वहरूको पुतला बन्छ। त्यसमा आत्मा प्रवेश गरेर पार्ट खेल्छ। त्यसैले दूरका निवासी त सबै हुन्। तर तिमीले निश्चय गर्छौ। मनुष्यहरूमा निश्चय छैन। बाबाले सम्झाउनु भएको छ मलाई दूर देशका रहनेवाला त भन्छौ तर तिमी सबै आत्माहरूको निवास स्थान पनि एकै हो। त्यस नाटकमा जो पार्ट खेल्छन्, त्यसमा त हरेकको आ-आफ्नो घर हुन्छ नि। त्यहाँबाट आएर पार्ट खेल्छन्। यहाँ तिमी बच्चाहरूले सम्झन्छौं हामी सबै एकै बाबाका बच्चाहरू हौं, एउटै घर परमधाममा रहन्छौं। त्यो हो ब्रह्म महतत्त्व, यो हो आकाश तत्त्व। यहाँ पार्ट बजाउँछन्, दिन-रात हुन्छ त्यसैले सूर्य-चन्द्रमा पनि छन्। मूलवतनमा त दिन-रात हुँदैन। यी सूर्य-चन्द्रमा कुनै देवता होइनन्। यी त सृष्टिरूपी नाटक मञ्चलाई उज्यालो गर्ने बत्तीहरू हुन्। दिनमा सूर्यले उज्यालो दिन्छ, रातमा चन्द्रमाको प्रकाश हुन्छ। सबै मनुष्यले चाहन्छन् मुक्तिधाममा जाऔं। जान्दछन् भगवान् माथि बस्नुहुन्छ। भगवानलाई पनि याद गर्छन् हे परमपिता परमात्मा! तब बुद्धि माथितिर जान्छ। आत्माले बुझेको छ तर अज्ञान छाएको छ। यो पनि जान्दछन् हामी यहाँ रहनेवाला होइनौं। हाम्रो बाबा त्यहाँ हुनु हुन्छ। मुखबाट ओ गड फादर भन्छन् पनि। फेरि भनिदिन्छन् सबै पिता हुन्, गड सर्वव्यापी हुनु हुन्छ। बच्चाहरूलाई सम्झाइएको छ सबै त पिता होइनन्। सबै आत्माहरू आपसमा भाइ-भाइ हुन्। यो नजानेका कारण लडाईं झगडा गरिरहन्छन्। तिमी आत्माहरू भाइ-भाइ हौ, एक बाबाका सन्तान बनेका छौ। निश्चयबुद्धि पनि नम्बरवार छन्। लौकिक सम्बन्धमा निश्चय रहन्छ नै, पिताबाट वर्सा प्राप्त गर्नु छ। यहाँ बाबाबाट मायाले घरी-घरी मुख फर्काइदिन्छ। सर्वशक्तिमान बाबाको बन्छौ भने माया पनि सर्वशक्तिमान भएर लड्छ। पाँच विकारमाथि विजय प्राप्त गर्ने युद्ध हो। युद्ध त प्रसिद्ध छ। बाँकी शास्त्रहरूमा जो कौरव-पाण्डव देखाउँछन् त्यो कुरा होइन। यो रावणसँगको युद्ध पनि बडो ठूलो छ। हामी चाहन्छौ बाबाको यादमा रहेर हामी सम्पूर्ण बनौं, आत्मा पवित्र बनोस्। योग बाहेक अरू त कुनै बाटो छैन। अरू जति पनि योग सिक्छन्, ती कुनै पवित्रताको लागि होइन। ती त सबै स्थूल योग हुन्, अल्पकालको लागि अनि यो रूहानी योग हो सदा स्वस्थ हुनको लागि, पवित्रताका सागर सँग योग लगाउनाले हामी पवित्र बन्छौं। बाबा भन्नुहुन्छ यस योग अग्निबाट तिम्रो जन्म-जन्मान्तरका पाप भस्म हुन्छन्। बुद्धिले पनि भन्छ यो पतित दुनियाँ हो। कसै सँग पनि सोध यो सत्ययुग हो वा कलियुग? यसलाई सत्ययुग कसैले पनि भन्दैनन्। सत्ययुग त नयाँ दुनियाँ थियो। त्यसलाई गोल्डन एज, यसलाई आइरन एज भनिन्छ। पुरानो दुनियाँलाई कलियुग र नयाँ दुनियाँलाई सत्ययुग भनिन्छ। यस्तो भन्न सकिदैन अहिले सत्ययुग पनि हो भने कलियुग पनि हो। होइन, नर्कवासी अर्थात् नर्कवासी। पुरानो दुनियाँलाई पतित, नयाँ दुनियाँलाई पावन दुनियाँ भनिन्छ। मनुष्यहरूको लागि नै सम्झाइन्छ, जनावरहरूले कहाँ भन्छन् र, पतित-पावन आऊ। कसै सँग सोधे पनि भन्छन् यो नर्क हो। भारत खण्ड नै नयाँ दुनियाँ स्वर्ग थियो, भारत खण्ड नै पुरानो दुनियाँ नर्क छ। यहाँको लागि नै जोड दिदै रहनु। अरू सबै त बीचमा आउँछन्। त्यो सँग हाम्रो सम्बन्ध छैन। हाम्रो धर्म नै बेग्लै छ, जो अहिले प्राय: लोप भइसकेको छ।

अहिले तिमी निश्चयबुद्धि बनेका छौ। जान्दछौ हामी एक बाबाका बच्चाहरू हौं। बाबाबाट हामीलाई स्वराज्य मिल्छ। पहिले त यो पक्का निश्चय चाहिन्छ। ज्ञान सुन्छन्, यो त ठीक छ। प्रजा बन्छन्। बाँकी हामी बेहद बाबाका बच्चाहरू हौं यो निश्चय भयो, बुझ्यौं हामीले भक्ति गरेका हौं भगवान सँग मिल्नको लागि। अब भक्ति पूरा हुन्छ। अब भगवान् स्वयं आएर मिल्नु भएको छ। उहाँबाट सूर्यवंशी स्वराज्य पद मिल्छ। हामी यति उच्च पद पाउँछौं। जसरी साहुकारहरूले बच्चाहरूलाई गोदमा लिन्छन् नि। उनीहरूले त एक बच्चा लिन्छन्। यहाँ त बेहदका बाबालाई अनेक बच्चाहरू चाहिन्छ। भन्नुहुन्छ जो मेरो बच्चा बन्छन् उनलाई स्वर्गको वर्सा मिल्छ। जो मेरो बन्दैनन् भने वर्सा लिन सक्दैनन्। श्रीमतमा नै चल्दैनन्। जसलाई निश्चय हुन्छ उनीहरूले भन्छन् बाबा हजुर फेरि आउनु भएको छ। हामी त हजुरको हात छोड्नेछैनौ बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ, फेरि बच्चाहरूले अरूलाई सम्झाउँछन् हामी पारलौकिक बाबाको बच्चा बनेका छौं। उहाँको श्रीमतमा हामी चल्छौं, हामीलाई परमपिता परमात्माले पढाउनु हुन्छ। यति धेरै सबै बी.के. बनेका छन् भने अवश्य निश्चय छ, त्यसैले म पनि किन नबन्ने? म पनि हजुरको बनेको छु भनी लेखेर पठाइदिऔं। बाबा भन्नुहुन्छ म कुनै टाढा कहाँ छु र! म त यहाँ बसेको छु, हाजिर छु। यहाँ प्राक्टिकलमा बसेको छु। जसरी राष्ट्रपतिको लागि भनिन्छ, यस सृष्टिमा हाजिर छन्। यसको अर्थ यो होइन, राष्ट्रपति सर्वव्यापी छन्। यस्ता परमपिता परमात्मा, जसलाई सुखकर्ता दु:खहर्ता भनिन्छ। उहाँ सर्वव्यापी हुन त सक्दैनन्। के उहाँको उपस्थितिमा मनुष्य यति दु:खी हुन सक्छन्? जबकि बाबाको गैर हाजिरी (स्वर्ग) मा पनि कोही दु:खी हुँदैनन्।

बाबाले बच्चाहरूको लागि गुँड बनाउनु भएको छ। जसरी चराले बच्चाहरूको लागि गुँड बनाउँछ, त्यस्तै बाबाले पनि तिम्रो लागि तिमीद्वारा नै गुँड बनाउनु हुन्छ। तिमीलाई नै रहनको लागि स्वर्गको गुँड बनिरहेको छ। बाबा भन्नुहुन्छ तिमी मेरो मतमा चल्यौ भने स्वर्गमा राज्य गर्नेछौ। यदि पूरा निश्चय भयो भने एकदम समातिहाल्छन्। यस्तो पनि होइन, यहाँ नै बसून्। घरबार त छोड्नु छैन। उनीहरूले त घरबार छोड्छन्। गुरुलाई भगवान् सम्झन्छन्। उनीहरू कुनै जीवनमा रहेर मर्दैनन्। तिमीले त जीवन छँदै मरेर फेरि सत्ययुगमा जिउनु छ। तिमीले बाबा सँग बेहदको वर्सा लिन्छौ। जब निश्चय भयो, बेहदका बाबाले पढाउनु हुन्छ, २१ जन्मको वर्सा दिनु हुन्छ भने उहाँको श्रीमतमा चल्नु पर्छ। बच्चा बन्यो भने बाबाले निर्देशन दिनु हुन्छ। पहिला त एक हप्ता भट्ठीमा बस। तिमीलाई सधैं ज्ञान मिल्दै रहन्छ। सबैले त एकनास सम्झदैनन्, हरेकले आफ्नो पुरुषार्थ र तकदिर अनुसार पाउँछन्। पुरुषार्थ र भाग्य अनुसार नै हुन्छ। थाहा भइहाल्छ भाग्यमा के छ? के पद पाउँछन्? बाबाको बनेर फेरि गृहस्थ व्यवहारमा पनि रहनु छ। ठीकै छ, गृहस्थ व्यवहार छैन भने गएर अन्धाहरूको लठ्ठी बन। सत्य-नारायणको कथा सुनाउन अवश्य जानु पर्छ।

अब हेर, प्रेम बच्ची सेवामा गइन्। जसले निमन्त्रण दिए, उनीहरूले अभियान गरे, धेरै सँग भेटघाट गराए, प्रभावित भए। तर बाबाले भन्नुभयो निश्चयबुद्धि एक पनि छैनन्, यिनीहरूलाई बेहदका बाबाले पढाउनु हुन्छ, जसबाट २१ जन्मको वर्सा मिल्छ। प्रभावित हुन्छन् तर अवश्य ज्ञानका सागर बाबाले पढाइरहनु भएको छ भन्ने कहाँ निश्चय हुन्छ र! हो, केवल भन्छन् धेरै राम्रो छ। बाहिर जानासाथ खतम। कोही विरलै पुरुषार्थ गर्नेछन्। हुन त आपसमा सतसङ्ग गर्छन् तर जो गर्छन् ती पनि निश्चयबुद्धि छैनन्। हाफ कास्ट भनिन्छ। निश्चय र संशय। अहिले भन्छन् बाबा पढाउनु हुन्छ, एकै छिनमा भन्छन् यो कसरी हुन सक्छ? हो, पवित्र बन्नु राम्रो हो तर पवित्रतामा रहनु बडो मुश्किल छ। पहिला त निश्चय चाहिन्छ। गद्गद भएर लेखुन्। जसरी बाँधेली गोपिकाहरू पत्र लेख्छन्, त्यस्तै छुटेलीले कहिले पनि लेख्दैनन्। बाबा लेखिदिनु हुन्छ, एकलाई पनि निश्चयबुद्धि बनाएका छैनौ। हो, साधारण प्रजा बनाएका छौ, अधिकारी बनाएका छैनौ। एकजना पनि निश्चयबुद्धि बनेका छैनन्। निश्चयबुद्धि नै अधिकारी बन्छन्। कोही छन त निश्चयबुद्धि छन् तर ज्ञान धारण गर्न सक्दैनन् भने त्यसै घरानाभित्र गएर दास-दासी बन्छन्। अगाडि गएर ठीक साक्षात्कार हुन्छ। थाहा हुन्छ हामी दास-दासी कुनचाहिँ नम्बरमा बन्नेछौं? फेरि धेरै पछुताउँछन् हामी त श्रीमतमा चलेनौ त्यसैले यो हाल भयो। फेरि पनि हर हालतमा भनिन्छ ड्रामा। यिनको ड्रामामा यस्तै कल्प-कल्पान्तरको पार्ट छ। साक्षात्कार हुनु नै छ। पछाडिमा रिजल्ट निस्किन्छ। फेरि भन्नेछन् भावी। हाम्रो तकदिरमा यो थियो तिम्रो पढाइको रिजल्ट आउँछ। यो त धेरै ठूलो स्कुल हो। पढाउनेवाला एउटै हुनु हुन्छ, एउटै पढाइ छ, एकै परीक्षा छ। शिक्षकले जान्दछन् यो विद्यार्थी कस्तो छ। सबैले छलाङ लगाइरहन्छन्। अगाडि गएर धेरै कुरा थाहा हुन्छ। घरी-घरी तिमी ध्यानमा जान्छौ। जसरी सुरुमा जान्थे। तिमी पनि सम्झदै रहन्छौ, बाबा पनि सम्झाउँदै रहनु हुन्छ। तिमी लापर्बाही गर्छौ, श्रीमतमा चल्दैनौ। यसरी चल्दा-चल्दा बानी पर्छ। सोध्न सक्छौ शिवबाबा म हजुरको श्रीमतमा चल्छु? बाबाले बताइदिनु हुन्छ तिमी चल्दैनौ तब त तिम्रो तकदिर यस्तो देखा पर्छ। सम्झनु हुन्छ अहिले दशा खराब छ, अगाडि गएर खुल्न पनि सक्छ। कोही कामको हल्का नशामा गिर्छन्। दुनियाँ पावन थियो, श्रेष्ठाचारी थियो। जो अहिले भ्रष्टाचारी बनेको छ। ती श्रेष्ठ देवताहरूको महिमा त छ नि। बाबा भन्नुहुन्छ यो हो नै आसुरी सम्प्रदाय, म आएको छु, दैवी सम्प्रदाय स्थापना गर्न। यो देवी-देवता धर्म हो सबै भन्दा उच्च। बाबा नै पतित-पावन हुनु हुन्छ। तर मनुष्यले केही पनि सम्झदैनन्। जति पनि धर्म स्थापना गर्न आउँछन्, पवित्र अवश्य बन्छन्। हरेक कुरामा राम्रो र खराब हुन्छ। कम भाग्य र राम्रो भाग्यवाला छन्। अब यो रावण राज्य खतम हुनु छ। यस रावणको नगरीलाई आगो लाग्नु छ। तिमी रामका सेना बसेका छौ। जो यस धर्मका होलान् उनीहरू सम्झदै जान्छन्। नम्बरवार सम्झन्छन्। कसैलाई एउटै तीर जनकलाई जस्तै लाग्नाले समर्पित हुन पुग्छन्। उनीहरूले कुनै पनि बहाना गर्दैनन्। बहाना यसमा चल्न सक्दैन। तर मायाको तुफान पनि धेरै आउँछ। आफ्नो घरानालाई भुलाइदिन्छ, हामी ईश्वरीय सन्तान हौं। त्यसैले बच्चाहरू धेरै मीठो बन्नु पर्छ। कामको अलिकति पनि नशा हुनुहुँदैन। काम धेरै ठूलो महाशत्रु हो। यही सबै भन्दा ठूलो परीक्षा हो। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! साथमा सँगै रहेर पवित्र बनेर देखाऊ। बाबा बच्चाहरूको अवस्थालाई जान्नुहुन्छ। निश्चयबुद्धि भएकाहरूले बाबालाई आफ्नो समाचार दिन्छन्, बाबा म हजुरलाई याद गर्छु, यो हजुरको सेवा गर्छु। सेवाको समाचार लेखून् तब त विश्वास राख्छु। सेवाको प्रमाण देखाऊन्, तब बाबा सम्झनु हुन्छ यसमा उम्मीद राम्रो देखिन्छ र फेरि यो पनि सम्झनु पर्छ बाबा एक्लै हुनु हुन्छ, हामी बच्चाहरू धेरै छौं। यस्तो होइन, बाबालाई सधैं-सधैं जवाफ दिनु पर्छ। होइन, बाबा हुनु हुन्छ नै गरिब निवाज। दान गरिबलाई दिइन्छ। यो भारतखण्ड गरिब छ। भारत नै धनवान्बाट गरिब भएको छ। यो कसैलाई पनि थाहा छैन। यो भारत नै अविनाशी खण्ड हो, जहाँ भगवान् अवतार लिनु हुन्छ। यो सुनको पंक्षी थियो अर्थात् सबै सुखको भण्डार थियो, जुन सुखधाममा जानको लागि हामी पुरुषार्थ गरिरहेका छौं। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः

१) कुनै पनि बहाना नगरेर बाबाको श्रीमतमा चल्दै रहनु पर्छ। सेवाको प्रमाण दिनु छ।

२) हामी ईश्वरीय सन्तान हौं, हाम्रो सबै भन्दा उच्च घराना हो, यो भुल्नु छैन, निश्चयबुद्धि बन्नु र बनाउनु छ।

वरदान:
ब्राह्मण जन्मको विशेषता र विचित्रतालाई स्मृतिमा राखेर सेवा गर्ने साक्षी भव

यो ब्राह्मण जन्म दिव्य जन्म हो। साधारण जन्मधारी आत्माहरूले आफ्नो बर्थ डे (जन्म दिवस) अलग्गै मनाउँछन्, म्यारिज डे (विवाह दिवस), फ्रेन्डसिप डे (मित्रता दिवस) अलग-अलग मनाउँछन्, तर तिम्रो बर्थ डे पनि त्यही हो। त्यस्तै म्यारिज डे, मदर डे, फादर डे, इन्गेजमेन्ट डे (मगनी दिवस) सबै एकै हो किनकि तिमीहरू सबैको प्रतिज्ञा छ एक बाबा, अरू कोही छैन। त्यसैले यस जन्मको विशेषता र विचित्रतालाई स्मृतिमा राखेर सेवा गर। सेवामा एक अर्काको साथी बन, तर साक्षी बनेर साथी बन। अलिकति पनि कसैमा झुकाव नहोस्।

स्लोगन:
बेपर्बाह बादशाह ऊ नै हो, जसको जीवनमा निर्माणता र अधिकारीपनको सन्तुलन हुन्छ।