05.01.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आफूलाई आत्मा सम्झेर आत्मा भाइ सँग कुरा गर। यस्तो दृष्टि पक्का गर्यौ भने भूत प्रवेश गर्दैन , जब कसैमा भूत देख्यौ भने उसबाट किनारा होऊ।

प्रश्न:
बाबाको बनेपछि पनि आस्तिक र नास्तिक बच्चा छन्, कसरी?
उत्तर:
१ आस्तिक उनीहरू हुन् जसले ईश्वरीय नियमको पालना गर्छन्, देही-अभिमानी रहने पुरुषार्थ गर्छन् अनि नास्तिक उनीहरू हुन् जसले ईश्वरीय नियमको विरूद्ध भूतहरूको वशमा परेर आपसमा लडाई झगडा गर्छन्। २ आस्तिक बच्चाहरूले देह सहित देहको सबै सम्बन्धहरूबाट बुद्धियोग तोडेर आत्मा भाइ-भाइ सम्झन्छन्। नास्तिक देह-अभिमानमा रहन्छन्।

ओम् शान्ति।
सबै भन्दा पहिला बाबा बच्चाहरूलाई सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! बुद्धिमा सदैव यो याद राख शिवबाबा हाम्रो परम पिता पनि हुनु हुन्छ, परम शिक्षक पनि हुनु हुन्छ, परम सतगुरु पनि हुनु हुन्छ। सबै भन्दा पहिला यो बुद्धिमा अवश्य आउनु पर्छ। हरेकले आफूलाई जान्न सक्छन् मेरो बुद्धिमा आयो वा आएन। यदि बुद्धिमा याद आउँछ भने आस्तिक हौ, आउँदैन भने नास्तिक हौ। विद्यार्थीको बुद्धिमा तुरुन्त आउनु पर्छ शिक्षक आउनु भएको छ। घरमा रहन्छन् भने यो भुल्छन्। त्यस नशाले मुश्किलै कसैले सम्झन्छन् हाम्रो परमपिता आउनु भएको छ। उहाँ शिक्षक पनि हुनु हुन्छ र वापस लैजानेवाला सतगुरु पनि हुनु हुन्छ। याद आउनाले खुशीको पारो चढ्छ। नत्र आफ्नै दु:ख कष्ट र दुनियाँको फोहोरी कुरामा, भिन्दा-भिन्दै ख्यालमा बसिरहन्छन्। दोस्रो कुरा, धेरैले सोध्छन् बच्चाहरूलाई, विनाश हुनलाई कति समय बाँकी छ। भन, यो सोध्ने कुरा होइन। पहिला त यो हामीलाई कसले सम्झायो, उहाँलाई जान्नुहोस्। पहिला बाबाको परिचय देऊ। बानी परेको छ भने सम्झाउँछन्, नत्र बिर्सिन्छन्। बाबा कति भन्नुहुन्छ आफूलाई आत्मा सम्झ। अरूलाई आत्माको दृष्टिले हेर, तर त्यो दृष्टि टिक्दैन। रुपियाँमा एक आना पनि मुश्किलले बस्छ। मानौं बुद्धिमा बस्दै बस्दैन। बाबाले यो कुनै श्राप दिनु भएको होइन। यो त बाबाले सम्झाउनु भएको हो ज्ञान धेरै उच्च छ। राजाई स्थापना हुन्छ। प्रजा देखि लिएर राजा बन्छन्। राजा थोरै बन्छन्। बाँकी प्रजा नम्बरवार हुन्छन्। अन्तिम नम्बर वालाको बुद्धिमा कहिल्यै कुनै कुरा बस्न सक्दैन। त्यसैले पहिला जब कसैलाई पनि सम्झाउँछौ भने शिवबाबाको जुन ३२ गुणहरू भएको चित्र बनाइएको छ त्यसमा सम्झाउनु पर्छ। त्यसमा पनि लेखिएको छ परमपिता, परम शिक्षक, परम सतगुरु हुनु हुन्छ।

पहिला नै जब सम्झाउनेवाला परमपिता हुनु हुन्छ भन्ने निश्चय भयो भने फेरि संशय ल्याउने छैनन्। बाबा बाहेक स्वर्ग स्थापना कसैले गर्न सक्दैन। तिमीले जब सम्झाउँछौ, यो स्थापना भइरहेको छ तब उनीहरूको बुद्धिमा यो अवश्य आउनु पर्छ यिनीहरूलाई सम्झाउनेवाला कोही छ। कुनै मनुष्यले त यस्तो भन्न सक्दैन यो राज्य स्थापना भइरहेको छ। त्यसैले सबै भन्दा पहिला बाबामा निश्चय पक्का गराउनु पर्छ। हामीलाई परमात्मा बाबाले पढाउनु हुन्छ। यो कुनै मनुष्य मत होइन, यो ईश्वरीय मत हो। नयाँ दुनियाँ त अवश्य बाबाद्वारा नै स्थापना हुन्छ। पुरानो दुनियाँको विनाश, यो पनि बाबाको नै काम हो। यो निश्चय जबसम्म हुँदैन, सोधिरहन्छन् कसरी हुन्छ? त्यसैले पहिला-पहिला त श्रीमतको कुरा बुद्धिमा बसाउनु पर्छ तब अगाडि बुझ्न सक्छन्। नत्र मनुष्य मत सम्झन्छन्। हरेक मनुष्यको मत भिन्न छ। मनुष्यहरूको मत एउटै हुन सक्दैन। यस समय तिमीहरूलाई मत दिनेवाला एक हुनु हुन्छ। उहाँको श्रीमतमा नियमपूर्वक चल्नु त्यो पनि धेरै कठिन छ। बाबा भन्नुहुन्छ देही-अभिमानी बन। यस्तो सम्झ हामी भाइले भाइसँग कुरा गर्छौं फेरि लडाईं झगडा कहिल्यै हुन सक्दैन। देह-अभिमानमा आयो, सम्झ नास्तिक। देही-अभिमानी छैन भने त्यो नास्तिक हो। देही-अभिमानी बन्यो भने सम्झ आस्तिक हो। देह-अभिमान धेरै हानिकारक छ। अलिकति पनि लडाईं झगडा गर्छ भने सम्झ नास्तिक हो। बाबालाई चिनेकै छैन। क्रोधको भूत छ भने नास्तिक ठहरियो। बाबाको बच्चामा भूत कहाँबाट आयो? ऊ आस्तिक ठहरिएन। जतिसुकै भनोस् मेरो बाबासँग प्यार छ। तर ईश्वरीय नियमको विरूद्ध कुरा गर्छन् भने उनीहरूलाई रावण सम्प्रदायको सम्झनु पर्छ। देह-अभिमानमा छन्। कसैमा भूत देख्यौ वा दृष्टि नराम्रो देख्यौ भने त्यहाँबाट हट्नु पर्छ। भूतको अगाडि उभियौ भने भूतको प्रवेशता हुन्छ। भूत, भूतसँग लड्न थाल्छन्। भूत आयो भने पूरा नास्तिक हो। देवताहरू त सर्वगुण सम्पन्न हुन्छन्, त्यो गुण छैन भने नास्तिक हो। नास्तिकले वर्सा कहाँ लिन्छन् र। अलिकति पनि कमजोरी हुनु हुँदैन। नत्र धेरै सजाय खाएर प्रजामा जानु पर्छ। भूत देखि टाढा रहनु पर्छ। भूतको सामना गर्यौ भने भूत आउँछ। भूतसँग कहिल्यै सामना गरिदैन। उनीहरूसँग धेरै कुरा पनि गर्नु हुँदैन। बाबा भन्नुहुन्छ यो हो भूतहरूको दुनियाँ। भूत जबसम्म निस्किएको छैन, सजाय पनि खानु पर्छ। पद पनि पाउन सक्दैनौ। लडाईं त एउटै हो। कोही राजा बन्छन्, कोही प्रजा बन्न पुग्छन्। राजाको दुनियाँ थियो, अहिले प्रजाको दुनियाँ छ। सबैमा भूत छ। भूत निकाल्ने पूरा पुरुषार्थ गर्नु पर्छ। बाबा मुरलीमा धेरै सम्झाउनु हुन्छ। थरी-थरीको स्वभाव हुन्छ। कुरै नगर।

प्रदर्शनी आदिमा पहिला सुरुमा बाबाको परिचय दिनु छ। बाबा कति लवली हुनु हुन्छ। उहाँ हामीलाई यस्तो देवता बनाउनु हुन्छ। गायन पनि छ मनुष्यबाट देवता बनाउन समय लाग्दैन... देवताहरू थिए सत्ययुगमा भने अवश्य उनीहरू भन्दा पहिला कलियुग थियो। यो सृष्टि चक्रको ज्ञान पनि तिमी बच्चाहरूको बुद्धिमा अहिले छ। त्यहाँ यो ज्ञान यी देवताहरूमा रहदैन। अहिले तिमी ज्ञानसागर बन्छौ, फेरि पद मिलेपछि भने ज्ञानको आवश्यकता पर्दैन। उहाँ हुनु हुन्छ बेहदका बाबा, जसबाट २१ पिंढी तिमीलाई स्वर्गको वर्सा मिल्छ। यस्तो बाबालाई कति याद गर्नु पर्छ। बाबा सदैव सम्झाउनु हुन्छ सदैव सम्झ शिवबाबा हामीलाई सम्झाइरहनु भएको छ। शिवबाबा नै यस रथद्वारा हामीलाई पढाइरहनु भएको छ। उहाँ हाम्रो पिता, शिक्षक र गुरु हुनु हुन्छ। यो हो बेहदको पढाइ। तिमी सम्झन्छौ पहिला हामी तुच्छ बुद्धिका थियौं। यस कलेजको बारेमा कसैलाई अलिकति पनि थाहा छैन। त्यसैले सम्झाउने बेलामा पटक-पटक सम्झाऊ। कृष्णको त कुरै होइन। बाबाले सम्झाउनु भएको छ कृष्णको कुनै चरित्र नै छैन, सिवाय शिवबाबाको। ब्रह्मा, विष्णु, शंकरको पनि चरित्र हुन सक्दैन। चरित्र छ नै एकको जसले मनुष्यबाट देवता बनाउनु हुन्छ। विश्वलाई स्वर्ग बनाउनु हुन्छ। तिमी उहाँ बाबाको श्रीमतमा चल्छौ। बाबाको सहयोगी हौ। बाबा विना तिमी केही पनि गर्न सक्दैनथ्यौ। तिमी अहिले कौडी तुल्यबाट हीरातुल्य बनिरहेका छौ। अब नम्बरवार पुरुषार्थ अनुसार तिमीले सबै थोक जानेका छौ। त्यसैले सबै भन्दा पहिला बाबाको परिचय दिनु छ। कृष्ण त साना बच्चा हुन्। सत्ययुगमा उनको बेहदको बादशाही हुन्छ। उनको राज्यमा अरू कोही थिएनन्। अहिले त कलियुग छ, कति धेरै धर्म छन्। यो एक मात्र आदि सनातन देवी-देवता धर्म कहिले स्थापना भयो, यो कसैको बुद्धिमा छैन। तिमी बच्चाहरूको पनि बुद्धिमा नम्बरवार पुरुषार्थ अनुसार छ। त्यसैले पहिला बाबाको महिमाको बारेमा राम्ररी सम्झाउनु पर्छ। हामीलाई थाहा छ अवश्य बाबाबाट हामीलाई पहिचान मिलेको हो। बाबा भन्नुहुन्छ सर्वको सद्गति दाता पनि म हुँ। कल्प-कल्प मैले तिमी बच्चाहरूलाई राय दिन्छु आफूलाई आत्मा सम्झेर मलाई याद गर। तब आत्मा पतितबाट पावन बन्छ। आत्म-अभिमानी भव। अरूलाई पनि आत्मा सम्झिनाले तिम्रो खराब दृष्टि हुने छैन। आत्माले नै शरीरद्वारा कर्म गर्छ। हामी आत्मा हौं, उनी आत्मा हुन् यो पक्का गर्नु छ। तिमीलाई थाहा छ पहिला-पहिला हामी १०० प्रतिशत पावन थियौं, फेरि पतित बन्यौं। आत्माले नै बोलाउँछ बाबा आउनुहोस्। आत्माको अभिमान पक्का रहनु पर्छ र सम्बन्ध सबै भुल्नु पर्छ। हामी आत्मा शान्तिधाममा रहनेवाला हौं। यहाँ पार्ट खेल्न आएका छौं। यो पनि तिमी बच्चाहरूले नै सम्झन्छौ। तिमीहरूमा पनि नम्बरवार छन् जसलाई याद रहन्छ। भगवान् पढाउनु हुन्छ, कति खुशी रहनु पर्ने! भगवान् हाम्रो बाबा पनि हुनु हुन्छ, शिक्षक पनि हुनु हुन्छ, सतगुरु पनि हुनु हुन्छ। तिमी भन्छौ हामी उहाँ सिवाय अरू कसैलाई याद गर्दैनौं। बाबा भन्नुहुन्छ देह सहित देहको सबै सम्बन्ध तोडेर म एकलाई याद गर। तिमीहरू सबै भाइ-भाइ हौ। कसले मान्छन्, कसैले मान्दैनन् भने सम्झ नास्तिक हो। हामी शिवबाबाको बच्चा हौ त्यसैले पावन हुनु पर्छ। बाबालाई बोलाउँछन् नै आएर हामीलाई पावन विश्वको मालिक बनाउनुहोस्। सत्ययुगमा त पावन हुने कुरै छैन। पहिला त यो सम्झ उहाँ शिवबाबा हुनु हुन्छ, उहाँबाट नयाँ दुनियाँ स्थापना हुन्छ। यदि सोधे विनाश कहिले हुन्छ? तब भन पहिला बाबालाई बुझ्नुहोस्। बाबालाई नचिनेसम्म पछाडिको कुरा बुद्धिमा कसरी आउँछ? हामी सत्य बाबाको बच्चा सत्य बोल्छौं। हामी कुनै मनुष्यका बच्चा होइनौं। हामी शिवबाबाको बच्चा हौं। भगवानुवाच, भगवान् उहाँलाई भनिन्छ जो सबै आत्माका पिता हुनु हुन्छ। मनुष्यले आफूलाई भगवान् कहलाउन सक्दैन। भगवान् त निराकार हुनु हुन्छ। उहाँ बाबा, टिचर र सतगुरु हुनु हुन्छ। कुनै मनुष्य बाबा, टिचर र सतगुरु हुन सक्दैन। कुनै पनि मनुष्यले कसैको सद्गति गर्न सक्दैनन्। भगवान् हुन सक्दैनन्।

बाबा हुनु हुन्छ पतित-पावन। पतित बनाउँछ रावणले। बाँकी यी सबै हुन् भक्तिका गुरु। यो पनि तिमी बुझ्दछौ जो यहाँ आउँछन् उनीहरू आस्तिक त बन्छन्। बेहदका बाबासँग आएर निश्चय गर्छन् उहाँ हाम्रो बाबा शिक्षक गुरु हुनु हुन्छ। जब सम्पूर्ण दैवी गुण आउँछ तब लडाईं पनि लाग्छ। समय अनुसार तिमी स्वयं बुझ्नेछौ अब कर्मातीत अवस्थामा पुगिरहेको छु। अहिले कर्मातीत अवस्था कहाँ भएको छ र। अझै धेरै काम छ। धेरैलाई सन्देश दिनु छ। बाबाबाट वर्सा लिने त सबैको हक छ। अब त लडाईं जोडले हुन्छ। फेरि यी हस्पिटल, डाक्टर आदि केही रहने छैनन्। बाबा बच्चाहरूलाई सम्मुख सम्झाइरहनु भएको छ तिमी आत्माहरूले यस शरीरद्वारा ८४ जन्मको पार्ट बजाउँछौ। कसैको ७०-८० जन्म पनि हुन्छ। जानु त सबैलाई छ। विनाश त हुनु नै छ। अपवित्र आत्मा जान सक्दैन। पावन हुनको लागि बाबालाई अवश्य याद गर्नु छ, मेहनत छ। २१ जन्मको लागि स्वर्गवासी बन्नु छ। कुनै सानो कुरा हो र! मनुष्यले त भनिदिन्छन् फलाना स्वर्गवासी भयो। अरे स्वर्ग छ कहाँ? केही पनि बुझ्दैनन्। तिमी बच्चाहरूलाई धेरै खुशी हुनु पर्छ भगवानले हामीलाई पढाउनु हुन्छ, विश्वको मालिक बनाउनु हुन्छ। खुशी एउटा हुन्छ स्थायी, अर्को हुन्छ अल्पकालको। पढ्दैनौ पढाउँदैनौ भने खुशी कहाँ हुन्छ? आसुरी गुणहरूलाई भगाउनु छ। बाबा कति सम्झाउनु हुन्छ, कर्मभोग कति छ। कर्मभोग भएकाले अहिलेसम्म कर्मातीत अवस्था भएको छैन यो निशानी हो। अब मेहनत गर्नु छ। कुनै पनि मायाको तूफान नआओस्। बच्चाहरूलाई यो निश्चय छ बाबाले हामीलाई अनेक पटक मनुष्यबाट देवता बनाउनु भएको छ। यो बुद्धिमा आयो भने पनि अहो सौभाग्य। यो बेहदको महान् स्कूल हो। त्यो हुन्छ हदको साधारण। बाबालाई त धेरै दया लाग्छ, कसरी सम्झाऊँ? कसैको त अहिलेसम्म पनि भूत निस्किएको छैन। दिलमा चढ्नुको सट्टा झर्छन्। कति बच्चीहरू त तैयार भइरहेका छन्, अनेकौंको कल्याण गर्नको लागि। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
 
धारणाको लागि मुख्य सारः

१) कुनै पनि कुरा ईश्वरीय नियमको विरूद्ध गर्नु छैन। कसैमा पनि यदि भूतको प्रवेशता छ वा दृष्टि नराम्रो छ भने उसको सामुन्नेबाट हट्नु छ, ऊसँग धेरै कुरा गर्नु हुँदैन।

२) स्थायी खुशीमा रहनको लागि पढाइमा पूरा ध्यान दिनु छ। आसुरी गुणहरूलाई निकालेर दैवी गुण धारण गरेर आस्तिक बन्नु छ।

वरदान:
ह र सेकेन्डको ह र संकल्पको महत्त्वलाई जानेर जम्माको खाता भरपुर गर्ने समर्थ आत्मा भव

संगमयुगमा अविनाशी बाबाद्वारा हरेक समय अविनाशी प्राप्ति हुन्छ। सारा कल्पमा यस्तो भाग्य प्राप्त गर्ने एउटै समय छ। त्यसैले तिम्रो स्लोगन छ अहिले नभए कहिल्यै पनि हुँदैन। जति पनि श्रेष्ठ कार्य गर्नु छ त्यो अहिले नै गर्नु छ। यस स्मृतिले कहिल्यै पनि समय, संकल्प वा कर्म व्यर्थ गुमाउने छैनौ। समर्थ संकल्पले जम्माको खाता भरपुर हुन्छ र आत्मा समर्थ बन्छ।

स्लोगन:
हरेक बोली, हरेक कर्मको अलौकिकता नै पवित्रता हो, साधारणतालाई अलौकिकतामा परिवर्तन गर।

ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:
लौकिकमा अलौकिकताको स्मृति रहोस्। लौकिकमा रहँदा पनि हामी अरू मानिस भन्दा भिन्न छौं। आफूलाई आत्मिक रूपमा भिन्न सम्झनु छ। कर्तव्य देखि न्यारा हुन त सहज छ, त्यो दुनियाँलाई प्यारो लाग्दैन, तर जब शरीर देखि न्यारा आत्मा रूपमा कार्य गर्छौ, सबैलाई प्यारो लाग्छ। यसलाई नै अलौकिक स्थिति भनिन्छ।